नयाँदिल्ली, १९ मङ्सिर (रासस/एएनआई) :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन मुद्दामा शान्तिका लागि भारतले गरेको वकालत दोहो¥याएका छन् । यस मुद्दाको शान्तिपूर्ण समाधानका लागि गरिएका सबै प्रयासको भारतले स्वागत गरेको उनले बताए । रूसी राष्ट्रपति पुटिनको भारत भ्रमणपछि जारी संयुक्त प्रेस वक्तव्यमा उनले भने, “भारतले सुरुदेखि नै युक्रेनको मुद्दामा शान्तिको वकालत गर्दै आएको छ । हामी… Continue reading युक्रेनी शान्तिको लागि आफ्नो योगदानका लागि भारत तत्परः प्रधानमन्त्री मोदी
Category: विश्व
भारत–रुस सम्बन्धमा अमेरिकी दबाब
नयाँदिल्ली, १९ मङ्सिर (रासस–एएफपी) । रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या गर्दै आएका छन् । तर युक्रेनमाथि रुसको आक्रमणपछि द्विपक्षीय सम्बन्ध अभूतपूर्व दबाबमा परिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल खरिद रोक्न भारतमाथि जोडदार दबाब दिँदै नयाँदिल्लीबाट आयातित रूसी तेलमा ५० प्रतिशतसम्म कडा कर लगाउनुभएको छ । यस्तै संवेदनशील पृष्ठभूमिमा… Continue reading भारत–रुस सम्बन्धमा अमेरिकी दबाब
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना
लन्डन, १९ मङ्सिर (रासस–एएफपी) । बेलायतको मिडिया वाचडगले वेबसाइटमार्फत् यौन गतिविधिबारे सामग्री प्रशारण गर्दै आएको एभिएस ग्रुपलाई उसका १८ ‘पोर्नोग्राफी वेबसाइट’हरूमा सशक्तरूपमा उमेर जाँच सुनिश्चित गर्न असफल भएको आरोपमा १० लाख पाउन्ड (झण्डै १३ लाख अमेरिकी डलर) जरिवाना गरेको छ। एवीएस समूहको बिरूद्ध जरिवाना बेलायतको अनलाइन सुरक्षा ऐन अन्तर्गत अहिलेसम्मकै सबैभन्दा ठूलो सजाय हो ।… Continue reading बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना
पुटिन भारतमा, वार्ता रक्षा र व्यापारमा केन्द्रित
नयाँ दिल्ली, १९ मङ्सिर (रासस–एएफपी) । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणमा शिलशिलामा बिहीबार साँझ भारतको राजधानी आइपुग्नुभएको छ। विश्वले विशेष चासोका साथ हेरेको यस भ्रमणका क्रममा रूस र भारतबीच रक्षा सम्बन्धलाई गहिरो बनाउने उद्देश्य रहेको बताइएको छ। नयाँदिल्लीले मस्कोबाट तेल खरिद गर्न रोक्नका लागि अमेरिकाको कडा दबाबको सामना गरिरहेको छ। रूसी नेता… Continue reading पुटिन भारतमा, वार्ता रक्षा र व्यापारमा केन्द्रित
विश्व व्यापार र लगानीमा दबाब, वृद्धि २.६ प्रतिशतमा सीमित
जेनेभा, १८ मङ्सिर (रासस–सिन्ह्वा) । विश्व अर्थतन्त्रको वृद्धि सन् २०२५ मा २.६ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन सन् २०२४ को २.९ प्रतिशतभन्दा कम हो । बढ़्दो वित्तीय अस्थिरता र भू–राजनीतिक तनावले व्यापार तथा लगानीमा परेको प्रभावका कारण यस वर्ष वृद्धि सुस्तिने संयुक्त राष्ट्रसङ्घको व्यापार तथा विकास सम्मेलन (युन्क्टाड) ले मङ्गलबार जारी गरेको प्रतिवेदनमा उल्लेख… Continue reading विश्व व्यापार र लगानीमा दबाब, वृद्धि २.६ प्रतिशतमा सीमित
भारत भ्रमणमा आउँदै पुटिन भेट : तेल आयातदेखि रक्षा सहयोगसम्म भारत–रूस एजेन्डा
नयाँदिल्ली, १८ मङ्सिर (रासस–एपी) । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन यसै हप्ता भारतको राजकीय भ्रमणमा आउनुहुनेछ । भ्रमणका क्रममा उहाँ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आर्थिक, ऊर्जा तथा रक्षा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले उच्चस्तरीय वार्ता हुने भएको छ । यो भेटलाई भारतले मस्को र वासिङ्टनबीचको आफ्नो सन्तुलित कूटनीतिक हैसियत कायम राख्नुपर्ने संवेदनशील क्षणका रुपमा पनि… Continue reading भारत भ्रमणमा आउँदै पुटिन भेट : तेल आयातदेखि रक्षा सहयोगसम्म भारत–रूस एजेन्डा
रुसी ग्यासमाथि प्रतिबन्ध लगाउने सम्झौतामा युरोपेली सङ्घको सहमति
ब्रसेल्स, बेल्जियम, १८ मङ्सिर (रासस–एएफपी) । युरोपेली सङ्घका सांसदहरू र सदस्य राष्ट्रहरूले बुधबार सन् २०२७ को अन्त्यसम्म रूसी ग्यासको सबै आयातमा प्रतिबन्ध लगाउने सम्झौतामा हस्ताक्षर गरेका छन्। युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयनले मङ्गलबार राति भएको सम्झौतापछि पत्रकारसँग भन्नुभयो, “यो नयाँ युगको शुरुवात हो, रुसबाट युरोपको पूर्ण ऊर्जा स्वतन्त्रताको युग हो ।” युक्रेनमा आक्रमण… Continue reading रुसी ग्यासमाथि प्रतिबन्ध लगाउने सम्झौतामा युरोपेली सङ्घको सहमति
म्याक्रोनको चीन भ्रमण : व्यापार, कूटनीति र युक्रेन युद्धबारे उच्चस्तरीय वार्ता
बेइजिङ, १८ मङ्सिर (रासस–एपी) । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन व्यापार, कूटनीति तथा युक्रेन–रुस युद्धबारे छलफल गर्न तीन दिने राजकीय भ्रमणका क्रममा बुधबार चीन आइपुग्नुभएको छ । उहाँले बेइजिङलाई रुसमाथि दबाब दिई युक्रेनमा युद्धविरामको वातावरण बनाउन सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ । फ्रान्सेली राष्ट्रपति कार्यालयका अनुसार म्याक्रोनले दुवै पक्षका लागि फाइदाजनक, दिगो… Continue reading म्याक्रोनको चीन भ्रमण : व्यापार, कूटनीति र युक्रेन युद्धबारे उच्चस्तरीय वार्ता
एसियामा प्राकृतिक विपद् : लाखौं मानिस घरविहीन
बाण्डा आचे, इन्डोनेसिया, १७ मङ्सिर (रासस–एएफपी) । इन्डोनेसिया, श्रीलङ्काका सरकार र राहत समूहहरूले मङ्गलवार बाढीपीडितलाई सहायता पु¥याउन तिव्र प्रयास गरेका छन् । चार देशमा बाढीका कारण हालसम्म एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । अमेरिकी मौसम विश्लेषण अनुसार, यस क्षेत्रमा नोभेम्बर महिनामा सन् २०१२ पछि सबैभन्दा बढी वर्षा भएको हो । हाल… Continue reading एसियामा प्राकृतिक विपद् : लाखौं मानिस घरविहीन
हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ
हङकङ, १६ मङ्सिर (रासस–सिन्ह्वा) । हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।उक्त जानकारी सोमबार स्थानीय अधिकारीहरूले पत्रकार भेटघाटमार्फत दिएका हुन् । प्रहरीले जनाएको अनुसार घटनाको विस्तृत अनुसन्धान अझै जारी रहेको छ, र आवश्यक परे थप व्यक्तिहरूलाई समेत पक्राउ गर्न सकिने सम्भावना छ । आगो लागेका भवनबाट सङ्कलित… Continue reading हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ
क्यालिफोर्नियाको स्टकटनमा बैंक्वेट हलमा गोलीकाण्ड
स्टकटन (क्यालिफोर्निया), १५ मङ्सिर (रासस–एपी) । क्यालिफोर्नियाको स्टकटनस्थित एक बैंक्वेट हलमा पारिवारिक जमघट चलिरहेका बेला भएको भीषण गोलीकाण्डमा चारजनाको मृत्यु भएको र १० जना घाइते भएको सान जोआक्विन काउन्टी शेरिफ अफिसले जनाएको छ । मृतक र घाइतेमध्ये बालबालिकादेखि वयस्कसम्म समावेश रहेको शेरिफ अफिसका प्रवक्ता हिथर ब्रेन्टले जानकारी दिए । प्रारम्भिक तथ्याङ्कका आधारमा घटनालाई लक्षित हमलाका… Continue reading क्यालिफोर्नियाको स्टकटनमा बैंक्वेट हलमा गोलीकाण्ड
हङकङमा भीषण आगलागीबाट मृत्यु सङ्ख्या १४६ पुग्यो
हङकङ, १५ मङ्सिर (रासस–एएफपी) । हङकङको एक ठूलो आवास क्षेत्रमा यस साताभित्र लागेको आगलागीबाट मृत्यु हुनेहरूको सङ्ख्या १४६ पुगेको प्रहरीले आइतबार पुष्टि गरेको छ । वाङ फुक कोर्टमा भएको यो आगलागीलाई सन् १९८० यताकै विश्वकै सबैभन्दा गम्भीर आवासीय आगलागी मानिएको छ । प्रहरीको विपद् पहिचान युनिटले खोजी क्षेत्र विस्तार गरेपछि थप शवहरू भेटिएका छन् ।… Continue reading हङकङमा भीषण आगलागीबाट मृत्यु सङ्ख्या १४६ पुग्यो
इन्डोनेसिया र थाइल्यान्डमा बाढी–पहिरोमा मृत्यु सङ्ख्या ६०० भन्दा बढी, उद्धार कार्य तीव्र
पाडाङ, इन्डोनेसिया, १५ मङ्सिर (रासस–एएफपी) । दक्षिणपूर्व एशियामा आएको भीषण बाढी र पहिरोका कारण मृत्यु सङ्ख्या ६०० नाघेपछि, इन्डोनेसिया र थाइल्यान्डका अधिकारीहरूले आइतबार बेपत्ता मानिसहरूको खोजी र उद्धार कार्यलाई थप तीव्र बनाएका छन् । सप्ताहभर परेका अत्यधिक मनसुन वर्षाले इन्डोनेसिया, थाइल्यान्ड र मलेसियाका धेरै क्षेत्र डुबानमा परे, जसले हजारौँ मानिसलाई सुरक्षित आश्रय र आवश्यक सामग्रीबिना… Continue reading इन्डोनेसिया र थाइल्यान्डमा बाढी–पहिरोमा मृत्यु सङ्ख्या ६०० भन्दा बढी, उद्धार कार्य तीव्र
प्यालेस्टाइनी मृतकको सङ्ख्या बढ्दै,घाइते एक लाख भन्दा बढी
गाजा, १५ मङ्सिर (रासस–सिन्ह्वा) । गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको विज्ञप्तिअनुसार, अक्टोबर सन् २०२३ देखि सुरु भएको सङ्घर्षपछि गाजा क्षेत्रमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७० हजार १०० पुगेको छ । युद्ध सुरु भएयता कुल घाइतेको सङ्ख्या एक लाख ७० हजार ९८३ पुगेको जनाइएको छ । अक्टोबरमा लागू गरिएको युद्धविरामका बाबजूद पनि आवधिक इजरायली आक्रमण… Continue reading प्यालेस्टाइनी मृतकको सङ्ख्या बढ्दै,घाइते एक लाख भन्दा बढी
नेपालले श्रीलङ्कालाई २ लाख डलर सहयोग गर्दै बाढीको क्षतिप्रति दुःख व्यक्त
काठमाडौँ, १५ मङ्सिरः नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौँ जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो । द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारले श्रीलङ्कासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको छ ।… Continue reading नेपालले श्रीलङ्कालाई २ लाख डलर सहयोग गर्दै बाढीको क्षतिप्रति दुःख व्यक्त
राष्ट्रपति पौडेलद्वारा श्रीलङ्कामा बाढीबाट भएको धनजनका क्षतिप्रति दुःख व्यक्त
काठमाडौँ, १४ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले श्रीलङ्कामा हालै आएको बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जाल एक्समार्फत त्यहाँ भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । “दुःख र कष्टको यो क्षणमा श्रीलङ्काको सरकार तथा जनताप्रति सहानुभूति प्रकट गर्दछु । सङ्कटको यो समयमा नेपाल सधैँ श्रीलङ्काका साथमा छ”,… Continue reading राष्ट्रपति पौडेलद्वारा श्रीलङ्कामा बाढीबाट भएको धनजनका क्षतिप्रति दुःख व्यक्त
एयरबस ए–३२० सफ्टवेयर समस्याका कारण विश्वभर उडान अवरुद्ध
पेरिस, १४ मङ्सिर (रासस–एएफपी) । एयरबसले आफ्नो ए–३२० परिवारअन्तर्गतका करिब छ हजार विमानमा तत्काल सफ्टवेयर परिवर्तन आवश्यक परेको चेतावनी जारी गरेपछि विश्वभरका एयरलाइन्सहरूले शनिबार थप उडान रद्द तथा ढिलाइको घोषणा गरेका छन् । अक्टोबरमा जेटब्लूको एक उडानमा देखिएको प्राविधिक खराबीको मूल्याङ्कनपछि एयरबसले आफ्ना ग्राहकहरूलाई ‘तत्काल सावधानी अपनाउन’ अनुरोध गरेको थियो । एयरबसका अनुसार ‘तीव्र सौर्य… Continue reading एयरबस ए–३२० सफ्टवेयर समस्याका कारण विश्वभर उडान अवरुद्ध
ट्रम्पको चेतावनी : भेनेजुएलाको हवाई क्षेत्र ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने
वासिङ्टन, १४ मङ्सिर (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलामाथि तथा त्यस वरपरको हवाई क्षेत्रलाई ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने कडा चेतावनी जारी गरेका छन् । वामपन्थी नेता निकोलस मदुरोसँगको लामो समयदेखि चलिरहेको राजनीतिक तथा कूटनीतिक गतिरोधमा यो नवीनतम वृद्धि मानिएको छ । ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेख्दै अनुरोध गरे, “सबै एयरलाइन्स, पाइलटहरू, लागुऔषध… Continue reading ट्रम्पको चेतावनी : भेनेजुएलाको हवाई क्षेत्र ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने
गोली हानाहानपछि अमेरिकामा अफगान पासपोर्टधारीको भिसा तथा शरण निर्णय रोकियो
वासिङ्टन, १४ मङ्सिर रासस–एपी) । ह्वाइट हाउस नजिकै भएको गोली हानाहानमा एक नेसनल गार्ड सदस्यको मृत्यु र अर्कोको गम्भीर अवस्थापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अफगान पासपोर्टमा यात्रा गर्ने व्यक्तिहरूका लागि भिसा जारी गर्ने प्रक्रिया तात्कालिक रूपमा रोकेका छन् । यस घटनामा २९ वर्षीय अफगान नागरिक रहमानुल्ला लकानवाल पक्राउ परेर पहिलो–डिग्री हत्यासहित अनेक आरोपको… Continue reading गोली हानाहानपछि अमेरिकामा अफगान पासपोर्टधारीको भिसा तथा शरण निर्णय रोकियो
श्रीलङ्काकामा मौसमी प्रकोपका कारण सार्वजनिक आपतकाल घोषणा
कोलम्बो, १४ मङ्सिर (रासस–सिन्ह्वा) । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गरेका छन् । घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियमहरू राष्ट्रव्यापी लागू गर्न सरकारलाई अधिकार प्रदान गर्दछ । आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु, राष्ट्रिय स्थिरता कायम राख्नु रहेको जनाइएको छ । यसैबीच… Continue reading श्रीलङ्काकामा मौसमी प्रकोपका कारण सार्वजनिक आपतकाल घोषणा
क्यानबेरामा प्रधानमन्त्री अल्बानिजको गोप्य विवाह
मेलबर्न, १४ मङ्सिर (रासस–एपी) । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज शनिबार राष्ट्रिय राजधानी क्यानबेरास्थित आफ्नै आधिकारिक निवास ‘द लज’ मा अत्यन्त गोप्य र आत्मीय वातावरणमा आफ्नी प्रिय पार्टनर जोडी हेडनसँग वैवाहिक जीवनमा प्रवेश गरेका छन् । अस्ट्रेलियाको सङ्घीय सरकार गठन भएको १२४ वर्षको इतिहासमा कार्यरत प्रधानमन्त्रीको हैसियतमै विवाह गर्ने अल्बानिज पहिलो नेता बनेका छन् ।दिउँसो द… Continue reading क्यानबेरामा प्रधानमन्त्री अल्बानिजको गोप्य विवाह
जीवित छन् इमरान खान
नयाँदिल्ली, १३ मङ्सिर (रासस–एएनआई) । पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का सिनेटर खुर्रम जिशानले पूर्व प्रधानमन्त्री इमरान खानको मृत्यु भएको भन्ने अफवाहलाई पूर्णतः खारेज गर्दै उनी जीवित रहेको र हाल अदियाला जेलमै राखिएको स्पष्ट गरेका छन् । उनका अनुसार इमरान खानलाई पाकिस्तान छोड्न दबाब सिर्जना गर्ने रणनीतिअनुरूप एकान्तवासमा राखिएको छ । पाकिस्तानबाट एएनआईसँग कुरा गर्दै पिटिआईका सिनेटर… Continue reading जीवित छन् इमरान खान
ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन
ढाका, १२ मङ्सिर (रासस–एपी) । बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको भीषण आगलागीले करिब एक हजार ५०० झुपडी जलेर वा क्षतिग्रस्त भएसँगै हजारौँ बासिन्दा घरबारविहीन भएको अधिकारीहरूले बताएका छन् । आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार… Continue reading ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन
हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु
हङकङ, १२ मङ्सिर (रासस–एएफपी) । हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगो नियन्त्रणमा लिन बिहीबार समेत अग्नि नियन्त्रकहरू निरन्तर प्रयासरत रहँदा मृतकको सङ्ख्या कम्तीमा ४४ पुगेको अधिकारीहरूले बताएका छन् । सयौँ मानिस प्रारम्भिक रूपमा बेपत्ता रहेका भए पनि केहीसँग पछि सम्पर्क स्थापित गरिएको फायर सेवाले जनाएको छ । बुधबार… Continue reading हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु
ह्वाइट हाउस नजिकै दुई सैनिकको हत्या, अफगान नागरिकमाथि राष्ट्रपतिको गम्भीर आरोप
वासिङ्टन, १२ मङ्सिर (रासस–एएफपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस नजिकै दुई नेसनल गार्ड सैनिकमाथि भएको घातक गोलीकाण्डलाई ‘आतङ्ककारी कार्य’ भन्दै तालिबान शासनबाट भागेर अमेरिका प्रवेश गरेका एक अफगान नागरिकलाई मुख्य संदिग्धको रूपमा आरोपित गरेका छन् । राष्ट्रपति ट्रम्पद्वारा भिडियो सन्देशमार्फत गरिएको यो अभिव्यक्तिले अमेरिकी सैन्य तैनाथी, आप्रवासन नीति र अफगानिस्तान युद्धको दीर्घ प्रभावजस्ता राजनीतिक… Continue reading ह्वाइट हाउस नजिकै दुई सैनिकको हत्या, अफगान नागरिकमाथि राष्ट्रपतिको गम्भीर आरोप
श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु
कोलम्बो, १२ मङ्सिर (रासस–सिन्ह्वा) । श्रीलङ्कामा हाल आएको भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु हुनुका साथै १४ बेपत्ता जना भएको विपद् व्यवस्थापन केन्द्र ९डिएमसी० ले बिहीबार जनाएको छ । केन्द्रका अनुसार बाढीका कारण हजारौ मानिसहरु विस्थापित भएका छन् । डिएमसी केन्द्रको पछिल्लो प्रतिवेदन अनुसार, चरम मौसमी प्रकोपले १७ वटा जिल्लाहरूमा असर गरेको छ… Continue reading श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
जकार्ता, ११मङ्सिर (रासस–एएफपी) । पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६–परिमाणको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले जनाएको छ । युएसजीएसका अनुसार हाल सम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन । भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११ः५६ बजे २५ किलोमिटरको गहिराइमा आएको जनाइएको छ । भूकम्प पछि हिन्द महासागर सुनामी चेतावनी केन्द्रले… Continue reading इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
चीनमा रेल दुर्घटना, ११ जनाको मृत्यु
बेइजिङ, १२ मङ्सिर (रासस–एएफपी) । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान एउटा रेलले निर्माण कामदारहरूलाई ठक्कर दिँदा ११ जनाको दुःखद मृत्यु भएको स्थानीय रेलवे अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटना कुनमिङको लुयोयाङ टाउन स्टेसन क्षेत्रमा भएको हो । त्यहाँ ‘भूकम्पीय उपकरण परीक्षणका लागि प्रयोग गरिएको’ रेल सामान्य रूपमा वक्र मार्ग हुँदै गुज्रिरहेका बेला ट्र्याक क्षेत्रमा… Continue reading चीनमा रेल दुर्घटना, ११ जनाको मृत्यु
जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध
जकार्ता, ११ मङ्सिर (रासस–एएफपी) । इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज सङ्क्रमण नियन्त्रणका लागि कुकुर, बिरालो र चमेरोको मासु बेच्न र उपभोगमा प्रतिबन्ध लगाइएको शहरका गभर्नरले मङ्गलबार जानकारी दिएका छन् । जकार्ताका गभर्नर प्रमोनो अनुङले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “खानाको उद्देश्यका लागि रेबिज सार्ने जनावरहरूको मासु बेच्न नगर प्रशासनले प्रतिबन्ध लगाएको छ। यसका लागि… Continue reading जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध
विश्वव्यापी एचआइभी प्रतिक्रियालाई ‘दशकौँकै सबैभन्दा ठूलो झट्का’
जेनेभा, ११ मङ्सिर (रासस–एएफपी) । अचानक र नाटकीय रूपमा अन्तर्राष्ट्रिय कोष कटौतीले एचआइभी र एड्स विरुद्धको विश्वव्यापी प्रयासमा विनाशकारी परिणाम निम्त्याएको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ । युएनएड्सका कार्यकारी निर्देशक विनी ब्यानिमाले जेनेभामा पत्रकारहरूसँग भन्नुभयो, “एचआइभीविरुद्धको विश्वव्यापी प्रतिक्रियाले दशकौँयताकै सबैभन्दा ठूलो धक्का बेहोरेको छ ।” नयाँ प्रतिवेदन प्रस्तुत गर्दै उहाँले ‘धेरै अन्तर्राष्ट्रिय दातृ निकायका लागि… Continue reading विश्वव्यापी एचआइभी प्रतिक्रियालाई ‘दशकौँकै सबैभन्दा ठूलो झट्का’