काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन्… Continue reading महान फुटबलर पेलेको निधन
Category: खेलकुद
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’ मा
काठमाडौं । बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेकोको पेशीको सुनुवाई हेर्न नभ्याइनेमा राखिएको छ। उच्च अदालत पाटनमा पुनरावेदनको आज पेशी चढेको थियो। न्यायधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा पेशी चढेको थियो। बिहीबार दिउँसो खाजा समयअघि तीन वटा निवेदनमाथि सुनुवाइ भएको थियो। त्यसपछि एउटा निवेदनमाथि सुनुवाइ भएको छ। पाँचौं… Continue reading सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’ मा
स्पेनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरु नेपालमा
काठमाडौं । स्पेनका दुई पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीसहितको टीम नेपाल आइपुगेको छ । स्पेन र नेपालका नागरिक मिलेर चलाएको संस्था लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको क्याकेरेनो फुटबल क्लबलाई नेपाल भित्र्याएको हो । मंगलबार नेपाल आइपुगेको ५५ जनाको टोली सिधैं पोखरा पुगेको छ । क्लबले गण्डकी–११ सँग बुधबार पोखरा रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । स्पेनिस महारथी बार्सिलोना… Continue reading स्पेनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरु नेपालमा
‘झापा गोल्डकप’ प्रतियोगिता यो वर्ष नहुने
काठमाडौं । नेपालकै प्रतिष्ठित प्रतियोगितामा ‘झापा गोल्डकप’ यस वर्ष नहुने भएको छ। ‘झापा गोल्डकप’ लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको छ। १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन अन्तिम साताबाट गर्ने आयोजकको तयारी छ। प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ७ लाख,… Continue reading ‘झापा गोल्डकप’ प्रतियोगिता यो वर्ष नहुने
विश्व विजेता अर्जेन्टिना फिफा वरीयताको दोस्रोमा उक्लियो, नेपाल १७५ औं स्थानमा
काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबल महासंघ (फिफा) को विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएको छ । यसअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिना एक स्थानमाथि उक्लिँदै दोस्रोमा पुगेको हो । क्वाटरफाइनलमा पराजित रहेको ब्राजिल वरीयताको शीर्ष स्थानमा यथावत छ । यसअघि शीर्ष स्थानमा रहेको बेल्जियम चौथो विश्वकपको उपविजेता फ्रान्स तेस्रो स्थानमा रहेको छ । आश्चर्यजनक नतिजा… Continue reading विश्व विजेता अर्जेन्टिना फिफा वरीयताको दोस्रोमा उक्लियो, नेपाल १७५ औं स्थानमा
सन्दीप लामिछानेलाई थुनामा राख्ने आदेशविरुद्धको पेसी स्थगित
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्धको पेसी स्थगित गरिएको छ । लामिछानेको कानुन व्यवसायीका तर्फबाट पेसी स्थगित गरिएको हो । लामिछानेको तर्फबाट उच्च अदालत पाटनमा दायर पुनरावेदनको बिहीबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएको थियो । लामिछानेको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको… Continue reading सन्दीप लामिछानेलाई थुनामा राख्ने आदेशविरुद्धको पेसी स्थगित
इन्स्टाग्राम लाइकमा मेस्सीले तोडे रोनाल्डोको कीर्तिमान
एजेन्सी । इन्स्टाग्राम लाइकमा लियोनेल मेस्सीले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् । विश्वकप जितेपछि मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा ट्रफीसहितको फोटो पोस्ट गरेका थिए । यसमा ५ करोड ३५ लाखभन्दा बढी लाइक आएका छन् । उनी एउटै इन्स्टाग्राम पोस्टमा सबैभन्दा धेरै लाइक पाउने खेलाडी बनेका छन् । यस मामिलामा मेसीले पोर्चुगलका स्टार फुटबलर… Continue reading इन्स्टाग्राम लाइकमा मेस्सीले तोडे रोनाल्डोको कीर्तिमान
चोटका कारण विश्वकप गुमाएका फ्रान्सका बेन्जेमाले लिए सन्यास
