अब हवाई यात्रुले फेसशिल्ड लगाउन नपर्ने

काठमाडौं । नेपालमा आन्तरिक हवाई यात्रामा अनिवार्य लगाउनु पर्ने फेसशिल्ड अब भने लगाउनु नपर्ने भएको छ । १ सेप्टेम्बर (बुधबार) देखि लागु हुने गरी फेसशिल्ड लगाउनु नपर्ने नियम कार्यान्वयनमा ल्याउन लागिएको वायुसेवा संचालक संघले जानकारी गराएको छ । संसारभर यात्राका क्रममा फेसशिल्ड प्रयोग नभएको, कोरोना महामारीको संक्रमण केही कम भएको र विमानस्थल परिसरमा फेसशिल्ड जथाभावी… Continue reading अब हवाई यात्रुले फेसशिल्ड लगाउन नपर्ने

काठमाडौं-कोलम्बो हवाई संजालमा जोडिए, आजबाट नियमित उडान

काठमाडौं । काठमाडौं र श्रीलंकाको राजधानी कोलम्बो हवाई संजालमा जोडिएका छन् । श्रीलङ्कन एयरलाइन्सले आजबाट काठमाडौँ–कोलम्बो रुटमा नियमित उडान शुरु गरेको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएकोछ । श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि अनुमति लिएको छ । मंगलबार र शनिबार गरि सातामा दुई उडान हुन लागेको हो । यो कम्पनी निर्माणाधिन गौतमबुद्ध… Continue reading काठमाडौं-कोलम्बो हवाई संजालमा जोडिए, आजबाट नियमित उडान

शिकागो सहरको यादगार भ्रमण

कुमार न्यौपाने, न्युयोर्क ल्याण्ड अफ लिङ्गकन भनिने इलोनइको राजधानी स्प्रिङफिल्डको पृष्ठभूमीमा इङ्गलिस ब्ल्याक टि र स्विटनर पुरा पैसा लिएर पनि पेन्डामीकको नाउँमा चिसो ब्रेकफास्टको (स्प्रेड ब्रेकफास्टको व्यवस्था हुनुपर्नेमा) प्याकेटसंगै शहरी दृष्य देखिने लाउन्जबाट देखिएको शिकागो भने भब्य थियो । अघिल्लो दिनको शिकागो आर्किटेक्चरल क्रुज टुरले शहरको भित्री र मिसीगन तालबाट वाहिरी रुपहरु र्छलङ्ग पारेको थियो… Continue reading शिकागो सहरको यादगार भ्रमण

अपांगमैत्री छैनन् नेपालमा तारे होटेलका संरचना

काठमाडौं । नेपालमा पर्यटक स्तर र तारे स्तरका होटलमा समेत अपांगमैत्री संरचना नहुँदा त्यस प्रकारका पाहुनालाई आकर्षित गर्न सकिएको छैन । पहुँचयोग्य पर्यटकका कारण मुलुकको अर्थतन्त्रमै सकारात्मक प्रभव पर्न सक्ने भएपनि त्यसअनुसारको संरचना बनाउन नसकिएको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को अध्ययन अनुसार नेपालका तारे स्तरका ९० होटल र त्यसमा संलग्न… Continue reading अपांगमैत्री छैनन् नेपालमा तारे होटेलका संरचना

लुक्ला जान खोप अनिवार्य, नभए पिसिआर नेगेटिभ हुनुपर्ने

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रवेश गर्न कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाउनु पर्ने भएको छ । खोप लगाएको नभए पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य हुनुपर्ने निर्णय गाउँपालिकाले गरेको छ । गाउँपालिकाले त्रिभुवन विमानस्थल र लुक्ला विमानस्थललाई पत्र लेख्दै गाउँपालिकामा हवाईजहाज तथा हेलिकप्टरमार्फत प्रवेश गर्ने सबै यात्रुले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको वा पीसीआर… Continue reading लुक्ला जान खोप अनिवार्य, नभए पिसिआर नेगेटिभ हुनुपर्ने

न्युयोर्क सहर र भित्ते चित्रकला

कुमार न्यौपाने, न्युयोर्क एक बिहानको हिंडाइको क्रममा सेन्ट्रलपार्क वेष्ट, ब्रोडवेको ७९ औं स्ट्रिटमा Hummer Boy नामको भित्ते चित्र देखियो । सानो फुच्चे केटा, ह्यामर बोकेरे सडक छेउ पानीको गेटभल्भमा हान्नलागेको कालो चित्र (बाक्लो प्लास्टीक कभर गरिएको छ) । जसमा लेखिएको छ, “Help Zabar’s save this Banksy” (बेन्क्सीलाइ जोगाउन जेवार्जलाइ सहयोग गर) । यो अनौंठो लाग्ने… Continue reading न्युयोर्क सहर र भित्ते चित्रकला

थन्किएका गाडी मर्मत गर्न व्यवसायीले २ लाखसम्म ऋण लिन पाउने

File photo

काठमाडौं । लामो लकडाउनका कारण ग्यारेजमा थन्किएर बसेका सवारी साधनको मर्मत गर्न व्यवसायीले बैंकबाट ऋण लिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारी साधन मर्मतका लागि पनि ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको बताएको छ । चालु आर्थिक वर्षका लागि जारी गरिएको मौद्रिक नीतिमा कोभिड १९ बाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन तथा मर्मतसम्भारको… Continue reading थन्किएका गाडी मर्मत गर्न व्यवसायीले २ लाखसम्म ऋण लिन पाउने

अमेरिकामा ‘स्पिक अप अर्थात बोल’ को महत्व छ !

कुमार न्यौपाने, न्युयोर्क जीवको उत्पत्तिको कालखण्डमा मानव विकासक्रम झण्डै पुछारतिर भएतापनि भाषागत रुपमा बोल्नेकुरा गर्दा मानव नै अगाडि आउँछ । उत्पत्तिदेखि क­-कसले के के बोले, कुन कुन भाषा बोले र बोलिएका बोलीहरुको नालीबेली लगाउन असम्भव छ र ? यो विषय अत्यन्त रोचक पनि छ । त्यसैले इतिहासमा बोलीको अधिकतम प्रभाव छाड्न सफल मानिसहरुलाई मात्रै सम्झिरहेका… Continue reading अमेरिकामा ‘स्पिक अप अर्थात बोल’ को महत्व छ !

शिकागोदेखि डिसीसम्म

कुमार न्यौपाने, न्युयोर्क ​सिकागोका भित्री कथाकहानी जे जस्तो भएतापनि सुन्दर, सफा, बिशाल र भेनिसको झल्को दिने सिकागो भव्य रहेछ । बेलुका ६.४० बजे वासिगंटनको लागि हिडेको रेल इण्डियाना र इलोनोइको सिमाना पार गर्दैगर्दा देखिएको दृष्यहरुले भने साच्ची कै पृथ्वीमा प्रदुषण कसले, कसरी फैलाइरहेछ भन्ने उत्तर दिन्छ । पाँच ग्रेट तालहरुको नाउले चिनिने सुपेरीयर, ह्युरोन, मिसीगन,… Continue reading शिकागोदेखि डिसीसम्म

वायुसेवा कम्पनी भन्छन्, हवाई उडान सुरक्षित छ

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण देशका विभिन्न जिल्लामा पुनः प्रतिवन्ध शुरु भएको छ । यस अवस्थामा आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि सङ्क्रमणरहित उडानको प्रतिबद्धता जनाएका छन् । उनीहरुले उडान नियमित राख्न र नरोक्न समेत आह्वान गरेका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले सङ्क्रमणरहित उडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,… Continue reading वायुसेवा कम्पनी भन्छन्, हवाई उडान सुरक्षित छ

यूएईले हटायो नेपालमाथिको यात्रा प्रतिवन्ध

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालसहित विभिन्न मुलुकमाथि लगाएको यात्रा प्रतिवन्ध हटाएको छ । कोभिड १९ सङ्क्रमणको जोखिम रहेको भन्दै सो मुलुकले नेपाल र भारतलगायत विभिन्न ६ वटा मुलुकका यात्रुमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । कोभिड १९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउने-जाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको हो… Continue reading यूएईले हटायो नेपालमाथिको यात्रा प्रतिवन्ध

अब भरतपुरबाट भैरहवामा नियमित जहाज चल्ने

काठमाडौं । अब चितवनको भरतपुरबाट रुपन्देहीको भैरहवासम्म नियमित जहाज चल्ने भएको छ । बुद्ध एयरले क्षेत्रिय विमानस्थललाई जोड्ने गरि रुट तय गरेको छ । भरतपुर–भैरहवा रुटमा हागामी १५ अगष्टबाट उडान गर्ने भएको हो । कम्पनीका अनुसार यो रुटमा सातामा तीन उडान हुने छ । शनिबार, बुधबार र शुक्रबार जहाज चल्ने गरि उडान तालिका तय भएको… Continue reading अब भरतपुरबाट भैरहवामा नियमित जहाज चल्ने

एक महिनामा अमेरिकाबाट नेपाल आए ८१९ पर्यटक

काठमाडौं । नेपालमा पछिल्लो एक महिनाको अवधिमा अमेरिकाबाट पर्यटक आगमन बढेको छ । जुलाई महिनामा अमेरिकाबाट मात्र ८१९ जना नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । जुलाईमा कुल २९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् । नेपालमा कुटनीतिक नियोगमा काम गर्ने कर्मचारी, विभिन्न परियोजनामा काम गर्ने कर्मचारी र गैरआवासीय नेपालीलाई समेत पर्यटक मानिन्छ ।… Continue reading एक महिनामा अमेरिकाबाट नेपाल आए ८१९ पर्यटक

अगष्टमा अन्तर्राष्ट्रिय उडानको तालीका सार्वजनिक, कुन मुलुकमा कति उडान ?

काठमाडौं । नेपाल नागरिक प्राधिकरणले अगष्ट महिनाका लागि उडान सार्वजनिक गरेको छ । अगष्ट २०२१ भर सातामा कुल ६७ उडान गर्ने गरी उडान तालीका तोकेको छ । पछिल्लो तालीका ३१ अगष्ट २०२१ सम्म कायम हुने छ । प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले दोहाको कतारमा दैनिक एक उडान गर्ने गरी अनुमति पाएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा… Continue reading अगष्टमा अन्तर्राष्ट्रिय उडानको तालीका सार्वजनिक, कुन मुलुकमा कति उडान ?

विदेश जाँदा कन्सुलर विभागबाट खोप लगाएको प्रमाणिकरण लिनु नपर्ने

काठमाडौं । नेपालबाट विदेश जाँदा कन्सुलर सेवा विभागमा खोप लगाएको प्रमाणिकरण अब लिनु नपर्ने भएको छ । विभागले विदेशस्थित सम्पूर्ण नेपाली नियोगलाई समेत यसबारे जानकारी गराइएको बताएको छ । कन्सुलरमा गएर थप प्रमाणिकरण गर्नु पर्ने झन्झटबाट भने मुक्ति मिलेको छ । आइतबार सिसिएमसीले पत्रमार्फत स्वास्थ्य मन्त्रालयले तोकेका ४ अस्पतालबाट जारी भएका खोप प्रमाणपत्र कन्सुलर विभागमा… Continue reading विदेश जाँदा कन्सुलर विभागबाट खोप लगाएको प्रमाणिकरण लिनु नपर्ने

सिन्धुलीमा तयार भयो युद्ध संग्रहालय, राष्ट्रपतिद्धारा उद्घाटन

Photo : RSS

सिन्धुली । सिन्धुलीमा युद्ध संग्रहालय तयार भएको छ । दुई वर्ष अगाडी शुरु भएको संग्रहालय निर्माणको काम सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । राष्ट्रपति बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुलीगढी पुगिन । कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले युद्ध संग्रहालय निर्माण गरेको छ । संग्रहालय छ हजार २७५… Continue reading सिन्धुलीमा तयार भयो युद्ध संग्रहालय, राष्ट्रपतिद्धारा उद्घाटन

सौराहामा जंगल सफारी खुला

Photo : THT

चितवन । कोरोना भाइरसको महामारीका कारण रोकिएको सौराहाको जंगल सफारी खुला भएको छ । विगत तीन महिनादेखि सवारी साधन वा हात्तिमार्फत गरिने सफारी बन्द थियो । चितवनको सौराहाका सामुदायिक वनमा पर्यटकको घुमफिरको एक आकर्षण जंगल सफारी समेत हो । महामारीको दोस्रो लहर आएपछि १६ वैशाखबाट सफारी बन्द गरिएको थियो । मङ्गलबार सफारी सूचारु भएको चितवन… Continue reading सौराहामा जंगल सफारी खुला

बुढानिलकण्ठ आसपासका पर्यटकीय क्षेत्र दुर्ब्यसनीको अखडा बन्दै, स्थानीय त्रसित

सुदर्शन केसी (सान) । राजधानीको आसपासमा उचाईमा रहेका पर्यटकीय आकर्षणका केन्द्रहरु दुर्ब्यसनीको अखडा बन्न थालेसँगै स्थानीयमा त्रास बढेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिकास्थित विभिन्न धार्मिक तथा पर्यटकिय स्थलमा आन्तरिक पर्यटकको रुपमा लागु औषध दुर्ब्यसनीको जमात बढन थालेसँगै स्थानीयमा त्रास बढेको हो । लागु औषध प्रयोगकर्ता, अनैतिक क्रियाकलाप र मादक पदार्थ सेवन गरि अनेक हर्कत देखाउने… Continue reading बुढानिलकण्ठ आसपासका पर्यटकीय क्षेत्र दुर्ब्यसनीको अखडा बन्दै, स्थानीय त्रसित

काठमाडौं विमानस्थलमा दुई जहाजको आकस्मिक अवतरण

File

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा बुद्ध एयरका दुई जहाजले आकस्मिक अवतरण गरेका छन् । एक जहाजमा यात्रु बेहोस भएका कारण मेडिकल प्रयोजनमा जहाजको आकस्मिक अवतरण भएको हो । अर्को एक जहाजमा भने प्राविधिक गडबडी देखिएको छ । त्रिभुवन विमानस्थल कन्ट्राल टावरका अनुसार काठमाडौंबाट ६९ यात्रु लिएर धनगढीका लागि उडेको जहाज साँझ ६ बजे काठमाडौंमा आकस्मिक… Continue reading काठमाडौं विमानस्थलमा दुई जहाजको आकस्मिक अवतरण

त्यो झरीको दिन र साल्भाडोरीयन बाजे

कुमार न्यौपाने, न्युयोर्क जुलाइ १ को दिन एकतमासले पानी परिरहेको थियो । सधैं भिज्थें, छाता बोक्न भ्याएकोले छाता भिजिरहेको थियो । छाताको ओतले नभ्याउने भाग त भिज्यो नै तर टाउको र कुम नभिजेपछि आफु ओभानै भएको भान हुदैथियो ।केही किताबहरुसंग सम्बन्धित कामहरु लिएर हिँडेको थिएँ । कितावको कुरा सम्झँदाको एउटा सन्दर्भ आउँछ । गत नोवेम्बर… Continue reading त्यो झरीको दिन र साल्भाडोरीयन बाजे

लामो दूरीका यातायात संचालनमा

File

काठमाडौं । काठमाडौं उपत्यकालाई लक्षित गरि आजबाट मध्यम तथा लामो दूरीका सवारी साधन खुलेका छन् । सरकारले स्वास्थ्य मापदण्ड पालना गरि लामो दूरीमा समेत यातायात चलाउन सक्ने गरि निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार यसको जानकारी गराएको हो । खासगरि त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएसँगै यातायात समेत… Continue reading लामो दूरीका यातायात संचालनमा

अब लामो दूरीको यातायात चलाउन पाइने

File Photo

काठमाडौं । अब काठमाडौं उपत्यकाबाट लामो दूरीका यातायात साधन समेत प्रवेश गर्न सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दुरीको सवारीसाधन सञ्चालनको अनुमति दिएको हो । शुक्रबार एक सूचना जारी गरि लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो। मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयबाट परिपत्र भएको भन्दै सो अनुसार जिल्ला… Continue reading अब लामो दूरीको यातायात चलाउन पाइने

फेवातालमा पुनः डुंगा संचालन खुल्यो

file

काठमाडौं । पोखराको मूख्य पर्यटकीय आकर्षण फेवातालको डुङ्गा शयर पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरसको महामारी बढेसँगै फेवातालमा ढुंगा व्यवसाय समेत रोकिएको थियो । निषेधाज्ञा लागु भएपछि १४ वैशाखबाट फेवातालमा डुंगा चलाउन बन्द भएको थियो । डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएको राससले लेखेको छ । डुङ्गा चढ्दा यात्रुले मास्क अनिवार्य लगाउनु पर्छ । भीडभाड… Continue reading फेवातालमा पुनः डुंगा संचालन खुल्यो

नेकोन कनेक्टिकटले मनायो २०८ औं भानु जयन्ति तथा गर्यो “भानु तिम्रो रामायणले” भजन विमोचन

धन लामा, कनेक्टिकट अमेरिकाको कनेक्टिकट राज्यमा २०८ औं आदिकवि भानुभक्त जन्मजयन्ती एक भव्य काव्य समारोहका बीच सम्पन्न भएको छ । कनेक्टिकट नेपाली समाजका अध्यक्ष नारायण पौडेलज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रकाश भट्टराई, बसन्ता न्यौपाने, गृष्मा न्यौपाने, वानीरा ढकाल, डा. केशव आचार्य, शिव न्यौपाने, अर्जुन दाहाल, सीता बजगाईं, पशुपति पराजुली (सालघारी), डोना गुरुङ, सन्तोष सिंह, विनोद ओझा,… Continue reading नेकोन कनेक्टिकटले मनायो २०८ औं भानु जयन्ति तथा गर्यो “भानु तिम्रो रामायणले” भजन विमोचन

काठमाडौं-दिल्ली रुटमा अब साताको ६ उडान

काठमाडौं । नेपाल र भारतबीचमा आवाज जावतको एक मात्र औपचारिक रुट काठमाडौं-दिल्लीमा अब उडान संख्या थप हुने भएको छ । २४ जुलाईबाट नेपाल एयरलाइन्सले तीन र भारतको ध्वजाबाहक एयर इण्डियाले तीन गरि सातामा कुल ६ उडान गर्ने भएका हुन् । अहिले भारतको नयाँ दिल्लीमा साताको दुई उडान भइरहेको छ । नेपाल एयरलाइन्सका अनुसार नयाँ दिल्लीमा… Continue reading काठमाडौं-दिल्ली रुटमा अब साताको ६ उडान

धार्मिकस्थल गोसाईकुण्डको ऐतिहासिक महत्त्व र महिमा; चिताएको पुग्ने

सरस्वती न्यौपाने, रसुवा परापूर्वकालमा देवता र मानवबीच युद्ध भई समुन्द्र मन्थन गर्दा निस्केको कालकुट नामक विषले सारा जगतलाई नै नोक्सान हुन लागेपछि यसवाट सम्पूर्णलाई छुटकारा दिलाउन भगवान शिवलाई हारगुहार गरे । भगवान शिवले विषवाट बचाउन उक्त कालकुट विष आफैले निलेपछि घाँटिमा अडकियो । विषको जलनलाई शान्त पार्न शितलता खोज्दै हिमालय क्षेत्र गोसाईकुण्ड तर्फ आउँदा रसुवाको… Continue reading धार्मिकस्थल गोसाईकुण्डको ऐतिहासिक महत्त्व र महिमा; चिताएको पुग्ने

भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

जनकपुर । नेपालको एक मात्र रेल्वेलाइन जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण र सर्टिफिकेशन सम्पन्न भएको छ । भारतको जयनगरबाट भारतीय रेल्वेको रेल जनकपुरधामस्थित कुर्थाको मुख्य स्टेशनसम्म ल्याइएको छ । त्यहाँ स्पिड परीक्षण र सर्टिफिकेशन गरेसँगै रेल भारत नै फर्काइएको छ । सो क्रममा जनकपुरधामस्थित कुर्था रेल्वे स्टेशनमा पूजा समेत गरियो । भारतीय डव्लु डि एम… Continue reading भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

पोखराको पर्यटकीय ब्राण्ड नेम ‘पोखरा, पियोर एज प्याराडाइज’

काठमाडौं । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले नेपालको सबैभन्दा चर्चित गन्तव्य पोखराको पर्यटकीय ब्रान्ड नाम तय गरेको छ । यसअघि प्याराडाइज पोखराको नामबाट चिनिएको पोखरालाई अब ‘पोखरा, पियोर एज प्याराडाइज’ भनिने छ । सोही अनुसार प्रचार सामग्रीमा पोखरालाई चिनाइने भएको छ । नेपालका विभिन्न पर्यटीय गन्तव्यहरुलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड… Continue reading पोखराको पर्यटकीय ब्राण्ड नेम ‘पोखरा, पियोर एज प्याराडाइज’

न्युयोर्कको टड हिल (घुमघाम)

कुमार न्यौपाने, न्युयोर्क जुन २५ २०२१, झण्डै दिनको १२ बजे तिर बाहिर निस्किएँ । स्टेटन आइल्याण्ड मेरो नजरमा परेको निकै भएको थियो । न्युयोर्क सहर भित्र पर्ने पाँच बोरोहरु मध्ये एक । जुन अग्ला घरहरु, मोटरका ताँति, भिडभाड र कोलाहल भन्दा अलि परको प्रशस्त हरीयाली र पानीको जगेर्ना गर्न सकेको शान्त र रमणीय ठाँउ ।… Continue reading न्युयोर्कको टड हिल (घुमघाम)

अब आन्तरिक उडानमा माग अनुसार अनुमति

Photo : Lonely Planet

काठमाडौं । सरकारले आन्तरिक उडान पूर्ण रुपमा खुला गरेको छ । देशभर बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको समयमा यात्रुको सुविधालाई ध्यानमा राखी सबै उडान खोल्न वायुसेवा कम्पनीले माग गरेका थिए । सोहीअनुसार सरकारले अब आवश्कयता अनुसार पूर्ण क्षमतामा जहाज उडाउन सक्ने गरि खुला गरेको हो । यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान… Continue reading अब आन्तरिक उडानमा माग अनुसार अनुमति