काठमाडौं । इंग्ल्याण्ड टीम विश्वकप फुटबलमा दोस्रो चरणमा प्रवेश गरेकोछ । मार्कस राशफोर्डले उत्कृष्ट प्रदर्शन गरेको यो खेलमा इंग्ल्याण्डले वेल्समाथि ३–० को सहज जितसहित समूह बी को विजेताका रुपमा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । वेल्स विश्वकपबाट बाहिरियो । नकआउट चरणमा पुग्नका लागि वेल्सले कि इंग्ल्याण्डलाई हराउनुपर्ने थियो वा इरान र अमेरिकाबीचको… Continue reading विश्वकप : वेल्समाथि इंग्ल्याण्डको जित, दोस्रो चरणमा प्रवेश
Category: खेलकुद
स्वीट्जरल्याण्डविरुद्ध कठिन जित निकालेको ब्राजिल अन्तिम १६ मा
काठमाडौं । सबैभन्दा धेरै विश्वकप उचाल्ने टीम ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको छ । स्वीट्जरल्याण्डविरुद्ध कठिन जित निकाल्दै ब्राजिलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । कासेमिरोको निर्णायक गोल मद्दतमा स्वीट्जरल्याण्डलाई ब्राजिलले १–० गोलले हरायो । पहिलो खेलमा सर्वियालाई २–० ले पराजित गरेको ब्राजिल लगातार दुई जितपछि समूह जी बाट नकआउट चरणमा प्रवेश… Continue reading स्वीट्जरल्याण्डविरुद्ध कठिन जित निकालेको ब्राजिल अन्तिम १६ मा
विश्वकप : पोर्चुगल अन्तिम १६ मा पुग्दा उरुग्वे दवावमा
काठमाडौं । पोर्चुगल विश्वकप फुटबलको प्रिक्वाटरफाइनल प्रवेश गरेको छ । बुर्नो फर्नान्डेजको दुई गोल सहयोगमा पूर्व च्याम्पियन उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । सोमबार राती सम्पन्न खेलमा दुवै टिमले उत्कृष्ट फुटबल खेले पनि नतिजा पोर्चुगलको पक्षमा आएको हो । ५४औं मिनेटमा बुर्नो फर्नान्डेजले गरेको क्रस उरुग्वेका गोलरक्षक सर्जियो… Continue reading विश्वकप : पोर्चुगल अन्तिम १६ मा पुग्दा उरुग्वे दवावमा
विश्वकप : स्पेनसँग बराबरी खेल्दा जर्मनीलाई अगाडी बढ्न कठिन
काठमाडौं । फिफा विश्वकप २०२२ मा पूर्व विजेताद्वयको भिडन्तमा जर्मनी र स्पेनले एक एक गोलको बराबरी खेलेका छन् । बराबरीसँगै जर्मनीको अन्तिम १६ को आशा जीवित बने पनि कठिन भएको छ । स्पेन भने सहज अवस्थामा छ। समूह ‘ई’ को यो खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६२ मिनेटमा स्पेनले मोराटाको गोलबाट अग्रता… Continue reading विश्वकप : स्पेनसँग बराबरी खेल्दा जर्मनीलाई अगाडी बढ्न कठिन
विश्वकप : बेल्जियम र क्यानडा हारे
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा बेल्जियम र क्यानडाले हार बेहोरेका छन् । यससँगै क्यानडा समूह चरणबाटै बाहिरिने दोस्रो टिम बनेको छ । आइतबार खालिफा अन्तर्राष्ट्रिय रंगशालमा विश्वकपको डेब्यू गोल गर्दै क्रोएसियाविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा क्यानडा ४–१ ले पराजित भयो ।पहिलो खेलमा बेल्जियमसँग पराजित भएको क्यानडा लगातार दोस्रो हारपछि अंकविहीन छ… Continue reading विश्वकप : बेल्जियम र क्यानडा हारे
विश्वकप : दोस्रो खेलमा अर्जेण्टिनाले पस्कियो उत्कृष्ट खेल
काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिनाले पहिलो जित निकालेको छ । पहिलो खेलमा साउदी अरेवियासँग अप्रत्यासित हार बेहोरेको अर्जेण्टिनालाई यो खेल जित्नै पर्ने दवाव थियो । समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हरायो । अर्जेन्टिनाका लागि मेसी र फर्नान्डेजले एक एक गोल गरे। मेसीले डि मारियाको पासमा खेलको ६४ मिनेटमा पहिलो गोल… Continue reading विश्वकप : दोस्रो खेलमा अर्जेण्टिनाले पस्कियो उत्कृष्ट खेल
विश्वकप : फ्रान्स अन्तिम १६ मा-चम्किए एमबाप्पे
काठमाडौं । साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको हो । लगातार दोस्रो जित निकाल्ने क्रममा फ्रान्सले २–१ गोलको जित निकाल्यो। दुवै गोल केलियन एमबाप्पेले गरे। उनले पहिले गोल ६१ मिनेटमा गरेका थिए। तर… Continue reading विश्वकप : फ्रान्स अन्तिम १६ मा-चम्किए एमबाप्पे
विश्वकप : साउदीलाई हराउँदै पोल्याण्डले जोड्यो तीन अंक
काठमाडौं । फिफा विश्वकप २०२२ मा पोल्यान्डले पहिलो जित हात पारेको छ। पोल्यान्डले शनिबार भएको खेलमा साउदी अरेबियालाई २–० गोलले पराजित गर्यो। पोल्यान्डले पहिलो हाफ सकिन ६ मिनेट बाँकी छदा अग्रता लिएको थियो। ३९ मिनेटमा पिटर जेलेस्कीले गोल गर्दै पोल्यान्डलाई १–० गोलले अघि बढाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा साउदी अरेबियाले पेनाल्टी पाएको थियो। बराबरी… Continue reading विश्वकप : साउदीलाई हराउँदै पोल्याण्डले जोड्यो तीन अंक
वेल्सका गोलकिपरले पाए जारी विश्वकपकै पहिलो रेडकार्ड
काठमाडौं । वेल्सका गोलकिपर वायने हेनेसे कतारमा भइरहेको फिफा विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् । समूह बी अन्तर्गत अहमद अली बिन स्टेडियममा शुक्रबार भएको खेलमा हेनेसेले रातो कार्ड पाउँदा इरानले वेल्सलाई २(० ले पराजित गर्यो । इन्जुरी टाइममा इरानका लागि रुजबेह चेस्मी र रमिन रेजाइएनले गोल गरे र टिमलाई महत्वपूर्ण ३ अंक… Continue reading वेल्सका गोलकिपरले पाए जारी विश्वकपकै पहिलो रेडकार्ड
विश्वकप फुटबल: उपाधि दाबेदार ब्राजिल र पाेर्चुगलकाे विजयी शुरुवात
काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत गएराति सम्पन्न आ–आफ्नो खेलमा जित हात पार्दै ब्राजिल र पाेर्चुगलले विजयी सुरुवात गरेका छन् । समूह `जी´ काे खेलमा ब्राजिलले सर्बियालाई २-० ले हरायाे । उसका लागि दुवै गाेल रिचार्लिसनले गरे । लुसेल स्टेडियममा खेलको ६२ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा… Continue reading विश्वकप फुटबल: उपाधि दाबेदार ब्राजिल र पाेर्चुगलकाे विजयी शुरुवात
विश्वकप :कोस्टारिकाको पोष्टमा स्पेनको सात गोल
काठमाडौं । फिफा विश्वकप २०२२ मा स्पेनले कोस्टारिकाविरुद्ध ७ गोल गरेको छ । समूह ‘ई’ को खेलमा बुधबार राति भएको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले पराजित गरेको हो । स्पेनको जितमा फेरान टोरेशले दुई गोल गरे। खेलको ११ मिनेटमा ड्यानी ओल्मोको गोलबाट स्पेनले अग्रता लियो। मार्को अलन्सोले २१ मिनेटमा अग्रता दोब्बर पारे। टोरेशले ३१ मिनेटमा… Continue reading विश्वकप :कोस्टारिकाको पोष्टमा स्पेनको सात गोल
विश्वकप : फ्रान्सको दमदार जित
काडमाडौं । फिफा विश्वकप २०२२ मा डिफेन्डिङ च्याम्पियन फ्रान्सले दमदार जित निकालेको छ । समूह ‘डी’ को खेलमा फ्रान्सले अस्ट्रेलियालाई ४–१ गोलले हराउँदै सानदार सुरूवात गरेको हो। खेलमा अग्रता भने अस्ट्रेलियाले लिएको थियो। अस्ट्रेलियाका लागि गुडविनले नवौं मिनेटमा गोल गरेका थिए। तर २७ मिनेटमा फ्रान्सका एड्रियन रबिअटले बराबरी गोल फर्काए। ३२ मिनेटमा ओलिभर जिरुडले गोल… Continue reading विश्वकप : फ्रान्सको दमदार जित
विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिना पहिलो खेलमै पराजित
