भुटानबाट आउने भयो ३ लाख डोज खोप

Reuters

काठमाडौं । भुटानले नेपाललाई कोरोना भाइरस विरुद्धको ३ लाख डोज खोप दिने भएको छ । नेपाली संचारमाध्यमले स्वास्थ्य मन्त्रालयका अधिकारीहरु उदृत गर्दै यसको पुष्टी गरेका छन् । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप दिने भएको छ । यो खोप नेपालले जेष्ठ नागरिकलाई एक डोज दिए पनि दोस्रो डोज दिन पाएको छैन । यो… Continue reading भुटानबाट आउने भयो ३ लाख डोज खोप

चीनबाट थप ६० लाख डोज खोप खरीद गर्दै सरकार

काठमाडौं । सरकारले चीनबाट थप ६० लाख डोज खोप खरीद गर्ने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिद गर्न सम्झौता अगाडि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढेको… Continue reading चीनबाट थप ६० लाख डोज खोप खरीद गर्दै सरकार

जनताले खोप लगाउन उत्साह नदेखाएपछि अमेरिकी राष्ट्रपतिले गरे एक सय डलर दिने घोषणा

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले खोप लगाउने व्यक्तिलाई १ सय अमेरिकी डलर दिने घोषणा गरेका छन् । अमेरिकामा पछिल्लो दिनमो कोरोनाको सङ्क्रमण बढिरहेको छ । तर, जनताले खोप लगाउन मानेका छैनन् । संक्रमण खोप नलगाएका मानिसमा तिब्र रुपमा बढेको छ । खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति… Continue reading जनताले खोप लगाउन उत्साह नदेखाएपछि अमेरिकी राष्ट्रपतिले गरे एक सय डलर दिने घोषणा

अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको शक्तिशाली भुकम्प

अलास्का । अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प गएको छ । ८.२ रेक्टर स्केलको यो भूकम्प पछिल्लो ५० वर्षयताकै शक्तिशाली मानिएको छ । अलास्काको समुद्री क्षेत्रमा गएको भूकम्पको क्षतिको विवरण भने संकलनको क्रममा रहेको बताइएको छ । सीएनएनका अनुसार अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण–पूर्वको समुद्री क्षेत्रमा ४६ किलोमिटर गहिराइमा भूकम्प गएको छ । यसअघि यहाँ सन्… Continue reading अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको शक्तिशाली भुकम्प

चीनले परमाणु क्षमता बढाइरहेको अमेरिकाको दावि

File

काठमाडौं । चीनले परमाणु क्षेप्यास्त्र भण्डारण र प्रक्षेपणमा आफ्नो क्षमता बढाइरहेको अमेरिकाले दावि गरेको छ । अमेरिकी वैज्ञानिकलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले यस्तो जनाएका छन् । भूउपग्रहबाट खिचिएको चीनको पश्चिमी भूभागको तस्बिरले त्यहाँ परमाणु क्षेप्यास्त्रका लागि आवश्यक संरचना बन्दै गरेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट एफएएसको एउटा प्रतिवेदनमा जनाइएको बीबीसीले लेखेको छ । अमेरिकी रक्षा… Continue reading चीनले परमाणु क्षमता बढाइरहेको अमेरिकाको दावि

काठमाडौं महानगरपालिकामा ५० वर्ष माथिका सबैले आजबाट खोप लगाउन सक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकामा ५० वर्ष उमेर भन्दा माथिका सबैले आजबाट कोराना भाइरस (कोभिड १९) विरुद्धको भेरोसेल खोप लगाउन पाउने भएका छन् । महानगरपालिकाले यसको जानकारी दिएको हो । महानगरपालिकाका अनुसार यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहले आज बिहीबारबाट खोप लगाउन पाउने छन् । महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि… Continue reading काठमाडौं महानगरपालिकामा ५० वर्ष माथिका सबैले आजबाट खोप लगाउन सक्ने

१२ वर्ष भन्दा माथिका किशोर-किशोरीलाई लगाउन भाइजर खोप किन्दै नेपाल

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । नेपालले १२ वर्ष भन्दा माथिका किशोर किशोरीमा कोरोना विरुद्धको खोप दिने प्रयोजनका लागि भाइजर खोप किन्ने तयारी गरेको छ । अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप खरिदका लागि नेपालले नन डिस्क्लोजर अग्रीमेन्टमा हस्ताक्षर गरिसकेको बीबीसीले लेखेको छ । उसले स्वास्थ्य मन्त्रालयका सचिव लक्षण अर्याललाई यो विषयको पुष्टी गरेको छ । सरकारले… Continue reading १२ वर्ष भन्दा माथिका किशोर-किशोरीलाई लगाउन भाइजर खोप किन्दै नेपाल

