बंगलादेशको मन्त्रिपरिषद्मा२ विद्यार्थी नेता

काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् । उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा भेदभावविरोधी विद्यार्थी आन्दोलनका दुई नेता नासिद इस्लाम र आसिफ महमूद पनि छन् । मन्त्रिपरिषद्‍मा पूर्व ब्रिगेडियर जनरल एम सखावत हुसेन पनि… Continue reading बंगलादेशको मन्त्रिपरिषद्मा२ विद्यार्थी नेता

जापानमा शक्तिशाली भुकम्प, सुनामी आउने चेतावनी

काठमाडौं । जापानमा शक्तिशाली भुकम्प गएको छ । त्यहा सुनामीको चेतावनी जारी भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार भुकम्पको तिव्रता ७ रेक्टर स्केल देखिएको छ । भुकम्पको केन्द्र मियाजाकी प्रान्त रहेको छ । जसले गर्दा मियाजाकी र कोची प्रान्तमा सुनामी आउने चेतावनी जारी भएको हो । भुकम्पबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन ।

बंगलादेशमा अन्तरिम सरकारको शपथ आज

काठमाडौं । बङ्गलादेशमा गठित अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने भएका छन् । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । आज बेलुकी ८ बजे सपथ ग्रहणको कार्यक्रम हुनेछ । सल्लाहकार परिषद् १५ सदस्यीय हुने सम्भावना रहेको… Continue reading बंगलादेशमा अन्तरिम सरकारको शपथ आज

हसिनाले किन पाइनन् बेलायतमा शरण ?

काठमाडौं । आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन बङ्गलादेशका निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदले बेलायतमा शरण नपाउने भएकी छिन् । बङ्गलादेशको चर्को आन्दोलन थेग्न नसकेपछि भारत पलायन हसिनाले बेलायतमा शरण दिन अपिल गरेकी थिइन् । उनको अपिलप्रति बेवास्ता जनाउँदै बेलायत सरकारले शरणका लागि अन्यत्र विकल्प खोज्न सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बङ्गलादेशमा उत्पन्न हिंसात्मक… Continue reading हसिनाले किन पाइनन् बेलायतमा शरण ?

बंगलादेश तनाव : नेपालले सार्वजनिक गर्यो औपचारिक धारणा

काठमाडौं । नेपाल सरकारले बंगलादेशमा चाँडै प्रजातन्त्र पुनर्स्थापना हुने अपेक्षा राखेको बताएको छ । बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे नेपाल सरकारले बुधबार आफ्नो धारणा सार्वजनिक गरेको हो । बंगलादेशका जनताले अहिलेको संक्रमणलाई हटाएर चाँडै मुलुकलाई शान्ति र स्थिरताको बाटोमा पुर्‍याउने नेपालले विश्वास गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई… Continue reading बंगलादेश तनाव : नेपालले सार्वजनिक गर्यो औपचारिक धारणा

बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुस बने अन्तरिम सरकारको प्रमुख

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुस बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए । मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार विजेता युनुसलाई नै अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुख… Continue reading बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुस बने अन्तरिम सरकारको प्रमुख

बंगलादेशमा अवामी लिगका नेताको होटेलमा आक्रमण, कम्तिमा २४ जना मारिए

काठमाडौं । राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका एक जना जिल्ला नेता सञ्चालक रहेको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको छ । बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनका अनुसार, अज्ञात व्यक्तिले अवामी लिग पार्टीका जेसोर जिल्ला महासचिव सहिन चकलादारको होटलमा आगजानी गरेका थिए । त्यसक्रममा होटलमा भएका अधिकांश मानिसहरु धुँवामा निसास्सिएर… Continue reading बंगलादेशमा अवामी लिगका नेताको होटेलमा आक्रमण, कम्तिमा २४ जना मारिए

इजरायलका लागि साढे ३ हजार नेपाली कामदारको आवेदन स्वीकृत

काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्न दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । दोस्रो चरणमा केयर गिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला गरी तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको छ ।… Continue reading इजरायलका लागि साढे ३ हजार नेपाली कामदारको आवेदन स्वीकृत

बंगलादेशी राजनीतिमा अब हुने छैन हसिनाको पुनरागमन

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा पुनरागमन नगर्ने भएकी छन् । उनका छोरा सजीब वाजेदले आफ्नी आमाको राजनीतिक पुनरागमन नहुने स्पष्ट पारेका हुन् । सोमबार बिबिसी वर्ल्ड सर्भिससँग कुराकानी गर्दै वाजेदले हसिनाको राजनीतिक पुनरागमन नहुने स्पष्ट पारे । अल्पसंख्यक समुदायलाई लक्षित गरी काम गरेको भए पनि हसिनाविरूद्ध नै प्रदर्शन भएको देखेर उनी… Continue reading बंगलादेशी राजनीतिमा अब हुने छैन हसिनाको पुनरागमन

