काठमाडौंमा यसवर्षकै धेरै चिसो, आजको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। विहान पौने ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिए मौसम पूर्वानुमान महाशाखाको मापनमा उल्लेख गरिएको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ । दिउँसो भने काठमाडौंको न्यूनतम तापक्रम… Continue reading काठमाडौंमा यसवर्षकै धेरै चिसो, आजको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस

नक्कली प्रमाणपत्र बनाएको आरोपमा ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन्। स्नातक तहको नक्कली सर्टिफिकेट बनाएर दुरूपयोग गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार अपराह्न सिंहदरबारबाट पक्राउ गरेको हो । उनीमाथि स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसन लगायतका कागजात कीर्ते गरेको उजुरी परेको थियो । उक्त जाहेरी परेसँगै प्रहरीले अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। गहतराजले ‘महान्… Continue reading नक्कली प्रमाणपत्र बनाएको आरोपमा ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् । निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिए ।थानीले राजीनामाको कारण भने खुलाएका छैनन् ।… Continue reading आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ। दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गर्दा यसअघि सञ्चालित ‘सीप बिल्डिङ’मा अनुत्तीर्ण परीक्षार्थीले आवेदन दिन नपाउने भनेपछि परीक्षार्थीले कार्यालयमा धर्ना दिँदै आएका थिए। सन् २०२३ मा कुनै पनि क्षेत्रको कोरियन भाषा परीक्षाको फारम भर्न नपाइने… Continue reading कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

झम्सिखेलमा गोली चल्यो, एकजना पक्राउ

प्रतिकात्मक तस्वीर

काठमाडौं । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने प्रयास गरेपछि गोली चलाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन्। राईको दाहिने खुट्टामा गोली लागेको छ। उनको उपचारको… Continue reading झम्सिखेलमा गोली चल्यो, एकजना पक्राउ

रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, पहिलो किस्ताको रकम पठाइयो

रुकुमपश्चिम । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका ६ वटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै सङ्कलनको… Continue reading रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, पहिलो किस्ताको रकम पठाइयो

काठमाडौं महानगरका सामुदायिक कुकुरमा प्राणघातक ‘डिस्टेम्पर’ रोग

काठमाडौं । काठमाडाैं महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ। महानगर पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ। यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ। खाना खान सक्दैनन् भने झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन्। त्यस्तै खोक्ने, बान्ता… Continue reading काठमाडौं महानगरका सामुदायिक कुकुरमा प्राणघातक ‘डिस्टेम्पर’ रोग

बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

बारा । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन… Continue reading बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

पशुपतिमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख देखाइँदै

काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख मंगलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख सर्वसाधारणलाई देखाउने गरिन्छ । यो वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको… Continue reading पशुपतिमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख देखाइँदै

लगानी सम्मेलन अघि मुलुकको कन्ट्री रेटिङ हुँदै

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनअघि नै नेपालको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) गरिसक्ने बताएका छन् । आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलमा मन्त्री डा. महतले यस्तो जानकारी गराएका हुन् । सम्मेलनअघि नै सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संसद्बाट चाँडै पारित… Continue reading लगानी सम्मेलन अघि मुलुकको कन्ट्री रेटिङ हुँदै

‘एचआइभी संक्रमितले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग’

काठमाडौं । एचआइभी संक्रमितहरुको छाता संगठन राष्ट्रिय एचआइभी तथा एड्स महासघंले संक्रमितमाथिको विभेद अन्त्य गर्न माग गरेको छ । ७५ औ विश्व मानवअधिकार दिवसको अवसरमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संक्रमित माथि अहिले पनि विभिन्न विभिन्न खालको भेदभाव र अपमान हुने गरेको पाइएकाले उक्त माग गरेको हो । राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनले कुनै पनि नागरिकको सम्मानपूर्वक बाँच्न पाउने… Continue reading ‘एचआइभी संक्रमितले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग’

संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस

काठमाडौं । संघीय संसद्को नयाँ महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ।सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । पाण्डे हाल प्रतिनिधिसभाको सचिव छन् । वर्तमान महासचिव डा. भरत गौतमले सोमबार राष्ट्रपति पौडेलसमक्ष राजीनामा दिएका छन्। उनले ८ महिना कार्यावधि बाँकी… Continue reading संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस

एक दर्जन निर्माण कम्पनी एक वर्षदेखि तीन वर्ष सम्मलाई कालोसूचीमा

काठमाडौं । सरकारले एक दर्जन निर्माण कम्पनीलाई एक देखि तीन वर्ष सम्मका लागि कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो। सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार– सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ। त्यस्तै पोखरा महानगरपालिका–८ कास्कीको… Continue reading एक दर्जन निर्माण कम्पनी एक वर्षदेखि तीन वर्ष सम्मलाई कालोसूचीमा

सबिता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारद्वारा सम्मान

काठमाडौ । भारतीय मानव अधिकार परिषदले लामो समयदेखि अटिजम भएका बालबालिकाहरुको सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेकी सामाजिक अभियान्ता सविता उप्रेती लाई ‘अन्तराष्ट्रिय साहसी महिला पुरस्कार–२०२३’ बाट सम्मान गरेको छ । संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा १३ औँ अन्तराष्ट्रिय मानवअधिकार शिखर सम्मेलन र पुरस्कार–२०२३, डिसेम्बर १० को दिन भारतको नयाँ दिल्लिमा आयोजित एक… Continue reading सबिता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारद्वारा सम्मान

जाजरकोट भूकम्पबाट ९ करोडको खाद्यान्न र साढे ५ करोडको पशु धनमा क्षति

काठमाडौं । जाजरकोट भूकम्पबा नौ करोड रुपैयाँ भन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ। भूकम्पको कारण २४ हजार पाँच सय एक घरमा क्षति पुग्दा भण्डारण गरेर राखिएका रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ। गत कात्तिक १७ गते जाजरकोटका रामीडाँडालाई केन्द्रविन्दु बनाएर… Continue reading जाजरकोट भूकम्पबाट ९ करोडको खाद्यान्न र साढे ५ करोडको पशु धनमा क्षति

बालाचतुर्दशी: पितृ मोक्षका लागि शतबीज छर्ने दिन,किन छरिन्छ शिवालयमै शतबीज ?

काठमाडौं । आज मुलुकभरका शिवालयमा दिवंगत पितृको सम्झनामा शतबीज छरिएको छ । गएराति दीप दान गरेर विहान सबेरै शिवालयमा शतबीज छरिएको हो । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्। मंसिर कृष्ण… Continue reading बालाचतुर्दशी: पितृ मोक्षका लागि शतबीज छर्ने दिन,किन छरिन्छ शिवालयमै शतबीज ?

बाङ्लादेशमा विपक्षी पार्टीका ५ सदस्यको जेलमा मृत्यु

AP Photo/Mahmud Hossain Opu

काठमाडौं । प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन् ।  बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले आगामी जनवरी ७ मा हुन गइरहेको आम निर्वाचनलाई बहिष्कार गरेको छ । उक्त निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने तय भएको छ ।  बिएनपीका अनुसार अक्टोबर २८ मा राजधानी… Continue reading बाङ्लादेशमा विपक्षी पार्टीका ५ सदस्यको जेलमा मृत्यु

गुप्चरकै शैक्षिक प्रमाणपत्र नक्कली, माधव बस्नेतविरुद्ध अख्तियारले हाल्यो मुद्दा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत(गुप्चर) माधव बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । उनले शैक्षिक योग्यताको नक्कली (झुट्टा) प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र… Continue reading गुप्चरकै शैक्षिक प्रमाणपत्र नक्कली, माधव बस्नेतविरुद्ध अख्तियारले हाल्यो मुद्दा

वीर अस्पतालमा ‘ब्रेन ट्युमर र न्यूरो स्पाइन क्लिनिक’ सेवा

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा न्युरो सर्जरी विभाग अन्तर्गतको ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरु भएको छ । अस्पतालको न्यूरो सर्जरी विभागअन्तर्गतको ब्रेन ट्युमर केन्द्रमार्फत सेवा सञ्चालनमा ल्याइएको हो । क्लिनिक सेवा साताको दुईदिन आइतबार र बुधबार बिहान १० देखि १ बजेसम्म सञ्चालन हुने छ । न्युरो सर्जरी ओपीडीको कोठा नम्बर ४३१… Continue reading वीर अस्पतालमा ‘ब्रेन ट्युमर र न्यूरो स्पाइन क्लिनिक’ सेवा

