Category: समाचार

  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेशनले बढाएर बढाएको बिलसँगै नेपालमा समेत मूल्य बढेको निगमको भनाई छ ।

    शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिएका छन् । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ । डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

  • तीन अंकमा झर्यो नेपालमा दैनिक संक्रमण

    तीन अंकमा झर्यो नेपालमा दैनिक संक्रमण

    काठमाडौं । नेपालमा दैनिक संक्रमणको संख्या तीन अंकमा झरेको छ । अर्थातः हरेक दिन १ हजारभन्दा माथिको संक्रमण पुष्टी भइरहेकोमा शनिबार मात्र ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा कुल ५ हजार २४२ नमुना परीक्षणबाट उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३४ हजार २३१ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने १६८९ जना रहेको छ । मन्त्रालयका अनुसार अब देशभर ११ हजार ६७३ सक्रिय संक्रमित रहेका छन् ।

  • प्रमले बोलाएको संवैधानिक परिषदप्रति कांग्रेस सशंकित

    प्रमले बोलाएको संवैधानिक परिषदप्रति कांग्रेस सशंकित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषदको बैठकलाई कांग्रेसले पार्टीको कार्यक्रम विथोल्ने षडयन्त्रका रुपमा बुझेको छ । सोहीकारण कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा नजाने भएका छन्। कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी प्रदर्शनको कार्यक्रम राखेको छ ।

    त्यसको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक राखेपछि कांग्रेस सशंकित बनेको हो । देउवाले आफू बैठकमा उपस्थित हुन नसक्ने व्यहोराको सन्देश उनले आफ्ना प्रतिनिधि नेता रमेश लेखकमार्फत् देउवाले शनिबार प्रधानमन्त्री ओलीलाई पठाएका हुन्।

    संवैधानिक परिषदको बैठक बोलाएर लेनदेनका माध्यमबाट कांग्रेसको प्रदर्शन कमजोर पार्न प्रधानमन्त्रीले खोजिरहेको कांग्रेसको बुझाई छ । अर्कोतर्फ आइतबार नै नेकपाको स्थायी समिति बैठक समेत डाकिएको छ ।

    संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त, आयुक्तसहितका संवैधानिक आयोगमा पदपूर्ति गर्नुपर्ने छ ।

  • राष्ट्रपतिय चुनावको परिणाम उल्टाउने ट्रम्प प्रयास सर्बोच्चबाट खारेज

    राष्ट्रपतिय चुनावको परिणाम उल्टाउने ट्रम्प प्रयास सर्बोच्चबाट खारेज

    न्यूयोर्क

    आफु पराजित निर्वाचनको परिणाम उल्टाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास सर्बोच्च अदालतले खारेज गरि दिएको छ । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग पराजित भएपछि ट्रम्पले परिणाम उल्ट्याउन बिभिन्न हथ्कन्डा जारी राखेका हुन् ।

    यही क्रममा पछिल्लो पटक टेक्सासका महान्यायाधिवक्ताले ट्रम्प हारेका चार राज्यको नतिजा अश्विकार गर्न माग गर्दै सर्बोच्चको ढोका ढक्ढक्याएका थिए । उनको मुद्दामा रिपब्लिकन शासित बिभिन्न १७ अन्य राज्यका महान्याधिवक्ता सहित ११६ जना रिपब्लिकन हाउस अफ रिप्रिजेन्टेटिभले ऐक्यवद्धता जनाएका थिए ।

    टेक्सासका रिपब्लिकन सिनेटर जोन क्रोनिन लगायत कैयन् रिपब्लकिन नेताहरुले मुद्दाको कानूनी धरातल नरहेको बताउँदा पनि ट्रम्प समर्थकहरु सर्बोच्च पुगेका थिए । ट्रम्प क्याम्पेनले समेत मुद्दामा ऐक्यवद्ता जनाएर छुट्टै निवेदन दर्ता गराएको थियो ।

    मंगलबार दायर मुद्दामा प्रतिवादी बनाइएका पेन्सिलभेनिया, मिसिगन , जर्जिया र विसकनसनका महान्यायाधिवक्ताहरुले विहीबार सर्बोच्चमा जवाफ दिएका थिए । सर्बोच्चले मुद्दामा कुनै कानूनी धरातल नरहेको कारण थप सुनुवाइ आवश्यक नरहेको भन्दै शुक्रबार खारेज गरि दिएको हो ।

    निर्वाचन हारेपछि ट्रम्पले परिणाम उल्ट्याउन आफ्ना समर्थकहरुलाई देशब्यापी रुपमा आह्वान गर्दै आएका छन् । तर, देशभर पाँच दर्जन हाराहारी मुद्दामा पराजित हुँदा पनि परिणाम स्वीकार्नुको साटो चुनावमा धाँदली भएको दावी दोहोर्याउन छोडेका छैनन् । उनको झुठो प्रचारलाई केही रिपब्लिकन नेता र कन्जरभेटिभ मिडियाहरुले निरन्तर साथ दिँदै आएका छन् ।

  • फिफा वर्ष पुरुष खेलाडीको अन्तिम तीनमा मेसी, रोनाल्डो र लेवान्डोस्की

    फिफा वर्ष पुरुष खेलाडीको अन्तिम तीनमा मेसी, रोनाल्डो र लेवान्डोस्की

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको अन्तिम तीनमा पर्ने खेलाडीको सुचि सार्वजनिक गरेको छ । जसमा लियोनल मेसी, रोबर्ट लेवान्डोस्की र क्रिस्टियानो रोनाल्डो मनोनयनमा पर्न सफल भएका छन् ।

    यी तीन खेलाडीलाई सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरिएको फिफाले जनाएको छ। यसबाट एक जनाले अवार्ड प्राप्त गर्नेछन् । लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट क्लब बनाउन भूमिका खेलेका थिए ।

    रोनाल्डोले गएको सिजन इटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए । गत सिजन लियोनल मेस्सीको नाममा कुनै पनि उपाधी आएन । तर, उनी फुटबलमा हरेक वर्ष आफ्नो तर्फबाट भने उत्कृष्ट प्रदर्शन दिन सफल भएका छन् । सोहीकारण यस पटक पनि मेसी सूचिमा अटाएका हुन् ।

  • आज राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती हुने

    आज राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती हुने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्दैछ ।
    प्राधिकरणका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मतको काम जारी रहेका कारण त्यसअन्तर्गत वितरण भएको विजली कटौती हुन लागेको हो । शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् आपूर्ति नहुने प्राधिकरणले जनाएको छ ।

    यसबाट धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायत स्थानमा विद्युत् कटौती हुन लागेको हो । प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको जनाएको छ ।

    प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा माग्दै निर्धारित कार्य समय अगावै सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुनसक्ने जानकारी दिएको छ ।

  • न्यू ह्यामसमा नेपाली समाजसेवीहरु सम्मान्नित, भट्टले पाए पिपुल्स च्वाइस अवार्ड

    न्यू ह्यामसमा नेपाली समाजसेवीहरु सम्मान्नित, भट्टले पाए पिपुल्स च्वाइस अवार्ड

    न्यूह्यामसर

    राज्यमा स्वयंसेवा प्रवर्धनका लागि अग्रणी संस्था ‘भोल्युन्टर एनएच’ले सकृय समाजसेवीहरुलाई सम्मान प्रदान गरेको छ । बिभिन्न शिर्षकमा प्रदान गरिएको सम्मान चार जना नेपाली व्यक्ती र एक नेपाली संस्थाले समेत पाएका छन् ।

    ‘भोल्युन्टर एनएच’ले बर्षेनी प्रदान गर्दै आएको ‘स्पिरिट अफ न्यूह्यामसर’ अवार्ड कार्यक्रममा यसैपाली थप गरिएको विधा पिपुल्स च्वाइस अवार्डबाट समाजसेवी इश्वरी भट्ट पुरस्कृत भए । कोरोना भाइरस संक्रमणका कारण बुधबार बुधबार साँझ ‘भर्चुअल’ समारोह आयोजना गरि अवार्ड वितरण गरिएको हो ।

    बिभिन्न विधामा पुरष्कृत ६४ समाजसेवीमध्ये खुला मतदान मार्फत पिपुल्स च्वाइस अवार्ड बिजेता चयन गरिएको हो । सन् २००३ देखि न्यू ह्यामसरमा बसोबास गर्दै आएका भट्ट नेपाली समुदायमा समाजसेवाका लागि सुरु देखि नै सकृय छन् । समुदायमा अफ्ठेरोमा परेका ब्यक्तिलाई काम एवं कोठा खोज्ने देखी आवश्यक परेको जे सुकै सहयोग गर्न पनि आफु तत्पर रहेको भट्ट बताउँछन् । सन् २०१५ मा नेपालमा गएको महाभूकम्प पिडितलाई सहयोगका लागि भट्टले आर्थिक संकलनमा सकृय तत्परता देखाएका थिए ।

    उनी राज्यमा बसोबास गर्ने नेपालीहरुको छाता संस्था न्यूह्यासर नेपाली समाजमा स्थापना देखिनै आवद्ध छन् । बिभिन्न कारणले आर्थिक अफ्ठेरोमा परेका नेपालीलाई सघाउन उनले सन् २०१५ मा आपतकालिन राहत कोष स्थापना गरेका थिए । सन् २०१७ यता समाज अन्तर्गत रहेको कोषको संयोजक भट्ट नै रहेका छन् । कोषबाट हालै कोरोना भाइरस महामारीका कारण काम गुमाएका नेपाली विद्यार्थीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको थियो । भट्ट अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मार्फत भाषा साहित्यको प्रवर्धनमा पनि सकृय छन् । अनेसास न्यूह्यामसर च्याप्टरको उनी प्रधान सम्पादक रहेका छन् ।

    छत्रकुमारी गुरुङ

    त्यस्तै उत्कृष्ठ समाजसेवीको रुपमा सम्मान्नित हुनेमा गुरुङ समाज न्यूह्यामसरकी अध्यक्ष एवं गैर आवासीय नेपाली संघ अमेरिकाकी बोर्ड अफ डाइरेक्टर छत्रकुमारी गुरुङ पनि छिन् । एनएच भोल्युन्टरले गुरुङलाई कोरोना भाइरस संक्रमणका बेला समुदायको हितका लागि सदैव तत्पर व्यक्तिको रुपमा सम्मान गरेको जनाएको छ । सन् २००७ देखि राज्यमा बसोबास गर्दै आएकी गुरुङले अफ्ठेरोमा परेका ब्यक्तिलाई आवास खोजिदिने देखि काम र व्यवसाय सुरुवातसम्ममा सहयोग पुर्याउँदै आएकी छिन् । उनी सामाजीक न्यायका दृष्टिले समेत समाजसेवामा सकृय रहेको संस्थाले उल्लेख गरेको छ ।

    उत्कृष्ठ समाजसेवीको रुपमा सम्मान पाउने अन्य नेपालीमा एरभेष्ट सेन्थेनियल लाइन्स क्लवका सचिव अजय रानाभाट र कोब्ली साएर कलेजकी नर्सिङ विदर्यार्थी स्मृती शर्मा सापकोटा रहेका छन् । रानाभाटले कोरोना भाइरस संक्रमणका बेला लाइन्स क्लव मार्फत निरन्तर समाजसेवी भूमिका निभाएको संस्थाले जनाएको छ । कलेजको क्रस कल्चलर क्लवकी उपाध्यक्ष रहेकी शर्माले सामूदायीक नेतृत्व देखाएका कारण उनलाई यस बर्षको ‘न्यूम्यान सिभिल फेलो’ अवार्ड प्रदान गरिएको जनाएको छ । शर्माले २२ मुनिका युवा उमेर समूह एवं अरु तीन जनाले वयस्क समूह अन्तर्गत सम्मान पाएका हुन् ।

    यस्तै सामाजीक गतिविधीमा सम्लग्न गैर नाफामुलक संस्थातर्फ न्यू ह्यामसर नेपाली समाज पनि सम्मान्नित भएको छ । राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा भरोसाको रुपमा रहेको संस्थाले कोरोना भाइरस संक्रमणका बेला सुरक्षा उपकरण जुटाएर समुदायमा वितरण गरेको थियो । राज्य बाहिर बस्ने नेपालीहरुलाई समेत संस्थाले सहायता प्रदान गरेको थियो । नेपाली भाषा एवं कला संस्कृती प्रवर्धनमा संस्था निरन्तर सकृय छ ।

    स्पिरिट अवार्ड पाउने नेपाली मूल बाहेक अन्य व्यक्ति एवं संस्थामा राज्यमा सकृय खाद्य बैंक एवं विभिन्न सामाजीक अभियन्ताहरु छन् । अधिकांशले कोरोना भाइरस संक्रमणसँग जुध्न समाजको गरेको योगदानकै कारण सम्मान गरिएको ‘भोल्युन्टर एनएच’ले जनाएको छ ।

  • नैकापमा ट्रकको ब्रेक फेल हुँदा दुर्घटना, १ जनाको मृत्यु

    नैकापमा ट्रकको ब्रेक फेल हुँदा दुर्घटना, १ जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको नैकापस्थित ढुङ्गे अड्डामा ट्रकको ब्रेक फेल भएपछि भयानक सडक दुर्घटना भएको छ । ट्रकले ८ वटा गाडीलाई ठक्कर दिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

    यस दुर्घटनामा १० जना घाइते भएका छन् । थानकोटबाट कलंकी तर्फ आउँदै गरेको प्र०२(०३००१ख१४२० नम्बरको मालवाहक ट्रकको ब्रेक फेल भएको थियो।

    ब्रेक फेल भएर अनियन्त्रित हुँदा भित्रि सडकमा पार्किङमा राखेका आठ वटा सवारीसाधनलाई ठक्कर दिएको हो । मृतक ओखलढुङ्गाका ३० वर्षीय शंकर दमाई रहेको बताइएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार जारी छ ।

  • क्रिकेटर पारस खड्कालाई कोरोना पुष्टी

    क्रिकेटर पारस खड्कालाई कोरोना पुष्टी

    काठमाडौं । स्टार क्रिकेटर पारस खड्कालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उनको शुक्रबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना भाइरस संक्रमणको लक्षण देखिन थालेपछि दुई दिनदेखि आफू घरमा आइसोलेसनमा बसेको र बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाएको पारसले सामाजिक संजालमा उल्लेख गरेका छन् ।

    उनले संक्रमण पुष्टि भएपछि सरकारले तोकेको मापदण्डअनुसार होम आइसोलेसनमा नै बस्ने बताएका छन् । सोहीकारण उनले चितवनमा आयोजना हुने गौतम बुद्ध कप गुमाउने भएका छन् ।

  • नेपालमा थप १ हजार ४४ जनामा कोरोना पुष्टी

    नेपालमा थप १ हजार ४४ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा कुल ७४१४ जनामा कोरोना परीक्षण गरिएको थियो ।

    अब नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२७१ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४०२, ललितपुरमा १०५, कास्कीमा ४५, मोरङमा ३७, सिराहामा ३६, भक्तपुरमा ३४, झापा र काभ्रेपलाञ्चोकमा २४\२४, अछाममा १९, मकवानपुरमा १६, दाङ, कैलाली र कञ्चनपुरमा १५\ १५, पाल्पामा १३ र गोरखामा १० जनामा संक्रमण पुष्टी भएको छ ।

    धादिङ, रामेछाप र लमजुङमा ९,९, नवलपरासीमा ८, धनुषा, नुवाकोट, स्याङ्जा, बर्दिया र डडेल्धुरामा ६\६, सिराहा, दोलखा, सिन्धुपाल्चोक र नवलपरासी पूर्वमा ५\५, बाग्लुङ, अर्घाखाँची र सुर्खेतमा ४\४ जनामा संक्रमण पुष्टी भएको छ ।

    धनकुटा, संखुवासभा, बारा, महोत्तरी, रौतहट, सप्तरी, पर्वत, कपिलवस्तु, गुल्मी, बझाङ र बैतडी ३, ३, ओखलढुंगा, सर्लाही, रसुवा, तनहुँ, प्युठान, जुम्ला र सल्यानमा २\२, इलाम, उदयपुर, खोटाङ, सिन्धुली, मुस्ताङ, म्याग्दी, कालीकोट, जाजरकोट र डोटीमा १\१ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६६३ पुग्यो

    थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६६३ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जना संक्रमतिको मृत्यु भएको हो ।

    यो सहित अहिलेसम्म नेपालमा १६६३ जना संक्रमितको मृत्यु भएको छ ।

  • काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा ३२८ , ललितपुरमा ५१ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा १६० महिला र २४४ पुरुष रहेका छन् ।

    योसँगै उपत्यकामा एक लाख १४ हजार ४०९ जना व्यक्ति संक्रमित भएका छन्। काठमाडौंमा मात्र ९१ हजार ९०५ जना संक्रमित भएका छन्, जसमध्ये ४३२ जनाको मृत्यु भएको छ।

    हालसम्म ८६ हजार ७२८ जना निको भएका छन्। ललितपुरमा १४ हजार १४३ जना संक्रमित भएका छन्। जसमा १२९ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ६४ जना निको भएका छन्।

    भक्तपुरमा ८ हजार ३३१ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ७ हजार ८५२ जना निको भएका छन्।

  • नेपालमा थप १२१७ जनामा कोरोना पुष्टि, १०६४ जना संक्रमण मुक्त

    नेपालमा थप १२१७ जनामा कोरोना पुष्टि, १०६४ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १२१७ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६५० रहेको छ । थप १०६४ जना संक्रमण मुक्त भएका छन् ।

    संक्रमित मध्ये संक्रमित मध्ये २ लाख ३१हजार ६०१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १२ हजार ३८६ जना रहेको छ ।

  • रोल्पाका स्थानीय सरकार : शिक्षा, स्वास्थ्यमा बिजोग, मन्दिर–चर्चमा लगानी

    रोल्पाका स्थानीय सरकार : शिक्षा, स्वास्थ्यमा बिजोग, मन्दिर–चर्चमा लगानी

    महेश न्यौपाने, खोज पत्रकारिता केन्द्र-

    काठमाडौं । २०७७ साउनमा सुरक्षित प्रसूति सेवा लिन जिल्ला अस्पताल रोल्पा पुगेकी रोल्पा नगरपालिका–८ जंकोटकी मेलिना बुढाले छोरो जन्माइन् । आमाको अवस्था सामान्य रहे पनि नवजात शिशुमा श्वासप्रश्वासको समस्या देखियो । थप उपचारका लागि भैरहवा ल्याउने क्रममा शिशुको प्राण गयो । रोल्पा अस्पतालले उपचार गर्न नसकेका कारण भैरहवा ल्याउँदा एम्बुलेन्समा अक्सिजन नभएकोले शिशुको ज्यान गएको थियो ।

    जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका अनुसार, तीन वर्षमा आधारभूत स्वास्थ्य सेवा नपाएर जिल्लामा ८४ नवजात शिशुले ज्यान गुमाएका छन् । यस अवधिमा प्रसूति सेवा लिन स्वास्थ्य संस्था पुगेका चार सुत्केरी आमाको समेत ज्यान गएको छ । घरमै सुत्केरी भएर ज्यान गुमाएका नवजात शिशु र सुत्केरीहरूको तथ्यांक अरू भयानक हुनसक्छ । यसको विवरण जिल्ला स्वास्थ्य कार्यालयसँग छैन ।

    अघिल्लो वर्ष गर्भवतीमध्ये झण्डै ६३ प्रतिशत आमाले मात्रै वर्थिङ सेन्टरमा सुत्केरी हुने सुविधा पाए । घरमै सुत्केरी हुन बाध्य आमा तथा नवजात शिशुमा संक्रमण देखिनुका साथै मातृ र बालमृत्यु दर समेत बढेको भनेर त्यसको न्यूनीकरणका लागि सरकारले अस्पतालमा सुत्केरी गराउन प्राथमिकता दिएको छ । तर, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका अनुसार, सरकारको यो प्राथमिकताबाट रोल्पाका अझै ३७ प्रतिशत आमा वञ्चित छन् । स्वास्थ्य संस्थामा गएर प्रसूति गराउनुपर्छ भन्ने चेतनाको अभाव तथा टाढाको दूरीमा वर्थिङ सेन्टरहरू रहेका कारण अस्पताल र स्वास्थ्य संस्थाको पहुँच ग्रामीण महिलासम्म पुग्न सकेको छैन ।

