काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । डालासमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल तीन विकेटले पराजित भएको हो । नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटायो । अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिका जित दर्ता गर्न सफल भएको हो ।
यस्तै, कप्तान मोनांक पटेलले ६२, हरमित सिंहले ५७, शाड्लीले २९ र जसदीप सिंह र साइतेजा मुकामल्लाले ११–११ रन बनाए । ११ रन नै अमेरिकाले अतिरिक्त बटुलेको थियो । छ ओभर बलिङ गरेका नेपालका कुशल भुर्तेलले २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएर शतकबाट चुके ।
ओपनर अनिल साह ५६ र आसिफ शेख ५२ रनमा आउट भए । आरिफ शेख ३७, दीपेन्द्रसिंह ऐरी १३, कुशल भुर्तेल ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । अमेरिका नोस्थुश केन्जिगेले ४, हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान एक–एक विकेट लिए । लिग २ का लागि अमेरिकामा रहेको नेपालले अर्को खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ। आइतबार दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा नेपालले भारतलाई पराजित गरेको हो। विवादले दुई पटकसम्म रोकिएको खेल एक–एक बराबरीमा खेल सकिएको थियो।
पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्रै गरेको हो। फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ। विवादका कारण अवरोध भएको खेल १७८ मिनेट सम्म लम्बिएको थियो। नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रो पटक प्रतिस्पर्धा भएको हो।
सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो। यद्यपि नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७१ ले हराएर दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको थियो।
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ । खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन् । भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ ।
रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल दिएनन् । भारतीय खेलाडीहरु गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो । नेपालले आफूहरुले गरेको गोलले मान्यता पाउनुपर्ने अडान राखेको छ भने भारतले उक्त गोललाई मान्यता दिन नहुने अडान राखेको छ । त्यसैले रेफ्रीहरु अलमलमा छन् । खेलको मुख्य रेफ्री भुटानकी ओम चोकी हुन् भने असिस्ट्यान्ट रेफ्री भुटानकी छोडेन छिरिङ र बंगलादेशकी मोने सल्मा अख्तर छन् ।
काठमाडौं । लगातारको हारले दवावमा रहेका नेपाल र अमेरिका जित्नै पर्ने महत्वपूर्ण सिरिज खेलिरहेका छन् । अमेरिकाविरुद्ध आइतबार डालासमा उत्रिँदा नेपाल विश्वकप क्रिकेट लिग २ मा थप दवावमा हुनेछ । यी दुई टोलीको खेल आज नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुँदैछ । नेपालले पछिल्लो दिनमा जित निकाल्न संघर्ष गरिरहेको छ ।
८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल अंकतालिकाको सातौं स्थानमा छ । नेपालले लिग २ का दुई शृंखलामा खेलेका ८ खेलमा केवल एक जितमात्र निकालेको छ । ६ खेलमा पराजित भएको छ । ओमानसँग क्यानडामा खेलिएको खेल वर्षाले रद्द भएको थियो । क्यानडामा नेपालले क्यानडा र ओमानसँग २–२ खेलमा बटुलेको त्यही १ अंक थियो । त्यसअघि नेपालले फेब्रुअरीमा घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र नामिबियासँगको २–२ खेलमा एकमात्र विजय हात पारेको थियो ।
तर, नेपालले अघिल्लो साता अमेरिकाविरुद्ध डालासमै भएको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको छ । यही नतिजामा उच्च मनोबल लिएर नेपाल आइतबार अमेरिकाविरुद्ध लिग २ को खेलमा उत्रने छ । नेपाल, अमेरिका र स्कटल्यान्डबीचको लिग २ को यो शृंखला शुक्रबार नै सुरु भइसकेको छ ।
स्कटल्यान्डले शुक्रबार अमेरिकालाई १० विकेटले हराएको थियो । ३९ रन बनाउँदा ६ विकेट गुमाएको अमेरिका १ सय ४४ रन बनाई ३९ औं ओभरमा अलआउट भयो । एन्ड्रयु उमिदले ७९ बलमा ९८ र चार्ली टियरले ७० बलमा ४३ रन बनाएपछि स्कटल्यान्डले २५ ओभरभित्रै लक्ष्य पूरा गरेको थियो । दबाबमा रहेको अमेरिकाले उपकप्तान एरोन जोन्सलाई शृंखलामा बाहिर राखेपछि घरेलु टोलीमाथि झनै दबाब बढ्दै गएको छ ।
नेपालले शनिबार १५ सदस्यीय टोली घोषणा गरेको छ । एकदिवसीयमा कमजोर प्रदर्शन गर्दै आएको नेपालले यो संरचनाका विशेषज्ञ ब्याटर देव खनाललाई रिजर्भमा राखेको छ । देवसँगै सागर ढकाल पनि रिजर्भमा छन् । रोहित पौडेलेको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।
नेपाल र अमेरिकाबीच भएको पछिल्ला ५ एकदिवसीय अन्तर्राष्ट्रियमा दुवै टोलीले २–२ खेल जितेका छन् भने एक खेल ‘टाइ’ भएको थियो । सन् २०२२ मा लिग २ का लागि अमेरिका जाँदा नेपालले अमेरिका र ओमानविरुद्धका ४ खेलमा २ खेलमा पराजित हुँदै १ खेल जितेको थियो भने १ खेल ‘टाइ’ भएको थियो ।
काठमाडौं । जारी सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडमाथि ४–० को सानदार जित निकालेको छ । घरेलु मैदान सान्टियागो वर्नाबेउमै रियल मड्रिडले लज्जासपद हार व्यहोरेको हो । बार्सिलोनालाई फराकिलो जित दिलाउन लेवान्डोस्कीले दुई तथा लामिन यामल र फेरान टोरेसले समान एक गोल गरे । खेलको ३०औं मिनेटमा रियलका केलिएन एमबाप्पेले गोल गरेपछि भिएआरले मान्यता नदिँदा रियलले अग्रता लिने मौका गुमाएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको हो । ५४ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले अग्रता दोब्बर पारे । लामिन यामलले ७७औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले ३० को अग्रता बनायो । बार्सिलोना यतिमै रोकिएन । कप्तान राफिन्हाले ८४औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले सानदार जित हात पारेको हो ।
जितपछि लिग लिडर बार्सिलोनाले यस सिजन उत्कृष्ट लयलाई कायम राख्दै रियल मड्रिडमाथि नै ६ अंकको अग्रता बनाएको छ । ११ खेलबाट बार्सिलोनाको ३० अंक जोडेको छ । यस सिजन पहिलो हार व्यहोरेको रियलको समान खेलबाट २४ अंक छ ।
काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेल आज हुँदैछन् । पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ । दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले सर्वाधिक ५ पटकको च्याम्पियन भारतको सामना गर्नेछ । यो खेल साढे ६ बजे सुरु हुनेछ । समूह चरणमा दिनको दोस्रो खेल साढे ५ बजे भए पनि नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्न सक्ने कारणले दोस्रो सेमिफाइनलको समय एक घण्टा पछि सारिएको एन्फाले जनाएको छ ।
सेमिफाइनलसम्म आइपुग्दा अहिलेसम्म भारत बाहेक बाँकी तीन टिम अपराजित छन् । नेपाल भुटान र बंगलादेश समूह्य चरणमा अपराजित रहे । नेपाल भारत र बंगलादेश अहिलेसम्म भएका सबै सातवटै संस्करणमा सेमिफाइनल पुगेका छन् । भुटान भने सेमिफाइनल पुगेको यो दोस्रो पटक हो । साविक विजेता बंगलादेश समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यस्तै घरेलु टोली नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारत समूह ए को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।
नेपाल र भुटानले आफ्नो समूहमा २ जित १ बराबरी नतिजा निकाल्दै अपराजित रह्यो । नेपाल र भुटानले समान ७ अंक जोडेपनि गोलअन्तरमा अघि रहँदै नेपाल समूह विजेता बनेको हो ।
पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११–० र श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । समूह ए मा बंगलादेशले एक जित र एक बराबरीबाट ४ अंक जोड्यो । भारत एक जित र एक हारको नतिजा निकाल्दै ३ अंक जोडेर उपविजेता बन्यो । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ ले पराजित गरेको थियो ।
दोस्रो खेलमा पाकिस्तानले साविक विजेता बंगलादेश विरुद्ध निर्धारित ९० मिनेटसम्म अग्रता लिएपनि अतिरिक्त समयमा गोल खाएपछि खेल १–१ को बराबरीमा सकिएको थियो । बंगलादेशले हार टार्दै समूह चरणबाटै बाहिरिने सम्भावनालाई टारेको थियो । त्यसपछि बंगलादेशले भारतलाई ३–१ ले पराजित गर्दै समूह ए को विजेता बनेको हो ।
काठमाडौं । अमेरिकामा शनिबारदेखि सुरु भएको आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार साँझ रोहितकुमार पौडेलको कप्तानीमा दुई अतिरिक्तसहित १७ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।
टोलीमा कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी हुनुहुन्छ । यस्तै देव खनाल र सागर ढकाललाई अतिरिक्त खेलाडीमा राखिएको छ ।
अमेरिका, नेपाल र स्कटल्यान्ड सम्मिलित यस सिरिजमा नेपालले आफ्नो पहिलो खेल आइतबार अमेरिकासँग खेल्नेछ । नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।
लिगमा आठ खेलबाट तीन अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । आठ देश सहभागि लिग–२ मा नेपाल यसअघि क्यानडामा आयोजक क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो ।
काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजमा घरेलु टोली अमेरिका स्कटल्यान्डसँग १० विकेटले पराजित भएको छ । टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा शनिबार बिहान भएको खेलमा अमेरिकाले लज्जास्पद हार खेपेको हो । अमेरिकाले दिएको एक सय ४५ रनको विजय लक्ष्य स्कटल्यान्डले २४.५ ओभरमा विना विकेटको क्षति पूरा गरेको थियो ।
स्कटल्यान्डका लागि आन्द्रे उमिदले अविजित ९८ रन बनाए । उनले ७९ बलमा १३ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाए । चार्ली टिमयरले अविजित ४३ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ३८.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो । अमेरिकाका सुरुवाती ६ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
आठौँ नम्बरमा ब्याटिङ गरेका स्याड्ली भान श्यालवायकले ५८ रन बनाए । हर्मित सिंहले २२ र नोसथुस केन्जिगेले २१ रन बनाए । अमेरिकालाई सस्तैमा समेट्न स्कटल्यान्डका ब्राड करीले चार विकेट लिए । ब्रान्डेन म्याकमुलेनले तीन तथा ब्राड ह्विलले दुई विकेट लिए ।
जितसँगै आठ खेलबाट ११ अङ्क बनाएको स्कटल्यान्ड चौथो स्थानमा उक्लिएको छ । पराजित अमेरिका नौ खेलबाट १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । अमेरिका, स्कटल्यान्ड र नेपाल सम्मिलित यस सिरिजमा नेपालले कात्तिक ११ गते आइतबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ । लिगमा आठ खेलबाट तीन अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । आठ देश सहभागी लिग–२ मा नेपाल यसअघि क्यानडामा आयोजक क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो ।
काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५-० ले पराजित भएको हो । दोहास्थित एस्पाइर एकेडेमी पिच मैदानमा भएको खेलमा कतारका लागि जेद फैसलले ह्याट्रिक गरे ।
उनले ४५औं, ५६औं र ८२औं मिनेटमा गोल गरे । हानी मोहमेदले २१औं र अल मार्जोउकीले ८६औं मिनेटमा गोल गरे । समूहमा लगातार दोस्रो हार व्यहोरेपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना पनि सकिएको छ । यसअघि पहिलो खेलमा नेपाल साविक विजेता जापानसँग ९–२ ले पराजित भएको थियो ।
उता पहिलो खेलेमा मंगोलियाविरुद्ध २–० को कठिन जित निकालेको घरेलु टोली कतारले नेपालमाथि सहज जित निकालेपछि अन्तिम चरण पुग्ने सम्भावना बलियो बनाएको छ । अर्को खेलमा जापानले मंगोलियालाई ७–० ले हरायो । जापान र कतारले लगातार दुई खेल जितेर समान ६ अंक जोडेका छन् । गोल अन्तरका कारणमा जापान शीर्ष र कतार दोस्रो स्थानमा छ । अब यी दुई टोलीबीच आइतबार हुने खेलबाट समूह विजताको टुङ्गो लाग्नेछ । यस्तै लगातार दुई खेल हार्दै अंकविहीन रहेको नेपाल र मंगोलियाबीच आइतबारै प्रतिष्ठाका लागि खेल हुनेछ ।
छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोली सहभागी छन् । सहभागि ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ । छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कपका लागि छनोट हुनेछ । यस्तै उपविजेता १० मध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यू१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वतः छनोट भइसकेको छ ।
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला आजदेखि शुरू हुँदैछ । उद्घाटन खेलमा आज राति सवा ९ बजे डालासमा घरेलु टोली अमेरिका र स्कटल्यान्ड खेल्दैछन् । नेपालले पर्सि आइतवार अमेरिकासँग खेल्दै लिग–२ शृङ्खलाको शुरुआत गर्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा आउँदो मङ्गलवार स्कटल्यान्डसँग, तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा यो शृङ्खलाको अन्तिम खेलमा स्कटल्यान्डसँग कात्तिक १९ गते खेल्नेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल ८ खेलमा ३ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । यस्तै अमेरिका ८ खेलमा १२ अङ्कसहित दोस्रो र स्कटल्यान्ड ७ खेलमा ९ अङ्कसहित पाँचौं स्थानमा छ । लिग–२ को शीर्ष स्थानमा रहेको क्यानडाको १२ खेलमा १६ अङ्क छ ।
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा घरेलु टोली नेपाल समूह ‘बी’को विजेता बनेर सेमिफाइनलमा पुगेको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले पराजित गरेर समूह विजेता बन्यो। नेपालले समूहमा ७ अंक जोड्दा उपविजेता बनेको भुटानले पनि ७ अंक नै जोड्यो।
गोलअन्तरमा भने नेपालले भुटानलाई एक गोलले पछि पार्यो। यसअघि नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गर्दा भुटानसँग गोलरहित खेलेको थियो। अब नेपालले आइतबार दोस्रो सेमिफाइनलमा भारतसँग खेल्नेछ। त्यसअघि भुटान र बंगलादेश पहिलो सेमिफाइनलमा भिड्ने छन्।
बिहीबार समूहको अन्तिम खेलमा नेपालले श्रीलंकाविरूद्ध पहिलो हाफमै चार गोल गर्दा दोस्रो हाफमा दुई गोल गर्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि रेखा पौडेलले दुई गोल गरेकी छन्। अघिल्लो खेलमा माल्दिभ्सविरूद्ध पाँच गोल गरेकी रेखाले बिहीबार श्रीलंकाविरूद्ध १३ र ३६ मिनेटमा गोल गर्न सफल भइन्।
रेखाले १३ मिनेटमा अमिषा कार्कीले गरेको क्रसमा डिबक्स भित्रबाट उत्कृष्ट भलिमार्फत् बललाई गोल पोस्टको दिशा दिएकी थिइन्। ३६ मिनेटमा रेखाले सावित्रा भण्डारी साम्बाले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहारलाई गोल लाइन नजिक छुँदा जाली चुमेको थियो।
त्यसअघि आठौं मिनेटमा सविता रानामगरले साम्बाको पासमा डिबक्सभित्रबाट गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्। अघिल्ला दुई खेलमा अनुपस्थित साम्बाले ११ मिनेटमा लोभलाग्दो गोल गरेकी थिइन्। डिबक्स बाहिरबाट हानेको उत्कृष्ट प्रहारले सिधा गोलपोस्टको दिशा लिएको थियो।
दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो। अमिषा कार्कीले ४७ मिनेटमा नेपालका लागि पाँचौ गोल गरेकी थिइन्। नेपालले दोस्रो हाफको इन्जुरी समयमा नेपालले छैटौं गोल गरेको थियो। नेपालका लागि रश्मीकुमारी घिसिङले सो गोल गरेका थिइन् भने नेपाललाई समूह विजेता बनाइन्।
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु को तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिका ए टिमसँग पराजित भएको छ । मंगलबार राति भएको पहिलो अभ्यास खेलमा नेपालले लज्जासपद ब्याटिङ गर्दा अमेरिका ए टिमसँग ४ विकेटले पराजित भयो । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरका ए ले २३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि नितिश रेडीले सर्वाधिक २९ रन बनाए भने ओपनर राहुल जरिवालाले २६ रन योगदान गरे ।
नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले समान एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरको खेलमा आधा इनिङ मात्र ब्याटिङ गर्न सक्यो भने सय रन पनि पुर्याउन सकेन । २५.३ ओभरमा नेपाल ८१ रनमै अलआउट भएको थियो । नेपालका कुशल मल्लले १८, देव खनालले १२ र भीम सार्कीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अर्जुन साउद ५, अनिलकुमार साह ०, कुशल भुर्तेल २, रोहितकुमार पौडेल ८, दीपेन्द्रसिंह ऐरी ५, आरिफ शेख २ र सन्दीप लामिछाने ७ रन बनाएर आउट भए । करण केसी ७ रनमा अविजित रहे । अमेरिका ए का लागि आरिन नादकर्णीले चार तथा आयान देसाइले २ विकेट लिए ।
नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित लिग टु सिरिज यही अक्टोबर २५ देखि अमेरिकाको डालासमा सुरु हुँदैछ । जहाँ नेपालले पहिलो खेल अक्टोबर २७ अर्थात आउने आइतबार अमेरिकासँग खेल्नेछ । लिग टु मा नेपालले खेल्न लागेको यो तेस्रो सिरिज हो ।
काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गरेको छ । नेपाल ११–० को फराकिलो अन्तरले विजयी भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । प्रीति राईले समेत ह्याट्रिक पुरा गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक–एक गोल गरिन् ।
यस साफ वुमन्स च्याम्पियनसिपमा पहिलो जतिपछि दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा उक्लेको छ । दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा पछि छ । श्रीलंकाको ३ अंक छ । लगातार दुई खेल हारेपछि माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा ५ गोल थपेको थियो ।
पहिलो हाफमा रेखा पौडेलले दुई तथा प्रीति राई र सविता राना मगरले एक(एक गोल गरेपछि नेपालले ४–० को अग्रता बनाएको थियो । खेलको सुरुवातदेखि नै नेपालले बलमाथि पकड राख्दै लगातार विपक्षीको पोष्टमा आक्रमण गरेको थियो । छैटौं मिनेटमा प्रीति राईको गोलबाट नेपालले अग्रता लिएको थियो । सविता रानाको कर्नर पासमा प्रीतिले बायाँ साइडबाट हानेको प्रहार गोल भएको थियो ।
सविताले २९ औं मिनेटमा बक्स बाहिरबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यसपछि रेखा पौडेलले ३२ औं र ४२ औं मिनेटमा गोल गरिन् । रेखाले पहिलो गोल रश्मीकुमारी घिसिङको कटब्याक पासमा चेस्टले गोल गरेकी हुन् । रेखाले अर्को गोल सविताको पासमा गरेकी हुन् । दोस्रो हाफमा पनि नेपालले माल्दिभ्स विरुद्ध पूर्ण दबाब बनाउँदै एकपक्षीय रुपमा आक्रमण गरेको थियो । त्यसको नतिजा ४८ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। जारी साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनिन् ।
नेपाली खेलाडीले साफ वुमन्स च्याम्पियनसिपमा २०१६ पछि पहिलो पटक ह्याट्रिक गरेको हो । सन् २०१६ मा भारतको सिलगुरीमा भएको चौथो संस्करणको साफमा सावित्रा भण्डारीले माल्दिभ्स विरुद्ध नै ह्याट्रिकसहित ५ गोल नै गरेकी थिइन् । रेखा ह्याट्रिक पछि पनि रोकिएनन् र ६३ औं र ७८ औं मिनेटमा गोल थपिन् । ६५ औं मिनेटमा प्रीति राईले व्यक्तिगत दोस्रो गोल गरिन् । प्रीतिले ८७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अनिता केसीले ६८ औं र अमिशा कार्कीले ८८ औं मिनेटमा गोल गरिन् ।
यसै खेलबाट पहिलो पटक राष्ट्रिय टिममा परेकी सजनी थोकरले पनि डेब्यूको अवसर पाइन् । उनी ६७ औं मिनेटमा गीता रानाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । फ्रान्समा व्यवसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी साफका लागि गएराती नेपाल आइपुगेर टिममा सामेल भएपनि उनी बेन्चमै रहिन् । नेपालले समूहको अन्तिम खेल श्रीलंकासँग बिहीबार खेल्नेछ भने माल्दिभ्सले सोही दिन भुटानको सामना गर्नेछ ।
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई सिरिज क्लिनस्वीप गरेको छ । नेपालले कुनै पनि देशविरुद्ध शतप्रतिशत जित निकाल्दै सिरिज जितेको यो पहिलो पटक हो । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले हराउन सक्यो । पहिलो खेल १७ रनले जितेको थियो । नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको हो ।
तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्न सफल भयो । नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे । अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक–एक विकेट लिए ।
यसअघि डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक–एक विकेट लिए । यसअघि लिग-२ का लागि क्यानडामा गएको नेपाली टोलीले निराशाजनक प्रदर्शन गरेको थियो । अमेरिका पुगेपछि भने नेपाली खेलाडीले आशालाग्दो प्रदर्शन गरेका छन् ।
काठमाडौं । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
फ्रान्समा लिग खेलिरहेकी गोलमेसिन तथा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा आजबाट टीममा सहभागी हुनेछिन् । भुटान विरुद्ध घाइते हुँदै मैदानछाडेका डिफेण्डर हिरा भुजेल र मिडफिल्डर दीपा शाहीको घुँडाको एसिएलमा चोट रहेकोले उनीहरुले साफको बाँकी खेल गुमाउने चिन्ता नेपाली टीमलाई छ ।
माल्दिभ्सविरुद्ध खेल्दा नेपाललाई जित आवश्यक छ । समूह बी मा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको थियो । आजै श्रीलंका र भुटानबीच दिउँसो साढे १ बजे खेल हुनेछ ।
काठमाडौं । तेस्रो तथा अन्तिम टी–२० आई खेलमा नेपाललाई अमेरिकाले १५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे ।
अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक–एक विकेट लिए । यसअघि भएका दुवै खेल नेपालले जितेको थियो । पहिलो खेलमा १७ रनले विजयी भएको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको हो ।
काठमाडौं । नेपालले अमेरिकामाथि रोमान्चक जित निकालेको छ । यससँगै नेपालले टी–२० आई सिरिज समेत जितेको छ । पहिलो खेल सहजै जितेको नेपाललले दोस्रो खेलमा भने संघर्ष गर्नु परेको छ । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालले टस जितेर ब्याट रोजेको थियो ।
नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो । उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । अन्तिम ओभरमा जितका लागि नेपाललाई ७ रन आवश्यक थियो । तर, सोमपाल कामीले दुई विकेट झार्दै सो रन बन्नबाट बचाए ।
सुपर ओभरको बलिङमा समेत सोमपाल नै आए । उनले २ रन दिएर २ विकेट झारेसँगै नेपालले सहज लक्ष्य पायो । उक्त लक्ष्य कुशल भुर्तेल र कप्तान रोहित पौडेलले २ बल बाँकी छँदै पुरा गरे । यसअघि कुशल भुर्तेलको ९२ रनको सहायतामा नेपालले प्रतिस्पर्धी स्कोर बनाउन सक्यो ।
काठमाडौं । दोस्रो टी–२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ। कुशल भुर्तेलको अर्धशतकमा नेपालले छ विकेटको क्षतिमा १७० रन जोड्यो। अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशलले ९२ रन जोडे। उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरे।
नेपालका ओपनर अनिल साहले ३१ बलमा २५ रन जोड्दा अर्का ओपनर आसिफ शेख एक रनमै आउट भएका थिए। गुल्सन झाले १२ बलमा १९ रन बनाए। कप्तान रोहित पौडेल १४ बलमा १८ रन जोडेर आउट भए। दिपेन्द्र सिंह ऐरी दुई रन र आरिफ शेख एक रनमै पेभिलियन फर्के।
करण केसीले एक बल खेल्दा छक्का प्रहार गरेका थिए। यो समाचार तयार पार्दासम्म अमेरिकाले १ विकेटको क्षतिमा ८७ रन बटुलेर संतोषजनक स्थितिमा खेलिरहेको छ । सिरिजको पहिलो खेलमा नेपालले जित निकालेको थियो। अब दुई टोलीबीच भोलि तेस्रो खेल हुनेछ।
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार काठमाडौँस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । क्यानले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले भिसा पाएको जानकारी गराएको हो ।
प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीप शुक्रबार साँझ नै अमेरिका प्रस्थान गर्नेगरी तयारी सुरु भएको छ । भिसा पाएसँगै सन्दीप अमेरिकामा हुने आईसीसी विश्वकप क्रिकेट लिग २ खेल्न अमेरिका जाने बाटो खुलेको छ । भिसा नपाएकै कारण उनी क्यानडाबाट नेपाल फर्किएका थिए ।
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल र भुटान बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरि खेखेका हुन् । दुबै टीमले अंक बाँडे । साफ वुमन्स च्याम्पियनसिप ईतिहासमा नेपाल पहिलो पटक भुटानलाई हराउन असफल रह्यो । साफमा कुनै पनि टिमसँग नेपालको यो पहिलो बराबरी हो ।
नेपाली गोल मेसिन सावित्रा भण्डारी साम्बा नहुँदा नेपालले गोलमा संघर्ष गर्नु परेको छ । पहिलो हाफको ईन्जुरी टाईममा हिरा कुमारी भुजेल र दोस्रो हाफमा दीपा शाही धाइते भए । बराबरीपछि समूह ए मा दुवै टोलीले समान १ अंक जोडेका छन् । नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्नेछ ।
काठमाडौं । नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकालाई हराएको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका १४७ रनमै समेटियो । अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।
अमेरिकाका लागि शायनले अविवित ६० रन बनाउँदा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीनरतीन र सैतेजा मुक्कामल्ला २ रन बनाए । हरमीत सिंह दीपेन्द्रसिंहबाट शून्य रनमै एलबीडब्ल्यु आउट भए ।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले १ छक्का र चार चौकाको मद्दतमा ४९ रनको योगदान गरे ।
नेपालका दीपेन्द्रसिंह ऐरीले १ छक्का र २ चौकासहित २८, ओपनर अनिल शाह र आसिफ शेखले समान २७–२७, गुल्शन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले २ रन जोडे । करन केसी र आरिफ शेख शून्य रनमा आउट भए । अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले समान एक–एक विकेट लिए ।
काठमाडौं । नेपालले घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप(२०२४ मा आज भुटानसँग पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । आजको खेलमा सावित्रा भण्डारी (साम्बा) अनुपस्थित हुनेछिन् । उनी फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले पहिलो खेल गुमाउने भएकी हुन् ।युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर आएकी रेखा पौडेल र रश्मि कुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्ने छन् ।
नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको छ । जसमा सबै खेल नेपालले जितेको छ । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले भुटानलाई ८–० ले हराएको थियो । सन् २०१६ मा भारतको सिलीगुरीमा भएको चौथो साफमा साम्बाले दोहोरो ह्याट्रिक गर्दा नेपालले भुटानलाई ८–० ले नै पराजित गरेको थियो । साफमा नेपालले भुटान विरुद्ध अहिलेसम्म कुनै गोल खाएको छैन भने २३ गोल गरेको छ ।
काठमाडौं । नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकाले १२ रनमा २ विकेट गुमाइसकेको छ । यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको हो ।
नेपालका कप्तान रोहित पौडेलले ३३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाए । दीपेन्द्रले १७ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए । पाँचौं विकेटका लागि दीपेन्द्र र रोहितले ३८ बलमा ६६ रनको साझेदारी गरेका थिए ।
नेपाललाई ओपनर आसिफ शेख र अनिल साहले ५.३ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । अनिल २७ रनमा अली खानको बलमा एलबीडब्लू आउट भए । आसिफ शेख २७ बलमा ४ चौकासहित २७ रनमै स्पिनर हरम्रित सिंहको बलमा बोल्ड आउट भए ।
हरमीतले गुल्सन झालाई ११ र नोष्थुस केंजिगेले कुशल भुर्तेललाई १० रनमा बोल्ड आउट गरे । अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले १-१ विकेट लिए ।
काठमाडौं । दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप पुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यही हारको पीडालाई बिर्साउँदै यसपटक भारत उपाधि जित्ने लक्ष्यमा छ ।
अशलतादेवीको कप्तानीमा रहेको भारतीय टोली यसपटक बलियो छ । टिममा सिनिय र जुनियर खेलाडीको मिश्रण छ भने गोलमेसिन बाला देवीले यस पटक साफमा पुनरागमन गरेकी छन् । नयाँ प्रशिक्षक सन्तोष कश्यपले टोली सम्हालेका छन् । यस पटक भारतीय टिममा धेरै खेलाडी परिवर्तन भइसकेको छ । मुख्य प्रशिक्षक सन्तोष कश्यपले साफ वुमन्स च्याम्पियनसिप आफ्नो लागि नयाँ भए पनि टिम राम्रो रहेको र लक्ष्य उपाधि जित्ने भएको बताएका छन् ।
भारतीय कप्तान अशलतादेवीले पाकिस्तानविरुद्धको खेल खेल्दै एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछिन् । अशलताले एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्नका लागि आफू उत्साहित रहेको बताएकी छन् ।
उनले पाकिस्तानविरुद्धको पहिलो खेल महत्वपूर्ण हुने बताइन् । पछिल्लोपटक सन् २०२२ मा काठमाडौंमै भएको साफ यी दुई टोली समूह चरणमा भिडेका थिए जसमा भारत ३-० ले विजयी भएको थियो ।
समूह ए मा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश छ । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुग्ने सम्भावना बलियो छ । उता पाकिस्तानी टिममा भने पछिल्लो संस्करणमा प्रशिक्षक रहेका अदिल रिज्की र कप्तान मारिया खान नै यथावत छन् । पहिलो खेलमै भारतसँग खेल्नु पाकिस्तानको लागि ठूलो कुरा रहेको मुख्य प्रशिक्षक अदिल रिज्कीले बताए । ‘पहिलो खेल नै भारत र पाकिस्तानको बीच छ । यो भन्दा राम्रो के होला । हामी दबाबभन्दा भन्दा पनि इन्जोए गरेर खेल्छौं,’ उनले भने ।
रिज्कीले गत वर्ष पाकिस्तानले राम्रो खेलहरु खेलेको र ठूला टिमविरुद्ध खेल्न अझ धेरै उत्साहित रहेको बताए । उनले नादिया खान चोटबाट निको भएर फर्कुन राम्रो रहेको बताए । पाकिस्तानकी कप्तान मारिया खानले च्याम्पियनसिप खेल्न आफूहरु उत्साहित रहेको बताएकी छिन् ।
काठमाडौं । लियोनल मेसीले पुनरागमन खेलमा आफ्नो मुलुकका लागि ह्याट्रिक गरेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा विश्व च्याम्पियन अर्जेन्टिनाले बुधबार बोलिभियामाथि ६–० को विशाल जित निकालेको छ । ब्युनर्स आयर्समा भएको खेलमा मेसीले १९ औं मिनेटमा पहिलो गोल गरेका थिए । ८४ तथा ८६ औं मिनेटमा थप दुई गोल गरेका उनले ह्याट्रिक पूरा गरे । लउतारो मार्टिनेजले ४३, जुलियन अल्भारेजले पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेट तथा थिएगो अल्माडाले ८९ औं मिनेटमा गोल गरेका थिए ।
जितपछि अर्जेन्टिनाको १० खेलबाट २२ अंक भएको छ र लिग तालिकाको शीर्षमा छ । कुल १० टोली सम्मिलित विश्वकप छनोटमा अर्जेन्टिनाले लगातार उत्कृष्ट प्रदर्शन गरिरहको छ । अर्जेन्टिना पछाडि कोलम्बियाको १९ र उरुग्वेको १६ अंक छ । यसअघिका खेलमा कोलम्बियाले चिलीलाई ४–० र पाराग्वेले भेनुजुएलालाई २–१ ले हराएको थियो । यस्तै उरुग्वे र इक्वेडरले गोलरहित बराबरी खेलेका थिए ।
काठमाडौं । घरेलु मैदानमा आयोजना हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले मंगलबार पत्रकार सम्मेलन गरी च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार अहिलेसम्म ३ टिम नेपाल आइसकेका छन् । दुई टिम आउट बाँकी छ ।
केही टिम र अफिसियलहरु बुधबार बिहानसम्म आईपुग्नेछन् । दशरथ रंगशाला तयारी अवस्थामा रहेको एन्फाले जनाएको छ । प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदैछन्। सहभागी टोलीहरुमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश आइसकेको र भारत र भुटान बुधबार बिहान सम्म काठमाडौं आइपुग्ने छन् ।
प्रतियोगिताको तयारीका लागि २३(सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।
प्रतियोगिताको टिकेटिङ्ग अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड ईभेन्ट्सलाई प्रदान गरिएको छ। प्रतियोगिताको समुह चरणका खेलको टिकट दर साधारण पारापिट तर्फ रु ३०० र भीआइपी तर्फ रु ५०० तोकिएको छ भने नकआउट चरणका खेलहरुको टिकट दर साधारण पारापिटतर्फ रु ५०० र भीआईपीतर्फ रु १००० कायम गरिएको छ। प्रतियोगिताको १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ ।
काठमाडौं । तीव्र गतिका बलर करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपालले तेस्रो अभ्यास खेलमा क्यानडाको हाइप्रोफोमेन्स (एचपी) लाई १० रनले हराएको छ । योसँगै तीन खेलको अभ्यास खेल नेपालले २–१ ले जितेको छ । १८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४.५ ओभरमा १७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले ११६ बलमा ७ चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए । नेपालका करण केसीले ९.५ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए । सागर ढकालले २, आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४८.३ ओभरमा १८७ रनमा अल आउट भयो । नेपालका कुशल भुर्तेलले तल्लोक्रममा ७० बलमा ५ चौकासहित सर्वाधिक ५२ रन बनाए । आरिफ शेखले ३९ बलमा ३ चौका र २ छक्कासहित ४० रन जोडे । आसिफ शेख ७, अनिल कुमार साह ६, देव खनाल डक, भीम सार्की ७, दीपेन्द्रसिंह ऐरी ४, अर्जुन साउद १७, कुशल मल्ल ८ र सोमपाल कामी २७ रनमा आउट भए ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ मा पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीका परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। आइतबार बसेको आपतकालीन बैठकमा गत असोज १२ गते ज्यान गुमाएका मृतकका परिवारलाई ८ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।
खेलाडीहरू आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योञ्जन एकेडेमीबाट अन्यत्र जाने क्रममा बाटोमा पहिरोमा परी मृत्यु भएको थियो। खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष संघबाट खोल्ने र उक्त कोषमा अन्य शुभचिन्तकलाई सहयोग गर्नका लागि अनुरोध गर्ने पनि निर्णय भएको छ।
यस्तै एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीहरूको स्मृतिमा सञ्चालन गरिने भएको छ। दिवंगत खेलाडीहरुको सालिक वा स्मृती स्तम्भ निर्माणका लागि वात्सल्यदेवी माविमा पहल गरी निर्माण गराइने भएको छ। खेलाडीका परिवारको थप राहतको लागि फिफा र एएफसीलाई पनि अनुरोध गर्ने पनि एन्फाले निर्णय गरेको छ। घटनाबारे सत्य तथ्य विवरण संकलन गरी यथार्थ प्रतिवेदन एक महिना भित्र पेश गर्ने गरी समिति गठन गरिएको छ।
जसमा विकास नारायण श्रेष्ठ (एन्फा केन्द्रिय सदस्य) संयोजक छन्। टिका राम लामा (एन्फा केन्द्रिय सदस्य) र दामोदर भट्टराई (एन्फा सहायक महासचिव) समितिका सदस्य छन्। यद्यपि यो निर्णयमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले असहमति जनाएका छन्। खड्का अनुसार ४ घन्टाको सूचनामा भिडिओ कन्फरेन्समार्फत् छानविन समिति गठन गर्ने निर्णयमा उनले सहमति जनाएका हुन्।