बंगलादेशी प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारीले गरे लुटपाट

काठमाडौं । बंगलादेशमा प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले भने केही समय अगाडि मात्र निवास छाडेकी थिइन् । उनले राजीनामा ममेत दिइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए । आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दियो । तर आन्दोलन रोकिएन… Continue reading बंगलादेशी प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारीले गरे लुटपाट

बंगलादेशको राजनीति सेनाको कब्जामा

काठमाडौं । बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् । उनीहरु आफ्नो सरकारी निवासतर्फ अगाडि बढेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । हसिनाले देश छाडेको केहीबेरपछि सेना प्रमुख… Continue reading बंगलादेशको राजनीति सेनाको कब्जामा

बंगलादेशमा प्रदर्शनकारीले लखेटे प्रधानमन्त्री, देश छाडेर निर्वासनमा

काठमाडौं । राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ । प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् । बीबीसी बंगला सेवाका अनुसार, यसअघि… Continue reading बंगलादेशमा प्रदर्शनकारीले लखेटे प्रधानमन्त्री, देश छाडेर निर्वासनमा

लेबलानमा रहेका नेपालीलाई सचेत रहन आह्वान

काठमाडौं । इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा तनावग्रस्त अवस्था सिर्जना भएकाले लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत गराएको छ । दूतावासले सूचना सार्वजनिक गर्दै लेबनानको दायिहयामा इजरायली आक्रमणमा परेर हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने अवस्था सिर्जना भएकाले त्यहाँ रहेका नेपालीलाई सुरक्षित भएर बस्न सचेत गराएको हो । लेबनानसमेत… Continue reading लेबलानमा रहेका नेपालीलाई सचेत रहन आह्वान

कति शक्तिशाली छ हिज्बुल्लाह ?

काठमाडौं । लेबननको शक्तिशाली मिलिशिया तथा राजनीतिक अभियानका वरिष्ठ कमान्डर फुआद शुकर इजरायली आक्रमणमा मारिए पछि पुनः एक पटक हिज्बुल्लाह समूह चर्चामा छ । उसले इजरायलविरुद्ध प्रतिक्रामण गर्ने तयारी गरेको छ । दुई पक्षबीच द्वन्द्व बढेकै बेला इजरायलद्वारा हत्या गरिएका उनी सबैभन्दा उच्च तहका हिज्बुल्लाह सदस्य हुन् । इजरायली सेनाले गत शनिवार उसको अधीनमा रहेको… Continue reading कति शक्तिशाली छ हिज्बुल्लाह ?

हमासका सैन्य प्रमुख मारिए : इजरायल

काठमाडौं । हमासका शीर्ष नेता इस्माइल हनियेको इरानको राजधानी तेहरानमा हत्या भएको भोलिपल्ट इसराइलले हमासका सैन्य कमान्डर मोहम्मद देइफलाई समेत मारेको दावि गरेको छ । उनको १९ दिनअघि नै हत्या भएको बताइएको छ । इसराइलले जुलाई १३ मा गाजाको खान युनिस सहरबाहिर एउटा पर्खालले घेरिएको भवनमा हवाइ आक्रमण गरेर देइफलाई मारेको दाबी गरेको छ ।… Continue reading हमासका सैन्य प्रमुख मारिए : इजरायल

केरलासँगै हिमान्चलमा बाढी पहिरो, कम्तिमा ५० वेपत्ता

काठमाडौं । भारतको केरलापछि हिमाचल प्रदेशमा पनि भारी वर्षासँगै बाढी–पहिरोको विपत्ति निम्तिएको छ । हिमाचल प्रदेशका सिमला लगायतका जिल्लामा कम्तिमा ५० जना बेपत्ता भएका छन् । जाओन, कुल्लु, निरमण्ड, सरपारा लगायत ठाउँ बाढीपहिरोको चपेटामा परेका छन् । यो जानकारी हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । हिमाचल प्रदेश सरकारका एक मन्त्री… Continue reading केरलासँगै हिमान्चलमा बाढी पहिरो, कम्तिमा ५० वेपत्ता

हमासका प्रमुख नेताको इरानमा हत्या, मध्यपूर्वमा तनावको डर

Palestinian militant group Hamas' leader Ismael Haniyeh (C-R) and other officials, flash the victory sign during a swearing in ceremony for the new president, at the parliament in Tehran, on July 30 2024. Iranian reformist Masoud Pezeshkian was sworn as the Islamic republic's ninth president. (Photo by AFP)

