इजरायलको दावि : हिज्बुल्लाहका नेता हसन मारिए

काठमाडौं । हिज्बुल्लाहका नेता हसन नस्रल्लाह आफ्नो सैन्य कारबाहीमा मारिएको इजरेली सेनाले दावि गरेको छ । हिज्बुल्लाहले पनि आफ्ना नेता मारिएको पुष्टि गर्दै त्यसको बदला लिने चेतावनी दिएको छ। इजरेल डिफेन्स फोर्सले नस्रल्लाहसहित इरान समर्थित लडाकु समूहका अरू वरिष्ठ नेताहरू मारिएको जनाएको हो। मारिनेमा हिज्बुल्लाहको दक्षिणी मोर्चाका कमान्डर पनि रहेको इजरेली सेनाको एउटा विज्ञप्तिमा जनाइएको… Continue reading इजरायलको दावि : हिज्बुल्लाहका नेता हसन मारिए

बिहारमा जितिया पर्व मनाउने क्रममा डुबेर ४६ को मृत्यु

काठमाडौं । पूर्वी भारतमा हिन्दु पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ । बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए । राज्यका १५ जिल्लामा मङ्गलबारदेखि डुबेर यी घटना भएका थिए । त्यहाँ भक्तजनहरूले आफ्ना… Continue reading बिहारमा जितिया पर्व मनाउने क्रममा डुबेर ४६ को मृत्यु

प्रधानमन्त्रीको आह्वान : हिमाल देखि समुन्द्रसम्म बचाउने योजना आवश्यक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताए । समुद्री सतह वृद्धिका कारणबारे चर्चा गर्दै उनले एसियाका दुई… Continue reading प्रधानमन्त्रीको आह्वान : हिमाल देखि समुन्द्रसम्म बचाउने योजना आवश्यक

श्रीलंकाका नयाँ राष्ट्रपतिले गरे संसद भंग

bbc

काठमाडौं । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिशानायकेले संसद विघटन गरेका छन् । साथै उनले संसदीय निर्वाचनका मिति समेत तोकेका छन् । शनिबार सम्पन्न राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए । तर २२५ सदस्यीय संसदमा उनको दल नेशनल पिपुल्स पावर (एनपीपी)का तीन जना मात्र सांसद थिए । राष्ट्रपति दिशानायकेले मंगलबार आफ्नो दलका सांसद डा.… Continue reading श्रीलंकाका नयाँ राष्ट्रपतिले गरे संसद भंग

हिजबुल्लाहलाई सहयोग गर्ने इरानी राष्ट्रपतिको संकेत

काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मङ्गलबार हिजबुल्लाह इजरायल आक्रमण विरुद्ध एक्लै खडा हुन नसक्ने बताएका छन् । “पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको देशविरुद्ध हिजबुल्लाह एक्लै खडा हुन सक्दैन”, पेजेस्कियनले सिएनएनसँगको अन्तर्वार्तामा भने । उनले “लेबनानलाई अर्को गाजा बन्न नदिन” अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । लेबनानमा… Continue reading हिजबुल्लाहलाई सहयोग गर्ने इरानी राष्ट्रपतिको संकेत

क्यानडाले विद्यार्थी भिसा थप कटौती गर्दै

काठमाडौं । क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने भएको छ । क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो । त्यसअनुसार यस वर्ष क्यानडा सरकारले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेको थियो । मंगलबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०२५ मा थप… Continue reading क्यानडाले विद्यार्थी भिसा थप कटौती गर्दै

अमरासूर्य बनिन् श्रीलंकाको नयाँ प्रधानमन्त्री

काठमाडौं । नेशनल पिपुल्स पावर (एनपीपी)की सांसद डा. हरिनी अमरासूर्या श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् । उनले मंगलबार नै राष्ट्रपति अनुरा कुमारा दिशानायकेसँग पद तथा गोपनीयताको शपथ लिएकी छन् । शनिबार सम्पन्न राष्ट्रपति निर्वाचन वामपन्थी दिशानायकेले जितेका थिए । उनले सोमबार शपथ लिएलगत्तै प्रधानमन्त्री दिनेश गुणवर्धनेले राजीनामा दिएका थिए । २२५ सदस्यीय संसदमा एनपीपीका… Continue reading अमरासूर्य बनिन् श्रीलंकाको नयाँ प्रधानमन्त्री

इजरायलको आक्रमणबाट लेवनानमा ज्यान गुमाउनेको संख्या ५ सय

Getty Images

काठमाडौं । लेबनानमा इजरायली आक्रमणमा मर्नेहरुको सङ्ख्या चार सय ९२ जना पुगेको छ । बिबीसीका अनुसार मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ अन्य घाइते भएको बताएको छ । यसले कति हताहत सर्वसाधारण वा लडाकुहरू थिए भन्ने यकिन भएको छैन । त्यहाँ भएको यो घटना २० वर्षको द्वन्द्वको सबैभन्दा… Continue reading इजरायलको आक्रमणबाट लेवनानमा ज्यान गुमाउनेको संख्या ५ सय

लेबनानमा इजरायलको भीषण आक्रमण, कम्तिमा २७४ मारिए

काठमाडौं । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरायली आक्रमणमा मर्नेहरुको सङ्ख्या दुई सय ७४ पुगेको जानकारी गराएका छन् । यसमा २१ जना बालबालिका छन् । हजारौँ परिवार बमबारीबाट भागेका छन् । “एक्काइस बालबालिका र ३९ महिलासहित दुई सय ७४ जनाको मृत्यु भएको छ । यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो” अबियादले… Continue reading लेबनानमा इजरायलको भीषण आक्रमण, कम्तिमा २७४ मारिए

श्रीलंकाली जनताले रोजे आमुल परिवर्तन, सत्तामा कम्यूनिष्ट शासक

bbc

काठमाडौं । वामपन्थी झुकाव राख्ने अनुर कुमार दिशानायक ऐतिहासिक दोस्रो चरणको मतगणनाबाट श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले सोमबार नयाँ राष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेका छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि राष्ट्रपति चुनाव देशको इतिहासमा नै पहिलो पटक दोस्रो चरणको मतगणना भएको थियो । श्रीलङ्कामा राष्ट्रपति… Continue reading श्रीलंकाली जनताले रोजे आमुल परिवर्तन, सत्तामा कम्यूनिष्ट शासक

इरानमा ग्यास चुहावट, कम्तिमा ५१ जनाको मृत्यु

file

काठमाडौं । इरानमा ग्याँस चुहावटका कारण एउटा कोइलाखानीमा भएको विस्फोटमा कम्तीमा ५१ जना मारिएको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएका छन्। साउथ खोअर्सन प्रान्तमा भएको विस्फोटमा अन्य २० जना घाइते भएका छन्। राजधानी तेहरान भन्दा ५४० किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा रहेको खानीमा मिथेन ग्यास चुहावटपछि खानीका दुई वटा ब्लकमा विस्फोट भएको थियो। स्थानीय समय अनुसार शनिवार राती… Continue reading इरानमा ग्यास चुहावट, कम्तिमा ५१ जनाको मृत्यु

कार्बन उत्सर्जन गर्ने मुलुकले नगर्ने मुलुकलाई क्षतिपूर्ति तिर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) कार्यक्रममा मुख्य… Continue reading कार्बन उत्सर्जन गर्ने मुलुकले नगर्ने मुलुकलाई क्षतिपूर्ति तिर्नुपर्छ : प्रधानमन्त्री

दिल्लीको मूख्यमन्त्री बनिन् आतिशी

काठमाडौं । आम आदमी पार्टीकी नेता आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बनेकी छन् । उनले शनिबार नै उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् । ४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री हुन् । यसअघि भारतीय जनता पार्टी (बीजेपी) की सुश्मा स्वराज र कांग्रेसकी शिला दीक्षित मुख्यमन्त्री भएकी थिइन् । स्वराज जम्मा ५२… Continue reading दिल्लीको मूख्यमन्त्री बनिन् आतिशी

श्रीलंकामा नयाँ राष्ट्रपति छान्न मतदान हुँदै

काठमाडौं । व्यापक प्रदर्शनबाट राष्ट्रपति हटेको डेढ वर्षपछि श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि शनिवार निर्वाचन हुँदै छ। देशको नवौँ कार्यकारी राष्ट्रपति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । श्रीलङ्काको सबैभन्दा खराब आर्थिक सङ्कटसँगै सुरु भएको प्रदर्शन उत्कर्षमा पुगेपछि सन् २०२२ को जुलाईमा मा राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिएका थिए। राष्ट्रपति पदमा आसीन… Continue reading श्रीलंकामा नयाँ राष्ट्रपति छान्न मतदान हुँदै

मालीको राजधानीमा आतंकवादी आक्रमण, कम्तिमा ७७ जना मारिए

काठमाडौं । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते भएका छन् । पछिल्ला वर्षहरूमा सुरक्षा बलहरूले भोग्नुपरेको यो सबैभन्दा उच्च हताहतको घटनाहरू मध्ये एक हो । मृतकको सङ्ख्या लगभग एक सय पुगेको र ८१ जनाको नाम सूचीकृत गरेको… Continue reading मालीको राजधानीमा आतंकवादी आक्रमण, कम्तिमा ७७ जना मारिए

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नु पर्ने प्रस्ताव पारित, नेपाल तटस्थ

काठमाडौं । प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ । यो प्रस्तावमा भने नेपाल तटस्थ बसेको थियो । प्यालेस्टाइनले गरेको उक्त प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स सहित १२४ देश उभिएका थिए । अमेरिकासहित १४ देशले विपक्षमा मतदान गरे । संयुक्त राष्ट्रसंघका स्थायी सदस्यहरुमध्ये विपक्षमा उभिएको… Continue reading प्यालेस्टिनी भूभागबाट इजरायल हट्नु पर्ने प्रस्ताव पारित, नेपाल तटस्थ

लेवनानमा पेजर र वाकीटकी विष्फोटपछि संसारभर सुरक्षा चासो

People gather outside a hospital after hundreds were seriously wounded by exploding communications devices, in Beirut, Lebanon, on 17 September 2024 (Mohamed Azakir/Reuters)

काठमाडौं । यस साता लेबनानभर भएको अपत्यारिलो आक्रमणमा हिजबुल्लाहद्वारा प्रयोग गरिएका पेजर र वाकी(टाकी विस्फोटमा ३७ जनाको मृत्यु भएको छ । दुई हजार नौ सयभन्दा बढी घाइते भएका छन् । दुई दिनसम्म भएका यी विस्फोटले इरान समर्थित उग्रवादी समूह हिजबुल्लाहलाई ठूलो धक्का पुगेको छ । उसले आफ्नो कट्टर शत्रु इजरायलमाथि आक्रमणको दोष लगाएको छ र… Continue reading लेवनानमा पेजर र वाकीटकी विष्फोटपछि संसारभर सुरक्षा चासो

बेवनन र सिरियामा पेजर आक्रमण, कम्तिमा ९ जना मारिए–२ हजार घाइते

People gather outside a hospital after hundreds were seriously wounded by exploding communications devices, in Beirut, Lebanon, on 17 September 2024 (Mohamed Azakir/Reuters)

काठमाडौं । लेवनन र सिरियामा मंगलबार अपराह्न सयौंको संख्यामा पेजरबाट आक्रमण भएको छ । बिबिसीका अनुसार विस्फोटमा परी अहिलेसम्म ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उग्रवादी समूह हिजबुल्लाहका सदस्य र एक बालिका छन्। घटनामा २ हजार सात सय पचास जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये दुई सय जनाको अवस्था गम्भीर भएको लेबननका स्वास्थ्य मन्त्री… Continue reading बेवनन र सिरियामा पेजर आक्रमण, कम्तिमा ९ जना मारिए–२ हजार घाइते

दिल्लीका मूख्यमन्त्री केजरीवालले दिए राजिनामा, आतिशी नयाँ मूख्यमन्त्री

काठमाडौं । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिएका छन् । केजरीवालले दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा बुझाएको बीबीसीले जनाएको छ । आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बनेकी छिन् । आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री… Continue reading दिल्लीका मूख्यमन्त्री केजरीवालले दिए राजिनामा, आतिशी नयाँ मूख्यमन्त्री

यूरोपका विभिन्न शहरमा बाढी, कम्तिमा ८ जनाको मृत्यु

file

काठमाडौं । मध्य तथा पूर्वी युरोपका विभिन्न देशमा दशकयताकै ठूलो बाढीका कारण कम्तीमा ८ जनाको ज्यान गएको छ । बाढीका कारण रोमानियामा ६ जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ । पोल्यान्ड र अस्ट्रियामा एक–एक जनाको मृत्यु भएको हो । रोमानियका गृहमन्त्री कटालिन प्रेडोयुले देशका विभिन्न सात क्षेत्रमा बाढीले निकै क्षति पुर्‍याएको जनाएका छन् । उनले… Continue reading यूरोपका विभिन्न शहरमा बाढी, कम्तिमा ८ जनाको मृत्यु

क्यानडासँग हार्यो नेपाल, ब्याटिङ कमजोर

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो । २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए… Continue reading क्यानडासँग हार्यो नेपाल, ब्याटिङ कमजोर

गाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखायो

काठमाडौं । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको ४ दिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेल, विभागीय मन्त्री र निजी क्षेत्रसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । उनले उद्योगमन्त्री दामोदर भण्डारीसँगको भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधिक तथा आर्थिक लगानीको प्रस्ताव… Continue reading गाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखायो

जेलमुक्त हुनासाथ किन मूख्यमन्त्रीको पद छाड्ने घोषणा गरे केजरीवालले ?

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेका छन् । तिहाड जेलबाट छुटेको दुई दिनपछि आइतबार आम आदमी पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा उनले अबको दुई दिनपछि राजीनामा दिने बताएका हुन् । सराब घोटाला प्रकरणमा सरकारी निकाय ईडीले पक्राउ गरेलगत्तै भारतीय जनता पार्टी (बीजेपी) ले मुख्यमन्त्री केजरीवालको राजीनामा मागेको थियो । तर सर्वोच्च अदालतले… Continue reading जेलमुक्त हुनासाथ किन मूख्यमन्त्रीको पद छाड्ने घोषणा गरे केजरीवालले ?

कंगोमा सत्ताच्यूतको आरोपमा ३७ जनालाई मृत्युदण्डको सजाय, तीन अमेरिकी

काठमाडौं । डीआर कङ्गोमा राष्ट्रपतिलाई सत्ताच्युत पार्न प्रयास गरेको भन्दै ३७ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। जसमा तीन जना अमेरिकी, एक जना ब्रिटिश, एक जना बेल्जिअन र एक जना क्यानडेली नागरिक समेत छन्। ती मानिसलाई गत मे महिनामा राष्ट्रपति निवास र राष्ट्रपति फेलिक्स चिसकेडीका एक जना साझेदारको घरमा भएका हमलाको नेतृत्व गरेको आरोप लगाइएको छ।… Continue reading कंगोमा सत्ताच्यूतको आरोपमा ३७ जनालाई मृत्युदण्डको सजाय, तीन अमेरिकी

कस्तो छ आजको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४८… Continue reading कस्तो छ आजको विनिमय दर ?

अन्तरिक्षमा अड्किएका दुई यात्री भन्छन् : स्टेशनबाटै मतदान गर्न उत्सुक छौं

काठमाडौं । नासाका अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोरले अन्तरिक्षमा अझै सन् २०२५ को फेब्रुअरीसम्म बस्नुपर्ने भएपछि आसन्न अमेरिकी राष्ट्रपति चुनावमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)बाट मतदान गर्न उत्सुक रहेको बताएका छन् । अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको एक हप्तापछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विलियम्स र विल्मोरले आइएसएसबाट सहभागी भएको न्यूओर्क टाइम्सले जनाएको छ… Continue reading अन्तरिक्षमा अड्किएका दुई यात्री भन्छन् : स्टेशनबाटै मतदान गर्न उत्सुक छौं

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानलाई आरोपमुक्त गर्न अदालतको अश्विकार

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानलाई आरोपमुक्त गर्न अदालतको अश्विकारकाठमाडौं । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको भ्रष्टाचारको मुद्दामा सन् १९९९ को संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेशअन्तर्गत आरोपमुक्त माग गर्दै दायर गरेको जाहेरी अस्वीकार गरेको छ । संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेशको आधारमा खानले आफूविरुद्धको मुद्दा सङ्घीय मन्त्रिपरिषद् बैठकको आधारमा सुरु गरी कानुनले… Continue reading पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानलाई आरोपमुक्त गर्न अदालतको अश्विकार

चीनले बढायो अवकास हुने उमेर

AFP

काठमाडौं । चीनले अवकाश (रिटायरमेन्ट)को उमेर बढाएको छ । सरकारले अवकाशको उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो । यसअनुसार अब ब्लू कलर जब (फ्याक्टी, कन्स्ट्रक्सन जस्ता श्रम गर्नुपर्ने क्षेत्रको काम) का लागि महिलाको उमेर ५० वर्षबाट बढाएर ५५ वर्ष कायम गरिएको छ । यस्तै ह्वाइट कलर (पेशेवर) महिलाका लागि उमेर हद ५५ बाट ५८… Continue reading चीनले बढायो अवकास हुने उमेर

जेलमुक्त भए दिल्लीका मुख्यमन्त्री केजरीवाल

काठमाडौं । सर्वोच्च अदालतले आदेशपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन् । तिहाड जेलबाट बाहिर आएका केजरीवालले आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन् । भारतको सर्वोच्च अदालतले शुक्रबार आम आदमी पार्टीका प्रमुख समेत रहेका मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा छोड्न आदेश दिएको थियो । ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो ।… Continue reading जेलमुक्त भए दिल्लीका मुख्यमन्त्री केजरीवाल

संयुक्त राष्ट्रसंघको ७९ औं महासभा सुरु

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको ७९ औं सत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । ७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान यङ्गले हथौडा हस्तान्तरण गरेपछि औपचारिक रुपमा सुरु भएको हो । सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गले जलवायु परिवर्तन, हिंस्रक संघर्ष र दिगो विकासको धिमा गति लगायत… Continue reading संयुक्त राष्ट्रसंघको ७९ औं महासभा सुरु