काठमाडौँ, २७ फागुनः प्रहरी प्रधान कार्यालयले काठमाडौँलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेकाले आज सार्वजनिक सूचना जारी गरेर आफ्नो स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सर्तकता अपनाउन अनुरोध गरिएको जानकारी दिए… Continue reading वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध
Category: विज्ञान प्रविधि
मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह
काठमाडौँ, २६ फागुनः काठमाडौँ उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिदा प्रदूषण बढेको भन्दै वायु प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र माक्सको प्रयोग गर्न आग्रह गरे ।… Continue reading मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह
मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह
काठमाडौँ, १६ फागुनः हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको… Continue reading मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह
‘म्यागासेसे’ को संसद् यात्रा…
म्याग्दी, २५ फागुन । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । हाल चितवनमा बस्दै आएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त पुनले गत माघ ४ गते पदबाट राजिनामा दिएर जन्मथलोमा चुनाव लड्न… Continue reading ‘म्यागासेसे’ को संसद् यात्रा…
देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौँ, २१ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ भने… Continue reading देशका अधिकांश भागमा आज मौसम सफा रहने
आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल
काठमाडौँ, २० फागुन । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा आज दिउँसो हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी… Continue reading आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल
आजको मौसम पूर्वानुमान : हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना
काठमाडौँ, १६ फागुन । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका… Continue reading आजको मौसम पूर्वानुमान : हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना
कोरियाले दियो गुगललाई नक्सा डाटा निर्यात अनुमति
सियोल, १५ फागुन (रासस–एपी) । वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ । सरकारले शुक्रबार गरेको निर्णयसँगै कोरियामा गुगल नक्सा पूर्ण रूपमा सञ्चालन हुने बाटो खुलेको मानिएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकारी अधिकारी र… Continue reading कोरियाले दियो गुगललाई नक्सा डाटा निर्यात अनुमति
पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा
कञ्चनपुर, १५ फागुन । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाब्ले महत्त्वपूर्ण मानिएको छ । यस चरालाई पहिलोपटक निकुञ्जमा नेपाल पन्छी संरक्षण सङ्घ ९विसिएन०का वरिष्ठ चराविज्ञ हिरूलाल डगौरा, दिलीप चन्द ठकुरी, सुमन चौधरी, डा… Continue reading पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा
आज पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा
काठमाडौँ, १३ फागुनः हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भागमा मौसम सफा रहको जल… Continue reading आज पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा
विभिन्न जिल्लामा पर्यो असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
काठमाडौँ, १३ फागुनः पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा बढी वर्षा भएको छ । काठमाडौँको जरसिंहपौवासहित, नुवाकोटको ककनीलगायत विभिन्न क्षेत्रमा असिना परेको छ । विभागमा साँझ अभिलेख भएको तथ्याङ्कअनुसार… Continue reading विभिन्न जिल्लामा पर्यो असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हिमपातको सम्भावना
काठमाडौँ, १२ फागुनः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ननेछ । कोशी,… Continue reading आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हिमपातको सम्भावना
काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
काठमाडौँ, ९ फागुनः नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ । तिलगङ्गा आँखा अस्पताल अगाडि रहेको पोल ढल्केकोले त्यसलाई व्यवस्थितकार्य गर्नका लागि ११ केभी क्षमताको प्रसारण लाइन सटडाउन गर्न लागेको… Continue reading काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
पश्चिमी न्यून चापीय प्रणालीका प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ८ फागुनः हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भागका साथै अन्य प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली हुनेछ… Continue reading पश्चिमी न्यून चापीय प्रणालीका प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ७ फागुनः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँसो तराईका केही स्थानमा हुस्सु रहनेछ भने हिमाली… Continue reading देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य
बैङ्कक, ६ फागुन (रासस–एपी) । जलवायु परिवर्तन नियन्त्रणका उपायहरूमाथि विश्वव्यापी बहस चर्किरहेका बेला जापान र मलेसियाले सीमापार कार्बन क्याप्चर तथा भण्डारण परियोजना अघि बढाउने तयारी गरेका छन् । आलोचकहरूले प्रभावकारितामाथि प्रश्न उठाइरहे पनि दुवै देशले यसलाई उत्सर्जन व्यवस्थापनको नयाँ विकल्पका रूपमा प्रस्तुत गरेका छन् । योजनाअनुसार जापानले विद्युत् उत्पादन, तेल प्रशोधन, सिमेन्ट, ढुवानी र इस्पात… Continue reading सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य
स्टकहोममा १७औँ शताब्दीको जहाज पुनः सतहमा
स्टकहोम, ६ फागुन (रासस–एएफपी) । बाल्टिक सागरको जलस्तर असामान्य रूपमा घटेपछि मध्य स्टकहोममा करिब चार सय वर्षदेखि पानीमुनि गाडिएको १७औँ शताब्दीको स्विडेनी नौसैनिक जहाजको भग्नावशेष फेरि सतहमा देखा परेको छ । लामो समयसम्म लुकेको इतिहास एकाएक उजागर हुँदा समुद्री पुरातत्त्वविद्हरूले यसलाई महत्त्वपूर्ण खोजका रूपमा लिएका छन् । क्यास्टेलहोलमेन टापु आसपास पानीको सतह घटेसँगै जहाजको राम्रोसँग… Continue reading स्टकहोममा १७औँ शताब्दीको जहाज पुनः सतहमा
भारतले एआईमा दुई वर्षमा २०० अर्ब डलरभन्दा बढी लगानी गर्दै
नयाँ दिल्ली, ६ फागुन (रासस–सिन्ह्वा) । भारतका इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले मङ्गलबार आगामी दुई वर्षमा देशमा कृत्रिम बौद्धिकता ९एआई० क्षेत्रमा २०० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी हुने सम्भावना रहेको बताएका छन् । मन्त्री वैष्णवले उक्त जानकारी भारत ‘कृत्रिम बौद्धिकता प्रभाव सम्मेलन २०२६’ को अवसरमा प्रेस सम्मेलनमा साझा गरेका थिए । उनले सम्मेलनमा देशभरका… Continue reading भारतले एआईमा दुई वर्षमा २०० अर्ब डलरभन्दा बढी लगानी गर्दै
आजको मौसम : उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो
काठमाडौँ, ५ फागुन : हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका… Continue reading आजको मौसम : उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो
मस्कको कम्पनी स्टारलिङ्कले भियतनाममा पायो लाइसेन्स
हनोई, ४ फागुन (रासस–एएफपी) । भियतनामले स्याटेलाइट इन्टरनेट सेवा विस्तारको दिशामा महत्त्वपूर्ण कदम चाल्दै एलन मस्कको कम्पनी स्टारलिङ्कलाई देशभित्र औपचारिक रूपमा सञ्चालन अनुमति प्रदान गरेको छ । सरकारी रेडियो फ्रिक्वेन्सी नियामक निकायले कम्युनिस्ट शासन व्यवस्था भएको यस देशमा स्टारलिङ्कको स्थानीय एकाइ ‘स्टारलिङ्क सर्भिसेज भियतनाम कम्पनी’ लाई आवश्यक इजाजतपत्र जारी गरिएको जनाएको हो । रेडियो फ्रिक्वेन्सी… Continue reading मस्कको कम्पनी स्टारलिङ्कले भियतनाममा पायो लाइसेन्स
एआई प्रतिस्पर्धामा भारतको एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान
नयाँदिल्ली, ४ फागुन (रासस\एएफपी) । संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी घटाउने उद्देश्यसहित भारतले अभूतपूर्व परिमाणको ‘डाटा सिटी’ परियोजना अघि बढाएको छ । आन्ध्र प्रदेश सरकारले विशाखापट्टनमलाई केन्द्रमा राख्दै एआई पूर्वाधार, डाटा सेन्टर र उच्च क्षमतायुक्त डिजिटल इकोसिस्टम निर्माण गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो । आन्ध्र प्रदेशका सूचना प्रविधिमन्त्री नारा… Continue reading एआई प्रतिस्पर्धामा भारतको एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान
आजको मौसम : उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको पूर्वानुमान
काठमाडौँ, ३ फागुन : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । कोशी,… Continue reading आजको मौसम : उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको पूर्वानुमान
पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अब अनलाइनबाटै टिकट
ललितपुर, १ फागुन । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ । दरबार सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पाटन दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान… Continue reading पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अब अनलाइनबाटै टिकट
विश्व रेडियो दिवस आज मनाइँदै
काठमाडौँ, १ फागुनः आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको… Continue reading विश्व रेडियो दिवस आज मनाइँदै
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
रासस१ फागुन, दैलेख : यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ… Continue reading दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स
टोकियो, २९ माघ (रासस–सिन्ह्वा) । जापान एयरलाइन्सले आफ्ना बस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनधिकृत पहुँच भएको पुष्टि गरेको छ। प्रारम्भिक विवरण अनुसार करिब २८ हजार प्रयोगकर्ताको व्यक्तिगत जानकारी चुहिएको हुन सक्ने अनुमान गरिएको छ। चुहिएको जानकारीमा प्रयोगकर्ताको नाम, ईमेल ठेगाना र फोन नम्बर समावेश छ। यद्यपि, बैंक कार्ड नम्बर, पासवर्ड वा अन्य संवेदनशील विवरण चुहिएको… Continue reading साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, २९ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको बताएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ । कोशी प्रदेशका पहाडी… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान
विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
काठमाडौँ, २८ माघ । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले २२ डिसेम्बर २०१५ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ११ लाई यो दिवसका रूपमा… Continue reading विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने
काठमाडौँ, २८ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ । देशका उच्च पहाडी र हिमाली… Continue reading आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने
आजको मौसम पूर्वानुमान : देशैभर बादल लाग्ने
काठमाडौँ, २७ माघ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च… Continue reading आजको मौसम पूर्वानुमान : देशैभर बादल लाग्ने