जहाजमा चुरोट सल्काउने व्यक्ति प्रहरीको फन्दामा

File

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरका अनुसार उडान नं २५३ बाट बुधबार दिउँसो धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट सल्याएका थिए । त्यसपछि धुँवा उडेपछि यात्रु आत्तिएका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान… Continue reading जहाजमा चुरोट सल्काउने व्यक्ति प्रहरीको फन्दामा

मानवरहित उडानमा नयाँ रेकर्ड

Copyright: Nehemia Gershuni-Aylho

काठमाडौं । एउटा विमान निर्माण कम्पनी एअर बसले सबैभन्दा लामो समयसम्म मानवरहित विमान उडाएर नयाँ रेकर्ड कायम गरेको उडान अनुगमन विवरणहरूले देखाएका छन्। सौर्य ऊर्जाबाट सञ्चालन हुने एअर बसको जेफर एसु नामको मानवरहित विमानले लगातार २६ दिनसम्म उडान गरेर आफ्नै सन् २०१८ को रेकर्ड भङ्ग गरेको हो। व्यावसायिक विमानहरूलाई अवरोध नपुर्याउन र प्रतिकूल मौसमबाट जोगिन… Continue reading मानवरहित उडानमा नयाँ रेकर्ड

नासाले सार्वजनिक गर्यो ब्रह्माण्डको पहिलो रंगिन तस्वीर

न्यूयोर्क । अमेरिकाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यो तस्वीर सार्वजनिक गरेका हुन् । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकले जेम्स वेब स्पेस टेलिस्कोपबाट सो तस्वीर खिचेको समाचार एजेन्सीहरुले बताएका छन् । तस्वीरमा प्रष्टरुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ । ब्रह्माण्डमा रहेका ग्रहहरुबाट निस्किएका प्रकाश पनि तस्वीरमा देखिएको छ । यसलाई… Continue reading नासाले सार्वजनिक गर्यो ब्रह्माण्डको पहिलो रंगिन तस्वीर

आज पनि देशका अधिकांश भेगमा वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागमा मेघ गर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती तथा कर्णाली प्रदेशको एक\दुई स्थानमा भारी वर्षाको सम्भावना… Continue reading आज पनि देशका अधिकांश भेगमा वर्षाको सम्भावना

ट्वीटर किन्ने सम्झौताबाट किन पछि हटे मस्क ?

Copyright POOL/AFP/File Britta Pedersen

काठमाडौं । ट्वीटर खरीद गर्ने सम्झौताबाट इलन मस्क पछि हट्ने निर्णयमा पुगेका छन् । टेस्लाका प्रमुख कार्यकारी अधिकृत र विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरीद गर्न सम्झौता गरेका थिए । तर, माइक्रोब्लगिङ साइट, ट्वीटरले मर्जर सम्झौताका थुप्रै प्रावधान उल्लंघन गरेको आरोप लगाउँदै उनले ट्वीटर किन्न आफूले गरेको ४४ अर्ब डलरको… Continue reading ट्वीटर किन्ने सम्झौताबाट किन पछि हटे मस्क ?

बजारमा अवैध भिटामिनजन्य औषधीको विगविगी, विभागले गरायो सचेत

काठमाडौं । नेपाली बजारमा खाद्यवस्तु जस्तै गरी केही औषधि र भिटामिनजन्य औषधिको जथाभाबी बिक्री भइरहेको भन्दै औषधि व्यवस्था विभागले सचेत गराएको छ । शुक्रबार एक सूचना निकाल्दै विभागले यसरी बिक्री भइरहेका औषधि तथा भिटामिनले स्वास्थ्यमा असर पारिरहेको बताएको छ । विभागले ट्याबलेट, क्याप्सुल तथा झोलमा पाइने औषधि खाद्यवस्तु जस्तै गरी आयात र बिक्री भइरहेकाले प्रयोग… Continue reading बजारमा अवैध भिटामिनजन्य औषधीको विगविगी, विभागले गरायो सचेत

धान रोप्ने क्रममा चट्याङ पर्दा चितवनमा १२ जना घाइते

चितवन । चितवनको कालीका नगरपालिकामा धान रोप्न गएका १४ जना रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालीका–८ मझुवामा रहेको कमला विकको खेतमा बुधवार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । त्यही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको… Continue reading धान रोप्ने क्रममा चट्याङ पर्दा चितवनमा १२ जना घाइते

चन्द्रागिरी केवलकार बिग्रदा सयौं मानिस अलपत्र, प्रहरीले गर्यो उद्धार

काठमाडौं । चन्द्रागिरि केवलकारमा आएको प्राविधिक समस्याका कारण बुधबार सयौं मानिस माथिल्लो स्टेशनमा रोकिएका छन् । बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय जना मानिस डाँडामा अलपत्र परेको प्रहरीले जनाएको छ । साँझसम्म पनि मानिसहरुले केबलकार चल्ने आशमा कुरेका थिए । तर, चल्न नसकेपछि नेपाल प्रहरीले उनीहरुलाई उद्धार गरेको हो । टावर नं.… Continue reading चन्द्रागिरी केवलकार बिग्रदा सयौं मानिस अलपत्र, प्रहरीले गर्यो उद्धार

मुगुको रारा तालमा पहिलो पटक पुग्यो विजुली

RSS

मुगु । मुगुको रारा तालमा विजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले मुगुमा २ हजार ९९० मिटर उचाईमा रहेको रारा ताल क्षेत्रमा विद्युत पुगेको जनाएको छ । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी पुर्‍याएको हो। सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत… Continue reading मुगुको रारा तालमा पहिलो पटक पुग्यो विजुली

आज पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन जारी छ । जसका कारण सोमबार समेत देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भएको छ । सोमबार दिउँसो धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पानी पर्ने सम्भावना भए पनि केही दिन अघिको जस्तो लगातार झरी पर्दैन । पानी पर्दै रोकिने क्रम भने चल्नेछ । राति… Continue reading आज पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

बालबालिकालाई लगाउन २३ लाख मात्रा खोप नेपाल ल्याइयो

काठमाडौं । बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल ल्याइएको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले बताए। उनकाअनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो। उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ। आइतबार प्राप्त… Continue reading बालबालिकालाई लगाउन २३ लाख मात्रा खोप नेपाल ल्याइयो

आइतबार पनि मौसम प्रतिकुल, पहाडमा पहिरोको जोखिम

काठमाडौं । आइतबार देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न क्षेत्रमा गएराति देखि नै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षासमेत भएको छ । बिहान मधेस प्रदेश, वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सामान्यतया मौसम सफा रहनेछ छ । आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी… Continue reading आइतबार पनि मौसम प्रतिकुल, पहाडमा पहिरोको जोखिम

भारतले ‘युथ एण्ड थ्रो’ प्लाष्टिकको उत्पादन, बिक्रि र प्रयोगमा लगायो रोक

नयाँ दिल्ली । भारतले एकल प्रयोग हुने (यु एण्ड थ्रो) प्लाष्टिकका सामान उत्पादन, बिक्री र प्रयोग निधेष गरेको छ । प्लास्टिक फोहोर व्यवस्थापन नियमावली अन्तर्गत एकल प्रयोगका प्लाष्टिकका वस्तुमा जुलाई १ बाट प्रतिबन्ध लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । थर्मोकोल प्लेट, कप, चस्मा, काँटा, चम्चा, चक्कु, स्ट्र, ट्रे, मिठाईको बक्समा र्‍यापिङ गर्ने फिलिम, निमन्त्रणा कार्ड,… Continue reading भारतले ‘युथ एण्ड थ्रो’ प्लाष्टिकको उत्पादन, बिक्रि र प्रयोगमा लगायो रोक

देशका विभिन्न स्थानमा आज पनि ठूलो वर्षा

काठमाडौं । बुधबार पनि मौसम बदली भई देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभर मौसम फैलिएको छ । बुधबार आज देशका केही ठाउँमा चट्याङसहित भारी वर्षा हुनेछ भने केही ठाउँमा सामान्य वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सातै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना हरेको छ । पछिल्ला… Continue reading देशका विभिन्न स्थानमा आज पनि ठूलो वर्षा

मनसुन सक्रिय, लगातार पानी पर्ने

काठमाडौं । आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने भएको छ ।  मौसमविद् पुर्वानुमान महाशाखाका अनुसार आजदेखि पर्सिसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने भएको छ । यसले बाढी पहिरोको जोखिम धेरै रहेको छ । अहिले देशैभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आइपुग्ने… Continue reading मनसुन सक्रिय, लगातार पानी पर्ने

७ वटा नेपाली स्टार्टअपका लागि जुट्यो साढे २४ करोड लगानी

काठमाडौं । सातवटा नेपाली स्टार्टअपका लागि साढे २४ करोड लगानी जुटेको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्टअप फेस्ट २०२२ मा यी स्टार्टअप कम्पनीहरुसँग २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गरेको थियो… Continue reading ७ वटा नेपाली स्टार्टअपका लागि जुट्यो साढे २४ करोड लगानी

शनिबार पनि देशका विभिन्न भेगमा ठूलो वर्षाको सम्भावना, कुन स्थानमा कस्तो मौसम ?

काठमाडौं । देशका विभिन्न भू–भागमा शनिबार बिहानैदेखि पानी परिरहेको छ। दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ। प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राति देशभरका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको… Continue reading शनिबार पनि देशका विभिन्न भेगमा ठूलो वर्षाको सम्भावना, कुन स्थानमा कस्तो मौसम ?

कास्की र गोरखामा छुट्टाछुट्टै भूकम्पको धक्का

पोखरा । बिहीबार बिहान कास्की र गोरखामा छुट्टाछुट्टै समय भूकम्पको धक्का महसुश भएको छ । नेपालका छिमेकी मुलुक अफगानिस्तान र पाकिस्तानमा ठूलो भूकम्पले जनजीवन प्रभावित पारेको समयमा नेपालमा समेत भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ७ः२२ बजे गोरखाको आरूघाट गाउँपालिकास्थित थुमी आसपास केन्द्र रहेर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार… Continue reading कास्की र गोरखामा छुट्टाछुट्टै भूकम्पको धक्का

आज २१ जुन, वर्षकै लामो दिन

THT

काठमाडौं । २१ जुन, आज यो वर्षकै लामो दिन हो । जुन २१ तारिखलाई वर्षकै सबैभन्दा लामो दिन मानिन्छ । यस दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुन्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आज १३ घण्टा ४५ मिनेटको छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१… Continue reading आज २१ जुन, वर्षकै लामो दिन

मुलुकभर आज पनि मौसम बदली रहने, बढी जोखिम कहा ?

काठमाडौं । मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश… Continue reading मुलुकभर आज पनि मौसम बदली रहने, बढी जोखिम कहा ?

काठमाडौंमा कल सेन्टर चलाएर अमेरिकी र क्यानेडियन नागरिकलाई ठग्ने नेपाली गिरोह पक्राउ

काठमाडौं । काठमाडौंमा कल सेन्टरको आवरणमा संगठितरुपमा अन्तरदेशीय ठगी धन्दा चलाउने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कल सेन्टरको आवरणमा ठगी गर्ने गिरोहका १३ जना पक्राउ परेका हुन् । हालसम्म उनीहरुको निशानामा अमेरिकी र क्यानेडियन नागरिक थिए । ब्यूरोले आइतबार पत्रकार सम्मेलन गरेर गिरोहका नेपाली नाइके बुढानिलकण्ठ… Continue reading काठमाडौंमा कल सेन्टर चलाएर अमेरिकी र क्यानेडियन नागरिकलाई ठग्ने नेपाली गिरोह पक्राउ

ठूलो दुर्घटनाबाट बच्यो स्पाइसजेटको जहाज, आकासमै आगो लागेपछि आकस्मिक अवतरण

businesstoday

पटना । भारतमा स्पाइसजेटको जहाज ठूलो दुर्घटनाबाट बचेको छ । जहाजको एक इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको भारतयि संचारमाध्यमले जनाएका छन् । आइतबार दिउँसो बिहारको पटनाबाट राजधानी दिल्लीका लागि उडेको स्पाइसजेटको जहाजमा टेकअफका बेला चरा ठोक्किएको थियो। उडेको केहीबेरमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको हो। उडिरहेको जहाजको एकातिर धुँवाको मुस्लो आएको स्थानीयले… Continue reading ठूलो दुर्घटनाबाट बच्यो स्पाइसजेटको जहाज, आकासमै आगो लागेपछि आकस्मिक अवतरण

सडक खन्दा कसौडीभरी प्राचिन चाँदीका सिक्का भेटिएपछि…

दाङ । दाङको तुलसीपुरमा सडकको नयाँ ट्र्याक खन्ने क्रममा गाडेको अवस्थामा एक कसौँडी पुराना चाँदीका सिक्का भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ सिमराटोलको खेत हुँदै आँखा अस्पतालसम्मको नयाँ ट्र्याक खोल्ने क्रममा डोजरका चालकले गत बुधवार गाडेको अवस्थामा एक कसौँडी प्राचीन सिक्का फेला पारेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका… Continue reading सडक खन्दा कसौडीभरी प्राचिन चाँदीका सिक्का भेटिएपछि…

नदीहरुमा पानीको वहाव बढ्दै, कुनमा कति जोखिम ?

काठमाडौं । अविरल वर्षाका कारण देशका केही नदीमा आइतबार समेत पानीको बहाव उल्लेख्य बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी, तमोर, सुनकोशी, नारायणी, मर्स्याङ्दी, कन्काई, कमला, बागमती, पूर्वी राप्तीलगायत नदीहरूको बहाव उल्लेख्य बढ्नेछ। यी नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ। अरू प्रमुख नदीहरूमा बहाव सतर्कता… Continue reading नदीहरुमा पानीको वहाव बढ्दै, कुनमा कति जोखिम ?

निरन्तरको वर्षाले नदीहरुका वहाव बढ्दै

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलकका अधिकांश स्थानमा भइरहेको वर्षाले नदीहरुमा जल प्रवाहको बहाव बढेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शुक्रबार दिउँसो पनि वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा… Continue reading निरन्तरको वर्षाले नदीहरुका वहाव बढ्दै

बिहीबार पनि विभिन्न स्थानमा वर्षातको सम्भावना

काठमाडौं । बिहीबार समेत मुलुकका विभिन्न स्थानमा वर्षात हुने भएकोछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन पनि गरिएको छ ।… Continue reading बिहीबार पनि विभिन्न स्थानमा वर्षातको सम्भावना

आज चुरे दिवस, वृक्षारोपण गर्न राष्ट्रपति सिन्धुली जाने

Photo : RSS

काठमाडौं । चुरे क्षेत्रको संरक्षणमा जोड दिँदै बिहीबार आठौँ चुरे दिवस मनाइँदैछ । चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिनलाई हरेक वर्ष चुरे दिवसको रूपमा मनाउने गरिएको छ । दिवसका अवसरमा राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यसपालि एकै दिन कम्तीमा एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोप्न लागेको छ । वृक्षारोपण अभियानको राष्ट्रपति… Continue reading आज चुरे दिवस, वृक्षारोपण गर्न राष्ट्रपति सिन्धुली जाने

आज पनि उपत्यका र आसपासको क्षेत्रमा भारी वर्षा, नदीहरुमा बढ्यो बहाव

काठमाडौं । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा आज पनि भारी वर्षा भएको छ । काठमाडौं, काभ्रे, मकवानपुर, सिन्धुली, गोरखा र आसपासको क्षेत्रमा राती मेघ गर्जनसहित ठूलो पानी परेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले सूचना निकाल्दै सतर्क रहन भनेको छ । बागमतीका सहायक नदी मनोहरा, हनुमन्ते, विष्णुमती लगायतको बहाव… Continue reading आज पनि उपत्यका र आसपासको क्षेत्रमा भारी वर्षा, नदीहरुमा बढ्यो बहाव

बिहानैबाट मेघ गर्जनसहित उपत्यका र विभिन्न स्थानमा ठूलो वर्षा, दिउँसो के हुनेछ ?

काठमाडौं । मंगलबार बिहान प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेग गर्जन र चट्याङ्ग सहित मध्यम वर्षा जारी छ । दिउँसो प्रदेश नं १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाको छ । महाशाखाका अनुसार प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, मधेश प्रदेश,… Continue reading बिहानैबाट मेघ गर्जनसहित उपत्यका र विभिन्न स्थानमा ठूलो वर्षा, दिउँसो के हुनेछ ?

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउने प्रयास भइरहेको सरकारको स्पष्टीकरण

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउन प्रयास भइरहेको स्पष्ट पारेकी छिन् । उनले नेपालको आधिकारिक क्षेत्रफल घोषणा बारेमा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको समेत जानकारी दिइन् । संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले आवश्यक प्रक्रिया पूरा गरी क्षेत्रफल घोषणा गरिने बताइन् । कालापानी, लिपुलेक… Continue reading कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउने प्रयास भइरहेको सरकारको स्पष्टीकरण