एल क्लासिको : रियलमाथि बार्सिलोनाको रवाफिलो जित

काठमाडौं । एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल म्याड्रिडलाई रियलकै घरेलु मैदानमा रवाफिलो जित निकालेको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियललाई ४–० गोल अन्तरले हरायो । पछिल्लो समय बार्सिलोना उच्च लयबाट गुज्रिरहेको छ । सान्टियागो बर्नाबाउमा बार्सिलोनालाई जिताउन पिएर एमेरिक औबामेयाङले २ गोल गरे । रोनाल्ड अराउजो र… Continue reading एल क्लासिको : रियलमाथि बार्सिलोनाको रवाफिलो जित

आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । पहिलो खेलमा ब्याटिङ नचल्दा हारेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईसँग दोस्रो खेल खेल्दैछ । यूएइको घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार यूएईको सामना गर्न लागेको हो । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यूएईले समेत पछिल्लो खेल… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र यूएई भिड्दै

आईसीसी विश्वकप लिग–२: नेपालको खराब ब्याटिङ,यूएईसँग लज्जास्पद हार

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ क्रिकेटमा यूएईसँग पराजित भएको छ । शुक्रवार खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको हो । नेपालले ३५.१ ओभरमा अल आउट हुँदै १२० रन मात्र जोड्न सक्यो। नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४६ रन बनाए। उनले ६० बलमा ४ चौका प्रहार गरे। रोहित लगातार दोस्रो अर्धशतक प्रहार गर्न… Continue reading आईसीसी विश्वकप लिग–२: नेपालको खराब ब्याटिङ,यूएईसँग लज्जास्पद हार

आज नेपाल र यूएईबीच एक दिवसीय क्रिकेट हुँदै

काठमाडौं । युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले आज दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्दैछ । श्रृंखलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराएर उच्च मनोवलमा छन् । दुबै टीम जितका लागि मैदान उत्रिने छन् । युएईले पहिलो खेलमा पीएनजीविरुद्ध ७ विकेटको जित निकालेको थियो ।… Continue reading आज नेपाल र यूएईबीच एक दिवसीय क्रिकेट हुँदै

पपुवा न्यूगिनीविरुद्ध नेपालको कठिन जित, रोहित र आरिफबीच कीर्तिमानी साझेदारी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध २ विकेटको जित निकालेको छ । रोहित कुमार पौडेल र आरिफ शेखको कीर्तिमानी शतकीय साझेदारीका कारण आज नेपालको जित सम्भव भएको हो । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा त्रिकोणात्मक श्रृंखला जारी छ । जसमा आज नेपालले पिएनजीलाई हराउन सफल भएको हो ।… Continue reading पपुवा न्यूगिनीविरुद्ध नेपालको कठिन जित, रोहित र आरिफबीच कीर्तिमानी साझेदारी

आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपाल र पपुवा न्यूगिनी भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपाल र पपुवा न्युगिनी भिड्दैछन् । प्रतियोगिता युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी छ । नेपालको खेल आज परे पनि प्रतियोगिताका अन्य खेल भने मंगलबारबाटै शुरु भए । आईसीसी क्रिकेट विश्वकप लिग टु आगामी वान डे विश्वकपमा पुग्ने यात्राको पहिलो पाइला हो । नेपाल र पपुवा न्युगिनीबीचको खेल… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपाल र पपुवा न्यूगिनी भिड्दै

यू-१८ महिला साफ च्याम्पियनसिप आजबाट, नेपाल र भारत भिड्दै

Photo : NSJF

काठमाडौं । यू–१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण आजबाट शुरु हुँदैछ । भारतको जम्सेदपुरमा आयोजना भएको उद्घाटन खेलमा नेपाल र आयोजक भारत भिड्ने भएका छन् । प्रतियोगितामा नेपाल, भारत र बंगलादेश गरी तीन वटा मात्र राष्ट्रले भाग लिएका छन् । चैत १० गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा आयोजना हुँँदैछ । लिगमा… Continue reading यू-१८ महिला साफ च्याम्पियनसिप आजबाट, नेपाल र भारत भिड्दै

रोनाल्डोले गरे ह्याट्रिक, बन्यो कीर्तिमान

लण्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई ३–२ ले हराएको छ । शनिबार भएको यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पुरा गरे । यससँगै उनको नाममा एक अर्को गोलको कीर्तिमान बनेको छ । रोनाल्डो पछिल्ला १० खेलमा गोलविहिन थिए । तर, आलोचकको मुख थुन्दै उनले सुन्दर गोल गरेका छन् । क्लब र देशका लागि रोनाल्डाले… Continue reading रोनाल्डोले गरे ह्याट्रिक, बन्यो कीर्तिमान

च्याम्पियन्स लिगमा रियलको उत्कृष्ट पुनरागमन जित, पीएसजी बाहिरियो

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्ध्लव पिएसजी अत्मि १६ बाटै बाहिरिएको छ । यो क्लवमा संसारकै उत्कृष्ट स्ट्राइकरहरुको जमघट छ । तर, डिफेन्समा कमजोर प्रदर्शन गरेको उसलाई बुधबार राती सम्पन्न प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन गर्दै हरायो । रियलको जितमा करिम बेन्जेमा हिरो सावित भए । उनले ह्याट्रिक गोल गर्न सफल भए… Continue reading च्याम्पियन्स लिगमा रियलको उत्कृष्ट पुनरागमन जित, पीएसजी बाहिरियो

नेपाल र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ । नेपालले थाइल्याण्डसँग उसैको मैदान चोनबरीमा मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी गराएको छ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मार्च २७ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । एएफसी… Continue reading नेपाल र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल हुने

शेन वार्नको शव अस्ट्रेलिया लगियो, मृत्यु प्राकृतिक

REUTERS\BBC

काठमाडौं । साथिहरुसँग बिदा मनाउन थाइल्याण्ड आएका अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको शव अस्ट्रेलिया लगिएको छ । अस्ट्रेलिया सरकारले उनको राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गर्ने भएको छ । उनको मृत्युबारे आंशका भइरहेको समयमा थाईल्यान्डमा प्राकृतिक कारणबाट मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ५२ वर्षीय वार्नको पोस्टमोर्टम गर्दा मृत्युको कुनै अन्य कारण फेला नपरेको एक… Continue reading शेन वार्नको शव अस्ट्रेलिया लगियो, मृत्यु प्राकृतिक

विश्वचर्चित अस्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन

काठमाडौं । विश्वचर्चित अष्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन भएको छ । उनी मात्र ५२ वर्षका थिए । वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा वार्नको शनिबार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको उल्लेख गरिएको संचारमाध्यमले लेखेका छन् । सूचनामा उनको हृदयघातका कारण निधन भएको आशंका गरिएको छ । उनी आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका… Continue reading विश्वचर्चित अस्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन

विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा, को-को खेलाडी परे ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान्) ले सन्दीप लामिछानेको कप्तानीमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय सिरिजको लागि खेलाडी छनोट गरेको छ । क्यानले यूएईमा आयोजना हुने त्रिदेशीय सिरिजको लागि बिहीबार अबेर घोषणा गरेको टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की र विनोद भण्डारीले पूनरागमन गरेका छन्… Continue reading विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा, को-को खेलाडी परे ?

रुसलाई फिफा र यूईएफले लगाए प्रतिवन्ध

sportingnews.com

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफ) ले रुसी राष्ट्रिय टिम र क्लबलाईअन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएका छन् । रुसले युक्रेनमाथि सैन्य हमला गरेको विरोधमा फुटबलका ठूला नियामककारी निकायले अनिश्चितकालका लागि रुसमाथि प्रतिबन्ध लगाएका हुन् । यसबाट कतार विश्वकप र महिला युरो २०२० मा रुसको सहभागिता अनिश्चित भएको छ । प्रतिवन्ध कायम… Continue reading रुसलाई फिफा र यूईएफले लगाए प्रतिवन्ध

मछिन्द्रले उचाल्यो ए-डिभिजन लिगको उपाधी

काठमाडौं । डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लव सहिद स्मारक लिग ए डिभिजन च्याम्पियन बनेको छ । लिगमा क्लव अपराजित छ । क्लवले शनिबार उपाधी उचालेको हो । दशरथ रंगशालामा सम्पन्न अन्तिम खेल सकिन नौ मिनेट अगाडि सब्टिच्युट रेजिन सुब्बाले गरेको गोल क्लवको जितमा निर्णायक बन्यो । मछिन्द्रले एपीएफलाई २–१ ले हराएको हो । लगातार ११ खेलमा… Continue reading मछिन्द्रले उचाल्यो ए-डिभिजन लिगको उपाधी

