सुनसरीमा आधा उम्मेदवारले १०० मत कटाउन सकेनन्

प्रतिनिधिसभा सदस्य–२०८२ को निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई निर्वाचितपश्चात् आइतबार निर्वाचन अधिकृत दिव्यराज घिमिरेबाट प्रमाणपत्र ग्रहण गर्नुहुँदै । तस्बिरः सङ्गीता राईरासस

धरान (सुनसरी), २५ फागुन । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको सुनसरीबाट उम्मेदवारी दिएकामध्ये आधाले १०० मत कटाउन सकेनन् । जिल्लाका चार निर्वाचन क्षेत्रमा ११० जना उम्मेदवार थिए । जसमध्ये ३८ जना स्वतन्त्र उम्मेदवार थिए भने ७२ जना विभिन्न राजनीतिक दलका उम्मेदवार थिए । चार निर्वाचन क्षेत्रमा ५५ जना उम्मेदवारले १०० मत… Continue reading सुनसरीमा आधा उम्मेदवारले १०० मत कटाउन सकेनन्

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

RSS

काठमाडौँ, २५ फागुनः यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ । निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए । उनले… Continue reading निर्वाचन प्रहरीको बिदाइ बिहीबार

इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी

फिक्कल (इलाम), २५ फागुनः इलाम क्षेत्र नं १ बाट नेपली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । उनी ९११ मतान्तरले विजयी भए । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त… Continue reading इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

गोरखा, २५ फागुनः प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् । आज सम्पन्न भएको मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार… Continue reading गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

बरहथवा(सर्लाही), २४ फागुनः सर्लाही क्षेत्र नम्बर ३ बाट कलवार निर्वाचित प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नरेन्द्र साह कलवारलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुहुँदै निर्वाचन अधिकृत नवराज आचार्य । तस्बिरः सिङ्गबहादुर थापा/रासस

बरहथवा (सर्लाही), २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्व मन्त्रीसहित १५४ जनाको जमानत जफत भएको छ । निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । गत बिहीबार सम्पन्न निर्वाचनमा ६८ स्वतन्त्रसहित १५४ जना उम्मेदवारको जमानत जफत हुने देखिएको मुख्य… Continue reading सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

गण्डकी, २५ फागुन । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ विजयी एवम् समानुपातिकतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भन्दा दललाई बढी प्राप्त भएको छ । तीनवटै क्षेत्रमा उक्त दलका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मत एक लाख नौ हजार ५४४ मत रहेकामा समानुपातिकतर्फ भने दलले एक लाख १३ हजार ६२८ मत प्राप्त गरेको… Continue reading कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

प्रतिनिधिसभा सदस्य–२०८२ को निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई निर्वाचितपश्चात् आइतबार निर्वाचन अधिकृत दिव्यराज घिमिरेबाट प्रमाणपत्र ग्रहण गर्नुहुँदै । तस्बिरः सङ्गीता राईरासस

संगीता राई–राससधरान (सुनसरी), २५ फागुन । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ । धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रुपमा चर्चाको पात्र बनिरहेका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य… Continue reading श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

आरेन राई : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म

खोटाङ, २५ फागुन । यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहेका २९ वर्षीय राईले १६ हजार ६१२ मत प्राप्त गरे । उनी विसं २०८० मा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका सर्वोच्चसभा सदस्य एवम् आर्थिक विभाग प्रमुख पद परित्याग गरेर श्रम संस्कृति पार्टी प्रवेश गरेका… Continue reading आरेन राई : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

गलकोट (बागलुङ), २५ फागुन । बागलुङ नगरपालिका–३ गुठीमा जन्मनुभएका सुशील खड्का १२ वर्ष अघि अमेरिकाको बसाइ त्यागेर नेपाल फर्किएका थिए । उनी त्यसपछि उद्यममा लागे । राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको बताउने खड्का हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट २० हजार ९२७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्… Continue reading केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

मध्यविन्दु (नवलपरासी), २४ फागुनः बर्दघाट सुस्तपूर्व) निर्वाचन क्षेत्र नं १ र २ बाट निर्वाचित हुनुभएका गौतम र खनाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवलपरासी(बर्दघाट सुस्तपूर्व) निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएका राजन गौतम र क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका मनिष खनाल । दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का तर्फबाट उम्मेदवार बन्नु भएको थियो । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस

सिद्धार्थनगर (भैरहवा), २५ फागुनस् लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस र नेकपाले दुई–दुई तथा नेकपा (एमाले) ले एक क्षेत्रमा विजय हासिल गरेका छन् । रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् ।… Continue reading लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

१६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

काठमाडौँ, २५ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगबाट आज विहान ६ बजे प्राप्त तथ्याङक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएकोे छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ । नेपाली कांग्रेसले १७… Continue reading १६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

समानुपातिक : ७५ लाख ७५ हजार १९३ गणना हुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मतप्राप्त

rss

काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअनुसार आज विहान ५ : ५० सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ३८… Continue reading समानुपातिक : ७५ लाख ७५ हजार १९३ गणना हुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मतप्राप्त

‘म्यागासेसे’ को संसद् यात्रा…

विजयी उम्मेदवार महाविर पुन

म्याग्दी, २५ फागुन । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । हाल चितवनमा बस्दै आएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त पुनले गत माघ ४ गते पदबाट राजिनामा दिएर जन्मथलोमा चुनाव लड्न… Continue reading ‘म्यागासेसे’ को संसद् यात्रा…

काभ्रेमा रास्वपाको क्लिनस्वीप, अधिकांश उम्मेदवारको जमानत जफत

RSS

काभ्रेपलाञ्चोक, २५ फागुनः बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ । जिल्लाका २ क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने भएको हो । जिल्लाका कूल उम्मेदवारमध्ये कतिपयले १० मतसमेत कटाउन सकेनन् । काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता छन् । यद्यपि जिल्लाका दुवै क्षेत्रमा… Continue reading काभ्रेमा रास्वपाको क्लिनस्वीप, अधिकांश उम्मेदवारको जमानत जफत

सुनसरी–२ मा रास्वपाका थापा विजयी

धरान (सुनसरी), २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापा विजयी भएका छन् ।थापा ५७ हजार ३४८ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत राजेन्द्रकुमार लम्सालले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुजन लामाले आठ… Continue reading सुनसरी–२ मा रास्वपाका थापा विजयी

एमाले छाडेर हर्कको पार्टीमा लागेका ध्रुवराज : स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

टक्सार (भोजपुर), २४ फागुनः भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका धु्रवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित भएका छन् । नेकपा (एमाले)मा रहेर विद्यार्थी तहबाट नै नेता बनेका राई भोजपुर बहुमुखी क्याम्पसको दुईपटक स्ववियु सभापति हुँदै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए ।… Continue reading एमाले छाडेर हर्कको पार्टीमा लागेका ध्रुवराज : स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल विजयी भएका छन् । पोखरेलले २९ हजार ६ सय ७८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरसिंह राठौरले २० हजार चार सय दुई मत ल्याए । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुरेश पन्थले १९ हजार… Continue reading बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्

RSS

काभ्रेपलाञ्चोक, २४ फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको उम्मेदवारी दिएकामध्ये आधाले एक सय मत कटाउन सकेनन् । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ४२ उम्मेदवार थिए । यसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन् । १ नं क्षेत्रमा ७ र २ नं क्षेत्रमा १४ उम्मेदवारले एक सय मत पनि कटाउन नसकेका हुन् । काभ्रेपलाञ्चोक–१ मा सात उम्मेदवारले… Continue reading काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्

गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी

गोरखा, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गरे । नेपाली कम्युनिष्ट पार्टीका… Continue reading गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी

पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा के छन् आर्थिक सुधारका ‘एजेन्डा’ ?

काठमाडौँ, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठूलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ । निर्वाचनअघि सार्वजनिक गरिएको चुनावी वाचापत्रमा रास्वपाले आर्थिक सुधारलाई केन्द्रमा राख्दै उत्पादकत्व वृद्धि, नियामक सुधार, लगानीमैत्री वातावरण, ‘डिजिटल’ अर्थतन्त्र, वित्तीय क्षेत्र सुधारलगायत विषयलाई प्रमुख ‘एजेन्डा’ बनाएको थियो । अब सरकार गठनपछि ती प्रतिबद्धताहरू कार्यान्वयन कसरी… Continue reading पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा के छन् आर्थिक सुधारका ‘एजेन्डा’ ?

