Category: समाचार

  • नेपालमा २१०३ जना कोरोना संक्रमित थपिए, २८५८ जना संक्रमणमुक्त

    नेपालमा २१०३ जना कोरोना संक्रमित थपिए, २८५८ जना संक्रमणमुक्त

    काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २१०३ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको पिसिआर परीक्षणमा २१०३ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ।

    देशभर थप २८५८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ।

    आज देशभर २८ हजार १०६ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ।

  • आज छठको दोस्रो दिन, खराना बनाईंदै

    आज छठको दोस्रो दिन, खराना बनाईंदै

    काठमाडौं । आज छठ पर्वको दोस्रो दिन ब्रतालुले ‘खरना’ मनाउँछन् । कात्तिक शुक्ल चौथीका दिन बुधबार ‘नहाय–खाय’ विधिबाट यो पर्व प्रारम्भ भएको हो । खरना विधिमा दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलार ग्रहण गर्ने गरिन्छ ।

    माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने प्रचलन रहेको छ । आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्छन् ।

    पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने गर्छन् । यो ‘सझुका अरख’ विधि हो । सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने प्रचलन रहेको छ ।

  • हुम्ला जिल्ला प्रवेशमा रोक, स्कुल बन्द

    हुम्ला जिल्ला प्रवेशमा रोक, स्कुल बन्द

    सिमकोट । कोरोना भाइरसको संक्रमण बढेपछि हिमाली जिल्ला हुम्लाले बाहिरी जिल्लाबाट प्रवेशमा रोक लगाएको छ । बुधबार हुम्ला जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठक बस्दै बिहीबारबाट जिल्लाभर शैक्षिक संस्था बन्द गर्ने र जिल्लामा बाहिरी व्यक्तिको प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।

    नेपालको राष्ट्रिय समाचार समितिका अनुसार अब जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँच कडाइ हुने छ । जिल्ला भित्र समेत अन्तरपालिका आवतजावतमा कडाइ गरिएको छ । हुम्लामा कात्तिक दोस्रो साताबाट स्कुल सञ्चालनमा आएका थिए ।

    कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्म बन्द गरिएको हो ।


    उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था आजदेखि बन्द गरिएको बताइएको छ ।

    कोरोना लक्षणसहित सिकिस्त बिरामीलाई सुविधायुक्त अस्पतालसम्म पुर्याउन कर्णाली प्रदेश सरकारलाई हेलिकप्टरको व्यवस्थाका लागि आग्रह गरिने भएको छ । जिल्लामा रहेका दुईवटा भेन्टिलेटरले अपुग हुने भएकाले थप दुईवटा प्रदेश सरकारसँग माग गरिने निर्णय समेत भएको छ ।

  • कोरोना सक्रमण दर बढेपछि न्युयोर्कका विद्यालयहरू बिहिवारदेखि पुनः बन्द

    कोरोना सक्रमण दर बढेपछि न्युयोर्कका विद्यालयहरू बिहिवारदेखि पुनः बन्द

    न्युयोर्क

    न्युयोर्कमा कोरोना भाईरस संक्रमण दरमा बृद्धि हुन थालेपछि सम्पूर्ण बिद्यालय बिहीवारदेखि बन्द हुने भएका छन् । न्युयोर्क सिटी स्कुलका चान्स्लर रिचर्ड कारन्जाले बुधवार एक बिज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् ।

    चान्सलर कारन्जाले बिज्ञप्तिमा भनेका छन्; “बिहिबारदेखि लागू हुने गरी न्युयोर्क सहर भित्रका सम्पूर्ण बिद्यालय भवन बन्द हुने छन् र सम्पूर्ण पठनपाठन घरबाटै हुनेछ । बिद्यालय बन्दको यो निर्णय अस्थाई भएपनि कहिलेदेखि पुनः बिद्यालय खुल्छ हाललाई अनिश्चित नै छ”।
    न्युयोर्क सिटी मेयर बिल दि ब्लाजियोले पनि न्युयोर्क सहर भित्रको संक्रमण दर ३ प्रतिशत माथि पुगेको कारण आगामी बिहिवार नोभेम्बर १९ तारिखदेखि बिद्यालय बन्द गरिएको छ । भन्दै ट्विट गरेका छन् । न्युयोर्क सहरमा सात दिनसम्म लगातार संक्रमण ३ प्रतिशत माथि पुगेपछि बिद्यालय बन्द गर्नु परेको मेयर ब्लाजियोले ट्विटरमा लेखेका छन् ।
    नोभेम्बर १२ देखि न्युयोर्कमा हरेक दिन संक्रमित संख्या पैतालिस सय भन्दा माथि छ ।

