काठमाडौं । चैतयता ठप्प रहेको खेलकुद गतिविधि अब बिस्तारै शुरु गर्ने तयारीमा नेपाल छ । यसैक्रममा अब राष्ट्रिय फुटबल टोली विश्वकप छनोट प्रतियोगिताको छनोटका लागि तयारीमा जुटेको छ । अहिले खेलाडीहरु क्वारेन्टिनमा छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १ भदौबाट खेलाडीलाई प्रशिक्षणका लागि मैदानमा उतार्ने तयारी रहेको छ । तर, त्यस अगाडी नै… Continue reading विश्वकप छनोटको तयारीमा नेपाली खेलाडी, १ भदौबाट प्रशिक्षण
Category: खेलकुद
नेपालका राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक
न्युयोर्क अमेरिकाको फ्लोरिडामा गत अगष्ट १ र २ तारिखमा सम्पन्न ‘२०२० फ्लोरिडा ओपन इन्टरनेशनल अनलाइन प्रोम्से च्याम्पियनशिप’मा नेपालका तेक्वाण्दो खेलाडी राजु नगरकोटीले स्वर्ण पदक जितेका छन् । संसारभरका बिभिन्न उमेर समुहका खेलाडीहरु बीच गराइएको प्रोम्से स्पर्धामा “नेपाल तेक्वाण्दो एसोसियसन”को प्रतिनिधित्व गर्दै खेलेका राजुले ४१ देखि ५० वर्ष उमेर समुहको स्पर्धामा ५.७६ अंक सहित जितेको हो । बिजेता… Continue reading नेपालका राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक
मैदानमा खेलाडीको अगाडी खोकेमा रातो कार्ड
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण संसारभर अब जीवनमा केही न केही परिवर्तन हुँदैछ । यसले व्यक्तिको दैनिक जीवनदेखि व्यवसायिक दैनिकीमा समेत प्रभाव पर्नेछ । यस्तो नियम आएको छ फुटबल खेलमा । अब नियतबस अन्य खेलाडी वा खेल पदाधिकारीका अगाडि कुनै खेलाडी वा पदाधिकारीले खोकेमा त्यो खेल भावना विपरितको आचरण मानिने भएको छ । त्यस्तो… Continue reading मैदानमा खेलाडीको अगाडी खोकेमा रातो कार्ड
सीपीएल खेल्न ट्रिनिडाड एण्ड टोबागो पुगे सन्दीप
काठमाडौं । नेपाली क्रिकेट स्टार कोरोना भाइरसको महामारीका बीच क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न ट्रिनिडाड एण्ड टोबागो पुगेका छन् । उनी सो मुलुक पुगेसँगै १४ दिन क्वरेण्टीनमा बस्नेछन् । आइतबारबाट उनीसहितका खेलाडीलाई क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सबै खेलाडी अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने प्रावधान छ । त्यसपछि सबै खेलाडीको पिसिआर परीक्षण हुनेछ… Continue reading सीपीएल खेल्न ट्रिनिडाड एण्ड टोबागो पुगे सन्दीप
राखेपमा रमेश सिलवाल पुनः नियुक्त
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वमा रमेशकुमार सिलवाल पुनः आइपुगेका छन् । खेलकुद विकास ऐन २०७७ को प्रावधान अनुसार तीन साताअघि पदमुक्त भएका उनी नयाँ प्रक्रिया पार गर्दै पुनः आगाी चार वर्षका लागि नियुक्त बनेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई ४ वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरेको हो । उता, उपाध्यक्षमा शिव… Continue reading राखेपमा रमेश सिलवाल पुनः नियुक्त
फ्रेन्च कपको उपाधी पिएसजीले जित्यो
काठमाडौं । फ्रेन्च कप फुटबलको उपाधी पेरिस सेन्ट जर्मेन पिएसजीले जितेको छ । गत राति सम्पन्न खेलमा १० खेलाडीमा सीमित सेन्ट एटियानलाई १ शून्यले हराएको पिएसजीले उपाधीमाथि कब्जा जमाएको हो । पिएसजीको जितमा खेलको १४ औं मिनेटमा ब्राजिलियन स्टार नेयमारले गरेको गोल नै निर्णायक बनेको हो । पिएसजी ३१ औं मिनेटमा १० खेलाडीमा सिमिति भएको… Continue reading फ्रेन्च कपको उपाधी पिएसजीले जित्यो