धनुषाबाट रास्वपाका तीन उम्मेदवार विजयी, निधि हारे

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आइतबार जनकपुरधाममा धनुषा क्षेत्र नं ३ को आयोजनामा पार्टी कर्याकर्ता तथा नेतासँगको भेटघाट कार्यक्रममा मन्तव्य राख्नुहुँदै। तस्बिरः निरञ्जनकुमार साह\रासस

जनकपुर, २४ फागुनः धनुषा जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उम्मेदवार विजयी भएका छन् । धनुषामा चार निर्वाचन क्षेत्रमध्ये तीन निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएको हो । यसरी विजयी हुनेहरूमा निर्वाचन क्षेत्र नं २ बाट विनोद यादव, निर्वाचन क्षेत्र नं ३ बाट मनिष झा तथा निर्वाचन क्षेत्र नं ४ बाट राजकिशोर… Continue reading धनुषाबाट रास्वपाका तीन उम्मेदवार विजयी, निधि हारे

प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की आइतबार प्रधानमन्त्री सुशिला कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रतिवेदन बुझाउन जाने क्रममा। तस्बिरः रत्न श्रेष्ठरासस

काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ ।पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य थिए । प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग… Continue reading प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

रासस

काठमाडौँ, २४ फागुनः निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले बताए । आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’… Continue reading धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

हर्क साम्पाङ सुनसरी–१ बाट विजयी, प्रधानमन्त्री बालेन हुन नहुने अभिव्यक्ति सार्वजनिक

प्रतिनिधिसभा सदस्य–२०८२ को निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई निर्वाचितपश्चात् आइतबार निर्वाचन अधिकृत दिव्यराज घिमिरेबाट प्रमाणपत्र ग्रहण गर्नुहुँदै । तस्बिरः सङ्गीता राईरासस

धरान (सुनसरी) २४ फागुनः सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उनले ३५ हजार ७४१ मत प्राप्त गरे । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का टीकाराम लिम्बुले… Continue reading हर्क साम्पाङ सुनसरी–१ बाट विजयी, प्रधानमन्त्री बालेन हुन नहुने अभिव्यक्ति सार्वजनिक

भोजपुरमा हर्क साम्पाङको पार्टीले खोल्यो खाता, श्रम संस्कृतिका राई विजयी

टक्सार (भोजपुर), २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन् । राईले कूल १६ हजार ६६३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेकपा (एमाले)का शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे । नेपाली कांग्रेसका बालकृष्ण थापाले आठ हजार ६७० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका… Continue reading भोजपुरमा हर्क साम्पाङको पार्टीले खोल्यो खाता, श्रम संस्कृतिका राई विजयी

कैलालीका पाँच वटै क्षेत्रमा रास्वपा विजयी

प्रतिनिधिसभा सदस्य– २०८२ मा कैलाली निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खेमराज कोइराला निवार्चित भएपछि आइतबार निर्वाचन अधिकृत हरिप्रसाद आचार्यबाट प्रमाणपत्र ग्रहण गर्नुहुँदै। तस्बिरः तिलकराज आझारासस

सुदूरपश्चिम, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत कैलालीको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरिएको छ । निर्वाचन क्षेत्र नं ४मा रास्वपाका उम्मेदवार खेमराज कोइराला २८ हजार ५५६ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरे । निर्वाचन अधिकृत हरिप्रसाद आचार्यका अनुसार यो… Continue reading कैलालीका पाँच वटै क्षेत्रमा रास्वपा विजयी

दोलखामा रास्वपाका खरेल विजयी

दोलखा, १४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश खरेल निर्वाचित भएका छन् । उनले ३२ हजार ३७६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेकपा (एमाले)का पार्वत गुरूङले १७ हजार ४४९ प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) विशाल खड्काले १३ हजार ६५ र नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले… Continue reading दोलखामा रास्वपाका खरेल विजयी

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौँ, २४ फागुनः देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–४, रौतहटको परोहा नगरपालिका–८, रौतहटको चन्द्रपुर नगरपालिका-१, धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ चिसापानी बजार र लमजुङको सुन्दरबजार नगरपालिका–७ कुमालटारमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक–एक जनाको मृत्यु भएको हो । त्यस्तै सर्लाहीको हरिवन नगरपालिका–२… Continue reading छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित बोहरा कञ्चनपुर, २३ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दिपकराज बोहरालाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुहुँदै निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारी । तस्बिर : राजेन्द्रप्रसाद पनेरू/रासस

महेन्द्रनगर, २३ फागुनः प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित भएका छन् ।यहाँको कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी भएका छन् । २४ हजार ३३२ मतसहित उनी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिना मगरले ११ हजार ११०, नेपाली कांग्रेसका उम्मेदवार… Continue reading कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचित

रौतहट क्षेत्र नं. २ मा नेपाली कांग्रेसका डा. आलम निर्वाचित

चन्द्रपुर (रौतहट), २४ फागुन । रौतहट २ मा नेपाली कांग्रेसका डा मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँले २९ हजार ५२८ मत प्राप्त गरेको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिए । नव निर्वाचित डा आलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२… Continue reading रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचित