Category: समाचार

  • कोरोना परीक्षणका लागि काठमाडौंका टोलटोलमा मोबाइल भ्यान

    कोरोना परीक्षणका लागि काठमाडौंका टोलटोलमा मोबाइल भ्यान

    काठमाडौं । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो ।

    सोमबारदेखि नागरिकको सेवामा खटिएको उक्त भ्यान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेपछि प्रयोग गरिएको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरु लकडाउनको शुरु अवधिदेखि नै कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन लागिरहेको बताउँदै थप प्रभावकारी बनाउनका लागि नाष्टको प्राविधिक सहयोगमा निर्माण भएको मोबाइल भ्यानमार्फत स्वाब सङ्कलनको काम शुरुआत गरिएको जानकारी दिए ।

    नेपाल सरकारले तोकेको मापदण्डभित्र परेका नागरिक र कन्ट्रयाक ट्रेसिङमा परेका शङ्कास्पद व्यक्तिलाई निःशुल्क परीक्षण गर्ने कामपा लागिपरेको बताइएको छ । यसमा एक पटकमा दुई जनाको स्वाब लिन सकिने छ । लक्षित वर्गलाई उपचारबाट वञ्चित नगराउने अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफैँ परीक्षण गर्न पनि कामपाले अनुरोध गरेको छ । शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार सोमबार वडा नं १३ मा स्वाब सङ्कलन गरिएको छ भने आजदेखि अन्य वडामा हुनेछ ।

  • एन्टोनी ब्लिन्केन बन्ने भए अमेरिकी विदेशमन्त्री

    एन्टोनी ब्लिन्केन बन्ने भए अमेरिकी विदेशमन्त्री

    काठमाडौं । अमेरिकाको आगामी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बन्ने भएका छन् । राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले एन्टोनी ब्लिन्केनलाई आफ्नो विदेश मन्त्री बनाउने भएका हुन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यसअघि उनले उपविदेश मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । ब्लिन्केन जनवरी २० पछि अमेरिकाको विदेशमन्त्री बन्ने भएका हुन् ।

    बाइडेन र ब्लिन्केन सम्बन्ध पछिल्लो २० वर्षदेखि कायम छ । राष्ट्रपति ओबामाको प्रशासनमा बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा उनले जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनी बिल क्लिन्टन राष्ट्रपति भएकै समयमा अमेरिकाको विदेश मन्त्रालयबाट उनले करियर थालेका थिए । एजेन्सी

  • चितवनमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    चितवनमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा ३० वर्षिय नवराज दनै र २२ वर्षिय सचिन दनैको ज्यान गएको छ । यो दुर्घटनापछि स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए । सडक राति साढे ११ बजे प्रहरीले बल प्रयोग गरी खुलाएको थियो ।

  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना, चालकको मृत्यु, यात्रुको अवस्था गम्भीर

    पोखरामा प्याराग्लाइडिङ दुर्घटना, चालकको मृत्यु, यात्रुको अवस्था गम्भीर

    काठमाडौं । पोखरामा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा दुर्घटना भएको छ। दुर्घटनामा पाइलटको मृत्यु भएको छ।

    मृत्यु हुनेमा पोखरा–२८ कालीकाका ३८ वर्षीय राजु नेपाली रहेका छन्। दुर्घटनामा प्याराग्लाइडिङ गर्ने यात्रु काठमाडौं बूढानीलकन्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी छिन्।

    फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा परी घाइते भएका दुवैजनालाई उपचारका लागि सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्याउने बितिकै नेपालीलाई चिकित्सकले मृत घोषण गरेका थिए।

    श्रेष्ठको छाति र खुट्टामा चोट लागेकोले स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

  • सरकारको लोकप्रियता देखेर आत्तिएकाले भ्रमपूर्ण सन्देश फैलाउँदै छन्- प्रधानमन्त्री

