काठमाडौं । कोरोना भाइरसको महामारीबाट एकै दिन मृत्यु हुने संख्यामा आज रेकर्ड बसेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार संसारभरको आंकडा अनुसार आज कुल १० हजार ५ सय २ जना मानिसले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । यो एक दिनमै भएको सर्वाधिक मृत्यु हो । खासगरी यूरोपमा आएको नयाँ लहर र कोरोना नियन्त्रणमा नआएका अमेरिकी… Continue reading कोरोनाबाट आज संसारमा सबैभन्दा धेरै मानिसको मृत्यु
Category: विज्ञान प्रविधि
अमेरिकी कम्पनी मोर्डेनाको खोप कोभिडविरुद्ध ९५ प्रतिशत प्रभावकारी
काठमाडौं । अमेरिकी कम्पनी मोडेर्ना विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको सार्वजनिक भएको छ । बीबीसीका अनुसार कम्पनीले सोमबार आफ्नो नतिजा सार्वजनिक गरेको छ । जसअनुसार खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने अपेक्षा गरिएको छ । यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी… Continue reading अमेरिकी कम्पनी मोर्डेनाको खोप कोभिडविरुद्ध ९५ प्रतिशत प्रभावकारी
तापक्रम घट्दा उच्च पहाडी र हिमाली भेगमा हिमपात
काठमाडौं । तापक्रम घट्ने क्रमसँगै हिमाली र उच्च पहाडी जिल्लामा हिमपात शुरु भएको छ । यसले जनजीवन प्रभावित बनाउन शुरु गरेको छ । सोमबार दिनभरजसो देशभर घाम लागेनन् । यसले मंगलबार हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखाका विभिन्न स्थानमा हिउँ परेको छ । उता पूर्वी रुकुममा समेत हिउँले जनजीवन प्रभावित बनाएको छ । जल तथा… Continue reading तापक्रम घट्दा उच्च पहाडी र हिमाली भेगमा हिमपात
नेपालमा थप १४७७ जनामा कोरोना पुष्टी, २७९८ जना कोरोनामुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट अनुसार यस अवधिमा कुल ६ हजार ४७६ जनाको कोरोना परीक्षण भएको छ । जसमा १४७७ जनामा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९… Continue reading नेपालमा थप १४७७ जनामा कोरोना पुष्टी, २७९८ जना कोरोनामुक्त
डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने
काठमाडौं । स्वास्थ्य अभियन्ता डा. गोविन्द केसी अहिले कोरोना भाइरसको संक्रमणसँग लडिरहेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार टुइटमार्फत निःशुल्क उपचार गर्ने बताएका थिए । प्रधानमन्त्रीले सामाजिक चर्चाका लागि गरेको उक्त टुइटको डा. केसीले प्रतिवाद गरेका छन् । आफ्नो उपचार आफै गर्न सक्ने नागरिकको व्यक्ति विशेषको उपचारको जिम्मा लिनु भन्दा आम नागरिकलाई निःशुल्क… Continue reading डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने
नेपालमा थप १९१३ जनामा कोरोना संक्रमण, २३४९ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३४९जना… Continue reading नेपालमा थप १९१३ जनामा कोरोना संक्रमण, २३४९ जना संक्रमण मुक्त
रुसले भन्यो : स्पुतनिक ९२ प्रतिशत प्रभावकारी भयो
मस्को । रूसले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको भ्याक्सिन स्पुतनिक फाइभ ९२ प्रतिशत प्रभावकारी भएको सार्वजनिक गरेको छ । अमेरिकी र जर्मन कम्पनीले आफ्नो उत्पादन ९० प्रतिशत प्रभावकारी भएको दावि सार्वजनिक गरेसँगै रुसले आफ्नो उत्पादनबारे पछिल्लो अपडेट सार्वजनिक गरेको हो । रूसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत देखिएको सार्वजनिक गरेको छ… Continue reading रुसले भन्यो : स्पुतनिक ९२ प्रतिशत प्रभावकारी भयो
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौं उपत्यकामा आज भूकम्पको धक्का महसुस गरिएको छ । काठमाडौं नजिक धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको हो । मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टी गरेको छ । यसले काठमाडौं र यस आसपासका जिल्लामा धक्का महसुस गरिएको… Continue reading काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं उपत्यकामा थपिए १४२० सक्रमित
काठमाडौं । आज काठमाडौं उपत्यकामा थप १४२० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना कोरोना संक्रमित थपिएका हुन् । आज महिला ६ सय ३ र पुरुष ८ सय… Continue reading काठमाडौं उपत्यकामा थपिए १४२० सक्रमित
कोरोना विरुद्धको खोप नेपाल ल्याउन सरकारी समिति गठन
काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप निर्माण सफल भई सार्वजनिक प्रयोगमा आउनासाथ नेपाल आपूर्तिको व्यवस्था मिलाउन तयारी थालेको छ । सोहीक्रममा सरकारले सचिवस्तरको एक उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन गरेको हो । समितिले कोरोनाविरूद्धका खोपबारे अध्ययन गरी नेपाल ल्याउने… Continue reading कोरोना विरुद्धको खोप नेपाल ल्याउन सरकारी समिति गठन
सफल भयो कोरोना विरुद्धको भ्याक्सिन
एजेन्सी अमेरिकी औषधि उत्पादनमा नाम कमाएको पिफिजर र जर्मन बायोटेक कम्पनी बायोएनटेकले उनिहरुले उत्पादन गरेको कोरोना भाईरस बिरुद्धको भ्याक्सिनले ९० प्रतिशत काम गरेको बताएका छन् । ति दुई कम्पनीले कोभिड -१९ बिरुद्ध उनिहरुले उत्पादन गरेको भ्याक्सिनले संक्रमणको लक्षण नदेखिएका मानिसहरुलाई भाईरसबाट जोगाउन ९० प्रतिशत सफल भएको बताएका छन् । सोमबार पिफिजर र बायोएनटेकले आफुले उत्पादन… Continue reading सफल भयो कोरोना विरुद्धको भ्याक्सिन
अधिक चिसोले हुम्लामा जम्न थाल्यो पानी
सिमकोट । नेपालमा अधिक चिसोका कारण हिमाली भेगको जनजीवन प्रभावित हुने छ । यसै सिलसिलामा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ। राष्ट्रिय समाचार समिति (रासस)का अनुसार कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो। रातको समयमा अत्यधिक चिसो हुने भएकाले… Continue reading अधिक चिसोले हुम्लामा जम्न थाल्यो पानी
कोरोनाबाट विश्वभर एकै दिन सर्वाधिक मृत्युको आंकडा
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण एकै दिनमा सर्वाधिक मानवीय क्षतिको रेकर्ड बनेको छ । विश्वभर पछिल्लो २४ घण्टामा सर्वाधिक ९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५४ जनाको मृत्यु भएको छ । अब विश्वभर कोरोना भाइरसको संक्रमणछि ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगेको छ । त्यसो… Continue reading कोरोनाबाट विश्वभर एकै दिन सर्वाधिक मृत्युको आंकडा
नेपालमा पिसिआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, दोष कस्को ?
काठमाडौं । नेपालमा ७२ घण्टा यताको पिसिआर परीक्षण रिर्पोट नेगेटिभ आएका यात्रुमा समेत धमाधम कोरोना संक्रमण देखिन थालेको छ । जसले गर्दा यात्रुलाई बोकेर लैजाने एयरलाइन्स कम्पनीमाथि दवाव बढेको छ । एकातर्फ कोरोना बोकेर आएको भन्दै एयरलाइन्समाथि लाग्ने प्रतिष्ठाको प्रश्न र अर्कोतर्फ एयरलाइन्सलाई हुने कारवाहीका कारण पुग्ने आर्थिक क्षतिले उनीहरुलाई समस्यामा पार्न थालेको छ ।… Continue reading नेपालमा पिसिआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, दोष कस्को ?
काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३ सय ५७ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना कोरोना संक्रमित थपिए । यसमध्ये महिला ५ सय ६९ र… Continue reading काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना
यी हुन् विश्वका मूल्यवान कम्पनी, प्रविधिका ब्राण्डको प्रभुत्व कायमै
काठमाडौं । यो वर्षको विश्वका सर्वाधिक मूल्यवान ब्राण्डको सूची सार्वजनिक भएको छ । इन्टरब्राण्ड कम्पनीले सार्वजनिक गरेको सूची अनुसार यस वर्ष पनि टेक्नोलोजी जाएन्ट्स एप्पलले आफ्नो ब्राण्ड भ्यालुलाई कायम राख्दै विश्वका सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । एप्पलले आफ्नो ब्रान्ड भ्यालू ३८ प्रतिशले बढाउँदै ३ खर्ब २२ अर्ब डलर पु्याएको छ । अमेरिकी… Continue reading यी हुन् विश्वका मूल्यवान कम्पनी, प्रविधिका ब्राण्डको प्रभुत्व कायमै
अब दैनिक कोरोना प्रेस ब्रिफिङ नहुने
काठमाडौं । अब दैनिक कोरोना सम्बन्धी प्रेस ब्रिफिङ नहुने भएको छ । सरकारले साताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने गरी निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे लाइभ ब्रिफिङ हुनेछ । यसअघि दशैं बिदाको असर पारी ब्रिफिङ ५… Continue reading अब दैनिक कोरोना प्रेस ब्रिफिङ नहुने
परीक्षण घट्दा संक्रमितको संख्या ओरालो
काठमाडौं । बडादशैंको बिदाको अवसर पारी काठमाडौं उपत्यकामा चहलपहल घट्यो । यसको प्रभाव कोरोना भाइरसको परीक्षणमा समेत देखिएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ७२५ नमुना परीक्षण भएको छ । यो संख्याबाट ५७० जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरका ल्याबमा यो संख्यामा परीक्षण भएको हो । अब देशभर संक्रमितको… Continue reading परीक्षण घट्दा संक्रमितको संख्या ओरालो
संक्रमण रोक्न लकडाउन नै अन्तिम उपाय होइन : डब्लूएचओ
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको संक्रमण रोक्ने उपाय लकडाउन नभएको बताएको छ । पछिल्ला दिनमा यूरोपमा कोरोना संक्रमणको दोस्रो चरणको लहर चलेको छ । यसले यूरोपमा लकडाउन र प्रतिवन्ध शुरु भएको छ । सोही सन्दर्भमा डब्लूएचओले कोरोना भाइरस रोकथामका उपाय पूर्ण रूपमा पालना गर्ने हो भने भाइरसको संक्रमण रोक्न लकडाउन र प्रतिवन्ध… Continue reading संक्रमण रोक्न लकडाउन नै अन्तिम उपाय होइन : डब्लूएचओ
उपत्यकामा थपिए १५३५ संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार १५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला हुन् । काठमाडौं जिल्लामा हालसम्म ५६… Continue reading उपत्यकामा थपिए १५३५ संक्रमित
खगोल विज्ञानमा नेपाललाई दुई अवार्ड
काठमाडौं । यो वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुइ अवार्ड जितेको छ । नेपालले ‘अनरेबल मेन्सन अवार्ड’ जितेको हो । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले ‘अनरेबल मेन्सन अवार्ड’ जितेका हुन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले यसको पुष्टी गरेको छ… Continue reading खगोल विज्ञानमा नेपाललाई दुई अवार्ड
रुसी खोपको परीक्षण भारतमा समेत हुने
नयाँ दिल्ली । रुसमा निर्माण भइरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा समेत हुने भएको छ । भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले यसका लागि अनुमति दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भारतमा एक सय जना स्वयंसेवकमा खोप परीक्षण गरिने भएको अधिकारीहरुले पुष्टी गरेका छन् । खोप भारतमा परीक्षणका… Continue reading रुसी खोपको परीक्षण भारतमा समेत हुने
उपत्यकामा २७२० जनामा कोरोना पुष्टी
काठमाडौं । काठमाडौं उपत्यकामा थप २७२० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा उक्त संख्यामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ४४९९… Continue reading उपत्यकामा २७२० जनामा कोरोना पुष्टी
दशैं बिदामा घर पुगेका सैनिकको करेन्ट लागेर मृत्यु
तेह्रथुम । दशैं बिदामा घर पुगेका एक जना सैनिकको करेन्ट लागेर ज्यान गएको छ । तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर सैनिक जवानको ज्यान गएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको बिहीबार साँझ करेन्ट लागेर ज्यान गएको हो। आफ्नै घरअगाडि रहेको… Continue reading दशैं बिदामा घर पुगेका सैनिकको करेन्ट लागेर मृत्यु
नेपालमा शुरु भयो क्लिनफिड, करीव २ सय विदेशी च्यानलको प्रसारण रोकिँदै
काठमाडौं । नेपालमा आज राती १२ बजेबाट क्लिनफिड लागु हुँदैछ । यसले करीव २ सय विदेशी च्यानलको प्रसारण बन्द हुनेछ । खासगरी विज्ञापनरहित प्रसारणमा जानु पर्ने प्रावधानका कारण च्यानलहरुले अब विज्ञापनसहित प्रसारण गर्न पाउने छैनन् । यसले ठूलो संख्यामा विदेशी च्यानलको प्रसारण नेपालमा हुने छैन । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै… Continue reading नेपालमा शुरु भयो क्लिनफिड, करीव २ सय विदेशी च्यानलको प्रसारण रोकिँदै
कात्तिक ७ भित्र क्लिनफिड लागू गर्न मन्त्रालयको निर्देशन, अटेर गरे च्यानल बन्द गर्ने चेतावनी
काठमाडौं । सरकारले कात्तिक ७ गते भित्र विज्ञापनरहित प्रसारण गर्न नेपाल केवल टेलिभिजन महासंघ लगायतका संघ संस्थाहरुलाई निर्देशन दिएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै २०७७ कार्तिक ७ गतेभित्र विज्ञापनरहित(क्लिन फिड) प्रसारण गर्न निर्देशन दिएको हो । निर्देशनलाई बेवास्ता गरेमा कानुन बमोजिम कारवाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ… Continue reading कात्तिक ७ भित्र क्लिनफिड लागू गर्न मन्त्रालयको निर्देशन, अटेर गरे च्यानल बन्द गर्ने चेतावनी
आईफोन १२ सिरिजमा ४ नयाँ फोन सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौं । एप्पलले आइफोन-१२ सिरिजका ४ वटा फोन सार्वजनिक गरेको छ । भर्चुअल माध्यमवाट आइफोन-१२, आइफोन-१२ मिनी फाइफोन–१२ प्रो , आइफोन–१२ प्रो म्याक्स सार्वजनिक गरेको हो । उक्त फोनहरुमा फाइभजी नेटवर्क चल्ने कम्पनीले जनाएको छ । एप्पलका नयाँ आइफोन आइफोन-१२(६४, १२८ र २५६ जिबी स्टोरेज), आइफोन-१२ मिनी (६४, १२८ र २५६ जिबी स्टोरेज)का अलावा आइफोन-१२… Continue reading आईफोन १२ सिरिजमा ४ नयाँ फोन सार्वजनिक, कति पर्छ मूल्य ?
नेपालमा विद्युत अझै सस्तो हुने
काठमाडौं । नेपालमा विद्युतको भाउ घटाउने तयारी गरिएको छ । ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको बैठकमा उर्जा मन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् । मन्त्रिपरिषद्ले ऊर्जा, जलश्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, अर्थ मन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई समेटेर चार सदस्यीय समिति गठन गरेको थियो… Continue reading नेपालमा विद्युत अझै सस्तो हुने
आज सबैभन्दा चम्किलो देखिने छ मंगलग्रह, कसरी हेर्ने ?
काठमाडौं । अन्तरिक्षसम्बन्धी अध्येताहरुका लागि आज विशेष दिन हो । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुनेछन् । यसले पृथ्वीबाट मंगलग्रह निकै ठूलो र चम्किलो समेत देखिनेछ । आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा रहने अमेरिकी अन्तरीक्ष निकाय नासाले उल्लेख गरेको छ । यस्तो… Continue reading आज सबैभन्दा चम्किलो देखिने छ मंगलग्रह, कसरी हेर्ने ?
अब अत्यावश्यक अवस्थामा बाहेक अस्पतालले अपरेशन नगर्ने
काठमाडौं । अब काठमार्डां उपत्यकामा अत्यावश्यक बिरामी बाहेक अन्य बिरामीको अपरेशन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो । लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेर अस्पताल तथा बेडको अभाव भएपछि सरकारले यस्तो निर्णय गरेको हो । यो निर्णयपछि अब काठमाडौंमा बेडको चरम अभाव कम हुने अपेक्षा गरिएको… Continue reading अब अत्यावश्यक अवस्थामा बाहेक अस्पतालले अपरेशन नगर्ने