साँफेबगर । अछामको रामारोशन–३ मा बाढीको बितण्डामा ठूलो संख्यामा मानवीय क्षति भएको छ । स्थानीय प्रहरीका अनुसार रामारोशन सान्तडास्थित सैनीबजारको बस्ती नै कैलास खोलाले बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १७ जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ । मध्यरातमा स्थानीय कैलाश खोलामा भीषण बाढी आएको थियो । यसल सैनी बजारका १६… Continue reading अछाममा भीषण बाढी, ४ को शव फेला, १९ वेपत्ता
Category: समाचार
कोरोनाबाट ललितपुर र धरानमा थप एक\एक जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको निधन भएको छ । अब देशभर ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ । ललितपुरको पाटनमा एक कोेरोना संक्रमित महिलाको मृत्यु भएको हो । पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको बुधबार विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले उल्लेख गरेको छ । उनी भक्तपुर सुर्यविनायक निवासी हुन्… Continue reading कोरोनाबाट ललितपुर र धरानमा थप एक\एक जनाको मृत्यु
काठमाडौं उपत्यकामा भोली रातीबाट निषेधाज्ञा, कुनकुन गतिविधिमा प्रतिवन्ध ?
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको छ । एक सातासम्म लागु हुने गरी तीन वटै जिल्लामा निषेधाज्ञा लागू भएको हो । यस्तो प्रतिवन्ध बुधबार राती १२ बजेबाट लागु हुनेछ । यस्तो निर्णय १० भदौसम्म कायम रहनेछ । अहिले काठमाडौं सहित ठूला शहरमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा… Continue reading काठमाडौं उपत्यकामा भोली रातीबाट निषेधाज्ञा, कुनकुन गतिविधिमा प्रतिवन्ध ?
कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु,मृतकको संख्या ११४ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिए। प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक–एक जना पुरुष तथा तनहुँकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै… Continue reading कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु,मृतकको संख्या ११४ पुग्यो
काठमाडौं उपत्यकामा कारोना संक्रमितको नयाँ रेकर्ड
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कारोना भाइरसले नयाँ रेकर्ड कायम गरेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो नै अहिले सम्मको धेरै हो संक्रमितहरु काठमाडौंको १३८, ललितपुरको ५० र भक्तपुरको १७ जना रहेको गौतमले बताए । योसँगै… Continue reading काठमाडौं उपत्यकामा कारोना संक्रमितको नयाँ रेकर्ड
नेपालमा एकै दिन थप १०१६ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षणमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७… Continue reading नेपालमा एकै दिन थप १०१६ जनामा कोरोना संक्रमण
धुलिखेलमा काठमाडौंका एक संक्रमितको मृत्यु
धुलिखेल । काठमाडौंका एक कोरोना संक्रमितको धुलिखेलमा उपचारका क्रममा ज्यान गएको छ । एक सातादेखि धुलिखेल अस्पतालमा उपचाररत् कोरोना संक्रमित ९८ वर्षीय वृद्धको ज्यान गएको हो । नयाँ बानेश्वरका उनी घरमै रहेको बेला कोरोना संक्रमण भएको बताइएको छ । उनी २६ साउनमा अस्पताल भर्ना भएका थिए । उनको मंगलबार बिहान राति साढे १२ बजे मृत्यु… Continue reading धुलिखेलमा काठमाडौंका एक संक्रमितको मृत्यु
नेकपा विवाद मिलाउन गठिन कार्यदल अनुमोदित, देउवाले भेटे दुबै अध्यक्षलाई
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले पार्टी भित्रको विवाद मिलाउन गठन भएको कार्यदललाई अनुमोदन गरेको छ । नेकपा सचिवालय बैठक सोमबार बालुवाटारमा बसेको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्माण गरेको कार्यदललाई बैठकले अनुमोदन गरको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार समस्या समाधान र संकट समाधानका विषयलाई व्यवस्थित रुपमा… Continue reading नेकपा विवाद मिलाउन गठिन कार्यदल अनुमोदित, देउवाले भेटे दुबै अध्यक्षलाई
एसईईको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले परीक्षा हुन एकदिन अगाडि स्थगित गरेको थियो । कोभिड–१९ संक्रमणका कारण यस… Continue reading एसईईको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं उपत्यकामा १ सय ६८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंका १३९ , ललितपुरका १५ र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २१३५ पुगेको छ। काठमाडौंमा १७०६ ललितपुरमा २८३… Continue reading काठमाडौं उपत्यकामा १ सय ६८ जना कोरोना संक्रमित थपिए
नेपालमा कोरोना थप तीन जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा रौतहट, काठमाडौं र मोरङका एकरएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेका छन् । हालसम्म कोरोना… Continue reading नेपालमा कोरोना थप तीन जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो
नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा ११ हजार ५ सय २० जनाको पीसीआर परीक्षणमा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१… Continue reading नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७ हजार नाघ्यो
आज बस्दैछ नेकपा सचिवालय बैठक, विवाद समाधान कार्यदललाई अनुमोदन गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद तत्कालका लागि साम्य हुने देखिएपछि आज सचिवालय बैठक बस्दै छ । बैठकमा नेकपामा जारी विवादको समाधान गर्न शुक्रबार ६ सदस्यीय कार्यदल गठन भएको छ । आजको सचिवालय बैठकले ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने ऐजण्डा छ । शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल… Continue reading आज बस्दैछ नेकपा सचिवालय बैठक, विवाद समाधान कार्यदललाई अनुमोदन गर्ने
सिन्धुपाल्चोक पहिरो पिडितलाई सिन्धु-अमेरिका कल्याणकारी समाजको आर्थिक सहयोगको तयारी
न्युयोर्क अमेरिकामा सकृय सिन्धु-अमेरिका कल्याणकारी समाजले सिन्धुपाल्चोक जिल्लाको जुगल गापा- २ लिदीमा गएको पहिरोबाट पिडित समुदायलाई रु. ४ लाख आर्थिक सहयोग तयारी गरेको छ । उक्त पहिरोको प्रत्यक्ष मारमा परेका ३७ घरधुरीलाई अगष्ट १५ तारिखको संस्थाको निर्णय अनुसार रकम नेपाल पठाउने तयारी गरेको हो । सिन्धुपाल्चोकमा अविरल वर्षासँगै आएको पहिरोमा परि हालसम्म १७ जनाको… Continue reading सिन्धुपाल्चोक पहिरो पिडितलाई सिन्धु-अमेरिका कल्याणकारी समाजको आर्थिक सहयोगको तयारी
आर्थिक नियमिततामा मुछिएका तीन सैनिक अधिकृत बर्खास्त
काठमाडौं । नेपाली सेनाले आर्थिक अनियमिततामा मुछिएका आफ्ना तीन अधिकारीलाई बर्खास्त गरेको छ । सैनिक अदालतबाट दोषी ठहरिएका तीन जना अधिकारी सैनिक सेवाबाट बर्खास्त भएको सेनाले जनाएको छ । उनीहरुलाई सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सेनाले कारवाही गरेको हो । नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई… Continue reading आर्थिक नियमिततामा मुछिएका तीन सैनिक अधिकृत बर्खास्त
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो, कुन प्रदेशमा कति ?
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट पर्साका एक पुरुष र मोरङका महिलाको मृत्यु भएको हो । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ । मृत्यु हुनेमा ८१ जना पुरुष छन् भने २३ जना महिला… Continue reading नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो, कुन प्रदेशमा कति ?
काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका हुन् । यो सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ९ सय ६७ पुगेको छ। काठमाडौंमा १… Continue reading काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिए
नेपालमा थप ६ सय ४१ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ६ सय ४१ जनामा कोरोना संक्रमण
अद्यावधिक नक्सा अंकित लोगो हस्तान्तरण, खर्च प्रतिलोगो साढे ५ हजार
काठमाडौं । नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) आज संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन भएर नयाँ लोगो बनेको हो । उक्त लोगो संघीय संसदका महासचिव… Continue reading अद्यावधिक नक्सा अंकित लोगो हस्तान्तरण, खर्च प्रतिलोगो साढे ५ हजार
अमेरिकी राष्ट्रपति ट्रम्पको भाइको मृत्यु
न्युयोर्क अमेरिकी राष्ट्रपति डोनाल्डका ट्रम्पका भाइ रोवर्ट ट्रम्पको ७२ बर्षको उमेरमा मृत्यु भएको छ । भाइ रोवर्ट ट्रम्पको न्युयोर्कको अस्पतालमा मृत्यु भएको राष्ट्रपति ट्रम्पले एक बिज्ञप्ति मार्फत पुष्टी गरेका छन् । ट्रम्पले बिज्ञप्तिमा भनेका छन्; “गह्रौ मुटुले बताउँदै छु कि मेरो प्रिय भाइको आज राती मृत्यु भएको छ । उ मेरो भाइ मात्र होई,… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पको भाइको मृत्यु
राज्यकै गल्तीले लिदीबासीको ज्यान गयो : कांग्रेस
काठमाडौं । सिन्धुपाल्चोक, जुगल गाउँपालिकास्थित पलदी गाउँमा पहिराले ३८ जनालाई बगायो । शनिबारसम्म १७ जनाको शव भेटिएको छ । यो भयानक दूर्घटनाको संकेत भने लिदीबासीले यस अगाडी नै पाएका थिए । २०७२ सालको भूकम्पबाट थिल्थिलो बनेको जमिनको मुनी जलविद्यूत आयोजनाले सुरुंग बनाइरहेको थियो । जसले गर्दा जमिन थर्कने गथ्र्यो । लिदीबासीले यो वस्ती पुनस्र्थापना गर्न… Continue reading राज्यकै गल्तीले लिदीबासीको ज्यान गयो : कांग्रेस
सिन्धुपाल्चोक पहिरो : १६ को शव फेला
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको भीषण पहिरोमा परेर हराएका मध्ये १६ जनाको शव भेटिएको छ । शनिबार ५ जनाको शव भेटिएको छ । शुक्रबार ११ जनाको शव भेटिएको थियो । प्रहरीका अनुसार शव भेटिएका सबैको पहिचान भइसकेको छ । शनिबार जुगल गाउँपालिका २ का १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई… Continue reading सिन्धुपाल्चोक पहिरो : १६ को शव फेला
काठमाडौं उपत्यकामा ९८ नयाँ संक्रमित भेटिए
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९८ जना नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कुल ४६८ जनामा कोरोना देखिएकोमा ९८ जना काठमाडौं भित्र मात्र पुष्टी भएको हो । यसले काठमाडौंमा रहेको जोखिम अझै बढाएको छ । देशभर ५ सय भन्दा बढी संक्रिय बिरामी हुने जिल्ला ५ वटा… Continue reading काठमाडौं उपत्यकामा ९८ नयाँ संक्रमित भेटिए
कोरोनाले लियो थप तीन जनाको ज्यान
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । अब नेपालमा कुल मृत्यु १ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट तीन जना मानिसको ज्यान गएको हो । मन्त्रालयका अनुसार यस अवधिमा कपिलवस्तु, पर्सा र धनुषामा तीन पुरुषको ज्यान गएको हो… Continue reading कोरोनाले लियो थप तीन जनाको ज्यान
बाग्लुङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु
बाग्लुङ । बाग्लुङमा दुई छुट्टाछुट्टै स्थानमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राती पहिरोले निसीखोला गाउँपालिकामा दुई बालक र एक वृद्धाको मृत्यु भएको हो । गाउँपालिकाको वडा नम्बर ५ मा हिराबहादुर विकको घर शुक्रबार राति भत्किदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा हिराबहादुरका नाती १४ वर्षीय वीरेन्द्र… Continue reading बाग्लुङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु
छुरा प्रहारबाट राजधानीमै एक जनाको हत्या
काठमाडौं । काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ । काठमाडौंको मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको हो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य अभियुक्त आङदोर्जे शेर्पालाई नियन्त्रणमा लिएको छ । शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई पक्षबीच विवाद हुँदा तामाङलाई छुरा प्रहार भएको थियो। गम्भीर घाइते… Continue reading छुरा प्रहारबाट राजधानीमै एक जनाको हत्या
सिन्धुपाल्चोक लिदीमा जोखिमपूर्ण वस्ती स्थानान्तरण गरिने
काठमाडौं । भूकम्पले थिल्थिलो भएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालिका स्थित लिदी तल एक जलविद्युत आयोजनाले सुरुंग बनाइरहेको छ । यसले कुनै पनि बेला ठूलो जोखिम निम्तन सक्ने भन्दै स्थानीयले यस अगाडी नै सरकारको ध्यानाकर्षण गराएका थिए । तर, शुक्रबार गएको पहिरोमा ११ जनाको मत्यु भइसकेको छ । अझै २७ जना वेपत्ता छन् । ठूलो वर्षा… Continue reading सिन्धुपाल्चोक लिदीमा जोखिमपूर्ण वस्ती स्थानान्तरण गरिने
सिन्धुपाल्चोक पहिरो अपडेट : ११ को शव फेला
सिन्धुपाल्चोक । ३८ जना पुरिने गरी गएको भीषण पहिरोमा परी ज्यान गुमाएका ११ जनाको शव फेला परेको छ । शुक्रबार बिहान जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा ३८ जना मानिस पुरिएका थिए। त्यसमध्ये ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी गराएको छ ।… Continue reading सिन्धुपाल्चोक पहिरो अपडेट : ११ को शव फेला
निजी अस्पतालका २० प्रतिशत बेड अब कोरोना उपचारमा
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अब निजी अस्पताललाई समेत कोरोनाको उपचार तथा नियन्त्रणमा खटाउने निर्णय गरेको छ । अब निजी अस्पतालले कम्तिमा २० प्रतिशत बेड कोभिड व्यवस्थापनको लागि छुट्याउनु पर्ने भएको छ। शुक्रबार मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले विज्ञप्ति जारी गर्दै यसे निर्देशन दिएको हो । कोरोना संक्रमित बढ्दै जाँदा सरकारी… Continue reading निजी अस्पतालका २० प्रतिशत बेड अब कोरोना उपचारमा
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, कुन प्रदेशमा कति ?
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा उपचारको क्रममा रहेको चार जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका-१५ का ३० वर्षीय पुरुष, सिराहको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुष, बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका–४ सिमरा टोलका… Continue reading नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, कुन प्रदेशमा कति ?