सीमा पारी क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई घर ल्याइने

दार्चुला । भारतबाट नेपाल आउँदा आउँदै नेपालको सीमाना बन्द भयो । सीमा बन्द गर्नु सरकारको पनि बाध्यता थियो । तर, सीमानामा रोकिएका नेपालीको उचित व्यवस्थापनमा भने सरकार चुकेको छ । यसको चरम रुप भारतको धार्चुलामा देखिएको छ । घरमा आमाको निधन भएपछि घर आउँदै गरेका छोरा पनि सीमा पारी नै रोकिए । उनलाई सरकारले घर… Continue reading सीमा पारी क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई घर ल्याइने

डाक्टर कुट्ने प्रहरी कर्मचारी कारवाहीमा

काठमाडौं । बुधबार ड्यूटी सकेर खाना खान जाने क्रममा डाक्टरलाई लकडाउन उल्लंघनको अभियोगमा कुटपिट गर्ने प्रहरीमाथि संगठनले कारवाही थालेको छ । सोहीक्रममा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय डाक्टरमाथि प्रहरीले बुधबार साँझ लाठि बर्साएको थियो । लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले चिकित्सकलाई गरेको कुटपिटको घटना… Continue reading डाक्टर कुट्ने प्रहरी कर्मचारी कारवाहीमा

सहयोग रोक्ने अमेरिकी चेतावनी दुखदः : डब्लूएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले संगठनलाई अमेरिकाले दिदै आएको सहयोग रोक्ने चेतावनीप्रति दुख व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपतिले संगठनलाई अमेरिकाले दिँदै आएको सहयोग कटौतीको घोषणा गरेका थिए । उनको यस निर्णयको विश्वभर आलोचना भएको छ । राष्ट्रसंघले समेत संकटको समयमा संगठनलाई सहयोग कटौती गर्न नहुने बताइसकेको छ । डब्लूएचओले समेत वर्तमान समय विश्व नै… Continue reading सहयोग रोक्ने अमेरिकी चेतावनी दुखदः : डब्लूएचओ

लड्दा लड्दै कोरोनाले लडायो पवनलाई

न्यूयोर्क, अप्रिल १५ “योगेश दाई महिना दिनसम्म पकाउने, ख्वाउने, भाँडा माझ्ने मात्र होइन कि खकार सिंगान सोहोरेर स्याहार्दा पनि पवन दाई आज मेरै आँखा अगाडिबाट लास बनेर बिदा भयो” सँगै बस्ने साथीको चीर बिदाईपछि सरगम पनि आफ्नै खर्चमा अनिश्चित समयको लागि होटलमा बस्न पुगेका छन् । सरगम भट्टराई भाई आफैपनि पत्रकार/लेखक भएकोले यो घटनाको नालिबेली… Continue reading लड्दा लड्दै कोरोनाले लडायो पवनलाई

अफगानिस्तानबाट नेपालीको उद्दार गरिने

काठमाडौं । सरकारले अफगानिस्तानबाट नेपाली नागरिकको उद्दार गरी स्वदेश फर्काउने भएको छ । अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघीय निकायहरुमा कार्यरत नेपालीको उद्दार गर्न लागिएको हो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रक्रिया पुरा गरी उनीहरुलाई स्वदेश फर्काइने प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । उनका अनुसार राष्ट्रसंघले… Continue reading अफगानिस्तानबाट नेपालीको उद्दार गरिने

अब मृत्यु संस्कारमा सहभागी हुन मात्र सवारी पास पाइने

काठमाडौं । सरकारले लकडाउनमा सवारी पारसको दुरुपयोग बढेको भन्दै पास वितरणमा कडाई थालेको छ । अब जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मृत्यु संस्कारमा सहभागी हुन जान आफन्तबाहेक अरुले पास पाउने छैनन् । लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि सवारी पास नदिने कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर… Continue reading अब मृत्यु संस्कारमा सहभागी हुन मात्र सवारी पास पाइने

