कोपा अमेरिका : इक्वेडरले ब्राजिललाई बराबरीमा रोक्यो, भेनेजुएला पेरुसँग हार्यो

Photo : CBS sports

काठमाडौं । जारी कोपा अमेरिकामा आज समूह बीमा अन्तिम चरणका दुई अन्तिम खेल भएका छन् । जसमा आयोजक ब्राजिल बराबरीमा रोकिएको छ भने भेनेजुएला पराजित भएको छ । ब्राजिललाई इक्वेइडरले १,१ गोलको बराबरीमा रोकेको छ । यो नतिजाले इक्वेइडरको अन्तिम आठको ढोका खुल्यो । ब्राजिल भने समूह चरणको शीर्ष स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गरिसकेको… Continue reading कोपा अमेरिका : इक्वेडरले ब्राजिललाई बराबरीमा रोक्यो, भेनेजुएला पेरुसँग हार्यो

दुई बलिया टीम नेदरल्याण्ड्स र पोर्चुगल यूरोकपबाट आउट

काठमाडौं । दुई बलिया टोली नेदरल्याण्ड्स र पोर्चुगल यूरोकप २०२० मा प्रिक्वाटरफाइनलबटै आउट भएका छन् । आइतबार रातीका खेलहरुबाट यी दुई टोली बाहिरिएका छन् । नेदरल्याण्ड्सलाई चेक रिपब्लिकले हरायो । पोर्चुगलमाथि बेल्जियमले जित निकाल्यो । आइतबार राती हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा चेकले १० खेलाडीमा सिमित बनेको नेदरल्याण्ड्समाथि २-० को सानदार जित निकाल्यो ।… Continue reading दुई बलिया टीम नेदरल्याण्ड्स र पोर्चुगल यूरोकपबाट आउट

यूरोकप : इटली र डेनमार्क क्वाटरफाइनल प्रवेश

लण्डन । जारी यूरोकप २०२० मा इटली र वेल्स अन्तिम ८ मा प्रवेश गरेका छन् । शनिबार राती सम्पन्न दुबै खेलबाट क्वाटरफाइनल जाने पहिलो दुई टोलीको टुंगो लागेको हो । इटालीले अष्ट्रियालाई हरायो । डेनमार्कले भने वेल्सलाई पराजित गरेको हो । प्रिक्वाटरफाइनलमा इटलीले अष्ट्रियालाई २-१ ले हराएको हो । लण्डनको वेम्वली स्टेडियममा भएको खेलमा इटलीका… Continue reading यूरोकप : इटली र डेनमार्क क्वाटरफाइनल प्रवेश

युरोकप : आजबाट नकआउट चरणका खेल शुरु

Photo : tass.com

काठमाडौं । जारी यूरोकप फुटबलमा आजबाट नकआउट चरणका खेल शुरु हुँदैछन् । अन्तिम १६ का खेलमा पहिलो खेल नेपाली समय अनुसार राति पौने १० बजे वेल्स र डेनमार्क खेल्ने छन् । खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुनेछ । आजै राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटली र अस्ट्रिया भिड्ने छन् । इटलीले समूह चरणका… Continue reading युरोकप : आजबाट नकआउट चरणका खेल शुरु

अमेरिकाको एएयु भर्जिनिया स्टेट तेक्वाण्दो च्याम्पियनशिपमा नेपाली रेफ्री

भर्जिनिया अमेरिकाको भर्जिनियास्थित फ्रेड्रिक्सबर्गमा गत जुन ५, २०२१ मा सम्पन्न एएयु भर्जिनिया स्टेट तेक्वाण्दो च्याम्पियनशिपमा नेपाली रेफ्री राजु नगरकोटीले अफिसियल निर्णायकको भुमिका निर्वाह गरेका छन् । सम्पूर्ण खेल अवधिभर प्रभावकारी कार्य गरेवापत रेफ्री नगरकोटीलाई टुर्नामेण्ट डाइरेक्टर मास्टर मार्क ग्रेनियरले विशेष सम्मान समेत गरेका छन् । राजु नगरकोटी नेपाली तेक्वान्दोको चर्चित नाम हो । सन् १९८९… Continue reading अमेरिकाको एएयु भर्जिनिया स्टेट तेक्वाण्दो च्याम्पियनशिपमा नेपाली रेफ्री

कोपा अमेरिका : उरुग्वे र पाराग्वेको जित

Photo : Then24.com

काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा उरुग्वे र पाराग्वेले जित निकालेका छन् । चिलीसँगको खेलमा पाराग्वेले २–० गोल अन्तरको जित निकालेको छ । जितसँगै पाराग्वे समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वेको ३ खेलबाट ६ अंक भएको छ । शीर्ष स्थानमा रहेको अर्जेन्टिनाको ३ खेलबाट ७ अंक छ । चिलीको ४ खेलमा ५… Continue reading कोपा अमेरिका : उरुग्वे र पाराग्वेको जित

यूरो २०२० मा अन्तिम १६ मा पुग्ने टोलीको टुंगो, प्रिक्वाटरमा कुन टीम कोसँग खेल्दै

Photo : tass.com

काठमाडौं । युरो २०२० मा समूह चरणका खेल पुरा भइसकेका छन् । यससँगै प्रिक्वाटरफाइनलमा खेल्ने अन्तिम १६ टिमको टुंगो लागेको हो । अन्तिम १६ मा ६ समूहका विजेता र उपविजेता गरी १२ टिम पुगेका छन् । साथमा ६ समूहका तेस्रो हुने ४ टिमलाई अन्तिम अन्तिम १६ मा स्थान दिइएको छ । अन्तिम १६ का खेल… Continue reading यूरो २०२० मा अन्तिम १६ मा पुग्ने टोलीको टुंगो, प्रिक्वाटरमा कुन टीम कोसँग खेल्दै

यूरोकप : फ्रान्स र पोर्चुगल बराबरी खेले

काठमाडौं । जारी युरोकप २०२० मा समूह एफको अन्तिम खेलमा बलियो दुई टीम फ्रान्स र पोर्चुगलबीच बराबरी भएको छ । खेल २-२ गोलको बराबरीमा सकिएको हो । खेलमा गोल गरेका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले फ्रान्सविरुद्ध टीमका लागि दुबै गोल आफैले गरेका छन्… Continue reading यूरोकप : फ्रान्स र पोर्चुगल बराबरी खेले

यूरोकप : स्कटल्याण्ड समुह चरणबाटै बाहिरियो

काठमाडौं । जारी यूरोकप २०२० मा स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएको छ । स्कटल्याण्डमाथि ३, १ को जित निकालेको क्रोएसिया भने अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राती सम्पन्न खेलमा स्कटल्याण्डलाई जित्नै पर्ने दवाव थियो । निकोला भ्लासिचले १७औं मिनेटमा क्रोएसियालाई अग्रता दिए । ४२औं मिनेटमा क्यालम मक्ग्रेगरले बराबरी गोल फर्काएका थिए । कप्तान… Continue reading यूरोकप : स्कटल्याण्ड समुह चरणबाटै बाहिरियो

कोपा अमेरिका : लगातार दोस्रो जित निकाल्दै अर्जेण्टिना शीर्ष स्थानमा

Photo : si.com

काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेलाई १–० गोलले हराएको अर्जेण्टिना शीर्ष स्थानमा उक्लिएको हो । प्रतियोगिता ब्राजिलमा जारी छ । खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरेका हुन् । सोही गोल निर्णायक बन्यो । तीन खेलबाट ७ अंक जोडेको अर्जेण्टिनालाई पच्छाइरहेको उरुग्वे भने… Continue reading कोपा अमेरिका : लगातार दोस्रो जित निकाल्दै अर्जेण्टिना शीर्ष स्थानमा

यूरोकप : रुस बाहिरियो, डेनमार्क अन्तिम १६ मा

Photo : Telecom Asia

काठमाडौं । जारी यूरोकप २०२० प्रतियोगिताबाट रुस बाहिरिएको छ । डेनमार्कले शुरुका दुई खेल हारेको थियो । तर, सोमबार राती सम्पन्न खेलमा रुसविरुद्ध भने डेनमार्कले उत्कृष्ट प्रदर्शन गर्यो । समूह ‘बी’ अन्तर्गत रुसलाई ४-१ ले हराउँदै डेनमार्क समूह उपविजेताका रुपमा अन्तिम १६ स्थानमा पुगेको छ । खेल डेनमार्कको घरेलु मैदानमा भएको थियो । डेनमार्कका लागि… Continue reading यूरोकप : रुस बाहिरियो, डेनमार्क अन्तिम १६ मा