    सरकारको लोकप्रियता देखेर आत्तिएकाले भ्रमपूर्ण सन्देश फैलाउँदै छन्- प्रधानमन्त्री

    ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे ।

    फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए । “हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो”, प्रधानमन्त्री ओलीले भने ।

    अर्काे प्रसङ्गमा उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताए । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनाइ थियो ।

    उनले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    यस्तै हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उनले बताए । घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उनको भनाइ थियो ।

    सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई पाँच लाखको छात्रवृत्ति दिने भएकी छिन् । उनले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडासमेत वितरण गरेकी थिइन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्बाङलगायतको सहभागिता थियो ।

  • काठमाडौं उपत्यकामा १००७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १००७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १००७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

  • थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

    थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १६ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १३३७ पुगेको छ । यसअघि आइतबार १६, शनिवार ७ जना, शुक्रबार २२ जना र बिहिबार १७ जनाको मृत्यु भएको थियो।

  • नेपालमा कोरोना थप १९८० जनामा कोरोना संक्रमण, ३०४३ जना संक्रमणमुक्त

    नेपालमा कोरोना थप १९८० जनामा कोरोना संक्रमण, ३०४३ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९८० जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ परीक्षण गर्दा १९८० जनामा कोरोना संक्रमण देखिएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

    गत २४ घण्टामा ३०४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको २ लाख २ हजार ६७ जना रहेको छ । हालसम्म संक्रिय संक्रिमतिको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।

  • आज ताप्लेजुंग र इलाम जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम ?

    आज ताप्लेजुंग र इलाम जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज इलामको भ्रमणमा निस्कदैछन् । सीमा निरीक्षणका लागि भन्दै उनी इलाम जाने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनी इलामको जौबारी डाँडामा पुग्नेछन् ।

    त्यहाँको सन्दकपुर र माईजोगमाई गाउँपालिकाको संगमस्थलमा नेपाल भारत सीमा निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । उनले सिमा निरक्षणसंगै जौबारीमा स्थापित बोर्डर आउट पोष्ट समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसअघि उनी संखुवासभा पुगेर सीमा सुरक्षा पोष्टको उद्घाटन गरेका थिए । प्रधानमन्त्री इलाम जानुअघि काठमाडौंबाट ताप्लेजुंग पुग्ने भएका छन् ।

  • सरकारी हाकिमले निजी इन्ष्टिच्युटमा ट्युसन पढाउन अनुमति लिनुपर्ने

    सरकारी हाकिमले निजी इन्ष्टिच्युटमा ट्युसन पढाउन अनुमति लिनुपर्ने

    काठमाडौं । अब सरकारी हाकिमले निजी स्तरमा ट्युसन पढाउन अनुमति लिनु पर्ने भएको छ । लोक सेवा आयोगले लिने परीक्षाको ट्युसन पढाउन सरकारी कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्ने नीति ल्याइएको हो ।

    राजपत्रांकित प्रथम श्रेणी वा सहसचिवदेखि माथिका कर्मचारीहरुले मन्त्रिपरिषदबाट र त्यसदेखि तल्लो तहका कर्मचारीले सामान्य प्रशासन मन्त्रालयबाट अनुमति लिएर मात्र निजी संस्थामा ट्युसन पढाउन पाउने निर्णय मन्त्रालयले गरेको हो ।

    निजी इन्ष्टिच्युटमा ट्युसन पढाउन मन्त्रालयको अनुमति लिनुपर्ने नियम यसअघि पनि थियो । तर, यसको कार्यान्वयन कसैले पनि गरेको थिएन । मन्त्रालयका अनुसार यो निर्णय समायोजन भएर प्रदेश वा स्थानीय तहमा पुगेका कर्मचारीहरुमा पनि लागु हुनेछ ।

    भौतिक रुपमा उपस्थित भएर वा अनलाइन दुवै माध्यमबाट अनुमति बेगर निजी इन्ष्टिच्युटहरुमा पढाउन अब नपाइने नियमन बनेको छ ।
    तालिम तथा प्रशिक्षण सञ्चालनका लागि नेपाल सरकारकै स्टाफ कलेज, स्थानीय विकास प्रशिक्षण केन्द्र, राजश्व प्रशासन तालिम केन्द्र, न्याय प्रशिक्षण तालिम केन्द्र लगायत छन् ।

    ती केन्द्रहरुमा गएर कर्मचारीहरुले पढाउन सक्ने प्रावधान छ । तर चर्को मूल्य पाइने भएकाले सरकारी कर्मचारीको आकर्षण निजीमा छ । मन्त्रालयले यसअघि इन्सटिच्युटहरुमा पढाउने अनुमति पाएकाहरुको अनुमति पत्र आइतबार नै रद्द गरेको छ ।

    अब नयाँ अनुमति लिनु पर्नेछ । ट्युसन पढाउन कर्मचारीले बिदा माग्ने गरेको पाइएकाले कर्मचारीको निगरानी गर्ने निर्णय समेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको छ । मन्त्रालयको निर्णय विपरीत कुनै कर्मचारीले निजी इन्ष्टिच्युटमा पढाएको पाइएमा कारबाही हुनेछ ।

  • कांग्रेस सभापति देउवा र प्रधानमन्त्रीबीचको गोप्य भेटले राजनीतिक वृत्तमा तरंग

    कांग्रेस सभापति देउवा र प्रधानमन्त्रीबीचको गोप्य भेटले राजनीतिक वृत्तमा तरंग

    काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुटुक्क भेटेपछि राजनीतिक वृत्तमा तरंग शुरु भएको छ । यसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र मात्र नभई कांग्रेस भित्र समेत विवाद निम्त्याएको छ ।

    नेकपा भित्र विवाद उत्कर्षमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार बालुवाटारमा भेटवार्ता भएको हो । स्रोतका अनुसार कांग्रेसका अन्य नेता सभापतिबाट तत्काल प्रधानमन्त्रीसँग भेट गर्न नहुने पक्षमा थिए ।

    किनकी प्रधानमन्त्रीले भने पछिल्लो एक साता देउवासँग भेट्न चाहिरहेका थिए । भेटपछि प्रधानमन्त्रीले देउवालाई सत्ता साझेदारीको लोभ देखाएको खबर सार्वजनिक भएको छ । यसले अझ यो भेट विवादित बन्न पुगेको हो । देउवाका साथमा केन्द्रीय सदस्य रमेश लेखक समेत सहभागी थिए ।

    नेकपा अध्यक्ष प्रचण्डले ल्याएको राजनीतिक प्रस्ताव बहुमतबाट पास हुने अवस्थामा आफु प्रधानमन्त्रीबाट हट्ने जोखिम रहेको भन्दै ओलीले त्यस अवस्थामा कांग्रेसले साथ दिनु पर्ने प्रस्ताव राखेको बताइएको छ ।

    उता, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने नेकपा विवादमा कांग्रेस निरपेक्ष रहने बताएका छन् । कांग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश रहेको भन्दै पार्टी कुनै पनि भड्कावबाट टाढा रहने उनले उल्लेख गरेका छन् ।

  • काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको हो ।

  • थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३२१ पुग्यो

    थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३२१ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १६ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १३२१ पुगेको छ । यसअघि शनिवार ७ जना, शुक्रबार २२ जना र बिहिबार १७ जनाको मृत्यु भएको थियो।

  • नेपालमा थप १६६९ जनामा कोरोना संक्रमण, ५६९९ जना संक्रमणमुक्त

    नेपालमा थप १६६९ जनामा कोरोना संक्रमण, ५६९९ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६६९ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ३२ नमुना परीक्षण गर्दा १६६९ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

    गत २४ घण्टामा ५६९९ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको १ लाख ९९ हजार २४ जना रहेको छ । हालसम्म संक्रिय संक्रिमतिको संख्या १९ हजार ९ सय ६३ रहेको छ ।

