अर्जेण्टिनाका लागि मेसीको सानदार ह्याट्रिक, ६–० ले विजयी

काठमाडौं । लियोनल मेसीले पुनरागमन खेलमा आफ्नो मुलुकका लागि ह्याट्रिक गरेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा विश्व च्याम्पियन अर्जेन्टिनाले बुधबार बोलिभियामाथि ६–० को विशाल जित निकालेको छ । ब्युनर्स आयर्समा भएको खेलमा मेसीले १९ औं मिनेटमा पहिलो गोल गरेका थिए । ८४ तथा ८६ औं मिनेटमा थप दुई गोल गरेका उनले ह्याट्रिक पूरा गरे… Continue reading अर्जेण्टिनाका लागि मेसीको सानदार ह्याट्रिक, ६–० ले विजयी

साफ फुटबलको दोस्रो ठूलो मेला वुमन्स च्याम्पियनसिप नेपालमा हुँदै, तयारी पुरा

काठमाडौं । घरेलु मैदानमा आयोजना हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले मंगलबार पत्रकार सम्मेलन गरी च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार अहिलेसम्म ३ टिम… Continue reading साफ फुटबलको दोस्रो ठूलो मेला वुमन्स च्याम्पियनसिप नेपालमा हुँदै, तयारी पुरा

अभ्यास खेलमा नेपालको लगातार दोसो जित

काठमाडौं । तीव्र गतिका बलर करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपालले तेस्रो अभ्यास खेलमा क्यानडाको हाइप्रोफोमेन्स (एचपी) लाई १० रनले हराएको छ । योसँगै तीन खेलको अभ्यास खेल नेपालले २–१ ले जितेको छ । १८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४.५ ओभरमा १७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले ११६ बलमा… Continue reading अभ्यास खेलमा नेपालको लगातार दोसो जित

बाढीमा ज्यान गुमाएका खेलाडीका परिवारलाई एन्फाले ८ लाख रुपैयाँ राहत दिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ मा पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीका परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। आइतबार बसेको आपतकालीन बैठकमा गत असोज १२ गते ज्यान गुमाएका मृतकका परिवारलाई ८ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो। खेलाडीहरू आदित्य बलम्पाखी, विकल रेग्मी,… Continue reading बाढीमा ज्यान गुमाएका खेलाडीका परिवारलाई एन्फाले ८ लाख रुपैयाँ राहत दिने

एनपीएलको अक्सन सम्पन्न, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सहभागी सबै ८ फ्रेन्चाइज टोलीले ग्रेड ए मा तीन, बी मा चार र सी मा तीन खेलाडी किनेका छन् । कुल १६४ खेलाडी अक्सनमा सहभागी हँदा ८० खेलाडी बिक्री भएका थिए । अक्सनमा कुल १२ खेलाडी उच्चतम मूल्य १५ लाख रुपैयाँमा बिके… Continue reading एनपीएलको अक्सन सम्पन्न, कुन खेलाडी कतिमा बिके ?

दोस्रो अभ्यास खेलमा नेपाल बिजयी

काठमाडौं । नेपालले दोस्रो अभ्यास खेलमा क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी) लाई २० रनले हराएको छ । योसँगै तीन खेलको क्रिकेट सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । १७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भयो । ओलिभर कक्सले ७८… Continue reading दोस्रो अभ्यास खेलमा नेपाल बिजयी

टी २० आइ सिरिज : नेपालले ओमानलाई हरायो

काठमाडौं । कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–२० आई सिरिजमा ओमानलाई ५६ रनले हराउँदै उपाधि जित्ने सम्भावना कायमै राखेको छ । १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अल आउट भयो । ओमानका जिशान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । नेपालका कुशल भुर्तेलले ३, रिजन ढकाल, रोहित पौडेल… Continue reading टी २० आइ सिरिज : नेपालले ओमानलाई हरायो

विश्व वरीयतामा दीपेन्द्रको छलाङ, दोस्रो नम्बरमा उक्लिए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार जारी गरेको नयाँ वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो ओगट्न सफल भए । यसअघि दीपेन्द्र छैटौँ स्थानमा थिए । शीर्षस्थानमा इङ्गल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन छन् । दीपेन्द्रको रेटिङ दुई सय… Continue reading विश्व वरीयतामा दीपेन्द्रको छलाङ, दोस्रो नम्बरमा उक्लिए

टी-२० आई सिरिज : नेपाल क्यानडासँग पराजित

काठमाडौं । नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना निकै न्यून बनेको छ । १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । साद बिन जाफर १८ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा रविन्द्रपाल सिंह… Continue reading टी-२० आई सिरिज : नेपाल क्यानडासँग पराजित

टी-२० आइमा नेपालले ओमानलाई सजिलै हरायो

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा ओमानलाई ३७ रनले पराजित गरेको छ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । नेपालका करण केसीले ४ ओभरमा… Continue reading टी-२० आइमा नेपालले ओमानलाई सजिलै हरायो

साफ यू–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन डंगोलले दोस्रो हाफमा गोल गरेपछि नेपालले भुटानलाई पराजित गरेको हो । जितपछि नेपाल तीन खेलबाट ६ अंक… Continue reading साफ यू–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज अन्तिम खेल खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल सुरू हुनेछ। नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेल हारेको छ । घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल हारेको हो । ओमानसँगको पहिलो खेलमा नेपाल… Continue reading क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

लगातार तेस्रो हार बेहोर्दै नेपालको कमजोर प्रदर्शन

काठमाडौं । आईसीसी विश्वकप लिग २ मा नेपालले लगातार कमजोर प्रदर्शन गरिरहेको छ । आइतबार राती क्यानडाले आईसीसी विश्वकप लिग २ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित… Continue reading लगातार तेस्रो हार बेहोर्दै नेपालको कमजोर प्रदर्शन

आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र क्यानडा भिड्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले… Continue reading आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र क्यानडा भिड्दै

काभा महिला क्लव भलिवलको उपाधी नेपाल पुलिसलाई

काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि जितेको हो । मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५–१६, २५–२२, २५–२३ ले पराजित गरेको हो । ६ टोली सहभागी… Continue reading काभा महिला क्लव भलिवलको उपाधी नेपाल पुलिसलाई

आईसीसी विश्वकप लिग २ : नेपालको लगातार दोस्रो हार-गुल्सनको अलराउण्ड प्रदर्शन खेर

काठमाडौं । आईसीसी विश्वकप लिग२ मा नेपाल लगातार दोस्रो हार बेहोर्न बाध्य भएको छ । गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेको खेलमा नेपाल ओमानसँग १ विकेटले हारेको हो । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको… Continue reading आईसीसी विश्वकप लिग २ : नेपालको लगातार दोस्रो हार-गुल्सनको अलराउण्ड प्रदर्शन खेर

आईसीसी विश्वकप लिग २ : आज नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो… Continue reading आईसीसी विश्वकप लिग २ : आज नेपाल र ओमान भिड्दै

क्यानडासँग हार्यो नेपाल, ब्याटिङ कमजोर

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो । २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए… Continue reading क्यानडासँग हार्यो नेपाल, ब्याटिङ कमजोर

आईसीसी विश्वकप लिग–२मा नेपालका खेल आजदेखि, क्यानडाविरुद्ध भिड्दै

काठमाडौं । सोमबार घरेलु टोली क्यानडाविरुद्ध खेल्दै नेपाल ७ महिनापछि आईसीसी विश्वकप लिग–२ मा फर्किर्दैछ । फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सन् २०२४–२०२६ अन्तिम सम्म चल्ने लिग–२ को सुरुवात भएको थियो । नेपालले दुबै टोलीसँग समान दुई खेल खेलेको थियो । नामिबियासँग दुबैमा हार र नेदरल्यान्ड्सविरुद्ध १–१ जित र हार व्यहोरेको… Continue reading आईसीसी विश्वकप लिग–२मा नेपालका खेल आजदेखि, क्यानडाविरुद्ध भिड्दै

दुई दर्जनभन्दा बढी मुलुकबाट आएका खेल पत्रकारसँग राष्ट्रपतिको भलाकुसारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गरेका छन् । एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) कांग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतल निवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले… Continue reading दुई दर्जनभन्दा बढी मुलुकबाट आएका खेल पत्रकारसँग राष्ट्रपतिको भलाकुसारी

क्यानडामा अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । नेपालले अभ्यास खेलमा क्यानडाको एचपी जागर्सलाई ६६ रनले हराएको छ । जितको लागि २४८ रनको लक्ष्य पछ्याएको जागर्स ३९ ओभरमा १८१ रनमा अल आउट भयो । उसका लगि अजयविर सिंहले ७५ बलमा ७ चौका र १ छक्कासहित ५५, नदिम मजिर २९ र अनुप चिमाले १९ रन बनाए । नेपालका स्पिनर ललित नारायण राजवंशीले… Continue reading क्यानडामा अभ्यास खेलमा नेपाल विजयी

रोहित बने वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो । रोहित क्यनडामा रहेकाले उनका आमा र दाजुले अवार्ड लिएका थिए । रोहित अहिले राष्ट्रिय टोलीका साथमा क्यानडामा छन् । यो अवार्डका लागि रोहितसँगै फुटबलका… Continue reading रोहित बने वर्षका उत्कृष्ट खेलाडी

अमेरिकामा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

Kushal Malla of Nepal and Mahamad Asif Sheikh of Nepal run between the wickets during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Saudi Arabia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 2), Muscat, Oman on April 17, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा हुने नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार सोमबार सार्वजनिक गरेको तालिका अनुसार सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३… Continue reading अमेरिकामा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

विश्वविजेता अर्जेण्टिनालाई कोलम्बियाले हरायो

काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २–१ ले पराजित गरेको छ । कोलम्बियाको लागि कप्तान जेम्स रोड्रिग्वेज एक गोल र एक असिस्ट तथा यरसन मोस्केराले एक गोल गरे । खेलको २५औं मिनेटमा मोस्केराले रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा सुरुमै… Continue reading विश्वविजेता अर्जेण्टिनालाई कोलम्बियाले हरायो

नम्बर वान वरियताका सिनरले जिते यूएस ओपन टेनिसको उपाधी

Italy's Jannik Sinner holds the trophy after winning his men's final match against USA's Taylor Fritz on day fourteen of the US Open tennis tournament at the USTA Billie Jean King National Tennis Center in New York City, on September 8, 2024. (Photo by CHARLY TRIBALLEAU / AFP)

काठमाडौं । विश्व नम्बर १ यानिक सिनरले टेलर फ्रिट्जको चुनौती पार गर्दै आइतबार यूएस ओपन(२०२४ को उपाधि जितेका छन् । यो वर्ष उनले जितेको यो दोस्रो ग्रान्ड स्लाम उपाधि हो । उनले जनवरीमा अस्ट्रेलियन ओपनको उपाधि पनि हात पारेका थिए । फ्लेसिङ मेडोसमा भएको फाइनलमा इटालीका सिनरले अमेरिकी प्रतिद्वन्द्वी फ्रिट्जलाई ६–३, ६–४ र ७–५ ले… Continue reading नम्बर वान वरियताका सिनरले जिते यूएस ओपन टेनिसको उपाधी

पारा ओलम्पिक सम्पन्न, चीन प्रथम स्थानमा

काठमाडौं । फ्रान्सको पेरिसमा आयोजित पारालिम्पिक समापन भएको छ । आइतबार राति अबेर पेरिसमा भव्य समापन समारोह आयोजना गरियो । समापन समारोहमा विश्व चर्चित कलाकारहरु र खेलाडीहरुले प्रस्तुती दिए । यस वर्षको पारालिम्पिक नेपालका लागि ऐतिहासिक रह्यो । नेपालले पहिलोपटक एउटा पदक जित्न सफल भयो । तेक्वान्दोको के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी… Continue reading पारा ओलम्पिक सम्पन्न, चीन प्रथम स्थानमा

३२ सय मिटर उचाईमा मैत्रीपूर्ण फुटबल हुँदै, के छ तयारी ?

काठमाडौं । हिउँ चितुवा र याकको संरक्षण तथा दीगो पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङमा असोज ३ देख ७ गतेसम्म दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । जैविक विविधता संरक्षण समाज नेपाल (बायोकोस) नेपाल र आन्ट फाउडेशनको सयूक्त आयोजना तथा चामे गाँउपालिका र मनाङ्ग ङिस्याङ गाँउपालिको सहकार्यमा विभिन्न संघसस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण… Continue reading ३२ सय मिटर उचाईमा मैत्रीपूर्ण फुटबल हुँदै, के छ तयारी ?

पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले गर्यो ५ लाख नगदसहित सम्मान

काठमाडौं । पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने पारा तेक्वान्दो खेलाडी खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले गोवर्धनलाई पाँच लाखको चेकसहित सम्मान गरेका हुन्। पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते भएको के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले… Continue reading पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले गर्यो ५ लाख नगदसहित सम्मान

बेलारूसकी अर्यनालाई पहिलो पटक यूएस ओपन टेनिसको उपाधी

काठमाडौं । बेलारूसकी अर्यना साबालेन्काले पहिलोपटक युएस ओपन टेनिसको उपाधि जितेकी छन्। गत वर्षको फाइनलमा भोगेको पराजय बिर्साउँदै उनले यसपटक महिला एकलको उपाधि जितेकी हुन्। ‌उनी २०२३ मा कोको गफसँग पराजित भएकी थिइन्। यद्यपि १२ महिनापछि बेलारुसकी साबालेन्काले अमेरिकाकी जेसिका पेगुला माथि ७–५र ७–५ को रोमाञ्चक जित हात पारेर पहिलोपटक उपाधि जित्न सफल सफल भइन्।… Continue reading बेलारूसकी अर्यनालाई पहिलो पटक यूएस ओपन टेनिसको उपाधी

एनपीएलमा ८ टोली भिड्ने, कुन टीमको भ्यालू कति ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टोलीको स्वामित्व लिने कम्पनीको नाम सार्वजनिक भएको छ। टेन्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट टोलीको स्वामित्वका लागि बोली लगाइएको थियो। जसमा कान्तिपुर पब्लिकेसन प्रालिले टिम काठमाडौं ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रूपैयाँमा… Continue reading एनपीएलमा ८ टोली भिड्ने, कुन टीमको भ्यालू कति ?