मुस्ताङको सिन्तामणि विश्वकै उत्कृष्ट होटेल सूचीमा

काठमाडौं । अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणि पनि परेको छ । यो सूचीमा एसिया महादेशबाट तीनवटा होटल पर्न सफल भएका छन् । जसको पहिलो स्थानमा नेपालको सिन्तामणि परेको हो । स्थानीय ढुंगा प्रयोगबाट निर्मित यो रिसोर्ट दुई वर्षअघि मात्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । पदयात्रा,… Continue reading मुस्ताङको सिन्तामणि विश्वकै उत्कृष्ट होटेल सूचीमा

१७ दिनमा भारतीय सिमाबाट चिनियाँ सीमा पदयात्रा गरी पुग्ने गरी रुट सार्वजनिक

काठमाडौं । भारतीय सीमादेखि चीनसम्म जोड्ने गरी पदयात्रा मार्ग (ट्रेकिङ रुट) तयार भएको छ । पर्यटन व्यवसायी तथा अर्थबाउन्ड एक्सपिडिसन प्रालि अध्यक्ष राजन सिंखडाले छिमेकी भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाका जोड्ने गरी नयाँ ट्रेकिङ रुट सोमबार सार्वजनिक गरे । ‘नेपाल बोर्डर टु बोर्डर थ्रु हाइक’ नामकरण गरिएको यस नयाँ ट्रेकिङ रुटमा नेपालको होचो भाग… Continue reading १७ दिनमा भारतीय सिमाबाट चिनियाँ सीमा पदयात्रा गरी पुग्ने गरी रुट सार्वजनिक

चीन र थाइल्याण्डले एक-अर्का मुलुकका नागरिकको भ्रमणमा भिसा नलिने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताएका छन् । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। थाइल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री पर्णप्री बहिद्धा–नुकारासँगको परामर्शपछि संयुक्त पत्रकार सम्मेलनमा वाङले यस्तो टिप्पणी गरेका छन् । यसले पक्कै पनि द्विपक्षीय जनता–जनताबीचको सम्बन्धलाई नयाँ… Continue reading चीन र थाइल्याण्डले एक-अर्का मुलुकका नागरिकको भ्रमणमा भिसा नलिने

‘द क्लिफ नेपाल’ले भारतको केरलामा समेत बिस्तार गर्यो विजनेश

काठमाडौं । बाग्लुङ–कुश्मालाई साहसिक खेल स्थलको रूपमा स्थापित गरेको द क्लिफ नेपालले भारतको कम्पनीमा व्यवस्थापन सम्हालेको छ । द क्लिफ को व्यवस्थापनमा भारतको केरलामा नयाँ बन्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ । योसँगै क्लिफ अन्तर्राष्ट्रियस्तरमा पहिलो पटक बन्जीको व्यवस्थापनमा संलग्न भएको हो । केरलामा वाया नाडा कम्पनीले निर्माण गरेको बन्जी जम्प तथा अन्य साहसिक गतिविधि… Continue reading ‘द क्लिफ नेपाल’ले भारतको केरलामा समेत बिस्तार गर्यो विजनेश

अंग्रेजी नयाँ वर्षमा ठमेलमा महोत्सव हुँदै

file

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्न काठमाडौंको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव आयोजना भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ३१ डिसेम्बरका दिन बेलुका ठमेलमा सडक महोत्सव हुन लागेको हो । यसले कोरोनाबाट असर पुगेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलको… Continue reading अंग्रेजी नयाँ वर्षमा ठमेलमा महोत्सव हुँदै

नेपाल र भियतनाम बीच दुई चार्टर्ड उडान हुने

काठमाडौं । नेपाल र भियतनामबीच पर्यटक आउजाउका लागि थप दुई चार्टर्ड उडान हुने भएको छ । यसअघि आयोजक रुप्से होलिडेजले गत २१, २५ र २९ अक्टोबरमा हिमालय एयरलाइन्सको एयरबस ३२० जहाज चार्टर गरी काठमाडौं–हनोइ–काठमाडौं रुटमा उडान गरेको थियो । ती उडानमा भियतनामबाट २२५ जना र नेपालबाट भियतनाममा ३२८ जना पर्यटक भ्रमणमा गएको कम्पनीले जनाएको छ… Continue reading नेपाल र भियतनाम बीच दुई चार्टर्ड उडान हुने

नेपालले थप हिमाल आरोहणमा खुला गर्नुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घको ५० औँ वार्षिकोत्सवमा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पर्वतीय पर्यटन विकास र प्रवर्द्धनका लागि हिमाल आरोहणका लागि अनुमति दिन सरकारलाई सुझाव दिए । उनले पर्वतीय पर्यटन क्षेत्रमा लागि थप काम गर्न… Continue reading नेपालले थप हिमाल आरोहणमा खुला गर्नुपर्छ : राष्ट्रपति

एक महिनामा भित्रिए इतिहासकै बढी पर्यटक

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन उत्साहजनकरुपमा बढेको छ। अक्टोबर महिनामा हवाई मार्गमार्फत १ लाख १७ हजार ३०६ विदेशी पर्यटक नेपाल आएका छन्। एक महिनामा नेपाल भित्रिएको पर्यटक इतिहासकै सबैभन्दा धेरै हो । यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए । यो रेकर्ड यस वर्ष तोडिएको हो ।… Continue reading एक महिनामा भित्रिए इतिहासकै बढी पर्यटक

प्रधानमन्त्री प्रचण्ड मुस्ताङ भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान मुस्ताङको जोमसोम गएका छन्। जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै जोमसोम गएका हुन्। ‘मुस्ताङमा प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ,’ प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी… Continue reading प्रधानमन्त्री प्रचण्ड मुस्ताङ भ्रमणमा

भियतनामबाट तीन चार्टर्ड उडानबाट पर्यटक नेपाल भ्रमणमा आउँदै

काठमाडौं । नेपालको पर्यटन इतिहासमा पहिलो पटक भियतनामबाट एकै खेपमा ठूलो संख्यामा पर्यटक नेपाल आउने भएका छन् । तीन दिन जहाज चार्टर्ड गरी एकै पटक ठूलो संख्यामा भियतनामी पर्यटक नेपाल आउन लागेको यो भ्रमणको व्यवस्थापन गरिरहेको कम्पनी रुप्से होलिडेजले जानकारी दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार तीन वटा विमान चार्टर गरेर भियतनामी… Continue reading भियतनामबाट तीन चार्टर्ड उडानबाट पर्यटक नेपाल भ्रमणमा आउँदै

दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं । दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दसैं, तिहार र छड पर्वका… Continue reading दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

अग्रिम टिकट बुकिङ २२ असोजबाट

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाले जानकारी दिए । त्यस अगाडि व्यवस्थापनका सबै काम… Continue reading अग्रिम टिकट बुकिङ २२ असोजबाट

दमाम उडेको नेवानिको जहाज किन पाकिस्तानमाथिबाट नेपाल फिर्ता आयो ?

काठमाडौं । काठमाडौंबाट साउदीको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज पाकिस्तानको आकासबाटै काठमाडौं फिर्ता भएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज त्यसको एक घण्टापछि काठमाडौं अवतरण गरेको हो । सो जहाजमा रहेको अर्को जहाज कति नजिकमा छ भन्ने संकेत दिने प्रणालीमा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्काउनु परेको नेवानि स्रोतले… Continue reading दमाम उडेको नेवानिको जहाज किन पाकिस्तानमाथिबाट नेपाल फिर्ता आयो ?

एक महिनामा ९१ हजार पर्यटकले गरे नेपाल भ्रमण, अमेरिकी पर्यटक ७ हजार ३६४

काठमाडौं । एक महिनाको अवधिमा ९१ हजार जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका हुन् । यो सन् २०१९ कै हाराहारीमा हो । सो वर्ष सेप्टेम्बर महिनामा ९२ हजार ६०४ जना पर्यटक नेपाल आएका थिए । सन् २०२० पछि भने कोभिड–१९ का कारण पर्यटक आगमन प्रभावित… Continue reading एक महिनामा ९१ हजार पर्यटकले गरे नेपाल भ्रमण, अमेरिकी पर्यटक ७ हजार ३६४

शैलुङमा स्पार्क एड्भेञ्चरको टीम, टेण्टमा बास

काठमाडौं । स्पार्क एड्भेञ्चर २०२३ सुरू भएको छ । दोलखा र रामेछापको सिमानाको पर्यटकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले ‘स्पार्क एड्भेञ्चर(२०२३’ आयोजना गरेको हो । बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजा सहित एड्भेञ्चरको उद्घाटन गरिएको छ। उद्घाटनपश्चात् २०० जनाभन्दा बढीको टोलीले शैलुङको यात्रा सुरू गरेको हो । सय थुम्काहरूको संगम शैलुङ धार्मिक पर्यटकीय… Continue reading शैलुङमा स्पार्क एड्भेञ्चरको टीम, टेण्टमा बास

वर्षायामपछि बन्द भएको हट एयर बलुन पुनः सञ्चालनमा

काठमाडौं । वर्षासँगै सेवा बन्द रहेको हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन उडान बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले सेप्टेम्बरदेखि उडानमा दुई वटा बेलुन प्रयोग गर्ने भएको छ । साहसिक खेल रूचाउने पर्यटकको… Continue reading वर्षायामपछि बन्द भएको हट एयर बलुन पुनः सञ्चालनमा

काठमाडौं–छिन्ताओ सिधा हवाई उडान सुरु

काठमाडौं । काठमाडौं–छिन्ताओ–काठमाडौं सिधा उडानमार्फत जोडिएका छन् । हिमालउ एयरलाइन्सले सातामा एक उडान गर्ने गरी आजबाट उडान थालेको हो।एयरलाइन्सकाअनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ९ः१५ मा छिन्ताओका लागि उडेको हो। जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको ५ः२२ बजे अवतरण गरेको छ । उडानको अवधि ५ घण्टा ५० मिनेटको हुनेछ। पहिलो उडानमा एक… Continue reading काठमाडौं–छिन्ताओ सिधा हवाई उडान सुरु

पोखरा-जोमसोम उडान सोमबारबाट सूचारु

काठमाडौं । प्रतिकुल मौसमका कारण बन्द भएको तारा एयरको पोखरा–जोमसोम उडान नियमित सञ्चालन हुने भएको छ। ताराले सोमबारदेखि नियमित उडान गर्न लागेको हो। जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्री बिसान गर्नेछ। हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको छ। तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाटै… Continue reading पोखरा-जोमसोम उडान सोमबारबाट सूचारु

११० दिनको ग्रेट हिमालयन ट्रेलको हाहसिक यात्रामा निस्कँदै स्ट्रेम्फेल्ज दम्पत्ति

काठमाडौं । एकसाथ सगरमाथा आरोहण गर्दै कीर्तिमान राखेका स्लोभानियन आरोही दम्पती आन्द्रेज स्ट्रेम्फेल्ज र मारिजा स्ट्रेम्फेल्ज अब नेपालको सबैभन्दा लामो ग्रेट हिमालयन ट्रेलको यात्रामा निस्कने भएका छन् । नेपाल पर्वतारोहण संघले उनीहरु एक असाधारण साहसिक पदयात्रामा निस्कन लागेको बताएको छ । १३ सेप्टेम्बर ९२७ भदौ०मा यात्रा सुरु गर्ने तयारीमा रहेका उनीहरुले कुल ११० दिनको पदयात्रा… Continue reading ११० दिनको ग्रेट हिमालयन ट्रेलको हाहसिक यात्रामा निस्कँदै स्ट्रेम्फेल्ज दम्पत्ति

सन्ध्याकालिन उपत्यका हेर्न कीर्तिपुरमा सम्पदा यात्रा हुने

काठमाडौं । कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा आयोजना गरिने भएको छ । आगामी सेप्टेम्बर २७ तारिखका दिन मनाइने विश्व पर्यटन दिवसलाई लक्षित गरी यहाँ सम्पदा यात्रा गर्न लागिएको हो । यो दिवसको मूल सन्देश पर्यटन र हरित लगानी रहेको छ । यही परिप्रेक्षमा कीर्तिपुरले उक्त सन्देशमा पर्यटन अगाडि बढाउन सक्षम भएको सन्देश दिन कीर्तिपुर नगरपालिका र… Continue reading सन्ध्याकालिन उपत्यका हेर्न कीर्तिपुरमा सम्पदा यात्रा हुने

भुटान एयरको काठमाडौं उडान ३० भदौबाट सूचारु हुँदै

काठमाडौं । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्सले ३० भदौदेखि काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले यस्तो जानकारी दिएको हो । नेपालमा साताको चार उडान हुने भएको छ । आइतबार, सोमबार, बुधबार, र शनिबार गरी साप्ताहिक रुपमा चार… Continue reading भुटान एयरको काठमाडौं उडान ३० भदौबाट सूचारु हुँदै

काठमाडौं विमानस्थलमा एकसाथ थपिए ५ सय ट्रली

काठमाडौं ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै पटक ५ सय ट्रली थप गरिएको छ । ब्यागेज ट्रली धेरै बिग्रिएको र त्यसले दुर्घटना हुन सक्ने गुनासो यात्रुहरुबाट भएपछि नयाँ ट्रली खरिद गरिएको विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिएका छन् । विमानस्थलमा अन्तर्राष्ट्रिय आगमनतर्फ पाँच सय नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याएको उनको भनाई छ । अब यात्रुको गुनासोको… Continue reading काठमाडौं विमानस्थलमा एकसाथ थपिए ५ सय ट्रली

जोमसोम-पोखरा हवाइ सेवा पुनः सूचारु

काठमाडौं । जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ। गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १३ गतेदेखि स्थगित भएको थियो। जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुई महिनापछि समिट एयरलायन्सले आइतबार तीनवटा उडान भरेको जानकारी दिए। ुमौसममा सुुधार र पर्यटकीय याम सुरू हुन… Continue reading जोमसोम-पोखरा हवाइ सेवा पुनः सूचारु

नेपाल एयरलाइन्सले भैरहवालाई अब बैलौरसँग पनि जोड्दै

काठमाडौं । नेपाल एयरलाइन्सले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंगलोरमा पनि उडान गर्ने भएको छ । एयरलाइन्सले २९ जेठदेखि हरेक मंगलबार काठमाडौं क्वालालम्पुर, भैरहवा काठमाडौं रुटमा उडान भरिरहेको छ । १२ भदौदेखि एयरलाइन्सले भैरहवाबाट हङकङ र दिल्लीका लागि पनि यात्रु लिएर आउने गरी टिकट बुकिङ खोलेको थियो । जसअनुसार हरेक मंगलबार… Continue reading नेपाल एयरलाइन्सले भैरहवालाई अब बैलौरसँग पनि जोड्दै

बेलायतमा किन रद्द भए एकसाथ हजारौं उडान ?

काठमाडौं । ब्रिटेनको एयर ट्राफिक कन्ट्रोलको सिस्टममा खराबी आएसँगै हजारौं उडान रद्द भएका छन् । यसको मारमा ठूलो संख्यामा यात्रु परेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । ब्रिटेनको एयर ट्राफिक कन्ट्रोल सम्हाल्ने नेट्सका अनुसार फ्लाइट्ससँग सम्बन्धित प्लानिङ गर्ने सिस्टम बिग्रिएर यो समस्या आएको हो । फ्लाइट्सको आउने जाने प्लानिङ बिना सिस्टम नै गर्नु परेपछि उडानहरु प्रभावित… Continue reading बेलायतमा किन रद्द भए एकसाथ हजारौं उडान ?

सौराहामा सिद्धार्थको लक्जरी रिसोर्ट सञ्चालनको तयारी

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लक्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनको तयारी गरेको छ । यो रिसोर्ट दशैं अगाडि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लक्जरी ब्राण्ड हो सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेका अनुसार स्थानीय व्यवसायी बासु ढुंगानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको हो । रिसोर्टमा २२… Continue reading सौराहामा सिद्धार्थको लक्जरी रिसोर्ट सञ्चालनको तयारी

थाइ एयरवेजले नेपालमा पुनः उडान थाल्दै

काठमाडौं । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले नेपालमा पुनः उडान थाल्ने भएको छ । कोभिड १९ पछि उडान बन्द गरेको यो कम्पनीले आगामी नोभेम्बरदेखि नेपाल उडान पुनः सुचारु गर्ने भएको छ । थाइ एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई आफ्नो जनरल सेल्स एजेण्ट (जीएसए) समेत नियुक्त गरेको छ । उक्त नियुक्ति अगस्ट १, २०२३ बाट… Continue reading थाइ एयरवेजले नेपालमा पुनः उडान थाल्दै

पोखराको हट एयर बलुन सेप्टेम्बरबाट पुनः सञ्चालनमा आउँदै

काठमाडौं । मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्‍कोट… Continue reading पोखराको हट एयर बलुन सेप्टेम्बरबाट पुनः सञ्चालनमा आउँदै

काठमाडौं विमानस्थलबाट २५ लाखले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

काठमाडौं । यस वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनाको अवधिमा २५ लाख यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् । जनवरी २०२३ देखि जुलाई २०२३ सम्म २५ लाख १२ हजार ८१० जना हवाई यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका हुन् । ७ महिनामा १३ लाख ६८ हजार ३३७ जना यात्रु नेपालबाट विदेश उडेका छन् । ११ लाख… Continue reading काठमाडौं विमानस्थलबाट २५ लाखले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

एक महिनामा अमेरिकाबाट आए ५ हजार ५६१ जना पर्यटक

काठमाडौं । नेपालमा एक महिनाको अवधिमा ५ हजार ५६१ जना अमेरिकी पर्यटक भ्रमणमा आएका छन् । यो संख्या देश अनुसार तेस्रो हो । नेपाल पर्यटन बोर्डका अनुसार जुलाई २०२३ मा कुल ५७ हजार ७२६ जना पर्यटक नेपाल आएका छन् । त्यसमध्ये भारतीय मात्र २१ हजार ३५७ जना आएका छन् । दोस्रो स्थानमा चिनियाँ नागरिक छन्… Continue reading एक महिनामा अमेरिकाबाट आए ५ हजार ५६१ जना पर्यटक