सोमबारबाट तीन दिनसम्म मनसुन सक्रिय हुने, ठूलो वर्षाले बाढी-पहिरो ल्याउन सक्ने

Photo : wrightouttanowhere.com

काठमाडौं । सोमबारबाट मुलुकका अधिकांश स्थानमा झरि पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम बुधबारसम्म जारी रहने भएको छ । यसले जोखिमपूर्ण क्षेत्रमा बाढी र पहिरो निम्त्याउन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ । यो तीन दिन मनसुन सक्रिय हुन लागेको हो । केही स्थानमा ठूलो पानी पर्ने, त्यसले खोलाको बहाव बढ्ने… Continue reading सोमबारबाट तीन दिनसम्म मनसुन सक्रिय हुने, ठूलो वर्षाले बाढी-पहिरो ल्याउन सक्ने

लामो दूरीका यातायात संचालनमा

File

काठमाडौं । काठमाडौं उपत्यकालाई लक्षित गरि आजबाट मध्यम तथा लामो दूरीका सवारी साधन खुलेका छन् । सरकारले स्वास्थ्य मापदण्ड पालना गरि लामो दूरीमा समेत यातायात चलाउन सक्ने गरि निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार यसको जानकारी गराएको हो । खासगरि त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएसँगै यातायात समेत… Continue reading लामो दूरीका यातायात संचालनमा

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ७ बजेर ५ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प मापन गरिएको छ । नजिकै केन्द्रविन्दु भएका कारण उपत्यकामा सानो भूकम्पको समेत धम्का महसुश धेरैले गरेको सामाजिक संजालमा लेखेका छन् ।

कोरोनाको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी सरकारले दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउन सक्ने भन्दै सचेत रहन भनेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढेको बताएका छन् । यसले तेस्रो लहरको जोखिम बढेको उनको भनाइ… Continue reading कोरोनाको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष यात्रा अनुभव कस्तो रह्यो ?

CNN

टेक्सास । अन्तरिक्ष वैज्ञानिक बाहेक आम सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा एक सपना मात्र हो । तर यो सपना पुरा गरेका छन् । अमेरिकी अर्बपति जेफ बेजोस र अन्य तीन यात्रुले । उनीहरुले मंगलबार अन्तरिक्षको सफल यात्रा पुरा गरि धर्तिमा ओर्लिएका छन् । अन्तरिक्ष पर्यटनलाई बढावा दिन यो अभियान शुरु गरिएको हो । बेजोसको आफ्नै कम्पनी… Continue reading अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष यात्रा अनुभव कस्तो रह्यो ?

सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढी र पहिरोबाट ठूलो मानवीय क्षति भएका सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यी दुई जिल्ला असोज मसान्तसम्म विपद संकटग्रस्त क्षेत्र घोषित भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए । उनका अनुसार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४… Continue reading सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

भेरोसेल खोप पत्रिकामा बेरेर काठमाडौंका घरघरमा ?

Photo : Vishwanews

काठमाडौं । सामान्यतया २ देखि ८ डिग्री सेल्सियस तापक्रम कायम गरि निश्चित समय भित्र लगाइसक्नु पर्ने चिनियाँ खोप भेरोसिलको काठमाडौं उपत्यकामा असुरक्षित तरिकाले चुवावट हुने गरेको फेला परेको छ । काठमाडौंमा भेरोसिल खोप पत्रिकाले बेरेर प्लास्टिकको झोला भित्र केही टुक्रा आईसभित्र राखेर लगाउन हिँडेको विश्व न्युजले फेला पारेको छ । काठमाडौंको जिल्लाका एक प्राबिधिकले आफु… Continue reading भेरोसेल खोप पत्रिकामा बेरेर काठमाडौंका घरघरमा ?

भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

जनकपुर । नेपालको एक मात्र रेल्वेलाइन जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण र सर्टिफिकेशन सम्पन्न भएको छ । भारतको जयनगरबाट भारतीय रेल्वेको रेल जनकपुरधामस्थित कुर्थाको मुख्य स्टेशनसम्म ल्याइएको छ । त्यहाँ स्पिड परीक्षण र सर्टिफिकेशन गरेसँगै रेल भारत नै फर्काइएको छ । सो क्रममा जनकपुरधामस्थित कुर्था रेल्वे स्टेशनमा पूजा समेत गरियो । भारतीय डव्लु डि एम… Continue reading भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

प्रधानमन्त्री देउवाले आज खोप केन्द्र अवलोकन गर्ने

Photo : BBC

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान जारी छ । यस क्रममा अत्यधिक भिडभाड बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र थप्न निर्देशन दिएका छन् । खोप अभियानको प्रभावकारी अध्ययन गर्न आज उनी स्थलगत अनुगमनमा जाने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले सोमबार देखि शुरु हुने जोन्सन एण्ड जोन्सननको खोप लगाउने स्थानको अवलोकन… Continue reading प्रधानमन्त्री देउवाले आज खोप केन्द्र अवलोकन गर्ने

अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाइंदै, यी हुन् खोप केन्द्र

काठमाडौं । अमेरिकाबाट अनुदानमा आएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप आजबाट देशभर लक्षित वर्गमा लगार्इंदैछ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकाबाट कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आएको छ । यो खोप २८ असारमा काठमाडौं… Continue reading अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाइंदै, यी हुन् खोप केन्द्र

कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन

AP Photo

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन सामाजिक सञ्जालबाट कोरोना भाइरसको महामारीबारे भइरहेका मिथ्या प्रचारप्रति भड्किएका छन् । अमेरिकामा खोप लगाउन बाँकि मानिसमा मात्र कोरोनाको जोखिम रहेको भएपनि सामाजिक संजालले आतंक फैलाएको भन्दै उनले आपत्ति प्रकट गरेका छन् । उनले कोभिड १९ विरुद्धको मिथ्या सूचनाले मानिसहरूको ज्यान लिइरहेको समेत आरोप लगाए । अमेरिकी संचारमाध्यमहरुका अनुसार… Continue reading कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन

अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना

GORODENKOFF/SHUTTERSTOCK.COM

लण्डन । अमेरिकाले अन्तरिक्षमा अन्य मुलुकले गरिरहेका गतिविधिको निगरानी बढाउने भएको छ । बीबीसीका अनुसार अमेरिकाले अन्तरिक्षका वस्तुहरूको निगरानी गर्न बेलायतमा एक ठूलो राडार प्रणाली राख्ने योजना बनाएको छ । अमेरिकाको अन्तरिक्षसम्बन्धी बलले विकास गरिरहेको एउटा विश्वव्यापी प्रणालीले ३६,००० किलोमिटर परसम्मका सम्भावित निशानालाइ पहिचान गर्न सक्ने क्षमताको भएको समाचारमा उल्लेख छ । अमेरिकाले यस्तो प्रणाली… Continue reading अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना

स्वास्थ्य मन्त्रालयले भन्यो : सबैले खोप लगाउन पाइन्छ, पालो नमिच्नुहोस

Photo : BBC

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रमा भएको अत्यधिक भिडभाडप्रति चासो व्यक्त गरेको छ । १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना अनुसार धमाधम खोप आइरहेको भन्दै मन्त्रालयले खोप केन्द्रमा आफ्नो उमेर समूहभन्दा बाहेकमा मानिसलाई भिडभाड नगर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका अनुसार साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने… Continue reading स्वास्थ्य मन्त्रालयले भन्यो : सबैले खोप लगाउन पाइन्छ, पालो नमिच्नुहोस

आगामी तीन दिन ठूलो वर्षाको सम्भावना

Photo : wrightouttanowhere.com

काठमाडौं । नेपालमा आगामी तीन दिन मनसुनी वायुको प्रभावले ठूलो वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सुदूरपश्चिम,… Continue reading आगामी तीन दिन ठूलो वर्षाको सम्भावना

आजबाट अवैध रुपमा भित्रने मोवाइल नेपालमा नचल्ने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

काठमाडौं । आजबाट नेपालमा अवैध रुपमा भित्रने मोवाइल फोन सेट नचल्ने प्रणाली कार्यान्वयनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याएको हो । यो सिस्टम कार्यान्वयनमा आएसँगै बिहीबारसम्म आएका सबै सेट भने संचालनमा आउने छन् । प्राधिकरणका अनुसार देशभर यो प्रणालीले पूर्ण रुपमा काम गर्न सक्ने छैन । तर, शुरुवात… Continue reading आजबाट अवैध रुपमा भित्रने मोवाइल नेपालमा नचल्ने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

विश्व स्वास्थ्य संगठनले भन्यो : विश्वभर खतरनाक भेरियन्ट फैलन्छ

AP Photo/Niranjan Shrestha

काठमाडौं । विश्व स्वास्थ्य संगठनको इमर्जेन्सी कमिटिले विश्वभर कोरोना भाइरसको अझ खतरनाका भेरियन्ट फैलने चेतावनी दिएको छ । बिहीबार डब्यूएचओले यस्तो चेतावनी जारी गरेको हो । यो विश्वभर नै फैलने चेतावनी संगठनको छ । अअिलेसम्मका भेरियट भन्दा यो अझ बढी खतरनाक हुने चेतावनी समेत संगठनको रहेको छ । संगठनले भनेको छ, यो रोक्न समेत कठिन… Continue reading विश्व स्वास्थ्य संगठनले भन्यो : विश्वभर खतरनाक भेरियन्ट फैलन्छ

