मनिष डांडीले बहराइनबाट व्यवसायिक फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाल अल रेफमा अनुबन्ध भएका छन् । क्लबले शनिबार मनिषसँग सम्झौता गरेको जनाएको छ । मनिष एक बर्षका लागि इत्तेहाल अल रेफमा अनुबन्ध भएका हुन् । उनको पारिश्रमिक खुलाईएको छैन । इत्तेहाल अल रेफ दोस्रो श्रेणीको क्लब हो । नेपालको घरेलु लिगमा मनिषले मछिन्द्र… Continue reading मनिष डांडीले बहराइनबाट व्यवसायिक फुटबल खेल्ने

क्रिकेट टोलीका मूख्य प्रशिक्षक काठमाडौं आए, के छन् चूनौती ?

Photo : Cricnepal

काठमाडौं । विवादित क्षवि बनाएपनि पशिक्षणमा हेविवेट व्यक्तित्व मानिने नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौं आईपुगेका छन्। मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ काठमाडौँ अवतरण गरे । उनलाई क्रिकेट संघ नेपालका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । सो अवसरमा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट र खेलाडीका बारे आफू जानकार रहेको बताए ।… Continue reading क्रिकेट टोलीका मूख्य प्रशिक्षक काठमाडौं आए, के छन् चूनौती ?

फिफा विश्वकप निर्धारित मितिभन्दा एक दिन अगाडी सर्यो

काठमाडौं । आगामी नोभेम्बर–डिसेम्बरमा कतारले आयोजना गर्ने फिफा विश्वकप फुटबलको मिति एक दिन अगाडी सरेको छ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो । तर अब एक दिन अघि अर्थात नोभेम्बर २० मै विश्वकप सुरु हुनेछ । जसमा आयोजक कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल… Continue reading फिफा विश्वकप निर्धारित मितिभन्दा एक दिन अगाडी सर्यो

अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले गरिन् सन्यासको घोषणा

काठमाडौं । अमेरिकी महिला टेनिस स्टार सेरेना विलियम्सले सन्यासको घोषणा गरेकी छन् । खेलबाट एक वर्ष बाहिर रहेकी उनी पछिल्लो समय जुनमा कोर्ट फर्किएकी थिइन् । अब उनले आगामी युएस ओपन खेलेसँगै उनले सन्यासको घोषणा गरेकी छन् । उनले मंगलबार राति युएस ओपनपछि टेनिसबाट टाढा रहने घोषणा गरेकी हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो काउनडाउन… Continue reading अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले गरिन् सन्यासको घोषणा

नेपालले केन्यासँग खेल्ने सिरिजको खेल तालिका सार्वजनिक, ज्ञानेन्द्रलाई समेट्दै टिम घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग खेल्ने टी–२० अन्तर्राष्ट्रिय तथा एकदविसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सिरिजको तालिका सार्वजनिक गरेको हो । सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय तथा तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । टी–२० अन्तर्राष्ट्रिय सिरिज अगस्ट २५ देखि ३० सम्म हुनेछ… Continue reading नेपालले केन्यासँग खेल्ने सिरिजको खेल तालिका सार्वजनिक, ज्ञानेन्द्रलाई समेट्दै टिम घोषणा

नेपालको क्रिकेट प्रक्षिशकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा भारतीय पूर्व अलराउण्डर मनोज प्रभाकरलाई नियुक्त गरेको छ । विवादित छवि बनाएका प्रभाकरलाई क्यानले प्रशिक्षक बनाएको हो । उनीमाथि खेल मिलेमतोको आरोप लागेको थियो । सन् १९९९ मा भारतीय सञ्चार संस्था तेहल्काले स्टिङ अप्रेसन गर्दै उनीमाथि खेल मिलेमतोको आरोप लगाएको थियो । त्यसपछि भारतीय क्रिकेट… Continue reading नेपालको क्रिकेट प्रक्षिशकमा भारतका मनोज प्रभाकर नियुक्त

नयाँ सिजनअघि बार्सिलोनाको उत्कृष्ट प्रदर्शन, जित्यो जोन गाम्पर उपाधी

काठमाडौं । नयाँ सिजन शुरु हुनु अगाडी बार्सिलोना उत्कृष्ट लयमा देखिएको छ । आइतबार राती क्लवले मेक्सिकन क्लब पुमास यूएनएएमलाई आधा दर्जन गोल अन्तरले हराउँदै जोन गाम्परको उपाधि जितेको छ । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ६–० को जित निकालेको हो। बार्सिलोनाका लागि पेड्रीले दुई गोल गरे। रोबर्ट लेवान्डोस्की, औसमाने डेम्बेले, पिएरे औबामेयाङ… Continue reading नयाँ सिजनअघि बार्सिलोनाको उत्कृष्ट प्रदर्शन, जित्यो जोन गाम्पर उपाधी

नयाँ सिजनको पहिलो खेलमै चम्किए मेसी र नेयमार

काठमाडौं । लियोनल मेसी र नेयमार चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा क्लेरमोन्टलाई ५–० को गोल अन्तरले पराजित गरेको छ ।पीएसजीका लागि नेयमारले गोलको खाता खोलेपछि अचराफ हकिमी र मारक्विन्होसले पहिलो हाफमा गोल थपे । दोस्रो हाफमा मेसी चम्किए । उनले दुई गोल गरे । त्यसमध्ये एक गोल उत्कृष्ट ‘ओभर हेड… Continue reading नयाँ सिजनको पहिलो खेलमै चम्किए मेसी र नेयमार

साफ यू–२० च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश लिगको अन्तिम खेलमा भिड्दैछन् । प्रतियोगितामा कुल पाँच राष्ट्र सम्मिलित छन् । च्याम्पियनसिपको फाइनलमा शीर्ष दुई टिम पुग्ने छन् । आइतरबार घरेलु टीम भारतसँग ८–० को पराकिलो अन्तरले हारेको नेपालआज भने दवावमा हनेछ । माल्दिभ्स र श्रीलंका फाइनल होडबाट बाहिरिसकेका छन् । बंगलादेश, भारत र नेपालमध्ये… Continue reading साफ यू–२० च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै

साफ यू-२० च्याम्पियनसिप : नेपालको पोष्टमा भारतले गर्यो ८ गोल

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप प्रतियोगितामा नेपालले भारतसँग लज्जास्पद हार बेहोरेको छ । सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल भारतसँग भने निरिह सावित भएको छ । नेपालको पोष्टमा भारतले ८ गोल छिरायो । माल्दिभ्स र श्रीलंकालाई भने नेपालले पराजित गरेको थियो । भारत विरुद्ध भने एक गोल पनि फर्काउन सकेन । पहिलो हाफमा एक… Continue reading साफ यू-२० च्याम्पियनसिप : नेपालको पोष्टमा भारतले गर्यो ८ गोल

साफ यू–२० च्याम्पियनसिप : लयमा रहेको नेपालले भारतको सामना गर्दै

काठमाडौं । भारतको भुबनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली भारतसँग खेल्दैछ । खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितेर आत्मविश्वास बटुलेको नेपाल लगातार तेस्रो खेल जित्दै फाइनल पुग्ने लक्ष्यमा छ । नेपालले यसअघि माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले… Continue reading साफ यू–२० च्याम्पियनसिप : लयमा रहेको नेपालले भारतको सामना गर्दै

वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता सन्दीप आवद्ध

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान तथा विश्व क्रिकेटका स्टार सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगितामा आवद्ध भएका छन् । ६० बलको प्रतियोगितामा सन्दीप जमैका तल्लावासबाट खेल्नेछन् । प्रतियोगितामा ३० बलको एक इनिङ हुन्छ । विकेट पनि ६ मात्र हुन्छ । जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा समेत अनुबन्ध गरिसकेको छ… Continue reading वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता सन्दीप आवद्ध

साफ यू-२० च्याम्पियनसिपमा नेपालको लगातार सानदार जित, श्रीलकालाई ३-०ले हरायो

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो सानदार जित निकाल्दै श्रीलकालाई ३-० गोल अन्तरले हरायो । बुधबार भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले श्रीलंकालाई ३-० गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दोस्रो हाफमा उत्कृष्ट खेल्यो । नेपालले ५८ मिनेटमा अग्रता लियो। कप्तान आयुष घलानले गोल गर्दै नेपाललाई अग्रता दिलाए।… Continue reading साफ यू-२० च्याम्पियनसिपमा नेपालको लगातार सानदार जित, श्रीलकालाई ३-०ले हरायो

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलङ्का भिड्दैछन् । खेल भारतको भुवनेश्वरस्थित कालीङ्गा मैदानमा साँझ सवा ७ बजेबाट सुरु हुनेछ । सोमवार सम्पन्न उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हराएर उच्च मनोवलमा रहेको छ । पहिलो खेलमा श्रीलङ्का भने बङ्लादेशसँग १–० गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र… Continue reading साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

विश्वकपलाई लक्षित गरी नेपालले मौसमी कामदार कतार पठाउने

काठमाडौं । सरकारले कतारमा सञ्चालन हुने विश्वकप फुटबल प्रतियोगितालाई लक्षित गरी मौसमी श्रमिक लैजान अनुमति प्रदान गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले अनुमति दिएको हो । कतारमा सन् २०२२ को नोभेम्बर २१ (मङ्सिर ५ गते)देखि विश्वकप फुटबल प्रतियोगिता सञ्१चालन हुँदैछ… Continue reading विश्वकपलाई लक्षित गरी नेपालले मौसमी कामदार कतार पठाउने

साफ यू-२० च्याम्पियनसिप : माल्दिभ्समाथि नेपालको सानदार जित

काठमाडौं । साफ यु २० च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरको जित निकाल्दै आफ्नो बलियो उपस्थिति पेश गरेको हो । भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु… Continue reading साफ यू-२० च्याम्पियनसिप : माल्दिभ्समाथि नेपालको सानदार जित

नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायके क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। क्रिकेट क्यानडाले सामाजिक सञ्जालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ। नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको केही घण्टामै उनलाई क्रिकेट क्यानडाले राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी गराएको हो। पुबुदुले बुधबार पत्रकार सम्मेलन गर्दै… Continue reading नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त

नेपालको ब्याटिङमा निरन्तर खराब फर्म, स्टकल्याण्डसँग ८ विकेटले पराजित

काठमाडौं । ब्याटिङमा रहेको समस्या सुधार गर्न नसक्दा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले हारेको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य घरेलु टोली स्कटल्याण्डले १८.५ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । आइतबार स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए । काएल कोत्जरले अविजित ४४ रन बनाए ।… Continue reading नेपालको ब्याटिङमा निरन्तर खराब फर्म, स्टकल्याण्डसँग ८ विकेटले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग टु : नामिबियाविरुद्ध निरिह नेपाल

काठमाडौं । कमजोर ब्याटिङका कारण नामिबिया विरुद्ध नेपालले पुनः घुँडा टेकेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल नामिबियासँग ६३ रनले हारेको हो । नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर नै खेल्न सकेन । ३७.५ ओभर मात्र क्रिजमा टिेकेको नेपाल १३६ रनमा अलआउट भयो । यसअघि पहिलो खेलमा पनि नेपाल… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टु : नामिबियाविरुद्ध निरिह नेपाल

जिम्बावे र नेदरल्याण्ड्स टी-२० विश्वकपमा छानिए

काठमाडौं । जिम्बावे र नेदरल्यान्ड्सले यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा छनोट भएका छन् । अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने ट्वान्टी–२० विश्वकप अस्ट्रेलियाको विभिन्न सहरमा हुनेछ । बुलावायोमा शुक्रबार भएको सेमिफाइनल खेलमा जिम्बावेले पपुवा न्युगिनीलाई २७ रनले हरायो । पहिलो ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ९९ रन बनायो । जवाफमा… Continue reading जिम्बावे र नेदरल्याण्ड्स टी-२० विश्वकपमा छानिए

आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र नामिबिया भिड्दै

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु मा आज नेपाल र नामिबिया भिड्दैछन् । जारी सिरिजमा यी दुई टीम दोस्रो प्रतिस्पर्धामा छन् । पहिलो खेलमा नामिवियाले नेपाललाई हराएको थियो । सोहीकारण आज नेपाल सो हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ । त्रिकोणात्मक शृंखलाको पहिलो खेलमै नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र नामिबिया भिड्दै

बलियो स्कटल्याण्डमाथि नेपालको रवाफिलो जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि रवाफिलो जित निकालेको छ । ग्लास्कोमा १४५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाउन सफल भयो । स्कटल्याण्ड नेपाल भन्दा बलियो टीम हो । यसअघि लिस्ट ए क्रिकेटमा समेत नेपालले यो टीमलाई हराउन सकेको थिएन । एक दिवसीय… Continue reading बलियो स्कटल्याण्डमाथि नेपालको रवाफिलो जित

ब्याटिङ चल्न नसक्दा नामिबियासँग हार्यो नेपाल

काठमाडौं । नेपालको परम्परागत समस्याका रुपमा रहेको ब्याटिङले पुनः एक पटक महत्वपूर्ण खेलमा नेपाल चिप्लिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको शृंखलामा नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भयो । नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । यस जितपछि नामिबयाले… Continue reading ब्याटिङ चल्न नसक्दा नामिबियासँग हार्यो नेपाल

नोभाक जोकोभिचलाई सातौं विल्बल्डन उपाधी

Photo by Ryan Pierse/Getty Images

काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले सातौं पटक विम्बल्डन ओपनको उपाधि उचालेका छन् । सेन्टर कोर्टमा आइतबार राति भएको फाइनलमा जोकोभिचले एक सेटले पछि परेको अवस्थामा पुनरागमन गर्दै २७ वर्षीय निक किर्गियोसलाई हराए । जोकोभिचले किर्गियोसलाई ४–६ , ६–३, ६–४, ७–६ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् । ३५ वर्षीय सर्बियन खेलाडी… Continue reading नोभाक जोकोभिचलाई सातौं विल्बल्डन उपाधी

आइसीसी क्रिकेट विश्वकप लि टू : आज नेपाल र नामिविया खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा खेलहरु प्रारम्भ भएका छन् । सोही अन्र्तगत नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ ।… Continue reading आइसीसी क्रिकेट विश्वकप लि टू : आज नेपाल र नामिविया खेल्दै

एकदिवसीय क्रिकेट : क्यानडा सामु निरिह नेपाल

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपाल घरेलु टिम क्यानडा सामु निरिह देखिएको छ । वान डेमा सामान्य लक्ष्य पाए पनि नेपालले त्यसलाई भेटाउन नसक्दा ८३ रनले पराजित भयो । बिहीबार विहान सकिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ९ विकेटको क्षतिमा १८८ रन जोडेको थियो । श्रेयस मोभाले ५० रन र आरोन जोनसनले ४४… Continue reading एकदिवसीय क्रिकेट : क्यानडा सामु निरिह नेपाल

नेपाल र क्यानडाबीचको खेलमा वर्षा बाधक

काठमाडौं । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ । किङ सिटी मैदानमा गत राती पौने ९ बजेबाट शुरु हुनु पर्ने खेल वर्षाका कारण अवरुद्ध भएको हो । लगातार पानी परेपछि खेल टस समेत नभई रद्द भएको छ । दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल्नेछ… Continue reading नेपाल र क्यानडाबीचको खेलमा वर्षा बाधक

सन्दीप लामिछाने लंका प्रिमियर लिगमा आवद्ध

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेटमा आवद्ध भएका छन् । उनलाई दाम्बुला जायन्ट्सले इन्टरनेशनल डायमण्ड ए क्याटगोरीबाट समावेश गरेको हो । दाम्बुलाले श्रीलंकन कप्तान दसुन सनाका, भानुका राजापाक्षदेखि अष्ट्रेलियाका डी आर्च सर्ट र बेन कटपङ सम्मलाई अनुबन्ध गरेको छ । लामिछाने विश्वभरका ठूला क्रिकेट लिग खेल्ने… Continue reading सन्दीप लामिछाने लंका प्रिमियर लिगमा आवद्ध

नेपाल र क्यानडाबीच एक दिवसीय सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र क्यानडाबीच एक दिवसीय सिरिजको पहिलो खेल आज हुुँदैछ । खेल क्यानडाको किङ्ग सिटीमा बेलुका पौने ९ बजे सुरु हुने तालिका छ । सन्दीप लामिछानेको कप्तानीमा नेपालले क्यानडासँग क्यानडासँग सिरिजमा दुई खेल खेल्दैछ । दोस्रो खेल बुधबार हुने छ । क्यानडाले साद बिन जाफरको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।… Continue reading नेपाल र क्यानडाबीच एक दिवसीय सिरिजको पहिलो खेल आज

इटालियन उच्च लीग सिरि-एमा पहिलो पटक महिला रेफ्री

AP

काठमाडौं । इटालीको ए डिभिजन लीग सिरि-ए मा पहिलो पटक महिला रेफ्रीले खेल खेलाउने भएकी छिन् । रेफ्री मारिया सोले फेरिरीले अर्को सिजन इटालीको सिरी ‘ए’ को खेल सञ्चालन गर्ने भएकी हुन् । उनी इटालीको माथिल्लो डिभिजनमा फुटबल खेलाउने पहिलो महिला रेफ्री बन्ने निश्चित भएको छ । उनलाई अर्को सिजनका लागि रेफ्रीको उच्च समूहमा बढुवा… Continue reading इटालियन उच्च लीग सिरि-एमा पहिलो पटक महिला रेफ्री