काठमाडौं । भारतले नेपाललाई कोरोनाभाइरस विरुद्धको एक करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ । केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाल र भुटानलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो । बंगलादेशलाई भने दुई करोड डोज खोप दिने निर्णय बैठकले गरेको हो । भारतले श्रीलंका, अफगानिस्तान, मौरिसस र माल्दिभ्सलाई पनि खोप उपलब्ध गराउने भएको भारतीय सञ्चारमाध्यमले… Continue reading भारतले नेपाललाई कोरोनाविरुद्धको एक करोड डोज खोप निःशुल्क उपलब्ध गराउने
Category: विज्ञान प्रविधि
नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु, किन आयो यस्तो नतिजा ?
ओस्लो । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएको २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भइसकेको स्थानीय संचारमाध्यमलले उल्लेख गरेका छन् । खोपको साइड इफेक्टपछि उनीहरुको मृत्यु भएको बताइएको छ । त्यसो त शनिबारबाट शुरु भएको कोरोना खोप लगाएपछि भारतमा समेत सयौं… Continue reading नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु, किन आयो यस्तो नतिजा ?
सबै सरकारी सेवा एउटै एपमार्फत दिनेगरी सरकारले ल्यायो नागरिक एप
सरकारले सञ्चालनमा ल्यायो नागरिक एप, के छ सुविधा ?काठमाडौं । सरकारले नागरिक एप संचालनमा ल्याउने निर्णय गरेको छ । आज मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता/सूचना तथा संचारमन्त्री पार्वत गुरुङले नागरिक एप संचलनमा आएको जानकारी दिए । उनका अनुसार आजैबाट यसको सेवा नागरिकले लिन सक्नेछन् ।अहिले यो एप मार्फत नागरिकले नागरिकता विवरण, स्थायी लेखा… Continue reading सबै सरकारी सेवा एउटै एपमार्फत दिनेगरी सरकारले ल्यायो नागरिक एप
वुहान पुग्यो डब्लूएचओको टोली, कोरोना उत्पत्तीबारे अनुसन्धान गर्ने
वुहान । कोरोना भाइरसको उत्पत्तीबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली चीन पुगेको छ। चीनको वुहानबाट पहिलो पटक कोरोना देखिएको हो । डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले उल्लेख गरेको छ । १० सदस्यीय वैज्ञानिकको टोलीले सुरूमा महामारी फैलिएको क्षेत्रका अनुसन्धान संस्थान, अस्पताल र सिफुड बजारका मानिसहरूसँग अन्तर्वार्ता लिने भएको बताइएको छ ।… Continue reading वुहान पुग्यो डब्लूएचओको टोली, कोरोना उत्पत्तीबारे अनुसन्धान गर्ने
काठमाडौं उपत्यकामा २४६ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा १९ जना कोरोना संक्रमित भेटिएका हुन्। योसँगै उपत्यकामा एक लाख २३ हजार ५३० जना व्यक्ति संक्रमित भएका छन्।
रुसबाट आउँदैछ नेपाललाई कोरोना खोप ?
काठमाडौं । रसियामा उत्पादन भएको खोप नेपाल ल्याउने तयारी भइरहेको पाइएको छ । रुसले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन खोप नेपाललाई दिन तयार रहेको बताएको छ । रुसले यसअघि… Continue reading रुसबाट आउँदैछ नेपाललाई कोरोना खोप ?
अब लाइसेन्स परीक्षामा समेत अंकभार, हजारौं चालक लाभान्वित हुने
काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा सानो गल्तीका कारण समेत फेल हुने अवस्था हट्ने भएको छ । लाइसेन्स सम्बन्धी निर्देशिका परिवर्तन गर्दै सरकारले अंकभार ल्याउने तयारी गरेको हो । अब प्रयोगात्मक परीक्षामा ६० प्रतिशत अंक प्राप्त गर्ने चालकलाई पास गराइने भएको छ । प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई… Continue reading अब लाइसेन्स परीक्षामा समेत अंकभार, हजारौं चालक लाभान्वित हुने
कुलेश्वर केन्द्रविन्दु भएर काठमाडौंमा भूकम्प
काठमाडौं । काठमाडौंमा सोमबार भूकम्पको महसुस भएको छ । अपराह्न साढे २ बजे कुलेश्वर केन्द्रविन्दु भएर भुकम्प गएको हो । अपराह्न २ बजेर ३२ मिनेटमा ३।१ म्याग्निच्यूडको भुकम्प रेकर्ड भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । काठमाडौंमै केन्द्र भएका कारण सानो भूकम्प भएपनि यसको झट्का भने ठूलो महसुस भएको हो ।… Continue reading कुलेश्वर केन्द्रविन्दु भएर काठमाडौंमा भूकम्प
भारतीय कम्पनीको कोरोना खोप उत्पादन क्षमता कति, विश्व बजारको माग पूरा गर्न सक्ला ?
काठमाडौं । विश्वको ६० प्रतिशत खोप उत्पादन गर्ने भारत कोरोना भाइरसबाट विश्वमा सबैभन्दा अतिप्रभावित देशमा अमेरिकापछि दोस्रो स्थानमा छ। ठूलो उत्पादक भएकाले भारतले आफूलाई आवश्यक पर्ने खोप मात्र नभई विश्वव्यापी आपूर्तिमा आफ्नो प्रतिबद्धता पनि पूरा गर्नुपर्छ। त्यसोभए के उसले त्यो माग पूरा गर्नसक्छ त ? भारतको खोप उत्पादन क्षमता कति ? अहिले भारतमा दुईवटा खोपलाई… Continue reading भारतीय कम्पनीको कोरोना खोप उत्पादन क्षमता कति, विश्व बजारको माग पूरा गर्न सक्ला ?
काठमाडौंका थप ५ स्थानमा ट्राफिक बत्ती जडान गरिँदै, १ करोड १५ लाखमा ठेक्का
काठमाडौं । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालू आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान हुनेछन् । उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । ५ चोक र त्यहाँका… Continue reading काठमाडौंका थप ५ स्थानमा ट्राफिक बत्ती जडान गरिँदै, १ करोड १५ लाखमा ठेक्का
इण्डोनेसियामा ६२ यात्रुसहित जहाज वेपत्ता
जाकार्ता । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको एक यात्रुबाहक जहाज वेपत्ता भएको छ । राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कबिहीन भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा हराएको छ । फ्लाइट रायर २४ ले देखाएअनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजार फिट तल झरेको देखिएको… Continue reading इण्डोनेसियामा ६२ यात्रुसहित जहाज वेपत्ता
ट्रम्पलाई फेसबुकको कारवाही, राष्ट्रपति छउन्जेल लेख्न नपाउने
वासिंटन डिसी । सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कारवाही गरेको छ । फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गका अनुसार राष्ट्रपति रहुन्जेल फेसबुकमा ट्रम्पले फेसबुकमा कुनै पनि पोष्ट गर्न नपाउने गरी कारवाही गरिएको हो । जुकरबर्गले बुधबार संसद भवनम ट्रम्पको उक्साहटमा उनका समर्थक फैलाएको हिंसापछि उनलाई फेसबुकको सेवा दिइरहनु चुनौतीपूर्ण हुने उल्लेख… Continue reading ट्रम्पलाई फेसबुकको कारवाही, राष्ट्रपति छउन्जेल लेख्न नपाउने
अमेरिकी राष्ट्रपति ट्रम्पले प्रयोग गर्ने सबै समाजिक सन्जाल २४ घन्टाका लागि ब्लक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्ने सबै सामाजिक सञ्जाल (ट्वीटर, इन्स्टाग्राम र फेसबुक) २४ घन्टाका लागि ब्लक भएका छन् । ट्रम्पले ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा हिंसा भड्काउने गरी पोस्ट गरेको र त्यसपछि अमेरिकी संसदमाथि नै आक्रमण भएको आरोपमा सामाजिक संजालसँग सम्बन्धित निकायले उनले प्रयोग गर्दै आएको फेसबुक, ट्वीटर र इन्सटाग्राम बन्द गरेका हो… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पले प्रयोग गर्ने सबै समाजिक सन्जाल २४ घन्टाका लागि ब्लक
कोरोना महामारीका बीच भारतमा बर्डफ्लु आतंक, नेपालमा बढाइयो सतर्कता
काठमाडौं । कोरोना महामारीका बीच भारतमा बर्डफ्लुको संक्रमण फैलिएको छ । अहिलेसम्म भारतका चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएको भारतीय संचारमाध्यमले लेखेका छन् । भारतमा यो रोगको संक्रमण देखिएपछि सचेतना भने नेपालमा समेत शुरु भएको छ । नेपाल सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । भारतबाट नेपाल भित्रिने… Continue reading कोरोना महामारीका बीच भारतमा बर्डफ्लु आतंक, नेपालमा बढाइयो सतर्कता
खुल्न थाल्यो काठमाडौंको आकाश, प्रदुषण भने कायमै
काठमाडौं । आइतबारदेखि ढाकिएको काठमाडौंको आकास आजबाट खुल्न थालेको छ । आज बिहान काठमाडौंमा घाम लागेका छ । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । काठमाडौंको आकाश अहिले पनि धुम्म छ । तर, दिउँसोपछि भने अधिकांश भूभागमा घाम लाग्नेछ… Continue reading खुल्न थाल्यो काठमाडौंको आकाश, प्रदुषण भने कायमै
सडकबत्ती जडानका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
भक्तपुर । भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो सवा १ बजे भक्तपुर नगरपालिका २ इतापाकोमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेका दोलखा मेलुङ गाउँपालिका ५ का २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । करेन्ट लागेर एक… Continue reading सडकबत्ती जडानका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
गन्तब्य प्रचार हुने उत्कृष्ट टिकटक भिडियोलाई बोर्डले नगद पुरस्कार दिने
काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ पर्यटकीय क्षेत्रको भिडियो बनाएर प्रचार प्रसारमा ल्याउने उत्कष्ट टिकटक भिडियोलाई पुरस्कृत गर्ने भएको छ । निश्चित शर्त पुरा गरी अपलोड भएका टिकटक भिडियोलाई हरेक १५ दिनमा उत्कृष्ट छनोट गरी एक जनालाई २० हजार नगद पुरस्कार दिने घोषणा बोर्डले गरेको हो । यसअघि तनहुँको मानहुँकोट टिकटककै कारण भाइरल बनेको थियो… Continue reading गन्तब्य प्रचार हुने उत्कृष्ट टिकटक भिडियोलाई बोर्डले नगद पुरस्कार दिने
काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित, बाहिर ननिस्किन विभागको अपिल
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको छ। वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले मंगलबार विज्ञप्ति जारी गर्दै बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको जनाएको हो । सोमबार बिहान हल्का वर्षा भएपछि धुम्मिएको काठमाडौंको आकाश मंगलबार पनि राम्रोसँग खुलेको छैन् । विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदुषणबारे अध्ययन गर्ने आइक्यु एयर… Continue reading काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित, बाहिर ननिस्किन विभागको अपिल