काठमाडौं । प्यालेस्टाइन विद्रोही समूह हमासका प्रमुख नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएको छ । यसले मध्यपूर्वमा तनावको डर मडारिएको अन्तर्राष्ट्रिय समुदायले जनाएका छन् । मध्यपूर्वका धेरैजसो देशले यो हत्याले तनाव झनै बढ्ने चेतावनी दिएका छन् । इजरायली सेनाले पछिल्लो समय हमासका नेतालाई लक्षित गरी आक्रमण गरिरहेको छ । हानियाको हत्या पनि इजरायलले… Continue reading हमासका प्रमुख नेताको इरानमा हत्या, मध्यपूर्वमा तनावको डर

भारतको केरलामा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२३ पुग्यो

काठमाडौं । भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको उपचार जारी छ । यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए । तर बीबीसी हिन्दीले मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीलाई उद्धृत गर्दै मृतकको संख्या… Continue reading भारतको केरलामा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२३ पुग्यो

केरलामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९३ नाघ्यो

काठमाडौं । दक्षिण भारतको केरला राज्यमा भीषण वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ । मंगलबार बिहानै केरलाको वायनाड जिल्लामा गएको पहिरोमा परी कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ । पहिरो गएकै स्थानमा ६५ जनाको शव फेला परेको छ । अन्य शव चलियार नदीले बगाएर छिमेक मालाप्पुरमा जिल्ला पुर्‍याएको थियो । पहिरोका… Continue reading केरलामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९३ नाघ्यो

भारतको केरलामा पहिरो, सयौं मानिस बगेको आशंका

केरला । भारतको केरलामा भिषण पहिरो गएको छ । जसमा सयौं मानिस बगेको आशंका गरिएको छ । अहिले रेस्क्यू अपरेशन जारी रहेको छ । केरलाको वायनाड जिल्लामा पहिरो गएको हो । केरलामा लगातारको वर्षापछि पहिरो गएको बताएको छ । अहिलेसम्म १२ जनाको मृत्यु भएको खबर आएको छ । प्रशासनले चार जनाको मात्र मृत्युको पुष्टी गरेको… Continue reading भारतको केरलामा पहिरो, सयौं मानिस बगेको आशंका

झारखण्डमा एक रेल्वे गाडीका १० डिब्बा पटरीबाट उछिट्टिए

file

काठमाडौं । मुम्बई–हावडा रेल्वे अन्तर्गत झारखण्डमा एक रेल गाडीका १० डिब्बा पटरीबाट उछिट्टिएका छन् । घटनामा अहिलेसम्म ६ मानिस घाइते भएको खबर छ । झारखण्डको सरायकेला–खरसावाँ जिल्लामा मंगलबार यो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि यो रेल्वे लाइनमा सेवा अवरुद्ध भएको छ ।

पाकिस्तानमा साम्प्रदायिक हिंसा, कम्तिमा ४३ मारिए

काठमाडौं । पाकिस्तानको कुर्रम जिल्लामा जनजातिहरूबीच भएको भूमिसम्बन्धी विवादमा साम्प्रदायिक हिंसा भएको छ । घटनामा ४३ जनाको हत्या भएको छ । ३० एकड अर्थात झण्डै एक सय कनाल जग्गाको स्वामित्वको विषयमा विवाद हुँदा अरु एक सय ५० भन्दा धेरै मानिस घाइते भएका छन् । यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासीबीचको हो । अधिकारीहरुकाअनुसार… Continue reading पाकिस्तानमा साम्प्रदायिक हिंसा, कम्तिमा ४३ मारिए

युक्रेन भ्रमणको तयारीमा भारतीय प्रधानमन्त्री मोदी, के छ चर्चा ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन भ्रमणको तयारी गरेका छन् । उनले आगामी अगष्ट महिनामा युक्रेन भ्रमण गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो भ्रमणका दौरान रुस र युक्रेन युद्ध समाप्तिका लागि मध्यस्थता गर्ने छन् । भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमणको समाचार समेत रुसी सरकारी सञ्चारमाध्यमले ब्रेक गरेका छन् । रुसको रुसी सरकारी… Continue reading युक्रेन भ्रमणको तयारीमा भारतीय प्रधानमन्त्री मोदी, के छ चर्चा ?

अमेरिका भ्रमण छोट्याएर फर्किए इजरायली प्रधानमन्त्री, अबको लडाई लेवनानमा ?

Photo : CNN

काठमाडौं । इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु अमेरिका भ्रमण बीचमै छाडेर स्वदेश फर्किएका छन् । इजरायलको नियन्त्रणमा रहेको गोलान ह्वाइट्समा रकेट आक्रमण भएसँगै उनी अमेरिकाबाट इजरायल फर्किएको बीबीसीले जनाएको छ । उनले स्वदेश फर्किनासाथ् आफ्नो सुरक्षा क्याविनेटको बैठक राखेका छन् । यस बैठकले लेवनानको चरमपन्थी संगठन हिज्बुल्लाह विरुद्ध कारवाहीलाई स्वीकृति दिएको छ । यसले अब इजरायलको… Continue reading अमेरिका भ्रमण छोट्याएर फर्किए इजरायली प्रधानमन्त्री, अबको लडाई लेवनानमा ?

पेरिस ओलम्पिक : पदक तालिकामा जापानको अग्रता

काठमाडौं । जापानकी १४ वर्षीया कोको योशिजावाले वुमेन्स स्ट्रिट स्केटबोर्डमा स्वर्ण जितेकी छिन् । यससँगै जापान पेरिस ओलम्पिकमा आइतबार पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जापान चार स्वर्ण, दुई रजत र एक कांस्यसहित शीर्ष स्थानमा रहेको छ । योसिजावालाई आफ्नै देशकी लिज आकामालाई बलियो चुनौती पेस गरे पनि निर्णायक मोडमा सकिनन् । जापानको अर्को… Continue reading पेरिस ओलम्पिक : पदक तालिकामा जापानको अग्रता

अमेरिकी राष्ट्रपति निर्वाचन : एक सय दिने दौड सुरु

Getty images

काठमाडौं । अमेरिकी निर्वाचनको एक सय दिने दौड आइतबार सुरु भएको छ । यो निर्वाचन हत्या प्रयास र राष्ट्रपति जो बाइडेनको आश्चर्यजनक निकासले परिवर्तन गरेको अभियानको अन्तिम काम थियो । बाइडेनको उम्मेदवारीलाई लिएर हप्तौँको आन्तरिक कलह र निराशापछि डेमोक्रेटहरू उपराष्ट्रपति कमला ह्यारिस पछाडि एकजुट भएका छन् । यो नोभेम्बर ५ को दौडमा मौलिक रूपमा आकार… Continue reading अमेरिकी राष्ट्रपति निर्वाचन : एक सय दिने दौड सुरु

श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधी

काठमाडौं । भारतलाई हराउँदै श्रीलंकाले महिला एसिया कपको उपाधी जितेको छ । डम्बुला क्रिकेट रंगशालामा आइतबार भारतले दिएको १६६ रनको विजयी लक्ष्य श्रीलंकाले १८ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । गत संस्करणमा भारतले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । एसिया कपमा श्रीलंका र भारतको फाइनलमा भेट यो पाँचौं पटक हो… Continue reading श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधी

पेरिस ओलम्पिकको पहिलो दिनमै अष्ट्रेलियालाई तीन स्वर्ण

काठमाडौं । पेरिस ओलम्पिकको शनिबार पहिलो दिनमै अस्ट्रेलियाले तीन स्वर्ण जित्न सफल भएको छ । अस्ट्रेलिया तीन स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलियाले पौडीतर्फ बलियो सुरुआत लिन सफल भयो । उसको पछाडि चीनको दुई स्वर्ण रहेको छ । पहिलो दिन कुल १३ स्वर्णको निर्णय भएको हो । एक–एक स्वर्ण जित्ने अन्य देशमा अमेरिका, फ्रान्स,… Continue reading पेरिस ओलम्पिकको पहिलो दिनमै अष्ट्रेलियालाई तीन स्वर्ण

नयाँ दिल्लीमा एक भवनको बेसमेन्टमा पानी भरिँदा तीन जनाको मृत्यु

काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक कोचिङ सेन्टरको बेसमेन्टमा वर्षाको पानी भरिँदा तीन जना विद्यार्थीको ज्यान गएको छ । राजेन्द्रनगरस्थित राव आईएएस कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर दुई छात्रा र एक छात्रको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गतराति एक जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको समाचार सार्वजनिक भएको थियो । खोजीको… Continue reading नयाँ दिल्लीमा एक भवनको बेसमेन्टमा पानी भरिँदा तीन जनाको मृत्यु

ओलम्पिक सुरु हुँदाहुँदै फ्रान्समा हिंसात्मक घटना

काठमाडौं । ओलम्पिक खेल उद्घाटन समारोहको केही घन्टा अगाडि फ्रेन्समा हाई स्पीड रेल सेवा अवरुद्ध भएको छ । फ्रान्सिस रेल कम्पनी एसएनतसीएफका अनुसार पेरिसको पश्चिम, उत्तर र पूर्वतर्फ हाई स्पीड लाइनमा क्षति पुर्‍याइएको छ । रेल लाइनमा क्षति पुर्‍याउन जानीबुझी आगो लगाइएको पाइएको छ । कम्पनीले रेल स्टेशनतर्फ नआउन र सम्भव भए केही घन्टाका लागि… Continue reading ओलम्पिक सुरु हुँदाहुँदै फ्रान्समा हिंसात्मक घटना