एक खेल अगाडी नै रियल मड्रिड बन्यो लालिगा च्याम्पियन
काठमाडौं । रियल मड्रिड स्पानिस ला लिगा च्याम्पियन बनेको छ । रियलले एक खेल अगाडी नै उपाधी उचालेको हो । गतराती भियारियाललाई २-१ ले पराजित गरेको रियल लिग विजेता बन्न सफल भएको हो । शुक्रबार बिहानको खेलमा बार्सिलोना पराजित हुनु र रियलले जित्नु नै उपाधीको लागि पर्याप्त बन्यो । एक खेल बाँकि रहेको अवस्थामा दुई… Continue reading एक खेल अगाडी नै रियल मड्रिड बन्यो लालिगा च्याम्पियन
यूरोपमा क्रिकेटको रौनक पनि फर्कियो, पहिलो टेस्टमा वेस्ट इण्डिज विजयी
साउथह्याम्पटन । कोरोना भाइरसको महामारीबाट हजारैं मानिस गुमाएको यूरोप अब सामान्य जनजीवनमा फर्कने प्रयासमा छ । फूटबल खेलहरुक संचालनमा आइसकेको यहाँ अब क्रिकेटको रौनक समेत फर्किएको छ । यद्दपी खेल बीना दर्शक हुने गरेका छन् । कोरोना महामारीपछि पहिलो पटक भएको टेस्ट क्रिकेटमा वेस्ट इण्डिजले इंल्याण्डलाई पराजित गरेको छ । जर्मेन ब्ल्याकउड ब्याटिङमा चम्किएपछि वेष्ट… Continue reading यूरोपमा क्रिकेटको रौनक पनि फर्कियो, पहिलो टेस्टमा वेस्ट इण्डिज विजयी
मेसीले कीर्तिमान राखेको खेलमा बार्सिलोना विजयी
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अर्को जीत दर्ता गरेको छ । यसले उसको उपाधि दाबेदारी कायमै रहेको छ । गएरात रियल भालाडोलिडलाई १ – ० गोल अन्तरले हराउदै बार्सिलोनाले रियल म्याड्रिड विरुद्ध अंक दूरी छोट्याएको छ । अब दुई प्रतिस्पर्धी क्लवबीच एक अंकको मात्र फरक छ । बार्सिलोनाले साँघुरो जित दिलाउने क्रममा अर्टुरो… Continue reading मेसीले कीर्तिमान राखेको खेलमा बार्सिलोना विजयी
लीग च्याम्पियन लिभरपुललाई सीटीले नराम्ररी हरायो
काठमाडौं । इंग्लिस प्रिमियर लीग विजेता लिभरपुललाई तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ४–० गोल अन्तरले हराएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा उक्त नतिजा आएको हो । सिटीको घरेलु मैदान इतिहादमा सम्पन्न खेलमा केभिन डि ब्रुइन, रहिम स्र्टलिङ र फिलिप फोडेनले एक एक गोल गरे । एक गोल सीटीले लिभरपुलका एलेक्स च्याम्बर्लिङको आत्मघाती गोलका… Continue reading लीग च्याम्पियन लिभरपुललाई सीटीले नराम्ररी हरायो
मेसीले पुरा गरे ७ सय औं गोल
काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले एक ऐतिहासिक कोशे ढुंगा पार गरेका छन् । उनले बुधबार राती आफ्नो करियरको सात सय औं गोल पूरा गरेका हुन् । ला लिगा अन्तर्गत गएराति एट्लेटिको मड्रिडविरुद्ध गोल गर्दै उनले यो कीर्तिमान कायम गरेका हुन् । बार्सिलोनाले एट्लेटिकोसँग दुई दुई गोलको बराबरी खेल्यो । त्यसक्रममा बार्सिलोनाका लागि मेस्सीले एक… Continue reading मेसीले पुरा गरे ७ सय औं गोल
३० वर्षपछि लिभरपुलले जित्यो इंलिस प्रिमियर लीगको उपाधी
काठमाडौं । लिभरपुलले जारी सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिग उपाधि रक्षा गर्न सफल भएको हो । गतराती दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई चेल्सीले २ –१ गोल अन्तरले हराएपछि लिभरपुल लीग विजेता बन्न पुगेको हो । घरेलु मैदानमा चेल्सीलाई जीत दिलाउने क्रममा क्रिस्टियन पुलिसिच र विलियनले एक… Continue reading ३० वर्षपछि लिभरपुलले जित्यो इंलिस प्रिमियर लीगको उपाधी
टेनिस स्टार नोभाक जोकोभिच दम्पत्तिलाई देखियो कोरोना
काठमाडौं । विश्व नम्बर एक साविर्याका टेनिस स्टार नोभाक जोकोभिच र उनकी पत्नी जेलेनामा कोरोना संक्रमण भएको छ । यो अहिलेसम्मकै स्टार खेलाडीमाथि कोरोनाको आक्रमण हो । जोकोभिचको अगुवाईमा सम्पन्न एड्रिया टूर टेनिस प्रतियोगितामा भाग लिएका अन्य दुई खेलाडीमा कोरोना देखिएपछि जोकोभिचले परिक्षण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उक्त परीक्षणबाट दम्पत्तिमा कोरोना पुष्टी भएको… Continue reading टेनिस स्टार नोभाक जोकोभिच दम्पत्तिलाई देखियो कोरोना
म्याच फिक्सिङको आरोपबाट सागर थापासहित सबैले ६ वर्षपछि सफाइ
काठमाडौं । म्याच फिक्सिङ मुद्दामा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा, अन्य खेलाडी र एक फिजियोथेरापिष्टसहित ६ जनाले सर्वोच्च अदालतबाट पनि सफाई पाएका छन् । सरकारी पक्षले २०७५ मंसिर २० गते सर्वोच्चमा गरेको पुनरावेदनमा मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएको हो। राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह… Continue reading म्याच फिक्सिङको आरोपबाट सागर थापासहित सबैले ६ वर्षपछि सफाइ
यूरोपमा फर्किदै खेल माहौल, आजबाट लालिगा
बार्सिलोना । संसारमा सम्भवतः धेरै हेरिने लीगमध्ये एक लालिगा आजबाट पुनः शुरु हुँदैछ । स्पेनिस ला लिगा फुटबलका खेल आजबाट पुनः शुरु हुन लागेको यूरोपेली संचारमाध्यमले जनाएको छन् । विश्वव्यापी महामारीबाट माथि उठ्दै यूरोप अब सामान्य जनजिवनमा फर्कने प्रयासमा छ । सोहीक्रममा ला लिगा शुरु हुन लागेको हो। यो लीग विश्वका दुई ठूला क्लव बार्सिलोना… Continue reading यूरोपमा फर्किदै खेल माहौल, आजबाट लालिगा
नेपाललगायत मुलुकले खेल्ने विश्वकप छनोटका खेल ४ महिनापछि गराउने प्रस्ताव
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी बिस्तारसँगै देशभर खेल गतिविधि ठप्प छ । यसले आगामी वर्ष आयोजना हुने महत्वपूर्ण खेल गतिविधिलाई असर गरेको छ । यसै सन्दर्भम एशियाली फुटबल महासङ्घ (एएफसी) ले स्थगित भएको फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेल आगामी चार महिनापछि गराउने प्रस्ताव गरेको छ । यस प्रतियोगितामा नेपालले… Continue reading नेपाललगायत मुलुकले खेल्ने विश्वकप छनोटका खेल ४ महिनापछि गराउने प्रस्ताव
जर्मन लीग बुन्डेस लिगा १६ मे बाट पुनः सूचारु
काठमाडौं । कोरोनाको कहरबीच केही सुखदः समाचार आउन थालेका छन् । कुनै समय कोरोनाबाट सबैभन्दा प्रताडित भएको यूरोप र त्यसमा नि जर्मनीले अब राष्ट्रिय फूटबल लीग संचालनको तयारी गरेको छ । जर्मनीको प्रतिष्ठित फुटबल प्रतियोगिता बुन्डेस लिगा १६ मे बाट बन्द रंगशालामा सुरु गर्ने निर्णय भएको हो । जर्मन फुटबल संघले बिहीबार कोरोनाका कारण अनिश्चित… Continue reading जर्मन लीग बुन्डेस लिगा १६ मे बाट पुनः सूचारु
सागमा पदक विजेता खेलाडीको खातामा गयो पुरस्कार रकम
काठमाडौं । सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको खातामा घोषित पुरस्कारवापतको रकम पठाएको छ । गत मंसिरमा नेपालमा सम्पन्न साग लगत्तै विजेता खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले पुरस्कारको घोषणा गरेका थिए । उनको घोषणा अनुसारको रकम बुधबार सम्बन्धित खेलाडीको खातामा पठाइएको हो । युवा तथा खेलकुद मन्त्रालयका अनुसार सागमा पदक जित्ने ४… Continue reading सागमा पदक विजेता खेलाडीको खातामा गयो पुरस्कार रकम
फिफा वरियतामा नेपाल यथास्थानमा
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को वरियताक्रममा नेपाल साविककै स्थानमा रहन सफल भएको छ । बिहीबार सार्वजनिक वरियता अनुसार नेपाल १७०औँ स्थानमा रहेको छ । यसअघि पनि यसै स्थानमा थियो । कोरोना भाइरसका कारण विश्वभर गत महिना विश्वभर मात्र चार वटा खेल भएका थिए । त्यसकारण धेरै जसो देशको वरीयता परिवर्तन भएको छैन ।… Continue reading फिफा वरियतामा नेपाल यथास्थानमा
खेलकुद परिषद्को चासो खेलाडी र पदाधिकारीमा
काठमाडौं । कोराना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण अहिले सबै मानिस घरभित्र थुनिन बाध्य छन् । यसले सबैभन्दा बढी व्यापार र शारीरिक गतिविधि आवश्यक पर्ने खेलकुद क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ । घरमै बसेका खेलाडी, प्रशिक्षक, कर्मचारी र खेलकुद संघसंस्थाका पदाधिकारीको अवस्थाको विषयमा राष्ट्रिय खेलकुद परिषद्ले चासो देखाउन थालेको छ । परिषद्का प्रशासन… Continue reading खेलकुद परिषद्को चासो खेलाडी र पदाधिकारीमा
बार्सिलोनाका खेलाडीको ७० प्रतिशत तलव कटौती, युभेन्टसले चार महिनाको तलव काट्ने
बार्सिलोना । कोरोना भाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी शुरु भएको छ । यसले संसारभर सबै जसो मुलुक प्रभावित भएको छ । अझ कोरोनाको इपीसेन्टर बनेको स्पेन र इटलीमा त झन भयाभह अवस्था छ । यी दुई मुलुक खेलकुद र त्यसमा पनि फूटबलमा लागि संसारमै चर्चित छन् । तर, कोरोनाका कारण यो सिजन नराम्रोसँग प्रभावित भएको… Continue reading बार्सिलोनाका खेलाडीको ७० प्रतिशत तलव कटौती, युभेन्टसले चार महिनाको तलव काट्ने
आइसीसीद्धारा ३० जुनसम्मका सबै प्रतियोगिता स्थगित
काठमाडौं । कोराना भाइरसका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले ३० जुनभन्दा अगाडीका सबै प्रतियोगिता स्थगित गरको छ । जसले गर्दा यसबीचमा हुने टी–२० विश्वकप छनोटका खेल प्रभावित भएका छन् । आइसीसीले ३० जुन अगाडिका सबै प्रतियोगिता स्थगित गरिएको बिहीबार उल्लेख गरेको छ । आइसिसीले कोरोनासँग विश्व जुँधिरहेको अवस्थामा प्रतियोगिता रोक्नु उचित हुने उल्लेख गरेको छ… Continue reading आइसीसीद्धारा ३० जुनसम्मका सबै प्रतियोगिता स्थगित
कोरोनाले २१ वर्षिय स्पेनिस फूटबल कोचको ज्यान लियो, मृत्यु हुने विश्वकै कान्छा संक्रमित
काठमाडौं । कोरोना भाइरसले युवालाई कम प्रभाव पार्छ भन्ने पुष्टी चीन र इटलीको तथ्यांकले गरेको थियो । किनकी इटलीमा ५० वर्ष मुनीका मानिसको ज्यान गएको थिएन । चीनमा ३९ वर्षभन्दा मुनीका व्यक्तिको ज्यान गएको थिएन । तर, यूरोपका अन्य मुलुकबाट अझ डरलाग्दो खबर सार्वजनिक हुन थालेको छ । फ्रान्समा अधिकांश ५० वर्ष मुनीका नागरिकमा कोरोनाको… Continue reading कोरोनाले २१ वर्षिय स्पेनिस फूटबल कोचको ज्यान लियो, मृत्यु हुने विश्वकै कान्छा संक्रमित
स्टार फूटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा
पोर्चुगल । पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बस्नु परेको छ । उनी सेल्फ क्वारेन्टाइनमा बसेका न् । अहिले इटालीमा कोरोनाको संक्रमण डरलाग्दो गरी फैलिएको छ । रोनाल्डो इटालीयन क्लव युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्छन् । सो क्लवका डिफेन्डर ड्यानियल रूगानीलाई कोरोना भाइरस देखिएको छ। सोहीकारण टीममेटका कारण संक्रमण सरेको हुन सक्ने आंशकामा उनी क्वारेन्टाइनमा… Continue reading स्टार फूटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा
कोरोनाका कारण अष्ट्रेलिया र नेपालको खेल स्थगित
काठमाडौं । विश्व फूटबलकै एक शक्तिशाली मुलुक हो अष्ट्रेलिया, एसियामा त उसको एकछत्र राज रहेको छ । विश्वकप छनोट तथा एसियाकपका लागि समेत छनोटका लागि अष्टेलिया र नेपालबीच नेपालको घरेलु मैदानमा खेल हुने तय थियो । खेल यसै महिना नेपालको दशरथ रंगशालामा हुनुपर्ने थियो । शक्तिशाली मुलुकसँग घरेलु मैदानमा आफ्नो टीमले खेलेको हेर्ने दर्शकको चाहना… Continue reading कोरोनाका कारण अष्ट्रेलिया र नेपालको खेल स्थगित
महिला विश्वकपको उपाधी अष्ट्रेलियालाई, भारत पराजित
मेलवर्न । आईसीसी महिला टी-२० विश्वकप क्रिकेट अष्ट्रेलियाले जितेको छ। आइतबार उसकै मैदानमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधी जितेको हो । अष्ट्रेलियाले पाँचौ पटक उपाधी जितेको हो । समूह चरणमा अष्ट्रेलियालाई भारतले हराएको थियो । तर, फाइनलमा भने घरेलु मैदानको फाइदा उठाउँदै अष्टेलिया हावी भयो । मेलवर्न क्रिकेट मैदानमा भएको खेलमा अष्ट्रेलियाले टस… Continue reading महिला विश्वकपको उपाधी अष्ट्रेलियालाई, भारत पराजित
इपीएल स्थगित, विश्वस्तरीय खेलाडी अब नेपाल आउलान ?
काठमाडौं । यस वर्षको एभरेष्ट प्रिमियर लीग खास बनाउने लक्ष्य आयोजकको थियो । संसारभरका विश्वस्तरीय खेलाडीलाई काठमाडौंमा उतारेर नेपाली दर्शकसामु प्रस्तुत गर्ने लक्ष्यसहित आयोजना गर्ने योजना बनाइएको एभरेष्ट प्रिमियर लीग (इपीएल) स्थगित भएको छ । टीयू मैदानमा आयोजना हुने यो प्रतियोगिता विश्वव्यापी संक्रमण कोरोना भाइरसका कारण स्थगित गर्नु परेको हो । टी-२० क्रिकेटका बादशाह क्रिस… Continue reading इपीएल स्थगित, विश्वस्तरीय खेलाडी अब नेपाल आउलान ?
नेपाललाई कमजोर मलेसियाले हरायो
बैंकक । विश्वस्तरीय खेलाडी रहेको र वानडे मान्यता पाएको नेपाललाई कमजोर आंकलन गरिएको मलेसियाले एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा पराजित गरिदिएको छ । नेपाल र मलेसियाबीच शनिबार सम्पन्न खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो । शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै… Continue reading नेपाललाई कमजोर मलेसियाले हरायो
नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविलाई
फागुन १५, काठमाडौं गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविले जितेको छ । प्रतियोगितामा इस्टपोल स्कुल दोश्रो हुँदा गोकर्ण माविले तेस्रो स्थानमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई विहिवार आयोजित एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य कृष्ण राईले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गर्नुभयो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख… Continue reading नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविलाई
रुसी टेनिस खेलाडी मारिया सारापोभाले लिईन् सन्यास
काठमाडौं । चर्चित तथा धनी टेनिस खेलाडीको सूचीमा पर्ने रुसी टेनिस खेलाडी मारिया सारापोभाले खेलाडी जीवनबाट सन्यास लिएकी छिन् । पटक चोटका कारण धेरै समय कोर्ट बाहिर रहेकी सारापोभाले ३२ बर्षको उमेरमा टेनिसबाट सन्यास लिएकी हुन् । सन् २००४ मा १७ बर्षको उमेरमा पहिलो ग्राण्डस्लाम खेल्दा पहिलो पटक नै त्यतिबेलाकी नम्बर एक खेलाडी सेरेना विलियम्सलाई… Continue reading रुसी टेनिस खेलाडी मारिया सारापोभाले लिईन् सन्यास