सन्दीपले भने- ‘मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ खुसी छु ’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहल गरिरहेको भए पनि टी–२० विश्वकप नजिकिँदै जाँदा नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले अमेरिकी दूतावासबाट भिसा पाउन सकिरहेका छैनन् । विश्वकप खेल्ने आफ्नो सपना पूरा नहुने देखेपछि सन्दीपले फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन् – मेरो सपना पूरा नभए पनि म एक कुरामा खुसी छु भने मेरो देशको सपना… Continue reading सन्दीपले भने- ‘मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ खुसी छु ’

विश्वकपको पहिलो अभ्यास खेलमा आज नेपाल र क्यानडा भिड्दै

काठमाडौं । आइसिसी टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले आज क्यानडासँग अभ्यास खेल खेल्दैछ। वेस्ट इण्डिजको सेन्ट भिसेन्टमा अभ्यास खेल खेलेर जेठ ७ गते अमेरिका गएको नेपाली टोलीले त्यहाँ ह्युस्टन हुरिकेनसँग दुईवटा अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो। आजदेखि भने नेपालले टी–२० विश्वकप खेल्ने देशसँगै अभ्यास खेल खेल्न लागेको हो। टेक्ससको… Continue reading विश्वकपको पहिलो अभ्यास खेलमा आज नेपाल र क्यानडा भिड्दै

कोलकाता बन्यो आइपीएल च्याम्पियन

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधी जितेको छ । फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले तेस्रो पटक उपाधि जितेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । कोलकाताको जितमा… Continue reading कोलकाता बन्यो आइपीएल च्याम्पियन

आइपीएल फाइनल आज, कोलकाता र हैदराबाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । आईपीएल क्रिकेटको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ । गएको मङ्गलवार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको हो । शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदराबादले… Continue reading आइपीएल फाइनल आज, कोलकाता र हैदराबाद भिड्दै

पीएसजी बन्यो फ्रेन्च कप च्याम्पियन

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ । गतराति फाइएनलमा लियोनलाई २–१ ले हराउँदै पीएसजी च्याम्पियन बनेको हो ।पीएसजीले १५ औं पटक फ्रेन्च कप जितेको हो । पीएसजीका लागि उसमान डेम्बेले र फाबियन रुइजले गोल गरे । लियोनका लागि जेक ओ’ब्रेनले एक गोल फर्काएका थिए । केलिएन एमबाप्पेले पीएसजीमा आफ्नो… Continue reading पीएसजी बन्यो फ्रेन्च कप च्याम्पियन

अमेरिकामा अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । अमेरिकामा पहिलो अभ्यास खेलमा नेपाल विजयी भएको छ । आइसिसी टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपालले गएराति ह्युस्टन हुरिकेनलाई ६ रनले हराएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा ह्युस्टनले ८ विकेट गुमाएर १४० रनमात्रै बनाउन सक्यो । नेपालका लागि सोमपाल कामी र करण केसीले २–२ विकेट लिए । रोहित पौडेल,… Continue reading अमेरिकामा अभ्यास खेलमा नेपाल विजयी

बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभीलाई बर्खास्त गरेको छ । उनको स्थानमा जर्मन क्लब बायर्न म्युनिखका पूर्व प्रशिक्षक हान्सी फ्लिकलाई नियुक्त गरेको छ। जाभीले आइतबार अन्तिम पटक बार्सिलोनाको जिम्मेवारी सम्हाल्नेछन् । २०२५ सम्म करारमा रहेका ४४ वर्षीया जाभीलाई शुक्रबार क्लबका अध्यक्ष जोन लापोर्टा र खेलकुद निर्देशक डेकोसँगको बैठकमा क्लबको निर्णयको बारेमा जानकारी दिइएको थियो।… Continue reading बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

विश्वकप अगाडी क्यानडाले बर्खास्त गर्यो ‘हेडकोच’

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट शुरु हुनु केही दिनमात्र बाँकी रहँदा क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई पदबाट बर्खास्त गरेको छ । सन् २०२२ को जुलाई महिनादेखि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका पुबुदुलाई क्यानडाले पदबाट हटाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ । श्रीलङ्का र क्यानडाका पूर्वखेलाडीसमेत रहेका पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म… Continue reading विश्वकप अगाडी क्यानडाले बर्खास्त गर्यो ‘हेडकोच’

राजस्थानसँग हारेसँगै विराट कोहलीको टीम बेंगलुर आइपीएलबाट बाहिरियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स क्वालिफायरमा पुगेको छ । तेस्रो हुँदै प्लेअफमा पुगेको राजस्थानले रोयल च्यालेन्जर्स बेंगलुरलाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो । अहमदाबादमा बुधबार राति भएको इलिमिनेटर खेलमा राजस्थानले बेंगलुरलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा सनराइज हैदराबादसँगको भेट पक्का गरेको हो । लिग चरणमा दोस्रो हुँदै प्लेअफमा पुगेको हैदराबाद कोलकातासँग… Continue reading राजस्थानसँग हारेसँगै विराट कोहलीको टीम बेंगलुर आइपीएलबाट बाहिरियो

आजबाट आइपीएलका क्वालिफायर खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत पहिलो क्वालिफायरमा आज कोलकाता नाईट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल अहमदाबादमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । फाइनल पुग्नका लागि हुने पहिलो क्वालिफायर खेलमा सबैभन्दा महङ्गा दुई अष्ट्रेलियाली खेलाडी प्याट कमिन्स र मिचेल स्टार्क आमनेसामने हुँदैछन् । हैदराबादले कप्तान कमिन्सका लागि अक्सनमा… Continue reading आजबाट आइपीएलका क्वालिफायर खेल हुँदै

आईपीएलको प्लेअफ समीकरण पूरा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को लिग चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्स् र राजस्थान रोयल्सले अंक बाँडेका छन् ।यससँगै आईपीएलको प्लेअफ समीकरण पूरा भएको छ । गुवाहिटीमा तय भएको आइतबार रातिको खेल वर्षाले प्रभावित भएपछि दुवै टिमले एक–एक अंक बाँडेका हुन् । अन्तिम खेलको नतिजाले लिग चरणमा दोस्रो र तेस्रो हुने टोलीको टुंगो लागेको… Continue reading आईपीएलको प्लेअफ समीकरण पूरा

आरसीबीको सानदार कमब्याक, चेन्नईलाई हराउँदै प्लेअफमा

काठमाडौं । लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिगको प्लेअफ प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले हराया । यो टीमले सानदार कमब्याक गरेको हो । सुरुवाती खेलमा लगातार पराजित भएको आरसीबी त्यसपछि भने पछाडी फर्केको छैन । चेन्नेइ, दिल्ली… Continue reading आरसीबीको सानदार कमब्याक, चेन्नईलाई हराउँदै प्लेअफमा

पुछारमा रहँदै मुम्बईले टुंग्यायो आइपीएलका खेल

काठमाडौं । आईपीएलको लिगचरणबाट बाहिरिसकेको मुम्बइ इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ । घरेलु मैदान वानखेडेमा शुक्रबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइलाई १८ रनले पराजित गरेको हो । लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १९६ रनमात्रै बनायो । ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन… Continue reading पुछारमा रहँदै मुम्बईले टुंग्यायो आइपीएलका खेल

विश्वकप अगाडी नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्दै

काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ । विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ । आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना… Continue reading विश्वकप अगाडी नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्दै

पन्जावले राजस्थानलाई हरायो

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ५ विकेटले पराजित भएको छ । १४५ रनको लक्ष्य पञ्जाबले१८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । पञ्जाबका कप्तान स्याम करनले ६३, राइली रुसो र जितेश शर्माले २२–२२ र आशुतोष शर्माले १७ रन जोडे । राजस्थानका आभेस खान र युजभेन्द्र चहलले समान दुई–दुई र ट्रेन्ट… Continue reading पन्जावले राजस्थानलाई हरायो

सन्दीपको विश्वकप खेल्ने बाटो खुला, क्यानले गर्यो निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपको निलम्बन फुकुवा गरेको जानकारी दिएका छन् । उच्च अदालत पाटनले बुधबार गरेको फैसला अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी लामिछाने बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै क्यानले निलम्बन फुकुवा गरेको हो । अध्यक्ष चन्दले… Continue reading सन्दीपको विश्वकप खेल्ने बाटो खुला, क्यानले गर्यो निलम्बन फुकुवा

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ दिएको हो । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला… Continue reading बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

दीपेन्द्र टी-२० अलराउन्डर सूचीको शीर्ष १० मा

काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी आईसीसीको अलराउन्डर वरियताको शीर्ष १० मा अटाउन सफल भएका छन्। उनी एक स्थान माथि उक्लदै दशौं स्थानमा आइपुगेका हुन्। अलराउन्डरको वरीयताको शीर्ष स्थानमा बंगलादेशका शकिब अल हशन छन्।अलराउन्डरको वरीयतामा नेपालका कुशल मल्ल ३२औं, गुल्सन झा ६०औं स्थानमा रहँदा रोहित पौडेल ६५औं र करण केसी ७४औं स्थानमा… Continue reading दीपेन्द्र टी-२० अलराउन्डर सूचीको शीर्ष १० मा

लिग चरणको अन्तिम खेलमा दिल्ली विजयी

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)को अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाएन्ट्सलाई पराजित गरेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । २०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १८९ रन मात्रै बनायो । लखनउका निकोलस पुरनले ६१ र अर्षद खानले ५८ रन बनाए । क्रुनाल… Continue reading लिग चरणको अन्तिम खेलमा दिल्ली विजयी

गुजरात र कलकाताको खेलमा वर्षा बाधक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटान्सको प्लेअफ सम्भावना समाप्त भएको छ । घरेलु मैदान अहमदाबादमा सोमबार राति कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएसँगै गुजरातको अघिल्लो यात्रा पनि रोकिएको हो । टस नै हुन नसकेपछि दुवै टोलीले एकरएक अंक बाँडे । यो नतिजापछि १३ खेलबाट जम्मा ११ अंक जोडेको गुजरात ८औं… Continue reading गुजरात र कलकाताको खेलमा वर्षा बाधक

आरसीबीले दिल्लीलाई हरायो, प्ले अफको सम्भावना जिवित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।घरेलु मैदानमा आइतबार राति भएको खेलमा बेंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो । १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १४० रनमा अलआउट भयो । दिल्लीका अक्षर पटेलले सर्वाधिक ५७ रन बनाए भने साई होपले… Continue reading आरसीबीले दिल्लीलाई हरायो, प्ले अफको सम्भावना जिवित

कमजोर मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

काठमाडौं । कोलकत्ता नाइट राइडर्स इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइ इन्डियन्सलाई पराजित गर्दै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । वर्षाले प्रभावितल भएको खेलमा कोलकत्ताले मुम्बइलाई १८ रनले पराजित गरेको हो । १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले ७ विकेटको गुमाएर १५७ रन… Continue reading कमजोर मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

पेरिस ओलम्पिकमा ब्याडमिन्टनका प्रिन्स दाहाल छनोट

काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा छनोट भएका छन् । प्रिन्स आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म फ्रान्सको पेरिसमा हुने ग्रिस्मकालीन ओलम्पिकमा युनिभर्सालिटी कोटामा छानिएको ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जनाएको छ । उनले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले युनिभर्सल कोटाअन्तर्गत प्रिन्सलाई ओलम्पिकमा छनोट गरेको हो ।… Continue reading पेरिस ओलम्पिकमा ब्याडमिन्टनका प्रिन्स दाहाल छनोट

चेन्नईविरुद्ध गुजरातको सानदार प्रदर्शन

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्सले चेन्नेइ सुपर किंग्सविरुद्ध सानदार प्रदर्शन गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा ओपनरद्वय कप्तान शुभमन गिल र साई सुदर्शनले शतक प्रहार गरे । गुजरातले चेन्नेईलाई ३५ रनले हरायो । २३२ रनको लक्ष्य पछ्याएको चेन्नेइले ८ विकेटको क्षतिमा १९६ रन मात्रै बनायो । चेन्नेइका ड्यारील मिचेलले सर्वाधिक ६३… Continue reading चेन्नईविरुद्ध गुजरातको सानदार प्रदर्शन

मे २५ लाई विश्व फुटबल दिवसका रूपमा मनाउने

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले मे २५ लाई विश्व फुटबल दिवसका रूपमा मनाउने संकल्प पारित गरेको छ । यो निर्णयसँगै अब समर्थकहरूले विश्वकै सबैभन्दा चर्चित र धेरै हेरिने खेललाई उत्सवका रूपमा मनाउन पाउनेछन् । फुटबलको आधिकारिक प्रतियोगिताको सुरुवात भएको दिनको अवसर पारेर फुटबल दिवस मनाउन लागिएको हो । सन् १९२४ मे २५ मा पेरिसमा सम्पन्न… Continue reading मे २५ लाई विश्व फुटबल दिवसका रूपमा मनाउने

लखनउ विरुद्ध हैदरावादका ओपनरको तुफानी इनिङ

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले हराएको छ । बुधबार राति सम्पन्न खेलमा लखनउले दिएको १६६ रनको लक्ष्य हैदराबादले विनाविकेट १० ओभरमा पूरा गरेको हो । हैदरावादका ओपनर ट्राभिस हेड ३० बलमा ८ चौका र ८ छक्कासहित ८९ रन र अभिषेक शर्माले २८ बलमा ८ चौका र ६… Continue reading लखनउ विरुद्ध हैदरावादका ओपनरको तुफानी इनिङ

राजस्थानलाई दिल्लीले रोक्यो, रोमान्चक बन्दै प्ले अफ यात्रा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो । यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ पुग्ने अवसर गुमाएको छ । दिल्लीले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाउन सक्यो । कप्तान… Continue reading राजस्थानलाई दिल्लीले रोक्यो, रोमान्चक बन्दै प्ले अफ यात्रा

मुलपानी क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो बनाउने योजना

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालयमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बुझाएको छ । पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बुझाएको डिपीआर सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो। मूलपानी क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ। डिपीआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको… Continue reading मुलपानी क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो बनाउने योजना

सूर्यकुमारको सतक-मुम्बईको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई सहजै हराएको छ । सोमबार राति सम्पन्न खेलमा मुम्बइले हैदराबादलाई ७ विकेटले हराएको हो । १७४ रनको लक्ष्य मुम्बइले सूर्यकुमार यादवको शतक मद्दतमा १७.२ ओभरमा तीन विकेट मात्र गुमाएर पूरा गर्‍यो । सूर्यकुमार ५१ बलमा १२ चौका र ६ छक्कासहित १०२ रनमा अविजित रहे… Continue reading सूर्यकुमारको सतक-मुम्बईको सहज जित

कोलकाता शीर्ष स्थानमा उक्लियो, लखनउ पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई सहजै पराजित गरेको छ । आइतबार राति भएको खेलमा लखनउलाई उसकै मैदानमा ९८ रनले पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ११ खेलबाट कोलकाताले १६ अंक जोडेको छ । एक कम खेलेको राजस्थान रोयल्सको पनि १६ अंक भए पनि… Continue reading कोलकाता शीर्ष स्थानमा उक्लियो, लखनउ पराजित