हिजबुल्लाहले इजरायलमा हान्यो क्षेप्यास्त्र, असर भने कम

काठमाडौं । लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ) ले जनाएको छ । उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई शृङ्खलाका कारण लागेको डढेलो निभाउन अग्निनियन्त्रकहरूले काम गरिरहेका छन्। यसअघि इजरायली सेनाले लेबनानको दक्षिणी बेरुतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयमा गरेको आक्रमणमा तीन जना ‘प्रमुख’ अधिकारीको मृत्यु भएको… Continue reading हिजबुल्लाहले इजरायलमा हान्यो क्षेप्यास्त्र, असर भने कम

इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ७३ जना मारिए

काठमाडौं । उत्तरी गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ७३ जनजाको मृत्यु भएको हमासका अधिकारीहरुले बताएका छन् । हमासका अधिकारीहरुका अनुसार उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले शनिबार मध्यराति बम आक्रमण गरेको थियो । सो आक्रमणबाट महिला र बालबालिकासहित ७३ जनाको मृत्यु भएको हमासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अधिकारीहरुका अनुसार आक्रमणबाट कयौं घाइते… Continue reading इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ७३ जना मारिए

इजरायली प्रधानमन्त्रीको निवासलाई लक्षित गरी ड्रोन आक्रमण

Photo : CNN

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा नेतन्याहु र उहाँकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको उल्लेख गरिएको छ । टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य दुई… Continue reading इजरायली प्रधानमन्त्रीको निवासलाई लक्षित गरी ड्रोन आक्रमण

मलेसियामा बढ्यो कामदारको न्यूनतम तलव

file

काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्‍याउने घोषणा गरेको हो । प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हुने बताए । ‘सरकारले सधैं… Continue reading मलेसियामा बढ्यो कामदारको न्यूनतम तलव

हमासका नेता मारिँदा अमेरिकी राष्ट्रपति खुसी

काठमाडौं । इजरायली कारबाहीमा हमास प्रमुख याह्या सिनवार मारिएका छन् । यस घटनालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वकै लागि राम्रो दिनको रूपमा टिप्पणी गरेका छन् । ‘इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई हमास नेता याह्या सिनवार गाजामा उनीहरूको एउटा अपरेशनको एक हिस्साको रूपमा मारिएको जानकारी दिएका छन्’ बाइडेनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्,… Continue reading हमासका नेता मारिँदा अमेरिकी राष्ट्रपति खुसी

नाइजेरियामा इन्धन ट्यांकर विष्फोट, कम्तिमा १४० जना मारिए

file

काठमाडौं । उत्तरी नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट भएको छ । एजेन्सीहरुका अनुसार यस घटनामा कम्तिमा एक सय ४० जना मानिस मारिएका छन् । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले लेखेको छ । नाइजेरियाले अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोलको भाउ बढेका बेला… Continue reading नाइजेरियामा इन्धन ट्यांकर विष्फोट, कम्तिमा १४० जना मारिए

झण्डै एक दशकपछि भारतीय विदेशमन्त्री पाकिस्तानमा

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर मंगलबार पाकिस्तान पुगेका छन् । दुई देशबीच वर्षौंदेखि कायम तनावका बीच कुनै पनि शीर्ष भारतीय नेतृत्वको पाकिस्तान भ्रमण एक दशकपछि भएको हो । संघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को २३ औं समिटमा भाग लिन जयशंकर इस्लामावाद पुगेका हुन् । एससीओका सदस्य राष्ट्रका सरकार प्रमुखहरुको बैठकको आयोजना पाकिस्तानले गरेको छ ।… Continue reading झण्डै एक दशकपछि भारतीय विदेशमन्त्री पाकिस्तानमा

श्रीलंकामा एकसाथ २३० भन्दा धेरै चिनियाँ पक्राउ, कारण के हो ?

काठमाडौं । श्रीलङ्काली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको विदेशमन्त्रीले मङ्गलबार बताएका छन् । यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रहेको थियो । विदेशमन्त्री विजिता हेराथले गत साता गरिएको प्रहरी छापामा कथित ठगीमा प्रयोग गरिएका दुई सय ५० कम्प्युटर र पाँच सय मोबाइल फोन… Continue reading श्रीलंकामा एकसाथ २३० भन्दा धेरै चिनियाँ पक्राउ, कारण के हो ?