एन्फा र व्यवस्थापन समितिको लापरवाहीको कारणले घटना घटेको भनि प्रश्न उठिरहेको, छानबिन गर्नु पर्ने व्यक्ति नै समितिमा रहेको र सो घटना सम्बन्धी छानविन गर्न संसदीय समिति समेत गठन भइसकेको अवस्थामा समितिको औचित्य नहुने हुँदा खड्काले आफ्नो असन्तुष्टि रहेको बताएका छन्।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सहभागी सबै ८ फ्रेन्चाइज टोलीले ग्रेड ए मा तीन, बी मा चार र सी मा तीन खेलाडी किनेका छन् । कुल १६४ खेलाडी अक्सनमा सहभागी हँदा ८० खेलाडी बिक्री भएका थिए । अक्सनमा कुल १२ खेलाडी उच्चतम मूल्य १५ लाख रुपैयाँमा बिके । नेपालका विकेटकिपर अनिल कुमार साहलाई सबै ८ फ्रेन्चाइज टोलीले अक्सनमा मूल्य लगाएका थिए ।
गुल्सन झा, लोकेश बम र रुपेश सिंहलाई ७–७ टोलीले अक्सनमा मूल्य लगाएका थिए । अक्सनमा ए ग्रेडका तीनै र बी ग्रेडका दुई गरी पाँच खेलाडी लुम्बिनी लायन्सले चिट्ठाबाट पाएको थियो । त्यसैले लुम्बिनी अक्सनमा सर्वाधिक भाग्यभानी बन्यो । काठमाडौं गुर्खाज अक्सनमा सबैभन्दा कमजोर र अभागी बन्न पुग्यो । एनपीएल अक्सनमा ब्रिकी भएका खेलाडी र उनीहरुले पाएको मूल्य यस प्रकार छ ।
चितवन राइनोज कुशल मल्ल (माकी), रिजन ढकाल (१० लाख), कमलसिंह ऐरी (१० लाख), शरद भेषवाकर (१० लाख), विपिन रावल (८ लाख), सन्तोष कार्की (५ लाख), दीपेश श्रेष्ठ (५ लाख), अमरसिंह राउटेला (५ लाख), दीपक बोहरा (५ लाख), रञ्जित कुमार (३ लाख) र गौतम केसी (२ लाख) ।
कर्णाली याक्स
सोमपाल कामी (मार्की), गुल्सन कुमार झा (१५ लाख), नन्दन यादव (११ लाख) मौशम ढकाल (१० लाख), अर्जुन घर्ती (१० लाख), देव खनाल (१० लाख), रित गौतम (५ लाख), भुवन कार्की (५ लाख) दीपेन्द्र रावत (३ लाख), दीपक डुम्रे (३ लाख) र युनिस विक्रम सिंह (२ लाख) ।
लुम्बिनी लायन्स
रोहित कुमार पौडेल (मार्की), सूर्य तामाङ (१५ लाख), विवेक यादव (१५ लाख), सन्दीप जोरा (१५ लाख), आशुतोष घिरैया (१० लाख), तिलकराज भण्डारी (१० लाख), दुर्गेश गुप्ता (८ लाख), अर्जुन साउद (५ लाख), दीनेश अधिकारी (२ लाख ७५ हजार), अभिषेक गौतम (२ लाख) र विकास आग्री (२ लाख) ।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी (मार्की), आरिफ शेख (१५ लाख), अभिनाश बोहरा (१२ लाख), विनोद भण्डारी (१० लाख), ईशान पाण्डे (९ लाख ५० हजार), अर्जुन कुमाल (७ लाख ५० हजार), खड्क बोहरा (५ लाख), नरेश बुढाएर (५ लाख), अमित श्रेष्ठ (३ लाख ३५ हजार) र नरेन साउद (२ लाख) ।
विराटनगर किंग्स
सन्दीप लामिछाने (मार्की), लोकेश बम (१५ लाख), प्रतिश जि।सी (१५ लाख), बसिर अहमद (१० लाख), राजेश पुलामी मगर (५ लाख), जितेन्द्र मुखिया (५ लाख), अनिल खरेल (५ लाख), दीपक बोहरा (५ लाख), सुभाष भण्डारी (२ लाख ५० हजार), नरेन भट्ट (२ लाख) र मिर्नल गुरुङ (२ लाख) ।
जनकपुर बोल्ट्स
आसिफ शेख (माकी), ललित राजवंशी (१५ लाख), अनिल कुमार साह (१५ लाख), रुपेश सिंह (१० लाख), आकाश त्रिपाठी (१० लाख), किशोर महतो (१० लाख), शुभ कंस्कार (५ लाख), शेर मल्ल (५ लाख), हेमन्त धामी (५ लाख), अरनिको प्रसाद यादव (२ लाख ५० हजार) र तुल बहादुर थापा (२ लाख)
काठमाडौं गुर्खाज
करण केसी (मार्की), साहब आलम (१५ लाख), भीम सार्की (१५ लाख), राशिद खान (१० लाख), शंकर राना (९ लाख ५० हजार), दीपेश कँडेल (५ लाख), सुमित महर्जन (५ लाख), कृष्ण कार्की (५ लाख), विवेक केसी (२ लाख), प्रतिक श्रेष्ठ (२ लाख) र राजु रिजाल (२ लाख) ।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल (मार्की), सागर ढकाल (१५ लाख), आकाश चन्द (११ लाख ५० हजार), किरण कुमार ठंगुन्ना (१० लाख), नारायण जोशी (१० लाख), विपिन खत्री (१० लाख), दिलिप नाथ (१० लाख), तृतराज दास (५ लाख), सुनाम गौतम (५ लाख), दीनेश खरेल (२ लाख) र अमृत गुरुङ (२ लाख)
काठमाडौं । नेपालले दोस्रो अभ्यास खेलमा क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी) लाई २० रनले हराएको छ । योसँगै तीन खेलको क्रिकेट सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । १७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भयो ।
ओलिभर कक्सले ७८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९, मुनिर अहमद काका ३६, अली नदिम २०, युवराज शर्मा २३ र विकेटकिपर निकोलस मनोहरले १९ रन बनाए । नेपालका गुल्सन झा र ललित राजवंशीले २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १७६ रनमा अल आउट भयो । नेपालका कार्यवहाक कप्तान सोमपाल कामीले ३३ बलमा २ चौकासहित सर्वाधिक ३१ रन बनाए । अर्जुन साउद ७, अनिल कुमार साह २५, देव खनाल १५, भीम सार्की १६, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी २७, कुशल भुर्तेल डक, गुल्सन झा ६ रनमा आउट भए । एचपीका निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आमाद्जाई, इफरान सादतले २-२ विकेट लिए । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।