Category: समाचार

  • कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस, को–को परे ?

    कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस, को–को परे ?

    काठमाडौं । मन्त्रिपरिषद बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । मंगलबार बिहान बालुवाटारमा बसेको बैठकले कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस गरेको हो ।

    श्रोतका अनुसार कोरियाका लागि डा कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल र इजिप्टका लागि निर्मलराज काफ्लेको नाम सिफारिस भएको छ ।

  • संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

    संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन सबैमा आग्रह गरेका छन्।

    बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्रीले बैठकको शुरूमै सहभागी नेताज्यूलाई स्वागत गर्दै छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेका थिए। समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रमुख एवं प्रतिनिधिहरू सहभागी छन् ।

    बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, सहमहामन्त्री डा प्रकाशशरण महत, नेमकिपाको तर्फबाट प्रेम सुवाल, जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव लगायतको सहभागिता रहेको छ ।

  • विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

    विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

    काठमाडौं । मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ ।

    मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो ।

    मंगलबार बिहानै उनलाई घरबाटै ‘अज्ञात समूह’ले अपहरण गरेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।

    नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

    प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको जनाएको छ । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको थिए ।

  • आज मेसी र रोनाल्डो आमने-सामने

    आज मेसी र रोनाल्डो आमने-सामने

    काठमाडौं । फुटबल प्रेमीहरुका लागि आज खास दिन रहेको छ । समकालिन फुटबलका सर्वाधिक सफल दुई खेलाडी लियोनल मेसी र रोनाल्डोबीच आज दुई वर्षपछि पहिलो पटक मैदानमा भिडन्त हुँदैछ । अर्कोतर्फ यो अवसर पुनः कहिले जुट्ने हो भन्ने पनि निश्चित छैन ।

    यस अवस्थामा बहुप्रतिक्षित खेल आज राती नेपाली समय अनुसार राती पौने २ बजे हुँदैछ । युरोपियन च्याम्पियन्स लिगमा आज दुई टोली युभेन्टस र बार्सिलोना भिडन् लागेका हुन् । जसमा मेसी र रोनाल्डो एक अर्काविरुद्ध खेल्नेछन् । यसअघि रोनाल्डो स्पेनिस लालिगामा रियल म्याड्रिडको तर्फबाट खेल्ने गर्थे ।

    त्यसबेला उनीहरु बीचको भिडन्त रोमान्चक हुने गथ्र्यो । युरोपियन च्याम्पियन्स लिगको समुह चरणबाट दुबै टोली अन्तिम १६ मा पुगिसकेका छन् । तर, यो भिडन्त समुहको शीर्ष स्थानमा रहनु मात्र नभई मेसी र रोनाल्डोको उत्कृष्तता भिडन्तका रुपमा समेत हेरिएको छ ।

    खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ । अपराजित रहेको बार्सिलोना शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । युभेन्टस दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।यसअघि बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा २–० गोलले हराएको थियो ।

  • आज सर्वदलीय बैठक बस्दै, जनसरोकारका विषय उठाउने कांग्रेसको तयारी

    आज सर्वदलीय बैठक बस्दै, जनसरोकारका विषय उठाउने कांग्रेसको तयारी

    काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । दिउँसो ११ बजे बोलाइएको बैठकमा सरकारका एजेण्डा भने सार्वजनिक गरिएको छैन । आज सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्दैछ । त्यसको औपचारिक जानकारी सबै दललाई प्रधानमन्त्रीले दिने बताइएको छ । यता, विपक्षी नेपाली कांग्रेसले भने सर्वदलीय बैठकमा जनसरोकारका विषय उठाउने तयारी गरेको छ ।

    प्रधानमन्त्रीले बैठकका लागि डाकेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठकका लागि कांग्रेसका तर्फबाट एजेन्डा तयार गर्न सोमबार शीर्ष नेताहरूको बैठक बोलाएका थिए । उक्त बैठकले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ ।

    राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेको विषयमा समेत सरकारको ध्यानाकर्षण गराउने तयारी कांग्रेसको छ । पार्टीभित्र तिब्र विवादको सामना गरिरहेका प्रधानमन्त्रीले संसद् अधिवेशनसमेत बोलाउन सकेका छैनन् । यसअवस्थामा उनले बोलाएको सर्वदलीय बैठकलाई चासोका साथ हेरिएको छ ।

    बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी हुनेछन् । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।
    प्रधानमन्त्री ओलीले यसअघि गएको जेठमा भारतले लिपुलेक, कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए ।

