काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको… Continue reading नेपालमा थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो
Category: समाचार
कास्की पहिरो : ४ जनाको मृत्यु, ९ घाइते
पोखरा । कास्कीका समेत पहिरोमा परी ४ जनाको ज्यान गएको छ । मनसुनपछि बिहीबारबाट लगातार वर्षा जारी रहेको छ । यसले देशभर पहिरो र बाढी निम्याएको छ । शुक्रबार राती अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित… Continue reading कास्की पहिरो : ४ जनाको मृत्यु, ९ घाइते
लम्जुङमा पहिरो : एकै घरका तीन जनाको मृत्यु
लम्जुङ । नेपालमा मनसुनका कारण लगातार आएको वर्षाका कारण देशभर बाढ तथा पहिरो आउने क्रम जारी रहेको छ । यसैक्रममा लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् । गतराती करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक… Continue reading लम्जुङमा पहिरो : एकै घरका तीन जनाको मृत्यु
अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो
न्युयोर्क नोवल कोरोनाभाइरसको कारण विश्वमा ५ लाख ५१ हजार मानिसले ज्यान गुमाई सकेका छन् । १ करोड २१ लाख ३० हजार मानिस भाईरस संक्रमित भई सकेको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडाले जनाएको छ । कतिपय देशको सरकारले तथ्यांक नै लुकाएर वा पर्याप्त जाँच नगरेर वा संक्रमित व्यक्तिलाई नै संक्रमण भएको पत्तो नभएका कारण अधिकारिक रुपमा… Continue reading अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो
ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने सर्बोच्चको आदेश
न्यूयोर्क अमेरिकी सर्बोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने फैसला गरेको छ । न्यूयोर्क डिष्ट्रिक्ट एटोर्नी कार्यालयले माग गरेको ट्रम्पको बिभिन्न आर्थिक कारोबारको विवरणमा माथि फैसला सुनाउँदै सर्बोच्चले उक्त आदेश जारी गरेको हो । न्यूयोर्क डिष्ट्रिक्ट एटोर्नी कार्यलयले ट्रम्पले पूँजी पलायन गरेको लगायत विषयमा अनुसन्धान सुरु गरि कागजात माग गरेको थियो… Continue reading ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने सर्बोच्चको आदेश
नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द
काठमाडौं । नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानल नेपालमा प्रसारण नगर्ने निर्णय गरेका हुन् । बिहीबार साँझबाटै यो निर्णय कार्यान्वयनमा आउने भएको छ । च्यानल वितरकहरुले बिहीबार साँझदेखि भारतीय सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय गरेका हुन्… Continue reading नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द
सार्वजनिक सवारी साधन चलाउन दिने सरकारको निर्णय
काठमाडौं । सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ । बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जिल्लाभित्र मात्रै सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको जानाकारी दिए । यात्रु सिट क्षमताको ५० प्रतिशतमात्र राख्न पाइने गरी सार्वजनिक यातायात सञ्चालन गर्ने दिने निर्णय सरकारले गरेको हो ।… Continue reading सार्वजनिक सवारी साधन चलाउन दिने सरकारको निर्णय
थप १३९ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ७ हजार ८९१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा थप १ सय ३९ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। योसहित नेपालमा हालसम्म ७ हजार ८ सय ९१ जना उपचारपछि निको भएका छन्।
नेपालमा थप १०८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,५३१
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको… Continue reading नेपालमा थप १०८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,५३१
