मेक्सिको सिटी, १५ फागुन (रासस–एपी) । लागुऔषध गिरोहका शक्तिशाली नेताको मृत्युपछि भड्किएको हिंसाले मेक्सिकोको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्षले भने आगामी विश्वकप आयोजना क्षमतामा पूर्ण भरोसा व्यक्त गरेका छन् । तीन महिनाभन्दा बढी समय बाँकी रहँदा देशले सह–आयोजकका रूपमा जिम्मेवारी सम्हाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेको छ तर… Continue reading हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
Category: खेलकुद
साम्बाको उपचारका लागि २४ घण्टामै उठ्यो डेढ करोड, रकम सङ्कलन रोक्न आग्रह
काठमाडौँ १२ फागुनः नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले आफ्नो उपचारको लागि आवश्यक खर्च जुटेको बताएकी छिन् । कप्तान भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उपचारका लागि देश–विदेशबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको भन्दै सबै समर्थकप्रति आभार व्यक्त गरेकी छिन् । उनले पछिल्लो २४ घण्टामा पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो… Continue reading साम्बाको उपचारका लागि २४ घण्टामै उठ्यो डेढ करोड, रकम सङ्कलन रोक्न आग्रह
खेलकुदमा एनआरएनएको सहभागिता गराउने कांग्रेसको लक्ष्य
काठमाडौं, ७ फागुन : नेपाली कांग्रेसले नेपालको राष्ट्रिय टिममा गैरआवासीय नेपाली खेलाडीलाई पनि समावेश गर्ने लक्ष्य लिएको छ । पार्टी सभापति गगनकुमार थापाले आज सार्वजनिक गरेको नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा यस्तो उल्लेख गरिएको छ । प्रतिज्ञापत्रमा भनिएको छ, “गैरआवासीय नेपाली युवालाई नेपालका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा सहभागी गराई नेपालीत्वको भावना अभिवृद्धि गराउन र समग्र नेपालको… Continue reading खेलकुदमा एनआरएनएको सहभागिता गराउने कांग्रेसको लक्ष्य
विश्वकप क्रिकेट : नेपालको सान्त्वना जितमा चम्किए दीपेन्द्र र सोमपाल
५ फागुन, काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डविरुद्ध सान्त्वना जित निकालेको छ । मंगलबार भारतको मुम्बईस्थित वानखडे स्टेडियममा समूह चरणको अन्तिम खेलमा दुई एशोसिएट राष्ट्र नेपाल र स्कटल्याण्ड भिडेका थिए । नेपालको जितमा बलिङमा सोमपाल कामी र ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरी चम्किए । दुबै टोली प्रतियोगिताबाट बाहिरी सकेका कारण आजको खेल प्रतिष्ठाका लागि मात्र थियो… Continue reading विश्वकप क्रिकेट : नेपालको सान्त्वना जितमा चम्किए दीपेन्द्र र सोमपाल
स्कटल्याण्डलाई हराउन नेपालले १७१ रनको लक्ष्य पायो
काठमाडौँ, ५ फागुनः आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई हराउन नेपालले १७१ रनको लक्ष्य पाएको छ । भारतको मुमबईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको हो । स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे । उनले… Continue reading स्कटल्याण्डलाई हराउन नेपालले १७१ रनको लक्ष्य पायो
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो
काठमाडौँ, ३ फागुनः आइसिसी टी–२० विश्वकपअन्तर्गत आज भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको छ । लगातार तीन पटक पराजित नेपाल समूह चरणबाट बाहिरिएको हो । यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा आज भएको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य… Continue reading टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो
कमजोर आकिएको इटालीसँग नेपालको लजास्पद हार, अर्को चरण पुग्न कठिन
२९ माघ, काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत इटाली विरुद्धको खेलमा नेपाल पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटाली १२.४ ओभरमा पूरा ग¥यो । इटालीका लागि एन्थोनी मोस्का र जस्टिम मोस्काले शतकीय साझेदारी… Continue reading कमजोर आकिएको इटालीसँग नेपालको लजास्पद हार, अर्को चरण पुग्न कठिन
विश्वकप क्रिकेट : आज नेपाल र इटाली खेल्दै
२९ माघ, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज एसोसियट राष्ट्र इटलीसँग खेल्दै छ ।समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ । नेपाल र इटली दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । नेपाल इंग्ल्यान्डसँग तथा इटली स्कटल्यान्डसँग पराजित भएको… Continue reading विश्वकप क्रिकेट : आज नेपाल र इटाली खेल्दै
विश्वकप क्रिकेट : इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
काठमाडौँ, २५ माघः आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाल दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डसँग पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा इङ्ल्यान्डसँग नेपाल चार रनले पराजित भएको हो । झिनो अन्तरले पराजित हुदाँ नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गर्ने अवसरबाट नेपाल बञ्चित भयो । जितका लागि… Continue reading विश्वकप क्रिकेट : इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
विश्वकप क्रिकेट : आज नेपालले इङ्ल्याण्डको सामना गर्दै
२५ माघ, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग खेल्दै छ । आइतबार नेपाली समय अनुसार सवा ३ बजे खेल सुरु हुनेछ । शनिबारदेखि सुरु प्रतियोगिताको पहिलो दिन तीन खेल भएका छन् । नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज अनि अमेरिकाले भारतविरुद्ध राम्रो फाइट दिए पनि विजयी हुन भने… Continue reading विश्वकप क्रिकेट : आज नेपालले इङ्ल्याण्डको सामना गर्दै
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कोलम्बो, २३ माघ (रासस–एपी) । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टि–२० विश्वकप खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको छ । श्रीलङ्का क्रिकेटका प्रमुख कार्यकारी अधिकृत एस्ले डि सिल्भाले शुक्रबार प्राप्त रिपोर्टका आधारमा पाकिस्तानलाई निर्णय पुनः सोच्न अनुरोध गरिएको जानकारी दिए । उनका अनुसार बहिष्कार अगाडि बढेमा यसले विभिन्न पक्षलाई असर… Continue reading भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
भारत-बंगलादेशको विवादका बीच बंगलादेश टि–२० विश्वकपबाट आउट, स्कटल्याण्डलाई अवसर
नयाँदिल्ली, ११ माघ (रासस–एएफपी) । भारतमा खेल खेल्ने विवादका कारण बङगलादेशले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि स्कटल्यान्डले आगामी महिना हुने ट्वन्टी–२० विश्वकपमा बङ्गलादेशलाई प्रतिस्थापन गर्ने शनिबार क्रिकेटको प्रशासकीय निकायले जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भनेको छ, “समूह ‘सी’ मा बङ्गलादेशलाई प्रतिस्थापन गर्न स्कटल्याण्डलाई बोलाइएको छ, जसमा इङ्ग्ल्यान्ड, इटाली, नेपाल र वेस्ट इन्डिज पनि रहेका… Continue reading भारत-बंगलादेशको विवादका बीच बंगलादेश टि–२० विश्वकपबाट आउट, स्कटल्याण्डलाई अवसर
नेपाली महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक जित
काठमाडौँ, १० माघः पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गराएको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो । जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९।३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा… Continue reading नेपाली महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक जित
नेपाल नेदरल्याण्ड्ससँग पराजित
काठमाडौँ, ८ माघ । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित भएको हो । यो जितसँगै समूह बी मा रहेको नेदरल्याण्ड्सले तीन खेलबाट छ अङ्क जोडेको छ । आजको हारसँगै नेपालको सुपर सिक्समा पुग्ने… Continue reading नेपाल नेदरल्याण्ड्ससँग पराजित
विश्वकपको भेन्यू सार्ने बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नयाँ दिल्ली, ८ माघ (रासस–एएफपी) । क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर सार्न बङ्गलादेशको अनुरोधलाई अस्वीकार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बङ्गलादेशी टोलीको सुरक्षामा सम्झौता गर्ने कुनै पनि स्वतन्त्र सुरक्षा खोजको अभावमा आईसीसीले खेल सार्न असमर्थ छ।” बङ्गलादेश क्रिकेट बोर्डले बारम्बार भारतमा खेल खेल्न अस्वीकार… Continue reading विश्वकपको भेन्यू सार्ने बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
काठमाडौँ, ८ माघः आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ थालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ थालेको हो । यसअघिको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो । जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको नेदरल्यान्ड्स तेस्रो जितको खोजीमा छ । नेपाललाई पराजित गरेमा ऊ सुपर सिक्समा पुग्नेछ… Continue reading नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
विश्वकपमा भाग लिन जानु अगाडी कप्तान रोहितले के भने ?
३ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी आइसिसी टी–२० विश्वकपका लागि तयारी राम्रो भइरहेको र देशलाई गर्व गर्न लायक प्रदर्शन गर्ने बताएका छन् । आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा टी–२० विश्वकप आयोजना हुँदैछ । सोही विश्वकपको तयारी लागि नेपाली टोली आइतबार श्रीलङ्का प्रस्थान… Continue reading विश्वकपमा भाग लिन जानु अगाडी कप्तान रोहितले के भने ?
विश्वकप खेल्न जाने टोलीलाई गरियो बिदाई
३ माघ, काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको बिदाइ गरेका छन् । सो अवसरमा नेता शर्माले वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपियाँ पनि हस्तान्तरण गरे… Continue reading विश्वकप खेल्न जाने टोलीलाई गरियो बिदाई
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
काठमाडौँ, २९ पुसः अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त रुपमा सञ्चालन हुने आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने भएका छन् । नेपाली टोलीले स्वदेशमा दुई चरणको तयारी क्याम्प सम्पन्न गर्ना साथ श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले… Continue reading विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
अन्नपूर्णको भुवाने देउरालीमा पाखो सम्माएर खेलमैदान निर्माण
म्याग्दी, २९ पुसः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र जर्मनको ‘हिमालय फ्रेन्ड्स इभी’ संस्थाको सहयोगमा भुवानी युवा परिवारले खेलमैदान निर्माण गरेका हुन् । हिमालय संस्थाले यस वर्ष रु १० लाख ५२ हजार २५० आर्थिक सहयोग गरेको खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले गत वर्ष… Continue reading अन्नपूर्णको भुवाने देउरालीमा पाखो सम्माएर खेलमैदान निर्माण
टी–२० विश्वकपको ट्रफी पोखरामा
कास्की, २२ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेट खेलले खेलाडी र दर्शकलाई समेत उत्साहित बनाइएको बताएका छन् । आइसिसी टी–२० विश्वकप ‘ट्रफी टुर’ अन्तर्गत पोखरामा आज प्रदर्शन गरिएको विश्वकपको ट्रफी अवलोकन गर्दै उनले नेपालमा क्रिकेटमा छुट्टै आकर्षण बढेको उल्लेख गरे । “नेपाली खेलाडीले आइसिसीका प्रतियोगिता खेल्ने क्रम वृद्धि भएको छ… Continue reading टी–२० विश्वकपको ट्रफी पोखरामा
टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल
काठमाडौँ, २१ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहमा उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरे । राष्ट्रपति पौडेलले भने, नेपाल आज खेलप्रेमी राष्ट्रको… Continue reading टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल
बंगलादेश–भारत विवाद चुलिँदै, टि–२० विश्वकप खेल भारत बाहिर सार्न आग्रह
ढाका, २१ पुस (रासस–एएफपी) । भारतले एक बङ्गलादेशी क्रिकेटरलाई इन्डियन प्रिमियर लिग (आइपिएल) छोड्न बाध्य पारेको घटनापछि बङ्गलादेशले आगामी महिना श्रीलङ्कामा सुरु हुने टि–२० विश्वकपमा आफ्ना खेलहरू भारत बाहिर आयोजना गर्न अनुरोध गर्ने भएको छ । बङ्गलादेशका अन्तरिम सरकारका युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले आइतबार राज्यद्वारा सञ्चालित बिएसएस समाचार एजेन्सीमार्फत जारी विज्ञप्तिमा बङ्गलादेशी क्रिकेट,… Continue reading बंगलादेश–भारत विवाद चुलिँदै, टि–२० विश्वकप खेल भारत बाहिर सार्न आग्रह
टी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा
काठमाडौँ, २० पुस । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकप २०२६ को छनोट खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको जनाएको छ । टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिएको छ । घोषित खेलाडीमा रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल… Continue reading टी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्याली घोराहीमा
घोराही (दाङ), ७ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्याली दाङको घोराही आइपुगेको छ । बाँकेबाट सुरु भएको ट्रफी उत्सव र्याली बर्दिया, दाङको तुलसीपुर हुँदै आइतबार घोराही आइपुगेको हो । र्यालीलाई घोराहीमा दाङ क्रिकेट सङ्घका अध्यक्ष तथा नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य प्रदीप मजगैया, लुम्बिनी प्रदेश क्रिकेट सङ्घका… Continue reading लुम्बिनी लायन्सको ट्रफी उत्सव र्याली घोराहीमा
विश्वकप क्रिकेटका लागि खेलाडी छनोट
काठमाडौँ, ६ पुस । आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणमा २४ खेलाडी छनोट भएका छन् । सोमबारदेखि सुरु हुने प्रशिक्षण क्याम्पका लागि २४ जना खेलाडी छनोट गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।… Continue reading विश्वकप क्रिकेटका लागि खेलाडी छनोट
कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै
कर्णाली, ६ पुस : कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउन्डेसन शाखा कार्यालयले आगामी माघ ९–१४ गतेसम्म उक्त प्रतियोगिता गर्ने भएको हो । वीरेन्द्रनगरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा फाउन्डेसनका अध्यक्ष किशोर शाहीले अपाङ्गता भएका व्यक्तिले पनि अवसर पाए सपाङ्गजस्तै आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् र… Continue reading कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै
साफ महिला च्याम्पियनसिप : एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौैँ, ५ पुस । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल… Continue reading साफ महिला च्याम्पियनसिप : एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’ ५ पुस देखि
काठमाडौँ, ५ पुस । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ । लुम्बिनी लायन्सले आज सार्वजनिक गरेको तालिकाअनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर पुस १५ गते रुपन्देहीमा आइ पूरा हुनेछ । तालिकाअनुसार पुस ५ गते नेपालगञ्जको बागेश्वरी… Continue reading लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’ ५ पुस देखि
पोखरामा ‘टुर द पोखरा’ हुँदै
कास्की, ४ पुसः साइकल प्रयोगलाई बढावा दिने सन्देशसहित पोखरामा यही पुस ५ गते हुने ‘टुर द पोखरा’को आठौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा भ्रमण वर्ष २०२५ का सन्दर्भमा ‘स्वास्थ्य, वातावरण र पर्यटन’का लािग साइक्लिङको नारासहित साइकल सिटी पोखराले ‘टुर दी पोखरा’लाई निरन्तरता दिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रम पोखरा… Continue reading पोखरामा ‘टुर द पोखरा’ हुँदै