लेवनानस्थित राष्ट्रसंघीय शिविरमा इजरायली सेना छिरेपछि…

काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप लगाएको छ। यस घटनाले लेबनानमा तैनाथ संयुक्त राष्ट्र अन्तरिम बल (यूनीफील) र इजरायली सेनाबीचको तनाव बढाएको छ। बीबीसीले यूनीफीललाई उद्धृत गर्दै लेखेको छ, इजरायली सेनाको ट्यांकले आइतबार मुख्य गेट तोडेर शिविरमा प्रवेश गरेको थियो र त्यसपछि गोलीबारी पनि… Continue reading लेवनानस्थित राष्ट्रसंघीय शिविरमा इजरायली सेना छिरेपछि…

भारतले किन निकाल्यो क्यानडाका कुटनीतिज्ञ

काठमाडौं । भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेको समाचार सार्वजनिक भएको छ । यसका साथै क्यानडाबाट आफ्नो देशको उच्चायुक्त सञ्जय कुमार बर्मालाई फिर्ता बोलाएको छ । भारतले दिल्लीबाट निष्कासित गरेका क्यानडाका कूटनीतिज्ञहरुमा कार्यकारी उच्चायुक्त स्टिबर्ट रोस ह्वीलर, उपउच्चायुक्त पेट्रिक हेबर्ट, फर्स्ट सेक्रेटरी मेरी क्याथरिन, इआन रोस डेभिड, एडम जेम्स र पाउला आर्जुएला छन् ।… Continue reading भारतले किन निकाल्यो क्यानडाका कुटनीतिज्ञ

हिजबुल्लाहको आक्रमणबाट चार इजरायली सैनिक मारिए

काठमाडौं । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै एक सैन्य बेसमा ड्रोनबाट आक्रमण गरेको छ । स्थानीय समयअनुसार आइतबार राति भएको हमलामा इजरायलका ४ जवान मारिएका छन् । ६० जनाभन्दा बढी घाइते भएका छन् । हिजबुल्लाहले हमलाको जिम्मेवारी लिंदै आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएको बताएको छ । इजरायली सेनाले लेबनानमा हिजबुल्लाह विरुद्ध… Continue reading हिजबुल्लाहको आक्रमणबाट चार इजरायली सैनिक मारिए

भारतीय नेता बाबा सिद्धिकीको गोली हानेर हत्या

काठमाडौं । भारतमा एकजना नेताको गोली हानेर हत्या भएको छ । कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या भएको हो । छातीमा गोली लागेर गम्भिर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको मृत्यु भएको हो । उनी… Continue reading भारतीय नेता बाबा सिद्धिकीको गोली हानेर हत्या

टर्कीमा ११ गैरकानूनी आप्रवासी समातिए

काठमाडौं । उत्तरपश्चिम टर्की प्रान्त टेकिर्दागमा नियम उल्लंघन गरी सवारीसाधनमा भाग्न खोज्दा ११ गैरकानुनी आप्रवासीलाई पक्राउ परेका छन् । इहलास समाचार एजेन्सीका अनुसार सराय जिल्लामा अनियमित बसाइँसराइ विरुद्ध लड्नका लागि जेन्डरमेरी बलहरूले अभियान शुरु गर्दा उनीहरु पक्राउ परेका हुन् । फरार संदिग्ध मानव तस्करलाई पक्रन प्रयास जारी रहेको बताइएको छ । ग्रीस र बुल्गेरियाको सिमाना… Continue reading टर्कीमा ११ गैरकानूनी आप्रवासी समातिए

पाकिस्तानमा साम्प्रदायिक झडप, कम्तिमा ११ जनाको मृत्यु

काठमाडढौं । पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बिचको झडपमा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँच जना बालबालिका र छ जना महिला रहेका छन् । गत महिना तल्लो कुर्रम जिल्लामा जग्गा विवादमा गोली चल्दा कम्तीमा सात जनाको मृत्यु भएको थियो । हाल, अधिकारीहरूले खैबर पख्तुनख्वाको तल्लो कुर्रम क्षेत्रमा भएको घटनाको… Continue reading पाकिस्तानमा साम्प्रदायिक झडप, कम्तिमा ११ जनाको मृत्यु

गुजरातमा पर्खाल भत्कियो, कम्तिमा ६ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा कम्तीमा छ जना कामदारको मृत्यु भएको र तीन जना फसेको आशङ्का गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म ६ जनाको शव निकालिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । बीबीसीका अनुसार एक १९ वर्षीय बालकको जीवितै उद्धार गरिएको छ । गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर… Continue reading गुजरातमा पर्खाल भत्कियो, कम्तिमा ६ जनाको मृत्यु

जापानका आणविक बम पिडितहरुको संस्थाले पायो यस वर्षको नोबेल पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहन हिडन्क्योलाई प्रदान गरिने भएको छ। निहान हिडान्क्यो दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोसिमा र नागाशाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो। पुरस्कार समितिले विश्‍वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले उक्त संस्थालाई पुरस्कृत… Continue reading जापानका आणविक बम पिडितहरुको संस्थाले पायो यस वर्षको नोबेल पुरस्कार

विश्वप्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उनको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् । उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन्… Continue reading विश्वप्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन

रसायन शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा, कसले पाए ?

काठमाडौं । यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परलाई दिइने भएको छ । कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकरलाई, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परलाई सन् २०२४ को रसायन शास्त्रतर्फको पुरस्कार दिइएको हो । बेकर र जम्पर अमेरिकी वैज्ञानिक हुन् भने हसाबिस बेलायतका हुन् । आर्टिफिसियल… Continue reading रसायन शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा, कसले पाए ?

अमेरिकामा शक्तिशाली आँधी–तुफानको आतंक

काठमाडौं । अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् । सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान… Continue reading अमेरिकामा शक्तिशाली आँधी–तुफानको आतंक

प्यालेष्टाइन आक्रमणको एक वर्ष पुरा, थामिएन मध्यपूर्वमा युद्ध

काठमाडौं । गाजामा युद्ध निम्त्याउने गरी हमासले दक्षिणी इजरेलमा गरेको आक्रमणको ठिक एक वर्ष पुगेको छ । उक्त समूहले सोमवार तेल अभिभलाई निशाना बनाएर कैयौँ रकेट प्रहार गरेको बीबीसीले जनाएको छ । जसका कारण इजरेलमा चेतावनीका साइरन बजाइएको छ । इजरेली सेनाले कैयौँ रकेटहरू आकाशमै नष्ट गरिएको बताएको छ। हमासलाई समाप्त पार्ने लक्ष्यसहित सुरु गरेको… Continue reading प्यालेष्टाइन आक्रमणको एक वर्ष पुरा, थामिएन मध्यपूर्वमा युद्ध

चेन्नईमा एयर शो हेर्न जम्मा भएको भीडमा चार जनाको मृत्यु

काठमाडौं । चेन्नईको मरिीना बीचमा आइतबार आयोजना गरिएको एयर शोका दौरान चार जनाको ज्यान गएको छ । चेन्नईको मरीना बीचमा भारतीय वायुसेनाले एयर शो आयोजना गरेको हो । यसको अवलोकनमा लाखोंको संख्यामा भीड जम्मा भएको थियो । गर्मी र अधिक थकानका कारण चार जनाको ज्यान गएको बताइएको छ । ६ अक्टोवर भारतीय वायुसेनाको ९२ औं… Continue reading चेन्नईमा एयर शो हेर्न जम्मा भएको भीडमा चार जनाको मृत्यु

पाकिस्तानको कराँची विमानस्थल नजिक विष्फोट, दुई चिनियाँ नागरिक मारिए

file

काठमाडौं । पाकिस्तानको कराचीस्थित अन्तरराष्ट्रीय विमानस्थल नजिक बम विष्फोट भएको छ । घटनामा दुई चिनियाँ नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटना आइतबार अबेर भएको हो । एक चिनियाँ नागरिक घाइते भएका छन् । यस घटनाको चीनले समेत पुष्टी गरेको छ । चिनियाँ दूतावासले घटनाको पुष्टी गरेको हो । घटनाको जिम्मेवारी पाकिस्तानको एक… Continue reading पाकिस्तानको कराँची विमानस्थल नजिक विष्फोट, दुई चिनियाँ नागरिक मारिए

इजरायलको दावि : हिज्बुल्लाहका दर्जनौं नेता मारिए

काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा दर्जनौं नेता तथा लडाकु मारिएको दावि गरेको छ । इजरायलले अहिले स्थलमार्गबाट लेबनानमा आक्रमण गरिरहेको छ । स्थल अभियान जारी राख्ने बताएको इजरायलले दर्जनौं लडाकु र नेता मारेको दावि गरेको हो । इजराइली सेनाले हिज्बुल्लाहको गोप्य हतियार भन्डारको समेत नष्ट गरेको जनाएको छ । इजरायली सेनाले इजरायली सीमानामा रहेको लडाकुको… Continue reading इजरायलको दावि : हिज्बुल्लाहका दर्जनौं नेता मारिए

लेबनानमा संयुक्त राष्ट्रसंघका चिकित्सा सहायता जहाज पुग्यो

काठमाडौं । चिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान शुक्रबार लेबनानमा अवतरण गरेको छ । गत हप्ता इजरायल र हिजबुल्लाहबिचको तनावपछि राष्ट्रसङ्घबाट प्राप्त भएको यो पहिलो सहायता रहेको संयुक्त राष्ट्र एजेन्सीचिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान शुक्रबार लेबनानमा अवतरण गरेको छ । गत हप्ता इजरायल र हिजबुल्लाहबिचको तनावपछि राष्ट्रसङ्घबाट प्राप्त भएको यो पहिलो सहायता… Continue reading लेबनानमा संयुक्त राष्ट्रसंघका चिकित्सा सहायता जहाज पुग्यो

इजरायलको लेवनानमा आक्रमण जारी, दर्जनौं मानिस मारिए

काठमाडौं । हेजबुल्लाहका समूहका सैन्य संरचना ध्वस्त पार्न भन्दै दक्षिणी लेबनान प्रवेश गरेको इजरायली रक्षा बल (आईडीएफ) र हेजबुल्लाहबीच बिहीबार पनि युद्ध भइरहेको छ । युद्धका कारण पछिल्लो २४ घण्टामा लेबनानमा कम्तीमा २८ जना स्वास्थ्यकर्मी मारिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओ प्रमुख टेड्रोस एडहानोम गेयब्रेससले मारिनेमध्ये कपितय बमबारीपछि काम गर्ने क्षेत्रहरूबाट… Continue reading इजरायलको लेवनानमा आक्रमण जारी, दर्जनौं मानिस मारिए

लेबनानको राजधानीमा इजरायलको आक्रमण सुरु

काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायलले आक्रमण थालेको छ । यसले नेपालीसहित निहत्था नागरिकको असुरक्षाको जोखिम बढेको छ । इजरायलले आफूले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको बताएको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन । इजरायलको… Continue reading लेबनानको राजधानीमा इजरायलको आक्रमण सुरु

इजरायलले लेबननको स्थलमा समेत थाल्यो सैन्य कारवाही

Getty Images

काठमाडौं । इजरेलले आफूले दक्षिण लेबननका सीमित र निश्चित स्थानमा स्थल कारबाही सुरु गरेको जनाएको छ। इजरेल डिफेन्स फोर्सेज (आईडीएफ) ले इरानबाट समर्थनप्राप्त लेबननी लडाकु समूह हिज्बुल्लाहका भौतिक संरचनाहरूलाई लक्ष्य बनाउँदै अहिले सैन्य कारबाही भइरहेको जनाएको छ। आईडीएफका अनुसार ती संरचनाबाट उत्तरी इजरेलस्थित इजरेली समुदायहरूलाई तत्काल खतरा छ। हिज्बुल्लाहका सहायक प्रमुखले आफ्नो समूह लेबननभित्र इजरेलले… Continue reading इजरायलले लेबननको स्थलमा समेत थाल्यो सैन्य कारवाही

अमेरिकामा भीषण आँधी, कम्तिमा ३० जनाको मृत्यु

AFP

काठमाडौं । अमेरिकाको नर्थ क्यारोलाइनमा आँधीका कारण ३० जनाले ज्यान गुमाएका छन् । सीएनएनका अनुसार ‘हेलेन’ आँधीका कारण विभिन्न पाँच राज्यमा ज्यान गुमाउनेको संख्या १ सय ५ पुगेको छ । सीबीएसका अनुसार अधिकारीहरूले आँधीका कारण ज्यान गुमाउनेको संख्या बढ्ने अनुमान गरेका छन् । यसअघि फ्लोरिडा र जर्जिया राज्यमा व्यापक क्षति पुर्‍याएको आँधीका कारण आइतबार नर्थ… Continue reading अमेरिकामा भीषण आँधी, कम्तिमा ३० जनाको मृत्यु

इजरायलको दावि : हिज्बुल्लाहका नेता हसन मारिए

काठमाडौं । हिज्बुल्लाहका नेता हसन नस्रल्लाह आफ्नो सैन्य कारबाहीमा मारिएको इजरेली सेनाले दावि गरेको छ । हिज्बुल्लाहले पनि आफ्ना नेता मारिएको पुष्टि गर्दै त्यसको बदला लिने चेतावनी दिएको छ। इजरेल डिफेन्स फोर्सले नस्रल्लाहसहित इरान समर्थित लडाकु समूहका अरू वरिष्ठ नेताहरू मारिएको जनाएको हो। मारिनेमा हिज्बुल्लाहको दक्षिणी मोर्चाका कमान्डर पनि रहेको इजरेली सेनाको एउटा विज्ञप्तिमा जनाइएको… Continue reading इजरायलको दावि : हिज्बुल्लाहका नेता हसन मारिए

बिहारमा जितिया पर्व मनाउने क्रममा डुबेर ४६ को मृत्यु

काठमाडौं । पूर्वी भारतमा हिन्दु पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ । बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए । राज्यका १५ जिल्लामा मङ्गलबारदेखि डुबेर यी घटना भएका थिए । त्यहाँ भक्तजनहरूले आफ्ना… Continue reading बिहारमा जितिया पर्व मनाउने क्रममा डुबेर ४६ को मृत्यु