लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा

घोराही (दाङ), ७ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली दाङको घोराही आइपुगेको छ । बाँकेबाट सुरु भएको ट्रफी उत्सव र्‍याली बर्दिया, दाङको तुलसीपुर हुँदै आइतबार घोराही आइपुगेको हो । र्‍यालीलाई घोराहीमा दाङ क्रिकेट सङ्घका अध्यक्ष तथा नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य प्रदीप मजगैया, लुम्बिनी प्रदेश क्रिकेट सङ्घका… Continue reading लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा

विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौँ, ६ पुस । आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणमा २४ खेलाडी छनोट भएका छन् । सोमबारदेखि सुरु हुने प्रशिक्षण क्याम्पका लागि २४ जना खेलाडी छनोट गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।… Continue reading विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै

कर्णाली, ६ पुस : कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउन्डेसन शाखा कार्यालयले आगामी माघ ९–१४ गतेसम्म उक्त प्रतियोगिता गर्ने भएको हो । वीरेन्द्रनगरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा फाउन्डेसनका अध्यक्ष किशोर शाहीले अपाङ्गता भएका व्यक्तिले पनि अवसर पाए सपाङ्गजस्तै आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् र… Continue reading कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै

साफ महिला च्याम्पियनसिप : एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

साफ महिला क्लब च्याम्पियनसिप काठमाडौँ, ५ पुस : काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा उपाधिका लागि नेपालको एपीएफ क्लब र भारतको इस्ट बंगालबीच प्रतिस्पर्धा हुँदै । तस्बिर : किरणराज विष्ट / रासस

काठमाडौैँ, ५ पुस । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल… Continue reading साफ महिला च्याम्पियनसिप : एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’ ५ पुस देखि

RSS

काठमाडौँ, ५ पुस । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ । लुम्बिनी लायन्सले आज सार्वजनिक गरेको तालिकाअनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर पुस १५ गते रुपन्देहीमा आइ पूरा हुनेछ । तालिकाअनुसार पुस ५ गते नेपालगञ्जको बागेश्वरी… Continue reading लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’ ५ पुस देखि

पोखरामा ‘टुर द पोखरा’ हुँदै

File Photo : The Kathmandu Post

कास्की, ४ पुसः साइकल प्रयोगलाई बढावा दिने सन्देशसहित पोखरामा यही पुस ५ गते हुने ‘टुर द पोखरा’को आठौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा भ्रमण वर्ष २०२५ का सन्दर्भमा ‘स्वास्थ्य, वातावरण र पर्यटन’का लािग साइक्लिङको नारासहित साइकल सिटी पोखराले ‘टुर दी पोखरा’लाई निरन्तरता दिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रम पोखरा… Continue reading पोखरामा ‘टुर द पोखरा’ हुँदै

नेपालको एपिएफ क्लब साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

RSS

काठमाडौँ, २ पुस । राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालको एपिएफ क्लब समूह उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेरश्वरस्थित दशरथ रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा भारतको इस्ट बङ्गालसँग गोलरहित बराबरीमा खेल्दै एपिएफ उपविजेताका रुपमा फाइनलमा प्रवेश गरेको हो । त्यसैगरी बराबरी खेलसँगैँ इस्ट बङ्गाल पनि समूह विजेता… Continue reading नेपालको एपिएफ क्लब साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका हर्शल पाठक नियुक्त

काठमाडौँ १ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ । थाइल्याण्डका पूर्वराउन्डरसमेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । क्यानले यसअघि नै विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । जसबाट पाठकलाई क्यानले छनोट… Continue reading राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका हर्शल पाठक नियुक्त

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ, २८ मङ्सिरः थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण अल्ट्रा ट्रेल रन प्रतियोगितामध्ये एक मानिन्छ । थाइल्याण्डको उत्तरी… Continue reading धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

राष्ट्रपति र प्रधानमन्त्रीले दिए एनपिएल विजेतालाई बधाई

RSS

काठमाडौँ, २७ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन् । राष्ट्रपति पौडेलले भनेका छन्, “खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ । साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई… Continue reading राष्ट्रपति र प्रधानमन्त्रीले दिए एनपिएल विजेतालाई बधाई

एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’

काठमाडौँ, २७ मङ्सिर । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल आज लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ । यसैबीच खेलाडीलाई प्रोत्साहनका लागि ‘एनपिएल नाइट’ आयोजना हुने भएको छ । ठमेलस्थित एलओडी क्लबमा आज राति ९ः०० बजेदेखि एनपिएलका विजेता टोलीका खेलाडीसहित अन्य आठ वटै टोलीका खेलाडीको सहभागितामा ‘एनपिएल… Continue reading एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदुरपश्चिम लगातार उपविजेतामा सिमित

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणअन्तर्गत शनिबार फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको प्रतिस्पर्धामा ब्याटिङ गर्दै लुम्बिनी लायन्सका खेलाडी । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, २७ मङ्सिरः लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग… Continue reading लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदुरपश्चिम लगातार उपविजेतामा सिमित

यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै

काठमाडौँ, २७ मङ्सिर । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ । नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ… Continue reading यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै

एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

RSS

काठमाडौँ, २७ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई… Continue reading एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

काठमाडौँ, २७ मङ्सिरः नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गरेका छन् । उनले टेबलटेनिस यु–२३ पुरुष एकल (क्लास ७) तर्फ उक्त पदक प्राप्त गरेका हुन् । बिहीबार भएको फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग ३–२ सेटमा पराजित भए… Continue reading एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य

काठमाडौँ, २६ मङ्सिर । दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले काँस्य पदक जित्दै इतिहास रचेका छन् । सेमिफाइनलमा उनी काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए । पुरस्कारवापत बक्सर थापाले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । चन्द्रले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने… Continue reading आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य

एनपिएल फाइनल शनिबार, सुदूरपश्चिम र लुम्बिनी उपाधी भिडन्तमा

तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, २६ मङ्सिरः यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४०… Continue reading एनपिएल फाइनल शनिबार, सुदूरपश्चिम र लुम्बिनी उपाधी भिडन्तमा

लुम्बिनी लायन्स एनपिएल फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

RSS

काठमाडौँ,२५ मङ्सिरः लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २०… Continue reading लुम्बिनी लायन्स एनपिएल फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै

रासस

काठमाडौँ, २५ मङ्सिर ः त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ… Continue reading एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै

एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

RSS

काठमाडौँ, २४ मङ्सिर । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश गरेको हो । काठमाडौँ भने बाहिरिएको छ । जितका लागि पाएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा… Continue reading एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

एनपिएल : एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

RSS

काठमाडौँ, २४ मङ्सिरः त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो… Continue reading एनपिएल : एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएल : सुदूरपश्चिम ‘फाइनल’मा

RSS

काठमाडौँ, २३ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) जारी सिजनमा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । आज सम्पन्न पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । पराजित विराटनगरले भने ‘इलिमिनेटर’ खेल्ने मौका पाउनेछ । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भयो ।… Continue reading एनपिएल : सुदूरपश्चिम ‘फाइनल’मा

एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

काठमाडौँ, २३ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम… Continue reading एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

एनपिएलः कर्णालीद्वारा जनकपुर पराजित

काठमाडौँ, २१ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ । जितका लागि पाएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरको पारी २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रनमा समेटियो । कर्णाली याक्सका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाए… Continue reading एनपिएलः कर्णालीद्वारा जनकपुर पराजित

एनपिएलः लिग चरणको अन्तिम खेल आज

rss

काठमाडौँ, २१ मङ्सिर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।… Continue reading एनपिएलः लिग चरणको अन्तिम खेल आज

एनपिएल : रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

RSS

काठमाडौँ, २० मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा पोखरा एभेन्जर्सले एडम रोसिङटनको अर्धशतकको सहयोगमा चितवन राइनोजलाई आठ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा एक सय २१ रनको सामान्य लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा दुई विकेट गमाउँदै पूरा ग¥यो । पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच… Continue reading एनपिएल : रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

एनपिएलः विराटनगर क्वालिफायरमा प्रवेश

RSS

काठमाडौं, २० मंसिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको छ । जितका लागि पाएको १४८ रनको लक्ष्य विराटनगरले ११ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर भेट्टायो । जसमा साम हिजलेट र फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले । साम ५१ र… Continue reading एनपिएलः विराटनगर क्वालिफायरमा प्रवेश

एनपिएल :आज दुई खेल हुँदै

रासस

काठमाडौँ, २० मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क… Continue reading एनपिएल :आज दुई खेल हुँदै

प्लेअफमा लुम्बिनी : जनकपुर, पोखरा र चितवन एकसाथ बाहिरिए

RSS

काठमाडौँ, १९ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ । आजको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै प्लेअफमा पुगेको हो । लुम्बिनी प्लेअफ पुग्दा जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज एक खेल अगावै खेलबाट बाहिरिएका छन् । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र… Continue reading प्लेअफमा लुम्बिनी : जनकपुर, पोखरा र चितवन एकसाथ बाहिरिए

एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

rss

काठमाडौँ, १९ मङ्सिरः त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र… Continue reading एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै