विश्वकपमा सेमिफाइनलका खेल आजबाट, अर्जेण्टिना र क्रोएसिया भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत सेमिफाइनलका खेल आजबाट सुरू हुँदैछन्। बुधबार बिहान पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । नेपाली समय अनुसार राती पौने १ बजे खेल सुरु हुनेछ । खेल कतारको लुसेल रंगशालामा खेल हुँदैछ। बिहीबार बिहान भने साविक विजेता फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनले विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको अन्तिम… Continue reading विश्वकपमा सेमिफाइनलका खेल आजबाट, अर्जेण्टिना र क्रोएसिया भिड्दै

विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड देखाउने रेफ्रीलाई फिफाले घर फर्कायो

काठमाडौं । विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड विवादित बनेको स्पेनिस रेफ्री एन्टोनियो माटियु लाहोजले बाँकी खेलमा जिम्मेवारी नपाउने भएका छन् । विश्व एन्टोनियोको चर्को आलोचना भएपछि फुटबल महासघं (फिफा) ले उक्त निर्णय लिएको हो । कतारमा जारी विश्वकप अन्तर्गत अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल खेलाउने क्रममा रेफ्री एन्टोनियोले खेलाडी र अफिसियललाई गरी खेल अवधिभर १७… Continue reading विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड देखाउने रेफ्रीलाई फिफाले घर फर्कायो

महानगरको मैत्रीपूर्ण फुटबल: बालेनको टिमले खायो आधा दर्जन गोल

काठमाडौं । महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबलमा महानगरका मेयर बालेन्द्र शाहको टिम पराजित भएको छ । २८औँ महानगर दिवसको अवसरमा दशरथ रंगशालामा आयोजित फुटबलमा महानगरका मेयर बालेन्द्र शाह (बालेन) को टिमले ६ गोल खाएको हो । प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिम विजयी भएको छ ।… Continue reading महानगरको मैत्रीपूर्ण फुटबल: बालेनको टिमले खायो आधा दर्जन गोल

विश्वकप सेमिफाइनल : कुन टिमको खेल कहिले ?

काठमाडौं । कतारमा जारी फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएसँगै दुई दिन टिमहरुले आराम पाउने भएका छन् । आइतबार बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएको छ । यससँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । यस पटकको विश्वकपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसिया तथा अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका… Continue reading विश्वकप सेमिफाइनल : कुन टिमको खेल कहिले ?

फ्रान्स सेमिफाइनल पुग्यो, इङ्ल्याण्डका कप्तान केनले मिस गरे पेनाल्टी

काठमाडौं । महत्वपूर्ण क्षणमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि इङ्ल्याण्ड जारी विश्वकपको क्वाटरफाइनलमा पराजित भएको छ । कप्तान ह्यारी केन पेनाल्टीमा गोल गर्न असफल भए । इङ्ल्याण्ड साविक विजेता फ्रान्ससँग २–१ ले पराजित भयो । मध्यराती सम्पन्न खेलमा इङ्ल्याण्डले खेलको अन्त्त्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो… Continue reading फ्रान्स सेमिफाइनल पुग्यो, इङ्ल्याण्डका कप्तान केनले मिस गरे पेनाल्टी

पोर्चुगलमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को सेमिफाइनल प्रवेश

काठमाडौं । पोर्चुगलमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १–० ले पराजित गर्यो । जितसँगै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टिम बनेको छ। इन्जुरी टाइममा वालिद चेडिराले दोहोरो पहेँलो कार्ड पाएपछि मोरक्कोले दश खेलाडीमा सिमित भएको थियो ।… Continue reading पोर्चुगलमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को सेमिफाइनल प्रवेश

कतार विश्वकपको रिर्पोटिङ गरिरहेका अमेरिकी पत्रकारको निधन

काठमाडौं । कतारको राजधानी दोहाबाट विश्वकप फुटबल २०२२ को रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकारको निधन भएको छ । पत्रकार ग्रान्ट वाह्लको निधन भएको अमेरिकी फुटबलले पुष्टी गरेको छ । यूए सकरले शनिबार वक्तव्य निकाल्दै उनको शुक्रबार निधन भएको पुष्टी गरेको छ । लुसेल रंगशालामा खेल हेर्ने क्रममा उनलाई हृदयघात भएको समाचारमा उल्लेख छ । गार्डियनका अनुसार… Continue reading कतार विश्वकपको रिर्पोटिङ गरिरहेका अमेरिकी पत्रकारको निधन

विश्वकप : आज पोर्चुगल-मोरक्को तथा इङ्ल्याण्ड-फ्रान्स भिड्दै

fifa

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आज दुई क्वाटरफाइनल खेल हुँदैछन् । पहिलो खेल पोर्चुगल र मोरक्को भिड्नेछन् । यो खेल राति पौने ९ बजे अल थुमामा स्टेडियममा हुनेछ । दोस्रो खेलमा अल बायत स्टेडियममा राती पौने १ बजे हुनेछ । जसमा फ्रान्सले इङ्ल्याण्डको सामना गर्दैछ । आजको खेलपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको… Continue reading विश्वकप : आज पोर्चुगल-मोरक्को तथा इङ्ल्याण्ड-फ्रान्स भिड्दै

रोमाञ्चक खेलमा अर्जेण्टिनाले नेदरल्याण्ड्सलाई हरायो

काठमाडौं । अर्जेण्टिना जारी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । गोलकिपर एमिलियानो मार्टिनेजले नायक बन्दै दुई पेनाल्टी रोकेसँगै नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४–३ ले हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा पुगेको छ । अब उसको भेट क्रोयसियासँग हुनेछ । लुसेल आइकोनिक स्टेडियममा भएको नाटकीय र तनावपूर्ण दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बने । अर्जेन्टिना… Continue reading रोमाञ्चक खेलमा अर्जेण्टिनाले नेदरल्याण्ड्सलाई हरायो

ब्राजिल क्वाटरफाइनलमा पराजित, क्रोयसियाले पेनाल्टीमा हरायो

काठमाडौं । पेनाल्टी शूट आउटमा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल पुगेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४–२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो । क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टी… Continue reading ब्राजिल क्वाटरफाइनलमा पराजित, क्रोयसियाले पेनाल्टीमा हरायो

चलचित्र हलले पाएनन् विश्वकपको प्रत्यक्ष प्रसारणको अधिकार

काठमाडौं । चलचित्र विकास बोर्डले फ्लिम हलमा विश्व कपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । कतिपय फ्लिम हलले नियमित चलचित्र प्रदर्शनको समयमा विश्व कप फुटबल प्रतियोगिताको प्रसारण गर्न लागेको बुझिएको भन्दै बोर्डले हलहरूलाई पत्राचार गरेको हो । बोर्डले नियमअनुसार फ्लिममात्र प्रदर्शन गर्न हलहरूलाई निर्देशन दिएको छ । बोर्डका अध्यक्ष भुवन केसीले गरेको पत्राचारमा कतिपय… Continue reading चलचित्र हलले पाएनन् विश्वकपको प्रत्यक्ष प्रसारणको अधिकार

आजबाट विश्वकपमा क्वाटरफाइनल भिडन्त, दुबै दक्षिण अमेरिकी महाराथीको यात्रा तय हुँदै

fifa

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आजबाट क्वाटरफाइनलका खेल हुँदैछन् । शुक्रबार पहिलो र शनिबार बिहान दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना भिड्नेछन् । यी दुबै… Continue reading आजबाट विश्वकपमा क्वाटरफाइनल भिडन्त, दुबै दक्षिण अमेरिकी महाराथीको यात्रा तय हुँदै

आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालको निरन्तर लज्जास्पद प्रदर्शन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले निरन्तर लज्जास्पद प्रदर्शन गर्दा कुनै पनि खेलमा जित निकाल्न सकेन । प्रतियोगिता अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन भएको छ । अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटको पराजयसँग आईसीसी विश्वकप क्रिकेट लिग टूको यस सिरिजमा नेपालले मात्र एक अंक जोडेको छ । नामिवियामा जारी शृंखलामा यसअघिका तीन खेलमा… Continue reading आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालको निरन्तर लज्जास्पद प्रदर्शन

रोनाल्डो करिअरकै कठिन मोडमा, प्रशिक्षक सान्तोससँगको विवाद झनै चर्किँदै

काठमाडौं । सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आफ्नो करिअरको सबैभन्दा कठिन मोडमा आइपुगेका छन्। कीर्तिमानै–कीर्तिमान बनाएका रोनाल्डाको क्लबसँगै अन्तर्राष्ट्रिय करिअर पनि जोखिम मोडमा पुगेको छ। पोर्चुगल राष्ट्रिय टोलीका निर्विकल्प स्टार रहेका रोनाल्डोले जारी विश्वकपको नकआउटको स्विट्जरल्याण्डविरुद्धको महत्वपूर्ण खेलको अधिकांश समय बेन्चमा बिताए । रोनाल्डो र मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसबीचको विवाद झनै चकिँदै गएको छ। सान्तोसले बिहीबार… Continue reading रोनाल्डो करिअरकै कठिन मोडमा, प्रशिक्षक सान्तोससँगको विवाद झनै चर्किँदै

आइसीसी विश्वकप क्रिकेट लिग २ : आज नेपाल र नामिबिया खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपाल र नामिबिया आज दोस्रो पटक भिड्दैछन् । नामिबिया भ्रमणमा रहेको नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि सुरु हुनेछ । नामिबियामा भैरहेको यो श्रृंखलामा नेपाल, नामिबीया र… Continue reading आइसीसी विश्वकप क्रिकेट लिग २ : आज नेपाल र नामिबिया खेल्दै

रोनाल्डोबीनै पोर्चुगलको सनसनीपूर्ण जित, स्वीट्जरल्याण्डलाई ६ गोल

काठमाडौं । भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबीनै मैदान उत्रिएको पोर्चुगलले विश्वकप फुटबलमा सनसनीपूर्ण जित निकालेको छ । युवा फरवार्ड गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेलेका थिए । उनले ह्याट्रिक गरेपछि स्वीट्जरल्याण्डलाई ६–१ को फराकिलो गोलअन्तरले हराएको हो । यससँगै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ । २१ वर्षीय युवा फरवार्ड रामोस… Continue reading रोनाल्डोबीनै पोर्चुगलको सनसनीपूर्ण जित, स्वीट्जरल्याण्डलाई ६ गोल

स्पेन पेनाल्टी शुटआउटमा स्तब्ध, मोरक्को पहिलो पटक क्वाटरफाइनलमा

काठमाडौं । २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा स्तब्ध बनेको छ । उसलाई मोरककोले पेनाल्टीमा ३–० ले हरायो । अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो । मोरक्कोका गोलकिपर यासिन बोनो नायक बने । उनले दुई पेनाल्टी बचाए । मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुगेको हो । विश्वकप इतिहासमा… Continue reading स्पेन पेनाल्टी शुटआउटमा स्तब्ध, मोरक्को पहिलो पटक क्वाटरफाइनलमा

सानदार प्रदर्शन गरेको ब्राजिल क्वाटरफाइनलमा

काठमाडौं । दक्षिण कोरियालाई सानदार गोल अन्तरमा हराएको ब्राजिल फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उसले गत राती कोरियालाई ४–१ गोलअन्तरले हरायो पहिलो हाफमा नै ४ गोलको अग्रता बनाएको ब्राजिलले त्यसपछि भने गोल थप्न सकेन । खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाए , त्यसको केही समयपछि नेइमारले पेनाल्टीमा गोल गरी… Continue reading सानदार प्रदर्शन गरेको ब्राजिल क्वाटरफाइनलमा

पेनाल्टीमा चुक्यो जापान, क्रोएसिया अन्तिम ८ मा

काठमाडौं । पेनाल्टीमा चुक्दा उत्कृष्ट प्रदर्शन जारी राखेको जापान विश्वकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । गोलकिपर डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै क्रोएसिया भने फिफा विश्वकप २०२२ को अन्तिम ८ मा पुगेको हो । अल जानोब रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १–१ गोलको बराबरीमा सकिएको हो… Continue reading पेनाल्टीमा चुक्यो जापान, क्रोएसिया अन्तिम ८ मा

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई, मिलनको उत्कृष्ट बलिङ

काठमाडौं । लुम्बिनी प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेशले वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो । बलिङमा मिलन बोहरा चम्किएपछि लुम्बिनीले दिएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिम प्रदेशले २१ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । बलिङतर्फ… Continue reading यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई, मिलनको उत्कृष्ट बलिङ

इंग्ल्याण्ड क्वाटरफाइनलमा, सेनेगल हार्यो

काठमाडौं । इंग्ल्याण्ड विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ । सेनेगलमाथि ३–० गोल अन्तरको जित निकालेको इंग्ल्याण्डले फिफा विश्वकपमा यात्रा जारी राखेको छ । अब उसको भेट क्वाटरफाइनलमा साविक विजेता फ्रान्ससँग हुनेछ । दोहास्थित अल बायेट रंगशालामा इंग्लिस टिम सुरुवातमा केही कमजोर देखिएको थियो । ३८औं मिनेटमा जोर्डन हेण्डरसनले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो… Continue reading इंग्ल्याण्ड क्वाटरफाइनलमा, सेनेगल हार्यो

एमबाप्पे चम्किएपछि फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । ओलिभर जिरुड र केलिएन एमबाप्पेले उत्कष्ट प्रदर्शन गरेको खेलमा फ्रान्सले पोल्याण्डलाई हराउँदै क्वाटरफाइनल पुगेको छ । फ्रान्सले पोल्याण्डलाई ३–१ गोलअन्तरमा हरायो । फ्रान्स साविक विजेता समेत हो । अल थुमाना रंगशालामा भएको खेलमा फ्रान्सका लागि एमबाप्पेले दुई तथा जिरुडले एक गोल गरे । जिरुडले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाए । एमबाप्पेले दोस्रो… Continue reading एमबाप्पे चम्किएपछि फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

दोस्रो खेलमा स्कटल्याण्डसँग हार्यो नेपाल

काठमाडौं । नामिबियामा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग हारेको छ । विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा नेपालले दिएको १३८ रनको सामान्य लक्ष्य स्कटल्याण्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै भेटायो । नेपालले थोरै रन बनाए पनि उत्कृष्ट बलिङ गरेको थियो । तर, कम लक्ष्यका कारण स्कटल्याण्डले ७ विकेटको क्षतिमा… Continue reading दोस्रो खेलमा स्कटल्याण्डसँग हार्यो नेपाल

महान फुटबलर पेलेको स्वास्थ्य अवस्था के छ ?

काठमाडौं । महान फुटबलर पेलेको स्वास्थ्य अवस्थालाई लिएर संसारभर चासो व्यक्त भइरहेको छ । उनी स्वयमले जारी गरेको एक स्टेटमेन्टमा भने आफू ठूलो आशासहित बलियो रहेको बताएका छन् । उनी साओ पाओलोको अस्पतालमा उपचारार्थ छन् । उनले विश्वकप २०२२ मा ब्राजिलको खेल हेरिरहेको र यसले उनलाई थप शक्ति दिएको उल्लेख गरेका छन् । अस्पतालले पेलेको… Continue reading महान फुटबलर पेलेको स्वास्थ्य अवस्था के छ ?

आईसीसी क्रिकेट विश्वकप लिगमा आज नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । प्रतियोगिता नामिबियामा चलिरहेको छ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ । नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि दुबै टीमले अंक बाँडेका थिए । स्कटल्याण्डले भने शृंखलाको… Continue reading आईसीसी क्रिकेट विश्वकप लिगमा आज नेपाल र स्कटल्याण्ड भिड्दै

विश्वकप : अमेरिका प्रि-क्वाटरफाइनलबाटै घर फर्कियो, नेदरल्याण्ड्स अन्तिम ८ मा

काठमाडौं । विश्वकप फुटबलमा अमेरिका प्रि क्वाटरफाइनलबाटै बाहिरिएको छ । शनिवार सम्पन्न अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई नेदरल्याण्ड्सले ३–१ गोलले हराएको हो । नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए, डाले ब्लिन्ड र डेन्जल डमफ्राइसले गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए । दोहास्थित खालिफा इन्टरनेशनल स्टेडियममा भएको खेलमा खेलको दशौँ मिनेटमा मेम्फिस डिपाएले डेन्जल… Continue reading विश्वकप : अमेरिका प्रि-क्वाटरफाइनलबाटै घर फर्कियो, नेदरल्याण्ड्स अन्तिम ८ मा

१ हजारौं खेलमा चम्किए मेसि, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

काठमाडौं । कप्तान लियोनल मेसिको कीर्तिमानि खेल र उत्कृष्ट प्रदर्शनबाट प्रेरित अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । करिअरको १ हजारौं गोलमा मेस्सीले जादुयी प्रदर्शन गरे । ३५ वर्षीय मेस्सी करिअरको १६९ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । यससङ्गै अर्जेन्टिनाले  शुक्रबार नेदरल्याण्ड्ससँगको क्वाटरफाइनल भेट पक्का गरेको छ । रक्षात्मक रणनीतिले अर्जेन्टिनालाई पहिलो हाफमै समस्यामा पारेको… Continue reading १ हजारौं खेलमा चम्किए मेसि, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

विश्वकप इतिहासमा पहिलो पटक तीन एसियाली मुलुक नकआउट चरणमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा एसियाले नयाँ कीर्तिमान बनाएको छ । जसमा तीन राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् । यो पहिलो पटक सम्भव भएको हो । एसिया आयोजक भएको समयमा एसियाली टीमहरुको प्रदर्शन समेत उच्च कोटीको रहेको छ । पहिलो पटक कतारमा आयोजना भएको विश्वकपमा यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले… Continue reading विश्वकप इतिहासमा पहिलो पटक तीन एसियाली मुलुक नकआउट चरणमा

विश्वकपमा नकआउट समिकरण पुरा, कुन टीम कोसँग भिड्दै ?

fifa

काठमाडौं । फिफा विश्वकप २०२२ मा समूह चरणका खेल सम्पन्न भएका छन् । यससँगै अब नकआउट समीकरण पूरा भएको छ । शुक्रबार राति समूह जी अन्तर्गत ब्राजिल र क्यामरुन तथा सर्बिया र स्वीटजरल्याण्ड भिडेका थिए । जसमा क्यामरुन र स्वीटजरल्याण्डले जित निकाले । जितका वावजुत क्यामरुन घर फर्कियो । सर्बियालाई ३–२ ले हराएको स्वीटजरल्याण्डले अन्तिम… Continue reading विश्वकपमा नकआउट समिकरण पुरा, कुन टीम कोसँग भिड्दै ?

आइसीसी क्रिकेट विश्वकप लीग टूमा आज नेपाल र नामिबिया खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्न लागेको हो । प्रतियोगिता नाििबयामा हुँदैछ । नेपाल र नामिबियाबीचको खेल नेपाली सयम अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज… Continue reading आइसीसी क्रिकेट विश्वकप लीग टूमा आज नेपाल र नामिबिया खेल्दै