    जिल्ला शिक्षा समन्वय इकाइ रोल्पाका अनुसार, जिल्लाका ४०७ सामुदायिक विद्यालयमा ६७ हजार ९८८ छात्रछात्रा अध्ययनरत छन् । तर, जिल्लाका २०० बढी विद्यालयमा शिक्षक दरबन्दी शून्य छ । शून्य शिक्षक दरबन्दीले छात्रछात्राको पठनपाठनमा ठूलो क्षति पुगेको छ । जिल्ला शिक्षा समन्वय इकाइ रोल्पाका अनुसार, प्राथमिक तहमा २५२, निम्नमाध्यमिक तहमा ४३१ र माध्यमिक तहमा २९८ दरबन्दी अपुग छ । हुन पनि पाँच हजार भन्दा बढी विद्यार्थी रहेको रोल्पाको सुनछहरी गाउँपालिकामा एउटा पनि माध्यमिक दरबन्दी छैन । वागेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक भूपबहादुर केसीका अनुसार, भौतिक पूर्वाधारको अभाव अनि शिक्षक अपुगका कारण हरेक वर्ष विद्यार्थीको सिकाइ प्रभावित हुने गरेको छ ।

    रोल्पाको आधारभूत स्वास्थ्य तथा शिक्षा सम्बन्धी यी प्रतिनिधिमूलक दृश्यले जिल्लाको शिक्षा स्वास्थ्यको दयनीय अवस्था दर्शाउँछ । तर, रोल्पाका स्थानीय तहले जिल्लाका यी समस्या नदेखे झैं गरेर तीन वर्षयता मन्दिर र चर्चको विकासमा ठूलो बजेट लगानी गरेका छन् ।

    कक्षाकोठामा पानी चुहिएपछि छाता आढेर पढ्दै रोल्पाको रुन्टीगढी गाउँपालिकाको एक विद्यालय

    स्थानीय तहको बजेट पुस्तिका अनुसार, २०७४ को स्थानीय निर्वाचनपछि रोल्पाका स्थानीय तहले पछिल्ला तीन चालु आर्थिक वर्षमा ८७ वटा मन्दिर र १४ वटा चर्च सम्बन्धी योजनामा रु.२ करोड ६४ लाख २९ हजार विनियोजन गरेका छन् । स्थानीय सरकारले मन्दिर र चर्चमा खन्याएको यो बजेटले मासिक रु.२० हजार तलब सुविधा दिने गरी जिल्लाका शिक्षक अभाव झेलेका विद्यालयमा झण्डै ११० जना शिक्षक व्यवस्था गर्न सकिन्थ्यो ।

    आधारभूत स्वास्थ्य र शिक्षा सेवा लिन रोल्पा नगरपालिका वडा नम्बर १० का स्थानीयले अहिले पनि तीन घण्टा पैदल हिंड्नुपर्छ । तर त्यही वडामा तीन वर्षमा १० वटा मन्दिर बनाइएको छ । जनताको मागका आधारमा मन्दिरहरू निर्माण गरिएको दाबी वडाध्यक्ष मानबहादुर खत्रीको छ । उनी भन्छन्, “जनताले माग गर्छन् त्यसैमा लगानी गरिएको हो ।”

    स्थानीय मोतिलाल डाँगी चाहिं वडाले शिक्षा, स्वास्थ्य क्षेत्रको विकासको साटो मठ–मन्दिरको विकासमा ध्यान दिएर जनताको आवश्यकताप्रति चरम लापरबाही गरेको ठान्छन् । “स्थानीय सरकारले सस्तो लोकप्रियता कमाउन मन्दिर बनाउने काम गरेका छन्”, डाँगीले भने । जनताको आवश्यकता पहिचान गरेर विकास योजना अघि बढाउने क्षमताको अभावका कारण जनप्रतिनिधिले अनुत्पादक क्षेत्रमा ठूलो धनराशि खर्च गरेको डाँगीको कथन छ ।

    रोल्पाको सुनिल स्मृति गाउँपालिकाले ११ वटा मठ–मन्दिरका योजनामध्ये १० वटा मन्दिरमा तीन वर्षमा रु.५८ लाख २४ हजार विनियोजन गरेको छ । अघिल्ला दुई आर्थिक वर्षमा त्यो गाउँपालिकामा मठ–मन्दिरमा रु.३५ लाख ७४ हजार खर्च गरिएको थियो भने चालु आर्थिक वर्षमा रु.२२ लाख ५० हजार खर्च गर्ने निधो गरिएको छ ।

    जलजला बहुमुखी क्याम्पस रोल्पाका सहायक प्राध्यापक झक्कुप्रसाद न्यौपानेका अनुसार धर्मनिरपेक्ष राज्यमा स्थानीय सरकार र प्रदेश सरकारले मठ–मन्दिरमा यति ठूलो बजेट हाल्नु असंगत काम हो । उनी भन्छन्, “कोभिड–१९ ले देश नै आक्रान्त भएको बेला स्थानीय सरकारहरूले मठ–मन्दिरमा लगानी गर्ने काम गरिरहेका छन् त्यो पनि जनयुद्धको उद्गम स्थल रोल्पामा । यो आश्चर्यको विषय हो ।”

    लुंग्री गाउँपालिकाले तीन वर्षमा २० मन्दिर निर्माण तथा मर्मतका नाममा रु.५५ लाख ८० हजार बजेट विनियोजन गरेको छ । अघिल्ला दुई वर्षमा १६ वटा मन्दिरका लागि त्यहाँ रु.४५ लाख ८० हजार खर्च गरिएको थियो । चालु आर्थिक वर्षमा चार वटा मन्दिरका लागि रु.१० लाख खर्च गर्न लागिएको छ ।

    रोल्पाकै परिवर्तन गाउँपालिकाले मन्दिर निर्माण, मर्मतका १६ योजनामा रु.२६ लाख सिध्याएको छ । अघिल्ला दुई आर्थिक वर्षमा ११ मन्दिरमा रु.२४ लाख र चालु आर्थिक वर्षमा दुई मन्दिर मर्मतमा रु.२ लाख विनियोजन गरिएको गाउँपालिकाका इञ्जिनियर खगेन्द्र बुढाले जानकारी दिए ।

    माडी गाउँपालिका भावाङमा वनेको मन्दिरः जसका लागी वडा कार्यालयले वजेट विनियोजन गरेको थियो ।

    दुई वर्ष लगाएर निर्माण गरिएको परिवर्तन गाउँपालिका वडा नम्बर २ रांसीको एउटा मन्दिर विवादमा परेको छ । रांसीको जोगिदहमा बनाइएको मन्दिर निर्माणमा अस्वाभाविक खर्च भएको भन्दै स्थानीयले विरोध जनाए । १७ लाख खर्चिएर बनाइएको मन्दिर गाउँपालिका प्रमुख निमकान्त डाँगीका भाइ अध्यक्ष रहेको उपभोक्ता समितिले बनाएको हो ।

    मन्दिर निर्माणका लागि ढुवानी खर्च धेरै लाग्दा लागत बढेको उपभोक्ता समितिका अध्यक्ष गुमान डाँगीले बताए । “ठगेर खाएको छैन”, डाँगीले भने । गुमानका दाजु गाउँपालिका प्रमुख निमकान्त डाँगी चाहिं मन्दिरको योजनामा कमजोरी र अनियमितता नभएको दाबी गर्छन् ।

    रोल्पाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकाले पनि तीन वर्षमा मन्दिर निर्माण र मर्मतका लागि भन्दै १५ वटा योजनामा रु.२४ लाख ६५ हजार सिध्याएको छ । अघिल्ला दुई वर्षमा ११ वटा योजनामा रु.१७ लाख ६५ हजार खर्च गरिसकेको छ भने चालु आर्थिक वर्षका लागि चार वटा योजनामा रु.७ लाख प्रस्ताव गरेको छ ।

    गंगादेव गाउँपालिकाले आठ वटा मन्दिरका योजनामा बजेट विनियोजन गरेको गाउँपालिकाका प्राविधिक रमेश डाँगीले जानकारी दिए । ती योजनाका लागि रु.२१ लाख बजेट खर्च भइसकेको छ ।

    जिल्लाको रुन्टीगढी गाउँपालिकाले पनि आठ वटा मन्दिरका योजनामा रु.२३ लाख खर्च गरेको छ । उसले अघिल्ला दुई आर्थिक वर्षमा पाँच वटा योजनामा रु.१३ लाख खर्च गरेको छ भने चालु आर्थिक वर्षका लागि तीन वटा योजनामा रु.१० लाख प्रस्ताव गरेको छ ।

    माडी गाउँपालिकाको बजेट पुस्तिका अनुसार, त्यहाँ मन्दिर निर्माण र मर्मतका तीन वटा योजनामा रु.७ लाख ५० हजार खर्च गरिएको छ ।

    सुनछहरी गाउँपालिकाले पनि अघिल्लो आर्थिक वर्षमा मन्दिर निर्माणका चार योजनामा रु.१० लाख खर्च गरेको छ । यो वर्ष चाहिं एउटा मन्दिर सम्बन्धी योजनामा रु.१ लाख ५० हजार विनियोजन गरिएको छ । त्यस्तै थवाङ गाउँपालिकामा एउटा मन्दिरको योजनामा रु.१ लाख ५ हजार खर्च गरिएको छ भने त्रिवेणी गाउँपालिकाले एउटा योजनामा रु.५० हजार खर्च गरेको छ ।

    पछिल्ला दिनमा रोल्पामा चर्च निर्माण र मर्मतसम्भारमा स्थानीय सरकारहरूले बजेट खर्च गरिरहेका छन् । स्थानीय तहको बजेट पुस्तिका अनुसार जिल्लाका तीन वटा स्थानीय तहले चर्च भवन निर्माण, मर्मत र घेराबारा शीर्षकमा बजेट विनियोजन गरेका छन् । यी स्थानीय तहले गएको तीन वर्षमा १४ वटा चर्चका लागि रु.३६ लाख १० हजार बजेट खर्चिएका छन् ।

    परिवर्तन गाउँपालिकाले चार वटा चर्चका लागि रु.९ लाख ५० हजार विनियोजन गरेको छ । उसले अघिल्ला दुई आर्थिक वर्षमा दुई वटा चर्चका लागि रु.४ लाख ५० हजार खर्च गरिसकेको छ भने चालु आर्थिक वर्ष दुई वटा चर्चका लागि थप रु.५ लाख विनियोजन गरेको छ । गंगादेव गाउँपालिकामा पनि चर्च निर्माणका तीन वर्षमा रु.६ लाख खर्च भएको छ ।

    रुन्टीगढी गाउँपालिकाले ९ वटा चर्च सम्बन्धी योजनामा रु.२० लाख ६० हजार बजेट विनियोजन गरेको छ । त्यो गाउँपालिकाले वितेका दुई वर्षमा चार वटा मण्डली निर्माण र मर्मतका लागि रु.१२ लाख सकेको हो । यस वर्ष चर्चका विभिन्न पाँच वटा योजनामा रु.८ लाख ६० हजार बजेट विनियोजन गरिएको छ । समुदायबाट माग भएकोले चर्चमा लगानी गरिएकोे लुंग्री गाउँपालिकाका प्रमुख दुर्गा खड्काको भनाइ छ । उनी भन्छन्, “मन्दिर र चर्च निर्माण र मर्मतले संस्कृति संरक्षण गर्न मद्दत पुग्छ, त्यसैले लगानी गरिएको हो ।”

    सुनिल स्मृति गाउँपालिका ६ गजुलकी रेखा सुनार स्थानीय तहले शिक्षा, स्वास्थ्य क्षेत्रका विकराल समस्या हल गरेर मात्रै अरू क्षेत्रमा लगानी गर्नुपर्ने बताउँछिन् । सुनार भन्छिन्, “जनताले शिक्षा, स्वास्थ्य सुविधा नै पाएका छैनन् । तर स्थानीय तह मन्दिर र चर्च बनाउन सक्रिय हुनु उदेकलाग्दो छ । यसरी समृद्धि हासिल हुँदैन ।”

    स्थानीय सरकार मात्र हैन, प्रदेश सरकारले समेत रोल्पामा चालु आर्थिक वर्षका लागि मन्दिर निर्माणमा ठूलो धनराशि खर्च गर्न लागेको छ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीका स्वकीय सचिव पवन कुँवरका अनुसार, प्रदेश सरकारले शिवालय मन्दिर पुनर्निर्माणमा रु.१० लाख, बराह स्थल संरक्षण खुंग्रीमा रु.१० लाख, खुंग्री मन्दिर निर्माणमा रु.२० लाख र बाह्रेखोला बराहथान संरक्षणमा रु.१० लाख गरी मन्दिरका लागि रु.५० लाख विनियोजन गरेको छ ।

    स्थानीय तहका हरेक वडामा दलित र महिला जनप्रतिनिधि भए पनि स्थानीय सरकारले दलित, महिला लक्षित कार्यक्रमभन्दा पनि मन्दिर र चर्च बनाउन लागिपर्नु अचम्मको विषय भएको संयुक्त दलित जनअधिकार मञ्च रोल्पाका सचिव मोहन परियार बताउँछन् । उनी भन्छन्, “शिक्षा, स्वास्थ्य क्षेत्रको समस्या जस्ताको तस्तै छन्, त्यसमा चासो छैन । पछि परेको वर्ग–समुदायको उत्थानमा चासो छैन । तर मन्दिर, चर्चको विकासमा मरिमेटेर लगानी गरिएको छ, त्यो पनि रोल्पामा ।”

  • कोरोनाका कारण पूर्वराजदूत लामाको निधन

    कोरोनाका कारण पूर्वराजदूत लामाको निधन

    काठमाडौं । सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत बनेका कमानसिंह लामाको कोरोना भाइरसका कारण निधन भएको छ । उनी अहिले सत्तारुढ नेकपाका केन्द्रीय सदस्य थिए ।

    कोरोना संक्रमण देखिएपछि दुई साता अघि उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका थिए । पारिवारिक स्रोतका अनुसार उनको बुधबार राती ११ बजे निधन भएको हो । उनलाई १४ दिनअघि कोरोना संक्रमण भएको थियो ।

    लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए। उनमा प्रेसर, सुगरको समस्या रहेको बताइएको छ । पछिल्लो समय मृगौलाको समस्यासँग समेत उनी जुधिरहेका थिए । उनको अन्येष्टीको व्यवस्थापन सेनाले गर्नेछ ।

  • कोरोनाको खोप छिटो ल्याउन गृहकार्य भइरहेको छ : प्रधानमन्त्री

    कोरोनाको खोप छिटो ल्याउन गृहकार्य भइरहेको छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को खोप नेपालमा समेत छिटो उपलब्ध गराउन र सबै नागरिकको पहुँचमा पुर्‍याउन गृहकार्य भइरहेको जानकारी दिएका छन् ।

    विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्तब्य सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध देशका लागि स्वस्थ नागरिक’को अवधारणा साकार पार्न निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँचको व्यवस्था सुनिश्चित गर्न ‘एक स्थानीय तह, एक स्वास्थ्य संस्था’, ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमालगायत कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरेका छन् ।

    विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणले मानवअधिकारको उपभोगमा चुनौति थपिदिएको उनको भनाई छ ।

    सङ्घीय, प्रदेश र स्थानीय सरकारले आफ्नो स्रोत, साधन र क्षमताको अधिकतम उपयोग गरी यसको रोकथाम, नियन्त्रण र उपचारमा दत्तचित्त रही कार्य गरिरहेको समेत प्रधानमन्त्रीको दावि छ ।

    एउटा पनि परीक्षण गर्न नसक्ने अवस्थाबाट नेपाल एकैदिन हजारौँको सङ्ख्यामा परीक्षण गर्न सक्ने अवस्थामा पुगेको भन्दै स्वास्थ्य पूर्वाधारमा ऐतिहासिक बढोत्तरी गरिएको दावि गरेका छन् ।

  • विप्लव समुहले हत्या गरेका शिक्षकको आज अन्त्येष्टि

    विप्लव समुहले हत्या गरेका शिक्षकको आज अन्त्येष्टि

    मोरङ । मोरङमा सुराकी गरेको आरोपमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहले हत्या गरेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको आज अन्त्येष्टि गरिने भएको छ । उनको बुधबार शव आफन्तले बुझेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो । त्यसपछि शव आफन्तलाई बुझाइएको हो ।

    उनका पुत्र छत्रले शव बुझेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका उनी स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक थिए । उनको विप्लव समूहले मंगलबार बिहान अपहरण पछि जंगलमा हत्या गरेको हो । समुहले हत्याको जिम्मेवारी समेत लिएको छ । प्रहरीले हत्याराको खोजी जारी रहेको बताइको छ ।


    पार्टीविरुद्ध सुराकी गरेको, नेता तथा कार्यकर्ता पक्राउ गराउनतर्फ लागेको र पार्टीका गतिविधी सुरक्षा निकायलाई जानकारी गराउन थालेको पाइएपछि हत्या गरेको विप्लव समूहको भनाई छ ।

  • शिक्षक हत्यापछि गृहको आकस्मिक बैठक, के आयो निष्कर्ष ?

    शिक्षक हत्यापछि गृहको आकस्मिक बैठक, के आयो निष्कर्ष ?

    काठमाडौं । मंगलबार मोरङमा शिक्षकको विभत्स हत्याको जिम्मेवारी विप्लव समुहले लिएसँगै सरकार उक्त समुहविरुद्ध रणनीति बनाउन जुटेको छ । सोही क्रममा गृह मन्त्रालयले आज सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक डाडेको छ ।

    बैठकले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक गतिविधिमा उन्मुख भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएका हुन् ।

    बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत सहभागी भए ।

    बैठकमा सुरक्षा निकायका प्रमुखले विप्लव समूहका गतिविधिबारे गृहमन्त्रीसमक्ष रिपोर्टिङ गरेका थिए । गृहमन्त्रीले विप्लव समुहविरुद्ध थप आक्रमक हुन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । समुहविरुद्ध अब प्रहरीले थप निगरानी बढाउने भएको छ ।

  • साझा र विवेकशीलबीच एकता:अध्यक्षमा मिश्र, संयोजकमा पाण्डे

    साझा र विवेकशीलबीच एकता:अध्यक्षमा मिश्र, संयोजकमा पाण्डे

    काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली पार्टीबिच एकता भएको छ । पार्टी विभाजन भएको २२ महिनापछि बुधबार साझा र विवेकशील नेपाली दलबीच पार्टी एकीकरण भएको हो।

    वैकल्पिक राजनीतिक दलका रुपमा दाबी गर्दै आएका दुई दलबीचको एकतासँगै अध्यक्षमा रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहेका छन् । उनीहरुले भर्चुअल माध्यममार्फत एकता घोषणा गरेका हुन् ।

    यस्तै, एकीकृत पार्टीको चुनाव चिन्ह तराजु नै रहनेछ। यस्तै, १३० सदस्यीय केन्द्रीय समितिमा दुवै पार्टीबाट ६५–६५ जना रहने सहमति भएको छ। यसैगरी, केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट १३–१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ।

    पार्टी एकतापछि गरिने संगठन संरचना गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सकेर ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति दुई पार्टीबीच भएको छ।

  • थप १०५६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

    थप १०५६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ६ हजार २ सय ८६ जनाको पीसीआर परीक्षणमा १०५६ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४४ हजार ४३३ रहेको छ । थप १४८३ जना संक्रमण मुक्त भएका छन् ।

    संक्रमित मध्ये संक्रमित मध्ये २ लाख ३० हजार ५३७ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेको छ ।

    प्रदेश १ को इलाममा ६, उदयपुरमा २, ओखलढुंगामा २, झापामा २५, धनकुटामा १, पाँचथरमा ४, भोजपुरमा १, मोरङमा ५५, संखुवासभामा ९, सुनसरीमा ७५ र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ।

    प्रदेश २ को धुनषामा ५, पर्सामा १, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा २ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय १२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १८, चितवनमा ६९, दोलखामा १०, धादिङमा १८, नुवाकोटमा १, भक्तपुरमा ६९, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा ४, ललितपुरमा १ सय १३ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ९७, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा २४, पर्वतमा २, लमजुङमा ७, बागलुङमा ११ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा १४, दाङमा १५, नलवपरासीमा ६, पाल्पामा १५, प्यूठानमा १, बर्दियामा १४, बाँकेमा ३६, रोल्पामा १ र रुपन्देहीमा ५१ जनामा कोरोना पाइएको छ।

    कर्णाली प्रदेशको कालिकोटमा १, रुकुम पश्चिममा ३, सल्यानमा १, सुर्खेतमा २ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।

    यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ७, कञ्चनपुरमा २८, कैलालीमा ६२, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ८, बाजुरामा २ र बैतडीमा ३ कोरोना भेटिएको छ।

  • थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो

    थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ जना संक्रमतिको मृत्यु भएको हो ।

    यो सहित अहिलेसम्म नेपालमा १६५१ जना संक्रमितको मृत्यु भएको छ ।

  • काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा २१४ महिला र २८८ पुरुष रहेका छन् ।

    योसँगै उपत्यकामा एक लाख १४ हजार ५ जना व्यक्ति संक्रमित भएका छन्।

  • चक्रपथ बिस्तारका क्रममा स्वयम्भुको बुद्धको हजार मूर्ति र स्तूप नभत्काइने

    चक्रपथ बिस्तारका क्रममा स्वयम्भुको बुद्धको हजार मूर्ति र स्तूप नभत्काइने

    काठमाडौं । चक्रपथ बिस्तारका क्रममा स्वयम्भुको बुद्धको हजार मूर्ति र स्तूप नभत्काइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले यस्तो आश्वासन दिएका हुने । काठमाडौं चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्रभित्र पर्ने बुद्धका मूर्ति र स्तूप नहटाइने उनले बताएका छन् ।

    स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले सम्पदा संरक्षण गर्दै विकास निर्माणका काम अगाडी बढाइने बताएका छन् । उनका अनुसर सडक विस्तारका क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेका भगवान् बुद्धको हजार मूर्ति र स्तूप जोगाउनुपर्छ भन्ने मान्यता प्रष्ट भएको बताए ।

    सडकको आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तूप जोगाउनुपर्छ भन्ने प्रष्ट भएको उनले बताए । प्राविधिक रुपमा सम्भव भए स्वयम्भू क्षेत्रका अन्य सम्पदा समेत जोगाउने आश्वासन उनले दिएका छन् ।
    सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा सक्रिय रहेको समेत दावि गरे ।


    मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले स्वयम्भूसहितका सम्पदा सरकारले नै विश्वसम्पदा सूचीमा सूचीकृत गराएकाले त्यसको संरक्षणको दायित्व समेत सरकारको हुने बताए । काठमाडौं चक्रपथ पहिलो चरणमा कोटेश्वर–कलङ्की बिस्तार भइसकेको छ ।

    अहिले दोस्रो खण्डमा धमाधम काम भइरहेको छ । कुल ११ दशमलव ६ किमी लम्बाइको कलङ्कीदेखि धोबीखोला सडक बिस्तार हुन लागेको हो । यो आयोजनामा चीनले सहयोग गरिरहेको छ ।

  • न्युयोर्कस्थित नेपाली लेडिज साँझले नेपालका सुत्केरी महिलालाई गराए ३ महिनासम्म निःशुल्क भोजन

    न्युयोर्कस्थित नेपाली लेडिज साँझले नेपालका सुत्केरी महिलालाई गराए ३ महिनासम्म निःशुल्क भोजन

    काठमाडौं

    महिलाका लागि महिलाद्वारा अभियान अन्तर्गत अमेरिकाको न्युयोर्कमा संचालन हुँदै आएको ”नेपाली लेडिज साँझ न्युयोर्क” ले यो बर्ष नेपालस्थित थापाथलीको प्रसुति गृहमा सुत्केरी हुन आउने महिला र उनका कुरुवालाई झन्डै तीन महिना लगातार निशुल्क भोजन गराएको छ ।
    प्रारम्भमा अमेरिकाको न्युयोर्क, न्युजर्सी, कनेक्टिकट वरपर बसोबास गर्दै आएका महिलाहरुमा भातृत्व बिकास गर्दै एक आपसका सुख दु:ख बाढ्ने उदेश्यले हरेक बर्षको जुन महिनामा आयोजना गरिदै आएको ”नेपाली लेडिज साँझ” पछिल्लो समय सामाजिक संस्थाको रुपमा रुपान्तरित हुँदै गएको छ । संस्थाले यसै अभियान अन्तर्गत यो बर्ष कोभिड -१९ को महामारीका कारण अप्ठेरोमा परेका सुत्केरी महिला र तीनका कुरुवाहरुलाई पोषण युक्त खाना गत दशैं अघिदेखि दिपावली पछिसम्म बितरण गरेको लेडिज साँझद्वारा जारी बिज्ञप्तिमा जनाएको छ । संस्थाले ति महिला र कुरुवाहरुलाई निशुल्क खाना बितरणको लागि नेपालस्थित बहादुर शाह स्‍मृति प्रतिस्ठान र कृति फाउन्डेसनको सहकार्यमा बितरण गरेको समेत जनाएको छ । दुई सय भन्दा धेरै सुत्केरी र कुरुवालाई करिब एक लाख १० हजार रूपैयाको खाना बितरण गरिएको समेत नेपाली लेडिज साँझ न्युयोर्कले जनाएको छ ।
    नेपाली लेडिज साँझ न्युयोर्क एक गैह्र राजनीतिक, गैह्र धार्मिक सामाजिक संस्था हो । सन् २०१२ देखि संचालनमा आएको यो संस्थाले यो बर्ष थापाथलीस्थित प्रसुति गृहमा आएका महिलालाई सहयोग गरेपछि सहकार्य गरेको नेपालस्थित संस्था बहादुर शाह स्‍मृति प्रतिस्ठानका महासचिब स्वर्ण बिक्रम शाहले नेपाली लेडिज साँझलाई धन्यबाद ब्यक्त गरेका छन् ।

  • विप्लव समुहले लियो शिक्षक हत्याको जिम्मेवारी

    विप्लव समुहले लियो शिक्षक हत्याको जिम्मेवारी

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहले मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी औपचारिक रुपमै लिएको छ । पार्टी विरुद्ध सुराकी गरेको भन्दै सम्झाई बुझाई गर्ने क्रममा हतियारसहित आक्रमणमा उत्रिएको र प्रतिकारका क्रममा उनको मृत्यु भएको समुहले उल्लेख गरेको छ ।