विदेश जान नक्कली पिसिआर रिर्पोट, कागज बनाउने गिरोह खोज्दै प्रहरी
काठमाडौं । नेपालबाट विदेश जाने क्रममा नक्कली पिसिआर परीक्षण रिर्पोट बन्ने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली पीसीआर रिपोर्टसहित ७ जना पक्राय परेसँगै यस्तो रहस्य खुलेको हो । यसअघि नेपालबाट विभिन्न मुलुक पुगेका नेपालीमा पुनः परीक्षण गर्दा कोरोना पुष्टी भएपछि एयरलाइन्सले प्रतिवन्ध भोगेका थिए । त्यसबेला नेपाल एयरलाइन्सले गरेको गुनासोलाई गम्भीर रुपमा… Continue reading विदेश जान नक्कली पिसिआर रिर्पोट, कागज बनाउने गिरोह खोज्दै प्रहरी
काठमाडौंमा अधिक प्रदुषण, खुलेन आकास
काठमाडौं । काठमाडौं उपत्यकाको प्रदुषण लेवल मापदण्डभन्दा माथि पुगेको छ । जसले गर्दा काठमाडौंबासीले भारतको नयाँ दिल्लीबासीले भोगे जस्तै अनुभूति गर्नु परेको छ । कम भिजिविलिटीका कारण सडकमा चर्को जाम समेत भएको छ । सोमबार दिनभर काठमाडौंबासीले घाम पनि देख्न पाएनन् । कतिपयमा आखाँ पोल्ने समस्या समेत देखिएको गुनासो आएको छ । काठमाडौं उपत्यकामा न्यूनतम… Continue reading काठमाडौंमा अधिक प्रदुषण, खुलेन आकास
राहदानीमा राख्ने तस्वीरलाई मन्त्रीपरिषद्को स्वीकृति
काठमाडौं । सरकारले राहदानीमा राख्ने विभिन्न तस्वीर स्वीकृत गरेको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद बैठकले राहदानीको भित्री पानामा राख्ने गरी विभिन्न तस्वीरलाई स्वीकृति दिएको छ । सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार राहदानीको पहिलो कभर पेजको भित्री पृष्ठमा डाँफे र राष्ट्रिय झण्डा रहने भएको छ । पृष्ठ १ मा सगरमाथाको तस्वीर राखिने भएको छ… Continue reading राहदानीमा राख्ने तस्वीरलाई मन्त्रीपरिषद्को स्वीकृति
भारतमा यसै सातादेखि कोरोना खोप वितरणको तयारी, भारतकै आशमा नेपाल
काठमाडौं । नेपालको छिमेकी मुलुक भारतले यसैसाताबाट कोरोना खोपको वितरण शुरु गर्ने तयारी गरेको छ । सम्भवतः यसबारे आज विशेष निर्णय हुन सक्ने भारतीय संचारमाध्यमले लेखेका छन् । केही संचारमाध्यमले शनिबारबाटै खोप वितरणको निर्णय हुने संकेत समेत गरेका छन् । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाका भिजी सोमानीले बिहीबार आयोजना गरिएको एक वेबिनारमा अनुमति दिने… Continue reading भारतमा यसै सातादेखि कोरोना खोप वितरणको तयारी, भारतकै आशमा नेपाल
नेपालमा लोडसेडिङ नहुने प्राधिकरणको स्पष्टिकरण
काठमाडौं । पछिल्लो एक साता काठमाडौंसहितका शहरी इलाकामा विद्यूत आपूर्तिमा समस्या देखिएको छ । अकस्मात लाइन जाने र निकै बेर नआउने समस्याले उपभोक्ता हैरानीमा छन् । संचारमाध्यमले यस प्रकारको समस्यालाई अघोषित लोडसेडिङको उपमा दिएसँगै प्राधिकरण स्पष्टिकरण सार्वजनिक गर्न बाध्य भएको छ । प्राधिकरणले नेपालमा औपचारिक रुपमा लोडसेडिङ हटेको भन्दै अब त्यस्तो अवस्था नआउने बताएको छ… Continue reading नेपालमा लोडसेडिङ नहुने प्राधिकरणको स्पष्टिकरण
भोलीदेखि पुनः श्रमस्वीकृति अनलाइनबाटै लिन सकिने, नेपाल आउन नपर्ने
काठमाडौं । पुनः श्रम स्वीकृति लिनका लागि विदेशबाट नेपाल आउनै पर्ने बाध्यता हटेको छ । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गर्ने भएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम… Continue reading भोलीदेखि पुनः श्रमस्वीकृति अनलाइनबाटै लिन सकिने, नेपाल आउन नपर्ने
अमेरिका र भारतमा समेत देखियो कोरोनाको नयाँ भाइरस
काठमाडौं । बेलायतबाट पहिलो पटक पुष्टी भएको कोरोना भाइरस कोभिड १९ को नयाँ जिवाणु अमेरिका र भारतमा समेत पुष्टी भएको छ । अमेरिकाको कोलोराडोमा एक व्यक्तिमा नयाँ जिवाणु पुष्टी भएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ती व्यक्तिको ट्राभल हिष्ट्री सार्वजनिक गरिएको छैन । उनलाई आइसोलेसनमा राखिएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार उनको सम्पर्क र… Continue reading अमेरिका र भारतमा समेत देखियो कोरोनाको नयाँ भाइरस
पठाओ कार्यालयमा तोडफोड गर्ने युवालाई आजिवन प्रतिवन्ध लगाउने कम्पनीको तयारी
काठमाडौं । सोमबार राइड सेयरिङ कम्पनी ‘पठाओ नेपाल’को मध्यबानेश्वरस्थित कार्यालयमा राइडरहरुले तोडफोड गरे । पछिल्लो केही दिनयता राइडरहरुले पठाओ नेपालको व्यवस्थापन विरुद्ध आन्दोलन गरिरहेका थिए । यसरी तोडफोडमा उत्रने राइडरलाई भने आफ्नो प्लेटफर्ममा आजिवन प्रतिवन्ध लगाउने तयारी कम्पनीले गरेको छ । खासगरी पठाओ प्लेटफर्म स्वच्छिक रोजगारीको माध्यम भएको र कम्पनीका नियम चित्त नबुझे यसमा भाग… Continue reading पठाओ कार्यालयमा तोडफोड गर्ने युवालाई आजिवन प्रतिवन्ध लगाउने कम्पनीको तयारी
बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टी, नयाँ भाइरस नेपाल भित्रिएको हो ?
काठमाडौं । बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । तर, उनीहरुमा देखिएको भाइरसको प्रकृति पुरानै हो वा बेलायतमा देखिएको नयाँ भाइरस हो भन्ने चाँही खुलेको छैन । सरकारले ७ पुसदेखि बेलायतबाट यात्रु नेपाल ल्याउन रोक लगाएको छ । त्यसअगाडी १ पुसबाट ७ पुसको बीचमा आएका यात्रुलाई अनिवार्य होटेल क्वारेन्टिनमा… Continue reading बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टी, नयाँ भाइरस नेपाल भित्रिएको हो ?
निजी अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाइयो
काठमाडौं । नेपालमा सरकारले निजी क्षेत्रका अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाएको छ । यससँगै अब कोरोना संक्रमितको उपचार अब सरकारी अस्पतालमा मात्र हुने भएको छ । कोरोना भारइसको संक्रमण उच्च दरमा घटेको र सरकारी अस्पतालकै बेड खाली भएको भन्दै सरकारले निजी अस्पताललाई कोरोना अस्पतालको सूचीबाट हटाउने निर्णय लिएको हो । अब निजी क्षेत्रका अस्पतालले अन्य… Continue reading निजी अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाइयो
१.३ डिग्रीमा झर्यो काठमाडौंको न्यूनतम तापक्रम
काठमाडौं । आज यस हिउँदकै सबैभन्दा चिसो दिनका रुपमा तापमान मापन भएको छ । काठमाडौं उपत्यकाको तापक्रम आज १.३ डिग्री मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार भने काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री रहेको थियो। यसअघि ३ पुसमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्रीसम्म झरेको थियो । त्यसपछि केही बढेको… Continue reading १.३ डिग्रीमा झर्यो काठमाडौंको न्यूनतम तापक्रम
चर्को आवाज निकाल्दै गुड्ने ३४२ मोटरसाइकल कारवाहीमा
काठमाडौं । प्रहरीले चर्को आवाज निकाल्ने गरी मोडिफाइ गरेका मोटरसाइकलविरुद्ध कारवाही अभियान चलाएको छ । एक महिना चलाएको यो अभियानका दौरान कुल ३ सय ४२ मोटरसाइकल कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार एक महिनामा ठूलो आवाज निकाल्ने र स्वरूप परिवर्तन गरी चलाउनेलाई कारबाही गर्न विशेष अभियान चलाइएको थियो । सो… Continue reading चर्को आवाज निकाल्दै गुड्ने ३४२ मोटरसाइकल कारवाहीमा