वैदेशिक रोजगारीमा जानेले प्राथमिकताका आधारमा खोप पाउने

Reuters

काठमाडौं । गन्तब्य मुलुकमा खोप अनिवार्य भएसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने जागरिक प्रभावित भएका थिए । अब भने सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकताका आधारमा खोप लगाउने भएको छ । मंगलबार देशभर खोप अभियान शुरु हुँदैछ । मंगलबारबाट चीनबाट खरीद गरेको भेरोसेल खोप दिन लागिएको हो । यो प्राथमिकतामावैदेशिक रोजगारीमा जाने नेपाली समेत परेका हुन् ।… Continue reading वैदेशिक रोजगारीमा जानेले प्राथमिकताका आधारमा खोप पाउने

एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप कसले पाउँछन् ?

काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज नेपाललाई उपलब्ध गराएको छ । आज नेपाल आइपुगेको यो खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ । सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको बैठकले जोन्सनको खोप पाउने प्राथमिकता निर्धारण गरेको हो । मन्त्रालयका अनुसार यो खोप एक डोज मात्र लगाए पुग्ने छ । खोप ५०–५४ वर्ष उमेर… Continue reading एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप कसले पाउँछन् ?

अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आयो

काठमाडौं । अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज खोप नेपाल आएको छ । एक डोज मात्र लगाए पुग्ने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप कतार एयरवेजको जहाजमार्फत आज काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे । यससँगै अमेरिकाले दिएको खोपबाट १५ लाख… Continue reading अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आयो

उत्तर प्रदेशमा चट्यांग लागेर कम्तिमा २८ जनाको मृत्यु

कानपुर । नेपालको सीमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा चट्यांग लागेर कम्तिमा २८ जनाको मृत्यु भएको छ । यो घटना आइतरबारको हो । भारतीय संचारमाध्यमहरुका अनुसार डेढ दर्जन मानिस घाइते छन् । उत्तर प्रदेशमा आइतबार भारी वर्षा भएको थियो । सो दौरान परेको चट्यांगले ठूलो मानवीय क्षति गरेको हो । यो संख्या उत्तर प्रदेशको फरक… Continue reading उत्तर प्रदेशमा चट्यांग लागेर कम्तिमा २८ जनाको मृत्यु

नेपाल टेलिकमको डाटामा चिनियाँ ह्याकरको आक्रमण

Photo : BBC

काठमाडौं । नेपालको बैंकिंग प्रणालीमा निरन्तर आक्रमण गरि क्षति पुर्याइरहेको चिनियाँ ह्याकरको समूहले नेपाल टेलिकमको महत्वपूर्ण डाटा ह्याक गरेको दावि गरेको छ । डाटा ह्याक भएको चेतावनीपछि नेपाल टेलिकमले समेत आफ्नो एउटा सर्भर बन्द गरेको जनाएको छ । चिनियाँ ह्याकर समूहले सर्भरमा आक्रमण गरेर डाटा हृयाक गरेको दावी गरेपछि टेलिकमले शंकास्पद सर्भर सर्ट डाउन गरेको… Continue reading नेपाल टेलिकमको डाटामा चिनियाँ ह्याकरको आक्रमण

अमेरिकाबाट आउने भयो १५ लाख डोज खोप, एक डोज मात्र लगाए पुग्ने

काठमाडौं । अमेरिकाले नेपाललाई दिने भनेको कोरोना खोपको मात्रा निश्चित भएको छ । अमेरिकाले सिधै वितरण नगरी कोरोना महामारी नियन्त्रणका लागि धनी मुलुकले गरिब मुलुकलाई खोप वितरण गर्न बनाएको साझा संयन्त्र कोभ्याक्स कार्यक्रममार्फत खोप नेपाललाई दिन लागेको हो । यस्तो खोप नेपालमा १५ लाख डोज आउने भएको छ । आगामी साता काठमाडौं आइपुग्ने भएको छ… Continue reading अमेरिकाबाट आउने भयो १५ लाख डोज खोप, एक डोज मात्र लगाए पुग्ने

अब आन्तरिक उडानमा माग अनुसार अनुमति

Photo : Lonely Planet

काठमाडौं । सरकारले आन्तरिक उडान पूर्ण रुपमा खुला गरेको छ । देशभर बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको समयमा यात्रुको सुविधालाई ध्यानमा राखी सबै उडान खोल्न वायुसेवा कम्पनीले माग गरेका थिए । सोहीअनुसार सरकारले अब आवश्कयता अनुसार पूर्ण क्षमतामा जहाज उडाउन सक्ने गरि खुला गरेको हो । यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान… Continue reading अब आन्तरिक उडानमा माग अनुसार अनुमति