चार वर्ष पछि सौराहामा हात्ति महोत्सव गर्ने तयारी

Photo : THT

काठमाडौं । कोरोना महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका… Continue reading चार वर्ष पछि सौराहामा हात्ति महोत्सव गर्ने तयारी

विजुलीको चार खस्दा खेत जोतिरहेका किसानको निधन

file

काठमाडौं । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका( ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् । जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११ः४५ बजेको समयमा… Continue reading विजुलीको चार खस्दा खेत जोतिरहेका किसानको निधन

एमालेबाहेक अरुले देश बनाउन सक्दैन-ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने बताएका छन्। शुक्रबार पोखरामा आयोजित महाकाली—मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको विरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए। उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेकाले यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले… Continue reading एमालेबाहेक अरुले देश बनाउन सक्दैन-ओली

जथाभाबी शतबीज नछर्न पशुपति विकास कोषको आग्रह, उपस्थित हुन नसक्नेका लागि विशेष व्यवस्था

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी (शतबीजारोपण) मा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न आग्रह गरेको छ । शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो सोमवार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको हो । कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न र बालबालिकाको साथमा… Continue reading जथाभाबी शतबीज नछर्न पशुपति विकास कोषको आग्रह, उपस्थित हुन नसक्नेका लागि विशेष व्यवस्था

जुम्लाको तापक्रम माइनसमा, उपत्यकाको न्यूनतम ७.५ डिग्री सेल्सियस

काठमाडौं । जुम्लाको न्यूनतम तापक्रम –२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार बिहान पौने ९ बजे जुम्लामा सो न्यूनतम तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज डडेलधुराको न्यूनतम तापक्रम ५.२, ओखलढुंगाको ७.३, वीरेन्द्रनगरको ७.७, दिपायलको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन गरिएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम… Continue reading जुम्लाको तापक्रम माइनसमा, उपत्यकाको न्यूनतम ७.५ डिग्री सेल्सियस

काठमाडौं विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ

File

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलकाअनुसार उनी को हुन् र यो सुन कसको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ । घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका… Continue reading काठमाडौं विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ

एनसेलको शेयर बिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको शेयर खरिद विक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजसलाले खरिद बिक्री भएका एनसेलका शेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनु भनी कम्पनी रजिस्टारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुबै पक्षलाई २५ मंसिरमा… Continue reading एनसेलको शेयर बिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा अझै आशा जगाउन सकिएन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको बताएका छन्। रेस्पोन्सेबल विजनेश समिट कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा अझै आशा जगाउन नसकेको बताए । अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको बताए। सरकार, निजी क्षेत्र… Continue reading अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा अझै आशा जगाउन सकिएन्

ग्राउन्ड ह्याण्डलिङमा निगमको एकाधिकार खोस्ने प्राधिकरणको निर्णय विरुद्ध कर्मचारी आन्दोलित

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको निर्णय विरुद्ध नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्याण्डलिङ)मा निगमको एकाधिकार प्राधिकरणले तोड्ने निर्णय गरेपछि निगम कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीहरुले बिहीबार निगमको सुन्धारा स्थित कार्यालयमा धर्ना दिएका छन् । ग्राउन्ड ह्याण्डलिङ खोस्ने हवाइ माफिया होसियार भन्दै उनीहरुले… Continue reading ग्राउन्ड ह्याण्डलिङमा निगमको एकाधिकार खोस्ने प्राधिकरणको निर्णय विरुद्ध कर्मचारी आन्दोलित

पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध

काठमाडौँ । यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ । गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यही मङ्सिर २७ गतेसम्म मासु तथा… Continue reading पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध

चुरोटबाट सल्किएको आगोले विराटनगरमा लियो तीन जनाको ज्यान

काठमाडौं । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ । बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाकाे घटनास्थलमै र अर्का एक जनाकाे न्यूराे अस्पतालमा मृत्यु भएको थियाे । थप उपचारका लागि काठमाडौं पठाइएका गम्भीर घाइतेमध्ये एक जनाकाे बुधबार राति मृत्यु भएको हाे । उपचारका क्रममा विराटनगर– ६ का… Continue reading चुरोटबाट सल्किएको आगोले विराटनगरमा लियो तीन जनाको ज्यान