काठमाडौं । फिफा विश्व फुटबलको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ । अर्जेन्टिनाले कतार विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग १–२ को पराजय भोगेको छ । लुसेल रंगशालामा १०औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै दक्षिण अमेरिकी महारथीलाई अग्रता दिलाएका थिए। सोही गोलमार्फत पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा… Continue reading विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिना पहिलो खेलमै पराजित
विश्वकप : वेल्स र अमेरिकाले बराबरी खेले
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा समूह ‘बी’ को खेलमा अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेलेका छन् । दुबैले अक बाँडे । मंगलबार विहान सम्पन्न खेलमा अमेरिकाले अग्रता लिएको थियो। अमेरिकाका लागि टिम वेहले पहिलो गोल गरे। उनले खेलको ३६ मिनेटमा पुलिसिकले उपलब्ध गराएको पासमा गोल गरेका थिए। वेल्सका लागि ८२ मिनेटमा… Continue reading विश्वकप : वेल्स र अमेरिकाले बराबरी खेले
विश्वकप फुटबल: कतार इक्वेडरसँग पराजित, आज तीन खेल हुँदै
काठमाडौं । विश्वकप फुटबलको उदघाटन खेलमा आयोजक कतार पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ। दक्षिण अमेरकी राष्ट्रलाई जित दिलाउन कप्तान भ्यालेन्सियाले नै दुई गोल गरे। तर १६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इक्वेडरले अग्रता लिएको थियो। त्यस्तै खलेको ३१ औं मिनेटमा उनै भ्यालेन्सियाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। दोस्रो… Continue reading विश्वकप फुटबल: कतार इक्वेडरसँग पराजित, आज तीन खेल हुँदै
आयोजक कतारमाथि म्याच फिक्सिङको आरोप, पहिलो खेलमै ९२ करोडको चलखेलको आशंका
काठमाडौं । कतार विश्वकप सुरु हुन एक दिन बाँकी छ। मैदानमा खेल सुरु हुनुअघि नै मैदान बाहिर भित्र कसलाई जिताउने खेल शुरु भएको दाबी गरिएको छ। रिपोर्टअनुसार आयोजक देश कतारले म्याच फिक्सिङ गरेको आरोप लगाइएको छ। कतारले आफ्नो पहिलो खेलमा नै इक्वेडरलाई घुस दिएको आरोप लागेको छ। ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडिज तथा रिसर्च का… Continue reading आयोजक कतारमाथि म्याच फिक्सिङको आरोप, पहिलो खेलमै ९२ करोडको चलखेलको आशंका
विश्वकपमा रंगशाला भित्र मदिरा बिक्रि निषेध
काठमाडौं । फिफाले प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि आफ्नो नीति परिवर्तन गरेपछि कतारमा विश्वकप खेल हुने आठवटा रङ्गशालामा मदिरा विक्री नहुने भएको छ। मदिराको विक्रीलाई कडाइका साथ नियन्त्रण गरिएको उक्त मुस्लिम देशमा यसअघि रङ्गशाला भित्रका केही छानिएका क्षेत्रमा रक्सी उपलब्ध हुने व्यवस्था मिलाइएको थियो। यद्यपि प्रतियोगिता हुने रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले अझै पनि मदिरा किन्न… Continue reading विश्वकपमा रंगशाला भित्र मदिरा बिक्रि निषेध
यूएईविरुद्धको एकदिवसीय सिरिज नेपालको कब्जामा, ज्ञानेन्द्र र आसिफको अर्धशतक
काठमाडौं । यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जितेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा यूएईमाथि ६ विकेटको जित निकालेसँगै नेपालले सिरिज २-१ ले जितेको हो। नेपालले आशिफ सेख र ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीले सहज जित हासिल गरेको हो । शुक्रबार यूएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा… Continue reading यूएईविरुद्धको एकदिवसीय सिरिज नेपालको कब्जामा, ज्ञानेन्द्र र आसिफको अर्धशतक
नेपाल र यूर्एइबीच आज तेस्रो ओडीआई, विजेताले श्रृङखला जित्ने
काठमाडौं । नेपाल र यूएईबीच आज तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट हुँदैछ । यो सिरिजको तेस्रो तथा निर्णायक खेल हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुने खेल नेपाल र यूएई दुवैले जितेमा उपाधीको हकदार हुनेछन् । तीन खेलको सिरिज १–१ को अवस्थामा छ । नेपाल पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको थियो… Continue reading नेपाल र यूर्एइबीच आज तेस्रो ओडीआई, विजेताले श्रृङखला जित्ने
विश्वकप अगाडीको मैत्रिपूर्ण फूटबलमा अर्जेण्टिनाको सानदार जित, ३६ औं खेलसम्म अपराजित
दोहा । कतार विश्वकपको मुखमै अर्जेन्टिनाले मैत्रिपूर्ण फूटबलमा सानदार जित निकालेको छ । बुधबार राती सम्पन्न खेलमा अर्जेण्टिनाले यूएईलाई ५–० गोलले हरायो । यससँगै अर्जेण्टिनाले आफ्नो बलियो दावेदारी समेत प्रस्तुत गर्न सफल भयो । अबुधाबीमा भएको खेलमा सहज जितसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई ३६ खेलसम्म पुर्याउन समेत सफल भयो । अब लगातार ३७ खेलसम्म… Continue reading विश्वकप अगाडीको मैत्रिपूर्ण फूटबलमा अर्जेण्टिनाको सानदार जित, ३६ औं खेलसम्म अपराजित
अन्जन विष्टको गोलमा पाकिस्तानलाई नेपालले हरायो
काठमाडौं । अञ्जन विष्टको गोलमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानमाथि जित निकालेको छ । नेपालले दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगालाई सुखद नतिजामा परिणत समेत गरेको छ । नेपाल १–० गोल अन्तरले विजयी भयो । नेपाललाई घरेलु मैदानमा जिताउन अञ्जन विष्टले ८३ औं मिनेटमा गोल गरे । सुनिल बलको पासमा अञ्जनले गोल गरेका हुन् । अञ्जनले… Continue reading अन्जन विष्टको गोलमा पाकिस्तानलाई नेपालले हरायो
नेपाल तीन विकेटले विजयी, तेस्रो खेलबाट सिरिज विजेताको टुंगो लाग्ने
काठमाडौं । यूएईसँगको दोस्रो एकदिवसीय खेलमा नेपाल तीन विकेटले विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले तीन विकेटले विजयी भएको हो । यो सँग अन्तर्राष्ट्रिय सिरिज १-१ बराबरीको अवस्थामा पुगेको छ । यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा सात विकेट गुमाएर पूरा गरेको छ। अब शुक्रबार हुने तेस्रो खेलबाट… Continue reading नेपाल तीन विकेटले विजयी, तेस्रो खेलबाट सिरिज विजेताको टुंगो लाग्ने
विश्वकप नेपालमा प्रत्यक्ष प्रसारण हुने/नहुने अन्योल अन्त्य, अतिरिक्त शुल्क उठाउन कानूनी बाटो खुला
काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबल हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ । अन्तरिम आदेश खारेज भएसँगै मिडिया हबलाई थप शुल्क उठाउन बाटो खुल्ला… Continue reading विश्वकप नेपालमा प्रत्यक्ष प्रसारण हुने/नहुने अन्योल अन्त्य, अतिरिक्त शुल्क उठाउन कानूनी बाटो खुला
विश्वकप उचाल्न ८३१ फूटबलर कतारमा
काठमाडौं । कतारमा मंसिर ४ बाट सुरु हुने विश्वकप फुटबलमा कूल ८३१ खेलाडी सहभागिता हुने निश्चित भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले विश्वकपमा सहभागी देशले मंगलबारसम्म अन्तिम खेलाडीको नाम दर्ता गराईसक्नु पर्ने प्रावधान राखेको थियो । जसअनुसार मंगलबारसम्म विश्वकपका लागि सहभागी ३२ देशले कूल ८३१ खेलाडी दर्ता गराएका हुन् । मंगलबारसम्म सहभागी सबै… Continue reading विश्वकप उचाल्न ८३१ फूटबलर कतारमा
दशरथ रंगशालामा आज नेपाल र पाकिस्तान भिड्दै
काठमाडौं । नेपाल र पाकिस्तानबीच बुधबार मैत्रीपूर्ण फुटबल हुने भएको छ । खेल दशरथ रंगशालामा बेलुका पाँच बजेबाट सुरु हुनेछ । विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्दैछ । दशरथ रंगशालामा घरेलु टोलीले आज ५० औँ खेल खेल्नेछ । नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा… Continue reading दशरथ रंगशालामा आज नेपाल र पाकिस्तान भिड्दै
नेपाल र यूएईबीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज
काठमाडौं । नेपाल र यूएईबीच आज दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट हुँदैछ । नेपालले पहिलो खेलमा भने हार बेहोरिसकेको छ । यूएई भने आजको खेलमा जित निकाल्दै श्रृङ्खला जित्ने दाउमा हुने छ । नेपालले यूएईलाई सन् २०१९ जनवरीयता हराउन सकेको छैन । ओडीआईमा २०१९ पछि नेपाल यूएईसँग तीन खेलमा पराजित भइसकेको छ । नेपाल र यूएईबीच… Continue reading नेपाल र यूएईबीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज
मेसीको प्रक्षेपण : ब्राजिल, फ्रान्स र इंल्याण्ड विश्वकपका मूख्य दावेदार
काठमाडौं । अर्जेन्टिनाइन कप्तान लिओनल मेसीले ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड विश्वकप २०२२ का मुख्य दाबेदार रहेको बताएका छन् । अन्य देशले भने अर्जेण्टिनालाई दोदार मानिरहेका छन् । पेरिस सेन्ट जर्मेनबाट खेल्ने ३५ वर्षीय फरवार्ड कतारमा विश्वकप जित्दै खेल करिअरलाई सुखद बनाउन र अर्जेन्टिनालाई १९८६ पछि पहिलो ट्रफी जिताउन लयमा छन् । ‘जब हामी दाबेदारबारे कुरा… Continue reading मेसीको प्रक्षेपण : ब्राजिल, फ्रान्स र इंल्याण्ड विश्वकपका मूख्य दावेदार
विश्वकपमा पहिलो पटक महिला रेफ्री
काठमाडौं । आगामी ४ मंसिरबाट कतारमा शुरु हुने विश्वकप फूटबल धेरै अर्थमा पृथक रहनेछ । यसमध्ये एक हो, महिला रेफ्री । पहिलोपल्ट विश्वकपका खेल महिला रेफ्रीले खेलाउने निश्चित भएको छ । यो विश्वकप इतिहासकै कीर्तिमान हुने छ । इतिहास फ्रान्सकी स्टेफेनी फ्रापार्ट, रुवान्डाकी सलिमा मुकानसन्गा र जापानकी योसिमी यामाशिताको नाममा लेखिँदैछ । अन्तर्राष्ट्रिय फुटबल महासंघ… Continue reading विश्वकपमा पहिलो पटक महिला रेफ्री
नेपाल युएईसँग ८४ रनले पराजित, डेब्यू खेलमै साउदको अर्धशतक
काठमाडौं । नेपाल भ्रमणमा रहेको यूएईले आफ्नो पहिलो एक दिवसीय खेल ८४ रनले जितेको छ । तीन एक दिवसीय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा यूएईले नेपाललाई फराकिलो रन अन्तरले पराजित गरेको हो । २६४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ५० ओभर नै ब्याटिङ गरे पनि नाै विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिंह… Continue reading नेपाल युएईसँग ८४ रनले पराजित, डेब्यू खेलमै साउदको अर्धशतक
युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य, मुस्तफाको अर्धशतक
काठमाडौं । नेपाल भ्रमणमा रहेको युएईले २६४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो। यूएईका लागि ७३ बलको सामना गरेका मुस्ताफाले सात चौकासहित ५३ रनको अर्धशतकीय इनिङ खेले। त्यसअघि पहिलो विकेटका लागि ७५ रनको साझेदारी गर्दै मुहम्मद वासिमले ४४… Continue reading युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य, मुस्तफाको अर्धशतक