    फोटो : द न्युयोर्क टाइम्

  • प्रधानमन्त्रीमाथि लागेका आरोप राष्ट्रिय सरोकारका मुद्दा हुन् : गगन थापा

    प्रधानमन्त्रीमाथि लागेका आरोप राष्ट्रिय सरोकारका मुद्दा हुन् : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लागेका आरोप केवल पार्टी विशेषको नभई अब राष्ट्रिय मुद्दा बनेको बताएका छन् ।

    ओलीमाथि राजनीतिक प्रतिवेदनमार्फत अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संचालनका दौरान प्रधानमन्त्रीबाट भएका कैयौं कमजोरीलाई उजागर गरेका छन् । नेता नेपालले यी विषय अब केवल नेकपाको आन्तरिक विषयमात्र नरहेको टिप्पणी गरेका हुन् ।

    उनले सामाजिक संजालबाट आफ्नो धारणा सार्वजनिक गर्दै यी विषय अब राष्ट्रिय सरोकारका विषय भएको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्, ‘यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरूलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षबीच उठेको मनमुटाबको तितो अभिव्यक्तिका रुपमा लिने भूल कम्तीमा प्रतिपक्षले गर्ने छैन ।’

    यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरूलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षबीच उठेको मनमुटाबको तितो अभिव्यक्तिका रुपमा लिने भूल कम्तीमा प्रतिपक्षले गर्ने छैन ।

    गगन थापा

    उनले प्रधानमन्त्रीको सन्दर्भमा उठाएका एकएक प्रकरणको हिसाबकिताब संसद् र सडकबाट मागिने समेत बताएका छन् ।

    उनले लेखेका छन्, ‘प्रधानमन्त्री ओलीको अर्थात् नेकपाको एकल नेतृत्वको सरकार सञ्चालन गर्दा देखिएको अनियमितता, भ्रष्टाचार, अपराध, कुशासन लगायतमा नेकपाको अध्यक्षले आफ्नो पार्टीको प्रम र सरकारको बारेमा जे ठहर गर्नुभएको छ, अब दुई अध्यक्षको मन मुटु मिल्दैमा, गुटहरू जोड्दैमा, कोही आएर रातारात मिलाइदिँदैमा अनि एक भयौँ भनेर हात मिलाउँदैमा, आत्म आलोचना गर्दैमा अनि प्रस्ताव फिर्ता लिँदैमा सकिने विषय होइनन्, सकिँदैनन् ।’


    यी सार्वजनिक चासो र राष्ट्रिय सरोकारका विषय भएको भन्दै यसको उत्तर आरोपी र आरोप लगाउने दुबैले दिनुपर्ने उल्लेख गरेका छन् ।

  • कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १२५९ पुग्यो

    कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १२५९ पुग्यो

    काठमाडौं । नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनु्सार पछिल्लो २४ घण्टा देशभर १२ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १२५९ पुगेको छ । मंगलबार १३ जना संक्रमितको मृत्यु भएको थियो ।

  • नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण, ३५३८जना संक्रमणमुक्त

    नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण, ३५३८जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४४२ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनाको पिसिआर परीक्षणमा १४४२ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

    देशभर थप ३५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ। आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्।

  • नेकपा सचिवालयको बैठक १० दिनका लागि स्थगित

    नेकपा सचिवालयको बैठक १० दिनका लागि स्थगित

    काठमाडौं । पार्टीको आन्तरिक विवाद चुलिएका बेला बसेको नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन आफूलाई समय लाग्ने बताएपछि बैठक स्थगित भएको हो।

    अर्को बैठकमा प्रधानमन्त्री ओलीले पनि राजनीतिक प्रतिवेदन पेस गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

    प्रधानमन्त्री ओलीले पनि केही समयदेखि पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन्।

  • आज नेकपा विवादको निर्णायक दिन हो ?

    आज नेकपा विवादको निर्णायक दिन हो ?

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपाका नेता योगेश भट्टराईले बुधबार बिहानै फेसबुकमा लेखे, सर्वाधिक कठिन समय । उनी कोरोनाबाट मुक्त भएका छन, अन्य समस्या छैन, मतलव त्यो कठिन समय हो पार्टी भित्रको विवाद ।

    आज सत्तारुढ नेकपाको सचिवालय बैठक बस्ने भनिएको छ । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठक जसरी पनि सार्ने पक्षमा छन् । सोहीकारण उनले अनेक भेटघाट र उपाय लगाइरहेका छन् ।

    उता, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि बैठक राख्ने पक्षमा छन् । उनलाई सचिवालयका अन्य चार सदस्यको साथ छ । अर्थातः बहुमत प्रचण्डसँग छ । उनीहरु आज ओली बैठकमा सहभागी नभएपनि वालुवाटारमै सचिवालय बैठक राख्ने र निर्णय लिने तयारीमा छन् । कतै यो बैठक नै पार्टी फुटको आधार बन्ने त होइन ?

    यो डर यतिबेला नेता र कार्यक्रतामा व्याप्त छ । प्रधानमन्त्री ओलीले विगत साउनयता नै कुनै न कुनै रुपबाट पार्टीका बैठक टारिरहेका छन् । उनी सामुहिक छलफलमा बस्न डराइरहेका छन् । तर, अन्य नेताहरु भने पार्टी भित्रको समस्या पार्टी बैठकबाटै सल्टाउनु पर्ने अडानमा छन् ।

    यो अवस्थामा आज प्रचण्डले सचिवालय बैठक संचालनमा गरेमा यो पार्टी विवादको निर्णायक दिन बन्ने सक्ने आंशका छ । यसअघि मंगलबार ओलीले आफ्नो प्रियपात्र महासचिव विष्णु पौडेलमार्फत आजको बैठक सार्न प्रचण्डसँग प्रस्ताव गरेका थिए ।

    प्रस्तावलाई प्रचण्डले अस्वीकार गरिदिएका छन् । प्रचण्डले आफूमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेको भन्दै ओली र उनी पक्षधर नेता भने उक्त प्रस्ताव फिर्ता हुने पर्ने अडानमा छन् । तर प्रचण्ड र उनी पक्षका नेता भने अब प्रस्ताव फिर्ता नहुने र बैठकमै छलफल गर्नुपर्ने अडानमा छन् ।

    यसअघि शुक्रबार सचिवालय बैठक बसेको थियो । जहा प्रचण्डले आफु निकटका पाँच नेताको सहयोगमा बनाएको लिखित अनुरोधपत्र, ओली र प्रचण्डको पत्र तथा प्रचण्डको राजनीतिक प्रतिवेदन गरी आज बैठक बस्ने गरी मिति तय गरेको थियो ।

    प्रचण्डले राजनीतिक प्रतिवेदनमा सरकारका विभिन्न विवादित निर्णयमाथि प्रश्न उठाएका छन् । सरकारले बजेटअघि राजस्वको दररेटसम्बन्धी सूचना चुहाएर अनियमितता गरेको, न्यायपालिकाका प्रमुखलाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रयास गरेको, विमति राख्ने नेतालाई प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरेको, भ्रष्टाचारका अनेक प्रकरण भए पनि अख्तियार प्राप्त निकायबाट छानबिनसमेत नगराइ प्रधानमन्त्रीबाटै निर्दोष घोषणा भएको, एमसीसीबारे प्रतिवेदनमा छलफल नगरि बजेटमा समावेश गरिएको, समकक्षी नेतालाई कहिले प्रलोभन, कहिले धम्की दिने गरेको र चरम व्यक्तिवादी प्रवृत्ति हावी भएको जस्ता आरोप प्रचण्डले ओलीमाथि लगाएका छन् ।

  • चिनियाँ राजदूतले भेटिन् प्रधानमन्त्री, पार्टी एकता बचाउन बन्ला संजिवनी ?

    चिनियाँ राजदूतले भेटिन् प्रधानमन्त्री, पार्टी एकता बचाउन बन्ला संजिवनी ?

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) फुटको संघारमा छ । दुई अध्यक्षबीचको विवादले पार्टीमा तिब्र असुन्तुष्टी बढिरहेको समयमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् ।

    नेपालमा कम्युनिष्ट पार्टीबीचको विवाद मिलाउन चीनले भूमिका खेल्ने गरेको बताइन्छ । त्यसमा चिनियाँ राजदूतको संक्रियताले समेत त्यसको पुष्टी छ । अघिल्लो पटक उनकै सक्रियतामा पार्टीको विवाद केही मत्थर भएको थियो ।

    राजदूत र प्रधानमन्त्री बीच मंगलबार राति प्रधानमन्त्री निवासमा भेटवार्ता भएको हो । उनीहरुबीच डेढ घण्टा कुराकानी भएको नेपाली संचारमाध्यमले जनाएका छन् ।

  • प्रचण्डले भेटे राष्ट्रपतिलाई, अर्थपूर्ण सरगर्मी बढ्यो

    प्रचण्डले भेटे राष्ट्रपतिलाई, अर्थपूर्ण सरगर्मी बढ्यो

    काठमाडौं । नेकपाभित्र बढ्दो विवादका बीच अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । मंगलबार साँझ शितल निवासमै पुगेर उनले राष्ट्रपति समक्ष भेट गरेका हुन् । यो भेटलाई भने राजनीतिक परिदृष्यमा अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा सचिवालय बैठक बुधबारका लागि बोलाइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली यो बैठक जसरी पनि सार्ने पक्षमा छन् । त्यसका लागि उनले आज प्रचण्डसमक्ष विण्णु पौडेलमार्फत प्रस्ताव समेत पठाएका छन् । तर, प्रचण्डसहित ५ सचिवालय सदस्य भने बुधबार जसरी पनि बैठक बोलाउनु पर्ने पक्षमा छन् ।

    ओली उपस्थित नभएपनि बुधबार वालुवाटारमै बैठक बस्ने तयारी ५ जना नेताको छ । यसअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच कात्तिक २९ मा लामो छलफल भएको थियो । पार्टी विवादमा राष्ट्रपतिबाट भएको सरगर्मीलाई भने धेरैले अर्थपूर्ण रुपमा हेरिरहेका छन् ।

  • नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

    नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३११२ जनाको पिसिआर परीक्षणमा ५०२ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ।

    देशभर २८७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ। आज देशभर ३० हजार ९८६ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को झापामा ६, संखुवासभामा १, सुनसरीमा १ जनामा कोरोना पाइएको छ।

    प्रदेश २ को धनुषामा ११, पर्सामा १, बारामा ४, महोत्तरीमा ५, रौतहटमा १ , सप्तरीमा २ , सलार्हीमा २, सिराहमा १ जनामा कोरोना भेटिएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ८९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ३, चितवनमा १८, धादिङमा ३, भक्तपुरमा १२, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा ३८, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको गोरखामा २, तनहुँमा ३, नवलपरासी पूर्वमा ९, लमजुङमा २, बाग्लुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १ , गुल्मीमा २, दाङमा १, नलवपरासीमा ४, पाल्पामा १८, बर्दियामा १, बाँकेमा ४, र रुपन्देहीमा ३६ जनामा कोरोना पाइएको छ।

    यस्तै, सुदूरपश्चिमको कञ्चनपुरमा १, र दार्चुलामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

  • काठमाडौं उपत्यकामा ३३९ जना कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा ३३९ जना कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा ३३९ जना कोरोना संक्रमित थपिएका छन्।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई कोरोना संक्रमण देखिएको छ।

    यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या ९७ हजार ५५२ पुगेको छ।

  • थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२४७ पुग्यो

    थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२४७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १७ जननाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ ।

  • तापक्रम घट्दा उच्च पहाडी र हिमाली भेगमा हिमपात

    तापक्रम घट्दा उच्च पहाडी र हिमाली भेगमा हिमपात

    काठमाडौं । तापक्रम घट्ने क्रमसँगै हिमाली र उच्च पहाडी जिल्लामा हिमपात शुरु भएको छ । यसले जनजीवन प्रभावित बनाउन शुरु गरेको छ । सोमबार दिनभरजसो देशभर घाम लागेनन् । यसले मंगलबार हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखाका विभिन्न स्थानमा हिउँ परेको छ । उता पूर्वी रुकुममा समेत हिउँले जनजीवन प्रभावित बनाएको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । सोहीकारण आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

    अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ । उपल्लो मुस्ताङमा तापक्रम माइनस २० डिग्रीसम्म झरेको छ ।

    मुस्ताङका जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको महाशाखालाई उदृत गर्दै नेपालको राष्ट्रिय समाचार समिति (रासस)ले जानकारी गराएको छ । हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा सोमबार दिउँसोबाट हिउँ पर्दा तापक्रम माइनस ९ डिग्रिसम्म झरेको छ ।

  • नेपालमा थप ११९७ जनामा कोरोना पुष्टी, २९४३ जनाले जिते

    नेपालमा थप ११९७ जनामा कोरोना पुष्टी, २९४३ जनाले जिते

    काठमाडौं । नेपालमा थप ११९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेट अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् । २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण भएको छ । तिहारको अवसर भएका कारण परीक्षण भने घटेको छ ।

    अब देशभर कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ । १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९४३ जना क्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । अब देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित रहेको तथ्यांक छ ।

  • भूकम्पपछि पहिलो पटक खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर

    भूकम्पपछि पहिलो पटक खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर

    काठमाडौं । दाजु भाई नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाईले आजैका दिन रानीपोखरीको बिच भागमा अवस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर एक अर्कालाई टिका लगाउने प्रचलन रहेको छ ।

    तर, यो उत्सव विगत ५ वर्षदेखि बन्द थियो । किनकी भूकम्पले क्षतिग्रस्त रानीपोखरी र यसको मन्दिर पुनर्निर्माणका क्रममा रहेका कारण मन्दिर बन्द रहेको थियो । २०७२ साल बैशाखको भूकम्पपछि पहिलो पटक आज यो मन्दिर खुला भएको छ । बालगोपालेश्वर मन्दिर वर्षको एक दिन भाइटीकाको दिनमा मात्र खुल्ने गर्दछ ।


    भूकम्पबाट क्षतिग्रस्त मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीको बाहिर मूर्ति राखेर पूजा गरिएको थियो । तर, सर्वसाधारणलाई भने पूजाको अनुमति थिएन ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले गत कात्तिक ५ गते रानीपोखरी उदघाटन गरेकी थिइन् । बालगोपालेश्वरको प्राणप्रतिष्ठा पूजा समेत सोही अवसरमा भएको थियो ।

  • नेपालमा थप १४७७ जनामा कोरोना पुष्टी, २७९८ जना कोरोनामुक्त

    नेपालमा थप १४७७ जनामा कोरोना पुष्टी, २७९८ जना कोरोनामुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट अनुसार यस अवधिमा कुल ६ हजार ४७६ जनाको कोरोना परीक्षण भएको छ । जसमा १४७७ जनामा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २७९८ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अहिलेसम्म संक्रमणमुक्त हुनेको कुल संख्या भने १ लाख ७३ हजार ४३० रहेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६३२, ललितपुरमा १३३, रुपन्देहीमा ९१, दाङमा ६४, नुवाकोटमा ४४, भक्तपुरमा ४२, कास्कीमा ३९, चितवनमा ३६, कैलालीमा ३३ र मोरङमा ३१ जनामा कोरोना संक्रमण भएको छ ।

    त्यस्तै बाँकेमा २८, सुनसरीमा २६, झापा, गुल्मी र पाल्पामा २२\२२, कपिलवस्तुमा १७, नवलपरासीमा १६, सोलुखुम्बुमा १३, प्युठानमा १०, धादिङमा ९, ताप्लेजुङ र नवलपरासी पूर्वमा ८\८, तेह्रथुममा ७ र धनकुटा, तनहुँ, बर्दिया, दैलेख, कञ्चनपुर, बझाङ र बैतडीमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

    इलाम, सिराहा, दोलखा र मकवानपुरमा ५\५, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुपाल्चोक, गोरखा र अर्घाखाँचीमा ४\४, बारा, रसुवा, स्याङ्जा र अछाममा ३\३ जना, भोजपुर, संखुवासभा, रौतहट, सर्लाही, लमजुङ, बागलुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत र डडेल्धुरामा २\२ र उदयपुर र ओखलढुंगा, धनुषा महोत्तरी, सल्यान र हुम्लामा १र१ जनामा संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ ।

  • बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु

    बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु

    बुटवल । रुपन्देहीमा बुबाको चक्कु प्रहारबाट आफ्नै छोराको ज्यान गएको छ । प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले चक्कु प्रहारबाट आफ्ना ११ वर्षिय छोरा पदमबहादुरको हत्या गरेका छन् । घटना शनिबार भएको हो ।

    प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । त्यसक्रममा छोरा पदमबहादुरले प्रतिकार गरेका थिए । त्यसपछि शेरबहादुरले छोरामाथि नै चक्कु प्रहार गरेका थिए ।

    चक्कु लागेका उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । शेरबहादुरलाई शनिबार राति नै इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

  • भौतिक रुपमा स्कुल चलाउन कार्यढाँचा तय

    भौतिक रुपमा स्कुल चलाउन कार्यढाँचा तय

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण करीव ७ महिनादेखि स्कुल बन्द छन् । भौतिक रुपमा स्कुल संचालनको वातावरण बनेको छैन । तर, अब भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ तयार पारेको छ ।

    कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्न अब पर्याप्त प्रकाश र हावा आवत–जावत हुने कक्षाकोठा चाहिने भएको छ । कार्यढाँचामा विद्यालय र स्थानीय तहलाई फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवत–जावत गर्न सक्ने कक्षाकोठा बनाउन निर्देशन दिएको छ ।

    आवश्यकता अनुसार कक्षाकोठा, सभाहल, छात्रावास, फर्निचर, शौचालय आदि पुनःव्यवस्थापन तथा मर्मत समेत गर्नु पर्ने भएको छ ।


    विद्यालय व्यवस्थापन समितिले शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी तथा अभिभावकले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, भौतिक दुरी कायम गर्नुपर्ने, त्यही अनुसार खाजा व्यवस्थापन गर्नुपर्ने कार्यढाँचामा लेखिएको छ ।

    स्थानीय तहले विद्यालयहरूमा पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, हात धुने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अन्य सुरक्षा उपकरण प्रयोग गर्ने र घरमा समेत त्यसको अभ्यास गराउन व्यवस्थापन गर्नुपर्ने कार्यढाचामा उल्लेख छ ।

  • एक्लिएका प्रधानमन्त्रीले पुनः तिब्र बनाए छलफल

    एक्लिएका प्रधानमन्त्रीले पुनः तिब्र बनाए छलफल

    काठमाडौं । नेकपामा एक्लो बनेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई आफ्नो पक्षमा तान्न छलफललाई पुनः तिब्र बनाएका छन् । अघिल्लो साता अर्का अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच पत्रमार्फत वाकयुद्ध भएको थियो ।

    त्यस क्रममा प्रचण्डले वर्तमान सरकारका कमी कमजोरी र आम मानिसले उठाएका प्रश्नलाई पत्रमा राखेका थिए । ओलीले भने यसलाई वाहियात र झुटो आरोप भन्ने गरेका छन् । आज ओलीले नेताहरुलाई फकाउने प्रयासमा वरिष्ठ नेता माधवकुमार नेपाल र बामदेव गौतमसँग भेटेका छन् । भेटमा दुबै नेताले ओलीलाई सच्चिन सुझाव दिएको बताएको छ ।

    प्रचण्डको सरकारबारेको राजनीतिक प्रतिवेदनमा आफुहरुको समेत हिस्सा भएको भन्दै उनीहरुले ओलीले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउनुको विकल्प नभएको सन्देश दिएर फर्किएका छन् । आज ओलीले नेता नेपालसँग करीव २ घण्टा र गौतमसँग करीव डेढ घण्टा छलफल गरेका छन् ।

    आजको भेटमा महासचिव विण्णु पौडेलसमेत सँगै थिए । भेटमा पार्टीको बैठक राखेर सरकार र प्रधानमन्त्रीमाथि लागेका आरोपको खण्डन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीले भने आरोपमा कुनै खण्डन दिनु आवश्यक नभएको अडानमा छन् ।

    आजको भेटमा प्रधानमन्त्री ओलीले अब प्रचण्डसँग सँगै हिँड्न नसकिने बताएको समेत नेताहरुलाई उदृत गर्दै नेपाली संचारमाध्यमले लेखेका छन् ।

  • नेपालमा थपिए १९४६ संक्रमित, २५०३ जनाले जिते

    नेपालमा थपिए १९४६ संक्रमित, २५०३ जनाले जिते

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या पछिल्लो २४ घण्टामा १९४६ जना थप भएका छन् । यससँगै अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ५ सय ३ जनाले भने कोरोना जित्न सफल भएका छन् ।

    अब नेपालमा कोरोना जित्नेको संख्या भने १ लाख ७० हजार ६ सय ३२ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा ३६ हजार चार सय ५३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् । १ हजार ५७ जना भने क्वरेण्टीनमा छन् ।

  • सुनिल थापा बने कांग्रेस सहमहामन्त्री

    सुनिल थापा बने कांग्रेस सहमहामन्त्री

    काठमाडौं । नेपाली कांग्रेसले सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको हो । बैठकले थापासँगै कांग्रेसमा प्रवेश गरेका ६ जना नेतालाई समेत केन्द्रीय सदस्य बनाउने निर्णय समेत गरेको पार्टी कार्यालयले जनाएको छ ।

    अब रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टि.एन. योगीलाई कांग्रेसका केन्द्रीय सदस्य बनेका छन् । दिलिप राई आशाराम चौधरी र राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णय समेत पार्टीले गरेको छ । थापा राप्रपा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका पुत्र हुन् ।

  • पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ?

    पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ?

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ६ हजार हजार ३३५ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३७ जना निको भइ घर फर्केका छन्। यो सँगै नेपालमा एक लाख ६८ हजार १२९ जना संक्रमित उपचारपछि निको भएका छन्।

    हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार २२ जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाम ४, उदयपुरमा ७, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ५६, ताप्लेजुङमा १, तेह्रथुममा ५, धनकुटामा ३, पाँचथरमा ४, भोजपुरमा ४, मोरङमा १०८, सोलुखुम्बुमा ३ र सुनसरीमा १०८ जनामा कोरोना भेटिएको छ।

    प्रदेश २ को धुनषामा १५, पर्सामा ७, बारामा २, महोत्तरीमा ७, रौतहटमा ३, सप्तरीमा १६, सर्लाहीमा ६ र सिरहामा १९ जनामा कोरोना पाइएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र ९ सय १९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४०, चितवनमा १४, दोलखामा ७, धादिङमा १७, नुवाकोटमा १७, भक्तपुरमा १०८, मकवानपुरमा २५, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १८०, सिन्धुलीमा ६ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७६, गोरखामा ५, तनहुँमा ४, नवलपरासी पूर्वमा ४७, पर्वतमा ३, माग्दीमा २, लमजुङमा २, वागलुङमा ६ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको कपिलवस्तुमा ५, गुल्मीमा ६, दाङमा ८, नलवपरासीमा ७, पाल्पामा १९, प्यूठानमा ४, बर्दियामा २५, बाँकेमा ३३, रोल्पामा ७ र रुपन्देहीमा ४० जनामा कोरोना पाइएको छ।

    यस्तै, कर्णाली प्रदेशको दैलेखमा १, रुकुम पश्चिममा १, सल्यानमा २ र सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ।

    सुदूरपश्चिमको हुम्लामा १, अछाममा १, कञ्चनपुरमा ११, कैलालीमा ४१, डोटी ९, दार्चुलामा ३, बझाङमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

  • अमेरिकाले हस्तान्तरण गर्‍यो सय थान भेन्टिलेटर

    अमेरिकाले हस्तान्तरण गर्‍यो सय थान भेन्टिलेटर

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अमेरिकी सरकारले १ सय थान भेन्टिलेटर सहयोग गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रबार मन्त्रालयमा १ सय थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।

    कोरोना संक्रमणबाट गम्भीर भएका बिरामीलाई उपचार गर्न भेन्टिलेटर आवश्यक हुन्छ। नेपालमा पर्याप्त भेन्टिलेटर नहुँदा सबै गम्भीर बिरामीले उपचार पाउन सकेका छैनन्। यही समस्यालाई दृष्टिगत गरी अमेरिकी सरकारले नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो।

    मन्त्री ढकालले भेन्टिलेटर सहयोगका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई धन्यवाद दिँदै अति आवश्यक स्वास्थ्य संस्थामा भेन्टिलेटर प्रयोग गर्ने बताए। नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै भेन्टिलेटर र आइसियूमा उपचार गराउने गम्भीर संक्रमितको संख्या पनि बढ्दै गएको छ।

    स्वास्थ्य मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार ८७ जना भेन्टिलेटरमा र ३ सय ७३ जना संक्रमित आइसियूमा उपचाररत छन्।

    नेपालमा बिहीबारसम्म १ हजार १८९ जना संक्रमितको मृत्यु भएको छ। तीमध्ये अधिकांश भेन्टिलेटरमा उपचार गराइरहेका गम्भीर बिरामी रहेको चिकित्सकको भनाइ छ।

  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको हो ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि विहिबार १५ जनाको मृत्यु भएको थियो।

  • काठमाडौं उपत्यकामा १२०७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १२०७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

  • नेपालमा थप २१११ जनामा कोरोना संक्रमण, ३५३७ जना संक्रमणमुक्त

    नेपालमा थप २१११ जनामा कोरोना संक्रमण, ३५३७ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ६ हजार हजार ३३५ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३७ जना निको भइ घर फर्केका छन्। यो सँगै नेपालमा एक लाख ६८ हजार १२९ जना संक्रमित उपचारपछि निको भएका छन्।

    हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार २२ जना रहेका छन् ।

  • नेकपा सचिवालय बैठक बस्दै, प्रचण्डसहित ५ नेताको एक मत

    नेकपा सचिवालय बैठक बस्दै, प्रचण्डसहित ५ नेताको एक मत

    काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि आनाकानी गर्दै आएको बैठक कार्यकारी अध्यक्ष प्रचण्डले आफै डाकेर एक्सन लिने चेतावनीपछि बस्न तयार भएको हो ।

    सचिवालय बैठक अघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सचिवालय सदस्यसँग अनौपचारिक छलफल गरेका छन् । प्रचण्डले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका हुन् ।

    पाँच नेताबीच आजको बैठकमा एकमतका साथ प्रस्तुत हुने सहमति जुटेको छ । सरकार संचालनका दौरान पार्टीको निर्देशन नमानेको, पार्टीमा विभाजन ल्याउन खालका अभिव्यक्ति र गतिविधि गरेको दिएको आरोप नेताहरुले प्रधानमन्त्रीलाई लगाएका छन् ।

    बैठक शुक्रबार अपरान्ह ४ बजे बोलाइएको छ । यसअघि यी पाँच सदस्यले बैठक बोलाउन प्रधानमन्त्रीलाई निकै पटक अल्टीमेटम दिएका थिए । प्रधानमन्त्रीले भने आनाकानी गरेका थिए ।

  • अन्तराष्ट्रिय फुटबल : आज नेपाल र बंगलादेश भिड्दै

    अन्तराष्ट्रिय फुटबल : आज नेपाल र बंगलादेश भिड्दै

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । एक साता अगाडी बंगलादेश पुगेको नेपाली राष्ट्रिय फुटबल टिमले आज नेपाली समय अनुसार पौने ५ बजे बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीच ढाकास्थित बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा हुनेछ ।

    मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज नाम दिइएको यस सिरिजमा नेपाल र बंगलादेशबीच दुई खेल हुनेछन् । पहिलो खेल आज हुनेछ । दोस्रो खेल भने मङ्सिर २ मा रहेको छ । कोरोना भाइरसको महामारीपछि नेपाल पहिलो पटक अन्तर्राट्रिय प्रतियोगितामा खेल्न लागेको हो ।

    बंगलादेशसँग खेल्दा नेपालले २०२१ मा हुने फिफा विश्वकप छनोट र फिफा वरीयतालाई महत्व दिएको छ । नेपाल र बंगलादेशबीच कुल १९ पटक प्रतिस्पर्धा भएको छ ।

    यसमा १२ पटक बंगलादेश विजयी भएको छ । नेपालले ६ खेल आफ्नो पक्षमा पारेको छ । १ खेल बराबरी भएको छ । पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा साफ च्याम्पियनसिप अन्तर्गतको भिडन्तमा नेपालले बंगलादेशलाई हराएको थियो ।