झारखण्ड । भारतको उत्तराखण्डमा बाबा रामदेवको कम्पनीका पाँच थरी औषधीको उत्पादनमा रोक लगाइएको छ। ‘भ्रामक विज्ञापन’ गरेको आरोपमा त्यस्तो कारबाही गरिएको अधिकारीहरूले जनाएका छन्। द हिन्दु पत्रिकालाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेअनुसार पतञ्जलिका उत्पादन बनाउने दिव्य फार्मेसीलाई पाँच किसिमका औषधीको उत्पादन रोक्न उत्तराखण्डको अथोरिटीज अफ आयुर्वेदिक एन्ड युनानी सर्भिसेसले निर्देशन दिएको हो। योग गुरु… Continue reading रामदेवको कम्पनी पतन्जलीका ५ औषधी उत्पादनमा भारत सरकारले लगायो रोक
Category: विज्ञान प्रविधि
काठमाडौंमा फोहोर जलाउन प्रतिवन्ध
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र खुला रुपमा आगो बाल्न रोक लगाइएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो। खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ । महानगर क्षेत्रभित्र कसैले खुला… Continue reading काठमाडौंमा फोहोर जलाउन प्रतिवन्ध
आर्थिक मन्दीको मारमा विश्वका ठूला सूचना प्रविधि कम्पनी, धमाधम कर्मचारी कटौती गर्दै
पेरिस । विश्वका ठूला सूचना प्रविधि कम्पनी आर्थीक मन्दीमा पर्न थालेका छन् । मख्यगरी सामाजिक संजाल ट्वीटर, फेसबुक, मेटा लगायत कम्पनीले चर्को मन्दीको सामना गर्नुपरेको छ । ट्वीटरका नयाँ मालिक एलन मस्कले आफ्ना आधा कर्मचारीहरूलाई बर्खास्त गरको खबर आएको गत हप्तामा अर्को सामाजिक सञ्जाल सञ्चालकले कर्मचारी कटौतीको निर्णय गरेको छ । अमेरिकी प्रविधि कम्पनी मेटाले… Continue reading आर्थिक मन्दीको मारमा विश्वका ठूला सूचना प्रविधि कम्पनी, धमाधम कर्मचारी कटौती गर्दै
पश्चिम नेपालमा भूकम्प, डोटी केन्द्रविन्दु
काठमाडौं । डोटी केन्द्रबिन्दु भएर मंगलबार राति ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ। राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि आइतबार राति ताप्लेजुङ केन्द्र भएर ५ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको थियो। मंगलबारको भूकम्पको धक्का पश्चिम… Continue reading पश्चिम नेपालमा भूकम्प, डोटी केन्द्रविन्दु
पूर्वी नेपालमा भूकम्प
काठमाडौं । पूर्वी नेपालमा भूकम्प गएको छ । सोमबार राति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गरएको छ । आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । नेपालमा ६… Continue reading पूर्वी नेपालमा भूकम्प
ट्वीटरले गर्यो एक साथ ३ हजार ५ सय कर्मचारी कटौती
काठमाडौं । सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएका छन्। एएफपी अनुसार कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो। मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए। उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन्। ‘ट्वीटरमा… Continue reading ट्वीटरले गर्यो एक साथ ३ हजार ५ सय कर्मचारी कटौती
ट्वीटर भेरिफाइड बनाउन मासिक ८ डलर शुल्क तोकियो
काठमाडौं । ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने गरी शुल्क तोकिएको छ । ट्वीटरका सीईओ एलन मस्कले यस्तो जानकारी दिएका हुन् । यसअघि उनले २० डलरको प्रस्ताव राखेका थिए । तर फरक फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति अनुसार मासिक आठ डलर तोकिएको… Continue reading ट्वीटर भेरिफाइड बनाउन मासिक ८ डलर शुल्क तोकियो
इलोन मस्कले गरे ट्वीटरको निर्देशक बोर्ड बर्खास्त, अब सञ्चालक समितिमा एक्लै
काठमाडौं । ट्विटरको कमाण्ड सम्हालेपछि एलोन मस्कले ट्वीटरको निर्देशक बोर्डलाई बर्खास्त गरेका छन्। यससँगै उनले ट्वीटरलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएका छन्। अब एलोन मस्क ट्वीटरका एक मात्र सञ्चालक बनेका छन् । डेली मेलको रिपोर्टका अनुसार हटाइएका निर्देशकहरूमा मार्था लेन फक्स, ओमिड कोर्डेस्तानी, डेभिड रोजेनब्लाट, प्याट्रिक पिचेट, इगोन फेई-फेई ली र मिमी अलेमेहेउ समावेश छन्।… Continue reading इलोन मस्कले गरे ट्वीटरको निर्देशक बोर्ड बर्खास्त, अब सञ्चालक समितिमा एक्लै
तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम
काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । यसले धान बाली भित्र्याउने तयारीमा रहेका कृषकलाइ जोखिम निम्त्याउने छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १,… Continue reading तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम
अन्ततः इलन मस्कले किने ट्विटर, खरिद प्रक्रिया सम्पन्न
काठमाडौं । ट्विटर खरिद प्रक्रिया सम्पन्न भएको छ । संसारका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्विटर किनेका हुन् । यससङ्गै उनले “पन्छी मुक्त”भएको लेखेका छन् । ट्विटर खरिद प्रक्रिया सकिएसँगै शुक्रबार एक ट्विट गर्दै उनले लेखेका छन्, ‘दि बर्ड इज फ्रिड’ । गत अप्रिलमा ट्विटर किन्ने सम्झौता गरेका मस्कले बिहीबार मात्रै खरिद प्रक्रिया पूरा गरेका छन्… Continue reading अन्ततः इलन मस्कले किने ट्विटर, खरिद प्रक्रिया सम्पन्न
टिकटकमा लाइभ बस्न १८ वर्ष पुगेको हुनुपर्ने
काठमाडौं । टिकटकले लाइभमा बस्ने प्रयोगकर्ताको उमेर आगामी महिनादेखि १८ वर्ष भएको हुनुपर्ने बनाउन लागेको छ। अहिलेसम्म १६ वर्षका प्रयोगकर्ताहरूले पनि टिकटक लाइभ गर्न पाउँछन्। बीबीसीका अनुसार एक अनुसन्धानमा सिरियाका शरणार्थी शिविरहरूबाट बालबालिकाको प्रयोग गरेर सहयोग माग्न सयौँ प्रयोगकर्ताहरू लाइभमा बस्ने गरेको पाइएको छ । तीमध्ये कतिपयले एक घण्टामै १,००० डलरसम्म सहयोग पाउने गरेको तर… Continue reading टिकटकमा लाइभ बस्न १८ वर्ष पुगेको हुनुपर्ने
जुम्लामा १ डिग्रीमा झर्यो न्यूनतम तापक्रम, काठमाडौंमा कति ?
काठमाडौं । देशभर चिसो बढ्दा न्यूनतम तापक्रम समेत तल झर्ने क्रम जारी छ । पश्चिमी वायुको प्रभावले नेपालमा क्रमशः चिसो बढाइरहेको छ । जुम्लामा न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर नै केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । यस्तै, हिमाली जिल्लामा हिउँ पर्न… Continue reading जुम्लामा १ डिग्रीमा झर्यो न्यूनतम तापक्रम, काठमाडौंमा कति ?
भारतीय कम्पनी सेरमले किन नष्ट गर्यो १० करोड डोज कोरोना खोप ?
नयाँ दिल्ली । कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग आउन छाडेसँगै कम्पनीहरुले उत्पादन गरेको खोप नास हुन थालेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा १० करोड डोज खोप नष्ट गरिएको छ। संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले बजारमा माग नभएपछि आफ्नो कम्पनीले उत्पादन गरेको झन्डै १० करोड डोज खोप नष्ट गरिएको जानकारी गराएको… Continue reading भारतीय कम्पनी सेरमले किन नष्ट गर्यो १० करोड डोज कोरोना खोप ?
अमेरिकी नियामक निकायले आजबाट नेपालको हवाई सुरक्षा अध्ययन गर्दै
काठमाडौं । नेपालमा अमेरिकाबाट सिधा हवाई उडानको तयारी चलिरहँदा त्यहाँको नियामक निकायले आजबाट नेपालमा हवाई सुरक्षा जाँच गर्ने भएको छ । अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको टोलीले नेपालको हवाई सुरक्षा अवस्थाबारे बिहीबारबाट अध्ययन थाल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सो टोलीले आइकाओले हेर्ने गरेका आठवटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन… Continue reading अमेरिकी नियामक निकायले आजबाट नेपालको हवाई सुरक्षा अध्ययन गर्दै
आज र भोली देशभर ‘भिटामिन ए’ र जुकाकोऔषधी खुवाउने अभियान
काठमाडौं । आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी गराएको छ । आज छुटेका बालबालिकालाई भोलि खुवाइने छ । स्वास्थ्य मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटिामिन ए… Continue reading आज र भोली देशभर ‘भिटामिन ए’ र जुकाकोऔषधी खुवाउने अभियान
तापक्रम घट्दै, चिसो बढ्दै
काठमाडौं । मनसुन अन्त्य भएसँगै नेपालमा तापक्रम घट्ने क्रम शुरु भएको छ । खासगरी देशभर न्यूनतम तापक्रम घट्न थालेको हो । दिउँसो भने बादल नलाग्दा घाम चर्किने गरेको छ । यसले अधिकतम तापक्रममा ठूलो गिरावट आएको छैन । मंगलबार काठमाडौंको बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ । सोमबार १२ दशमलव २ डिग्री सेल्सियस मापन… Continue reading तापक्रम घट्दै, चिसो बढ्दै
निर्वाचन आयोगले फेसबुकसँग सहकार्य गर्ने, गलत सूचनामा बन्देज
काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्ति निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने जनाएको छ । आयोगले आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल गरेको छ । आइतबार फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो । उनीहरुले… Continue reading निर्वाचन आयोगले फेसबुकसँग सहकार्य गर्ने, गलत सूचनामा बन्देज
कस्तो हुँदैछ आजको मौसम ?
काठमाडौं । एक साता देखि मुलुकका विभिन्न स्थानमा परिरहेको वर्षा अब क्रमशः कम हुे भएको छ । यसअघिको मौसमी प्रणाली कमजोर बन्ने क्रममा रहेका कारण अब तत्काल ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । हिजोसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा गराएको प्रणाली आजदेखि कमजोर भएको छ… Continue reading कस्तो हुँदैछ आजको मौसम ?
मौसममा सुधार देखिँदै, पश्चिम भेगमा अझै जोखिम
काठमाडौं । नेपालमा निरन्तर जारी भारती वर्षा क्रमशः सुधार भइरहेको छ । पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना भने कायमै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजबाट पूर्वी नेपालमा भने मौसममा सुधार हुँदै जाने भएको छ । महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा… Continue reading मौसममा सुधार देखिँदै, पश्चिम भेगमा अझै जोखिम
गण्डक ब्यारेजका ३६ मध्ये २२ वटा ढोका खोलियो
काठमाडौं । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेसँगै थालेपछि त्रिवेणीमा रहेको गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ ।रातिदेखि नै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानालाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका… Continue reading गण्डक ब्यारेजका ३६ मध्ये २२ वटा ढोका खोलियो
निरन्तर वर्षाले नदीमा बढ्यो वहाव, तीन दिन जोखिम कायमै
काठमाडौं । नेपालका अधिकांश स्थानमा अविरल जारी वर्षाका कारण जोखिम बढेको छ । यसले नारायणी, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा पानीको बहाव उल्लेख्य बढाएको मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । केही नदीहरुमा खतराको तहसम्म पुग्न सक्ने पूर्वानुमान छ । बाढी सूचना केन्द्रले आज बिहान ७ बजे एक… Continue reading निरन्तर वर्षाले नदीमा बढ्यो वहाव, तीन दिन जोखिम कायमै
देशभर भारी वर्षा, दशैंको टिका लगाउन गरिने यात्रा कष्टकर
काठमाडौं । देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहे पनि केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले आज दशैंको टिकाको दिन यात्रा गर्नेहरुको यात्रा कष्टकर हुने देखिएको छ । आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र वाग्मती प्रदेशका… Continue reading देशभर भारी वर्षा, दशैंको टिका लगाउन गरिने यात्रा कष्टकर
तीन जना वैज्ञानिकले पाए भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार
काठमाडौं । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम मेकानिक्सबारे अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ। क्वान्टम मेकानिक्स सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो। यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले आपसमा बराबरी रूपमा बाँड्नेछन्। पुरस्कारको राशि एक करोड स्वीडिश क्रोनर छ। गत वर्ष पनि… Continue reading तीन जना वैज्ञानिकले पाए भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार
आजबाट वर्षा शुरु, दशैं हिलाम्य बन्दै
काठमाडौं । आजबाट वर्षा शुरु हुने भएको छ । जसका कारण दशैं हिलाम्य हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको… Continue reading आजबाट वर्षा शुरु, दशैं हिलाम्य बन्दै
मानव विकास क्रम:को खोज गरेका वैज्ञानिक पाबोले पाए चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार
काठमाडौं । स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् । नोबेल पुरस्कार वितरण समितिले सोमबार पुरस्कार घोषणा गर्यो । पुरस्कार समितिका अनुसार मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहरूको आनुवांसिक संकेत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले… Continue reading मानव विकास क्रम:को खोज गरेका वैज्ञानिक पाबोले पाए चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार
तिब्बतको सीमानामा पर्ने नेपाली गाउँ हिल्सामा सोलारबाट विजुली
हुम्ला । तिब्बत सीमामा पर्ने नेपाली गाउँ हिल्सामा एक सय किलोवाट सौर्य विद्युत् उत्पादन भएको छ । सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन भएसँगै हिल्सावासीको उज्यालोमा बस्ने सपना पूरा भएको छ । यो आयोजनाको मुख्य लगानीकर्ता ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले सोलार मिनी ग्रिडबाट हिल्सामा एक सय किलोवाट विद्युत् उत्पादन सुरु भएको बताएका… Continue reading तिब्बतको सीमानामा पर्ने नेपाली गाउँ हिल्सामा सोलारबाट विजुली
मौसम विभागको दशैं लक्षित बुलेटिन : नवमीबाट ठूलो पानी पर्ने प्रक्षेपण
काठमाडौं । यस वर्षको मनसुन एक साता धकेलिने प्रक्षेपणसँगै नवमीबाट ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एक साता पर धकेलिएको भएको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाले विजया दशमी, एकादशी र द्वादसीका दिन ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ। महाशाखाले… Continue reading मौसम विभागको दशैं लक्षित बुलेटिन : नवमीबाट ठूलो पानी पर्ने प्रक्षेपण
त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडाउन नपाइने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडान प्रतिवन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन नउडाउन सूचित गरेको हो । यस्तो कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने विमानस्थल कार्यालयको भनाई छ । यस्ता गतिविधि नगर्न भन्दै कार्यालयले अटेर… Continue reading त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडाउन नपाइने
दशैं अवधिमा ठूलो पानी पर्ने सम्भावना कम
काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य कमजोर हुँदै जादा दशैंको समयमा ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब मनसुन अन्त्य हुने अवस्थामा छ । यसले दशैंमा यात्रा गर्नेहरुलाई केही सहज हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न सक्ने अवस्था भने छैन… Continue reading दशैं अवधिमा ठूलो पानी पर्ने सम्भावना कम
लुम्बिनीमा आजबाट चल्ने भए विद्युतीय बस
काठमाडौं । लुम्बिनीमा आजबाट पाँचवटा विद्युतीय बस चल्ने भएका छन् । यी बस एसियाली विकास बैंकले अनुदानमा लुम्बिनी विकास कोषलाई दिएको थियो । तीन वर्ष अगाडी नै भित्रिएका विद्युतीय पाँचवटा बस र १४ वटा भ्यान चलाउने मोडालिटी नहुँदा अड्किएको थियो । पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषलाई यी सवारी हस्तान्तरण समेत गरेको थिएन । गृहमन्त्री बालकृष्ण… Continue reading लुम्बिनीमा आजबाट चल्ने भए विद्युतीय बस