बैतडीमा एक युवती मृत फेला, एक घाइते

बैतडी । बैतडीमा एक युवती मृत र एक किशोरी घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै जंगलमा २१ वर्षीय माया लुहारको घाँटी रेटिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहारको समेत घाँटी… Continue reading बैतडीमा एक युवती मृत फेला, एक घाइते

टोखामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको टोखामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गतराति भएको दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोट पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षका सविन कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ । कँडेलको उपचारका क्रममा… Continue reading टोखामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

माओवादीका उपमहासचिव गिरिराजमणी पोखरेल महोत्तरीमा पराजित

काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् । महतो नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत पाए । यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले… Continue reading माओवादीका उपमहासचिव गिरिराजमणी पोखरेल महोत्तरीमा पराजित

गृहमन्त्री बालकृष्ण खाँड पराजित

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। गृहजिल्ला रुपन्देही ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता खाँडलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले पराजित गरेका हुन्। बोहराले ३६,७१७ मत पाएर निर्वाचित भए ।सुरुवाती मतगणनाबाटै झिनो मतअन्तरले प्रतिस्पर्धा गरिरहेका खाँड २६८१ मतले पछि परे। उनले ३४,०३६ मत पाए। पूर्वमन्त्री समेत रहेका बोहरा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा… Continue reading गृहमन्त्री बालकृष्ण खाँड पराजित

माओवादी केन्द्रका मातृका यादव पराजित, कार्कीले जिते

धनुषा । धनुषा १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । कार्कीले २७ हजार ४३१ मत ल्याए भने यादवले २१ हजार ४८३ मत पाए । तेस्रो स्थानमा रहेको जनमत पार्टीका… Continue reading माओवादी केन्द्रका मातृका यादव पराजित, कार्कीले जिते

गिरिजा प्रसाद कोइरालाको निर्वाचन क्षेत्रमा सुजातालाई एमालेले हरायो

नेपाली कांग्रेसकी नेता सुजाता कोइराला पराजित भएकी छिन् । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता यो पटक मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार थिइन् । यो गिरिजा प्रसाद कोइराला निर्वाचित भइरहने क्षेत्र हो । तर, सुजाता भने एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भइन् । संविधानसभा सदस्य तथा एमाले मोरङ अध्यक्ष पोखरेल… Continue reading गिरिजा प्रसाद कोइरालाको निर्वाचन क्षेत्रमा सुजातालाई एमालेले हरायो

नुवाकोट २ बाट कांग्रेसका अर्जुननरसिंह केसी विजयी

काठमाडौं । नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डेले १६ हजार ४७७ मत पाए । एमालेका नारायणप्रसाद खतिवडा… Continue reading नुवाकोट २ बाट कांग्रेसका अर्जुननरसिंह केसी विजयी

रौतहटमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

गौर । रौतहटमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । गौरमा गतराती यस्तो घटना भएको हो । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । गौर नगरपालिका १ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको… Continue reading रौतहटमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

कमल थापा हार नजिक, एमालेलाई दिए धन्यवाद

काठमाडौं । नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका राप्रपा नेपालका कमल थापा हार नजिक पुगेका छन् । मत गणना जारी रहँदा उनले हार स्वीकारसमेत गरेका छन् । मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लडेका थापाको क्षेत्रमा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता लिइरहेकी छन् । डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९… Continue reading कमल थापा हार नजिक, एमालेलाई दिए धन्यवाद

बाँकेबाट राप्रपाले खोल्यो जितको खाता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं २ बाट राप्रपाले जितको खाता खोलेको छ । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवल शमशेर जबरा विजयी भए । उनी २९ हजार ५७७ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५२०… Continue reading बाँकेबाट राप्रपाले खोल्यो जितको खाता

गुल्मीमा जिप दुर्घटना, कम्तिमा ४ को मृत्यु

काठमाडौं । गुल्मीमा भएको जीप दुर्घटनामा कम्तिमा ४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जानकारी गराएको छ । दुर्घटननामा सत्यवती गाउँपालिका ३ का जीप धनी ५१ वर्षका झलक… Continue reading गुल्मीमा जिप दुर्घटना, कम्तिमा ४ को मृत्यु

जुम्लाबाट सांसद बन्ने होडमा ज्ञानेन्द्र शाही, उच्च अन्तरको अग्रता

काठमाडौं । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १ हजार ४४९ मत पाएकी छन् । ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि छन् । पहिलो पटक संसदीय निर्वाचन… Continue reading जुम्लाबाट सांसद बन्ने होडमा ज्ञानेन्द्र शाही, उच्च अन्तरको अग्रता

सुकेधारामा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

काठमाडौं । काठमाण्डौको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पत्तिको ज्यान गएको छ । पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र पछाडि बसेकी राईकी श्रीमती ३८ वर्षकी मेनुकाको हिजो बेलुका ज्यान गएको हो । राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर… Continue reading सुकेधारामा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

सोलुखुम्बुमा खटिएका मतदान अधिकृत मृत भेटिए

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउपालिका ४ पुगेका एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय गए राती सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय बिहान… Continue reading सोलुखुम्बुमा खटिएका मतदान अधिकृत मृत भेटिए

आज रातीबाट निर्वाचनको प्रचार प्रसार गर्न नपाइने

File

काठमाडौं । नेपालमा आज रातीबाट निर्वानको प्रचार प्रसार गर्न नपाइने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुँदैछ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ । यो… Continue reading आज रातीबाट निर्वाचनको प्रचार प्रसार गर्न नपाइने

