काठमाडौं । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । फ्रान्समा लिग खेलिरहेकी गोलमेसिन तथा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा आजबाट टीममा… Continue reading साफ महिला फूटबल : आज नेपाल र माल्दिभ्स भिड्दै
Category: खेलकुद
नेपाल र अमेरिकाबीच तेस्रो टी-२० खेल जारी
काठमाडौं । तेस्रो तथा अन्तिम टी–२० आई खेलमा नेपाललाई अमेरिकाले १५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सोमपाल कामीले… Continue reading नेपाल र अमेरिकाबीच तेस्रो टी-२० खेल जारी
अमेरिकामाथि नेपालको रोमाञ्चक जित
काठमाडौं । नेपालले अमेरिकामाथि रोमान्चक जित निकालेको छ । यससँगै नेपालले टी–२० आई सिरिज समेत जितेको छ । पहिलो खेल सहजै जितेको नेपाललले दोस्रो खेलमा भने संघर्ष गर्नु परेको छ । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालले टस जितेर ब्याट रोजेको थियो । नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो ।… Continue reading अमेरिकामाथि नेपालको रोमाञ्चक जित
दोस्रो टी-२० खेलमा नेपाल र अमेरिका भिड्दै
काठमाडौं । दोस्रो टी–२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ। कुशल भुर्तेलको अर्धशतकमा नेपालले छ विकेटको क्षतिमा १७० रन जोड्यो।अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशलले ९२ रन जोडे। उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरे। नेपालका ओपनर अनिल साहले ३१ बलमा… Continue reading दोस्रो टी-२० खेलमा नेपाल र अमेरिका भिड्दै
सन्दीपले पाए अमेरिकाको भिसा, आजै जाने
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार काठमाडौँस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । क्यानले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले भिसा पाएको जानकारी गराएको हो । प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीप शुक्रबार साँझ नै अमेरिका प्रस्थान गर्नेगरी तयारी सुरु भएको छ । भिसा पाएसँगै सन्दीप… Continue reading सन्दीपले पाए अमेरिकाको भिसा, आजै जाने
साफ वुमन्स च्याम्पियनसिप २०२४ : नेपाल र भूटान बराबरी खेले
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल र भुटान बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरि खेखेका हुन् । दुबै टीमले अंक बाँडे । साफ वुमन्स च्याम्पियनसिप ईतिहासमा नेपाल पहिलो पटक भुटानलाई हराउन असफल रह्यो । साफमा कुनै पनि टिमसँग नेपालको यो पहिलो बराबरी… Continue reading साफ वुमन्स च्याम्पियनसिप २०२४ : नेपाल र भूटान बराबरी खेले
टी-२० सिरिज : नेपालले अमेरिकालाई हरायो
काठमाडौं । नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकालाई हराएको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका १४७ रनमै समेटियो । अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् । अमेरिकाका लागि शायनले अविवित… Continue reading टी-२० सिरिज : नेपालले अमेरिकालाई हरायो
साफ वुमन्स च्याम्पियनसिप-२०२४, नेपाल र भुटान आज भिड्दै
काठमाडौं । नेपालले घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप(२०२४ मा आज भुटानसँग पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । आजको खेलमा सावित्रा भण्डारी (साम्बा) अनुपस्थित हुनेछिन् । उनी फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले पहिलो खेल गुमाउने भएकी हुन् ।युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर… Continue reading साफ वुमन्स च्याम्पियनसिप-२०२४, नेपाल र भुटान आज भिड्दै
टी-२० सिरिजमा नेपाल र अमेरिकाबीच खेल जारी, नेपालको प्रभावशाली प्रदर्शन
काठमाडौं । नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकाले १२ रनमा २ विकेट गुमाइसकेको छ । यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको हो । नेपालका कप्तान रोहित पौडेलले… Continue reading टी-२० सिरिजमा नेपाल र अमेरिकाबीच खेल जारी, नेपालको प्रभावशाली प्रदर्शन
साफ महिला फुटबल मेला आजबाट काठमाडौंमा, भारत र पाकिस्तान भिड्दै
काठमाडौं । दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप पुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यही हारको पीडालाई बिर्साउँदै… Continue reading साफ महिला फुटबल मेला आजबाट काठमाडौंमा, भारत र पाकिस्तान भिड्दै
अर्जेण्टिनाका लागि मेसीको सानदार ह्याट्रिक, ६–० ले विजयी
काठमाडौं । लियोनल मेसीले पुनरागमन खेलमा आफ्नो मुलुकका लागि ह्याट्रिक गरेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा विश्व च्याम्पियन अर्जेन्टिनाले बुधबार बोलिभियामाथि ६–० को विशाल जित निकालेको छ । ब्युनर्स आयर्समा भएको खेलमा मेसीले १९ औं मिनेटमा पहिलो गोल गरेका थिए । ८४ तथा ८६ औं मिनेटमा थप दुई गोल गरेका उनले ह्याट्रिक पूरा गरे… Continue reading अर्जेण्टिनाका लागि मेसीको सानदार ह्याट्रिक, ६–० ले विजयी
साफ फुटबलको दोस्रो ठूलो मेला वुमन्स च्याम्पियनसिप नेपालमा हुँदै, तयारी पुरा
काठमाडौं । घरेलु मैदानमा आयोजना हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले मंगलबार पत्रकार सम्मेलन गरी च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार अहिलेसम्म ३ टिम… Continue reading साफ फुटबलको दोस्रो ठूलो मेला वुमन्स च्याम्पियनसिप नेपालमा हुँदै, तयारी पुरा
अभ्यास खेलमा नेपालको लगातार दोसो जित
काठमाडौं । तीव्र गतिका बलर करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपालले तेस्रो अभ्यास खेलमा क्यानडाको हाइप्रोफोमेन्स (एचपी) लाई १० रनले हराएको छ । योसँगै तीन खेलको अभ्यास खेल नेपालले २–१ ले जितेको छ । १८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४.५ ओभरमा १७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले ११६ बलमा… Continue reading अभ्यास खेलमा नेपालको लगातार दोसो जित
बाढीमा ज्यान गुमाएका खेलाडीका परिवारलाई एन्फाले ८ लाख रुपैयाँ राहत दिने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ मा पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीका परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। आइतबार बसेको आपतकालीन बैठकमा गत असोज १२ गते ज्यान गुमाएका मृतकका परिवारलाई ८ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो। खेलाडीहरू आदित्य बलम्पाखी, विकल रेग्मी,… Continue reading बाढीमा ज्यान गुमाएका खेलाडीका परिवारलाई एन्फाले ८ लाख रुपैयाँ राहत दिने
एनपीएलको अक्सन सम्पन्न, कुन खेलाडी कतिमा बिके ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सहभागी सबै ८ फ्रेन्चाइज टोलीले ग्रेड ए मा तीन, बी मा चार र सी मा तीन खेलाडी किनेका छन् । कुल १६४ खेलाडी अक्सनमा सहभागी हँदा ८० खेलाडी बिक्री भएका थिए । अक्सनमा कुल १२ खेलाडी उच्चतम मूल्य १५ लाख रुपैयाँमा बिके… Continue reading एनपीएलको अक्सन सम्पन्न, कुन खेलाडी कतिमा बिके ?
दोस्रो अभ्यास खेलमा नेपाल बिजयी
काठमाडौं । नेपालले दोस्रो अभ्यास खेलमा क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी) लाई २० रनले हराएको छ । योसँगै तीन खेलको क्रिकेट सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । १७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भयो । ओलिभर कक्सले ७८… Continue reading दोस्रो अभ्यास खेलमा नेपाल बिजयी
टी २० आइ सिरिज : नेपालले ओमानलाई हरायो
काठमाडौं । कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–२० आई सिरिजमा ओमानलाई ५६ रनले हराउँदै उपाधि जित्ने सम्भावना कायमै राखेको छ । १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अल आउट भयो । ओमानका जिशान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । नेपालका कुशल भुर्तेलले ३, रिजन ढकाल, रोहित पौडेल… Continue reading टी २० आइ सिरिज : नेपालले ओमानलाई हरायो
विश्व वरीयतामा दीपेन्द्रको छलाङ, दोस्रो नम्बरमा उक्लिए
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार जारी गरेको नयाँ वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो ओगट्न सफल भए । यसअघि दीपेन्द्र छैटौँ स्थानमा थिए । शीर्षस्थानमा इङ्गल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन छन् । दीपेन्द्रको रेटिङ दुई सय… Continue reading विश्व वरीयतामा दीपेन्द्रको छलाङ, दोस्रो नम्बरमा उक्लिए
टी-२० आई सिरिज : नेपाल क्यानडासँग पराजित
काठमाडौं । नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना निकै न्यून बनेको छ । १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । साद बिन जाफर १८ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा रविन्द्रपाल सिंह… Continue reading टी-२० आई सिरिज : नेपाल क्यानडासँग पराजित
टी-२० आइमा नेपालले ओमानलाई सजिलै हरायो
काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा ओमानलाई ३७ रनले पराजित गरेको छ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । नेपालका करण केसीले ४ ओभरमा… Continue reading टी-२० आइमा नेपालले ओमानलाई सजिलै हरायो
साफ यू–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा
काठमाडौं । घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन डंगोलले दोस्रो हाफमा गोल गरेपछि नेपालले भुटानलाई पराजित गरेको हो । जितपछि नेपाल तीन खेलबाट ६ अंक… Continue reading साफ यू–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा
क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल
काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज अन्तिम खेल खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल सुरू हुनेछ। नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेल हारेको छ । घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल हारेको हो । ओमानसँगको पहिलो खेलमा नेपाल… Continue reading क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल
लगातार तेस्रो हार बेहोर्दै नेपालको कमजोर प्रदर्शन
काठमाडौं । आईसीसी विश्वकप लिग २ मा नेपालले लगातार कमजोर प्रदर्शन गरिरहेको छ । आइतबार राती क्यानडाले आईसीसी विश्वकप लिग २ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित… Continue reading लगातार तेस्रो हार बेहोर्दै नेपालको कमजोर प्रदर्शन
आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले… Continue reading आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र क्यानडा भिड्दै
काभा महिला क्लव भलिवलको उपाधी नेपाल पुलिसलाई
काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि जितेको हो । मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५–१६, २५–२२, २५–२३ ले पराजित गरेको हो । ६ टोली सहभागी… Continue reading काभा महिला क्लव भलिवलको उपाधी नेपाल पुलिसलाई
आईसीसी विश्वकप लिग २ : नेपालको लगातार दोस्रो हार-गुल्सनको अलराउण्ड प्रदर्शन खेर
काठमाडौं । आईसीसी विश्वकप लिग२ मा नेपाल लगातार दोस्रो हार बेहोर्न बाध्य भएको छ । गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेको खेलमा नेपाल ओमानसँग १ विकेटले हारेको हो । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको… Continue reading आईसीसी विश्वकप लिग २ : नेपालको लगातार दोस्रो हार-गुल्सनको अलराउण्ड प्रदर्शन खेर
आईसीसी विश्वकप लिग २ : आज नेपाल र ओमान भिड्दै
काठमाडौं । आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो… Continue reading आईसीसी विश्वकप लिग २ : आज नेपाल र ओमान भिड्दै
क्यानडासँग हार्यो नेपाल, ब्याटिङ कमजोर
काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो । २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए… Continue reading क्यानडासँग हार्यो नेपाल, ब्याटिङ कमजोर
आईसीसी विश्वकप लिग–२मा नेपालका खेल आजदेखि, क्यानडाविरुद्ध भिड्दै
काठमाडौं । सोमबार घरेलु टोली क्यानडाविरुद्ध खेल्दै नेपाल ७ महिनापछि आईसीसी विश्वकप लिग–२ मा फर्किर्दैछ । फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सन् २०२४–२०२६ अन्तिम सम्म चल्ने लिग–२ को सुरुवात भएको थियो । नेपालले दुबै टोलीसँग समान दुई खेल खेलेको थियो । नामिबियासँग दुबैमा हार र नेदरल्यान्ड्सविरुद्ध १–१ जित र हार व्यहोरेको… Continue reading आईसीसी विश्वकप लिग–२मा नेपालका खेल आजदेखि, क्यानडाविरुद्ध भिड्दै
दुई दर्जनभन्दा बढी मुलुकबाट आएका खेल पत्रकारसँग राष्ट्रपतिको भलाकुसारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गरेका छन् । एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) कांग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतल निवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले… Continue reading दुई दर्जनभन्दा बढी मुलुकबाट आएका खेल पत्रकारसँग राष्ट्रपतिको भलाकुसारी