सिक्किममा हिमपहिरो, कम्तिमा ७ पर्यटकको मृत्यु

PT

काठमाडौं । सिक्किममा मंगलबार गएको हिमपहिरोमा परेर कम्तीमा ७ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । नाथुला र गान्तोकबीचको क्षेत्रमा गएको हिमपहिरोमा कम्तीमा १२ जना घाइते छन् । २३ जनाको उद्दार भएको भारतीय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्णल महेन्द्र रावतले भारतीय सञ्चारमाध्यमहरुलाई बताएका छन् । हिमपहिरोमा परेकाहरुको खोजी तथा उद्दार… Continue reading सिक्किममा हिमपहिरो, कम्तिमा ७ पर्यटकको मृत्यु

मलेसियाले हटाउने भयो अनिवार्य मृत्युदण्डको प्रावधान, १३०० कैदीको ज्यान जोगिने

file

काठमाडौं । मलेशियाको संसद्‌ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ। यो कदमसँगै मृत्युदण्डको सजाय पाउन सक्ने १,३०० कैदीको ज्यान जोगिन सक्ने बीबीसीले लेखेको छ । कैयौँ नेपालीहरू पनि वैदेशिक रोजगारीका लागि पुग्ने गरेको दक्षिण पूर्वी एशियाको यो देशले सन् २०१८ यता मृत्युदण्ड स्थगन गरेको छ। संसद्‌ले पारित गरेको व्यवस्था कार्यान्वयनमा आएसँगै… Continue reading मलेसियाले हटाउने भयो अनिवार्य मृत्युदण्डको प्रावधान, १३०० कैदीको ज्यान जोगिने

इन्डोनेसियामा ठूलो भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको ठूलो भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको भने डर देखिएको छैन । भूकम्पको क्षतिबारे विस्तृत जानकारी आउँन बाँकी रहेको एजेन्सीहरुले जनाएका छन् ।

ट्वीटरले न्यूयोर्क टाइम्सको ब्लू टिक हटाइदिएपछि…

काठमाडौं । ट्विटरले ुद न्यू योर्क टाइम्सुको खाताबाट भेरिफिकेसन चेक मार्क (ब्लू टिक) हटाइदिएपछि बहस सुरु भएको छ । ट्विटरले विश्व प्रख्यात अन्तर्राष्ट्रिय दैनिक पत्रिका न्यू योर्क टाइम्सको ट्विटर खाताबाट ब्लू टिक हटाइदिएको हो। ट्विटर इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कलाई यो पत्रिका मन नपर्ने विभिन्न सञ्चार माध्यमले लेखेका छन् । न्यू योर्क टाइम्सले… Continue reading ट्वीटरले न्यूयोर्क टाइम्सको ब्लू टिक हटाइदिएपछि…

रुसी सेनाका ब्लगरको विष्फोटमा परी ज्यान गयो

Investigators work at the side of an explosion at a cafe in St. Petersburg on April 2. (AP)

काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा भएको विस्फोटमा सेनाका प्रमुख ब्लगरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा २५ जना घाइते भएका छन् । विस्फोटमा रुसी सेनासँग सम्बन्धित जानकारीमा आधारित ब्लग बनाउने भ्लादेन तातारस्कीको ज्यान गएको बीबीसीले लेखेको छ । सेन्ट पिटर्सबर्गमा रहेको एक क्याफेमा विस्फोट भएको हो । तातारस्कीलाई रुसी सेनाको प्रमुख ब्लगर मानिन्थ्यो… Continue reading रुसी सेनाका ब्लगरको विष्फोटमा परी ज्यान गयो

इटलीमा च्याटजीपीटी माथि प्रतिवन्ध, के हो कारण ?

GETTY IMAGES\BBC

काठमाडौं । आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रविधिमा आधारित च्याटबोट च्याटजीपीटीलाई इटलीमा प्रतिबन्ध लगाइएको छ । इटलीको डेटा संरक्षण प्राधिकरणले च्याटजीपीटीको प्रणालीमा गोपनीयतासम्बन्धी चिन्ताहरू देखिएको बताएको बीबीसीमा समाचार छ । ओपनएआई नामक अमेरिकी स्टार्टअप कम्पनीले बनाएको च्याटजीपीटीलाई माइक्रोसफ्टले सहयोग गरेको छ। इटलीको नियामकले च्याटजीपीटीलाई प्रतिबन्ध लगाउने र ओपनएआईमाथि “तत्काल” अनुसन्धान गर्ने जनाएको छ। गत नोभेम्बरमा सुरु भएको… Continue reading इटलीमा च्याटजीपीटी माथि प्रतिवन्ध, के हो कारण ?

जापानमा सेवा निवृत्त हुने उमेर बढ्यो

GETTY IMAGES\BBC

काठमाडौं । जापानले राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर बढाएको छ । साविकमा ६० वर्ष रहेको निवृत्त हुने उमेर बढाएर ६१ वर्ष पुर्याइएको छ । अवकाश उमेर बढाउने कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमी र जोखिमलाई कम गर्न सहयोग पुग्ने विश्वास जापानको छ । जापानले आगामी सन् २०३१ सम्ममा अवकाश… Continue reading जापानमा सेवा निवृत्त हुने उमेर बढ्यो

भारतको इन्दौरमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३५ पुग्यो

मध्यप्रदेश । भारत मध्यप्रदेशको इन्दौरस्थित एक मन्दिर भत्किँदा भएको दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ । बिहीबार रामनवमीको अवसरमा इन्दौरको बेलेश्वर महादेव झुलेलाल मन्दिर भत्किँदा ३५ जनाको मृत्यु भएको हो । मन्दिर इनारमाथि निर्माण गरिएको थियो । अधिकारीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३५ पुगिसकेको छ भने १४ जनाको सकुसल उद्धार गरिएको छ… Continue reading भारतको इन्दौरमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३५ पुग्यो

अमेरिकी पत्रकारलाई रुसमा लाग्यो जासुसी गरेको आरोप

AFP\BBC

काठमाडौं । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकारलाई रुसमा पक्राउ गर्दै जासुसीको आरोप लगाइएको छ। बीबीसीका अनुसार एभन गोर्स्कभीच एक अनुभवी रुस संवाददाता हुन् र पक्राउ परेको समयमा उनी यक्याटरिङबर्गमा कार्यरत थिए। क्रेम्लिनले ती संवाददातालाई “रङ्गेहात” पक्राउ गरिएको जनाएको छ। द वाल स्ट्रीट जर्नलले उनको सुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनीविरुद्धका आरोपलाई कडा शब्दमा… Continue reading अमेरिकी पत्रकारलाई रुसमा लाग्यो जासुसी गरेको आरोप

जर्मन राजा चार्ल्स राजगद्दी सम्हालेपछि पहिलोपटक विदेश भ्रमणमा, जर्मनीमा भब्य स्वागत

PA Image\Getty Image|CNN

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणमा जर्मनी पुगेका छन् । देशको राजसिंहासन सम्हालेपछि भएको पहिलो विदेश भ्रमणमा उनको साथमा रानी क्यामिला पनि छिन् । यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उनको भ्रमण स्थगित भयो । बर्लिनका… Continue reading जर्मन राजा चार्ल्स राजगद्दी सम्हालेपछि पहिलोपटक विदेश भ्रमणमा, जर्मनीमा भब्य स्वागत

भारतले तीव्र रुपमा खोजिरहेको खालिस्तानी नेता नेपालमा लुकेको भारतको आशंका

GETTY IMAGES\BBC

काठमाडौं । भारतमा निकै विवादित बनेका एक सिख युवा नेता अमृतपाल सिंह ‘फरार’ भएको ठहर गर्दै अधिकारीहरूले उनी भागेर नेपाल पुगेको आशङ्का गरेका छन्। उनलाई नेपाल छोडेर अन्यत्र जान नदिन भारतले नेपाली पक्षलाई पत्राचार गरेको बीबीसीले लेखेको छ । नेपालको अध्यागमन विभागका एक अधिकारीका अनुसार काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै… Continue reading भारतले तीव्र रुपमा खोजिरहेको खालिस्तानी नेता नेपालमा लुकेको भारतको आशंका

जर्मनीमा राष्ट्रब्यापी हड्ताल, सबै यातायात सेवा अवरुद्ध

Reuters\Ekantipur

काठमाडौं । सोमबार दुई ठूला यातायात युनियनहरूले राष्ट्रव्यापी हड्तालको आह्वान गरेपछि जर्मनीमा अधिकांश रेल, बस र विमान सेवा रद्द गरिएको छ । फोहोरमैला व्यवस्थापन कर्मचारीहरू गत दुई सातादेखि हड्तालमा उत्रिएकाले मुन्स्टर, हेमबर्ग, बर्लिनलगायतका सहरमा फोहोरको डंगुर थुप्रिएको छ । ‘सहरभरि फोहोर थुप्रिएको छ । मानिसहरू बसपार्क, रेल स्टेसनमा घुइँचो लागेर बसेका छन्, बिजोग छ,’ जर्मनीको… Continue reading जर्मनीमा राष्ट्रब्यापी हड्ताल, सबै यातायात सेवा अवरुद्ध

म्यानमारमा सरकारको विरोध गरे प्रतिरोध गर्ने सैनिक सरकारको चेतावनी

Photo : Sky News

काठमाडौं । म्यान्मारको सैन्य सरकारका प्रमुखले देशभित्र सशस्त्र प्रतिरोध गरिरहेका समूहहरूको गतिविधिलाई “आतङ्कू को सङ्ज्ञा दिँदै उनीहरूमाथि निर्णायक कारबाही गर्ने घोषणा गरेका छन्। सेनाप्रमुख मिन ओङ ह्लाइङले म्यान्मारमा मानवाधिकारको अवस्थाबारे प्रश्न उठाउने देशहरूलाई पनि आतङ्कको मतियार भएको आरोप लगाएका छन्। एउटा दुर्लभ भाषणामा उनले ती देशहरूले बरु सेनालाई म्यान्मारको मौलिक प्रजातन्त्रलाई एउटा स्वरूप दिन सघाउनुपर्ने… Continue reading म्यानमारमा सरकारको विरोध गरे प्रतिरोध गर्ने सैनिक सरकारको चेतावनी

अमेरिकामा निजी स्कुलमा चल्यो गोली, कम्तिमा ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित कम्तिमा ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् । उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् । गोली लागेर स्कुलका विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ… Continue reading अमेरिकामा निजी स्कुलमा चल्यो गोली, कम्तिमा ६ जनाको मृत्यु

स्पेनमा आगलागीका घटना बढ्दै, जंगलमा फैलिँदै

Agency

काठमाडौं । स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागीका घटना भएका छन् । शनिवारदेखि विशाल जङ्गलमा सुरु भएको आगलागीले अहिलेसम्म तीन हजार हेक्टर क्षेत्रफल जलेर ध्वस्त भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । जङ्गल वरपर एक हजार पाँच सय जना नागरिकलाई सुरक्षित स्थानमा सारिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । दर्जनौँ दमकलसहित सात सय जना आगलागी नियन्त्रक… Continue reading स्पेनमा आगलागीका घटना बढ्दै, जंगलमा फैलिँदै

पोर्चुगलले लक्जमबर्गको पोष्टमा हान्यो ६ गोल

काठमाडौं । पोर्चुगलले लक्जमबर्गको पोष्टमा ६ गोल हानेको छ । युरो २०२४ को छनोट अन्तर्गत समूह जे को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि ६–० को फराकिलो जित निकालेको हो। पहिलो हाफमा ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप २ गोल गर्‍यो। पोर्चुगलको जितमा रोनाल्डोले दुई, जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले थप १–१ गोल गरे।… Continue reading पोर्चुगलले लक्जमबर्गको पोष्टमा हान्यो ६ गोल

मोरक्कोले ब्राजिललाई हरायो

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबलमा ब्राजिललाई मोरक्कोले पराजित गरेको छ । विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २–१ ले पराजित भएको हो। मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक–एक गोल गरेका थिए। ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरेका थिए। खेलको २९ औं मिनेटमा सोफियाने बोउफ गोल गर्दै… Continue reading मोरक्कोले ब्राजिललाई हरायो

जेल सजाय तोकिएका राहुल गान्धीको पत्रकार सम्मेलन, के भने ?

नयाँ निल्ली । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीले आफूलाई सांसद बन्नबाट अयोग्य बनाएर वा जेल हालेर तर्साउन नसक्ने प्रतिक्रिया दिएका छन् ।लोकसभाबाट सांसद पद खारेज भएपछि शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई कसैले पनि तर्साउन नसक्ने बताए । ‘उनीहरूले मलाई अयोग्य बनाएर वा जेल हालेर तर्साउन सक्दैनन्,’ उनले भने। अयोग्य बनाइए पनि आफूलाई त्यसको… Continue reading जेल सजाय तोकिएका राहुल गान्धीको पत्रकार सम्मेलन, के भने ?

राहुल गान्धीको सांसद पद खारेज

एजेन्सी । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य घोषणा गरिएको छ। चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दामा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो । गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका थिए।… Continue reading राहुल गान्धीको सांसद पद खारेज

युद्ध अन्त्य गर्न सक्ने पुटिनको संकेत

KREMLIN.RU/AFP

काठमाडौं बीबीसी । युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। यद्यपि, पश्चिम र किएभ तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार्न सकिने उनको भनाई छ। रुसी राष्ट्रपतिले मङ्गलवार मस्कोमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग द्वन्द्व र दुई देशबीचको सम्बन्धबारे छलफल गरेका थिए।… Continue reading युद्ध अन्त्य गर्न सक्ने पुटिनको संकेत

अफगानिस्तानमा भुकम्प, भारत र पाकिस्तानसम्म धक्का

काठमाडौं । अफगानिस्तानको फैजाबाद केन्द्रविन्दु भएर गएको भूकम्पको कारण कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् । मंगलबार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कडा झड्का अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो विपद् व्यवस्थापन मन्त्री… Continue reading अफगानिस्तानमा भुकम्प, भारत र पाकिस्तानसम्म धक्का

के साच्चै पक्राउ पर्न सक्छन् पुटिन ?

काठमाडौं । द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यसले आम मानिसमा जिज्ञासा पैदा भएको छ, के पुटिन साच्चिकै पक्राउ पर्न सक्छन् ? अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पक्राउ पूर्जी एउटा लामो प्रक्रिया अन्तर्गतको पहिलो कदम मात्रै हो। संयुक्त राष्ट्रसङ्घले स्पष्ट रूपमा के विश्वास गरेको छ भने रुसी नेतालाई… Continue reading के साच्चै पक्राउ पर्न सक्छन् पुटिन ?

गुपचुप चम्किँदै हाल्याण्ड, ५ दिनमा दुई ह्याट्रिक

काठमाडौं । इर्लिङ हाल्यान्ड गुपचुप स्टार बन्दै निरन्तर चम्किरहेका छन् । उनले पछिल्लो पाँच दिनमा दुई ह्याट्रिक पुरा गरेका छन् । उनको ह्याट्रिकको मद्दतमा म्यानचेस्टर सिटीले शनिबार एफएकपमा बर्नलीलाई ६–० ले हराउन सफल भयो । सिटी सेमिफाइनल प्रवेश गरेको छ । हाल्यान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिगविरुद्ध पाँच गोल गरेका थिए । यससँगै यो सिजन… Continue reading गुपचुप चम्किँदै हाल्याण्ड, ५ दिनमा दुई ह्याट्रिक

इक्वेडरमा भूकम्प, कम्तिमा १२ जनाको मृत्यु

काठमाडौं । इक्वेडरमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा १२ जनाको ज्यान गएको पुष्टि भएको छ । दक्षिणी तटीय क्षेत्रमा ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । ११ जनाको एल ओरो र एक जनाको अजुए प्रान्तमा ज्यान गएको इक्वेडरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । मनाबी, मान्ता र राजधानी… Continue reading इक्वेडरमा भूकम्प, कम्तिमा १२ जनाको मृत्यु

