काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू हुने भएको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकपको उद्घाटन खेल हुनेछ। दिउँसो सवा २ बजे हुने उद्घाटन खेलमा साविक विजेता इंगल्याण्ड र साविक उपविजेता न्युजिल्याण्ड प्रतिस्पर्धामा उत्रने छन् । १३ औं संस्करणको एकदिवसीय विश्वकपमा १० राष्ट्रहरू सहभागी छन्। आयोजक भारतसँगै इंग्ल्याण्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान,… Continue reading आजबाट एक दिवसीय क्रिकेट विश्वकप सुरु हुँदै
Category: खेलकुद
यू–१९ प्रिमियर कप: देव खनालको नेतृत्वमा टोली घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले देव खनालको कप्तानीमा एसीसी यू–१९ प्रिमियर कप खेल्नका लागि टोलीको नाम घोषणा गरेको छ। नेपालले गत फागुनमा आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट उपाधि जित्दा टिममा रहेका १४ सदस्यलाई निरन्तरता दिएको छ। उक्त टोलीबाट कुनै पनि खेलाडी परिवर्तन गरेको छैन। १६ एसोसिएट टोली सहभागी प्रतियोगितामा शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा… Continue reading यू–१९ प्रिमियर कप: देव खनालको नेतृत्वमा टोली घोषणा
श्रीलंकालाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा
काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकालाई ८ रनले पराजित गर्दै अफगानिस्थान सेमिफाइनल प्रवेश गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो। ११७ रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको श्रीलंका १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०८ रनमा सीमित भयो। श्रीलंकालाई सस्तैमा… Continue reading श्रीलंकालाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा
एसियाली खेलकुदमा नेपाल र भारतबीच क्रिकेट चल्दै
काठमाडौं । १९औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ । समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेपछि नेपालले क्वाटर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । आजको खेलमा नेपाली टिममा एक परिवर्तन भएको छ । माल्दिभ्सविरुद्ध खेलेका विनोद भण्डारीको स्थानमा आज करण केसी खेलेका छन् । यस्तै, भारतका जितेश… Continue reading एसियाली खेलकुदमा नेपाल र भारतबीच क्रिकेट चल्दै
एसियाड : पब्जी मोवाइलमा सेमिफाइनलबाटै बाहिरियो नेपाल
काठमाडौं । १९औं एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ ।शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ए मा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै तेस्रो स्थानमा रहेपछि नेपाल बाहिरिएको हो । फाइनल चरणमा पुग्नका लागि सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम… Continue reading एसियाड : पब्जी मोवाइलमा सेमिफाइनलबाटै बाहिरियो नेपाल
स्टार फूटबलर विमल घर्तीमगर समेत अष्ट्रेलिया पलायन
काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् । उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरिएको छ । पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी… Continue reading स्टार फूटबलर विमल घर्तीमगर समेत अष्ट्रेलिया पलायन
एसियाली खेलकुद: नेपाली पब्जी टिम सेमिफाइनलमा
काठमाडौं । हाङझाउ एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जीको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलमा पुगेको छ। आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो। प्रतिस्पर्धामा नेपालको समूहमा हङकङ, प्लेस्टाइन र साउदी अरेबिया थिए। नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई छन्। अब चार… Continue reading एसियाली खेलकुद: नेपाली पब्जी टिम सेमिफाइनलमा
थ्री बाई थ्री महिला बास्केटबल: नेपाल समूह चरणबाटै बाहिरियो
काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । दोस्रो पटक एसियाडमा थ्री बाई थ्री बास्केटबल खेलेको महिला टोलीले यस पटक खेल जित्ने लक्ष्य बनाए पनि कुनै पनि खेल जित्न सकेन । पहिलो खेलमा जापानसँग २२-४ ले पारजित भएको नेपाल दोस्रो… Continue reading थ्री बाई थ्री महिला बास्केटबल: नेपाल समूह चरणबाटै बाहिरियो
एसियाली खेलकुदमा नेपाल अझै पदकविहिन, पहिलो स्थानमा चीन
काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा… Continue reading एसियाली खेलकुदमा नेपाल अझै पदकविहिन, पहिलो स्थानमा चीन
एसियन गेममा पब्जीमा नेपाल दोस्रो चरण प्रवेश
काठमाडौं । एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा पुगेको छ। आज चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको समूह ‘सी’ को प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै दोस्रो चरणमा पुगेको हो। समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम थिए। जसमा नेपाल उत्कृष्ट टाइममा दोस्रो भयो। समूहमा शीर्ष स्थान दक्षिण कोरियाले… Continue reading एसियन गेममा पब्जीमा नेपाल दोस्रो चरण प्रवेश
महिला फुटबल: जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल
काठमाडौं । चीनको हाङ्जाउमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार भएको महिला फुटबलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ। बिहीबार समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएपछि नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल भियतनामसँग २–० र अर्को खेलमा जापानसँग ८–० ले पराजित भएको थियो। बंगलादेशको पनि पहिलो खेलमा… Continue reading महिला फुटबल: जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल
मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित, बने यस्ता ४ विश्व रेकर्ड
हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मङ्गोलियालाई २७३ रनले पराजित गरेको हो । पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मङ्गोलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो… Continue reading मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित, बने यस्ता ४ विश्व रेकर्ड
एसियाडको पदक तालिकामा चीनको अग्रता, नेपाली खेलाडी कमजोर सावित
काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म… Continue reading एसियाडको पदक तालिकामा चीनको अग्रता, नेपाली खेलाडी कमजोर सावित
नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा
काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । साेमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गाेलले हरायाे । नेपालका लागि समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १/१ गाेल गरे । सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ ।
जारी एसियाडमा नेपाली खेलाडीको प्रदर्शन कस्तो छ ?
काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदमा आइतबारसम्म नेपाली खेलाडीले सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी उक्त स्पर्धामा सिजालीले नौ दशमलव सात सय तीन स्कोर गरे । यस स्पर्धामा आयोजक चीनका खेलाडीले स्वर्ण पदक जिते भने इन्डोनेसियाले रजत तथा मकाउले… Continue reading जारी एसियाडमा नेपाली खेलाडीको प्रदर्शन कस्तो छ ?
‘सरकारले घोषणा गरेको रकम आउँछ भन्नेमा आशावादी छौं’
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म नपाएको बताएका छन् । एसियाड गेम्समा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए। एसियाली खेलकुदलाई लिएर सबैजना उत्साही रहेको उनले… Continue reading ‘सरकारले घोषणा गरेको रकम आउँछ भन्नेमा आशावादी छौं’
सन्दीप लामिछाने भोलि चीन जाने
काठमाडौं । १९औं एसियन गेम्सका लागि क्रिकेटर सन्दीप लामिछाने सोमवार चीन जाने भएका छन् ।नाबालिग बलात्कार मुद्दाको अन्तिम सुनवाइका लागि आजै पेसी परेका कारण सन्दीप टोलीसँगै चीन जान पाएनन्। सन्दीप बाहेकको टीम आज प्रस्थान गरेको छ । एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दैछ। क्वार्टरफाइनलमा पुगे नेपालले पुनः टेस्ट टोलीसँग खेल्नेछ। क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र… Continue reading सन्दीप लामिछाने भोलि चीन जाने
एसियाली खेलकुदको भव्य उद्घाटन, नेपालबाट प्रधानमन्त्री अतिथिका रुपमा सहभागी
काठमाडौं । चीनको हाङ्झाउमा १९ औं एसियाली खेलको भव्य उद्घाटन गरिएको छ । शनिबार हाङझाउ ओलम्पिक रंगशालामा चिनियाँ राष्ट्रपति सी चिन फिनले उद्घाटन गरे । समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अतिथिका रुपमा सहभागी बने । दुई घन्टासम्म चलेको उद्घाटन समारोहको मार्चपासमा नेपालको झन्डा तेक्वान्दो खेलाडी वीरबहादुर महरा र उसु खेलाडी निमा घर्ती मगरले बोके… Continue reading एसियाली खेलकुदको भव्य उद्घाटन, नेपालबाट प्रधानमन्त्री अतिथिका रुपमा सहभागी
अमेरिकामा बस्ने नेपालीबीच वृहत खेल महोत्सव सुरु, १ हजार खेलाडी सहभागी
काठमाडौं । अमेरिकामा बस्ने नेपाली समुदायबिच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् । अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका लागि पुरुषतर्फ २४ टोली सहभागी छन् । यस्तै फुटबलमा युवातर्फ १६ र ३५ वर्षमाथिका भेट्रानतर्फ आठ टोली गरी २४ टोली सहभागी छन् । महिलातर्फ भलिबलमा… Continue reading अमेरिकामा बस्ने नेपालीबीच वृहत खेल महोत्सव सुरु, १ हजार खेलाडी सहभागी
पारस खड्का क्यानको सचिवमा निर्वाचित
काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् । क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर… Continue reading पारस खड्का क्यानको सचिवमा निर्वाचित
एसियाली खेलकुद आजबाट, नेपालको जम्बो सहभागिता
काठमाडौं । एसियाली खेलकुद आजबाट सुरु हुँदैछ । प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुने छ । उद्घाटन समारोहमा भाग लिन नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड चीन पुगिसकेका छन् । उनी अमेरिकाबाट सिधै चीन पुगेका हुन् । कोरोनाका कारण एक वर्षपछि सरेको प्रतियोगिताको सफल आयोजनाका लागि चीनले कुनै कसुर बाँकी राखेको… Continue reading एसियाली खेलकुद आजबाट, नेपालको जम्बो सहभागिता
वान डे वरियतामा भारत पहिलो नम्बरमा
काठमाडौं । आइसीसी एकदिवसीय विश्व वरीयतामा भारत पहिलो नम्बरमा उक्लिएको छ। गत राति अष्ट्रेलियालाई पाँच विकेटले हराएको भारत एकदिवसीय वरीयतामा एक नम्बर टिम बनेको हो। एसिया कपअघि एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो टिम थियो। एसिया कपमा भारतसँग पराजित भएसँगै उसको वरीयता तेस्रोमा पुगेको हो । अष्ट्रेलिया भारतसँग पराजित हुनुअघि पहिलो वरीयतामा थियो । पहिलो वरीयतामा रहेको… Continue reading वान डे वरियतामा भारत पहिलो नम्बरमा
क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने पारसको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा निर्वाचित भएका राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले केन्द्रीय सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । क्यानको साधारणसभा आज काठमाडौंमा सुरु भएको छ । बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन्… Continue reading क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने पारसको घोषणा
फिफा वरीयतामा नेपाल यथावत्, अर्जेन्टिना शीर्ष स्थानमा कायमै
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत् नै रहेबो छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औँ स्थानमा यथावत् रहेको हो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ । भारत वरीयताको १०२औँ स्थानमा छ । दक्षिण एसियाली वरीयताको दोस्रोमा रहेको माल्दिभ्स १५५औँ, चौथोमा रहेको भुटान १८४औँ, पाँचौँमा रहेको… Continue reading फिफा वरीयतामा नेपाल यथावत्, अर्जेन्टिना शीर्ष स्थानमा कायमै
एसिया कपको फाइनलमा श्रीलंकाको लज्जास्पद हार, भारत च्याम्पियन
काठमाडौं । एसिया कप २०२३ को उपाधी भारतले जितेको छ । श्रीलंकालाई सजिलै हराउँदै भारतले आठौँ पटक एशिया कपको उपाधि जितेको हो । भारतले श्रीलङ्कालाई १० विकेटले हरायो । आइतवार कोलम्बोको आर प्रेमदासा रङ्गशालामा भएको फाइनल खेलमा श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। श्रीलङ्का १५.२ ओभरमा ५० रन बनाउँदा घरासायी बन्यो । प्रतिउत्तरमा भारतले… Continue reading एसिया कपको फाइनलमा श्रीलंकाको लज्जास्पद हार, भारत च्याम्पियन
एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टिम पठाउँदै
काठमाडौं । चीनको हान्झाउमा आयोजना हुने एसियाली खेलकुद अर्थात एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टोली पठाउने तयारी गरेको छ । सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६–२३) सम्म चल्ने १९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडीले भाग लिने भएका हुन् । नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६औं कार्यकारी बैठकले एसियाडमा सहभागी हुने खेल र खेलाडी… Continue reading एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टिम पठाउँदै
एसिया कपको फाइनलमा भारत र श्रीलंका भिड्ने
काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेटको रोमाञ्चक जित हात पारेको छ । जितपछि श्रीलंकाले फाइनलमा भारतसँग भेट पक्का गरेको छ । भारत यसअघि नै लगातार दुई खेल जित्दै फाइनल पुगिसकेको छ । पाकिस्तान भने दोस्रो… Continue reading एसिया कपको फाइनलमा भारत र श्रीलंका भिड्ने
एसियाली खेलकुदमा भाग लिन जाने नेपाली टोलीलाई प्रधानमन्त्रीले गरे बिदाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी तथा व्यवस्थापकलाई विदाइ गरेका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले खेलाडी तथा व्यवस्थापकलाई विदाइ गरेका हुन्। प्रधानमन्त्री दाहालले विदाइ गर्दै भने, ‘सफलताको निम्ति हृदयदेखि शुभकामना दिन चाहान्छु। मेरो जानकारी अनुसार चीनमा राम्रो व्यवस्थापन भइसकेको छ। चिन्ता लिनु पर्ने छैन।… Continue reading एसियाली खेलकुदमा भाग लिन जाने नेपाली टोलीलाई प्रधानमन्त्रीले गरे बिदाई
म्यानमारसँग हार्यो नेपाल
काठमाडौं । म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित भएको छ । खेलको ८५ औं मिनेटमा नेपालले काउन्टर अट्याकमा गोल खाँदै पराजय बेहोरेको हो । ८६ औं मिनेटमा मनिष डाँगीको पासमा लकेन लिम्बुले प्रहार गरेको बल पोष्टमा ठोकिएर बाहिरिएको थियो । सोही क्रममा डिफेन्सिभ मुभ सहित काउन्टर अट्याकमा म्यानमारले गोल गरेको हो । म्यानमारका… Continue reading म्यानमारसँग हार्यो नेपाल
एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । संस्थापनइतर समूहले बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावमा ४८ सदस्यले हस्ताक्षर गरेका छन् । एन्फाको साधारणसभामा ८६ सदस्य छन् । अविश्वासको प्रस्ताव… Continue reading एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता