विश्वकप क्रिकेट : अष्ट्रेलियाको पहिलो जित

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पहिलो जित हात पारेको छ । सोमबार लखउनमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ५ विकेटको जित हात पारेको हो। श्रीलंका भने लगातार तेस्रो खेलमा पराजित भयो। श्रीलंकाले दिएको २१० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५.२ ओभरमा पूरा गर्‍यो। अस्ट्रेलियाका लागि मर्कस स्टोइनिसले नटआउट २० रन र ग्लेन म्याक्सवेलले… Continue reading विश्वकप क्रिकेट : अष्ट्रेलियाको पहिलो जित

गाजामा ‘युद्धविराम’ इजरायलद्वारा अस्वीकार

एजेन्सी । विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ। उत्तरी गाजाबाट दक्षिणतिर भाग्न स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म सीमित समय थप्न इजराइली सेनाले वाचा गरेको छ। इजराइल, इजिप्ट र अमेरिकाबीच गाजा र इजिप्टको बीचमा रफाह पार गर्न विदेशी नागरिकलाई भाग्न… Continue reading गाजामा ‘युद्धविराम’ इजरायलद्वारा अस्वीकार

कंगोमा डुंगा डुब्दा कम्तिमा २८ जना मारिए, २६१ वेपत्ता

काठमाडौं । उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको छ । दुर्घटनास्थलको निरीक्षण गर्नुभएका डेपुटी प्रान्तीय गभर्नर टेलर एनगान्जीले एक भिडियो वक्तव्यजारी गर्दै ‘गम्भीर अवस्था रहेको र दोषीहरूलाई कारबाहीका लागि कडाइका साथ निर्णय गरिने’ बताएका… Continue reading कंगोमा डुंगा डुब्दा कम्तिमा २८ जना मारिए, २६१ वेपत्ता

इजरायलको आक्रमणबाट मारिए हमासले नियन्त्रणमा लिएका १३ वन्धक

Photo : AP

काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको ज्यान गएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले जनाएको छ । उत्तरी गाजा र गाजा सहरभित्र इजरायली आक्रमणमा परि विदेशी र इजरायलीको ज्यान गएको एक विज्ञप्तिमा भनिएको छ । उत्तरी गाजा पट्टीमा ६ जनाको र गाजा सहरका अन्य छुट्टाछुट्टै ठाउँमा सात जनाको ज्यान… Continue reading इजरायलको आक्रमणबाट मारिए हमासले नियन्त्रणमा लिएका १३ वन्धक

हमासको आक्रमणमा इरानतर्फ किन सोझिएको छ प्रश्न ?

Photo : AP

काठमाडौं । गाजाक्षेत्र आसपासका इजरेली समुदायमाथि हमासले गरेको घातक आक्रमणमा इजरायलको शत्रु राष्ट्र इरानको संलग्नताबारे प्रश्न उठ्न थालेको छ । वालस्ट्रिट जर्नलमा प्रकाशित एक विवरणमा नाम उल्लेख नगरिएका हमासका र लेबननका गुरिल्ला हिजबुल्लाहका सदस्यलाई उद्धृत गर्दै इरानले एक साता अघि नै इजरायलमा आक्रमण गर्न अनुमति दिएको उल्लेख गरिएसँगै इरानमाथि प्रश्न उठ्न थालेको हो । आक्रमण… Continue reading हमासको आक्रमणमा इरानतर्फ किन सोझिएको छ प्रश्न ?

अतिक्रमिक नेपालको भूमिमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण, कुटनीतिक क्षेत्रमा तरंग

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रको भ्रमण गरेसँगै कूटनीतिक क्षेत्रमा तरंग उत्पन्न भएको छ । यो क्षेत्र नेपालको नक्सामा समटिएको छ । तर, भारतले भने यसलाई आफ्नो भूमी ठान्दछ । भारतद्वारा अतिक्रमित दार्चुलाको व्यास गाउँपालिका–१ स्थित कुटी, नावी, गुञ्जी क्षेत्रमा बिहीबार मोदी र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भ्रमण गरे ।… Continue reading अतिक्रमिक नेपालको भूमिमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण, कुटनीतिक क्षेत्रमा तरंग

विश्वकप क्रिकेट : अफगानिस्तान विरुद्ध भारतको सानदार जित

काठमाडौं । अफगानिस्तानमाथि भारतले सानदार जित निकालेको छ । कप्तान रोहित शर्माको कीर्तिमान शतकको मद्दतले भारतले आईसीसी विश्वकपमा बुधबार अफगानिस्तानमाथि ८ विकेटको जित निकालेको हो । जितका लागि २ सय ७३ रनको लक्ष्य पाएको भारत ३५ ओभरमा २ विकेट गुमाएर सजिलै जितसम्म पुगेको थियो । रोहितले ८४ बलमा आक्रामक १ सय ३१ रन बनाए ।… Continue reading विश्वकप क्रिकेट : अफगानिस्तान विरुद्ध भारतको सानदार जित

म्यानमारको एक शिविरमा सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा २९ जना मारिए

file Photo: AFP

काठमाडौं । उत्तरी म्यान्मारमा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा परी दर्जनौं घाइते भएको उक्त क्षेत्र नियन्त्रणमा लिएको जातीय विद्रोही समूहका एक प्रवक्ताले मंगलबार बताएका छन् । म्यान्मारको जुन्ता सरकारमाथि उसले सन् २०२१ मा गरेको कूविरुद्ध भएका प्रतिरोधलाई दबाउन नागरिक लक्षित रक्तपातपूर्ण आक्रमणहरू गरेको आरोप लगाइएको छ… Continue reading म्यानमारको एक शिविरमा सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा २९ जना मारिए

विश्वकप क्रिकेट : न्यूजिल्याण्डको लगातार दोस्रो दिन

crickinfo

काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको छ। सोमबार न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हराउँदै जारी विश्वकपमा लगातार दोस्रो जित निकालेको हो। हैदरावादस्थित राजीव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियममा न्युजिल्यान्डले दिएको ३२३ रनको फराकिलो लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६.३ ओभरमा अल-आउट हुँदै २३३ रनमा समेटियो। नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले सर्वाधिक ६९ रन बनाए।… Continue reading विश्वकप क्रिकेट : न्यूजिल्याण्डको लगातार दोस्रो दिन

हमास-इजरायल युद्धको असर : ४ प्रतिशतले बढ्यो कच्चा तेलको मूल्य

काठमाडौं । शनिबारदेखि सुरु भएको हमास–इजरायल युद्धको असर कच्चा तेलको मूल्यमा देखिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ४ प्रतिशतसम्मले बढेको छ । आयल प्राइस डटकमका अनुसार सोमबार विश्व बजारमा कच्चा तेलको भाउ २ देखि ४ प्रतिशतसम्म बढेको छ । सोमबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ ३.३३ प्रतिशतले बढेर प्रतिब्यारेल ८७.४० डलर… Continue reading हमास-इजरायल युद्धको असर : ४ प्रतिशतले बढ्यो कच्चा तेलको मूल्य

अफगानिस्तानमा गएको भूकम्पका परी मृत्यु हुनेको संख्या २ हजारमाथि

काठमाडौं । अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परी २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको तालिबान सरकारले पुष्टी गरेको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मोजाहिदका अनुसार भूकम्पमा परी २ हजार ५३ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ४० जना घाइते भएका छन् । यस्तै १ हजार ३ सय २० घर पूर्ण तथा आशंका रूपमा भत्किएका… Continue reading अफगानिस्तानमा गएको भूकम्पका परी मृत्यु हुनेको संख्या २ हजारमाथि

हमास र इजरायलबीच आज पनि भिडन्त जारी

Photo : AP

काठमाडौं । प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण सुरु गरेको दोस्रो दिन आइतबार दक्षिण इजरायलका विभिन्न सीमा क्षेत्रमा हमास र इजरायली सेनाबीच भिडन्त भएको छ । हमासको आक्रमणयता आइतबार साँझसम्म कम्तीमा ४ सय इजरायलीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । दर्जनौं इजरायलीलाई बन्धक बनाइएको छ । यस्तै, इजरायलको जवाफी कारबाहीमा परी गाजा क्षेत्रमा ३ सय १३ जनाको मृत्यु… Continue reading हमास र इजरायलबीच आज पनि भिडन्त जारी

इजरायलमा प्यालेस्टाइन द्धन्द्ध : दुई दिनमै एक हजार मानिस मारिए

AP\RSS

काठमाडौं । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमण र इजरायलको जवाफी आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या झण्डै एक हजार पुगेको छ । इजरायलमा मात्र छ सय जनाभन्दा धेरैको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । हमासले हिजो शनिवारदेखि शुरु गरेको आक्रमणमा इजरायलमा छ सय जनाभन्दा धेरैको ज्यान गएको इजरायली अधिकारीले बताएका हुन् । एक सय… Continue reading इजरायलमा प्यालेस्टाइन द्धन्द्ध : दुई दिनमै एक हजार मानिस मारिए

इजरायलले प्यालेष्टाइनमा प्रतिकर्मण आक्रमण गर्ने, सर्वसाधारणलाई भाग्न चेतावनी

Getty images \BBC

काठमाडौं\बीबीसी । इजरायलले गाजामा बसिरहेका मानिसहरूलाई शनिवार हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै घर छाड्न चेतावनी दिएको छ। हमासका निशानाहरू ध्वस्त पार्ने चेतावनी इजरायलले दिएपछि गाजाका मानिसहरू सुरक्षित रहने प्रयास गरिरहेका छन्।दक्षिण इजरायलमा साइरनका आवाज सुनिएका छन्। हमासले आफूले इजरायलको एसकलोन शहरमा एक सयवटा रकेट प्रहार गरेको जनाएको छ। इजरायली… Continue reading इजरायलले प्यालेष्टाइनमा प्रतिकर्मण आक्रमण गर्ने, सर्वसाधारणलाई भाग्न चेतावनी

एसियाली खेलकुदका प्रतियोगिता सकिए, चीनले जित्यो कीर्तिमानी २०१ स्वर्ण

काठमाडौं । आयोजक चीनले १९औं एसियाली खेलकुद (एसियाड)मा कीर्तिमानी २०१ स्वर्ण जितेको छ । चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनाएको हो । यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो । आइतबार करातेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हान्झाउमा… Continue reading एसियाली खेलकुदका प्रतियोगिता सकिए, चीनले जित्यो कीर्तिमानी २०१ स्वर्ण

सिक्किममा बाढीका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो

काठमाडौं । उत्तरी सिक्किमको ल्होनाक हिमताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । १८ सैनिकसहित ७८ जना अझै बेपत्ता छन् । बिहीबार साँझसम्म १८ जनाको मृत्यु राज्य सरकारले पुष्टि गरेको थियो । प्रहरी, सेना सहितको उद्धार टोलीले थप २० शव फेला पारेको हो । धेरैजसो शव बंगलादेश सीमा… Continue reading सिक्किममा बाढीका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो

फ्रान्समा उडुस आतंक, स्वास्थ्य र सुरक्षामा प्रश्न

काठमाडौं । फ्रान्सको राजधानी पेरिस र अन्य सहरमा उडुसको प्रकोप बढेको छ । यसले आगामी वर्ष आयोजना हुन लागेको ओलिम्पिक्ससँग जोडेर स्वास्थ्य र सुरक्षाबारे प्रश्न उठ्न थालेको छ। बीबीिसीका अनुसार विगत केही सातामा उडुस फेला पर्ने क्रम बढेको छ। फ्रान्समा केही वर्षदेखि नै उडुस फैलिन थालेको पाइन्छ। प्रत्येक वर्ष गर्मी यामको उत्तरार्धतिर हामी उडुसको सङ्ख्या… Continue reading फ्रान्समा उडुस आतंक, स्वास्थ्य र सुरक्षामा प्रश्न

विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो

crickinfo

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्युजिल्याण्ड विजयी भएको छ। भारतको अहमदावादस्थित नरेन्द्र मोदो स्टेडियममा गएराति सकिएको उद्घाटन खेलमा साविक विजेता इंग्ल्याण्डमाथि न्युजिल्याण्डले ९ विकेटको सानदार जित निकालेको हो। इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्याण्डले ८२ बल बाँकी छँदै एक विकेटको क्षतिमा पूरा गरेको थियो। न्युजिल्याण्डको जितमा डेभन कनवे र रचिन रविन्द्रले उत्कृष्ट साझेदारी… Continue reading विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो

यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार नर्वेका लेखकलाई

काठमाडौं । यस वर्षको नोबेल साहित्य पुरस्कार नर्वेली लेखक योन फसलाई दिइने भएको छ । बिहीबार रोयल स्विडिस एकेडेमीले एक समारोहबीच यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फोसलाई दिने घोषणा गरेको हो । एकेडेमीले लेखक फसलाई नभनिएका वा भन्न नसकिने कुरालाई प्रयोगात्मक नाटक तथा गद्यबाट आवाज दिएका कारण नोबेल साहित्य पुरस्कार दिइएको जनाएको छ । एकेडेमीका… Continue reading यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार नर्वेका लेखकलाई

संयुक्त राष्ट्रसघंका महासचिव गुटर्रेस नेपाल भ्रमणमा आउँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउने भएका छन् । गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका भ्रमणमा गएका बेला महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री ‘प्रचण्ड’ ले मङ्गलबार नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा संयुक्त राष्ट्रसङ्घका महासचिव… Continue reading संयुक्त राष्ट्रसघंका महासचिव गुटर्रेस नेपाल भ्रमणमा आउँदै

सूक्ष्म कालखण्ड पत्ता लगाउने तीन वैज्ञानिकले पाउने भए भौतिक शास्त्र तर्फको नोवेल पुरस्कार

bbc

काठमाडौं । यो वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार सूक्ष्म कालखण्ड पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि तीन वैज्ञानिकले पाउने भएका छन्। ती वैज्ञानिकहरू पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन लुहुलिए हुन्। नोबेल पुरस्कार समितिका अनुसार पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रक्रिया पत्ता लगाएकोमा उनीहरूलाई पुरस्कृत गर्न लागिएको हो। एक… Continue reading सूक्ष्म कालखण्ड पत्ता लगाउने तीन वैज्ञानिकले पाउने भए भौतिक शास्त्र तर्फको नोवेल पुरस्कार

कोभिड-१९ को खोप बनाउने चिकित्सकलाई नोवेल पुरस्कार

काठमाडौं । यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोनाविरुद्धको खोप निर्माणको प्रथप्रदर्शन गर्ने दुई वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गरेका छन् । वैज्ञानिकद्वय काटालिन कारिको र ड्र भाइस्मानलाई चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो । बिबिसीका अनुसार दुई वैज्ञानिकले विश्वलाई कोभिड–१९ को महामारीले आक्रान्त पारेका बेला एमआरएनए कोभिड खोप निर्माणका लागि बाटो खोलिदिएका थिए ।… Continue reading कोभिड-१९ को खोप बनाउने चिकित्सकलाई नोवेल पुरस्कार

मालेका युवा मेयर माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । माल्दिभ्समा शनिबार भएको राष्ट्रपतिको चुनावमा प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार मोहम्मद मुइज्जु विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का उम्मेदवार इब्राहिम मोहम्मद सोलिहलाई हराए । मुइज्जुले चुनावमा ५४ प्रतिशत मत पाए ।राजधानी मालेका मेयर रहेका मुइज्जु चीनप्रति सहानुभूति लिने नेता मानिन्छन् । उनको मुख्य चुनावी नारा पनि… Continue reading मालेका युवा मेयर माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित

स्पेनमा नाइट क्लवमा आगलागी, कम्तिमा १३ जना मारिए

काठमाडौं । दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् । स्थानीय समयअनुसार ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट क्लब रहेको भवनमा आगो लागेको थियो । त्यतिबेला नाइट क्लबमा भीडभाड थियो । आगो वरपरका अरु क्लबमा… Continue reading स्पेनमा नाइट क्लवमा आगलागी, कम्तिमा १३ जना मारिए

अमेरिका पुनः चन्द्रमामा पुग्ने तयारीमा

ISRO\BBC

काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय (नासा)का प्रमुखले संयुक्त राज्य अमेरिका चन्द्रमा फेरि पुग्ने अभियानमा चीनसँग प्रतिस्पर्धामा रहेको बताएका छन्। बीबीसीसँगको अन्तरवार्तामा उनले आफूले ‘हामी त्यहाँ पहिला पुगेको’ सुनिश्चित गर्न चाहेको बताए। उनको प्रतिक्रियाले सन् १९६० र सन् १९७० को दशक सम्झाएको छ( जुनबेला नासा सोभियत सङ्घसँग अन्तरिक्षमा प्रतिस्पर्धा गरिरहेको थियो। तर आधा शताब्दीपछि नासाले अधिकांश… Continue reading अमेरिका पुनः चन्द्रमामा पुग्ने तयारीमा

अफगानिस्तानको भारतस्थित दूतावास बन्द

Photo : DNA India

काठमाडौं । नयाँदिल्लीमा रहेको अफगानिस्तानको दूतावास आजदेखि बन्द भएको छ । भारत सरकारको असहयोगका कारण काम बन्द गर्नुपरेको दूतावासका एक सञ्चार अधिकृतलाई उद्धृत गरी रोयटर्सले लेखेको छ । सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको प्रतिनिधित्व गरेका धेरैजसो कुटनीतिक कर्मचारी स्वदेश फर्किएको महिनौँ भएको छ । रिक्त स्थानमा नयाँ नियुक्ति गरिएको छैन… Continue reading अफगानिस्तानको भारतस्थित दूतावास बन्द

पाकिस्तानमा बम विष्फोट, कम्तिमा ५२ जनाको मृत्यु

REUTERS/FAYAZ AZIZ

काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा शुक्रबार आत्मघाती बम विस्फोटमा परी ५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी अधिकारी पनि छन् । बलुचिस्तानको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा परी करिब ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यम डनन्युजले जनाएको छ । जिल्ला स्वास्थ्य अधिकारी अब्दुल रशिद शाहीले घटनाको मृतकको संख्या पुष्टि गरेका छन् । उनका अनुसार… Continue reading पाकिस्तानमा बम विष्फोट, कम्तिमा ५२ जनाको मृत्यु

क्यानडा र भारतको विवादका बीच विदेशमन्त्री जयशंकरले मागे ठोस प्रमाण

REUTERS\BBC

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशङ्करले क्यानडामा एक सिख पृथकतावादी नेताको हत्याको विषयमा क्यानडा सरकारले उपलब्ध गराउने कुनै पनि ूनिश्चितू जानकारीबारे अनुसन्धान गर्न आफ्नो देश तयार रहेको बताएका छन्। भारतीय विदेश मन्त्री जयशङ्करले गत जुन महिनामा क्यानडामा भएको हरदीप सिंह निज्जरको हत्याबारे संयुक्त राष्ट्रसङ्घको महासभाका बेला अलग्गै बसेको एउटा बैठकमा बोल्ने क्रममा त्यसो भनेको बीबीसीले… Continue reading क्यानडा र भारतको विवादका बीच विदेशमन्त्री जयशंकरले मागे ठोस प्रमाण

इराकमा विवाह समारोहमा भएको आगलागीमा कम्तिमा १ सय मारिए

काठमाडौं । इराकमा एक विवाह समारोहमा आगलागी भएको छ । सो क्रममा कम्तिमा एक सय जनाभन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एक सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । उत्तरी इराकको निनवेह प्रान्तमा भएको आगलागीमा दुलहा र दुलहीको अवस्था सार्वजनिक हुन सकेको छैन । प्रारम्भिक रिपोर्टका अनुसार आतिशबाजी… Continue reading इराकमा विवाह समारोहमा भएको आगलागीमा कम्तिमा १ सय मारिए

चीनमा कोइला खानीमा आगलागी, कम्तिमा १६ जना मारिए

file

काठमाडौं । चीनको दक्षिणपश्चिमी क्षेत्र क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी भएको छ । दुर्घटनामा कम्तिमा १६ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी बेइजिङबाट झण्डै तीन हजार ६ सय किलोमिटर दक्षिणपश्चिममा रहेको कोइला खानीमा आगलागी भएको हो । सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । सुरक्षा सावधानी… Continue reading चीनमा कोइला खानीमा आगलागी, कम्तिमा १६ जना मारिए