  • आज सगरमाथाको नयाँ उचाई घोषणा

    आज सगरमाथाको नयाँ उचाई घोषणा

    काठमाडौं । आज सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा हुँदैछ । सरकारले एकवर्ष अगाडी टोली खटाएर चुचुरो सम्मै पुगेर नापजाँच गरेको सगरमाथाको उचाई आज नापी विभागले सार्वजनिक गर्न लागेको हो । यस पटक चीन र नेपालले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्न लागेका छन् । सोहीकारण नयाँ उचाई सहजै विश्वव्यापी मान्य हुने भएको छ ।

    सगरमाथा चुचुरो नेपालमा पर्छ । अहिले सगरमाथाको उचाई ८८४८ मिटर रहेको छ । २०७२ सालमा आएको भूकम्पले गराएको हलचलका कारण सगरमाथाको उचाईमा परिवर्तन आएको भन्दै यसको नयाँ उचाई घोषणाको माग उठेको थियो ।

    त्यसपछि नेपाल र चीनले छुट्टाछुट्टै टोली खटाएर उचाई नाप गरेका थिए । आज संयुक्त रुपमा नेपालमा उचाई घोषणा गरिदैछ । सगरमाथाको उचाईलाई संसारभरबाट चासोका साथ हेरिएको छ । मंगलबार दिउँसो साढे १ बजे उचाई घोषणा गरिने भएको छ ।

  • नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिइन्

    नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिइन्

    काठमाडौं । नायिका श्वेता खड्काले सोमबार विवाह गरेकी छिन् । स्व. नायक श्रीकृष्ण श्रेष्ठसँग ६ वर्ष अगाडी उनको पहिलो विवाह भएको थियो । तर, विवाहको एक महिनामै उनले पति वियोग सहनु परेको थियो । त्यसपछि आफुलाई सम्हाल्दै सिने क्षेत्रमा निरन्तर अगाडी बढेकी उनले आज दोस्रो विवाह धनगढीका विजयेन्द्र सिंह रावतसँग गरेकी हुन् ।

    उनी चलचित्रसँगै विभिन्न व्यवसायमा समेत जम्दै गएकी छिन् । चलचित्र ‘कहाँ भेटिएला’ बाट सिने क्षेत्रमा प्रवेश गरेकी श्वेताको २०७१ साल असार २३ मा श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो ।

  • नेपालमा १०१४ जनामा कोरोना पुष्टी, १६२८ जना निको भए

    नेपालमा १०१४ जनामा कोरोना पुष्टी, १६२८ जना निको भए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार २ सय २० जनाको नमुना परीक्षणबाट उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन् ।

    यससँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४१ हजार नौ सय ९५ पुगेको छ । यस अवधिमा १ हजार ६ सय २८ जना निको भएर फर्किएका छन् । नेपालमा अब डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख २७ हजार चार सय ३३ पुगेको छ ।

    नेपालमा १२ हजार नौ सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् । पाँच सय २७ जना मात्र क्वारेन्टिनमा रहेका छन् । २४ घण्टामा थप २० जना सङ्क्रमितको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय १४ पुगेको छ ।

  • स्वयम्भु क्षेत्रका बुद्धमुर्तिहरु भत्काउन पाईंदैन; शेर्पा किदुग

    स्वयम्भु क्षेत्रका बुद्धमुर्तिहरु भत्काउन पाईंदैन; शेर्पा किदुग

    कल्पना घिमिरे, न्युयोर्क

    विश्व सम्पदा सुचिमा सुचिकृत भएको स्वयम्भु क्षेत्र भित्रका बुद्ध मुर्ति सहित केही महत्वपूर्ण स्तुप र मुर्तिहरु भत्काउने सरकारको निर्णयप्रति युनाइटेड शेर्पा एसोसिएशन (शेर्पा किदुग )को ध्यानाकर्षण भएको छ ।
    नेपाल सरकारले काठमाडौ उपत्यकाको कलंकीदेखि चाबहिलसम्मको सडक विस्तार गर्ने क्रममा विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्वयम्भू क्षेत्र भित्र स्थापित हजार बुद्ध मूर्ति सहितको स्तूप र थुप्रै धार्मिक संरचनाहरु भत्काउन लागेको समाचार प्रति शनिबार एक प्रेस बिज्ञप्ति जारी गर्दै शेर्पा किदुगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।
    भगवान बुद्धको पवित्र जन्मभुमी नेपालमा बौद्ध सम्पदाहरुको उचित संरक्षण र प्रवर्द्धन गरिनुको साटो बिनास तर्फ उन्मुख भएकोप्रति किदुगले दुःख ब्यक्त गरेको छ ।
    किदुगका अनुसार नेपाल सरकारको यो गैर जिम्मेवारीपूर्ण निर्णयले विश्व शान्तिका अग्रनायक भगवान बुद्धका समस्त अनुयायीहरुको आस्था र विश्वाश माथि आघात पुग्न गएको छ । यस असंवेदनशील निर्णयको कारण विश्व समुदायको सामु नेपालको छबिमा कालो धब्बा लाग्ने देखिन्छ ।


    ‘बौद्ध मान्यता अनुसार कुनै पनि स्थान बिशेषमा भुमी पूजन गरी स्थापना गरिएको मूर्ति, स्तूप अथवा मन्त्रहरु कुँदिएका हातले घुमाउने मणिचक्र जे भए पनि एक पटक प्राण प्रतिस्ठा सम्पन्न गरी सकेपछि कदापि हटाउन मिल्दैन । यस्ता सांस्कृतिक सम्पदाहरुलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न समेत मिल्दैन । त्यस्ता धार्मिक आस्थाका प्रतीकहरु भत्काउने कुराको कल्पना मात्रै पनि गर्न सकिंदैन । कुनै पनि धार्मिक समुदाय बिशेषको भावनामा ठेस् पुर्याउन सक्ने सबै खाले अवांछित् कार्यहरुमा हाम्रो सदैव असहमति रहनेछ’ बिज्ञप्तिमा उल्लेख छ, ‘बिकास निर्माणको नाममा वर्तमान सरकारले गर्न लागेको यस निन्दनिय कार्यको युनाइटेड शेर्पा एसोसिएशन घोर भत्र्सना गर्दछ ।
    बिकास निर्माणका अन्य थुप्रै उपाय हुन सक्छन् । बिभिन्न बिकल्पहरु रोज्न सकिन्छन् । सडक विस्तारका लागि कुनै समुदायको आस्था माथि नै प्रहार गर्नु पर्छ भन्ने छैन । कसैको धार्मिक आस्थाका संरचनाहरु तोड्नु भनेको उनीहरुको मुटुमा प्रहार गर्नु हो ।’

    ‘विगतमा बुद्ध जन्मेको देशबाट बौद्ध भिक्षुहरुलाई देश निकाला गरेको कालो इतिहास मेटेर मेटिंदैन । बौद्ध धर्मावलम्बीहरुले हरेक शुभकार्यमा प्रयोग गरिने खताग माला प्रतिवन्धित गर्नु पर्छ भन्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको खेदपूर्ण अभिब्यक्ति पनि बिर्सन सक्दैनौं । काक्रे विहार घटनाको चोट आलै छ । धर्मिक आस्था माथिको निरन्तर प्रहार असहनीय बन्दै गईरहेको छ । प्रज्ञा र करुणाको अभ्यास गर्ने बौद्ध धर्मावलम्बीहरु सहनशील हुन्छन् । क्षमाशील पनि हुन्छन् । त्यसो भन्दैमा बारम्बार अन्याय गरी रहँदा अकल्पनीय परिणाम निस्कन सक्छ’ सरकारको ध्यानाकर्षण गर्दै भनिएको छ, ‘तसर्थ बिकास र सडक विस्तारको नाममा हुन लागेको यो विध्वंशकारी कार्य रोक्न नेपाल सरकारले आफ्नो निर्णय अविलम्ब सच्याई परिस्थितिलाई थप जटिल बन्न नदिन किदुगले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ । किदुगका अध्यक्ष उर्गेन शेर्पाले बिज्ञप्ती जारी गर्दै भनेका छन् ‘नेपाल सरकारबाट हाम्रो बिनम्र आग्रह प्रति तत्काल संबोधन नभएको खण्डमा धार्मिक सम्पदा संरक्षणको अभियानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा तीब्र बनाउँदै संयुक्त राष्ट्र संघ सम्म पुग्ने हामी वाध्य हुनेछौं।’
    ‘हामी धार्मिक सहिष्णुता कायम गर्न चाहन्छौं । बुद्ध जन्मेको देशमा बुद्धका स्मारकहरुको संरक्षण गर्ने अभियानमा हातेमालो गर्दै सबैले आआफ्नो स्थानबाट कृयाशील भई साथ र सहयोग गर्न पनि किदुगले अपिल गरेको छ ।

  • नुवाकोट-अमेरिका जनसम्पर्क समितिको घोषणा सभा सम्पन्न; बिज्ञान खनाल सभापति

    नुवाकोट-अमेरिका जनसम्पर्क समितिको घोषणा सभा सम्पन्न; बिज्ञान खनाल सभापति

    न्युयोर्क

    नेपाली काँग्रेससँग आबद्द नुवाकोट जिल्लाका प्रबासीहरुको संगठन “नुवाकोट अमेरिका जनसम्पर्क समिति” को घोषणा-सभा यही डिसेम्बर ६ तारिख आइतबार सम्पन्न भएको छ । सभाले बिज्ञान खनालको सभापतित्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेका छन ।
    गृह जिल्लाका प्रभावशाली काँग्रेसी नेताहरूको प्रमुख आतिथ्यमा सम्पन्न सभाको कार्यविधि कोरोना महामारीको कारण जुम मार्फत भर्चुअल्ली गरिएको हो ।

    सभामा नेपाली कांग्रेसका नेताहरू क्रमश; अर्जुन नरसिंह केसी, डा. रामशरण महत, केंद्रीय सदस्य तथा सभासद बहादुर सिंह लामा तथा नेपाली कांग्रेस नुवाकोट जिल्ला पार्टी सभापति जगदीश्वर नरसिंह केसी, केदार नरसिंह केसी सभापति प्रजातांत्रिक समाज, महासमिति सदस्य, रमेश महत महासमिति सदस्य, सन्तमान तामाङ् प्रमुख जिल्ला समन्यय समिति, अप्सरा थापा उपप्रमुख जिल्ला समन्यय समिति, डा राजन पन्त US Nepal policy reserch center, बिष्णु सूबेदी संयोजक जनसम्पर्क समिति अन्तरकृया संजाल, धनंजय नरसिंह केसी सभापति जनसम्पर्क समिति लगायतका नेताहरुको उपस्थिति थियो । नवनियुक्त सभापति बिज्ञान खनालले सञ्चालन गरेको कार्यक्रमको स्वागत भाषण इन्द्रा सिटौलाले गरेको थियो ।

    कार्यक्रमलाई सम्वोधन गर्दै नवगठित कार्य समिति सभापति खनालले अमेरिकामा छरिएर रहेका साथीहरूलाई अझ संगठित गर्दै एकताको भावना बिकास गर्ने बताएका छन् ।
    नवगठित कार्यसमिति;
    सभापति : बिज्ञान खनाल (तादी)
    बरिष्ठ उपसभापति : दिनेश पाण्डे (शिबपूरी)
    उपसभापति : रामबाबू पाण्डे (बेलकोटगढ़ी)
    उपसभापति : ज्योति पाण्डे (तादी)
    उपसभापति : डा. सिर्जना भण्डारी (तादी)
    उपसभापति: रामकृष्ण भट्ट (किस्पांग)
    उपसभापति : नमराज न्यौपाने (बिनपा)
    महासचिब : इन्द्र सिटौल (तादी)
    सचिव : डा दीपेन्द्र दाहाल ( बेलकोटगड़ी)
    सचिव : भुवनमान डंगोल (बिनपा)
    सचिव : शैलेश आचार्य (दुप्चेस्वर)
    कोषाध्यक्ष : रबिश वाईबा (बेलकोटगढ़ी)
    सदस्यहरू;
    भोजेन्द्र जीसी ( लिखु) हरी लमिछाने (लिखु) सुदर्शन धिताल (दुप्चेस्वर) कोमल डोटेल (बेलकोटगढ़ी) कल्पना थपालिया (लिखु) रश्मी तामांग (मेघांग) गोपाल कृष्ण कडेल (पंचकन्या) रामेश्वर पाण्डे (बेलकोटगढ़ी) प्रकाश शर्मा (तारकेस्वर) महेश खड़का (बिनपा) तूफ़ान खातिवडा (पंचकन्या) सागर अधिकारी (बेलकोट) नमराज गुरुंग (दुप्चेस्वर) देवेन्द्रकुमार लो (ककनी) उत्सब रिमाल (बेलकोटगढ़ी) राघब लामिछाने (ककनी) रामेश्वर खनाल (तादी)

    नवगठित कार्यसमितिलाई उपस्थित अतिथि तथा सहभागीहरुले वधाई तथा शुभकामना प्रदान गरेका थिए ।

  • बानेश्वर र बनेपामा सडक दुर्घटना, तीन जनाको मृत्यु

    बानेश्वर र बनेपामा सडक दुर्घटना, तीन जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भ्एको छ । बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाडौं आलोकनगरका ७० वर्षिय लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकार दिएको छ ।

    धितालको राति पौने १० बजे सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक पक्राउ परेका छन् । उता, काभ्रेको बनेपामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

    बनेपाबाट धुलिखेल जाँदै गरेको ना १२ प ७४२९ नम्बर र प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकलको पछाडि बस्ने सिन्धुपाल्चोक चौताराका २८ वर्ष हरिकृष्ण बस्नेत र ना १२ प ७४२९ नम्बरको मोटरसाइकल चालक धुलिखेल ६ का २० वर्षका सत्यमान तामाङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

    उनीहरुको उपचारका क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको हो । घाइते तीन जनाको पनि धुलिखेल अस्पतालमा उपचार जारी छ ।

  • दार्चुलामा ट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु

    दार्चुलामा ट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु

    दार्चुला । दार्चुलामा ट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दार्चुलाको मालिकार्जुन गाउपालिका–१ भर्तोलामा ट्रक दुर्घटनामा परी तीनजनाको मृत्यु भएको प्रहरीले जनाएके छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका छन्।

    मृतक दुईजनाको परिचय अझै नखुलेको प्रहरीले जनाएको छ । गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक आइतबार राति १० बजे दुर्घटनामा परेको हो । प्रहरीका अनुसार ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको थियो ।

  • कोरोनाबाट विदेशमा यो साता थप दुई गैरआवासीय नेपालीको निधन, मृत्यु हुनेको संख्या ३०१ पुग्यो

    कोरोनाबाट विदेशमा यो साता थप दुई गैरआवासीय नेपालीको निधन, मृत्यु हुनेको संख्या ३०१ पुग्यो

    काठमाडौं । विश्वका विभिन्न २० मुलुकमा मृत्यु हुने कोरोना संक्रमित नेपालीको ३०१ पुगेको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो। यो साता जर्मनीमा एक र भारतमा एक नेपाली संक्रमितको मृत्यु भएको हो।

    जर्मनीमा कोरोना भाइरस संक्रमित नेपालीको निधन भएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए। स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ।

    शनिबार साँझसम्म विदेशका ४९ मुलुकमा ४८ हजार ६३९ गैरआवासीय सङ्क्रमित भएका छन्। सोही अवधिमा ४४ हजार ६७१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।

    हालसम्म नेपालमा मात्र दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट सङ्क्रमित पुगेका छन् भने तीमध्ये दुई लाख ३४ हजार ७५६ जना कोरोनामुक्त भएका छन्। नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको छ। नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक हजार ५२९ जनाको ज्यान गएको छ ।

  • काठमाडौं उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लाका ३५१ जना, ललितपुरका ७४ जना र भक्तपुरका ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

  • थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५९४ पुग्यो

    थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५९४ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा देशभर १७ जना संक्रमतिको मृत्यु भएको हो ।

    यो सहित अहिलेसम्म नेपालमा १५९४जना संक्रमितको मृत्यु भएको छ ।

  • नेपालमा थप १०९६ जनामा कोरोना पुष्टि, १७५२ जना संक्रमण मुक्त

    नेपालमा थप १०९६ जनामा कोरोना पुष्टि, १७५२ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १०९६ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४० हजार ९८१ रहेको छ । थप १७५२ जना संक्रमण मुक्त भएको छन् ।

    संक्रमित मध्ये संक्रमित मध्ये २ लाख २५ हजार ८०५ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १३ हजार ५ सय ८२ रहेको छ ।

  • नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गतेसम्मको लागि स्थगित, केन्द्रीय समिति बैठक पुसमा सर्‍यो

    नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गतेसम्मको लागि स्थगित, केन्द्रीय समिति बैठक पुसमा सर्‍यो

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक मंसिर २८ गतेबस्ने गरि स्थगित भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक एक साताको लागि रोकिएको हो । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली भने सहभागि भएका थिएनन् ।

    बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको बैठकपछि नेता देवेन्द्र पौडेलले जानकारी दिए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए। उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए।

    उक्त पत्रमा प्रचण्डको प्रस्तावबारे औपचारिक छलफल गर्न नसकिने ओलीले उल्लेख गरेका छन्। यस्तै, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको छ ।

  • कडा सुरक्षा घेराबीच नेकपा स्थायी कमिटी बैठक, ओली अनुपस्थित

    कडा सुरक्षा घेराबीच नेकपा स्थायी कमिटी बैठक, ओली अनुपस्थित

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ। कडा सुरक्षा घेराबीच पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरू भएको हो ।

    बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थितित भएनन्। हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको स्रोतले जनाएको छ ।

    स्थायी कमिटी बैठकमा यसअघि दुवैजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा पेस गरेको पत्र, सचिवालय सदस्यहरुले लेखेको पत्र, ओलीको जवाफलगायतका दस्तावेज पेस हुनेछ ।

    उक्त प्रस्तावमाथि स्थायी कमिटीका सदस्यहरुले छलफल गर्नेछन् । पछिल्लो ६ महिनादेखि चुलिँदो अविश्वास र सतहमा आएका झगडाका कारण फुटको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजका लागि तय गरिएको थियो ।

    पार्टीका दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएसँगै नेकपाभित्रको विवाद झन् पेचिलो बन्दै स्थायी कमिटी बैठकमा प्रवेश हुँदैछ । त्यसैले आजको बैठकलाई निकै अर्थपूर्ण मानिएको छ ।

    हिजो (शनिवार) बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी कमिटीलाई दिएसँगै आज धुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक बसेको हो ।

  • कौशलटारमा कार दुर्घटना, एक जनाको मृत्यु

    कौशलटारमा कार दुर्घटना, एक जनाको मृत्यु

    भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ कौशलटारमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्दाजी २५ वर्षकी एक युवतीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

    दुर्घटनास्थलमा बेहोस अवस्थामा भेटिएकी युवतीलाई अस्पताल लैजाने क्रममा ज्यान गएको हो । प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ८ च ४७५६ नम्बरको कार राति पौने १ बजे सडक छेउमा सिमेन्टको पोलमा ठोक्किदा दुर्घटनामा परेको हो ।

    कार चालक, कारमा भएका मानिस र दुर्घटनाको कारण भने अझै पत्ता नलागेको प्रहरीले जनाएको छ ।

  • आज बस्दैछ नेकपा स्थायी कमिटी बैठक, दुबै प्रतिवेदन पेश हुँदै

    आज बस्दैछ नेकपा स्थायी कमिटी बैठक, दुबै प्रतिवेदन पेश हुँदै

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह १ बजे बैठक बोलाइएको हो । आजको बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

    यद्दपी आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने वा नहुने भन्ने निश्चित छैन । पार्टीमा बैठक बोलाउन माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित ५ नेताले लेखेको पत्र,त्यसको जबाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र पनि आजको बैठकमा पेश गरिनेछ ।

    प्रचण्डसहितका नेता यी सबै पत्र र प्रस्ताव पार्टीका गहना भएको भन्दै छलफल हुनेपर्ने अडानमा छन् । प्रधानमन्त्री भने यी सबै बैठक बस्न नहुने अडानमा छन् ।

    प्रधानमन्त्री ओलीले आफुमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने बताइरहेका छन् । बहुमत सचिवालय सदस्य आजको स्थायी कमिटी बैठक बोलाउनुपर्ने पक्षमा रहेपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन्। तर, उनको उपस्थितिको भने निश्चितता छैन ।

  • बार्सिलोना काडिचसँग पराजित, ३२ बर्षकै खराब प्रदर्शन !

    बार्सिलोना काडिचसँग पराजित, ३२ बर्षकै खराब प्रदर्शन !

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना काडिजसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

    यो सिजन लगातार खराब प्रदर्शन गरिरहेको बार्सिलोनाको चौथो हार हो । घरेलु मैदानमा भएको खेलमा काडिचलाई जित दिलाउन आल्भारो गिमेन्ज र आल्भारो नेग्रेडोले एक–एक गोल गरे । उता पाहुना टोली बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो ।

    खेलको आठौं मिनेटमा गिमेन्जले गोल गर्दै काडिचलाई अग्रता दिलाए । ५७ औं मिनेटमा पेड्रोले आत्मघाती गोल गर्दा बार्सिलोना बराबरी स्थितिमा पुग्यो । ६३ औं मिनेटमा नेग्रेडोले गोल गर्दै काडिचलाई २–१ गोलको जित दिलाए ।

    जितसँगै काडिचले शीर्ष पाँचमा आफूलाई स्थापित गरेको छ । लिगमा १२ खेल खेलेको काडिचले १८ अंक जोडेको छ ।

    अहिलेसम्म १० खेलमा ४ जित २ बराबरी र ४ खेलमा हारेको बार्सिलोनाको १४ अंक रहेको छ भने लिगमा सातौ नम्बरमा रहेको छ ।

    बार्सिलोनाको ला लिगाको इतिहासमा सन १९८७-८८ सिजनपछि पहिलो पटक यस सिजनमा यति खराब प्रदर्शन गरेको छ । सो सिजनमा बार्सिलोनाको १० खेलमा केवल १३ अंक रहेको थियो ।

    बार्सिलोनाले अब अर्को खेल च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेल युभेन्टससँग आगामी मंगलबार राति खेल्दै छ ।

  • डोटीमा जिप दुर्घटना, वडासचिवसहित ४ जनाको मृत्यु

    डोटीमा जिप दुर्घटना, वडासचिवसहित ४ जनाको मृत्यु

    डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो । प्रहरीका अनुसार दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको महिन्द्रा जिप दुर्घटनामा परेको हो ।

    दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ की मञ्जु त्रिपाठी, उनकी सासू आमा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका–४ चनेकेसैनका कृषि प्राविधिक हरिनारायण भट्टको घटनास्थलमै ज्यान गएको छ ।

    मृतक मन्जु त्रिपाठीका चार वर्षीय छोराको समेत उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा ग्लोबल आईएमई बैंकको बोगटान शाखामा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र जिप चालक कैलाश बम घाइते छन् । जिप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरीले उद्धार गरेका छन् ।

  • नेकपा सचिवालय बैठक: दुवै अध्यक्षको राजनीतिक प्रतिवेदन स्थायी कमिटिमा लैजाने निर्णय

    नेकपा सचिवालय बैठक: दुवै अध्यक्षको राजनीतिक प्रतिवेदन स्थायी कमिटिमा लैजाने निर्णय

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक दुवै अध्यक्षका राजनीतिक प्रतिवेदनलाई स्थायी कमिटीको बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी कमिटिमा पुगेको हो ।

    आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सबै सचिवालय सदस्य सहभागी थिए।

    ‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव स्थायी कमिटीमा प्रस्तुत हुन्छ ।’‘

    उनले पार्टीको समस्याका विषयमा शनिबार छलफल भए पनि निष्कर्ष निस्किन सम्भव नभएको बताए। पूर्वनिर्धारित स्थायी कमिटी भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ ।

    ‘आजको सचिवालय बैठकले भोलीको स्थायी समिति बैठकलाई निश्चित गर्दै पार्टीको संकट र निवारण गर्नेबारे आएका सबै प्रस्ताव त्यहिँ नै पेस र छलफल गर्ने निर्णय गरेको छ,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

    गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव पेश गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए।

    तर, अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव कुण्ठाबाट ग्रसित र तथ्यहीन आरोपले भरिएको भएकाले त्यो प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने अडान राख्दै आएका थिए।

  • थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो

    थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा देशभर १० जना संक्रमतिको मृत्यु भएको हो । यो सहित अहिलेसम्म नेपालमा १५७७ जना संक्रमितको मृत्यु भएको छ । शुक्रबार १६ जना, विहिबार १३ जनाको मृत्यु भएको थियो ।

  • नेपालभर थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना संक्रमणमुक्त

    नेपालभर थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १०२४जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३९ हजार ८८५ रहेको छ । थप २२०६ जना संक्रमण मुक्त भएको छन् ।

    संक्रमित मध्ये २ लाख २४ हजार ५३ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५५रहेको छ ।

  • राजतन्त्रको पक्षमा काठमाडौँमा प्रदर्शन

    राजतन्त्रको पक्षमा काठमाडौँमा प्रदर्शन

    काठमाडौं । राजतन्त्रको माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन भएको छ। शनिबारको संघीयता खारेज हुनुपर्ने, हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था पुनस्र्थापना गर्नुपर्ने लगायतका माग सहित प्रदर्शन गरेका हुन् ।

    शनिबार दिउँसो काठमाडौँको माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।
    राजतन्त्र पक्षधरहरूले राष्ट्रिय झन्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र झाँकीसहित प्रदर्शनमा देखिएका थिए ।

    पछिल्लो केही दिनदेखि राजावादीहरुले हिन्दू राष्ट्र र राजसंस्थाको माग गर्दै देशभर प्रदर्शन गर्दै आइरहेका छन्। जिल्ला प्रशासन कार्यालयले विरोध प्रदर्शन गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न रोक लगाएको छ । तर, प्रदर्शनकारीहरुले प्रशासनको उक्त आग्रहलाई बेवास्ता गर्दै प्रदर्शन गरेका हुन् ।

  • नेपालमा घट्दैछन् कोरोनाका गम्भीर संक्रमित, आईसीयू र भेन्टिलेटरमा ३८२ जनामात्र

    नेपालमा घट्दैछन् कोरोनाका गम्भीर संक्रमित, आईसीयू र भेन्टिलेटरमा ३८२ जनामात्र

    काठमाडौं । पछिल्लो एक सातामा नेपालमा औसतः दैनिक १५ सय हाराहारीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । यसले सक्रिय संक्रमितको संख्यामा कमी आउनुका साथै गम्भीर प्रकृतिका बिरामीको संख्या समेत घटेको देखाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ३८२ कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार जारी छ । मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३२८ संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।


    आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२२ रहेको छ । यस प्रदेशमा ३१ जना भेन्टिलेटरमा छन् । लुम्बिनी प्रदेशमा ७५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा २६ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा रहेको तथ्यांक छ ।

    प्रदेश २ मा ८ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार जारी छ । सुदुरपश्चिममा ७ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८१ आईसीयू र ९ जना भेन्टिलेटरमा रहेका छन् । कर्णाली प्रदेशमा ९ आईसीयूमा रहेको मन्त्रालयको तथ्यांक छ । विज्ञहरुले भने नेपालमा अझै जोखिम नघेको भन्दै सचेत हुन आग्रह गरिरहेका छन् ।

  • २९ मंसिरमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने

    २९ मंसिरमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने

    काठमाडौं । कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गर्दै प्रदर्शन गर्ने भएको छ। नेकपा भित्रको विवादका बीच सरकारले संसदको अधिवेशन बोलाउन सकेको छैन । मंसिर २९ मा देशैभर सरकार विरुद्ध प्रदर्शन गर्ने पनि निर्णय कांग्रेसले गरेको छ ।

    शुक्रबार सभापति शेरबहादुर देउवाको निवासमा पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसेको थियो । बैठकले कांग्रेसले भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकार असफल रहेको भन्दै ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    सदन अविलम्ब बोलाउनुपर्ने, सदन र सडकबाट सरकारका जनहितविपरित कामको विरोध गर्ने निर्णय कांग्रेसले गरेको छ। उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ घटनाबारे बैठकमा ब्रिफिङ गरेका थिए । उनले प्रधानमन्त्रीकै निर्देशनमा पुल उद्घाटनमा अवरोध गरिएको बताएका छन् ।

  • काठमाडौं उपत्यकामा ६०६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ६०६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा ६०६ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४० , ललितपुरमा १२५ र भक्तपुरमा ४१ जनालाई कोरोना संक्रमण देखिएको हो ।

    जसमा २४७ महिला र ३५९ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख ११ हजार ५४६ जना व्यक्ति संक्रमित भएका छन्।

    स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ। त्यसैगरी, आज काठमाडौंमा २, ललितपुमा ३ र भक्तपुरमा २ जना गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    हालसम्म काठमाडौंमा ५ हजार ९९६, ललितपुरमा १ हजार २५५ र भक्तपुरमा ५४० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • चीन र भारतबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक: परराष्ट्रमन्त्री ज्ञवाली

    चीन र भारतबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक: परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन्।

    प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा उनले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको जानकारी दिएका हुन्। भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले मंसिर ११ र चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले मंसिर १४ गते नेपालको औपचारिक भ्रमण गरेका थिए।

    भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमण कोभिड-१९ को संंक्रमणपछि नेपाल र भारतबीच रोकिएका द्विपक्षीय भ्रमणको शुरुआत भएको जनाउँदै मन्त्री ज्ञवालीले भ्रमणमा दुई देशबीचको सीमा समस्या औपचरिक कार्यसूचीमा समावेश गरिएको बताए।

    भारतले नेपालका भूभाग समेटेर नयाँ नक्शा जारी र लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि तथा नेपालले पनि आफ्ना भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटी हालसालै नयाँ नक्शा जारी गरेपछि दुवै देशबीचको सम्बन्धमा केही चिसोपना आएको थियो।

    नेपाल–भारत संयुक्त समितिको बैठक चाँडै हुने र दुवै देशबीचका थाती रहेका विषय उक्त बैठकमार्फत यथाशक्य समाधान गर्न पहल गरिने उनको भनाइ थियो।