Category: समाचार

  • थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५६७ पुग्यो

    थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५६७ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा देशभर १६ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित अहिलेसम्म नेपालमा १५६७ जना संक्रमितको मृत्यु भएको छ ।

    विहिबार १३ जनाको मृत्यु भएको थियो ।

  • नेपालमा थप १२७२ जनामा कोरोना पुष्टि, १५७५ जना संक्रमणमुक्त

    नेपालमा थप १२७२ जनामा कोरोना पुष्टि, १५७५ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १२७२ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३८हजार ८६१ रहेको छ । थप १५७५ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख २१ हजार ८४७ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ रहेको छ ।

  • नेपाल एयरलाइन्स फेरि कारबाहीमा, १५ दिनका लागि हङकङ उडानमा प्रतिबन्ध

    नेपाल एयरलाइन्स फेरि कारबाहीमा, १५ दिनका लागि हङकङ उडानमा प्रतिबन्ध

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई हङकङले चौथो पटक उडान प्रतिबन्ध लगाएको छ । काठमाडौंबाट गत सोमबार हङकङका लागि उडेको एयरलाइन्समा सवार यात्रुमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि हङकङले एयरलाइन्समाथि १५ दिनको बन्देज लगाएको हो ।

    यसअघि यस्तै घटनामा नेपाल एयरलाइन्स तीन पटक हङकङबाट प्रतिबन्धमा परिसकेको छ । यो चौथो घटना हो । पहिलो पटक अक्टोबर ३ मा काठमाडौँबाट हङकङ उडेको नेपाल एयरलाइन्सको विमानमा ६ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएपछि हङकङले एयरलाइन्सलाई अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगाएको थियो ।

    त्यसलगत्तै हङकङ उडान भरेको एयरलाइन्समा पुनः दोस्रो पटक ९ जना यात्रुमा पोजेटिभ देखिएपछि फेरि अक्टोबर २२ नोभेम्बर ४ सम्म प्रतिबन्ध लगाएको थियो ।

    त्यसपछि भने करिब एक साताको अन्तरालमा भएको काठमाडौं–हङकङ उडान गरेको एयरलाइन्समा पुनः १४ जनामा संक्रमण पुष्टि भएपछि हङकङले नोभेम्बर १२ देखि २५ सम्म उडानमा प्रतिबन्ध लगाएको थियो ।

    पटक–पटकको आफ्ना यात्रुमा कोभिड–१९ संक्रमण पुष्टि र प्रतिवन्ध लाग्दै आएपछि एयरलाइन्सले निजी ल्याबको कैफितका कारण समस्यामा परेको निश्कर्ष निकाल्दै यात्रुहरुलाई सरकारी ल्याबबाट मात्र टेस्ट गर्न र रिपोर्ट वुझाउन भनेको थियो ।

  • नेकपा अध्यक्षद्धयबीचको विवाद मिलाउन राष्ट्रपति सक्रिय

    नेकपा अध्यक्षद्धयबीचको विवाद मिलाउन राष्ट्रपति सक्रिय

    काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन पुनः राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेकी राष्ट्रपतिले साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन् । भेट राष्ट्रपति निवासमा भएको हो ।

    दुबै भेटमा पार्टीभित्र देखिएको विवाद र यसको समाधानबारे छलफल भएको नेताहरुले बताएका छन् । पार्टीको आन्तरिक मामलामा राष्ट्रपतिको सक्रियतालाई भने धेरैले संशयका साथ हेर्ने गर्छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै खाले बैठकलाई बहिष्कार गर्ने रणनीति ल्याएका छन् ।

    प्रचण्ड र अन्य नेताहरु भने सबै विवाद पार्टी भित्र छलफल गरी टुंगोमा पुग्नु पर्ने पक्षमा रहेका छन् । यसै सन्दर्भमा दुई अध्यक्षसँग राष्ट्रपतिले गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत फेला, श्रीमान अचेत

    काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत फेला, श्रीमान अचेत

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा बिहीबार आमाछोरी मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटीमा सिन्धुपाल्चोक, जुगल गाउँपालिका स्थायी घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेका हुन् ।

    महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार शेपाका ३२ वर्षीय श्रीमान दोर्जे शेर्पालाई अचेत अवस्थामा भेटाइएको छ । उनको नेपाल मेडिकल कलेजमा उपचार जारी रहको छ । प्रहरीले राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर ज्यान गएको आशंका गरेको छ ।

    बढ्दो चिसो र सुत्केरी रहेका कारण कोठा न्यानो बनाउन हिटर बालिएको फेला परेको छ । उनीहरुले किराना पसल सञ्चालन गर्दै आएका थिए । आज बिहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले घरको ढोका फोेडेपछि उनीहरुलाई अचेत अवस्थामा भेटाएको थियो । भेन्टिलेटर नभएको कोठामा हिटर बालेर सुत्दा दुर्घटना भएको आंशका गरिएको छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाएको छ ।

  • चार वटा राष्ट्रिय निकुन्जमा गैंडा गणनाको तयारी

    चार वटा राष्ट्रिय निकुन्जमा गैंडा गणनाको तयारी

    काठमाडौं । यो वर्ष नेपालमा गैंडा गणना हुने भएको छ । पछिल्लो दुई वर्षयता गैंडा गणना हुन सकेको छैन । चालु हिँउद मै गैंडा गणनाको तयारी रहेको राष्ट्रिय समाचार समितिले लेखेको छ । नेपालमा गैंडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणना गर्न ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विसं २०७४ मा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा बगाएपछि त्यसको पछिल्लो वर्ष सन् २०१९ मा गैँडा गणना गर्ने तयारी थियो ।

    त्यतिबेला नेपाल सरकारले बजेट विनियोजन नगरेको र दाताको भर पर्दा बजेटको अभावमा गणना हुन नसकेको राससमा उल्लेख छ । गत वर्ष गणनाको तयारी भएको भए पनि कोभिड –१९ को कारण अन्तिम समयमा गएर रोकिएको थियो ।

    सूचना अधिकारी आचार्यका अनुसार यस वर्ष गणनाको तयारी गरिएको हो । गणकको तालीमलगायत काम पुनः गर्नुपर्ने भएको छ । जाडोयाम सकेर घाँस सुकेपछि जङ्गल उजाड भएको समयमा गणनाका लागि उपयुक्त मानिन्छ । सूचना अधिकारी आचार्यका अनुसार फागुनदेखि वैशाखसम्मको समयलाई गणनाको लागि उपयुक्त हुन्छ ।

    नेपालका चार राष्ट्रिय निकुञ्ज चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटामा गैँडा छन् । सन् २०१५ मा गैँडा गणना गरिएको थियो । चितवनमा गैँडा गणना गर्न एक महिना लाग्ने निकुञ्जले जनाएको छ ।

    अन्य निकुञ्जमा एक सातादेखि १० दिनसम्म लाग्ने भएको छ । नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो ।

  • ‘केपी ओलीसँग सम्झौता हुँदैन, एक पद छाड्नैपर्छ’ – देवेन्द्र पौडेल

    ‘केपी ओलीसँग सम्झौता हुँदैन, एक पद छाड्नैपर्छ’ – देवेन्द्र पौडेल

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् ।

    बिहीबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पारे । पार्टीभित्रको समस्यालाई निकास दिनका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्र लिनुपर्ने उनको भनाई थियो ।

    “ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन,” पौडेलले भने । पौडेलले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताए । “पार्टी फुटाउनु हूँदैन, एक बनाउनैपर्छ,” उनले भने ।

    पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलको भनाई छ । उनले ओलीले पार्टीको निर्णय मान्नुपर्ने भन्दै पार्टीले सरकार चलाउने कुरा स्वीकार गर्नुपर्ने बताए । ‘पार्टीभित्र निकास दिन अध्यक्ष ओलीले भुमिका खेल्नुपर्छ,’ पौडेलले भने । पौडेलले पार्टी विवादको समाधान जतिसक्दो निकाल्नुपर्नेमा जोड दिए । ओलीले समस्या समाधानको जिम्मा लिनुपर्ने समेत बताए ।

    नेकपा विवादले संकटपूर्ण अवस्था सृजना गरेको भन्दै उनले अब समस्या समाधान गर्ने जिम्मा ओलीले लिनुपर्ने बताए । सचिवालय बैठकमा पेश भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेर मात्रै निकास निस्कने उनको भनाई थियो । त्यसका लागि ओली तयार हुनुको विकल्प नभएको पौडेलले बताए ।

    दुवै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने उनको भनाई छ । प्रतिवेदन खारेज वा फिर्ताको माग उचित नभएको उनले बताए । छलफलपछि बरु संयुक्त प्रतिवेदन बनाउन सकिने उनको तर्क छ । पौडेलले भने, ‘ओली र दाहालबीच मिल्नुको विकल्प छैन ।’

    फरक प्रसंगमा पौडेलले तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गर्नु गलत भएको बताएका छन् । “लोकतन्त्र हाम्रो जीवनपद्धति हो, पौडेललाई नियन्त्रणमा लिन दुखद कुरा हो,” उनले बताए । वरिष्ठ नेतालाई सम्मान गर्नुपर्ने भन्दै उनले तनहुँको घटनामा पार्टीको संलग्नता नरहेको दावी गरे । “पार्टीको संलग्नता छैन, जिल्ला प्रशासनको काम हो । कार्यक्रममा रोक लगाउनु हुँदैनथ्यो । निषेधाज्ञा जारी गर्नु गलत हो ।” उनले भने ।

  • काठमाडौं उपत्यकामा ५६१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ५६१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

  • थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५५१ पुग्यो

    थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५५१ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १३ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १५५१ पुगेको छ । यो हप्तामा बुधबार ९, मंगलबार १२, सोमबार २९ जना आइतबार २५ जना सुंक्रमितको मृत्यु भएको थियो ।

  • नेपालभर थप १३४३ जनामा कोरोना पुष्टि, २१११ जना संक्रमणमुक्त

    नेपालभर थप १३४३ जनामा कोरोना पुष्टि, २१११ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १३४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३७ हजार ५८९ रहेको छ । थप २१११ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख २० हजार २७२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५८३ पुगेको छ ।

  • हुम्ला विमानस्थलमा आगलागी, पानी जमेपछि निभाउन समस्या

    हुम्ला विमानस्थलमा आगलागी, पानी जमेपछि निभाउन समस्या

    सिमकोट । हुम्लास्थित सिमकोट विमानस्थलमा आगोलागी भएको छ । विमानस्थल प्रमुख बस्ने क्वाटरको भवनमा आज बिहान एक्कासी आगालागी भएको स्थानीय प्रहरीले जनाएको छ । तर, कसैमाथि पनि क्षति भने भएन ।

    बिहीबार विहानदेखि लागेको आगो प्रहरी, सेना र स्थानीयले निभाउने प्रयास गरिरहेको बताइएको छ । तर, हुम्लामा अधिक चिसोका कारण पानी जमेको छ । जमेको पानीका कारण आगो निभाउन समेत समस्या भएको बताइएको छ । आगोलागीको कारण नखुलेको बताइएको छ ।

  • ३ घण्टा नियन्त्रणमा राखेर पौडेललाई प्रहरीले छाड्यो, कांग्रेस आक्रोसित

    ३ घण्टा नियन्त्रणमा राखेर पौडेललाई प्रहरीले छाड्यो, कांग्रेस आक्रोसित

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तीन घण्टा प्रहरी नियन्त्रणपछि रिहा भएका छन् । उनलाई तनहुँमा निषेधाज्ञा तोडेको आरोपमा पक्राउ गरिएको हो । गृहजिल्ला ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न पुगेका उनीमाथि स्थानीय प्रशासनले निषेधाज्ञा तोडेको आरोप लगाएको छ ।

    उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आलेसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पौडेललाई प्रहरीले नियन्त्रणमा लिएसँगै कांग्रेस भने आक्रोसित बनेको छ ।

    सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई फोन गरी पौडेलको रिहाईको माग गरेका थिए । उनले पक्राउ गर्नुको कारणबारे समेत प्रधानमन्त्रीसँग जिज्ञासा राखेका छन् । कांग्रेस नेता गगन थापाले यो गिरफ्तारी प्रधानमन्त्रीका लागि महंगो पर्ने चेतावनी दिएका छन् ।

    उनको रिहाईको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रदर्शन गरेको छ । सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरिएको छ ।

  • नेपालमा थप १४९० जनामा कोरोना पुष्टि, १५६७ जना संक्रमणमुक्त

    नेपालमा थप १४९० जनामा कोरोना पुष्टि, १५६७ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १४९० जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३६ हजार २४६ रहेको छ । थप १५६७ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख १८ हजार १६१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १६ हजार ५सय ४७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५८३ पुगेको छ ।

  • थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५३८ पुग्यो

    थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५३८ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ९ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १५३८ पुगेको छ । यो हप्तामा मंगलबार १२, सोमबार २९ जना आइतबार २५ जना सुंक्रमितको मृत्यु भएको थियो ।

  • काठमाडौं उपत्यकामा थप ७२३ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा थप ७२३ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ७२३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ३९८ पुरुष र ३२५ महिला संक्रमित थपिएका हुन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा काठमाडौंमा ५३१ , ललितपुरमा ६१ र भक्तपुरमा ५ जनालाई कोरोना संक्रमण देखिएको हो । यो सहित। काठमाडौंमा ६६५०, भक्तपुरमा ५७५ र ललितपुरमा १४०४ जना सक्रिय संक्रमित रहेका छन्। 

  • कांग्रेसका वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

    कांग्रेसका वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

    तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएपछि प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।

    पौडेलले सुरक्षा घेरा (निषेधाज्ञा) तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको बताएको छ । पौडेलले फेसबुकमार्फत आफूलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको बताएका छन्।

  • पोखराबाट बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

    पोखराबाट बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

    पोखरा । एक फ्रान्सेली नागरिक बाल यौन दुराचारको आरोपमा पक्राउ परेका छन् । गैर पर्यटकीय भिसामा नेपाल आएर पोखरामा बसिरहेका फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोप उनीमाथि लागेको छ । उनलाई मंगलबार सार्वजनिक गरिएको छ ।

    ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार पोखरा महानगरपालिका–१७ बिरौटा पावर हाउसस्थित फुर्सेखोला बगर किनारामा यौन दुराचार गरिरहेका अवस्थामा नौगारेट पक्राउ परेका हुन् ।

    प्रहरीले यौन दुराचारमा परेका तीन नाबालकलाई उद्धार समेत गरी अभिभावकको जिम्मा लगाइएको छ । उनीविरुद्ध अब बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुनको कसुरमा कारवाही अगाडी बढ्ने भएको छ ।

  • नुवाकोट काँग्रेसका शिर्षस्त नेताहरु सहित “नुवाकोट-अमेरिका जनसम्पर्क समिति” को घोषणा सभा हुने

    नुवाकोट काँग्रेसका शिर्षस्त नेताहरु सहित “नुवाकोट-अमेरिका जनसम्पर्क समिति” को घोषणा सभा हुने

    न्युयोर्क

    नेपाली काँग्रेसको सहगोत्रीय सँस्था ‘नुवाकोट अमेरिका जनसम्पर्क समिति’ अमेरिकाको घोषणा-सभा यही डिसेम्बर ६ तारिख आइतबार हुने भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको प्रमुख आतिथ्यमा हुने सभा कोरोना महामारीको कारण जुम मार्फत भर्चुअल्ली हुने सदस्य सचिव विज्ञान खनालले बताएका छन् ।