काठमाडौं । फ्रान्सका फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आइतबार कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनलमा उनको मुलुक अर्जेन्टिनासँग पराजित भएको छ । मंगलबार आफ्नो ३५ औं जन्मदिन मनाइरहेका बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको सामाजिक सञ्जालमा लेखेका छन् । तिघ्रामा चोट बोकेका बेन्जेमाले फ्रान्सको टोलीमा रहे पनि विश्वकप गुमाए ।… Continue reading चोटका कारण विश्वकप गुमाएका फ्रान्सका बेन्जेमाले लिए सन्यास
एम्बाप्पेले जिते गोल्डेन बुट, फाइनलमा गरे ह्याट्रिक
काठमाडौं । फ्रान्सका किलियन एम्बाप्पेले गोल्डेन बुट जित्न सफल भएका छन् । अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा ह्याट्रिक गरेको एम्बाप्पेले एम्बाप्पेले गोल्डेन बुट जिते । यो विश्वकपमा ७ गोल गरेका छन् । विश्वकपको फाइनलमा एम्बाप्पेले गरेको ह्याट्रिक विश्वकपमा विरलै मानिन्छ । यसअघि इंग्ल्याण्डका लागि होस्र्टले १९६६ मा पनि ह्याट्रिक गरेका थिए । रोमान्चक खेलमा हारे पनि फ्रान्सले… Continue reading एम्बाप्पेले जिते गोल्डेन बुट, फाइनलमा गरे ह्याट्रिक
सर्वकालिन महान खेलाडी मेसी
काठमाडौं । वर्तमान युगमा महान खेलाडीको सूचीमा राखिने पेले र म्याराडोनासँगै आधुनिक यूगका सर्वकालिन महान खेलाडी बन्न सफल भएका छन् लियानल मेसी । अब उनले आफ्नो सक्रिय जीवनमा जित्न बाँकी कुनै पनि उपाधी छैन । अर्जेण्टिनाले आइतबार राती विश्वकप जितेसँगै मेसीको यो सफलता अमर बनेको हो । कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल… Continue reading सर्वकालिन महान खेलाडी मेसी
अर्जेण्टिना विश्व च्याम्पियन
काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि उचाल्दै विश्व च्याम्पियन बनेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि जित्न सफल भयो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।… Continue reading अर्जेण्टिना विश्व च्याम्पियन
कतार विश्वकप विजेताले कति पाउनेछ पुरस्कार ?
काठमाडौं । विश्वकप फुटबल विजेताले पाउने रकममा वृद्धि हुँदै गएको छ । कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनछन्। नेपालीमा हिसाब गर्दा यो रकम करिब ५ अर्ब ४४ करोड हुन आउँछ । जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो । यस्तै २०१४ को… Continue reading कतार विश्वकप विजेताले कति पाउनेछ पुरस्कार ?
विश्वकप फाइनल आज : महान खेलाडी मेसीलाई विश्व विजेता बन्ने अन्तिम मौका
काठमाडौं । विश्वकप फुटबलको एक महिना लामो महामेला आज समापन हुँदैछ । आज तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फ्रान्स र अर्जेन्टिना आइतबार लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । यो खेलको विजेताले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । लिओनल मेसीका लागि विश्वकपको यो सम्भवतः अन्तिम खेल हो । ३५ वर्षिय महान फुटबलरका लागि… Continue reading विश्वकप फाइनल आज : महान खेलाडी मेसीलाई विश्व विजेता बन्ने अन्तिम मौका
क्रोएसिया बन्यो तेस्रो
काठमाडौं । क्रोएसिया विश्वकपमा तेस्रो बनेको छ । जारी विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेको मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २–१ गोलअन्तरले हराउँदै तेस्रो स्थान सुरिक्षित गरेको हो । ज्लात्को ड्यालिक प्रशिक्षित क्रोएसिया चार वर्षपघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित रहेको थियो । सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले विश्व फुटबलमा… Continue reading क्रोएसिया बन्यो तेस्रो
खेलाडी बिरामी हुँदा कति चिन्तामा फ्रान्स ?
काठमाडौं । अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा फ्रान्सका तीन खेलाडी दुरुस्त भइसक्ने आशा गरिएको छ। डिफेन्डर डायट उपामेकानो र मिडफिल्डर एड्रियन राबियोटले मोरक्कोविरुद्ध २–० ले हात पारेको जितमा खेलेका थिएनन् । प्रशिक्षक डिडियर डेस्चाँले चार दिनको समय भएकाले यी दुवै खेलाडी दुरुस्त भइसक्ने जानकारी गराएका छन् । उपामेकानो र राबियोटबाहेक वैकल्पिक खेलाडी किङ्सले कोम्यान पनि बिरामी छन्… Continue reading खेलाडी बिरामी हुँदा कति चिन्तामा फ्रान्स ?
विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै
काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरोक्कोबीच खेल हुँदैछ । सेमी फाइनलमा पराजित भएका यी दुई टोलीले तेस्रो स्थानका लागि आज खेल्दैछन् । खेल राति ८ : ४५ बजे खालिफा स्टेडिएममा हुनेछ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २–० ले… Continue reading विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै
यी हुन् फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल खेलाउने रेफ्री
काठमाडौं । कतार विश्वकप फुटबलको फाइनल खेल पोल्याण्डका रेफ्रीले खेलाउने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आइतबार फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेलका लागि पोल्याण्डका सिजमोन मार्सिनीकलाई रेफ्री तोकेको हो । कतारको लुसेल स्टेडियमा नेपाली समय अनुसार राति पौने ९ बजे फाइनल खेल हुँदैछ । पोल्याण्ड अहिलेसम्म विश्वकपको फाइनलनमा नपुगेकाले पनि मार्सिनीक विश्वकपको फाइनलमा… Continue reading यी हुन् फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल खेलाउने रेफ्री
पोर्चुगलका प्रशिक्षक बर्खास्त
काठमाडौं । विश्वकपको क्वाटरफाइनलमा पराजित भएको पोर्चुगलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई पोर्चुगल फुटबल महासंघले बर्खास्त गरेको छ। विश्वकपको क्वाटरफाइनलमा उनको टीम मोरक्कोसँग पराजय भोगेर बाहिरिएको को । पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोस निकै चर्चामा थिए। स्वीट्जरल्यान्ड विरूद्ध जित हासिल गरे पनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको… Continue reading पोर्चुगलका प्रशिक्षक बर्खास्त
राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि लागू हुने गरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नामेवियामा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाली टिमले खराबर प्रदर्शन… Continue reading राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा
यी हुन् गोल्डेन बुटको होडमा रहेका खेलाडी, मेस्सी सबैभन्दा अगाडि
काठमाडौं । यसपटकको विश्वकपमा गोल्डेन बुटको होडमा चार खेलाडी छन् । जसमा अर्जेन्टिनाका २ र फ्रान्सका २ जना छन् । अर्जेन्टिनाका कप्तान लिओनल मेसी र फ्रान्सका किलिएन एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिना युलियन अल्भारेजले समान ४ गोल गरेका छन् । मेसी र एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्न… Continue reading यी हुन् गोल्डेन बुटको होडमा रहेका खेलाडी, मेस्सी सबैभन्दा अगाडि
एम्बाप्पे लगातार दोस्रो खेलमा गोल गर्न असफल, गोल्डेन बुट र बल दुबै होडमा मेसी अगाडी
काठमाडौं । जारी विश्वकप फुटबलको गोल्डेन बुट र बल दुबै होडमा अर्जेण्टाइन स्टार लियोनल मेसीले अग्रता लिएका छन् । फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले क्वाटरफाइनल र सेमिफाइनल दुबै खेलमा गोल गर्न सकेनन् । जसका कारण उनलाई यस होडमा मेसीले उछिनेका हुन् । दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको छ । फ्रान्सको… Continue reading एम्बाप्पे लगातार दोस्रो खेलमा गोल गर्न असफल, गोल्डेन बुट र बल दुबै होडमा मेसी अगाडी
विश्वकपको फाइनल समिकरण पुरा, अर्जेण्टिना र फ्रान्स आइतबार भिड्ने
काठमाडौं । विश्वकप फुटबलको फाइनल समिकरण पुरा भएको छ । अब उपाधीका लागि आइतबार अर्जेण्टिना र फ्रान्स भिड्ने भएका छन् । मोरक्को सफल यात्रा अन्त्य गर्दै फ्रान्सले कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको हो । विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो… Continue reading विश्वकपको फाइनल समिकरण पुरा, अर्जेण्टिना र फ्रान्स आइतबार भिड्ने
विश्वकपको दोसो सेमिफाइनल आज, मोरक्कोले बनाउला इतिहास ?
काठमाडौं । फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनल आज हुँदैछ । जसमा फ्रान्स र मोरक्को भिड्दैछन् । आजको खेलमा मोरक्कोलाई नयाँ इतिहास कोर्ने मौका छ । किनकी यो टीम पहिलोपटक सेमिफाइनल खुल्दैछ । खेल कतारको अल बायत मैदानमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो… Continue reading विश्वकपको दोसो सेमिफाइनल आज, मोरक्कोले बनाउला इतिहास ?
टीमलाई काँधमा बोक्दै फाइनल पुर्याएका मेसीको नाममा बने कैयौं कीर्तिमान
काठमाडौं । अर्जेन्टाइन सुपरस्टार लियोनल मेसी प्रेरित विश्वकपमा हरेक खेलाडीले उनका लागि कडा मिहिनेत गरेका छन् । उनीहरु आफ्नो मुलुकका सर्वकालिन महान खेलाडको सम्भवतः अन्तिम विश्वकपलाई भब्य बनाउन चाहन्छन् । सोही अनुसार मेसीले समेत आफ्नो उत्कष्ट फर्म र कौसल कायमै राखेका छन् । मेसीले कतारमा जारी फिफा विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा नयाँ इतिहास बनाउन सफल… Continue reading टीमलाई काँधमा बोक्दै फाइनल पुर्याएका मेसीको नाममा बने कैयौं कीर्तिमान
सेमिफाइनलमा झनै उत्कृष्ट खेल्यो अर्जेण्टिना, फाइनल प्रवेश
काठमाडौं । कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३–० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको हो । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । उनको शानदार करिअरमा अहिलेसम्म यो सफलता मिलेको छैन । तर,… Continue reading सेमिफाइनलमा झनै उत्कृष्ट खेल्यो अर्जेण्टिना, फाइनल प्रवेश
विश्वकपमा सेमिफाइनलका खेल आजबाट, अर्जेण्टिना र क्रोएसिया भिड्दै
काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत सेमिफाइनलका खेल आजबाट सुरू हुँदैछन्। बुधबार बिहान पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । नेपाली समय अनुसार राती पौने १ बजे खेल सुरु हुनेछ । खेल कतारको लुसेल रंगशालामा खेल हुँदैछ। बिहीबार बिहान भने साविक विजेता फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनले विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको अन्तिम… Continue reading विश्वकपमा सेमिफाइनलका खेल आजबाट, अर्जेण्टिना र क्रोएसिया भिड्दै
विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड देखाउने रेफ्रीलाई फिफाले घर फर्कायो
काठमाडौं । विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड विवादित बनेको स्पेनिस रेफ्री एन्टोनियो माटियु लाहोजले बाँकी खेलमा जिम्मेवारी नपाउने भएका छन् । विश्व एन्टोनियोको चर्को आलोचना भएपछि फुटबल महासघं (फिफा) ले उक्त निर्णय लिएको हो । कतारमा जारी विश्वकप अन्तर्गत अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल खेलाउने क्रममा रेफ्री एन्टोनियोले खेलाडी र अफिसियललाई गरी खेल अवधिभर १७… Continue reading विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड देखाउने रेफ्रीलाई फिफाले घर फर्कायो
महानगरको मैत्रीपूर्ण फुटबल: बालेनको टिमले खायो आधा दर्जन गोल
काठमाडौं । महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबलमा महानगरका मेयर बालेन्द्र शाहको टिम पराजित भएको छ । २८औँ महानगर दिवसको अवसरमा दशरथ रंगशालामा आयोजित फुटबलमा महानगरका मेयर बालेन्द्र शाह (बालेन) को टिमले ६ गोल खाएको हो । प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिम विजयी भएको छ ।… Continue reading महानगरको मैत्रीपूर्ण फुटबल: बालेनको टिमले खायो आधा दर्जन गोल
विश्वकप सेमिफाइनल : कुन टिमको खेल कहिले ?
काठमाडौं । कतारमा जारी फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएसँगै दुई दिन टिमहरुले आराम पाउने भएका छन् । आइतबार बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएको छ । यससँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । यस पटकको विश्वकपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसिया तथा अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका… Continue reading विश्वकप सेमिफाइनल : कुन टिमको खेल कहिले ?
फ्रान्स सेमिफाइनल पुग्यो, इङ्ल्याण्डका कप्तान केनले मिस गरे पेनाल्टी
काठमाडौं । महत्वपूर्ण क्षणमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि इङ्ल्याण्ड जारी विश्वकपको क्वाटरफाइनलमा पराजित भएको छ । कप्तान ह्यारी केन पेनाल्टीमा गोल गर्न असफल भए । इङ्ल्याण्ड साविक विजेता फ्रान्ससँग २–१ ले पराजित भयो । मध्यराती सम्पन्न खेलमा इङ्ल्याण्डले खेलको अन्त्त्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो… Continue reading फ्रान्स सेमिफाइनल पुग्यो, इङ्ल्याण्डका कप्तान केनले मिस गरे पेनाल्टी