कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो । वर्षाले प्रभावित खेलमा जितक लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन्… Continue reading कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

कुवेतविरूद्ध सीता रानामगरको ह्याट्रिक विकेट

काठमाडौं । एसीसी वुमेन्स प्रिमियर कप २०२४ अन्तर्गत कुवेतविरूद्धको क्वार्टरफाइनल खेलमा नेपालकी सीता रानामगरले ह्याट्रिक गरेकी छिन्। सीताले टस जितेर पहिले ब्याटिङ गरेको कुवेतविरुद्ध १३ औं ‌ओभरको तीन बलमा तीन विकेट लिएर ह्याट्रिक गरेकी हुन्। १३ ‌औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् । तेस्रो बलमा मार्याम ओमरलाई विकेट… Continue reading कुवेतविरूद्ध सीता रानामगरको ह्याट्रिक विकेट

आईसीसी विश्वकप लिग–२ खेल्ने नेपाली टीममा फेरबदल

काठमाडौं । नेपालले बिहीबारदेखि घरेलु मैदान टियु मैदानमा खेल्ने आईसीसी विश्वकप लिग–२ क्रिकेटका लागि टोलीमा फेरबदल गरेको छ । क्यानडासँगको तीन ओडीआई खेलको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल कुमार शाह र देव खनाल नेपालको लिग २ टोलीमा समेटिए । यसअघि घोषणा टोलीबाट विकेटकिपर अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन् । अनिलले क्यानडासँग दोस्रो ओडीआई… Continue reading आईसीसी विश्वकप लिग–२ खेल्ने नेपाली टीममा फेरबदल

शक्ति, ज्ञानेन्द्र र रिजनले पास गरे लेभल–२ कोचिङ कोर्स

काठमाडौं । नेपालका पूर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जनाले आईसीसीको लेभल–२ कोचिङ कोर्स पास गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्राजूले आईसीसीको लेभल–२ को कोचिङ कोर्स उत्तीर्ण गरेका हुन् । सिंगापुरमा सम्पन्न कोचिङ कोर्समा ज्ञानेन्द्र शीर्ष स्थानमा रहेका थिए भने शक्ति दोस्रो र रिजन… Continue reading शक्ति, ज्ञानेन्द्र र रिजनले पास गरे लेभल–२ कोचिङ कोर्स

नेपालको कीर्तिमानी जीत, माल्दिभ्स १३ रनमा अलआउट

2024 ACC Women’s Premier Cup. 13th February 2024, UKM Oval Match between Nepal and Maldives.

काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सविरुद्ध शानदार जीत हासिल गरेको छ । नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ। नेपालले प्रस्तुत गरेको २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रन बनाउँदै अलआउट भएको हो । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंकमा… Continue reading नेपालको कीर्तिमानी जीत, माल्दिभ्स १३ रनमा अलआउट

एसीसी वुमन्स प्रिमियर कप : आज नेपाल र माल्दिभ्स भिड्दै

(Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा आज माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ ः १५ मा बाँगीमा सुरु हुनेछ । समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ । सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको… Continue reading एसीसी वुमन्स प्रिमियर कप : आज नेपाल र माल्दिभ्स भिड्दै

नेपालले गर्‍यो क्यानडाविरुद्धको सिरिज क्लिन स्वीप

काठमाडौं । नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको छ । नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्वीप गरेको हो । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे… Continue reading नेपालले गर्‍यो क्यानडाविरुद्धको सिरिज क्लिन स्वीप

अनिलको लगातार दोस्रो अर्धशतक

काठमाडौं । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ओपनर अनिल शाहले लगातार दोस्रो खेलमा अर्धसतक बनाएका छन् । तेस्रो एक दिवसीय क्रिकेटमा क्यानडासँग २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ५० बलमा अर्ध शतक पूरा गरेका हुन् । यसअघि दोस्रो ओडीआईमा शनिबार पुनरागमन खेलमा अनिलले २० बलमा ५० रन बनाएका थिए । एक समय अनिल १३ बलमा ४३… Continue reading अनिलको लगातार दोस्रो अर्धशतक

क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

काठमाडौं । एक दिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो । क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरे । उनी ५० रन बनाएर आउट भए । आरोन जोनसन… Continue reading क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

नेपाल र क्यानडाबीचको अन्तिम एक दिवसीय खेल आज

काठमाडौं । नेपाल र क्यानडाबीचको अन्तिम एक दिवसीय खेल आज हुँदैछ । तीन खेलको सिरिज नेपालले जितिसकेको छ । तेस्रो तथा अन्तिम खेल समेत सुखद टुग्याउने दाउमा नेपाल रहेको छ । खेल बिहान ९ः१५ मा टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।… Continue reading नेपाल र क्यानडाबीचको अन्तिम एक दिवसीय खेल आज

भारतविरुद्ध जित निकाल्दै अष्ट्रेलियाले उचाल्यो यू-१९ विश्वकप

काठमाडौं । भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले आईसीसी यू–१९ विश्वकपको उपाधि उचालेको छ । अष्ेलियाले १४ वर्षपछि उपाधी जितेको हो । यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यो चौथो उपाधि हो । २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अल आउट भयो । ओपनर आदर्श सिंहले ७७ बलमा ४ चौका… Continue reading भारतविरुद्ध जित निकाल्दै अष्ट्रेलियाले उचाल्यो यू-१९ विश्वकप

कतारले लगातार दोस्रो पटक उचाल्यो एसियन कपको उपाधी

काठमाडौं । जोर्डनलाई पराजित गर्दै कतारले एएफसी एसियन कपको उपाधि उचालेको छ । गतराति लुसेल स्टेडियममा जोर्डनलाई ३–१ गोलले पराजित गर्दै कतार च्याम्पियन बनेको हो। यो सोही मैदान हो, जहाँ गत वर्ष लियोनल मेसीको टीमले विश्वकप उचालेको थियो । घरेलु मैदानमा कतारले तीनवटै गोल पेनाल्टीमार्फत गर्न सफल भयो । २२ औं मिनेट, ७३ औं मिनेट… Continue reading कतारले लगातार दोस्रो पटक उचाल्यो एसियन कपको उपाधी

क्यानडासँगको खेलमा नेपालले के के बनायो कीर्तिमान ?

काठमाडौं । क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितसँगै नेपालले विभिन्न कीर्तिमान समेत बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर एक बलमा ६ विकेट गुमाएर भेटाएको थियो । नेपालको जितमा कीर्तिमानसहित तीन जना खेलाडीले अर्धशतक प्रहार गरे । आजको खेलमा अनिल शाहले एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा… Continue reading क्यानडासँगको खेलमा नेपालले के के बनायो कीर्तिमान ?

लगातार दोस्रो खेलमा चम्किए कप्तान रोहित

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानडाविरुद्ध लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । क्यानडालाई दोस्रो ओडीआई खेलमा ४ विकेटले हराउन रोहितले अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् । रोहितले शनिबारको खेलमा दुई विकेट लिनुको साथै ब्याटिङमा १०१ बलमा ८ चौका र ४ छक्कासहित ८७ रनको… Continue reading लगातार दोस्रो खेलमा चम्किए कप्तान रोहित

क्यानडाविरुद्ध नेपालको प्रभावशाली जित

काठमाडौं । नेपालले क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी छँदै जितेको छ । शनिबार त्रिवि मैदानमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिजको एक खेल बाँकी छँदै हात पारेको हो । नेपालले पहिलो खेल ७ रनले जितेको थियो। आजको खेलमा पनि विजयी भएसँगै नेपालले सिरिज जितेको हो। सिरिजको अन्तिम खेल सोमबार हुने छ… Continue reading क्यानडाविरुद्ध नेपालको प्रभावशाली जित

एसीसी वुमन्स प्रिमियर कप-२०२४ : नेपाल विजयी

(Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध ८ विकेटको जित निकालेको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा जितका लागि हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर १४.१ ओभरमै भेटायो । नेपालको जितका लागि कप्तान इन्दु बर्माले एक छक्का र तीन चौकासहित ४० रनको योगदान गरिन् । सीता… Continue reading एसीसी वुमन्स प्रिमियर कप-२०२४ : नेपाल विजयी

एसीसी वुमन्स प्रिमियर कप-२०२४ नेपाल-ङकङ भिड्दै

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपाल र हङकङ भिड्दैछन् । हङकङले नेपाललाई ९४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ८ विकेट गुमाएर पूरै २० ओभर खेल्दै ९३ रन बनाएको हो । हङकङकी कप्तान चान का यिंग क्यारीले सर्वाधिक… Continue reading एसीसी वुमन्स प्रिमियर कप-२०२४ नेपाल-ङकङ भिड्दै

नेपाल र क्यानडाबीच दोस्रो वान-डे सुरु, नेपाल फिल्डिङमा

काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा टस हारेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङको निर्णय लिएपछि नेपालले फिल्डिङ गरेको हो । नेपालले आजको खेलमा आकाश चन्दलाई डेब्यु गराएको छ । आजको खेलमा कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी र हेन्त… Continue reading नेपाल र क्यानडाबीच दोस्रो वान-डे सुरु, नेपाल फिल्डिङमा

नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ लगत्तै नेदरल्यान्ड्स र नामिबियासँग टी २० आई सिरिज खेल्ने भएको छ । सिरिजको तालिका सार्वजनिक भएको छ । नेपालले त्रिकोणात्मक सिरिजमा पहिलो खेल फागुन १५ (फेब्रुअरी २७) मा नामिबिया र दोस्रो खेल फागुन १६ (फेब्रुअरी २८) मा नेदरल्यान्ड्ससँग खेल्ने भएको छ । नेपालले फागुन १८ मा (मार्च १ )… Continue reading नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

क्यानडामाथि नेपालको रोमाञ्चक जित, रोहितले लिए ४ विकेट

काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको जित हात पारेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले क्यानाडा सामु २ सय २५ रनको मध्यम स्कोरको लक्ष्य दिएको थियो । तर, क्यानाडाले ४७ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन मात्र… Continue reading क्यानडामाथि नेपालको रोमाञ्चक जित, रोहितले लिए ४ विकेट

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो ।नेपालका ओपनर कुशल भुर्तेल ६२, आरिफ शेख ३८, सोमपाल कामी २७ पवन सर्राफ १६, आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रन बनाएर… Continue reading नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

सन्दीपको पक्षमा नारा लगाएको आरोपमा दुई जना नियन्त्रणमा

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुरमा भइरहेको खेलमा नेपालले ब्याटिङ गरिरहँदा दर्शकले ब्यानर र नारा लगाएका थिए। त्यसपछि प्रहरीले दर्शकलाई रोकेको थियो भने दुई जनालाई नियन्त्रणमा लिएको थियो। केहीबेर खेल समेत रोकिएको थियो। एकदिवसीय शृंखलाको पहिलो खेलको ४०औँ ओभर चलिरहँदा उपस्थित समर्थकले… Continue reading सन्दीपको पक्षमा नारा लगाएको आरोपमा दुई जना नियन्त्रणमा

नेपाल र क्यानडाबीच आजबाट वान-डे सिरिज

काठमाडौं । नेपाल र क्याानडाबीच तीन वान डे सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल बिहान ९ :१५ मा काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुनेछ । दुवै टोली सिरिजमा विजयी सुरुवात गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन् । नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गर्नेछन् । नेपाल घरेलु मैदान, कन्डिसन र… Continue reading नेपाल र क्यानडाबीच आजबाट वान-डे सिरिज

एसियन कप : इरान स्तब्ध, कतार फाइनलमा

काठमाडौं । साविक विजेता कतार घरेलु मैदानमै जारी एएफसी एसियन कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३–२ ले हराउँदै कतार लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो । यसअघि २०१९ मा पहिलो पटक फाइनल पुग्दा कतारले उपाधि उचालेको थियो । लगातार दोस्रो पटक… Continue reading एसियन कप : इरान स्तब्ध, कतार फाइनलमा

एएफसी एसियन कपमा जोर्डनले रच्यो इतिहास, कोरियालाई हराउँदै फाइनलमा

काठमाडौं । जोर्डन एएफसी एसियन कपमा इतिहास बनाउन सफल भएको छ । उसले कोरियालाई २–० गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो । गतराति भएको खेलमा याजन अल नामट र मउसा अल तमारीले गोल गरे। ५३ औं मिनेटमा याजन र ६६ औं मिनेटमा मउसाले गोल गरेका थिए। पराजित भएसँगै दक्षिण कोरिया सन् १९६० यता एसियन… Continue reading एएफसी एसियन कपमा जोर्डनले रच्यो इतिहास, कोरियालाई हराउँदै फाइनलमा

केपी ओली कपमा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं । दोस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ । यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगितामा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा ७ ए डिभिजन क्लब एक आयोजक र दुई विदेशी टिम छन् । भारतको दिल्ली फुटबल क्लबले पहिलो पटक केपी ओली कप खेल्न लागेको छ ।… Continue reading केपी ओली कपमा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्ने

क्यानडा र आईसीसी विश्वकप लिग–२ शृंखला खेल्ने नेपाली टीमको घोषणा

काठमाडौं । आईसीसी यू–१९ विश्वकप र प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा राम्रो खेलेका खेलाडीलाई समेट्दै नेपाल क्रिकेट संघले आइतबार क्यानाडाविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला र नेदरल्यान्ड्स र नामिबियासम्मिलित आईसीसी विश्वकप लिग–२ शृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको छ । नेपालले क्यानाडासँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फेब्रुअरी ८, १० र १२ मा गरी तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दै… Continue reading क्यानडा र आईसीसी विश्वकप लिग–२ शृंखला खेल्ने नेपाली टीमको घोषणा

फ्रेन्च लीगमा साम्बाले गरिन डेब्यू

काठमाडौं । नेपाली राष्ट्रिय टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले फ्रेन्च लिगमा डेब्यु गरेमी छन् । साम्बाले फ्रेन्च क्लब एन अभान्ट गुईंगाम्पका लागि शनिबार आफ्नो पहिलो खेल खेल्दै डेब्यु गरिन् । बोर्डोविरुद्भको उक्त खेल १–१ को बराबरीमा सकिएको छ । शुक्रबार मात्रै फ्रेन्च क्लबमा अनुबन्ध भएकी साम्बा बोर्डोविरुद्धको खेलमा टिम लाइन अफमा समावेश हुँदै वैकल्पिक खेलाडीको… Continue reading फ्रेन्च लीगमा साम्बाले गरिन डेब्यू

सुपर सिक्सका दुबै खेल हार्दै नेपालले टुंग्यायो यू १९ विश्वकपको यात्रा

काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा दुबै खेलमा पराजित भएको छ । सुपर सिक्सको दोस्रो खेलमा नेपाल भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको हो । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल… Continue reading सुपर सिक्सका दुबै खेल हार्दै नेपालले टुंग्यायो यू १९ विश्वकपको यात्रा

यु-१९ विश्वकप : आज नेपाल र भारतबीच खेल

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै… Continue reading यु-१९ विश्वकप : आज नेपाल र भारतबीच खेल