    स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लव समूहले अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको थियो।
    नेपालमा प्रतिवन्धित यस समुहका मेची, कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याबारे समुहको आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

    विप्लव समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको समेत दाबी गरेको छ। तर, उनलाई हात बाँधेर अपहरण गरिएको स्थानीयले यसअघि नै प्रहरीलाई जानकारी गराएका थिए । उनको शवसमेत हात बाँधिएको र घाँटी रेटिएको अवस्थामा भेटिएको हो ।

    समुहले श्रेष्ठबाट २०७६ फागुन २६ मा पार्टीको मेची-कोसी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ दावी गरेको छ । श्रेष्ठले लामो समयदेखि पार्टीका विरुद्धमा सुराकी गर्दै आएको र सच्चिन पटक पटक चेतावनी दिँदा पनि नसुध्रिएको समेत उल्लेख गरेको छ ।

    समुहको विज्ञप्तीमा भनिएको छ, ‘उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालक गराएका थिए, २०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए।’

    श्रेष्ठले जनताका घरमा पटक, पटक प्रहरी पठाएर नेता कार्यकर्तालाई खान बस्न दिए तातो गोली खान्छौ भन्दै आतंकित पारेको समेत समूहले दावि गरेको छ । समुहको यो आततायी घटनाको भने नेपालमा कडा विरोध भइरहेको छ ।

  • विप्लव कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी

    विप्लव कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी

    विराटनगर । मोरङमा विप्लव समुहका कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी भएको छ । यसअघि प्रहरीले गोली हानेर हत्या भएको जानकारी संचारमाध्यमलाई गराएका थियो । प्रहरीले स्थानीयबासीले दिएको जानकारीलाई आधार मानेको र घटनास्थलमा गई प्रकृति हेर्दा घाँटी रेटेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

    मोरङको मिक्लाजुङ गाउँपालिका १, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई सोमबार विहानै विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका थिए । त्यसको केहीबेरमै गाउँलेले ठूलो आवाज आएको सुनेका थिए । सोही आधारमा गाउँलेले प्रहरीलाई गोली हानेर श्रेष्ठको हत्या भएको जानकारी गराएका थिए ।

    उनको अपरिचित समूहले लिएर गएको र गोली पड्किएको आवाज सुनेपछि स्थानीयबासी समेत खोज तलासमा जुटेका थिए । त्यसक्रममा श्रेष्ठको शव घरबाट केही सय मिटर पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको हो ।

    आज दिउँसो मधुमल्लाबाट प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा गएको टोली अपराधस्थलमा पुगेर मृतकको श्रेष्ठको शव हेर्दा घाँटी रेटेर हत्या गरेको पाइएको हो ।

    शिक्षक श्रेष्ठलाई जंगलमा लगेपछि हात बाँधेर घाँटी रेटेको पाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले नेपाली संचारमाध्यमलाई जानकारी गराएका छन् । घटनास्थल मोरङको बिकट क्षेत्र रहेको बताइएको छ । मधुमल्लाबाट चार घण्टाको अवधिपछि मात्र प्रहरी उक्त स्थानमा पुग्न सकेको थियो ।

  • काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

  • थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६३७ पुग्यो

    थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६३७ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २३ जना संक्रमतिको मृत्यु भएको हो ।

    यो सहित अहिलेसम्म नेपालमा १६३७ जना संक्रमितको मृत्यु भएको छ ।

  • नेपालमा थप १३८२ जनामा कोरोना पुष्टि, १६२१ जना संक्रमणमुक्त

    नेपालमा थप १३८२ जनामा कोरोना पुष्टि, १६२१ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १३८२ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४३ हजार ३७७ रहेको छ । थप १६२१ जना संक्रमण मुक्त भएको छन् ।

    संक्रमित मध्ये संक्रमित मध्ये २ लाख २९ हजार ५४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १२हजार ६ सय ८६ रहेको छ ।

  • कांग्रेसको प्रश्न-‘शासन गर्ने नैतिक शक्ति तपाईंले गुमाइसक्नु भयो, सरकार सच्चिने कि नसच्चिने ?

    कांग्रेसको प्रश्न-‘शासन गर्ने नैतिक शक्ति तपाईंले गुमाइसक्नु भयो, सरकार सच्चिने कि नसच्चिने ?

    काठमाडौं । नेपाली कांग्रेसले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको बताएको छ । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलिय बैठकमा कांग्रेस नेताहरुले सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्दा सवै कुरा ठिक हुने बताएका छन् ।

    पौडेलले प्रधानमन्त्री ओली आफ्ना आफन्त र मन्त्रीहरुका भ्रष्टाचारका आरोपहरुको ढाकछोप गर्न आफैँ अघि सरेको पनि आरोप लगाए। ‘तपाईं आफ्ना आफन्त र मन्त्रीहरुका भ्रष्टाचारका आरोपहरु ढाकछोप आफैँ अगाडि सरेर गर्नुहुन्छ,’ बैठकमा पौडेलले भने,‘ देशमा भ्रष्टाचारको बिगबिगी छ। तर, ठूला भ्रष्टाचार काण्ड चलाउन नसक्ने अवस्थामा किन सरकार र अख्तियार पुगे?’

    पौडेलले पछिल्लो समय सरकारले अदालतलाई पनि पभावमा पारेको आरोप लगाएका थिए। पौडेलले झण्डै दुई तिहाइ बहुमतको सरकार भएपनि अहिले जनतालाई परेको सममस्याबारे कुनै चिन्ता नलिएको आरोप लगाए।

    कोरोना महामारी रोक्न प्रभावकारी काम गर्न सरकारले नसकेको भन्दै पौडेलले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए। ‘अहिले जनतालाई परेको समस्याबारे कुनै सोच्नु भएको छ,’ पौडेलले प्रधानमन्त्री ओलीलाई सोधे,‘कोरोना रोकथाम गर्न के के गर्नु भएको छ? ’

    बैठकमा राजवादीहरुको प्रर्दशनका बारेमा छलफल भएको थियो । कांग्रेस नेताहरुले भने अहिलेको सडकमा देखिएको असन्तुष्टि वर्तमान सरकारप्रति असन्तुष्टि भएको बताएका छन् । सरकारका कामका कारण देशमा व्यापक असन्तुष्टि भएको र त्यो असंतुष्टी राजवादी वा अरु नाममा सडकमा प्रकट भएको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले बताए ।

    यस्ता प्रवृत्तिहरुले व्यपकता लिने नलिने सरकारको गतिविधिमा भरपर्ने कांग्रेसले बताएको छ । बैठकमा कांग्रेस नेताहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको बताएको छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडको विरोध गर्नुका साथै संसदको बैठक तत्काल बोलाउन समेत माग गरेको छ ।