अमेरिकासँग भारी मात्रामा हतियार किन्दै अष्ट्रेलिया

file

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अस्ट्रेलियालाई ८९ करोड ५० लाख अमेरिकी डलर बराबरको करिब २२० क्रूज क्षेप्यास्त्र बिक्री अनुमोदन गरेको छ।कांग्रेसबाट पारित हुनुपर्ने बिक्रीसम्बन्धी उक्त प्रस्ताव अन्तर्गत लामो दूरीसम्म मार हान्न सक्ने टमाहक क्षेप्यास्त्र र प्राविधिक सहयोग समेत समावेश गरिएको बीबीसीले उल्लेख गरेको छ । क्रूज प्रकृतिका क्षेप्यास्त्रहरू हावामा उडानमा रहेका बेला तलमाथि जाने वा… Continue reading अमेरिकासँग भारी मात्रामा हतियार किन्दै अष्ट्रेलिया

पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

KREMLIN.RU/AFP

काठमाडौं । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको छ, जसमा बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि भएको बीबीसीले जनाएको छ । रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप… Continue reading पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी सैनिक विमानसँग ठोक्किएको अमेरिकी ड्रोन दुर्घटनाग्रस्त

file

काठमाडौं\बीबीसी । एउटा रुसी लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएपछि आफ्नो उक्त मानवरहित विमान ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले जनाएको छ। यस घटनाले युक्रेन युद्धलाई लिएर रुस र अमेरिकाबीच प्रत्यक्ष टकराउको बढ्दो जोखिमको सङ्केत गरेको छ। ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा पूर्व निर्धारित उडानमा रहँदा दुई रुसी विमानले त्यसलाई रोक्न खोजेको अमेरिकाले बताएको छ। रुसले ड्रोनको आकस्मिक… Continue reading रुसी सैनिक विमानसँग ठोक्किएको अमेरिकी ड्रोन दुर्घटनाग्रस्त

न्यूजिल्याण्डमा गयो भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक संस्था (युएसजीएस)ले यसको पुष्टी गरेको छ । आज बिहान १० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन भएको र सुनामीको चेतावनी जारी गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सुनामीले क्षति पुर्‍याउन सक्ने भएकाले न्यूजिल्याण्ड… Continue reading न्यूजिल्याण्डमा गयो भूकम्प, सुनामीको चेतावनी

जर्मनीमा अन्धाधुन्ध बन्दुक चल्यो, कैयौं मारिए

NONSTOP NEWS VIA REUTERS\BBC

काठमाडौं\बीबीसी । उत्तरी जर्मनीको ह्याम्बर्गमा भएको बन्दुक आक्रमणमा कैयौँ मानिस मारिएका छन्। ‘जहोभस विटनेस’ इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चलाउने बन्दुकधारी पनि घटनामा मारिएको हुनसक्ने प्रहरीले बताएको छ। जर्मन सञ्चार माध्यमका अनुसार छ वा सात जना मृतकमध्येमा बन्दुकधारी पनि रहे वा नरहेको प्रस्ट छैन। “घटनाको उद्देश्य अझै यकिन हुन सकेको छैन,” प्रहरीले भनेको छ। ह्याम्बर्गकै… Continue reading जर्मनीमा अन्धाधुन्ध बन्दुक चल्यो, कैयौं मारिए

जोखिम मोलेर वर्षेनी १० लाख अमेरिकी नागरिक किन छिर्छन् मेक्सिको ?

REUTERS\BBC

काठमाडौं\बीबीसी । कम खर्चमा औषधोपचार गर्न अमेरिकीहरू छिमेकी देश मेक्सिको गइरहन्छन्। तर मेक्सिको गएर खर्च जोगाउने उपाय कहिलेकाहीँ निकै जोखिमपूर्ण पनि बन्न सक्छ। कस्मेटिक शल्यक्रियाका लागि मेक्सिको गएका चार अमेरिकी नागरिकहरू गत सप्ताहान्तमा तमोलिपासस्थित माटामोरोसमा अपहरणमा परेको तिनका आफन्तले बताएका छन्। तीमध्ये दुई जनाको हत्या भएको पुष्टि भइसकेको छ भने बाँकी दुई जना बाँच्न सफल… Continue reading जोखिम मोलेर वर्षेनी १० लाख अमेरिकी नागरिक किन छिर्छन् मेक्सिको ?