वीरगन्जमा अत्यावश्यक सामानको किनमेल ७ बजेसम्म मात्र

वीरगन्ज । कोरोनाबाट प्रभावित क्षेत्र वीरगञ्जमा सर्वसाधारणको उपस्थितिलाई अब कम गरिने भएको छ । बिहीबारदेखि अत्यावश्यक वस्तुका पसल बिहान ७ बजेसम्म मात्र खोल्न पाइने गरी स्थानीय प्रशासनले सूचना जारी गरेको छ । खाद्यान्न, दूध, ग्यास, तरकारीजस्ता अत्यावश्यक वस्तुको किनमेल बिहान ७ बजेसम्म मात्र गर्न पाइने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार जारी… Continue reading वीरगन्जमा अत्यावश्यक सामानको किनमेल ७ बजेसम्म मात्र

शेर्पा किदुगले बुधबार निशुल्क तरकारी र फलफुल बाँड्ने

न्यूयोर्क/अमेरिका शेर्पा किदुगले बुधबार निशुल्क तरकारी र फलफुल बाँड्ने भएको छ । ज्याक्सन हाइट वरपर बस्ने नेपाली समुदायलाई केन्द्रित गरी किदुगको भवनमा बुधबार १:३० देखि ३ बजेसम्म सागसब्जी र फलफुल बितरण गरिनेछ । किदुगले ग्रो एनवाइसीसंग मिलेर खानेकुरा वितरण गर्न लागेको हो । किदुगले पहिलो पटक गर्न लागेको यस बितरण कार्यक्रमका लागि न्यूयोर्क सिटी डिस्ट्रिक… Continue reading शेर्पा किदुगले बुधबार निशुल्क तरकारी र फलफुल बाँड्ने

जब अमेरिकी संघीय सरकारको १२ सय डलर राहतको आशामा बस्दा ८२ लाख डलर खातामा देखियो

न्युयोर्क       अमेरिकामा यतिबेला लाखौं मानिस संघीय सरकारले पठाउने भनिएको १२ सय वा २४ सय डलरको राहत रकम पर्खिरहेका छन् । इन्डियाना राज्य निवासी एक मानिस पनि यसैगरी कोरोना राहत रकम कुरिरहेका थिए । न्यु शिकागोका एक अग्नी नियन्त्रक जागिरे चार्ल्स केल्भिन त्यति बेला छक्क परे जतिबेला उनले आफ्नो बैंक खातामा ८२ लाख… Continue reading जब अमेरिकी संघीय सरकारको १२ सय डलर राहतको आशामा बस्दा ८२ लाख डलर खातामा देखियो

नेपालमा १२ दिन बढ्यो लकडाउन

काठमाडौं । नेपालमा लकडाउन १२ दिन थप भएको छ । सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यस अवधिसम्म आन्तरिक तर्फको हवाई उडान समेत बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाखसम्म बन्द छ ।… Continue reading नेपालमा १२ दिन बढ्यो लकडाउन

सनसीटी अपार्टमेण्टमा बस्ने दुई जनामा कोरोना पुष्टी

भक्तपुर । सोमबार साँझ सनसीटी अपार्टमेन्टबाट अस्पताल भर्ना भएका तीन जना मध्ये दुई जनामा कोरोना पुष्टी भएको छ । यससँगै अब नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । आमा, छोरा र बुहारी मध्ये आमा र छोरामा कोरोना पुष्टी भएको हो । तर, बुहारीको भने नेगेटिभ आएको छ । भक्तपुरको पेप्सीकोला–टाउनप्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा एकै… Continue reading सनसीटी अपार्टमेण्टमा बस्ने दुई जनामा कोरोना पुष्टी