नेपोलीलाई हराउँदै बार्सिलोना युरोपा लिगको अन्तिम १६ मा

काठमाडौं । युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउन बार्सिलोनाले नेपोलीमाथि सानदार जित निकालेको छ । बिहीबार दोस्रो लेगमा बार्सिलोना ४–२ ले विजयी भयो । समग्रमा ५–३ ले टीम अगाडि रह्यो । बार्सिलोनाका लागि जोर्डी अल्बा, फ्रेन्क डे जोङ, जेरार्ड पिके र पिएरे एमरिक अबमेयाङले गोल गरे । बार्सिलोनाले अहिलेसम्म युरोपा लिग जितेको छैन ।

विश्वकप छनोटमा नेपाल तेस्रो बन्यो, ओमानविरुद्ध सानदार जित

काठमाडौं । आईसीसी टी २० ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो बनेको छ । अष्ट्रेलियामा आयोजना हुने टी २० विश्वकपमा छनोट हुन असफल भएको नेपालले बिहीबार आयोजक ओमानसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेको हो । जहाँ नेपाल ९ विकेटको फराकिलो अन्तरमा विजयी भयो । ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७.२… Continue reading विश्वकप छनोटमा नेपाल तेस्रो बन्यो, ओमानविरुद्ध सानदार जित

विश्वकप छनोटबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायरबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि बिहीबार ओमानको सामना गर्दैछ । यस पटक ओमानसँग नेपाल लगातार तेस्रो पटक भिड्न लागेको हो । ओमान र नेपाल यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट हुन असफल टीम हुन् । दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका हुन् । नेपाल… Continue reading विश्वकप छनोटबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज ओमानसँग खेल्दै

यूएईसँग हारेसँगै नेपालको विश्वकप यात्रा समाप्त

काठमाडौं । नेपालले टी–२० विश्वकप खेल्ने सूनौलो अवसर गुमाएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले हार्न पुग्यो । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालको बलिङ र ब्याटिङ दुवै चल्न सकेन । युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा अलआउट हुँदै १०७ रनमा समेटियो ।… Continue reading यूएईसँग हारेसँगै नेपालको विश्वकप यात्रा समाप्त

विश्वकप छनोट: आज यूएईलाई हराउन सके नेपाल विश्वकपमा जाने

काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायर अन्तर्गत आज सेमिफाइनल चरणका खेल हुँदैछन् । नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराएको नेपाल समूह बीको विजेता हो । यूएई समूह एको उपविजेता हो । दोस्रो सेमिफाइनल खेल समेत आजै हुनेछ । अर्को खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।… Continue reading विश्वकप छनोट: आज यूएईलाई हराउन सके नेपाल विश्वकपमा जाने

नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

File

काठमाडौं । विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले बधाई दिएका छन् नेपालले सोमबार क्यानडालाई हराउँदै आईसीसी टी–२० विश्व कप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता ओमानमा जारी छ । ट्वीट गर्दै राष्ट्रपति भण्डारीले भनेकि छिन्, ‘ओमानमा जारी टी–२० विश्व कप… Continue reading नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

नेपालले अब एक खेल जितेमा विश्वकप खेल्ने पक्का, क्यानडा हार्यो

काठमाडौं । नेपाल यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप छनोटको नजिक पुगेको छ । मंगलबार नेपालले यूएईलाई हराएर फाइनलमा प्रवेश गर्न सकेमा विश्वकपमा छनोट हुने छ । सोमबार नेपालले क्यानडालाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै आइसीसी टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यससँगै अब एक खेलबाट नेपालको विश्वकप यात्रा तय… Continue reading नेपालले अब एक खेल जितेमा विश्वकप खेल्ने पक्का, क्यानडा हार्यो

भ्यालेन्सियामाथि बार्सिलोनाको सानदार जित

काठमाडौं । स्पेनिस लालिगामा बार्सिलोनाले भ्यालेन्सियामाथि सानदार जित निकालेको छ । पिएरे एमरिक अबमेयाङको ह्याट्रिकको मद्दतले स्पेनी ला लिगामा बार्सिलोनाले आइतबार भ्यालेन्सियालाई ४–१ ले हराएको हो । जितपछि लिगमा बार्सिलोनाको अपराजित यात्रा नौ खेल पुगेको छ । फेब्रुअरीमै मात्र अबमेयाङ आर्सनलबाट बार्सिलोना आएका थिए । भ्यालेन्सियाविरुद्ध पहिलोपल्ट सुरुदेखि खेल्ने अवसर पाए । बार्सिलोनाका लागि अर्को… Continue reading भ्यालेन्सियामाथि बार्सिलोनाको सानदार जित

टी-२० विश्वकप छनोट : नेपालले आज अमेरिकी मुलुक क्यानडाको सामना गर्दै

काठमाडौं ।, आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर एमा नेपालले आज समूह चरणको अन्तिम खेल अमेरिकी मुलुक क्यानडासँग खेल्दैछ ।खेल ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा हुने छ । नेपाली सयम अनुसार अपराह्न ३ः४५ बजे खेल शुरु हुने भएको छ । नेपालले यसअघि लगातार दुई खेल जितिसकेको छ । नेपाल समूहको शीर्ष स्थानमा छ ।… Continue reading टी-२० विश्वकप छनोट : नेपालले आज अमेरिकी मुलुक क्यानडाको सामना गर्दै

टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल नजिक

काठमाडौं । टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल जित निकालेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकालेको नेपाल सेमिफाइनल नजिक पुगेको छ । फिलिपिन्सविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले १०४ रनको अविजित शतकीय इनिङ्स खेलेका छन् । उनी टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो नेपाली क्रिकेटर बने । यसअघि… Continue reading टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल नजिक

विश्वकप छनोट : आज नेपाल र फिलिपिन्स भिड्दै

File

काठमाडौं । आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा आज नेपाल र फिलिपिन्स भिड्दैछन । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुदैछ । यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले शुक्रबार क्यानडासँग ११८ रनको हार ब्यहोरेको… Continue reading विश्वकप छनोट : आज नेपाल र फिलिपिन्स भिड्दै

विश्वकप छनोट : आज नेपाल र ओमान भिड्दै

काठमाडौं । टी–२० विश्वकपको छनोट (ग्लोबल क्वालिफायर)का खेलहरु आजबाट ओमानमा शुरु हुँदैछन् । प्रतियोगिताको पहिलो खेलमा शुक्रबार आयोजक ओमानविरुद्ध नेपालले सामना गर्दैछ । यो खेलले समूह चरणबाट माथि जाने टीमको आंकलन गर्न सक्ने अवस्था रहेकाले समेत दुबै टीमका लागि खेलको नतिजा महत्वपूर्ण हुने छ । ग्लोबल क्वालिफायर ए मा नेपालसहित आठवटा देशले प्रतिस्पर्धा गर्दैछन् ।… Continue reading विश्वकप छनोट : आज नेपाल र ओमान भिड्दै

नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दामा हरि खड्का दोषि ठहर

काठमाडौं । फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको फैसला सुनाएको छ । उनलाई ५ हजार जरिवाना तोकिएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १६ को… Continue reading नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दामा हरि खड्का दोषि ठहर

पीएसजीले रियललाई हरायो, मेसीको पेनाल्टी रोकियो

काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युइएफए च्याम्पियन्स लिग अन्तर्गगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको छ। केलियन एम्बाप्पेको एक मात्र गोल निर्णायक गोल गरे । पिएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १–० ले हराउँदै अग्रता लिएको छ । पार्क डेस प्रिन्सेस मैदानमा पाहुना टोलीलाई दबाबमा राखे पनि गोलका लागि अन्तिमसम्म… Continue reading पीएसजीले रियललाई हरायो, मेसीको पेनाल्टी रोकियो

लगातार दुई खेल हारेको नेपालको टी-२० वरियता एक स्थान झर्यो

File

काठमाडौं । लगातार दुई खेल हारेको नेपालको आइसीसी टी २० वरियता एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टी २० वरीयतामा नेपाल एक स्थान तल झरेको हो । नेपाल १३ औं स्थानमा आएको छ । यसअघि १२ औं स्थानमा थियो । ओमानमा सोमबार सम्पन्न चारदेशीय टी २० सिरिजमा तीन खेलमध्ये… Continue reading लगातार दुई खेल हारेको नेपालको टी-२० वरियता एक स्थान झर्यो