    सभामा नेपाली कांग्रेसका नेताहरू क्रमश; अर्जुन नरसिंह केसी, डा. रामशरण महत, केंद्रीय सदस्य तथा सभासद बहादुर सिंह लामा तथा नेपाली कांग्रेस नुवाकोट जिल्ला पार्टी सभापति जगदीश्वर नरसिंह केसी लगायत जिल्लाका बिभिन्न तहका नेतागणहरूको उपस्थिति हुने जनाएका छन् ।

    कार्यक्रमको सञ्चालन छनौट समितिले गर्ने छन् भने सभामा नै नुवाकोट अमेरिका जनसम्पर्क समितिको आधिकारिक घोषणा समेत हुनेछ । कार्यक्रमको प्रत्यक्ष प्रसारण विभिन्न विद्युतीय संचार माध्यायम मार्फत हुने जनाइएको छ ।

    कार्यक्रमको मिति र समय;
    Date : December 6, Sunday
    Time : Nepal – 8 pm
    New York – 9:15 am
    Texas – 8:15 am
    California – 6:15 am

  • सचिवालय बैठकमा फेरी बिच्किए ओली, बैठकको औचित्य नभएको भन्दै झगडा

    सचिवालय बैठकमा फेरी बिच्किए ओली, बैठकको औचित्य नभएको भन्दै झगडा

    काठमाडौं । मंगलबार सत्तारुढ नेकपाका महासचिव तथा अर्थमन्त्री विण्णु पौडेलको जन्मदिन । यसै दिन नेकपाको सचिवालय बैठक समेत प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजना भयो । यसअघि बैठक नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको थियो । तर पार्टी कार्यालयमा आफुमाथि सुरक्षा थ्रेट रहेको भन्दै प्रधानमन्त्रीले नजाने अडान लिए । त्यसपछि सबै नेताहरु वालुवाटारतर्फ लागे ।

    वालुवाटारमा विण्णु पौडेलको जन्मदिनको केक काटियो । नेताहरुले बाँडिचुडी खाए र बैठकको शुरुवात भयो । नेकपा सचिवालय स्रोतका अनुसार बैठक कार्यकारी अध्यक्ष प्रचण्डले शुरुवात गरेका थिए । उनले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना धारणा भए राख्न अनुमति दिए ।

    ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव लाञ्छनापत्र मात्रै भएको भन्दै उक्त पत्रबारे आज पनि आलोचना शुरु गरेका थिए । यो पत्रले पार्टीको शाख गिराउने काम गरेको उनको आरोप थियो । यो पत्रमाथि पार्टीमा छलफल हुन नसक्ने भन्दै ओलीले प्रस्ताव फिर्ता लिनु पर्ने र प्रचण्डले माफी माग्नुपर्ने बताए ।

    आजको बैठकमा प्रधानमन्त्रीको पक्षमा विष्णु पौडेलमात्र देखिएका थिए । ओली पक्षीय भनि चिनिएका इश्वर पोखरेल र रामबहादुर थापाले समेत बैठकको पक्षमा बोलेका थिए ।

    प्रधानमन्त्री ओलीले पार्टीमा बहुमत–अल्पमतका आधारमा नभई सहमतिबाट मात्र निर्णय हुने भन्दै त्यसरी अगाडी नबढ्ने भए पार्टी एकता नै धरापमा पर्ने चेतावनी दिएको नेताहरुले सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीले अन्तरिम कमिटीमा बहुमत–अल्पमत नमान्ने भन्दै बैठक नै चलाउन नदिने अडान लिएका थिए । त्यसपछि भने माहोल बिग्रिएको बताइएको छ ।

    ओलीले प्रचण्डमाथि आक्रोसित बन्दै कडा शब्दहरु प्रहार गरेपछि कार्यकारी अध्यक्ष प्रचण्डले बोलेका थिए । अध्यक्ष ओलीले उत्तेजित बनाउने गरी बोलेको तर आफूहरु उत्तेजित नभई शान्तपूर्वक छलफल गरी निष्कर्षमा पुग्न चाहेको प्रचण्डले उल्लेख गरे । त्यसपछि सबै नेताहरुले बोल्न थालेका थिए ।

    बैठकमा अरु नेतालाई बोल्नै नदिने गरी प्रधानमन्त्री प्रस्तुत भएपछि सचिवालयका अन्य सदस्यले प्रतिवाद गरेको स्रोतलाई उल्लेख गरी नेपाली संचारमाध्यमले जनाएका छन् । आजको बैठकमा प्रधानमन्त्रीको पक्षमा विष्णु पौडेलमात्र देखिएका थिए । ओली पक्षीय भनि चिनिएका इश्वर पोखरेल र रामबहादुर थापाले समेत बैठकको पक्षमा बोलेका थिए ।

    वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठले समेत बैठकमा अरुका कुरा राख्न नपाउने र बोल्नै नदिने ओलीको प्रवृत्तिको आज चर्को विरोध गरेका छन् । यसबाट बैठकमा बाझाबाझको अवस्था आएको छ ।

    बैठकबाट भाग्दै माहौल बिगार्न खोज्ने ओली प्रवृत्तिको आज सबै नेताहरुले चर्को आलोचना गरेका छन् । प्रचण्डले सचिवालयको अर्को बैठक बुधबार १ बजे बस्ने गरी आह्वान गरेका छन् ।

  • ‘सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्नू, कारबाही गर्छौ’- काठमाडौं प्रशासन

    ‘सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्नू, कारबाही गर्छौ’- काठमाडौं प्रशासन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।

    केहिदिनदेखि राजावादीहरुको समूहले उपत्यकामा आन्दोलन गर्दै आएकाले कोरोनाभाइरस महामारी अझै रहेको हुनाले भिडभाडजन्य गतिविधि नगर्नरनगराउन प्रशासनले विज्ञप्ति निकालेर जानकारी गराएको हो।

    ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधी जस्तैः सभा, जुलुस, प्रर्दशन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग ऐन, २०२० को विपरित हुने भएकाले त्यस्ता भिडिभाडजन्य गतिविधिहरु नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनुहुन सबैमा हुन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

    प्रशासनले सभा, जुलुस र प्रर्दशन गरेको पाइए स्थानीय प्रशासन ऐन, २०२८ र संक्रमक रोग ऐन, २०२० बमोजिम कारबाही हुने बताएको छ ।

  • काठमाडौं उपत्यकामा ५३० जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ५३० जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाकोकाठमाडौंमा ४०९, भक्तपुरमा ३६ र ललितपुरमा ८ ५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।

  • कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या १५२९ पुग्यो

    कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या १५२९ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २१ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १५२९ पुगेको छ । सोमबार २९ जना आइतबार २५ जना सुंक्रमितको मृत्यु भएको थियो ।

  • नेपालमा थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ जना संक्रमणमुक्त

    नेपालमा थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ५ सय ८३ जनाको परीक्षणमा गर्दा थप १३०४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३४ हजार ७५६ रहेको छ । थप २०७४ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख १६ हजार ५ सय ९४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५२९ पुगेको छ ।

  • आज बस्दैछ नेकपा सचिवालय बैठक, दुबै अध्यक्षका प्रतिवेदनबारे छलफल

    आज बस्दैछ नेकपा सचिवालय बैठक, दुबै अध्यक्षका प्रतिवेदनबारे छलफल

    काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै छ। दुबै अध्यक्षले एक अर्का विरुद्ध गम्भीर आरोपसहित ल्याएको दुबै प्रतिवेदनमाथि आज सचिवालय बैठकमा छलफल हुन लागेको हो । आज पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो बस्ने बैठकलाई महत्वका साथ हेरिएको छ ।

    बैठक अघि गुटगत रणनीति बनेका कारण आज निर्णायक छलफल हुने अपेक्षा गरिएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सचिवालय बैठकमा पेस भएका दुबै पत्र र प्रस्तावलाई स्थायी कमिटीसम्म लैजाने पक्षमा छन् ।

    यस अवस्थामा पार्टीले प्रधानमन्त्रीमाथि लगाएका आरोपको खण्डन गर्न नसके प्रधानमन्त्री अल्पमतमा पर्ने उनीहरुको अपेक्षा छ । उता, प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउ प्रयासमा छ ।

    प्रधानमन्त्री पार्टीका तल्लो कमिटिमा अल्पमतमा पर्ने डरले सचिवालयबाटै टुंग्याउने पक्षमा छन् । शनिबार सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेका थिए । कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए।

  • श्रीलंकामा कारागारमा झडप, कम्तिमा ८ जनाको मृत्यु

    श्रीलंकामा कारागारमा झडप, कम्तिमा ८ जनाको मृत्यु

    कोलम्बो । श्रीलंकामा एक कारागार भित्र भएको झडपमा कम्तीमा ८ जना कैदीको ज्यान गएको छ । कोलोम्बोको महारा कारागारमा कोरोना भाइरसका संक्रमित बढेको भन्दै कैदीले आन्दोलन थालेका थिए । उक्त आन्दोलनमा दमन गरिएपछि भएको झडपमा ती कैदीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । झडपमा ५० जनाभन्दा बढी घाइते भएका छन्।

    बढी भीडभाड हुने कारागारमा संक्रमित बढेका छन् । कैदी बन्दीले भने परीक्षण बढाउन र उचित सतर्कताको माग गरी आन्दोलन थालेका हुन् । उनीहरुले संक्रमित कैदीहरूका लागि नयाँ आइसोलेशनको व्यवस्थाको माग गरेका छन् ।

    प्रशासनले आइतबार अर्को कारागारबाट संक्रमित कैदीलाई कोलोम्बोको महारा कारागारमा लगेको उल्लेख गरेको थियो । त्यसपछि विवाद उत्पन्न भएको हो । झडपपछि व्यापक संख्यामा सुरक्षाकर्मी कारागारमा खटाइएको छ । श्रीलंकामा अहिलेसम्म २२ हजार ९ सय ८८ संक्रमित रहेका छन् । यस मुलुकमा १ सय ९ जनाको ज्यान गएको तथ्यांक छ ।

  • काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६१५, भक्तपुरमा ६९ र ललितपुरमा १२५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

  • नेपालमा थप १४७४ जनामा कोरोना पुष्टि, १९३१ जना संक्रमणमुक्त

    नेपालमा थप १४७४ जनामा कोरोना पुष्टि, १९३१ जना संक्रमणमुक्त

    काठमाडौं, १५ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ रहेको छ । थप १९३१ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख १४ हजार ५ सय २१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १७ हजार ४ सय २३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५०८ पुगेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट एकैदिन २९ जनाको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो

    नेपालमा कोरोना संक्रमणबाट एकैदिन २९ जनाको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २९ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १५०८ पुगेको छ । आइतबार २५ जना, शनिबार १९ जना सुंक्रमितको मृत्यु भएको थियो ।

  • विराटनगरमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु

    विराटनगरमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु

    विराटनगर । विराटनगरमा एम्बुलेन्स दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स विराटनगरको कंचनबारी सडक खण्डमा रोकेर राखिएको एमल ०१–एल–०३३६ नम्बरको ट्रलीमा ठोकिएर दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते भएका तिलाठीका ६५ वर्षीय नुनुलाल मण्डलको ज्यान गएको छ । मण्डल बिरामी भएपछि परिवारसँगै उपचारका लागि लिएर आएका थिए । सोमबार बिहान १ बजे दुर्घटनामा नोबेल अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो ।

    दुर्घटनामा ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते छन् । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। एम्बुलेन्स चालक हरि यादव फरार छन्।

  • बुबा आमाकै योजनामा १७ वर्षिय छोरीको हत्या भएको खुलासा

    बुबा आमाकै योजनामा १७ वर्षिय छोरीको हत्या भएको खुलासा

    रौतहट । रौतहटमा तीन साता अगाडी १७ वर्षीया अमृताकुमारी साहको आफ्नै घरमा गोली हानेर हत्या भयो । यो घटनाका छानविनबाट प्रहरीले एक डरलाग्दो तथ्य फेला पारेको छ । घटनामा बुबा आमा कै संलग्नता पुष्टी भएको हो । छोरीको हत्या गर्न बुबा आमाले नै रकम दिएर हत्यारा परिचालन गरेको खुलेको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहाकी अमृताको २६ कात्तिकमा हत्या भएको हो । रातको साढे ११ बजे सुतिरहेको समयमा बेडमै पुगी उनीमाथि गोली हानिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो।

    प्रहरीले आइतबार सार्वजनिक गरेको तथ्यअनुार अमृताका बुवाआमाले नै छोरीमाथि गोली हान्न लगाएका थिए । प्रहरीले अमृताका बुवा ५५ वर्षीय रामअयोध्या साह र आमा सीतादेवी साहलाई समेत पक्राउ गरेको छ। अमृताका कारण आफुहरुको इज्यत जाने र समाजमा अपहेलित हुनुपर्ने डरले बुबा आमाकै योजनामा उनको हत्या भएको खुलेको हो ।

    अमृताका कारण आफुहरुको इज्यत जाने र समाजमा अपहेलित हुनुपर्ने डरले बुबा आमाकै योजनामा उनको हत्या भएको खुलेको हो ।

    प्रहरीका अनुसार अमृता सोही स्थानका ३० वर्षीय सोशिन्द्रप्रसाद भगतसँग तीन वर्षदेखिको प्रेम सम्बन्धमा रहेको पाइएको छ । तर, उनको परिवारको दबाबमा गत फागुनमा सर्लाही विष्णु गाउँपालिका ३का रुपेश साहसँग गरिएको थियो । त्यसपछि सोशिन्द्रप्रसादले रुपेशमाथि छुरा प्रहार गरेका थिए। श्रीमानमाथि प्रेमिले छुरा हानेपछि उनी माइतीमा बस्दै आएकी थिइन् ।

    अमृता र रुपेशबीच बिबाहको चार महिना पछि नै सम्बन्धविच्छेद भइसकेको थियो । सम्बन्धबिच्छेद पछि रुपेशका परिवारले अमृतार उनका प्रेमी सोशिन्द्रप्रसाद भगतमाथि ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरेको प्रहरीले उल्लेख गरेको छ ।

    यता, अमृता र सोशिन्द्रबिचको प्रेम सम्बन्ध अमृताका आमा बुवालाई मन नपरेपछि उनीहरुले छोरीलाई नै मारिदिने योजना बनाएको खुलेको हो । अमृताका बुबा रामअयोध्या साह र उनका भिनाजु लक्ष्मण साहले छोटेलाल साहलाई अमृताको हत्या गर्न एक लाख ५० हजार रुपैयाँ दिएको प्रहरीको भनाई छ ।


    त्यसपछि उनीहरूले गोनाही नगरपालिका २ लक्ष्मिनीया कुरुनीयाका कैमुल देवानलाई छोरीको हत्या गर्न रकम दिएर हत्याको अनुमति दिएका थिए । अमृतामाथि गोली हान्ने देखि योजनाकारसमेत सबै पक्राउ परेका छन् ।

    देवानसहित परोहा नगरपालिका ४का ४६ वर्षीय छोटेलाल साह, गोनाही नगरपालिका २ लक्ष्मिनिया करुनियाका ६० वर्षीय शेख अलियास, अन्दाजी ३५का बहुदल भन्ने ईस्लाम अंसारी र ३६ वर्षीय शेख इम्ताज समेत प्रहरीले पक्राउ गरी हिरासतमा लिइएको छ । उनीहरु सबैले अपराध स्वीकार गरिसकेका छन् ।