भीआइपीका सुरक्षाकर्मी कटौती हुने, सीमामा थप बल पठाउने तयारी

काठमाडौं । भारतमा कोरोना भाइरसको बढ्दो संक्रमण र नेपालमा हुन सक्ने अनाधिकृत प्रवेश रोक्न सीमा नाकामा सुरक्षा बल थप हुने भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भीआईपीको सुरक्षामा अनावश्यक रहेका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर सीमामा बल खटाउन प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका उनीहरुलाई… Continue reading भीआइपीका सुरक्षाकर्मी कटौती हुने, सीमामा थप बल पठाउने तयारी

मंगलबारसमेत हावाहुरी र चट्याङको सम्भावना

फाइल तस्वीर

काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा प्रभाव पार्न थालिसकेको छ । जसले गर्दा मंगलबारसमेत देशका विभिन्न स्थानमा मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मंगलबार दिउँसो पुर्व, मध्य र पश्चिमी भेगका केहि स्थानमा पानी पर्ने विभागले उल्लेख गरेको छ । मौसम पुर्वानुमान… Continue reading मंगलबारसमेत हावाहुरी र चट्याङको सम्भावना

नेपालमा थपिदैछ लकडाउन, आज मन्त्रीपरिषद् बैठक

काठमाडौं । सरकारले नेपालमा लकडाउन लब्याउने तयारी गरेको छ । सोही प्रयोजनका लागि आज मन्त्रीपरिषद् बैठक समेत बोलाइएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एकसाता लकडाउन थप्ने निर्णय गर्ने तयारी गरिएको छ । सरकारले अन्तिमपटक थपेको लकडाउनको अवधि भोली सकिदैछ । मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या पछिल्लो साता बढेको छ । सोहीकारण… Continue reading नेपालमा थपिदैछ लकडाउन, आज मन्त्रीपरिषद् बैठक

बेलायतबाट फर्किएका पेप्सीकोलाका तीन जनामा कोरोनाको लक्षण

काठमाडौं । बेलायतबाट फर्किएपछि पनि घरमै लुकेर बसिरहेका एकै परिवारका तीन जनामा कोरोनाको लक्षण देखिएको छ । उनीहरुको र्यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएको छ । विदेशबाट फर्किएपछि पनि अस्पताल जचाउन नगएका उनीहरुबारे छिमेकीले प्रहरीलाई खबर गरेका थिए । उनीहरु आएपछि नै छिमेकीमा भने त्रास बढेको बताईको छ । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका थिए… Continue reading बेलायतबाट फर्किएका पेप्सीकोलाका तीन जनामा कोरोनाको लक्षण

कैलाली र रौटहतमा भेटिए कोरोना संक्रमित, कूल संक्रमण १४ जनामा

काठमाडौं । नेपालमा कैलाली र रौटहतमा कारोना भाइरस (कोभिड–१९)का एक एक जना संक्रमित फेला परेका छन् । सोमबार दुई जनामा बढेसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ पुगेको छ । वीरगन्जमा चिया पसल गरेर बस्ने एक ६५ वर्षिय महिलामा कोरोना देखिएको हो । उनी कैलाली निवासी रहेको बुझिएको छ । यता, भारतको राजधानी नयाँ दिल्लीबाट… Continue reading कैलाली र रौटहतमा भेटिए कोरोना संक्रमित, कूल संक्रमण १४ जनामा

क्वारेन्टाइनका लागि निशुल्क होटलको ब्यवस्था

न्यूयोर्क/अमेरिका कोभिड १९ को बिरामी भएर अस्पताल भर्ना भएका बिरामीलाई क्वारेन्टाइनको ब्यवस्था गरिएको छ । न्युयोर्कमा कोरोना भाईरसका कारण क्वारान्टाईनमा बस्नु पर्ने भएमा निशुल्क होटल ब्यवस्था गरिएको छ । अधिकारले आज एक सुचना जारी गरी क्वारेन्टाइनमा बस्नु पर्ने बिरामीका लागि होटलको नाम र ठेगाना सार्वजनिक गरेको छ । कोभिड १९ पोजेटिभ देखिएपछि परिवारका सदस्यबाट अलग्गै… Continue reading क्वारेन्टाइनका लागि निशुल्क होटलको ब्यवस्था

नेपालमा साढे ८ हजार जनामा कोरोना परिक्षण, १२ जनामा पुष्टी

काठमाडौं । नेपालमा अहिलेसम्म साढे ८ हजार मानिसमा कोरोना परिक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय भन्दा बढी मानिसको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार पीसीआर मेसिनबाट ५ हजार १८४ र र्‍यापिट टेष्ट किटबाट ३ हजार ३२१ गरी कुल ८ हजार ५ सय ५ जनाको नमुना परीक्षण गरिएको… Continue reading नेपालमा साढे ८ हजार जनामा कोरोना परिक्षण, १२ जनामा पुष्टी

विश्व बैंकले भन्यो : नेपालको आर्थिक क्षेत्रमा गहिरो प्रभाव, वृद्धिदर १.५ प्रतिशतमा झर्छ

काठमाडौं । विश्व बैंकले कोरोना भाइरसले उत्पन्न गराएको संकटले नेपालको अर्थतन्त्रमा गहिरो प्रभाव पर्ने आंकलन गरेको छ । यसले आर्थिक वृद्धिलाई संकुचनमा पार्ने भएको छ । सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । तर, अब कोरोनाका कारण आर्थिक् गतिविधि ठप्प भएको अवस्थामा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतसम्म झर्न सक्ने आंकलन विश्व बैंकले गरेको… Continue reading विश्व बैंकले भन्यो : नेपालको आर्थिक क्षेत्रमा गहिरो प्रभाव, वृद्धिदर १.५ प्रतिशतमा झर्छ

कोरोना महामारीबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १४ पुग्यो

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको छ । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ६… Continue reading कोरोना महामारीबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १४ पुग्यो

नेपालमा थप तीन जनामा कोरोना पुष्टी

काठमाडौं । लगातार एक सातासम्म कोरोना नदेखिएको नेपालमा एकै दिन थप तीन जनामा कोरोनाको पुष्टी भएको छ । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षणले नतिजा पोजेटिभ देखाएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।… Continue reading नेपालमा थप तीन जनामा कोरोना पुष्टी

सीमा नाका झन कडा, भावनामा बगेर लकडाउन खुल्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा नाकामा अझ बढी कडाई गरिने बताएका छन् । उनले भावनामा बगेर लकडाउन समेत नखुल्ने स्पष्ट पारेका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका सबै कदमललाई अझ कडाईका साथ लागु गरिने प्रधानमन्त्रीको भनाई छ । शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले… Continue reading सीमा नाका झन कडा, भावनामा बगेर लकडाउन खुल्दैन

एक सातायता नेपालमा देखिएन थप संक्रमण

काठमाडौं । नेपालमा एक सातायता कोरोना भाइरसको थप संक्रमण नदेखिएको सरकारले जनाएको छ । नेपालमा अहिलेसम्म ४ हजार ४ सय २६ जनामा कोरोनाको परिक्षण भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ९७ जनामा नमुना परिक्षण भएको छ । त्यस परिक्षणबाट कुनै पनि थप संक्रमण पुष्टी नभएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । पछिल्लो… Continue reading एक सातायता नेपालमा देखिएन थप संक्रमण

हृदयघातका कारण मृत्यु भएका सैनिकलाई लिन श्री एयर सुडानतर्फ

काठमाडौं । श्री एयरलाइन्सको जहाज शनिबार काठमाडौंबाट सुडानका लागि उडेको छ । यो जहाज नेपाली सेनाले चार्टर्ड गरेको हो । श्री एयरलाइन्सका अनुसार एक सैन्य अधिकारीको सुडानमा भएको शव लिन यो जहाज सुडानतर्फ गएको हो । हृदयघातका कारण उनको निधन भएको थियो । त्रिभुवन विमानस्थलबाट उडेको यो जहाजले सैनिकको शव बोकेर आइतबार काठमाडौं आइपुग्ने बताइएको… Continue reading हृदयघातका कारण मृत्यु भएका सैनिकलाई लिन श्री एयर सुडानतर्फ

कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको ज्यान गएको मुलुकमा अमेरिका दोस्रो स्थानमा आइसकेको छ । कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २ हजार ३७ जनाको मृत्यु भयो । यो सँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ७ सय १९ पुगेको छ। अमेरिकाभन्दा माथि इटली छ । इटलीमा १८ हजार ८ सय मानिसको ज्यान… Continue reading कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

१० एसएसपीको भयो डीआइजीमा बढुवा

काठमाडौं । शुक्रबार रातीसम्म बालुवाटारमा भएको छलफलपछि डीआइजी बढुवा प्रक्रिया टुंगो लागेको छ । गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गर्न गरेको छ । बढुवा गरिएका मध्ये चार जना ०४९ वैशाखमा एकै पटक प्रहरी सेवामा छिरेका हुन् । ६ जना भने ०४९ चैतमा प्रहरीमा… Continue reading १० एसएसपीको भयो डीआइजीमा बढुवा

पैसा कुरेर बसेका झन्डै ६ करोड ५० लाख अमेरिकाबासीले प्राप्त नगर्ने भए अमेरिकी सरकारको राहत रकम

न्युयोर्क अमेरिकी संघिय सरकार मार्फत प्राप्त हुने कोरोना महामारी राहत रकम कुरेर बसेका थुप्रै अमेरिकाबासीले त्यो रकम प्राप्त गर्ने छैनन् ।  शुक्रबारसम्म अमेरिकामा  ४ लाख ७५ हजार अमेरिकन कोरोना संक्रमित र १७ हजारको मृत्‍यु भै सकेको छ भने झन्डै १ करोड ७० लाख मानिसले बेरोजगार  भत्ताको लागि सरकारी निकायमा निबेदन गरेका छँन् ।  कोरोना महामारीमा… Continue reading पैसा कुरेर बसेका झन्डै ६ करोड ५० लाख अमेरिकाबासीले प्राप्त नगर्ने भए अमेरिकी सरकारको राहत रकम

लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

काठमाडौं । नेपालमा लगातार छैटौं दिनसम्म पनि कोरोना भाइरसका थप संक्रमित फेला परेनन् । यसअघि अघिल्लो साता शनिबार एकैपटक तीन जनामा संक्रमण पुष्टी भएको थियो । तर, त्यसपछिको परिक्षणमा भने कोरोना देखिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक सातायता कोरोनाको परिक्षण तिब्र बनाइएको छ । अघिल्लो सताको तुलनामा दोब्बर भन्दा बढीमा परिक्षण भएको छ… Continue reading लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

भारतमा बढ्दो संक्रमण, नेपालमा जोखिम

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण र मानवीय क्षति निरन्तर बढिरहेको छ । बिहीबार सम्मको तथ्यांक अनुसार कोभिड–१९ बाट भारतमा २ सय २७ जनाको ज्यान गइसकेको छ । भारतमा यस भाइरसबाट संक्रमित मानिसको संख्या ६ हजार ७ सय २५ रहेको छ । भारतमा पछिल्लो समय संक्रमित बढ्ने क्रम तिब्र रहेको छ । २१ दिनको लकडाउन… Continue reading भारतमा बढ्दो संक्रमण, नेपालमा जोखिम

नेपाल-भारत सीमानामा बढाइयो प्रहरी बल

काठमाडौं । सरकारले नेपाल र भारतको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा दस्ता बढाएको छ । भारतमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै सरकारले नेपाल-भारत सीमानामा कडाई थालेको हो । भारतसँग सिमाना जोडिएका जिल्लामा थप २२ सय ८० जना जनशक्ति थपिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले जनशक्तिसँगै सीमा नाकामा चेकपोस्टको संख्या समेत बढाएको छ ।… Continue reading नेपाल-भारत सीमानामा बढाइयो प्रहरी बल