काठमाडौं । नेपालका कप्तान सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन्। चारदेशीय शृंखलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् । यो सँगै नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर बनेका छन्। ओमानमा जारी टी-२० सिरिजमा उनले आयरल्यान्डका जर्ज डकरेललाई २८ रनमा आउट गरेका हुन्। उनले समग्र… Continue reading सन्दीप लामिछाने नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर
Category: खेलकुद
चार देशीय टी-२० सिरिज : आज नेपाल र आयरल्याण्ड भिड्दै
काठमाडौं । ओमानमा जारी चार देशीय टी २० सिरिजमा आज नेपाल र आयरल्याण्ड भिड्ने भएका छन् । यो नेपालको तेस्रो तथा अन्तिम खेल हो । खेल मस्कटस्थित अल अमरेट क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे खेल सुरु हुने कार्यक्रम छ । ओमानमा १८ फेब्रुअरीदेखि सुरु हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को… Continue reading चार देशीय टी-२० सिरिज : आज नेपाल र आयरल्याण्ड भिड्दै
पहिलो दिनको आइपीएल अक्सनमा सन्दीप बिकेनन्, आज झिनो आश
काठमाडौं । आइपिएल २०२२ को अक्सनको पहिलो दिन नेपालका कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन् । कुल १० टीमले खेलाडी भित्राउन करोडौं रपैयाँ खर्च गरिरहेपनि सन्दीपका लागि भने कुनै पनि टीम इच्छुक देखिएनन् । दुई दिनसम्म चल्ने अक्सनको पहिलो दिन सन्दीपको नाम अन्तिममा आएको थियो। अनसोल्ड खेलाडीलाई आज अन्तिम पटक टिमहरूको कोटा पूरा गर्न न्यूनतम… Continue reading पहिलो दिनको आइपीएल अक्सनमा सन्दीप बिकेनन्, आज झिनो आश
चारदेशीय टी-२० सिरिज: यूएईले नेपाललाई हरायो
काठमाडौं । चारदेशीय टी २० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले हारेको छ । ओमानको मस्कटमा सम्पन्न खेलमा युएईले नेपाललाई १९३ रनको विशाल लक्ष्य दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले… Continue reading चारदेशीय टी-२० सिरिज: यूएईले नेपाललाई हरायो
आज आइपीएल अक्सन, सन्दीप छानिएलान ?
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)को अक्सन आज हुँदैछ । विश्वभरबाट चर्चित खेलाडी लिएर संचालन हुने यो प्रतियोगितामा नेपालबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने मात्र प्रतिस्पर्धामा छन् । भारतको बेंगलुरुमा आईपीएलको नयाँ सिजनको लागि हुने मेगा अक्सन हुन लागेको हो । नेपालबाट सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरेका थिए ।… Continue reading आज आइपीएल अक्सन, सन्दीप छानिएलान ?
चारदेशीय टी-२० सिरिज : आज नेपाल र यूएई भिड्दै
काठमाडौं । ओमानमा जारी चार देशिय टी-२० सिरिजमा आज दोस्रो खेलमा नेपाल र युएई भिड्दैछन् । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार ११ : ४५ बजे सुरु हुने गरि तय भएको छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप यो प्रतियोगिता भइरहेको छ । सिरिजको पहिलो खेलमा नेपालले घरेलु… Continue reading चारदेशीय टी-२० सिरिज : आज नेपाल र यूएई भिड्दै
चार मुलुक सहभागी क्रिकेट सिरिजमा नेपालको विजयी शुरुवात
काठमाडौं । चार देशीय टी २० सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । पहिलो खेलमा नेपालले ओमानमाथि ६ विकेटको जित निकालेको हो । दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएसँगै नेपालले ३ बल अगाडी नै लक्ष्य भेटायो । यससँगै नेपालका नयाँ कप्तान सन्दीप लामिछानेले कप्तानी डेब्यु जितबाट गर्न… Continue reading चार मुलुक सहभागी क्रिकेट सिरिजमा नेपालको विजयी शुरुवात
चार मुलुक सहभागी क्रिकेट सिरिज आजबाट, नेपाल र ओमान भिड्दै
काठमाडौं । चार मुलुक सहभागी रहेको क्रिकेट सिरिज आजबाट शुरु हुँदैछ । आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर अगाडी यो सिरिज हुन लागेको हो । ओमानको घरेलु मैदान मस्कटस्थित अल अमिरातमा दिउँसो ३ः४५ बाट खेल सुरु हुनेछ । नेपालमा हिमालय टिभिबाट खेल प्रत्यक्ष हेर्न सकिे छ । नेपाल, ओमान, आयरल्याण्ड र युएई सिरिजमा खेल्दैछन् ।… Continue reading चार मुलुक सहभागी क्रिकेट सिरिज आजबाट, नेपाल र ओमान भिड्दै
फिफा वरीयतामा नेपाल दुई स्थान उक्लियो, बेल्जियम शीर्ष स्थानमा यथावत
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयतामा सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको हो। यसअघि नेपाल १६९ औं स्थानमा थियो । नेपालको ९८२।.२ अंक छ। नेपालले यही महिना अफ्रिकी राष्ट्र मरिससमाथि दुई खेलमा जित निकालेको थियो। दक्षिण एसियामा… Continue reading फिफा वरीयतामा नेपाल दुई स्थान उक्लियो, बेल्जियम शीर्ष स्थानमा यथावत
विश्वकपमा छनोट हुने लक्ष्य बोकेर नेपाली क्रिकेट टोली ओमान उड्दै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीम विश्वकपमा छनोट हुने लक्ष्य बोकेर मंगलबार ओमान उड्दैछ । आईसीसी पुरुष टी–२० विश्व कपको अन्तिम छनोटका रुपमा ग्लोबल छनोट ‘ए’ प्रतियोगिता हुँदैछ । यहाँबाट छनोट हुने दुई टीमले विश्वकपमा भाग लिन सक्नेछन् । मंगलबार राती ८ बजे नेपाली टोली सो मुलुक प्रस्थान गर्नेछ । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित… Continue reading विश्वकपमा छनोट हुने लक्ष्य बोकेर नेपाली क्रिकेट टोली ओमान उड्दै
सेनेगलले उचाल्यो अफ्रिकी कप नेसन्सको उपाधी
काठमाडौं । अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ । फाइनलमा ७ पटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगलले ६० वर्षपछि उपाधीमाथि कब्जा जमाएको हो । सेनेगल पहिलोपटक यो उपाधी जित्न सफल भयो । क्यामरुनमा आइतबार राति सम्पन्न फाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएको थियो… Continue reading सेनेगलले उचाल्यो अफ्रिकी कप नेसन्सको उपाधी
यू-१९ विश्वकपको उपाधी भारतले जित्यो
काठमाडौं । अण्डर-१९ विश्वकपको उपाधी भारतले उचालेको छ । भारतले इङ्गल्याण्डमाथि ४ विकेटको जित निकाल्दै पाँचौ पटक विश्व च्याम्पियन बनेको हो । इंग्ल्याण्डले दिएको १८९ रनको मध्यम योगफल भारतले १४ बल बाँकी हुँदै ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर फेला पार्यो । भारतका लागि शेख रसिद र निशान्त सिन्धुले ५० रनको अर्धशतकीय इनिङ खेले… Continue reading यू-१९ विश्वकपको उपाधी भारतले जित्यो
अमेरिका र भारतको कुटनैतिक बहिस्कारका बीच शितकालिन ओलम्पिक्स चीनमा शुरु
बेइजिङ । शितकालिन ओलम्पिक्स शुक्रबार देखी चीनमा शुरु भएको छ । ओलम्पिक बेइजिङमा आयोजना गरिएको छ । यस सङ्गै बेइजिङ ग्रीष्मकालीन र शीतकालीन दुवै ओलिम्पिक्स आयोजना गर्ने एक मात्र सहर बनेको छ। कोभिड-१९ को नियन्त्रण, मानवअधिकार हनन्को आरोप र ‘कूटनीतिक’ बहिष्कारका कारण ओलिम्पिक्समा राजनीतिक छाया पनि परेको छ। ओलम्पिक्समा खेल प्रतियोगिताहरू हुने खेलस्थलमा भएका अधिकांश… Continue reading अमेरिका र भारतको कुटनैतिक बहिस्कारका बीच शितकालिन ओलम्पिक्स चीनमा शुरु
अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्ट र सेनेगल भिड्ने
काठमाडौं । अफ्रिका कप अफ नेसन्स कपको उपाधीका लागि इजिप्ट र सेनेगल भिड्ने भएका छन् । स्टार फुटबलर मोहम्मद सलाहको टीम इजिप्टले बिहीबार अफ्रिका कप अफ नेसन्समा आयोजक क्यामरुनलाई दोस्रो सेमिफाइनलमा हराउँदै फाइनल प्रवेश गरेको हो । खेलको १ सय २० मिनेट गोलरहित बराबरीमा टुंगेपछि टाइब्रेकरमा इजिप्टले क्यामरुनलाई ३–१ ले हराएको हो । इजिप्टका लागि… Continue reading अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्ट र सेनेगल भिड्ने
मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी, तीन रातो कार्ड
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकन राष्ट्र मरिससविरुद्ध नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ । खेल भने तनावपूर्ण बनेको छ । तीन खेलाडीले रातो कार्ड पाए । नेपालका एक र मरिससका दुई खेलाडीले रातो कार्ड पाए । दशरथ रंगशालामा सुजल श्रेष्ठले १० औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । राष्ट्रिय टिममा पहिलो… Continue reading मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी, तीन रातो कार्ड
सन्दीप आइपीएलको मेगा अक्सनमा, न्यूनतम मूल्य ४० लाख भारु
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मेगा अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र सहभागी हुने भएका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बीसीसीआई)ले मंगलबार सार्वजनिक गरेको एक्सन सहभागी हुने खेलाडीको लिस्टमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र नाम समावेश गरेको हो । दिल्लीबाट तीन पटक आइपीएल खेलेका सन्दीपले न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ)… Continue reading सन्दीप आइपीएलको मेगा अक्सनमा, न्यूनतम मूल्य ४० लाख भारु
दोस्रो मैत्रीपूर्ण खेलमा आज नेपाल र मरिसस भिड्दै
काठमाडौं । नेपाल र मरिससबीच मंगलबार दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुँदैछ । यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल विजयी भएको थियो । नेपाललाई जित दिलाउन विमल घर्तीमगरले गरेको गोल निर्णय बनेको थियो । प्रशिक्षक अबदुल्लाह अलमुताइरीले आज दुई खेलाडी परिवर्तन गरेका छन्… Continue reading दोस्रो मैत्रीपूर्ण खेलमा आज नेपाल र मरिसस भिड्दै
राफेल नाडाललाई कीर्तिमानी ग्रान्डस्लाम टेनिसको उपाधि
काठमाडौं । स्पेनिस टेनिस स्टार राफेल नाडालले कीर्तिमानी ग्रान्डस्लाम टेनिसको उपाधि जितेका छन् । उनी सर्वाधिक पटक ग्रान्डस्लाम टेनिस उपाधी जित्ने पहिलो खेलाडी बन्न सफल भए । आइतबार मेलवर्नमा भएको अस्ट्रेलियन ओपनतर्फ पुरुष एकलको उपाधि जित्दै ३५ वर्षीय नाडालले महत्वपूर्ण कीर्तिमान आफ्नो नाममा लेखाए । उनले विश्व दोस्रो वरीयतामा रहेका रुसी स्टार डानियल मेदभेदेभलाई हराएका… Continue reading राफेल नाडाललाई कीर्तिमानी ग्रान्डस्लाम टेनिसको उपाधि
मैत्रिपूर्ण खेलमा मोरिससलाई नेपालले हरायो, विमलले गरे गोल
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरिससलाई नेपालले हराएको छ । यी दुई मुलुकबीच पहिलो पटक भेटमा भएको हो । घरेलु मैदानमा भएको खेलमा नेपालले बाजी मारेको हो । विमल घर्ती मगरले गरेको एक मात्र गोल नेपालको जितमा निर्णायक बन्यो । शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरेका हुन्… Continue reading मैत्रिपूर्ण खेलमा मोरिससलाई नेपालले हरायो, विमलले गरे गोल
नेपाल र अफ्रिकी मुलुक मोरिसस आज मैत्रिपूर्ण फुटबल खेल्दै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीच आज पहिलो मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेल ४ः४५ बजे सुरु हुँदैछ । नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल्दा जितको लक्ष्य राखेको छ । यी दुई टीमको फिफा वरियता करीव समान छ । नेपाली टीमको कप्तानी किरण चेम्जोङले पगर्दैछन् । माल्दिभ्समा व्यवसायिक फुटबल… Continue reading नेपाल र अफ्रिकी मुलुक मोरिसस आज मैत्रिपूर्ण फुटबल खेल्दै
एसियाली महादेशबाट इरान विश्वकपमा छनोट
तेहरान । आगामी नोभेम्बरमा कतारले आयोजना गर्ने फिफा विश्वकप-२०२२ मा इरानले आफ्नो स्थान पक्का गरेको छ । कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा इराकविरुद्धको खेलमा १-० को जित निकाल्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली मुलुक बनेको छ । तेहरानस्थित आजादी स्टेडियममा भएको खेलमा इरानका मेहदी तारेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।… Continue reading एसियाली महादेशबाट इरान विश्वकपमा छनोट
राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दा
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अभियोग लागेको छ । उनले नेपाल प्रहरीमा जागिर खाँदा यस्तो कसुर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले बुधबार विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका अनुसार खड्काले पेस गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली… Continue reading राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दा
मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय टोली घोषणा, ९ जना नयाँ अनुहार
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि सबै ३४ सदस्यीय टोली घोषणा गरेको छ । मौरिसससँग हुने दुई खेलमा दुई टोली गठन गरी खेलाडीलाई मैदानमा उतारिने भएको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा दशरथ रंगशालामा हुने दुई खेलमा लागि जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ,… Continue reading मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय टोली घोषणा, ९ जना नयाँ अनुहार
आइपीएलमा छनोटका लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता, को-को छन् ?
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा नेपालबाट १५ खेलाडीले नाम दर्ता भएको छ । आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा नेपालबाट १५ खेलाडी रहेको नेपाल क्रिकयेट संघले जनाएको छ । खेलाडी दर्ता गर्न २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतका ८९६ र… Continue reading आइपीएलमा छनोटका लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता, को-को छन् ?
विश्वकप छनोट अघि नेपालले चार मुलुक सहभागी सिरिज खेल्ने
काठमाडौं । आगामी महिना आयोजना हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरअघि नेपालले चार मुलुकले भाग लिने टी-२० सिरिज खेल्ने भएको छ । यो सिरिजका खेलहरुले टी२० अन्तर्राष्ट्रियको मान्यता समेत पाउने छन् । नेपालसहित ओमान, यूएई र आयरल्याण्ड सम्मिलित सिरिज हुने भएको नेपाल क्रिकेट संघ क्यानले शनिबार जनाएको छ । टी-२० ग्लोबल क्वालिफायरको तयारीस्वरुप यो सिरिज… Continue reading विश्वकप छनोट अघि नेपालले चार मुलुक सहभागी सिरिज खेल्ने
सन्दीपको कप्तानीमा टी-२० विश्वकप छनोट खेल्ने टिम घोषणा, सोमपाल परेनन् (सूचीसहित)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टिममा विनोद भण्डारी, सोमपाल कामी अटाएका छैनन् । युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्… Continue reading सन्दीपको कप्तानीमा टी-२० विश्वकप छनोट खेल्ने टिम घोषणा, सोमपाल परेनन् (सूचीसहित)
एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
काठमाडौं । विभागीय एपीएफ क्लबले प्रधानमन्त्री कप क्रिकेटको उपाधि जितेको छ। फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्यापियन बनेको हो । त्रिवि क्रिकेट मैदानमा एपिएफले दिएको १५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको एपीएफ १९ ओभर ५ बलमा १५७ रनमा अलआउट… Continue reading एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
रोबर्ट लेवान्डोस्कीले जिते फिफा बेस्ट अवार्ड
काठमाडौं । अर्जेन्टाइन स्टार लियोनल मेस्सी र इजिप्टका मोहम्मद सलाहलाई उछिन्दै बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्ने पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा बेस्ट अवार्ड २०२१ को उपाधि जितेका छन् । ३३ वर्षीय लेवान्डोस्कीले लगातार दोस्रो बेष्ट अवार्ड जितेका हुन् । सन् २०२० मा समेत उनले अवार्ड पाएका थिए । अवार्ड पाउँदा गर्वको महसुस भएको उनले बताए… Continue reading रोबर्ट लेवान्डोस्कीले जिते फिफा बेस्ट अवार्ड
नोभाक जोकोभिकको भिसा अष्ट्रेलियाले दोस्रो पटक रद्द गर्यो
सिड्नी । सर्वियाका टेनिस स्टार नोभाक जोकोभिकको भिसा अस्ट्रेलियाले दोस्रो पटक रद्द गरेको छ । कोरोनाविरूद्धको खोप नलगाइ अस्ट्रेलिया छिरेको भन्दै दोस्रो पटक उनको भिसा रद्द गरिएको हो। ३४ वर्षीय जोकोभिकले यो निर्णयविरुद्ध अर्को कानुनी लडाइँ लड्ने बाटो बाँकी नै रहेको समाचार छ । अस्ट्रेलियन ओपन खेल्न मेलवर्न पुगेका जोकोभिकले आगामी सोमबार पुरुष एकलमा प्रतिस्पर्धा… Continue reading नोभाक जोकोभिकको भिसा अष्ट्रेलियाले दोस्रो पटक रद्द गर्यो
स्पेनिस सुपरकपमा बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा
काठमाडौं । बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनल प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा अतिरिक्त समयमा निर्णायक गोल गर्दै रियल विजयी भएको हो । साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसन स्टेडियममा भएको पहिलो सेमिफाइनलमा रियलले ३-२ को रोमाञ्चक जित निकाल्यो । रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जिमा र फेडे भाल्भेर्डेले… Continue reading स्पेनिस सुपरकपमा बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा