रोम । इटली सरकारले अब नागरिकलाई सडकमा निस्कन प्रतिवन्ध लगाएको छ । कोरोना संक्रमणले महामारीको रुप लिएसँगै सरकार यो निष्कर्षमा पुगेको हो । इटलीभर यात्रा बन्द गरिएको छ । नागरिकले अब सडकमा निकस्न पाउने छैनन् । बाहिर निस्कनै पर्ने काम भए स्थानीय प्रशासनको अनुमति लिनु पर्ने भएको छ । सडकमा हिड्न प्रतिवन्ध लगाएसँगै अब नागरिकहरुले… Continue reading इटलीमा अब सडकमा निस्कन प्रतिवन्ध
Category: विश्व
कोरोनाले अमेरिकामा २६ को निधन
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ४ हजार पार गरेको छ । त्यसमध्ये अमेरिकामा मात्र २६ जनाको निधन भएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । चीनबाट शुरु भएको यस रोगबाट सोमबारसम्म २६ जनाले अमेरिकामा ज्यान गुमाएको तथ्यांक छ । सोमबारसम्म कूल संख्या ४ हजार २५ ले विश्वभर ज्यान गएको छ । चीनमा… Continue reading कोरोनाले अमेरिकामा २६ को निधन
चीनलाई नेपालको सान्त्वना
काठमाडौं । नेपालले चीनलाई विपदको घडीमा नेपाल चीनको साथमा रहेको आश्वासन दिएको छ । गत डिसेम्बरबाट फैलिएको कोरोना भाइरसविरुद्ध लडिरहेको चीनलाई नेपालले आफ्नो बलियो साथ रहेको बताएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच सोमबार टेलिफोन वार्ता भएको छ । वार्तामा मन्त्री ज्ञवालीले विपद्को घडीमा नेपाल चीनको साथमा रहेको आश्वासन दिएका… Continue reading चीनलाई नेपालको सान्त्वना
सुडानका प्रधानमन्त्री अब्दल्लाको हत्या प्रयास
सुडान । सुडानका प्रधानमन्त्रीको हत्या प्रयास भएको छ । प्रधानमन्त्री अब्दल्ला हामडोकलाई लक्षित गरी बम विष्फोट गराइएको छ । यद्दपी उनी बच्न सफल भएका छन् । सोमबार बिहान निवासबाट कार्यालय जान लाग्दा उनको सवारीमाथि बम विस्फोट गराइएको हो । राजधानी खार्तुममा बिस्फोट भएको हो । बिस्फोटले प्रधानमन्त्तीलाई कुनै असर गरेन् । तर, उनको कारगेडमा प्रयोग… Continue reading सुडानका प्रधानमन्त्री अब्दल्लाको हत्या प्रयास
चीनमा अहिले सम्मकै कम संक्रमित पुष्टी
काठमाडौं । चीनमा गत डिसेम्बरबाट शुरु भएको कोरानो भाइरसको संक्रमणबाट ३६ सय भन्दा बढीका ज्यान गइसकेको छ । दिन प्रतिदिन तिब्रताका साथ फैलिएको यस रोगले चीनमामात्र करीव ९० हजार मानिसमा संक्रमण फैलियो । तर, सोमबार चीनमा नयाँ संक्रमण हुने दर अहिलेसम्मकै न्यून विन्दुमा झरेको छ । चीनको बुहानभन्दा बाहिर संक्रमण देखिएको छैन । महामारीको रूप… Continue reading चीनमा अहिले सम्मकै कम संक्रमित पुष्टी
अष्ट्रेलियामा नेपालीमा भेटियो कोरोना
तास्मानिया । अष्ट्रेलियामा नेपालीमाथि पनि कोरोनाको संक्रमण भेटिएको छ । संचारमाध्यमका अनुसार तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमणको पुष्टी भएको हो । उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको साथमा रहेका अन्य चार जनालाई भने क्वारेन्टाइनमा राखिएको छ । उनी फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएको… Continue reading अष्ट्रेलियामा नेपालीमा भेटियो कोरोना
इरान र इटालीमा कोरानाको सन्त्रास, एकै दिन करीव २ सयको मृत्यु
काठमाडौं । चीनमा केही कमी देखिएको कोरोना भाइरसले इटाली र इरानलाई भने ठूलो झट्का दिएको छ । आइतबार मात्र इटालीमा १ सय ३३ र इरानमा ४९ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । संगठनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेअनुसार आइतबार एक दिन मै विश्वभर २ सय ३० जनाको मृत्यु भएको छ ।… Continue reading इरान र इटालीमा कोरानाको सन्त्रास, एकै दिन करीव २ सयको मृत्यु
कतारको कोरोना सतकर्ताः नेपालीसहित १४ देशका नागरिक प्रवेशमा रोक
दोहा । कतार सरकारले कोरोनाको सतर्कता भन्दै १४ देशका नागरिकलाई रोक्ने निर्णय गरेको छ । यसमा नेपाल पनि समावेश रहेको छ । कतारको यो निर्णयसँगै अब नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक कतार प्रवेश नेपालीका लागि तत्कालका लागि कठिन हुने भएको छ । कोरोनाको संक्रमण बढ्दै गएको र यसबाट बच्न १४ देशका नागरिकलाई कतार प्रवेश रोकिएको कतारको… Continue reading कतारको कोरोना सतकर्ताः नेपालीसहित १४ देशका नागरिक प्रवेशमा रोक
महिला विश्वकपको उपाधी अष्ट्रेलियालाई, भारत पराजित
मेलवर्न । आईसीसी महिला टी-२० विश्वकप क्रिकेट अष्ट्रेलियाले जितेको छ। आइतबार उसकै मैदानमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधी जितेको हो । अष्ट्रेलियाले पाँचौ पटक उपाधी जितेको हो । समूह चरणमा अष्ट्रेलियालाई भारतले हराएको थियो । तर, फाइनलमा भने घरेलु मैदानको फाइदा उठाउँदै अष्टेलिया हावी भयो । मेलवर्न क्रिकेट मैदानमा भएको खेलमा अष्ट्रेलियाले टस… Continue reading महिला विश्वकपको उपाधी अष्ट्रेलियालाई, भारत पराजित
पाकिस्तानमा ज्यानमारा वर्षा, १७ को गयो ज्यान
इस्लामावाद । पाकिस्तानमा मुसलधारे वर्षा र त्यसले उत्पन्न गरेको प्राकृतिक प्रकोपमा परी करीव दुई दर्जनको ज्यान गएको छ । शनिबार साँझसम्म कम्तिमा १७ को ज्यान गएको र कयौं घाइते भएको संचारमाध्यमले लेखेका छन् । यी घटना पछिल्लो २४ घण्टा भित्र भएका हुन् । ज्यान गुमाउनेमा महिला तथा बालबालिकाको बाहुल्य रहेको बताइएको छ । देशको उत्तर… Continue reading पाकिस्तानमा ज्यानमारा वर्षा, १७ को गयो ज्यान
प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपतिको सदभाव
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभकामना सन्देश पठाएका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देश पठाएर मिर्गौला प्रत्यारोपण भएको जानकारी प्राप्त भएको भन्दै स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सन्देशमा उनले चीन सरकार, चिनियाँ नागरिक र स्वयम् आफ्नोतर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको… Continue reading प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपतिको सदभाव
बेलायतमा कोरोनाले लियो पहिलो व्यक्तिको ज्यान, ११६ मा संक्रमण
लण्डन । कोरोना भाइरसले बेलायतमा एक जनाको ज्यान लिएको छ । बेलायतमा एक ७० वर्षिय वृद्धाको ज्यान गएको हो । उनी बेलायतमा यस रोगको संक्रमणबाट निधन हुने पहिलो व्यक्ति हुन् । बेलायती स्वास्थ्य मन्त्रालयका अधिकारीले यसको पुष्टी गरेका छन् । अघिल्लो बुधबार अस्पताल भर्ना भएकी उनको बिहीबार ज्यान गएको हो । बेलायतमा कोरोना संक्रमित एक… Continue reading बेलायतमा कोरोनाले लियो पहिलो व्यक्तिको ज्यान, ११६ मा संक्रमण
भारतमा विद्यूतीय हाजिर बन्द, ट्राभल एडभाइजरी जारी
नयाँ दिल्ली । भारत सरकारले विद्यूतीय हाजिर बन्द गरेको छ । हातबाट कोरोना भाइरसको संक्रमण फैलने भएकाले भारतको राजधानी नयाँ दिल्लीमा कार्यालयहरुका अब विद्युतीय हाजिरी बन्द गरिएको हो । खासगरी जहाँ औलाको छापबाट हाजिर हुने सिस्टम जडान छ, त्यहाँ अब हातबाट हुने विद्यूतीय हाजिरी बन्द भएको हो । उता, भारत सरकारले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी… Continue reading भारतमा विद्यूतीय हाजिर बन्द, ट्राभल एडभाइजरी जारी
इटलीमा विद्यालय बन्द, सिरी-ए फूटबलसमेत स्थगित
रोम । कोरोना भाइरसले महामारीको रुप लिएसँगै इटलीमा भयाभह अवस्था सिर्जना हुन थालेको छ । संक्रमण जटिल बन्दै गएपछि युरोपियन देश इटलीले देशभरका विद्यालय बन्द गरेको छ । बिहीबारदेखि १० दिनसम्म देशभरका विद्यालय बन्द गरिएको हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाइएको छ । देशभित्रका सबै प्रकारका खेल प्रतियोगिता समेत अब स्थागित भएका छन् । यसले विश्वचर्चित… Continue reading इटलीमा विद्यालय बन्द, सिरी-ए फूटबलसमेत स्थगित
अमेरिकामा कोरानाबाट मर्नेको संख्या ११, क्यालिफोर्नियामा संकटकाल
क्यालिफोर्निया । कोरोना भाइरसका कारण अमेरिकामा मात्र ११ जनाको ज्यान गएको छ । बिहीबार मात्र एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा संकटकाल घोषणा गरिएको छ । क्यालिफोर्नियामा ७१ वर्षीय वृद्धको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनी सानफ्रान्सिस्कोबाट मेक्सिको गएका यात्रु थिए । क्यालिफोर्नियामा कोरोनाबाट पहिलो व्यक्तिको ज्यान गएको हो । अमेरिकामा १६… Continue reading अमेरिकामा कोरानाबाट मर्नेको संख्या ११, क्यालिफोर्नियामा संकटकाल
कोरोनाले स्पेनमा पनि एक जनाको ज्यान गयो
काठमाडौं । पछिल्ला दिनमा यूरोप, अमेरिका र मध्यपूर्वी देशहरुमा कोरोना तीव्र रुपमा फैलिरहेको छ । स्पेनको भ्यालेन्सिया अस्पतालमा उनको ज्यान गएको हो । १३ फेब्रुअरीमै उनको ज्यान गएपनि उनको मृत्युको कारण खुलाइएको थिएन् । तर, उनको कोरोनाको संक्रमण भेटिएको चिकित्सकले पुष्टी गरेका छन् । उनी बिरामी पर्नु अगाडी नेपाल भ्रमणमा आएको समेत संचारमाध्यमले उल्लेख गरेका… Continue reading कोरोनाले स्पेनमा पनि एक जनाको ज्यान गयो
नाइजेरियामा लुटेराले लिए ५० को ज्यान
नाइजेरिया । उत्तरी नाइजेरियामा धनमाल लुट्न गाउँ छिरेका लुटेराले कम्तिमा ५० जनाको ज्यान लिएका छन् । नाइजेरियाका विभिन्न गाउँमा लुटेरा समूहको आक्रमणमा परी उनीहरुको ज्यान गएको अधिकारीरुले जनाएका छन् । गाउँलेको धनमाल चोरी गर्न उनीहरु गाउँ पसेका थिए । तर, गाउँलेबाट प्रतिकार भएपछि आक्रमण गरी गाउँलेलाई मारेको स्थानीय अधिकारीहलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।… Continue reading नाइजेरियामा लुटेराले लिए ५० को ज्यान
कोरोनाले अमेरिकामा थप चार जनाको मृत्यु
वासिङ्टन । अमेरिकामा कोरोना भाइरसका कारण थप चार जनाको मृत्यु भएको छ । वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको अमेरिकी अधिकारीले पुष्टी गरेका छन् । चार जनाको ज्यान गएसँगै अमेरिकाका कोरोनाभाइरसकै कारण ६ जनाको ज्यान गइसकेको छ । त्यसमध्ये पनि ५ जनाको ज्यान अमेरिकामै र एक जनाको चीनमा उपचारका क्रममा मृत्यु भएको… Continue reading कोरोनाले अमेरिकामा थप चार जनाको मृत्यु
नेपालले जारी गर्यो ट्राभल एडभाइजरी, विदेश यात्रामा सचेत रहन आग्रह
काठमाडौं । नेपाल सरकारले आफ्ना नागरिकलाई विदेश यात्रामा सचेत रहन आग्रह गरेको छ । नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै सरकारले ट्राभल एड्भाइजरी जारी गरेको हो । कोरोना भाइरसले पछिल्लो समय बढी नेपाली बढी आवत जावत हुने देशमा संक्रमण बढाएको छ । सोहीकारण सरकारले विदेश यात्रामा सचेत रहन आग्रह गरेको हो । तत्कालका लागि… Continue reading नेपालले जारी गर्यो ट्राभल एडभाइजरी, विदेश यात्रामा सचेत रहन आग्रह
कोरोना संक्रमणबाट अष्ट्रेलियामा पनि गयो ज्यान
काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणका कारण एक व्यक्तिको ज्यान गएको छ । अस्ट्रेलियामा पहिलो पटक यस रोगका कारण ज्यान गएको हो । पर्थस्थित सर चार्ल्स ग्राइड्नर अस्पतालमा उपचारका क्रममा ७५ वर्षिय एक वृद्धको ज्यान गएको संचारमाध्यमले पुष्टी गरेका छन् । उनको आसियूमा राखेर उपचार भइरहेको थियो । आइतबार बिहान उनको ज्यान गएको हो ।… Continue reading कोरोना संक्रमणबाट अष्ट्रेलियामा पनि गयो ज्यान
अमेरिका र तालिवानबीच शान्ती सम्झौता, अफगानिस्तानमा खटाएका सेना फिर्ता हुने
दोहा । अमेरिका र तालिवानबीच अफगानिस्तानमा शान्ती स्थापना गर्ने सम्बन्धमा एक दीर्घकालिन सम्झौतामा ऐतिहासिक हस्ताक्षर भएको छ । अफगानिस्तानमा रहेका हजारौं सैनिक फिर्ता गर्ने सहमति गरेको अमेरिकाले तालिबानसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको हो । यससँगै अब १८ वर्ष लामो युद्धलाई अन्त्य गर्न अमेरिका र तालिवान सहमत भएका छन । हस्ताक्षर कार्यक्रम कतारको दोहामा भएको हो… Continue reading अमेरिका र तालिवानबीच शान्ती सम्झौता, अफगानिस्तानमा खटाएका सेना फिर्ता हुने
अमेरिका र तालिवानबीच आज ऐतिहासिक शान्ती सम्झौता
कतार , १८ वर्षभन्दा लामो युद्ध रोकेर अफगानिस्तानमा शान्ती फर्काउन अमेरिका र तालिवान लडाकु समूह तयार भएका छन् । सोही सिलसिलामा अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच आज दीर्घकालीन शान्ति सम्झौतामा हस्ताक्षर हुँदैछ । शान्ति सम्झौताका लागि कतारको राजधानी दोहामा विशेष कार्यक्रम आयोजना भएको छ । अहिले अफगानिस्तानमा एक प्रकारको युद्धविराम लागु भइसकेको छ ।… Continue reading अमेरिका र तालिवानबीच आज ऐतिहासिक शान्ती सम्झौता
एमसिसीबाट श्रीलंका पछि हट्यो
कोलम्बो । श्रीलंका सरकार अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबाट पछि हटेको छ । यससँगै दुई मुलुकबीच औपचारिक हस्ताक्षर हुन सकेन् । हस्ताक्षर गर्न श्रीलंकाली सरकारले अस्वीकार गरिदिएको छ । श्रीलंकाली मन्त्रिपरिषद्ले सम्झौताका केही विषयमा थप छलफलको आवश्यकता औल्याउँदै तत्काल हस्ताक्षर नगर्ने निर्णयमा पुगेको श्रीलंकन मन्त्रिपरिषदका सहप्रवक्ता बन्डला गुरूवर्दनेलार्ए उदृत गर्दै संचारमाध्यमले लेखेका छन्… Continue reading एमसिसीबाट श्रीलंका पछि हट्यो
मंगोलियाका राष्ट्रपति १४ दिन क्वारेन्टाइनमा
मंगोलिया । चीन भ्रमणबाट स्वदेश फर्किएपछि मंगोलियाका राष्ट्रपति बत्तुल्गा खालत्मालाई क्वारेन्टाइनमा राख्नु परेको छ । मंगोलियाको सरकारी समाचार संस्था मोन्टसेमले शुक्रबार यसको पुष्टी गरेको हो । राष्ट्रपति बत्तुल्गासहित चीनबाट फर्किएका सबै सरकारी अधिकारी अब १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । चीनमा क्रमशः कम हुँदै गएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय एसियाली अन्य मुलुकमा… Continue reading मंगोलियाका राष्ट्रपति १४ दिन क्वारेन्टाइनमा
सिरियामा मारिए २९ टर्कीस सेना
काठमाडौं । सिरियामा कम्तिमा २९ जना सैनिकको ज्यान गएको छ । सिरियाको सरकारी सेनाले गरेको हमलामा २९ जना टर्कीस सैनिकको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । सिरियाको इड्लिबमा हवाई हमला गरिएको छ । कम्तीमा २९ सैनिकको ज्यान गएको र दर्जनौं घाइते भएको बताइएको छ । सिरियाको उत्तर–पश्चिम क्षेत्रमा इड्लिब पर्छ । सिरियाको सरकारी… Continue reading सिरियामा मारिए २९ टर्कीस सेना
ट्रम्पको भारत भ्रमणः कश्मीर विवादमा किन बोलेनन् ?
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दुईदिने भारत भ्रमणले विश्वभर नै चर्चा पायो । वाशिङटन र नयाँ दिल्लीबीच अनेकौं मतभेद रहे पनि भ्रमणमा भने तामझामले झपक्कै छोपेको थियो । सोमवार भारतीय भूमिमा टेकेदेखि बेलुका राजधानी दिल्लीमा होटेलको प्रेसिडेन्सियल सुइटसम्म ट्रम्पले आफ्नो वरिपरि स्वागतका लागि पंक्तिबद्ध मानिस मात्र देखे । अहमदाबादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्प… Continue reading ट्रम्पको भारत भ्रमणः कश्मीर विवादमा किन बोलेनन् ?
दिल्लीको गजियाबाद सहर सबैभन्दा प्रदुषित, नेपाल ८ नम्बरमा
काठमाडौं । विश्वका ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य छन् । यसका कारणले जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ । विश्व स्वास्थ्य संगठनको अनुसन्धानमा संसारका कम्तीमा पनि ८० प्रतिशत नागरिकले फेर्ने सासको हावाको गुणस्तर अत्यन्तै कमसल तथा प्रदूषित रहेको पाइएको हो । यस्ता सहरमा यात्रा गर्ने वा स्थायी बसोबास गर्ने गरको… Continue reading दिल्लीको गजियाबाद सहर सबैभन्दा प्रदुषित, नेपाल ८ नम्बरमा
दिल्ली हिंसा : ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो
भारत । भारतको राजधानी दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ । सोमबार गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले शान्तिको अपिल गर्दै हिंसा बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको जानकारी दिए । यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा रोक्न थप सुरक्षा बल आवश्यक… Continue reading दिल्ली हिंसा : ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो
अमेरिका-भारतबीच तीन अर्ब अमेरिकी डलरको रक्षा सम्झौता
नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच तीन अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता भएको बताएका छन् । दुई देशका प्रतिनिधिबीच भएको वार्तापछि भएको संयुक्त प्रेस कन्फरेन्समा राष्ट्रपति ट्रम्पले यसको जानकारी दिएका हुन् । ट्रम्पले दुवै देशका नेताबीच आफ्नो नागरिकलाई कट्टर इस्लामी आतंकवादु बाट बचाउन प्रतिबद्ध भएको र अमेरिकाले यसका लागि थप काम… Continue reading अमेरिका-भारतबीच तीन अर्ब अमेरिकी डलरको रक्षा सम्झौता
ट्रम्प भ्रमणकै बीचमा दिल्लीमा भड्कियो हिंसा, दुईको मृत्यु
नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भारत भ्रमणमा छन् । यही मेसोमा उनी सोमबार भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् । तर, भारतमै नागरिकता कानुनविरुद्ध भइरहेको प्रदर्शन क्रममा सोमबार हिंसा भड्किएको छ । राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा भड्किँदा एक प्रहरी र एक सर्वसाधारण गरी दुई जनाको ज्यान गएको भारतीय संचारमाध्ममले लेखेका छन् ।… Continue reading ट्रम्प भ्रमणकै बीचमा दिल्लीमा भड्कियो हिंसा, दुईको मृत्यु