काठमाडौं । श्रीलंकाविरुद्ध वेस्ट इन्डिजका कप्तान काइरन पोलार्डले एक ओभरमै ६ छक्का हिर्काएका छन् । तीन खेलको टी२० सिरिजअन्तर्गत पहिलो खेलमा उनले श्रीलकंन बलरको पिटाई गरेका छन् । पोलार्डले उत्कृष्ट ब्याटिङ गरेपछि वेस्ट इन्डिजले श्रीलंकालाई ४ विकेटले हराएको छ । आज बिहान श्रीलंकामा भएको खेलमा श्रीलंकाले ९ विकेट गुमाउँदै १३१ रन जोडेको थियो । उसका… Continue reading श्रीलंकाविरुद्ध पोलार्डले हाने एक ओभरमा ६ छक्का
Category: खेलकुद
चार महिला फुटबल खेलाडीले पाकिस्तानमा खेल्ने भए व्यवसायिक फुटवल
काठमाडौं । नेपालका चार महिला फुटबल खेलाडीले पाकिस्तानमा व्यवसायिक फुटबल खेल्ने भएका छन् । हालै सम्पन्न राष्ट्रिय महिला लिगमा उत्कष्ट प्रदर्शन गरेका सरु लिम्बु, एन्जिला तुम्बाप्पो सुब्बा, गीता राना र अनिता केसीले पाकिस्तानको ‘राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप’ खेल्ने निश्चित भएको हो । चारै जना खेलाडी नेपालका राष्ट्रिय टीमका सदस्य समेत हुन् । एन्जिला गोलकिपर हुन… Continue reading चार महिला फुटबल खेलाडीले पाकिस्तानमा खेल्ने भए व्यवसायिक फुटवल
आइलिगमा चम्किएका किरण
काठमाडौं । नेपाली खेलाडीले अवसर पाए भने उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् किरण चेम्जोङ । उनी नेपाली राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान समेत हुन् । यतिबेला उनले भारतको एक डिभिजन लिग आइलिगमा व्यवसायिक फुटबल खेलिरहेका छन् । त्यहाँ उनले जारी लिगमा आफुलाई उत्कष्ट सावित गरेका छन् । पञ्जाव एफसीबाट आइलिग खेलिरहेका उनले… Continue reading आइलिगमा चम्किएका किरण
लालिगामा टप थ्री भिडन्त रोचक बन्दै, रियल बराबरीमा रोकियो
काठमाडौं । कुनै समय एटलेटिको मड्रिड र रियल मड्रिडले फराकिलो अन्तरमा अग्रता बनाएको जारी स्पेनिस ला लिगा फुटबलको टप थ्री अब रोचक मोडमा आएको छ । जहाँ तीन शीर्ष स्थानका टोलीबीच अंक तालिकामा भिडन्त शुरु भएको हो । साविक विजेता रियल मड्रिड सोमबार राती भएको खेलमा बराबरीमा रोकिएको छ । रियललाई रियल सोसिडाडले १–१ गोलको… Continue reading लालिगामा टप थ्री भिडन्त रोचक बन्दै, रियल बराबरीमा रोकियो
गौतमबुद्ध रंगशालामा एक लाख सहयोग गरे कुर्सीमा नाम लेखिने
भरतपुर । धुर्मुस सुन्तली फाउण्डेसनद्धारा चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ लाख सहयोग गर्ने दाताको नाम कुर्सीमा लेखिने भएको छ । फाउण्डेसनले रंगशाला निर्माण गर्न आर्थिक अभाव भोगिरहेको छ । यो समस्या समाधान गर्न नयाँ उपाय ल्याइएको हो । फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको छ । यो अभियानको नाम ‘हाम्रो… Continue reading गौतमबुद्ध रंगशालामा एक लाख सहयोग गरे कुर्सीमा नाम लेखिने
बलियो सेभिल्लालाई हराउँदै दोस्रो स्थानमा उक्लियो बार्सिलोना, चम्किए मेसी
काठमाडौं । लियोनल मेसीले एक गोल र एक उत्कृष्ट असिष्ट गरेको खेलमा बार्सिलोना विजयी भएको छ । लालिगा फुटबलमा शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेभिल्लालाई मैदानमै हराएको हो । बार्सिलोनाले सेभिल्लामाथि २–० को सहज जित निकाल्यो । बार्सिलोनाका लागि २९ औंं मिनेटमा कप्तान लियोनल मेसीको पासमा उस्मान डेम्बेलेले पहिलो गोल गरे। निर्धारित खेलअविधिको अन्तिम पाँच… Continue reading बलियो सेभिल्लालाई हराउँदै दोस्रो स्थानमा उक्लियो बार्सिलोना, चम्किए मेसी
सन्दीपले खेल्ने भए पिसिएल, पाकिस्तान प्रस्थान गर्दै
काठमाडौं । नेपाली स्टार सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने निश्चित भएको छ । उनी शनिबार पाकिस्तान प्रस्थान गर्ने भएका छन् । सन्दीप लाहोर कलन्दर्सबाट प्रतियोगितामा बाँकी खेल खेल्न पाकिस्तान गएका हुन् । शुक्रबार साँझ सन्दीपको सम्झौता पक्का भएको हो । उनी आज दोहा हुँदै कराची जान लागेको बताइएको छ । लाहोरबाट खेलिरहेका स्पिनर… Continue reading सन्दीपले खेल्ने भए पिसिएल, पाकिस्तान प्रस्थान गर्दै
राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका फिलिप्स नियुक्त
काठमाडौं । राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त भएको अखिल नेपाल फुटबल संघले जनाएको छ । एन्फाको ५ सदस्यीय टेक्निकल समितिले बिहीबार फिलिप्सलाई राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनी यसअघि एन्फाको प्राविधिक निर्देशकका रुपमा काम गरिरहेका थिए । फिलिप्सले यसअघि सन् २०१४ देखि २०१५ सम्म पपुआ न्युगिनीको महिला… Continue reading राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका फिलिप्स नियुक्त
च्याम्पियन्स लिग : रियल मड्रिड र सिटीको महत्वपूर्ण जित
काठमाडौं । युईएफ़ए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लव रियल मड्रिड र इलिंस क्लव म्यानचेष्टर सिटीले महत्वपूर्ण जित निकालेका छन् । अन्तिम १६ अन्तर्गत पहिलो लेगमा दुबै क्लवले जित हात पारेका हुन् । यस सँगै दुबै क्लवको सेमिफाइनल यात्रा समेत बलियो बनेको छ । रियल मड्रिडले एटलान्टामाथि संघर्षपूर्ण जित निकालेको छ । रियलले १० खेलाडीमा सिमित… Continue reading च्याम्पियन्स लिग : रियल मड्रिड र सिटीको महत्वपूर्ण जित
नेपाली मिडफिल्डर प्रकाशले गरे आइलिगमा डेब्यु
नयाँ दिल्ली । नेपाली मिडफिल्डर प्रकाश बुढाथोकीले भारतको ए डिभिजन लिग फुटबल प्रतियोगिता आइलिगमा डेब्यू गरेका छन्। आज उनी मणिपुरस्थित नेरोका एफसीको पहिलो रोजाईको खेलाडीका रुपमा मैदानमा उत्रिए । उनले ५२ मिनेट खेल्ने अवसर पाए । त्यसपछि भने उनी बाहिरिए । उनले बुधबार चर्चिल ब्रदर्श गोवाविरुद्ध डेब्युको अवसर पाएका हुन् । नेरोकाले ५२ औं मिनेटमा… Continue reading नेपाली मिडफिल्डर प्रकाशले गरे आइलिगमा डेब्यु
पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको स्मृतिमा हाफ म्याराथुन हुँदै
काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्वसभापती तथा सन्त नेता, पूर्वप्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराईको स्मृतिमा हाफ म्याराथुन आयोजना हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले आगामी चैत्र २२ गते (शनिवार) महिला तथा पुरुष हाफ म्याराथुन आयोजना गर्न लागेको हो । लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशका अध्यक्ष दीपक गुरुङले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा… Continue reading पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको स्मृतिमा हाफ म्याराथुन हुँदै
च्याम्पियन्स लिग : चेल्सीले हरायो एट्लेटिकोलाई
काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एट्लेटिको मड्रिडलाई हराएको छ । राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडलाई चेल्सीले १ ० गोल अन्तरमा हराएको हो । मंगलबार राति भएको खेलमा अलिभिएर जिरुडले ६८औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक भयो । जितपछि चेल्सीको क्वाटरफाइनल यात्रा समेत बलियो बनेको छ । अब चेल्सीले दोस्रो… Continue reading च्याम्पियन्स लिग : चेल्सीले हरायो एट्लेटिकोलाई
नेपाल सुपर लिग फुटबल बैशाखमा हुने, अक्सनबाट खेलाडी छान्ने तयारी
काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगिता आगामी वैशाखमा संचालन हुने भएको छ । वैशाख ११ गतेदेखि २५ गतेसम्म संचलन हुने प्रतियोगितामा खेलाडीको छनोट भने अक्सनबाट हुने भएको छ । प्रतियोगिता नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा हुन लागेको हो । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा… Continue reading नेपाल सुपर लिग फुटबल बैशाखमा हुने, अक्सनबाट खेलाडी छान्ने तयारी
स्पेनिस लालिगा: शीर्ष स्थानको एट्लेटिको हार्दा रियल र बार्सालाई राहत
काठमाडौं । स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड पराजित भएको छ । उसलाई लेभान्टेले नमिठो हार दिलाएको छ । आठौं स्थानमा रहेको लेभान्टेले शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको छ । शनिबार राती सम्पन्न खेलमा जितपछि लेभान्टेको ३१ अङ्क भएको छ । शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ५५ अङ्क… Continue reading स्पेनिस लालिगा: शीर्ष स्थानको एट्लेटिको हार्दा रियल र बार्सालाई राहत
काठमाडौं – इन्टर लायन्स म्याराथन प्रतियोगिता सम्पन्न अमृता र प्रथमले हात पारे अवार्ड
काठमाडौं/लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए १ को आयोजनामा प्रथम इन्टर लायन्स म्याराथन प्रतियोगिता सम्पन्न भएको छ।लायन्स क्लब अफ काठमाडौं सिम्रीकको मुल संयोजनमा ४५ वटा क्लबहरु बिच प्रतिस्पर्धा गरिएको म्याराथन प्रतियोगिता गोकर्णेश्वर नगरपालिका जगडोल स्थित राष्ट्रिय शहिद पार्कबाट शनिबार सम्पन्न भएको हो ।कार्यक्रममा पुरुष र महिला गरी एक सय तिस प्रतियोगीहरूले भाग लिएका थिए ।कार्यक्रममा… Continue reading काठमाडौं – इन्टर लायन्स म्याराथन प्रतियोगिता सम्पन्न अमृता र प्रथमले हात पारे अवार्ड
विश्वकप छनोटमा नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित
काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित भएको एसियाली फुटबल महासङ्घ (एएफसी)ले जनाएको छ । नेपाल र चाइनिज ताइपेईबीच नेपालमा खेल हुने तय भएको थियो । नेपालको दशरथ रङ्गशालामा आगामी मार्च २५ (चैत १२) मा ताइपेईसँग खेल्ने तालिका थियो । कोरोना महामारीले गर्दा हुने अन्तर्राष्ट्रिय यात्रामा भएको… Continue reading विश्वकप छनोटमा नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित
आईपीएल अक्सनमा बिकेनन् नेपाली लेग स्पीनर सन्दीप लामिछाने
काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा कुनै पनि टोलीको रोजाइमा परेनन् । चेन्नईमा बिहीबार भएको मिनी अक्सनमा सन्दीपलाई कुनै पनि टोलीले किनेनन् । आईपीएलको १४औं संस्करणमा सन्दीपले ४० लाख भारु न्युनतम मूल्य राखेका थिए । तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । गत सिजन… Continue reading आईपीएल अक्सनमा बिकेनन् नेपाली लेग स्पीनर सन्दीप लामिछाने
क्रिस मोरिस आईपीएल इतिहासकै महँगा खेलाडी
काठमाडौं । दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग आईपीएलको महंगा खेलाडी बनेका छन् । बिहीबार चेन्नाईमा भएको ‘मिनि अक्सन’मा उनलाई राजस्थानले १६ करोड २५ लाखमा किनेको हो । यसअघि, रोयल च्यालेन्जर्स बैंगलोरले १६ करोड भारुमा युवराज सिंहलाई किनेको थियो । आईपीएलमा त्यो कुनै खेलाडीको लागि सर्वाधिक मूल्य थियो ।
आज आइपीएल अक्सन, नेपालीको नजर सन्दीपमा
काठमाडौैं । इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणका लागि आज मिनी अक्सन हुँदैछ । यसै अक्सनबाट अधिकांश टीम र खेलाडीको टुंगो लाग्छ । चेन्नईमा आयोजना हुने यो अक्सन नेपाली क्रिकेट फ्यानका लागि पनि महत्वपूर्ण छ । किनकी यो पटक सन्दीप लामिछाने पुनः अक्सनमा छन् । तीन वर्ष अगाडी उनलाई दिल्लीले २० लाख भारुमा खरीद गरेको… Continue reading आज आइपीएल अक्सन, नेपालीको नजर सन्दीपमा
च्याम्पियन्स लिग : युभेन्टसलाई पोर्टोले हरायो
काठमाडौं । जारी च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लव युभेन्टसलाई पोर्चुगिज क्लब एफसी पोर्टोले युभेन्टसलाई २–१ गोल अन्तरले हराएको छ । युभेन्ट्स क्रिष्टियानो रोनाल्डोसहित मैदान उत्रिएको थियो । बुधबार राती सम्पन्न खेलमा एफसी पोर्टो र बोरुसिया डर्टमन्ड विजयी भएका हुन् । घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै एफसी पोर्टोका मेदी तारेमीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका… Continue reading च्याम्पियन्स लिग : युभेन्टसलाई पोर्टोले हरायो
पिएसजीसँग बार्सिलोनाको लज्जास्पद हार
काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)ले स्पानिस क्लब बार्सिलोनालाई हराएको छ । खेलमा किलिएन एमबाप्पेले ह्याट्रिक गरे । घरेलु मैदानमा बार्सिलोनाले अग्रता लिएको थियो । तर, त्यसलाई जोगाउन नसक्दा ४-१ को लज्जास्पद हार व्यहोर्न बाध्य भयो । क्याम्प नोउमा खेलको २७औं मिनेटमा कप्तान लिओनल मेसीले बार्सिलोनालाई… Continue reading पिएसजीसँग बार्सिलोनाको लज्जास्पद हार
हारपछि उठेको बार्सिलोना लालिगामा चम्कियो, मेसीले हाने दुई गोल
बार्सिलोना । कप्तान लिओनल मेसीको प्रेरणादायी प्रदर्शनको मद्दतमा स्पानिस लालिगामा बार्सिलोनाले अलाभेजमाथि रवाफिलो जित निकालेको छ । खेलमा बार्सिलोनाले कुल ५ गोल गर्यो । जसमा दुई गोल मेसीको नाममा रह्यो । गतराति घरेलु मैदान क्याम्पनोउमा सम्पन्न खेलमा बार्सिलोना जितपछि दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाका लागि मेसीले खेलको पहिलो हाफको इन्जुरी टाइम र ७५औं मिनेटमा… Continue reading हारपछि उठेको बार्सिलोना लालिगामा चम्कियो, मेसीले हाने दुई गोल
नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित
काठमाडौं । नेपाल, ओमान र अमेरिकाबीच हुने भनिएको आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित भएको छ। कोरोनाको प्रभाव र लामो क्वारेन्टाइनको प्रावधानका कारण खेल स्थगित गरिएको नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले जनाकारी दिए। नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा सो सिरिज खेल्ने तालिका थियो। सिरिजका लागि पहिलो चरणमा २१ खेलाडी… Continue reading नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित
आइपिएल अक्सनको फाइनल लिस्टमा परे सन्दीप, न्यूनतम मूल्य ४० लाख भारु
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा नेपाली चर्चित लेग स्पीनर सन्दीप लामिछाने अन्तिम सूचिमा अटाउन सफल भएका छन् । नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम टिपाएका थिए । त्यसमध्ये सन्दीप मात्र अन्तिम सूचिमा परेका हुन् । १४औं संस्करणको आइपीएलका लागि १८ फेब्रुअरीमा अक्सन हुनेछ । जसमा बिक्रि हुन सफल भएमा सन्दीपले न्यूनतम… Continue reading आइपिएल अक्सनको फाइनल लिस्टमा परे सन्दीप, न्यूनतम मूल्य ४० लाख भारु
नेपाली स्ट्राइकर अभिषेक भारतमा व्यवसायिक फुटबल खेल्ने तेस्रो खेलाडी बने
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अभिषेक रिजाल भारतको आइलिग क्लब आइजोल एफसीमा आबद्ध भएसँगै भारतबाट व्यवसायिक फुटबल खेल्ने तेस्रो खेलाडी बन्न सफल भएका छन् । अभिषेक २०२०\२१ सिजनको बाँकी खेल खेल्न आबद्ध भएका छन् । अभिषेक यसअघि भारतकै मोहमेडन स्पोर्टिङ् क्लबमा थिए । तर, क्लवले उनको स्थानमा बंगलादेशका खेलाडी भित्राएपछि उनले खेल्ने मौका… Continue reading नेपाली स्ट्राइकर अभिषेक भारतमा व्यवसायिक फुटबल खेल्ने तेस्रो खेलाडी बने
बार्सिलोनाको पुनरागमन जित
काठमाडौं । स्पानिस लालिगामा बार्सिलोनाले रियल बेटिसलाई ३- २ गोलले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । गतराति सम्पन्न खेलमा बार्सिलोना पछाडी रहेको अवस्था उल्टाएर जित निकालेको हो । जितमा दोस्रो हाफमा मैदान छिरेका कप्तान लियोनल मेसीले प्रेरणादायी खेल देखाए । पहिलो हाफमा बार्सिलोना एक गोलले पछि रहेको थियो । दोसो हाफमा मेसी र ट्रिनकाओले एक… Continue reading बार्सिलोनाको पुनरागमन जित
फांगकार्योका निर्माता उज्ज्वल ठकुरी राजदूतद्वारा सम्मानित
न्युयोर्क गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा ७ ओटा कर्तिमान कायम राखिसकेका नेपाली खेलाडी उज्वल ठकुरीलाई वासिङ्टन डिसीस्थित नेपाली दुताबासले सम्मान गरेका छन् । ठकुरीलाई दुताबासले राष्ट्रिय पहिचान बन्न सक्ने फाङ्गकार्यो बिधा निर्माण गरेको र देशको नाम उँचो राख्ने कार्य गरेको भन्दै शुक्रबार दुताबासको कार्यालयमा नै सम्मान गरेको हो । सम्मान पत्र प्रदान गर्दै राजदुत डा.… Continue reading फांगकार्योका निर्माता उज्ज्वल ठकुरी राजदूतद्वारा सम्मानित
आइपीएल अक्सनमा नेपालबाट ८ खेलाडीको नाम गयो
काठमाडौं । आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को अक्शनका लागि नेपालबाट ८ जना खेलाडीको नाम पठाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार आइपीएलको तीन संस्करण खेलिसकेका सन्दीप लामिछानेसहित आठ जना खेलाडीको नाम पठाइएको हो । यसपटक दिल्लीले सन्दीपलाई रिलिज गरेको छ । अर्को कुनै टीमले उनलाई लिन्छ वा लिँदैन भन्ने चासो नेपाली फ्यानमा… Continue reading आइपीएल अक्सनमा नेपालबाट ८ खेलाडीको नाम गयो
इपीएल : चेल्सीद्धारा टोटनह्याम पराजित
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा प्रतिस्पर्धी खेलमा चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ । गतराति सम्पन्न खेलमा चेल्सीले टोटनह्यामविरुद्ध १–० गोल अन्तरको संघर्षपूर्ण जीत निकालेको हो ।चेल्सीलाई जिताउन खेलको २४ औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो । जितपछि चेल्सी अंक तालिकाको छैठौं स्थानमा उक्लन समेत सफल भएको छ । पराजित टोटनह्याम भने आठौं… Continue reading इपीएल : चेल्सीद्धारा टोटनह्याम पराजित
टी१० लिगमा चम्किए सोमपाल, एकै ओभरमा दुई विकेट
दुबई । दुबईमा जारी टी १० लिगमा नेपाली फास्ट बलर सोमपाल कामीले आज उत्कृष्ट प्रदर्शन गरेका छन् । मराठा अरेबियन्सका लागि खेलेका उनले एकै ओभरमा दुई विकेट झार्दै आफ्नो प्रभाव देखाएका हुन् । उनलाई टीमले लगातार छैटौं खेलमा अवसर दिएको छ । सोमपालले बिहीबार डेक्कन ग्लाडिएटर्सविरुद्ध २ विकेट लिएका हुन् । २ ओभर बलिङ गरेका… Continue reading टी१० लिगमा चम्किए सोमपाल, एकै ओभरमा दुई विकेट