सिन्धुपाल्चोकमा युद्धस्तरमा उद्दारमा खटिन कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले बाह्रबिसे क्षेत्रमा गएको बाढी र पहिरोमा भएको क्षति न्यूनिकरण तथा उद्दारमा युद्धस्तरमा खटिन माग गरेको छ । कांग्रेस सभापति शेर बहादुर देउवाले उद्धारकार्यमा खटिन आफ्ना कार्यकर्ताहरुलाई समेत निर्देशन दिएका छन् । सरकारले छिटोभन्दा छिटो उद्धार टोली परिचालन गरी उद्दारमा खटिनु पर्ने उनको माग रहेको छ । देउवाले ट्वीट गर्दै सिन्धुपाल्चोकका कांग्रेसका… Continue reading सिन्धुपाल्चोकमा युद्धस्तरमा उद्दारमा खटिन कांग्रेसको माग
सिन्धुपाल्चोकमा बाढी र पहिरोको कहर, डेढ दर्जन वेपत्ता-२ को शव भेटियो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो मानवीय षति निम्त्याएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा मात्र बाढीले करिब एक दर्जन घर बगाएको छ । यहाँ कम्तिमा १६ जना मानिस वेपत्ता रहेको अनुमान प्रहरीले गरेको छ । यस क्षेत्रमा रहेको जलविद्यूत आयोजनामा समेत बाढीले क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको नदी… Continue reading सिन्धुपाल्चोकमा बाढी र पहिरोको कहर, डेढ दर्जन वेपत्ता-२ को शव भेटियो
हतार-हतार संसद बन्द गर्ने सरकारी निर्णयको विरुद्धमा विपक्षी दल
काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल त परै आओस, आफ्नै दलमा समेत छलफल नगरी संसदको बजेट अधिवेशन बन्द गरेको थियो । यसको जानकारी सभामुख अग्नी प्रसाद सापकोटालाई समेत थिएन । सरकारले हतारमा बन्द गरेको संसदमा थुप्रै विधेयक अड्किएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी दलसमेत सरकारको यस निर्णयको विपक्षमा उभिएका छन् ।… Continue reading हतार-हतार संसद बन्द गर्ने सरकारी निर्णयको विरुद्धमा विपक्षी दल
अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे
न्युयोर्क इमिग्रेसन एण्ड कस्टम एजेन्सीले अनलाईनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई अमेरिका बस्न नपाउने नीति लागू गर्ने निर्णय उपर चर्चित युनिभर्सिटीहरु हार्भर्ड र एमआइटिले ट्रम्प प्रशासन बिरुद्ध मुद्धा दायर गरेको छ । सोमबार अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले महामारीको समयमा भौतिकरुपमा अध्यापन गराउन सम्भव नभएपछि अनलाईन मार्फत अध्ययन गरेर बसेका लाखौं अन्तरराष्ट्रिय विद्यार्थी लक्षित नयाँ… Continue reading अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे
उपत्यकाका थप २३ जनामा कोरोना पुष्टि,पाँच जिल्लामा संक्रमण मुक्त
काठमाडौं । काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसैगरी देशभरका ७७ जिल्लामा फैलिएको कोरोना संक्रमण पाँच जिल्लामा संक्रमण… Continue reading उपत्यकाका थप २३ जनामा कोरोना पुष्टि,पाँच जिल्लामा संक्रमण मुक्त
नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको… Continue reading नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण
नेकपा स्थायी कमिटि बैठक आज पनि स्थगित
काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक आज पनि स्थागित भएको छ । बैठक असार २६ गते ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उल्लेख गरेका छन् । आज विहान ११ बजेका लागि बैठक राखिएको थियो । त्यसअगाडी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल हुने कार्यक्रम थियो । नेकपाका अध्यक्षद्वय… Continue reading नेकपा स्थायी कमिटि बैठक आज पनि स्थगित
बुधबार बस्ला नेकपा स्थायी समिति बैठक ?
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक बुधबारका लागि बोलाइएको छ । नेकपामा चरमोत्कर्षमा पुगेको विवाद केही मथ्थर भएसँगै बुधबार भने स्थायी कमिटि बैठक बस्ने अपेक्षा गरिएको छ । विवाद समाधान गर्न दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता मंगलबार समेत निरन्तर रह्यो । करीव ३ घण्टा वार्ता गरेका दुई… Continue reading बुधबार बस्ला नेकपा स्थायी समिति बैठक ?
नेपालमा कोरोना संक्रमितको ग्राफ घट्यो, अब जोखिम काठमाडौंमा
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ ओरालो लागेको छ । खासगरी भारतबाट आउने मानिस कम भएसँगै देशभरबाट कोरोना संक्रमितको संख्या उल्लेख्य घटेको हो । पिसिआर परीक्षणको दायरा उस्तै रहेको र क्वारेन्टिनमा बस्ने मानिसको समेत संख्या घटेसँगै अहिले देशभर संक्रमण कम हुँदै गएको पाइएको छ । यो साता पहिलो दिनबाटै संक्रमितको संख्या कम देखिन थालेको… Continue reading नेपालमा कोरोना संक्रमितको ग्राफ घट्यो, अब जोखिम काठमाडौंमा
प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो । सरकारले यसअघि जस्तै बरियतामा पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै आईजी नियुक्त गरेको हो। यसअघि ठाकुर ज्ञवाली र त्यसअघि सर्वेन्द्र खनाल पनि पहिलो नम्बरमै थिए। आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश… Continue reading प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय
काठमाडौं । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए। लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि उनले असहमति राखेकी थिइन्। पार्टी… Continue reading सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय
उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको हो ।
नेपालमा थप २ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।… Continue reading नेपालमा थप २ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार नाघ्यो
पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएका गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का युवामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । युवाले आत्महत्या गरेको अवस्थामा परिवारले फेला पारेका थिए। गम्भीर अवस्थाका उनलाई परिवारले यही असार २० गते पाटन अस्पतालमा भर्ना… Continue reading पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि
मास्क नलगाई घरबाट निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन
काठमाडौं । सरकारले अब मास्क नलगाई बाहिर निस्किनेमाथि कडाई गर्ने भएको छ । गृहमन्त्रालयले सोमबार मास्क नलगाई घरबाट निस्किएको पाए कडा कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । यो निर्देशन देशैभर लागू गर्न पनि भनिएको छ । ‘कोरोना भाइरसको संक्रमण बढिरहेको छ । त्यसकारण सरकारले लागू गरेको पुरानै नियमलाई निरन्तरता दिन लागिएको हो… Continue reading मास्क नलगाई घरबाट निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन
नेपालमा थपिए १८० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।… Continue reading नेपालमा थपिए १८० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो
काठमाडौंका २४ सहित उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार काठमाडौंको २४ जना, ललितपुरको २० जना र भक्तपुरको १० जना संक्रमित थपिएका हुन् । मन्त्रालयले संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
आज निक्लेला नेकपा विवादको समाधाान ?
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आजका लागि बोलाइएको छ । यसअघि शुक्रबार बोलाइएको बैठक विवादले उग्र रुप लिएसँगै स्थगित भएको थियो । बैठक अगाडी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच निर्णायक वार्ता हुने बताइएको छ । उक्त वार्ता निष्कर्षमा पुग्न सके विवाद समाधान हुनेछ । नत्र पार्टी फूटको जोखिममा रहेको निष्कर्षमा… Continue reading आज निक्लेला नेकपा विवादको समाधाान ?
साउथ क्यारोलाइनास्थित नाईट क्लबमा गोली चल्दा दुईको मृत्यु ८ घाईते
साउथ क्यारोलाइनाको ग्रिनभिलस्थित एक नाईट क्लबमा आईतबार गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । क्लब ल्याबिस भित्र गोली चलेको आवाज सुनेपछि त्यही क्षेत्रमा गस्तीमा हिंडेका प्रहरी अधिकारीहरु क्लब भित्र छिरेर उद्धार गरेका थिए । सन्धिग्द अपराधीको पहिचान भै सकेपनि क्लब भित्र गोली चलाउनुको कारण भने हालसम्म थाहा नभएको… Continue reading साउथ क्यारोलाइनास्थित नाईट क्लबमा गोली चल्दा दुईको मृत्यु ८ घाईते
नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादमा आइतबार समेत सहमतिको कुनै संकेत भेटिएन् । आइतबार थुपै्र भेटघाट र छलफल भएपनि कुनै पनि छलफल निष्कर्षमा भने पुग्न सकेनन् । आइतबार बिहान नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता माधव कुमार नेपाल र झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे । भेटमा नेताहरुले राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव आउने… Continue reading नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन
काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा कहाँ कहाँ कोरोना संक्रमित थपिएका हुन् भन्ने विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन।