काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सक्षम बनेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले सोको अनुमति दिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफअनुसार दशरथ रङ्गशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपले जनाएको छ । विभिन्न प्रश्न उठाउदै एएफसीले केही समयदेखि दशरथ… Continue reading दशरथ रङ्गशाला पुनः अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य
Category: खेलकुद
महिला भलिबल टीमका सदस्यलाई काठमाडौं महानगरले दियो एक\एक लाख पुरस्कार
काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । नगद पुरस्कार पाउने खेलाडीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, पुनम चन्द, संगम महतो, कविता भट्ट, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ,… Continue reading महिला भलिबल टीमका सदस्यलाई काठमाडौं महानगरले दियो एक\एक लाख पुरस्कार
ओलम्पिकमा तौल विवादले फाइनल गुमाएकी भारतीय कुस्तीवाज विनेशले कुस्तीलाई गरिन् अलबिदा
काठमाडौं । अधिक भार सम्बन्धी विवादले पेरिस ओलम्पिकमा फाइनल खेल खेल्नबाट बन्चित भारतीय कुस्तीवाज विनेश फोगाटले कुस्तीलाई अलबिदा भनेकी छन् । उनले आफ्नो हिम्मत टुटिसकेको भन्दै कुस्तीलाई अलबिदा भनेकी हुन् । सामाजिक सन्जाल एक्समा उनले लेखेकी छन्, ‘आमा कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर्नुहोला तपाईंको सपना, मेरो हिम्मत सबै टुटिसक्यो । योभन्दा ताकत… Continue reading ओलम्पिकमा तौल विवादले फाइनल गुमाएकी भारतीय कुस्तीवाज विनेशले कुस्तीलाई गरिन् अलबिदा
काभा वुमन्स नेसन्स लिग २०२४ : फाइनलमा चुक्यो नेपाल
काठमाडौं । काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले हात पारेको छ । दशरथ रंगशालास्थित कभर्ड हलमा बुधबार सम्पन्न खेलमा नेपाल पुनः भारतसँग हार्न पुग्यो । साथमा इतिहास रच्नबाट समेत नेपाल चुकेको छ । भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हरायो । भारतले दोस्रो, चौथो र पाँचौं सेट जित्दै उपाधि हात… Continue reading काभा वुमन्स नेसन्स लिग २०२४ : फाइनलमा चुक्यो नेपाल
काभा भलिवलको फाइनल आज : नेपाललाई इतिहास रच्ने अवसर
काठमाडौं । महिला भलिबलका लागि आज इतिहास बनाउने अवसर आएको छ । नेपालले काभा वुमन्स नेसन्स लिगको फाइनलमा आज भारतको सामना गर्दैछ । मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै फाइनल पुगेका छन् । सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर… Continue reading काभा भलिवलको फाइनल आज : नेपाललाई इतिहास रच्ने अवसर
काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनलमा
काठमाडौं ।, काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३–० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराएको हो । मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल… Continue reading काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनलमा
भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हरायो । घरेलु समर्थकको साथ पाएको नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिदै शानदार सुरुवात गर्यो । तर… Continue reading भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
काभा वुमन्स भलिबलमा नेपालको विजयी सुरुवात
काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले सानदार सुरूवात गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा सुरू भएको प्रतियोगिता नेपालले श्रीलंकामाथि ३–० को सोझो सेटमा जित निकालेको हो। पहिलो सेट २५–१९ ले जितेको नेपालले दोस्रो सेटमा २५–१८ अंकले विजयी भयो। तेस्रो सेटमा पनि २५–१९ को ले जितेपछि नेपालले खेल ३–० को सोझो सेटमा आफ्नो पक्षमा… Continue reading काभा वुमन्स भलिबलमा नेपालको विजयी सुरुवात
पेरिस ओलम्पिक : नेपालका ६ खेलाडीको चूनौति समाप्त
काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक(२०२४ को ब्याडमिन्टनमा बुधबार आफ्नो तेस्रो खेलमा पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनामा भएको समूह ‘पी’ अन्तर्गत पुरुष एकलको आफ्नो तेस्रो खेलमा इजरायलका मिसा जिलबरमनसँग २–० को सेटमा पराजित भएसँगै प्रिन्सको पनि चुनौती समाप्त भएको हो। प्रिन्स पहिलो सेट २१–१२ र दोस्रो सेट २१–१० ले पराजित भए।… Continue reading पेरिस ओलम्पिक : नेपालका ६ खेलाडीको चूनौति समाप्त
पेरिस ओलम्पिकमा जापानको अग्रता कायमै, अमेरिका छैटौं स्थानमा
काठमाडौं । पेरिस ओलम्पिकको पदक तालिकामा मंगलबार जापानले अग्रता कायम गर्न सफल भएको छ । जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ । यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक जितेको छ । जापानलाई एसियाको अर्को मुलुक चीन र अष्ट्रेलियाले पछ्याइरहेका छन् । चीनले ६ स्वर्ण, ६ रजत र २… Continue reading पेरिस ओलम्पिकमा जापानको अग्रता कायमै, अमेरिका छैटौं स्थानमा
नेपाली पौडिबाज एलेक्स शाहले बनाए राष्ट्रिय कीर्तिमान
काठमाडौं । नेपाली पौडीवाज एलेक्जेन्डर (एलेक्स) शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पेरिस ओलम्पिकमा पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले ५१ः९१ सेकेन्डमा दुरी पार गरे । यस इभेन्टमा ८९ पौडीवाजले हिट चरणमा प्रतिस्पर्धा गरेका थिए । एलेक्स हिट नम्बर ३ मा थिए । हिटमा उनी तेस्रो स्थानमै… Continue reading नेपाली पौडिबाज एलेक्स शाहले बनाए राष्ट्रिय कीर्तिमान
समिट एनएचएनसी कप–२०२४ सम्पन्न
म्यानचेस्टर न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको ‘समिट एनएचएनसी कप–२०२४’ को उपाधि एनएचएनसी फूटबल टिमले हात पारेको छ । न्यूह्यामसर राज्यको म्यान्चेष्टर शहरस्थित रकरिमन फूटबल मैदानमा शनिबार आयोजित फाईनल खेलमा एनएचएनसी फूटबल टिमले भरमण्ट फूटबल क्लबलाई पराजित गर्दै उपाधि जितेको हो । विजेता एनएचएनसी फूटबल टिमले नगद पाँच हजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेको छ… Continue reading समिट एनएचएनसी कप–२०२४ सम्पन्न
प्रिन्स दाहालको पेरिस ओलम्पिकमा लगातार हार
काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा मंगलबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर २ मा भएको समूह पी को आफ्नो दोस्रो खेलमा प्रिन्स विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१–७, २१–५ ले सहजै पराजित भए । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट… Continue reading प्रिन्स दाहालको पेरिस ओलम्पिकमा लगातार हार
पेरिस ओलम्पिकमा जुडोकी मनिताको चूनौति समाप्त
काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमा पराजित भएकी छिन्। उनी सोमबार भएको महिला ५७ केजी तौल समूहअन्तर्गत अन्तिम ३२ को खेलमा सर्वियाकी खेलाडीसँग पराजित भएकी हुन्। सर्वियाकी मारिका पेरिसिकसँग मनिता १०–० अंकको अन्तरले पराजित भइन्। यससँगै नेपालका चार खेलाडीको चुनौती समाप्त भइसकेको छ। यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी… Continue reading पेरिस ओलम्पिकमा जुडोकी मनिताको चूनौति समाप्त
पेरिस ओलम्पिक : पदक तालिकामा जापानको अग्रता
काठमाडौं । जापानकी १४ वर्षीया कोको योशिजावाले वुमेन्स स्ट्रिट स्केटबोर्डमा स्वर्ण जितेकी छिन् । यससँगै जापान पेरिस ओलम्पिकमा आइतबार पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जापान चार स्वर्ण, दुई रजत र एक कांस्यसहित शीर्ष स्थानमा रहेको छ । योसिजावालाई आफ्नै देशकी लिज आकामालाई बलियो चुनौती पेस गरे पनि निर्णायक मोडमा सकिनन् । जापानको अर्को… Continue reading पेरिस ओलम्पिक : पदक तालिकामा जापानको अग्रता
पेरिस ओलम्पिक : दुई नेपाली खेलाडीको खेल आज
काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज दुई नेपाली खेलाडीको प्रतिस्पर्धा हुँदैछ । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको सामना गर्दैछिन् । यो खेल फ्रान्सको स्थानिय समय अनुसार बिहान १० बजे अर्थात नेपाली समय अनुसार दिउँसो १ः४५ बजे हुनेछ । यस्तै ब्याडमिन्टन… Continue reading पेरिस ओलम्पिक : दुई नेपाली खेलाडीको खेल आज
श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधी
काठमाडौं । भारतलाई हराउँदै श्रीलंकाले महिला एसिया कपको उपाधी जितेको छ । डम्बुला क्रिकेट रंगशालामा आइतबार भारतले दिएको १६६ रनको विजयी लक्ष्य श्रीलंकाले १८ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । गत संस्करणमा भारतले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । एसिया कपमा श्रीलंका र भारतको फाइनलमा भेट यो पाँचौं पटक हो… Continue reading श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधी
पेरिस ओलम्पिकको पहिलो दिनमै अष्ट्रेलियालाई तीन स्वर्ण
काठमाडौं । पेरिस ओलम्पिकको शनिबार पहिलो दिनमै अस्ट्रेलियाले तीन स्वर्ण जित्न सफल भएको छ । अस्ट्रेलिया तीन स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलियाले पौडीतर्फ बलियो सुरुआत लिन सफल भयो । उसको पछाडि चीनको दुई स्वर्ण रहेको छ । पहिलो दिन कुल १३ स्वर्णको निर्णय भएको हो । एक–एक स्वर्ण जित्ने अन्य देशमा अमेरिका, फ्रान्स,… Continue reading पेरिस ओलम्पिकको पहिलो दिनमै अष्ट्रेलियालाई तीन स्वर्ण
पेरिस ओलम्पिक : प्रिन्स विश्व नं २ सँग सोझो सेटमा पराजित
काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सलाई २–० को सोझो सेटमा पराजित गरे। कठिन… Continue reading पेरिस ओलम्पिक : प्रिन्स विश्व नं २ सँग सोझो सेटमा पराजित
पेरिस ओलम्पिकमा नेपाली खेलाडीको खेल कहिले ?
काठमाडौं । पेरिस ओलम्पिकको भब्य उद्घाटन भएको छ । गत राती पेरिसमा उद्घाटन भएको हो । यससँगै खेलहरु समेत सुरु भएका छन् । पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको पुरुष एकलको प्रतिस्पर्धामा नेपालका स्यान्टु श्रेष्ठले प्रारम्भिक चरणमा आज सेनेगलका इब्राइम डियासँग भिड्दैछन् । पुरुष एकलको प्रतिस्पर्धामा ६७ खेलाडी छन् । वरीयतामा स्यान्टु अन्तिम वरीयतामा रहेका छन् । ६४… Continue reading पेरिस ओलम्पिकमा नेपाली खेलाडीको खेल कहिले ?
ओलम्पिक सुरु हुँदाहुँदै फ्रान्समा हिंसात्मक घटना
काठमाडौं । ओलम्पिक खेल उद्घाटन समारोहको केही घन्टा अगाडि फ्रेन्समा हाई स्पीड रेल सेवा अवरुद्ध भएको छ । फ्रान्सिस रेल कम्पनी एसएनतसीएफका अनुसार पेरिसको पश्चिम, उत्तर र पूर्वतर्फ हाई स्पीड लाइनमा क्षति पुर्याइएको छ । रेल लाइनमा क्षति पुर्याउन जानीबुझी आगो लगाइएको पाइएको छ । कम्पनीले रेल स्टेशनतर्फ नआउन र सम्भव भए केही घन्टाका लागि… Continue reading ओलम्पिक सुरु हुँदाहुँदै फ्रान्समा हिंसात्मक घटना
पेरिस ओलम्पिक : खेल सकिएको २ घण्टापछि अर्जेण्टिना हारेको निर्णय
काठमाडौं । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा अनौठो घटना भएको छ । बिहीबार मोरोक्कोले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको छ। विवाद र अन्योलबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय सुनायो । खेल सकिएको दुई घण्टापछि खाली रङ्गशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो । समूह ‘बी’ को सेन्ट स्टेयनमा भएको खेल २–२… Continue reading पेरिस ओलम्पिक : खेल सकिएको २ घण्टापछि अर्जेण्टिना हारेको निर्णय
एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाली महिला टीम
काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भयो । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो । नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान… Continue reading एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाली महिला टीम
महिला एसिया कप : टस हारेर नेपाल बलिङमा
काठमाडौं । महिला एसिया कप(२०२४ मा समूह एको अन्तिम खेलमा नेपालले भारतसँग टस हारेर बलिङ गर्ने भएको छ । नेपालको टिममा २ परिवर्तन भएको छ । डली भट्टले आफ्नो पहिलो खेल खेल्दै छिन् भने टिममा सवनम राई फर्किएकी छिन् । आजको टिममा कृतिका मरासिनी र रोमा थापालाई बेन्चमा राखिएको छ । यता, आज भारतको कप्तानी… Continue reading महिला एसिया कप : टस हारेर नेपाल बलिङमा
महिला एसिया कपमा नेपाल र श्रीलंका भिड्दै
काठमाडौं । यसअघिका दुई संस्करणमा खेलेका सबै ८ खेलमा पराजित नेपालसामु श्रीलंकाको दम्बुलामा भइरहेको महिला एसिया कप क्रिकेटको सेमिफाइनल पुग्ने समीकरण छ । नेपालले आइतबार राति पाकिस्तानको सामना गर्नेछ । नेपालले जित हात पारेमा समूह चरण पार गर्ने लगभग निश्चितजस्तै हुनेछ । नेपालले बिहीबार पहिलो खेलमा यूएईमाथि ६ विकेटको विजय हात पारेपछि अंकतालिकामा केही सहज देखिएको हो । ओपनर… Continue reading महिला एसिया कपमा नेपाल र श्रीलंका भिड्दै
महिला क्रिकेटमा नेपालको ऐतिहासिक जित
काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित निकालेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५… Continue reading महिला क्रिकेटमा नेपालको ऐतिहासिक जित
महिला एसियाकप आजबाट सुरु, नेपालले यूएईको सामना गर्दै
काठमाडौं । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उदघाटन खेलमा आज नेपाल र यूएई खेल्दैछन् ।नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । आजै भारत र पाकिस्तान पनि खेल्दैछन् । नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया… Continue reading महिला एसियाकप आजबाट सुरु, नेपालले यूएईको सामना गर्दै
आइसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड नेपालले पायो
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाललाई ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड प्रदान गर्ने घोषणा गरेको छ । फेसबुकलगायत डिजिटल माध्यममा नेपाली फ्यानको संख्या वर्षमै ४०० प्रतिशतले बढेको आईसीसीले जनाएको छ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा हाल क्यानको सचिव रहेका पारस खड्काले क्यान र क्रिकेटलाई समर्थन गर्ने लाखौं शुभेच्छुकको प्रशंसा गरेका छन्… Continue reading आइसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड नेपालले पायो
एम्बाप्पे रियलमा भए आवद्ध
काठमाडौं । रियल मड्रिडको जर्सी लगाउने केलियन एम्बाप्पेको सपना मंगलबार पूरा भएको छ । फ्रेन्च फर्वाड एम्बाप्पेलाई सान्टिएगो बेर्नाबाउमा करिब ८० हजार समर्थकले स्वागत गरेका थिए । २५ वर्षका फर्वाडले ५ वर्षको सम्झौता गरेका छन् । सम्झौतामा हस्ताक्षरपछि मैदान प्रवेश गरेका उनलाई ठूलो संख्यामा उपस्थित समर्थकले स्वागत गरे । ९ नम्बर जर्सी लगाएका उनले स्पानिस… Continue reading एम्बाप्पे रियलमा भए आवद्ध
नयाँ सरकारको पहिलो निर्णय : टीयू क्रिकेट मैदान स्तरोन्नती ३ सय दिनमा सक्ने
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइट… Continue reading नयाँ सरकारको पहिलो निर्णय : टीयू क्रिकेट मैदान स्तरोन्नती ३ सय दिनमा सक्ने