टोकियो ओलम्पिकमा १० हजारसम्म दर्शक रंगशाला जान सक्ने

टोकियो । जापानले आयोजना गर्न लागेको ओलम्पिक खेलहरु दर्शकले प्रत्यक्ष हेर्न पाउने भएका छन् । स्वास्थ्य अधिकारीले कोरोना महामारीका बीच दर्शक नराख्न दिएको चेतावनी वेवास्ता गर्दै जापानले दर्शकलाई सहभागी गराउन लागेको हो । जापान २०२० ओलिम्पिक्सका खेलमा एक स्थानमा दश हजारसम्म जापानी प्रशंसकलाई सहभागी हुन दिइने निर्णय भएको बीबीसीले जनाएको छ । विदेशी दर्शकले भने… Continue reading टोकियो ओलम्पिकमा १० हजारसम्म दर्शक रंगशाला जान सक्ने

यूरोकप : इटालीसँग हारेपनि वेल्स दोस्रो चरणमा प्रवेश

काठमाडौं । जारी युरो कप २०२० मा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । आइतबार राती घरेलु मैदानमा भएको समूह चरणको अन्तिम खेलमा वेल्सविरुद्ध १–० गोलले विजयी भयो । वेल्स ५६ औं मिनेटपछि १० खेलाडीमा समेटिएको थियो । इटलीका माटियो पेसीनाले ३९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । इटलीले… Continue reading यूरोकप : इटालीसँग हारेपनि वेल्स दोस्रो चरणमा प्रवेश

पोर्चुगलमाथि जर्मनीको रवाफिलो जित

काठमाडौं । युरोकप २०२० मा क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलमाथि जर्मनीले रवाफिलो जित निकालेको छ । जर्मनीको घरेलु मैदानमा भएको खेलमा जर्मनी एक गोलले पछि थियो । उत्कृष्ट पुनरागमन गर्दै समग्रमा पोर्चुगललाई ४-२ ले हरायो । जितसँगै जर्मनीको २ खेलबाट ३ अंक भएको छ । जर्मनीलाई फ्रान्सले १-० ले हराएको थियो । पोर्चुगलले भने पहिलो… Continue reading पोर्चुगलमाथि जर्मनीको रवाफिलो जित

कोपा अमेरिका : प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

Photo Source : CBS sport

काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत दुई दक्षिण अमरिकी बलिया टोली अर्जेन्टिना र उरुग्वेबीचको भिडन्तमा अर्जेन्टिना विजयी भएको छ । प्रतियोगिताको यो खेल चिलिसँग बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा भने महत्वपूर्ण जित निकालेको हो । खेल शनिबार विहान सम्पन्न भएको छ । अर्जेन्टिनाले उरुग्वेमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो । अर्जेन्टिनाका लागि १३ औं… Continue reading कोपा अमेरिका : प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

कोपा अमेरिका: ब्राजिलको सानदार जित

Photo source : CBS sports

काठमाडौं । जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले पेरुविरुद्ध सानदार जित निकालेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममाले उसले पेरुलाई ४\० गोल अन्तरले हराएको हो । नेपाली समय अनुसार शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलका लागि एलेक्स सान्द्रो, नेइमार, एभर्टन रिबेइरो र रिचार्लिसनले एक\एक गोल गरे। खेलको १२ औं मिनेटमा ब्राजिलले एलेक्स सान्द्रोको गोलबाट अग्रता… Continue reading कोपा अमेरिका: ब्राजिलको सानदार जित

यूरोकप : लगातार दुई खेल जित्दै नेदरल्याण्ड्स र बेल्जियम अन्तिम १६ मा

Photo : MARCA

लगातार दुई खेल जित्दै नेदरल्यान्ड्स युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ। समूह सीमा रहेको टीमले लगातार दोस्रो जित निकाल्ने क्रममा अस्ट्रियालाई २-० गोलले हरायो । युक्रेनलाई पहिलो खेलमा ३-२ गोलले हराएको थियो । आज राती सम्पन्न खेलमा नेदरल्यान्ड्सका लागि ११ औं मिनेटमा डिपेले पेनाल्टीमा पहिलो गोल गरे। दोस्रो हाफमा उनैले अग्रता दोब्बर… Continue reading यूरोकप : लगातार दुई खेल जित्दै नेदरल्याण्ड्स र बेल्जियम अन्तिम १६ मा

इटली यूरोकपको नकआउट चरण प्रवेश

काठमाडौं । इटली यूरोकप २०२० को नकआउट चरण प्रवेश गर्ने पहिलो मुलुक बनेको छ । गत राती सम्पन्न खेलमा स्विजरल्यान्डलाई हराउँदै इटली युरो कप फुटबलको नकआउट चरण प्रवेश गरेको हो । समूह चरणको दोस्रो खेलमा इटलीले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा स्विजरल्यान्डलाई ३–० गोलले हरायो । इटलीका लागि म्यानुएल लोकाटेलीले दुई र सिरो इमोबाइलले… Continue reading इटली यूरोकपको नकआउट चरण प्रवेश

नेपालले सिधै एसियाकप छनोटको तेस्रो चरण खेल्न पाउने

काठमाडौं । नेपालले सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कप फुटबल प्रतियोगिताको छनोटमा प्लेअफ नखेली सिधै तेस्रो चरणको खेल खेल्न पाउने भएको छ । यसअघिको छनोट चरणमा चौथो स्थानमा रहेको नेपालले यसअघि प्ले अफ खेली त्यहाँबाट मात्र तेस्रो चरण जान पाउने नियम थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी)ले नियम परिवर्तन गर्दै नेपालले अब… Continue reading नेपालले सिधै एसियाकप छनोटको तेस्रो चरण खेल्न पाउने

कोपा अमेरिका : अर्जेन्टिना र चिलीले अंक बाँडे

काठमाडौं । दक्षिण अमेरिकी दुई चिरपरिचित प्रतिद्धन्द्धी अर्जेन्टिना र चिली बीचको खेल पुनः बराबरीमा सकिएको छ । कोपा अमेरिका फुटबलमा सोमबार राती सम्पन्न खेल बराबरीमा पुरा भएको हो । एक गोलको अग्रता जोगाउन नससकेको अर्जेन्टिनाले अंक बाँडेको छ । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिए । अर्जेन्टिनाका… Continue reading कोपा अमेरिका : अर्जेन्टिना र चिलीले अंक बाँडे

कोपा अमेरिका : ब्राजिल र कोलम्बियाको विजयी शुरुवात

Photo source : CBS sports

काठमाडौं\एजेन्सी । आजबाट शुरु भएको कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिल र कोलम्बियाले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३\० गोल अन्तरले हराएको हो । नेपाली समय अनुसार आइतबार राती भएको खेलमा ब्राजिलका मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरेका छन् । सोमबार बिहान भएको अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई हराएको छ… Continue reading कोपा अमेरिका : ब्राजिल र कोलम्बियाको विजयी शुरुवात

यूरोकप : मैदानमा बेहोस भएका क्रिस्टियन एरिक्सनको होस खुल्यो, टीम पराजित

काठमाडौं\एजेन्सी । युरो २०२० अन्तर्गत शनिबार राति एक अप्रिय घटना हुनबाट बचेको छ । डेनमार्क र फिनल्यान्डबीचको खेलमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा ढले । उनीमाथि कुनै फाउल भने भएको थिएन । खेलको ४१ औं मिनेट चलिरहँदा घरेलु मैदानमा बेहोस भएका एरिक्सनको मैदानमा गरिएको १५ मिनेटसम्मको प्रयासमा होस खुल्न सकेन । त्यसपछि उनलाई अस्पताल… Continue reading यूरोकप : मैदानमा बेहोस भएका क्रिस्टियन एरिक्सनको होस खुल्यो, टीम पराजित

यूरोकप : इटलीको विजयी शुरुवात, आज तीन खेल

रोम । युरोकप फुटबलमा इटलीले विजयी शुरुवात गरेको छ । शुक्रबार राती सम्पन्न उद्घाटन खेलमा इटलीले टर्कीमाथि ३–० गोल अन्तरको जित निकालेको हो । टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेका थिए भने इटलीका लागि इमोबाइल र लोरेन्जोले एक, एक गोल गरे । युरोकप फुटबलमा आज भने तीन वटा खेल हुँदैछन् । नेपाली समय अनुसार साँझ… Continue reading यूरोकप : इटलीको विजयी शुरुवात, आज तीन खेल

अष्ट्रेलियासँग हारेपनि खेलाडीसँग सन्तुष्ट प्रशिक्षक, भन्छन् : गोर्खाली पाराले खेल्यौँ

कुवेत । नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार राती सम्पन्न अष्ट्रेलियाविरुद्ध ३-० गोल अन्तरले पराजित भयो । अष्ट्रेलिया फिफा वरियतामा नेपाल भन्दा १३० औं स्थानमा छ । अर्कोतर्फ नेपाल दोस्रो हाफमा १० खेलाडीमा सिमित भयो । यस परिस्थितिमा पनि मात्र तीन गोल अन्तरको पराजय भोग्नुलाई नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राम्रो उपलब्धी माने । अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट… Continue reading अष्ट्रेलियासँग हारेपनि खेलाडीसँग सन्तुष्ट प्रशिक्षक, भन्छन् : गोर्खाली पाराले खेल्यौँ

विश्वकप छनोट : आज नेपाल र अष्ट्रेलिया भिड्दै

कुवेत सिटी । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणमा आज अन्तिम खेलहरु हुँदैछन् । नेपालले आज समूहको सबैभन्दा बलियो टोली अष्ट्रेलियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राती पौने १० बजे शुरु हुनेछ । कुवेत सिटीमा आयोजना हुने खेलमा नेपालको लक्ष्य आक्रमण खेल खेल्ने हुनेछ । पछिल्ला खेलमा नेपालले… Continue reading विश्वकप छनोट : आज नेपाल र अष्ट्रेलिया भिड्दै

यूरोकप : आज इटली र टर्की भिड्दै

रोम । यूरोकप फुटबलको १६ औं संकरण आजबाट शुरु हुँदैछ । यूरोपका विभिन्न ११ वटा शहरमा संयुक्त रुपमा आयोजना हुने युरोपेली च्याम्पियनसिप नियमित समयभन्दा एक वर्ष पछि धकेलिएको हो । कोरोना महामारीका कारण सन् २०२० मै हुनुपर्ने प्रतियोगिता शुक्रबारबाट शुरु हुन लागेको हो । आज उद्घाटन खेलमा इटली र टर्की भिड्दैछन् । उपाधी यात्रामा कुल… Continue reading यूरोकप : आज इटली र टर्की भिड्दै

यूरोकप शुक्रबारबाट शुरु हुने

Photo : tass.com

रोम । युरोकप फुटबल प्रतियोगिता शुक्रबारबाट शुरु हुंदैछ। ११ जुनबाट जुलाई ११ सम्म संचालन हुने प्रतियोगिता युरोपका विभिन्न शहरमा खेलाइने भएको छ । युरोकपको १६ औं संस्करण हुन लागेको हो । विभिन्न मुलुकका ११ शहरले प्रतियोगिताका खेलहरु संचालन गर्दैछन् । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको छ । युरोपेली फुटबलको सर्बोच्च निकाय यूईएफएका अनुसार युरोकप… Continue reading यूरोकप शुक्रबारबाट शुरु हुने

दुई गोलको अग्रता गुमाउँदै अर्जेण्टिना बराबरीमा रोकियो

Photo Source : CBS sport

काठमाडौं । फिफा विश्वकप २०२२ कतारका लागि दक्षिण अमेरिकन छनोट खेलमा अर्जेन्टिनाले दुई गोलको अग्रता गुमाउँदा खेल बराबरीमा रोकिएको छ। बुधबार बिहान कोलम्बियासँगको खेलमा अर्जेन्टिनाले पहिलो १० मिनेट भित्रै दुई गोल गरि अग्रता लिएको थियो । तर, अग्रता जोगाउन नसक्दा दुई\दुई गोलको बराबरीमा खेल सकियो । अर्जेन्टिनाले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। उसका लागि… Continue reading दुई गोलको अग्रता गुमाउँदै अर्जेण्टिना बराबरीमा रोकियो

विश्वकप छनोटबाट बाहिरियो नेपाल, जोर्डनसँग ३-० ले पराजित

काठमाडौं । नेपालले सन् २०२२ को विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत समूह बी को खेलमा नेपाल जोर्डनसंग ३-० ले पराजित भएसँगै विश्वकपको ढोका बन्द भएको हो । सोमबार राती कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा भएको खेलमा जोर्डनका लागि फैसन सैफ बाहाले दुई तथा याजान… Continue reading विश्वकप छनोटबाट बाहिरियो नेपाल, जोर्डनसँग ३-० ले पराजित

विश्वकप छनोट : आज नेपालले बलियो टीम जोर्डनको सामना गर्दै

काठमाडौं । नेपालले विश्वकप फुटबल २०२२ तथा एशियाली फुटबल २०२३ को छनोट खेल अन्तर्गत आफुभन्दा निकै बलियो टोली जोर्डनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राती पौने १० बजे शुरु हुने छ । कुवेतमा भइरहेको यो खेलमा नेपाल स्पष्ट जितको लक्ष्यका साथ मैदान उत्रने नेपालको राष्ट्रिय टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले जनाएका छन् ।… Continue reading विश्वकप छनोट : आज नेपालले बलियो टीम जोर्डनको सामना गर्दै