रोम । कोरोना त्रास अहिले यूरोपमा डरलाग्दो गरी फैलिएको छ । यसले सबैभन्दा ठूलो प्रभाव इटलीमा पारेको छ । युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । यो संख्या कोरोना भाइरसका कारण एकै दिनमा मानिस मरेको सबैभन्दा धेरै हो । चीनमा साम्य… Continue reading इटलीमा मर्ने संख्या १२ सय नाघ्यो, एकै दिन २ सय ५० को ज्यान गयो
Category: समाचार
कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ
काठमाडौं । कोरोनाभाइरसको आशंकामा अस्पताल भर्ना भएका चार नेपालीमा नेगेटिभ नतिजा आएको छ । शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोनाको संक्रमण पुष्टी नभएको टेकु अस्पतालले जनाएको छ । कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई शुक्रबार नै डिस्चार्ज गरिएको छ । उनीहरु कतार, मलेसिया र अमेरिकाबाट नेपाल आएका थिए। उनीहरूमा ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि दुई दिनदेखि टेकुस्थित… Continue reading कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ
२१४७औं झिवा ल्होछार मनाइयो
न्युयोर्क/अमेरिका अमेरिकामा बसोबास गरिरहेका तोक्पेगोला (ढोक्प्या) समुदायले न्युयोर्कस्थित क्विन्स प्यालेसमा २१४७ औं झिवा ल्होछार मनाएका छन् । तोक्पेगोला समाज सेवा समिति काठमाडौंको प्रवास शाखा ढोक्प्या किदुक उत्तर अमेरिकाको आयोजनामा झिवा ल्होसार मनाइएको हो । ढोक्प्या किदुक उत्तर अमेरिका न्युयोर्कका अध्यक्ष गोवा ढोक्प्याको अध्यक्षतामा गत साता ‘भाषा, धर्म र संस्कृतिको संरक्षण गरौं, आफनो पहिचान कायम राखौ’… Continue reading २१४७औं झिवा ल्होछार मनाइयो
अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री
काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएको १० दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली वालुवाटार फिर्ता भएका छन् । उनलाई त्रिवि शिक्षण अस्पतालले शुक्रबार डिस्चार्ज गरेको हो । अब उनले बालुवाटारमै आराम गर्दा हुने भएको छ । शुक्रबार उनी डिस्चार्ज हुँदा सहयोगीले साथ दिएर उभिएका थिए भने संचारमाध्यमलाई हात हल्लाएर अभिवादन गरेका थिए । अस्पतालबाट… Continue reading अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री
अन्तर्राष्ट्रिय सभा सम्मेलन रोकिए, भीडभाडमा नजान आग्रह
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सभा सम्मेलन बन्द गरेको छ । नेपालमा नियमित आयोजना हुने अन्तर्राष्ट्रिय सभा सम्मेलन, समारोहलाई मे ३१, २०२० सम्म स्थगित गर्ने निर्णय सरकारले गरेको हो । खासगरी नेपाल आउन भिसा सुविधा रोकेपछि सरकारले सभा सम्मेलन पनि बन्द गरेको हो । कोरोना सन्त्रासका कारण संसारभर यस्ता गतिविधि ठप्प भएका छन् । यसले नेपाल… Continue reading अन्तर्राष्ट्रिय सभा सम्मेलन रोकिए, भीडभाडमा नजान आग्रह
गैरआवासीय नेपालीले पाउने अनअराइभल भिसा सुविधा रद्द
काठमाडौं । सरकारले गैरआवासीय नेपाललाई गैरआवासीय नेपाली परिचय पत्रका आधारमा उपलब्ध गराएको अनअराइभल भिसा सुविधा तत्कालका लागि रद्द गरेको छ । कोरोनाको संक्रमण संसारभभर फैलिएसँगै सरकारले गैरआवासीय नेपालीका लागि प्रवेश बिन्दुमा उपलब्ध गराएको भिसा सुविधा बन्द गरेको हो । सरकारको उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । यो सुविधा ३० अप्रिल २०२० सम्म कायम रहने… Continue reading गैरआवासीय नेपालीले पाउने अनअराइभल भिसा सुविधा रद्द
रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य
काठमाडौं । वसन्तु ऋतुका लागि हुने पर्वतारोहणका सबै गतिविधि स्थगित भएका छन् । यसको मतलव अब संसारको चुुचुरो चुम्न आउने हजारौं पर्यटकको सपना यस वर्ष अधुरै रहने भएको हो । यसबाहेक ८ हजार मिटर माथि का हिमाल र साना हिमाल चढ्न समेत पर्यटकको उत्तिकै घुइचो लाग्छ । बसन्तु ऋतु नेपालमा पर्वतारोहणको मूख्य सिजन हो ।… Continue reading रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य
स्टार फूटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा
पोर्चुगल । पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बस्नु परेको छ । उनी सेल्फ क्वारेन्टाइनमा बसेका न् । अहिले इटालीमा कोरोनाको संक्रमण डरलाग्दो गरी फैलिएको छ । रोनाल्डो इटालीयन क्लव युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्छन् । सो क्लवका डिफेन्डर ड्यानियल रूगानीलाई कोरोना भाइरस देखिएको छ। सोहीकारण टीममेटका कारण संक्रमण सरेको हुन सक्ने आंशकामा उनी क्वारेन्टाइनमा… Continue reading स्टार फूटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा
प्रधानमन्त्रीलाई नवौं दिनमा पत्नी राधिकाले भेटिन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज पत्नी राधिका शाक्यले भेटेकी छिन् । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरेको ९ औं दिनपछि पत्नी राधिका शाक्यले भेटेकी हुन् । उनी प्रधानमन्त्रीलाई भेट्ने दोस्रो भिजिटर बनेकी छिन् । यसअघि बुधबार आठौं दिन मिर्गौलादाता भान्जी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेटेकी थिइन् । समीक्षाको भने बुधबार नै डिस्चार्ज भएको छ । तर,… Continue reading प्रधानमन्त्रीलाई नवौं दिनमा पत्नी राधिकाले भेटिन्
नेपालमा कोरोना भित्रिए के छ सरकारको तयारी ?
काठमाडौं । सरकारले बिहीबार कोरोनाविरुद्ध भइरहेको तयारी सार्वजनिक गरेको छ । यसअनुसार मुलुक भित्र जुन स्थानमा कोरोना देखिन्छ, त्यो क्षेत्रलाई तत्काल बन्द गर्ने योजना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाले सार्वजनिक गरेको योजना अनुसार देशको कुनै क्षेत्रमा कोरोना भाइरस को संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर ‘लक डाउन’ गरिने भएको छ… Continue reading नेपालमा कोरोना भित्रिए के छ सरकारको तयारी ?
नेपालले समेत रोक्ने भयो पर्यटक भिसा
काठमाडौं । सरकारले पर्यटक भिसा रोक्ने भएको छ । बिहीबार उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । तर, कहिलेबाट कहिलेसम्म रोक्ने र कुन मुलुकका नागरिकलाई रोक्ने भन्ने बारेमा भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले निर्णय गर्ने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि पहिलो पटक उच्चस्तरीय समन्वय समितिको बैठक… Continue reading नेपालले समेत रोक्ने भयो पर्यटक भिसा
न्यूयोर्कमा वालुङ समुदायको लोसार
न्यूयोर्क/अमेरिका वालुङ समुदाय युएसएले न्यूयोर्कमा ल्होसार मनाएको छ । गत साता आयोजना गरेको कार्यक्रममा बिभिन्न समुदायका ब्यक्तिहरुको उपस्थिति थियो । टिबेट र नेपालको सिमानामा बसोबास गर्नेहरु नै वालुङ समुदाय हो । नेपालको ताप्लेजुङको वालुङ गाउँपालिकामा वालुङ समुदायका मानिसका बसोबास गर्ने गर्छन् । वालुङमा नेपालकै दोश्रो ठूलो गुम्बाको रुपमा रहेको ऐतिहासिक गुम्बा डिकी छ्योलिङ गुम्बा छ… Continue reading न्यूयोर्कमा वालुङ समुदायको लोसार
कोरोना महामारी हो, तर नियन्त्रण सम्भव छ
काठमाडौं । बुधबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गर्यो । यस दौरान संगठनले केवल आतंकित हुनुमात्र नपर्ने भन्दै यो रोग नियन्त्रण समेत गर्न सम्भव रहेको उल्लेख गरेको छ । तर, यसका लागि हरेक मुलुकले उत्तिकै सचेतना र जागरुकता अपनाउनु पर्ने संगठनको भनाई छ । यो भाइरस चीनमा करीव नियन्त्रण उन्मुख छ । तर,… Continue reading कोरोना महामारी हो, तर नियन्त्रण सम्भव छ
प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी समिक्षा डिस्चार्ज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला डिस्चार्ज भएकी छन् । उनी अब घरमै आराम गर्न सक्ने गरी बुधबार दिउँसो डिस्चार्ज भएकी हुन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले यसको पुष्टी गरेका छन् । उनका अनुसार डिस्चार्ज भएसँगै उनले प्रधानमन्त्रीलाई भेटेकी थिइन् । उनी प्रधानमन्त्रीलाई भेट्ने पहिलो भिजिटर समेत बनेकी छिन्… Continue reading प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी समिक्षा डिस्चार्ज
एक भए राप्रपाका तीन खेमा, एकिकरण सम्पन्न
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन खेमाबीच एकिकरण भएको छ । पूर्वपञ्चहरु मिलेर गठन भएको राप्रपाको फूट र जूटको श्रृंखला यो पहिलो पटक भने होइन । बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरी पार्टी एकिकरणको घोषणा भएको हो । चार वर्ष अगाडी यसैगरी घोषणासभाबाट एउटै पार्टीमा जोडिएका नेताहरुले पार्टीलाई चीन चोइटा बनाएका थिए ।… Continue reading एक भए राप्रपाका तीन खेमा, एकिकरण सम्पन्न
कोरोनाविरुद्ध सर्वदलीय प्रतिवद्धता
काठमाडौं । नेपालमा कोरोना भाइरस फैलन नदिन सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गरेका छन् । दलका नेता तथा प्रतिनिधिले सरकारलाई सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सरकारी संयन्त्रले सर्वदलीय बैठक आयोजना गरेको थियो । सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज… Continue reading कोरोनाविरुद्ध सर्वदलीय प्रतिवद्धता
पूर्वमन्त्री गोकुल बास्कोटाको घर लक्षित बम विस्फोट
काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरलाई लक्षित गर्दै बम विष्फोट भएको छ । भक्तपुरको बालकोटस्थित बास्कोटाको घर नजिकै खाली ठाउँमा बुधबार बिहानै कुकर बम विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरले घटनाको पुष्टी गरेको छ । बुधबार बिहान ७ः४५ बजे बम विष्फोट गराएको छ । बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइए पनि… Continue reading पूर्वमन्त्री गोकुल बास्कोटाको घर लक्षित बम विस्फोट
श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् एसिड
काठमाडौं । नेपालमा पुरुषले महिलामाथि एसिड प्रहार गरेको धेरै घटना दोहोरिने गरेको छ । तर, सोमबार राती पुरुषमाथि महिलाले एसिड प्रहार गरेकी छिन् । काठमाडौंमै यस्तो घटना भएको हो । काठमाडौंको बालाजुमा कोठामा सुतिरहेका पुरुषमाथि महिलाले एसिड हानेकी हुन् । नुवाकोट घर भइ तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीमा कोठा लिएर बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि… Continue reading श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् एसिड
प्रधानमन्त्रीको तत्काल डिस्चार्ज नहुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल डिस्चार्ज नहुने भएको छ । त्रिवि शिक्षण अस्पतालले मंगलबार दिएको जानकारी अनुसार उनको तत्काल डिस्चार्ज नहुने भएको हो । उनलाई अझै केही दिन अस्पतालमा राखिने भएको हो । उनी अघिल्लो सोमबार अस्पताल भर्ना भएका थिए । उनको गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्रीले घर… Continue reading प्रधानमन्त्रीको तत्काल डिस्चार्ज नहुने
कोरोनाका कारण अष्ट्रेलिया र नेपालको खेल स्थगित
काठमाडौं । विश्व फूटबलकै एक शक्तिशाली मुलुक हो अष्ट्रेलिया, एसियामा त उसको एकछत्र राज रहेको छ । विश्वकप छनोट तथा एसियाकपका लागि समेत छनोटका लागि अष्टेलिया र नेपालबीच नेपालको घरेलु मैदानमा खेल हुने तय थियो । खेल यसै महिना नेपालको दशरथ रंगशालामा हुनुपर्ने थियो । शक्तिशाली मुलुकसँग घरेलु मैदानमा आफ्नो टीमले खेलेको हेर्ने दर्शकको चाहना… Continue reading कोरोनाका कारण अष्ट्रेलिया र नेपालको खेल स्थगित
सुडानका प्रधानमन्त्री अब्दल्लाको हत्या प्रयास
सुडान । सुडानका प्रधानमन्त्रीको हत्या प्रयास भएको छ । प्रधानमन्त्री अब्दल्ला हामडोकलाई लक्षित गरी बम विष्फोट गराइएको छ । यद्दपी उनी बच्न सफल भएका छन् । सोमबार बिहान निवासबाट कार्यालय जान लाग्दा उनको सवारीमाथि बम विस्फोट गराइएको हो । राजधानी खार्तुममा बिस्फोट भएको हो । बिस्फोटले प्रधानमन्त्तीलाई कुनै असर गरेन् । तर, उनको कारगेडमा प्रयोग… Continue reading सुडानका प्रधानमन्त्री अब्दल्लाको हत्या प्रयास
होली शान्तिपूर्ण, ७ सय चालक कारवाहीमा
काठमाडौं । कुनै न कुनै अप्रिय घटना भइरहने होलीको दिन यस वर्ष भने तुलनात्मक रुपमा शान्त रह्यो । सरकारले यो वर्ष समूहमा जम्मा भएर होली नखेल्न सर्वसाधारणलाई आह्वान गरेको थियो । सर्वसाधारणले समेत सरकारको उक्त आग्रह मानेका छन् । सडकमा विगतका तुलनामा कम मात्र मानिस होली खेलिरहेको भेटिए । होलीका दिन काठमाडौं उपत्यकामा कुनै अप्रिय… Continue reading होली शान्तिपूर्ण, ७ सय चालक कारवाहीमा
आज पहाडमा होली, सतर्क रहन सरकारको आह्वान
काठमाडौं । आज पहाड र हिमाली भेगमा होली पर्व मनाइदैछ । रंग र अबिरको पर्वका रुपमा लिइने यो दिन आफन्त तथा साथिभाईबीच भाइचारा साटासाट गरिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन यो चाड पर्छ । केही वर्ष अगाडीसम्म निकै उच्छृंखल बनेको होली स्थानीय प्रशासनको कडाई पछि पछिल्ला वर्षहरुमा भने व्यवस्थित बन्दै गएको छ । तर, यस… Continue reading आज पहाडमा होली, सतर्क रहन सरकारको आह्वान
बजार अनुगमनमा निस्किए उद्योगमन्त्री
काठमाडौं । कोरोना भाइरसको त्रासमा उपभोक्ताले बढी सामान किन्ने र व्यापारीले कृतिम अभाव सिर्जना गर्न थालेपछि सरकारले बजार अनुगमन थालेको छ । बजारमा अत्यावश्यक सामानको चरम अभाव रहेको उपभोक्ताको गुनासो पछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार निरीक्षणमा निस्किएका हुन् । वाणिज्य सचिव डबैकुण्ठ अर्यालसहित मन्त्री भट्टको उच्चस्तरीय टोलीले आइतबार काठमाडौंका दुई दर्जन बढी… Continue reading बजार अनुगमनमा निस्किए उद्योगमन्त्री
कोरोना प्रभाव : चीनमा रोकिँदै, यूरोपमा फैलिँदै
काठमाडौं । डिसेम्बर २०१९ बाट चीनको वुहानमा उत्पत्ति भएको कोरोना भाइरसले संसारभर ३ हजार ६ सयको ज्यान गएको छ । यसमध्ये ठूलो संख्या चीनमा रहेको छ । तर, पछिल्ला दिनहरुमा कोरोना विरुद्ध चीनले उल्लेख्य सफलता हात पार्दा नयाँ संक्रमित र मृत्युको संख्यामा कमी आएको छ । दुई महिना कै अवधिमा कोरोना भाइरसको संक्रमण १ सय… Continue reading कोरोना प्रभाव : चीनमा रोकिँदै, यूरोपमा फैलिँदै
आज अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर मनाईंदै
काठमाडौं । आज ११४ औं नारि दिवस मनाईंदैछ । नेपालसहित संसारभर विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनमा खटिएकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएकी थिइन् । सोही दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन थालिएको हो । यस वर्ष कोरोना भाइरसका… Continue reading आज अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर मनाईंदै
नुन र चिनीको पर्याप्त मौज्दाद, नुनले १० महिनाको माग धान्ने
काठमाडौं । नेपालमा नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दाद रहेको सरकारले स्पष्ट पारेको छ । सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनले यी वस्तुको अभाव नहुने प्रष्ट पारेको छ । शनिबार संस्थानले करीब १० महिनालाई पुग्ने नुन तथा अन्य उपभोग्य सामानको मौज्दाद रहेको जानकारी गराएको छ । साल्ट ट्रेडिङले उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ… Continue reading नुन र चिनीको पर्याप्त मौज्दाद, नुनले १० महिनाको माग धान्ने
न्युयोर्कको सडकमा ट्याक्सी, उबर र लिफ्ट चलाउने चालकमा पनि भेटियो कोरोना भाईरस
न्युयोर्क न्युयोर्कस्थित ब्यस्त सहरमा ट्याक्सी चलाउने चालकलाई समेत कोरोना भाईरस पोजिटिभ देखिएको छ । न्युयोर्क शहको क्विन्समा बसोबास गर्दै आएका ३३ वर्षीय ट्याक्सी चालक गत शुक्रबार साँझ फ्लू जस्तो लक्षण देखिने रुघा खोकी ज्वरो आएपछि हिँडेर अस्पताल गएका थिए । न्युयोर्क फार रक-वेको सेन्ट जोन्स एपिसकोपल अस्पतालमा जचाउन पुगेका उक्त ट्याक्सी चालकका कारण उक्त चालकको… Continue reading न्युयोर्कको सडकमा ट्याक्सी, उबर र लिफ्ट चलाउने चालकमा पनि भेटियो कोरोना भाईरस
पाकिस्तानमा ज्यानमारा वर्षा, १७ को गयो ज्यान
इस्लामावाद । पाकिस्तानमा मुसलधारे वर्षा र त्यसले उत्पन्न गरेको प्राकृतिक प्रकोपमा परी करीव दुई दर्जनको ज्यान गएको छ । शनिबार साँझसम्म कम्तिमा १७ को ज्यान गएको र कयौं घाइते भएको संचारमाध्यमले लेखेका छन् । यी घटना पछिल्लो २४ घण्टा भित्र भएका हुन् । ज्यान गुमाउनेमा महिला तथा बालबालिकाको बाहुल्य रहेको बताइएको छ । देशको उत्तर… Continue reading पाकिस्तानमा ज्यानमारा वर्षा, १७ को गयो ज्यान
प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपतिको सदभाव
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभकामना सन्देश पठाएका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देश पठाएर मिर्गौला प्रत्यारोपण भएको जानकारी प्राप्त भएको भन्दै स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सन्देशमा उनले चीन सरकार, चिनियाँ नागरिक र स्वयम् आफ्नोतर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको… Continue reading प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपतिको सदभाव