नुवाकोटमा आमा-छोरीको विभत्स हत्या, एक जना पक्राउ

नुवाकोट । नुवाकोटमा आमा छोरीको विभत्स हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मंगलबार बिहान एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ छन् जिल्ला प्रहरी कार्यालय नुवाकोटका… Continue reading नुवाकोटमा आमा-छोरीको विभत्स हत्या, एक जना पक्राउ

पौडी खेल्ने क्रममा सिरहामा तीन जना बालकको डुबेर मृत्यु

काठमाडौं । सिरहामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । उनीहरु भारतीय रहेको प्रहरीले जनाएको छ । मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षका अली हसन, १० वर्षका नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षका छोरा नितेशको… Continue reading पौडी खेल्ने क्रममा सिरहामा तीन जना बालकको डुबेर मृत्यु

रौतहटमा प्रभु साहलाई समर्थन गरेका ५ जनप्रतिनिधिलाई एमालेको स्पष्टीकरण

रौतहट । स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सहयोग गरेपछि नेकपा एमालेले रौतहटका ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ । प्रभु साहको श्रीमती मौलापुर नगरपालिकाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाललाई एमालेले स्पष्टीकरण सोधेको हो । पार्टीको विधान विपरीत… Continue reading रौतहटमा प्रभु साहलाई समर्थन गरेका ५ जनप्रतिनिधिलाई एमालेको स्पष्टीकरण

फुलचोकीमा हराएका ४ जनाको ११ घण्टापछि उद्धार

ललितपुर । ललितपुरको फुल्चोकीमा हराएका ४ जना विद्यार्थीको ११ धण्टापछि उद्धार गरिएको छ । फुल्चोकीमा हराएका चार जना विद्यार्थीको ११ घण्टापछि उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। काठमाडौंको मुलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने १२५ जना विद्यार्थी फुल्चोकीमा घुम्न गएका थिए। उनीहरूसँग ९ जना शिक्षक… Continue reading फुलचोकीमा हराएका ४ जनाको ११ घण्टापछि उद्धार

सुदुरपश्चिम भेगमा ५.१ रेक्टर स्केलको भूकम्प

काठमाडौं । दार्चुलासहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । दार्चुलालगायत सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । डोटीमा भने भूकम्पको धक्का… Continue reading सुदुरपश्चिम भेगमा ५.१ रेक्टर स्केलको भूकम्प

बाल्यकालको क्यान्सरबारे सचेतना जगाउन काठमाडौँ-इलाम साइकल यात्रा

काठमाडौँ दिर्घजिवी स्वयंसेवी संस्थाका संस्थापक अध्यक्ष समिर श्रेष्ठले लाइन्स क्लव अफ काठमाडौँ दिर्घजिवीको सहकार्यमा काठमाडौँ देखि इलामसम्मको साइकल यात्रा सम्पन्न गरेका छन् । ‘ह्विल्स अफ होप’ नाम दिएर नोभेम्बर ६ मा साताव्यापी साइकल यात्रा सुरु गरिएको थियो । बाल्यकालमा लाग्ने क्यान्सरबारे सचेजना जगाउने उद्धेश्यले साइकल यात्रा आयोजना गरिएको लाइन्स क्लव अफ काठमाडौँ दिर्घजिवीका प्रेसिडेन्ट महेश… Continue reading बाल्यकालको क्यान्सरबारे सचेतना जगाउन काठमाडौँ-इलाम साइकल यात्रा

बसुन्धरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु भएको छ । बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कालिका ९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका ५ वर्षीय कल्पना राना मगर छन्… Continue reading बसुन्धरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

प्युठानमा जिप दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

प्युठान । प्युठानमा भएको जिप दुर्घटना परी कम्तिमा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिएका छन्… Continue reading प्युठानमा जिप दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

डोटी भूकम्पमा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पश्चिम नोपलको अधिकांश भूभाग मंगलबार रातभर भूकम्पको त्रासमा रह्यो । डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टी भएको छ । ५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा… Continue reading डोटी भूकम्पमा मृत्यु हुनेको संख्या ६ पुग्यो

असोजयता विपद्का कारण कर्णालीमा ४९ जनाको मृत्यु

file

सुर्खेत\रासस । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा मृत्यु हुनेमा सबैभन्दा बढी मृत्यु जुम्ला र… Continue reading असोजयता विपद्का कारण कर्णालीमा ४९ जनाको मृत्यु

दाङमा दुई किशोर-किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी, संलग्न चार पक्राउ

दाङ । दाङमा तीन साता अगाडी एउटै खाल्डोमा पुरिएको अवस्थामा भेटिएका किशोर किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी भएको छ । रोशनी महतरा र शरद आचार्यको हत्या प्रकरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द… Continue reading दाङमा दुई किशोर-किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी, संलग्न चार पक्राउ

पूर्वी नेपालमा भूकम्प

काठमाडौं । पूर्वी नेपालमा भूकम्प गएको छ । सोमबार राति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गरएको छ । आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । नेपालमा ६… Continue reading पूर्वी नेपालमा भूकम्प

लोकन्थलीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटनामा परी चालकको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका पुण्यप्रसाद बोहोराको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ का २७ वर्षीय बोहोराको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पाण्डेका अनुसार शनिबार राति १०… Continue reading लोकन्थलीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्छ : देउवा

डडेलधुरा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । “समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ,” शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, “धेरै लामो लडाइँपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ ।” सो अवसरमा… Continue reading निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्छ : देउवा

श्रीमतीको हत्या गरी श्रीमानद्धारा आत्महत्या

दाङ । दाङको घोराहीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्। घोराही उपमहानगरपालिका वडा नं। १३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया निरु रोकाको हत्यापछि आफैले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार उच्च रक्तचापका बिरामी नवीनलाई श्रीमतीले बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेकी थिइन्।… Continue reading श्रीमतीको हत्या गरी श्रीमानद्धारा आत्महत्या