  • मोबाइल भ्यानबाट स्वाब संकलन गर्दै काठमाडौं महानगर

    मोबाइल भ्यानबाट स्वाब संकलन गर्दै काठमाडौं महानगर

    काठमाडौं । कोरोना भाइरसको निःशुल्क पिसिआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाब संकलन सुरू गरेको छ।

    महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरूको पिसिआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत् स्वाब संकलन सुरू गरेको हो।

    चाहेर पनि स्वाब संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरूको मोबाइल भ्यानमार्फत् स्वाब संलकनको काम सुरू भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए।

    सरकारले घोषणा गरेअनुसार लक्षित समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उनले परीक्षण आफैं गर्न सक्ने क्षमता भएकाहरूलाई शुल्क तिरेरै गर्न आग्रह गरे।

    कोरोना नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट कडा मेहेनत गरिरहे पनि समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउने उनले बताए।

    उनले स्थानीय स्तरबाट नै कोरोना महामारीविरूद्ध लड्न सहयोग गर्नुपर्ने बताए।

    काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पिसिआर टेस्ट गर्न मेयर शाक्यले आग्रह गरे।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महानगरपालिकालाई परीक्षणका लागि एउटा मोबाइल भ्यान हस्तान्तरण गरेको छ।सोही मोबाइल भ्यानबाट स्वाब संकलन गरिने उनले बताए।

  • विप्लव समुहका पोलिटब्यूरो सदस्यसहित दुई नेता पक्राउ

    विप्लव समुहका पोलिटब्यूरो सदस्यसहित दुई नेता पक्राउ

    काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्यसहित दुई नेतालाई पक्राउ गरेको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)का अनुसार उनीहरुलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

    दर्नाल केन्द्रिय अर्थ विभाग प्रमुख तथा पोलिटव्युरो सदस्य हुन् । उनीसँगै नेकपाका अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण) समेत प्रहरीको नियन्त्रणमा छन् ।

    सरकारले विप्लव समुहलाई प्रतिवन्धित समुहको सूचिमा राखेको छ । प्रवक्ता प्रकाण्डले आपराधिक र अपहरणकारी शैलीमा नेताहरुको गिरफ्तार गरिएको भन्दै विनासर्त रिहाईको माग गरेका छन् ।

    पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील रहेको समयमा जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाएर पक्राउ गरेको समूहको दावि छ ।

  • चितवनमा सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा ओली समर्थक कार्यकर्ताको नारावाजी

    चितवनमा सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा ओली समर्थक कार्यकर्ताको नारावाजी

    चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रमा तिब्र विवाद छ । यसको बाछिटा अब तल्लो तहसम्म देखिन थालेको छ । पूर्वी चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी भएको एक कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका छन् ।

    राप्ती नगरपालिकास्थित वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा यस्तो घटना भएको हो । पाण्डेले भाषण गरिरहेको समयमा केही नेताले उनको भनाईमा असहमति राख्दै होहल्ला र नारावाजी गरेको नेपाली संचारमाध्यमले लेखेका छन् ।

    उनीहरुले पाण्डेले एक गुटको पक्षमा बोलेका कारण विरोध गरेको जनाएका छन् । त्यसो त पाण्डे चितवनबाटै निर्वाचित सांसदसमेत हुन् । पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँडे चितवनमा उनलाई कुनै पनि कार्यक्रममा बोल्न नदिने चेतावनी ओली पक्षधर कार्यकर्ताले दिएका छन् ।

  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर सात जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १३०५ पुगेको छ ।

  • नेपालमा थप १६७४ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति  भेटिए ?

    नेपालमा थप १६७४ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति भेटिए ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६७४ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा १६७४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

    गत २४ घण्टामा २३२३३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको १ लाख ९३ हजार ३२५ जना रहेको छ ।

    गत २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने १३०५ जना छन् ।

    प्रदेश १ को इलाममा ४, उदयपुरमा २, खोटाङमा १, झापामा ५७, धनकुटामा ७, भोजपुरमा १, सोलुखुम्बुमा १ र सुनसरीमा ५ जनामा कोरोना भेटिएको छ।  

    प्रदेश २ को धुनषामा ११, बारामा ५, महोत्तरीमा ३, सप्तरीमा २, सर्लाहीमा ४ र सिरहामा ७ जनामा कोरोना पाइएको छ। 

    बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ८५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५६, चितवनमा ६१, दोलखामा ३, धादिङमा १८, नुवाकोटमा ८, भक्तपुरमा ४९, मकवानपुरमा २५, रामेछापमा ४, ललितपुरमा १ सय ६५, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७५, गोरखामा ९, तनहुँमा ४४, नवलपरासी पूर्वमा २८, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ५, वागलुङमा ७ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ। 

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३३, गुल्मीमा ४, दाङमा १०, नलवपरासीमा ३३, पाल्पामा १९, प्यूठानमा ३, बर्दियामा १७, बाँकेमा ३९, रुकुम पूर्वमा १, रोल्पामा ७ र रुपन्देहीमा ५७ जनामा कोरोना पाइएको छ। 

    यस्तै, कर्णाली प्रदेशको दैलेखमा ४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

    सुदूरपश्चिमको अछाममा ३, कञ्चनपुरमा ३, कैलालीमा ४०, डडेल्धरामा ६, बझाङमा ६, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको छ। 

  • काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

  • पालन गर्न नगरपालिकाबाट लगेका १४ गाईको हत्या, एक जना पक्राउ

    पालन गर्न नगरपालिकाबाट लगेका १४ गाईको हत्या, एक जना पक्राउ

    बैतडी । बैतडीमा गाई पालन गर्न भनी नगरपालिकाबाट लगेका गाईको सामुहिक हत्या भएको पाइएको छ । प्रहरीले गाईलाई हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ समेत गरेको छ । बैतडीमा १४ वटा गाई एकै स्थानमा मृत अवस्थामा भेटिएपछि यो घटना सार्वजनिक भएको हो ।

    प्रहरीका अनुसार पुर्चौडी नगरपालिका वडा नम्बर ५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । अर्का एक जना फरार छन् । सोही स्थानका सुरेश पार्की फरार रहेका छन् ।

    उनीहरुले बैतडीको पाटन नगरपालिकासँग सम्झौता गरी ३४ वटा गाई पाल्ने गरी लगेका थिए । गाइपालनलाई प्रोत्साहन गर्न नगरपालिकाले उनीहरुलाई प्रति गाईवापत २ हजार नगदसमेत दिएको थियो । नगरपालिकाबाट लगेका १४ वटा गाई मृत अवस्थामा फेला परेपछि उनीहरूले नै हत्या गरेको प्रहरीको आशंका छ ।

  • कांग्रेसले जिल्ला कार्यसमितिसँग माग्यो क्रियासिल सदस्यको विवरण

    कांग्रेसले जिल्ला कार्यसमितिसँग माग्यो क्रियासिल सदस्यको विवरण

    काठमाडौं । महाधिवेशन नजिकिएको सन्दर्भमा नेपाली कांग्रेसले त्यसको तयारीलाई समेत तिब्र बनाएको छ । पार्टीले आज क्रियाशील सदस्य (नयाँ र नवीकरण) को विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालय सानेपामा पठाइसक्न जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको छ।

    पार्टीको १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यहको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन ७७ वटै जिल्ला कार्यसमितिलाई पत्राचार गरिएको हो । पूर्वनिर्धारित कार्यक्रम अनुसार कांग्रेस महाधिवेशन फागुन ७ बाट शुरु हुनेछ ।

    कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन समेत विभिन्न तहको पार्टी संरचनालाई निर्देशन दिएको छ। कांग्रेसमा अहिले पाँच लाख हाराहारीमा क्रियाशील सदस्य रहेको बताइएको छ ।
    यो संख्या आगामी महाधिवेशनमा दोब्बर बनाउने तयारी छ । २८ कात्तिकमा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको काम मंसिरभित्र सक्ने निर्णय गरेको हो । यस पटक विवरण पठाउँदा क्रियाशीलको शुल्कसमेत पठाउनु पर्नेछ।

  • चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउने

    चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउने

    काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फङ्गह नेपाल भ्रमणमा आउने भएका छन् । निकट भविश्यमा उनको नेपाल भ्रमणको तयारी भएपनि मिति भने सार्वजनिक गरिएको छैन । केही दिन अगाडी प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीबीच भएको भेटका दौरान रक्षामन्त्रीको भ्रमणबारे छलफल भएको बताइएको छ ।

    अहिले नेपालमा रक्षामन्त्रीको जिम्मेवारी स्वयमः प्रधानमन्त्रीसँग रहेको छ । भ्रमण आगामी नोभेम्बर २९–३० मा हुन सक्ने बताइएको छ ।

    चीनबाट नेपाल आएपछि उनी यतैबाट अन्य दक्षिण एसियाली मुलुकको भ्रमणमा निस्कने गरी तयारी गरिएको नेपाली संचारमाध्यमले शुक्रबार लेखेका छन् । यसअघि सन् २०१९ अक्टोबरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनको औपचारिक भ्रमण गरेका थिए ।

  • थप २२ जना कोरोना संक्रमतिको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो

    थप २२ जना कोरोना संक्रमतिको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा एकै दिन २२ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर२२ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १ २९८ पुगेको छ ।

    यसअघि बिहिबार १७ जनाको मृत्यु भएको थियो।

  • काठमाडौं उपत्यकामा ११०७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ११०७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा ११०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९४५ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा आधा भन्दा बढी संक्रमित भएका हुन् ।

    संक्रमित थपिएकामा काठमाडौंका ८६२, भक्तपुर ७१ र ललितपुरमा १ सय ७४ जना छन् । संक्रमितमध्ये महिला ४८४ र पुरुष ६२३ जना छन् ।

  • नेपालमा थप १९४५ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

    नेपालमा थप १९४५ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९४५ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ३ सय ४० नमुना परीक्षण गर्दा १९४५ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यो सहित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार ९ सय ६५ जना पुगेका छन् ।

    गत २४ घण्टामा ५३६४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ जना रहेको छ ।

    नेपालमा निको भएको दर ८८ प्रतिशत पुगेको छ । गत २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने १२९८ जना छन् ।

    प्रदेश १ को इलाममा २, उदयपुरमा ७, ओखलढुंगामा ६, झापामा ३३, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा २०, संखुवासभामा ३४, सोलुखुम्बुमा ३ र सुनसरीमा ५५ जनामा कोरोना भेटिएको छ।

    प्रदेश २ को धुनषामा २४, पर्सामा १, बारामा ७, महोत्तरीमा ४, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा ३ र सिरहामा १७ जनामा कोरोना पाइएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र ८ सय ६२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५४, चितवनमा ८७, दोलखामा १७, धादिङमा १४, नुवाकोटमा ११, भक्तपुरमा ७१, मकवानपुरमा ८, रामेछापमा ६, ललितपुरमा १ सय ७४, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ८८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८८, गोरखामा ११, तनहुँमा ७, नवलपरासी पूर्वमा १४, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ११, वागलुङमा ५ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ७, गुल्मीमा ४, दाङमा ५१, नलवपरासीमा १९, पाल्पामा १५, बर्दियामा ९, बाँकेमा ८ र रुपन्देहीमा ६० जनामा कोरोना पाइएको छ।

    यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा २, रुकुम पश्चिममा १, सल्यानमा ६ र सुर्खेतमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा ७, कैलालीमा २४, डडेल्धरामा ५, डोटीमा १, दार्चुलामा १९, बझाङमा २, बाजुरामा १ र बैतडीमा ३ जनामा कोरोना भेटिएको छ।

  • शान्ती सम्झौता भएको १४ वर्ष पुरा, बल्झिरहने घाउ अझै पुरिएनन्

    शान्ती सम्झौता भएको १४ वर्ष पुरा, बल्झिरहने घाउ अझै पुरिएनन्

    काठमाडों । तत्कालीन सात राजनीतिक दल र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको ऐतिहाँसिक दिनको आज १४ वर्ष पुरा भएको छ । सशस्त्र द्धन्द्धमा हेमिएको माओवादीले शान्तीपूर्ण बाटो अपनाएपछि मुलुकले संतोषको सास फेरेको यो दिनले नेपालमा एक दशक लामो युद्ध अन्त्य भएको थियो ।

    १४ वर्ष अगाडीको शान्ती सम्झौताको मर्म अनुसार धेरै काम भएपनि केही बल्झिरहने घाउले भने युद्धकालिन समयको झल्को अहिले पनि दिन्छ ।

    खासगरी १० वर्षे द्वन्द्वको क्रममा तत्कालीन राज्य पक्ष र माओवादीबाट भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनाको छानबिन तथा दोषीमाथिको कारवाहीको काम अगाडी बढ्न सकेको छैन । वेपत्ता नागरिकको खोजी गरी उनीहरुको परिवारलाई न्याय दिन सकिएको छैन ।

    विसं २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच विस्तृत शान्ती सम्झौतामा हस्ताक्षर भएको थियो ।

    त्यसै सम्झौताको आडमा संविधान सभा मार्फत नयाँ संविधान निर्माण, माओवादी लडाकुको व्यवस्थापन, संक्रमणकालीन न्याय र आर्थिक–सामाजिक रुपान्तरणको लक्ष्य राखिएको थियो ।

    यसमध्ये लडाकु समायोजन, संविधानसभाबाट संविधान निर्माणको काम सकिएको छ । संक्रमणकालिन न्याय र आर्थिक–सामाजिक रुपान्तरणका विषयमा भने दुबै पक्ष गम्भीर हुन सकेका छैनन् ।

  • ४ वर्षिय बालिकाको बलात्कारपछि हत्या, आफन्तकै संलग्नता पुष्टी

    ४ वर्षिय बालिकाको बलात्कारपछि हत्या, आफन्तकै संलग्नता पुष्टी

    मकवानपुर । मकवानपुरमा एक ४ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको छ । यस घटनामा उनकै नातेदारको संलग्नता रहेको पुष्टी भएको छ ।

    बागमती गाउँपालिका– ७ कि बालिकालाई बुधबार गाउँमा पूजा रहेको समयमा फकाई नजिकैको पुलमुनि लगेर बलात्कार गरेपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको नेपाली संचारमाध्यमले जनाएका छन् ।

    प्रहरीले हत्या आरोपमा १६ बर्षिय साजन भोलनलाई पक्राउ गरेको छ । उनले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भोलनले बालिकाको टाउकोमा दुई पटक ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकार गरेका हुन् । बालिकाको शब घर नजिकै बगरमा फेला परेको हो ।

  • काठमाडौं उपत्यकामा १२२९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १२२९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा १२२९ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनालाई कोरोना संक्रमण देखिएको छ।

    हालसम्म काठमाडौंमा ८० हजार ७२६, ललितपुरमा ११ हजार ७७४ र भक्तपुरमा ७ हजार २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

  • थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२७६ पुग्यो

    थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२७६ पुग्यो

    काठमाडौं । नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनु्सार पछिल्लो २४ घण्टा देशभर १७ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १२७६ पुगेको छ । यसअघि बुधबार १२ जना र मंगलबार १३ जना संक्रमितको मृत्यु भएको थियो ।