अमेरिकी सिनेटमा बाइडेनको पकड कायमै

काठमाडौं । नभाडामा भएको जितसँगै अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक दलले आफ्नो बहुमत कायम राख्ने भएको छ। तीव्र प्रतिस्पर्धामा उनीहरूकी उम्मेदवार क्याथरिन कोर्टेज मास्टोले डोनल्ड ट्रम्पले समर्थन गरेका रिपब्लिकन उम्मेदवार एडम ल्याक्सल्टलाई पराजित गरेको बीबीसीले लखेको छ ।मास्टो ६ वर्ष अघि अमेरिकी सिनेटमा चुनिने पहिलो ल्याटिन महिला बनेकी थिइन्। डेमोक्र्याटहरूसँग अब ५० सिट रहेको छ… Continue reading अमेरिकी सिनेटमा बाइडेनको पकड कायमै

टी-२० विश्वकपको फाइनल आज, पाकिस्तान र इङ्ल्याण्ड भिड्दै

मेलवर्न । आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज खेल हुँदैछ । उपाधीका लागि इङ्ल्यान्ड र पाकिस्तान भिड्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुँदैछ । इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका छन् । यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी… Continue reading टी-२० विश्वकपको फाइनल आज, पाकिस्तान र इङ्ल्याण्ड भिड्दै

दक्षिण कोरियाले घोषणा गर्यो विश्वकप खेल्ने टीम

काठमाडौं । दक्षिण कोरियाले विशवकप खेल्ने टीमको घोषणा गरेको छ । कोरियाले ह्युङ मिन सनको कप्तानीमा मंसिर ४ गतेबाट कतारमा सुरू हुने फिफा विश्वकपको लागि टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक पाउलो बेन्टोले अनुहारको चोटमुक्त हुने क्रममा रहेका इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड सनको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका छन् । च्याम्पियन्स लिगअन्तर्गत… Continue reading दक्षिण कोरियाले घोषणा गर्यो विश्वकप खेल्ने टीम

ट्वीटर ‘पेड ब्लू टीक’ योजनाबाट पछि हट्यो

Copyright POOL/AFP/File Britta Pedersen

काठमाडौं\एजेन्सी। ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय फिर्ता भएको छ । अमेरिकामा फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको पाइएपछि ट्वीटरले शुक्रबारबाट ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम रद्द गरेको जनाएको छ । मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा अकाउन्ट… Continue reading ट्वीटर ‘पेड ब्लू टीक’ योजनाबाट पछि हट्यो

मेसीको नेतृत्वमा अर्जेण्टिनाद्धारा विश्वकप खेल्ने टीम घोषणा

Getty Images

काठमाडौं । अर्जेण्टिनाले विश्वकप खेल्ने टीमको घोषणा गरेको छ । सिनिरयर खेलाडी एन्जल डि मारिया तथा चोटग्रस्त पाउलो डिबला समेत अहिले टीममा समेटिएका छन् । विश्वकप ४ मंसिरबाट कतारमा शुरु हुँदैछ । प्रशिक्षक लिओनल स्कोलानीले शुक्रबार अर्जेन्टिनाको अन्तिम टोली घोषणा गरेका हुन् । यो विश्वकप स्टार फुटबलर लिओनल मेसीका लागि अन्तिम विश्वकप हुँदैछ । विश्वका… Continue reading मेसीको नेतृत्वमा अर्जेण्टिनाद्धारा विश्वकप खेल्ने टीम घोषणा

नेदरल्याड्सले घोषणा गर्यो विश्वकप खेल्ने टीम

काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि नेदरल्याण्ड्सले टिम घोषणा भएको छ । प्रशिक्षक लुई भान हालले शुक्रबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा स्भेन बुटम्यान र राएन ग्राभेनबच भने समेटिएनन् । युवा स्टार जाभी सिमोन्सले टिममा स्थान बनाए । समूह ए मा रहेको नेदरल्यण्ड्सले नोभेम्बर २१ मा… Continue reading नेदरल्याड्सले घोषणा गर्यो विश्वकप खेल्ने टीम

विश्वकपमा पोर्चुगलको कप्तानी रोनाल्डोले गर्ने, यस्तो बन्यो टीम

काठमाडौं । पोर्चुगलले आगामी विश्वकपका लागि टोली घोषणा गरेको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले आगामी मंसिर ४ गतेदेखि कतारमा हुने फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली घोषणा गरेका हुन्। अनुभवी मिडफिल्डर जोआओ माउटिन्हो, गोन्कालो गुएडेस र पिएसजीका मिडफिल्डर… Continue reading विश्वकपमा पोर्चुगलको कप्तानी रोनाल्डोले गर्ने, यस्तो बन्यो टीम

यस्तो छ जर्मनीको विश्वकप खेल्ने टीम

काठमाडौं । चार पटकको च्याम्पियन जर्मनीले कतार फिफा विश्वकप फुटबलका लागि टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहिबार कतार विश्वकप खेल्ने २६ सदस्यीय जर्मन टोलीको घोषणा गरेका हुन् । जर्मनी टोलीमा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग पहिलो पटक परेका छन् । जर्मनीका अनुभवी डिफेण्डर माट ह्युमल्स भने यसपटकको… Continue reading यस्तो छ जर्मनीको विश्वकप खेल्ने टीम

अमेरिकामा रिपब्लिकन दलले प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण

File Photo Source : CTV news

न्यूयोर्क । अमेरिकामा भएको संसदीय निर्वाचनमा रिपब्लिकन दलले तल्लो सदन प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण गरिएको छ। सो परिणामले राष्ट्रपति बाइडनलाई धक्का लाग्ने ठानिएको छ। तल्लो सदनको सबै ४३५ सिटका निम्ति निर्वाचन भएको छ। बहुमत ल्याउन २१८ सिट आवश्यक पर्छ। मङ्गलवारको निर्वाचन अगाडि राष्ट्रपति बाइडनको दल डेमोक्र्याटको २२० सिटसहित बहुमत थियो। यो निर्वाचनमा सीबीएस न्यूजले हालसम्म… Continue reading अमेरिकामा रिपब्लिकन दलले प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण

युक्रेन युद्धबारे अमेरिका र रुसबीच संवाद भइरहेको खुलासा

File Photo : Doug Mills/The New York Times

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा युद्धका जारी रहेका बेला वाशिङ्टन र मस्कोबीच सञ्चारका माध्यमहरू खुला रहेको पुष्टि गरेका छन्। न्यूयोर्कमा बोल्दै सुलिभानले क्रेमलिनसँग सम्पर्क कायम राख्नु अमेरिकाको हितमा रहेको बताएको बीबीसीले लेखेको छ । तर अधिकारीहरू आफूहरू कोसँग व्यवहार गरिरहेका छौँ भन्ने कुरामा स्पष्ट रहेको बताए। ह्वाइट हाउसले युक्रेनमा पारमाणविक तीव्रता… Continue reading युक्रेन युद्धबारे अमेरिका र रुसबीच संवाद भइरहेको खुलासा

विश्वकपका लागि ब्राजिलको टीम घोषणा

काठमाडौं । नोभेम्बर २० बाट कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्राजिल सर्वाधिक पाँच पटकको विश्व च्याम्पियन हो । ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ । पछिल्लो पटक २००२ मा एसियामै… Continue reading विश्वकपका लागि ब्राजिलको टीम घोषणा

किएभका मेयरको चूनौति : विद्युत र खानोपनी आपूर्ति नभए शहरबासी भाग्नुपर्छ

ndtv.com

काठमाडौं \एजेन्सी । युक्रेनको राजधानी शहर किएभका मेयरले पूर्ण रूपमा विद्युत् आपूर्ति ठप्प भएको खण्डमा त्यहाँका बासिन्दा सहर छोड्न तयार रहनु पर्ने बताएका छन्। महत्त्वपूर्ण पूर्वाधारहरू लक्षित रुसी हवाई आक्रमणहरूका कारण हालैका साताहरूमा लाखौँ युक्रेनीहरू बेलाबेलामा विद्युत् र पानीबाट वञ्चित हुने गरेका छन्। विद्युत्मा अधिक भारको अवस्था निम्तन नदिन र मर्मत कार्य गर्नका लागि पालैपालो… Continue reading किएभका मेयरको चूनौति : विद्युत र खानोपनी आपूर्ति नभए शहरबासी भाग्नुपर्छ

भिक्टोरिया तालमा खसेको जहाजमा मृत्यु हुनेको संख्या १९ पुग्यो

.edules.com

काठमाडौं । तान्जानियाको भिक्टोरिया तालमा खसेको यात्रु बाहक जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए । स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए ।… Continue reading भिक्टोरिया तालमा खसेको जहाजमा मृत्यु हुनेको संख्या १९ पुग्यो

भिक्टोरिया तालमा जब जहाज दुर्घटनामा पर्यो..

.edules.com

काठमाडौं । तान्जानियाको प्रिसिजन एअरको एउटा विमान आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ।उक्त दुर्घटनामा कम्तीमा तीनजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। दुईजना पाइलटहरू जीवितै रहेको भएपनि उनीहरू ककपिटमा फसिरहेको र तीनले स्थानीय अधिकारीहरूसँग कुरा गरिरहेको बीबीसीले लेखेको छ । उद्धारकर्ता र माझीहरूले विमानभित्र फसिरहेकाहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्। स्थानीय… Continue reading भिक्टोरिया तालमा जब जहाज दुर्घटनामा पर्यो..

सोमालियामा आत्मघाती विष्फोट, कम्तिमा १५ जनाको मृत्यु

gettyimages\BBC

काठमाडौं\एजेन्सी । सोमालियाको राजधानी मोगादिशु शहरको दक्षिणी हिस्सास्थित एक सैन्य अड्डामा आत्मघाती बम विष्फोट भएको छ । विष्फोटबाट कम्तिमा १५ जनाको मृत्यु भएको र डेढ सय भन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आत्मघाती बमबारी कसेल गराएको भन्ने स्पष्ट नभएको समेत समाचारमा उल्लेख छ । राज्य संचालित सोमाली नेशनल न्यूज एजेन्सीले भने हमलामा… Continue reading सोमालियामा आत्मघाती विष्फोट, कम्तिमा १५ जनाको मृत्यु

कोप-२७ आजबाट इजिप्टमा सुरु हुँदै, नेपालको मुद्दा के छ ?

egypttoday.com

काठमाडौं । जलवायुसम्बन्धी सम्मेलनको २७औँ संस्करण आजबाट इजिप्टमा सुरु हुने भएको छ । कोप–२७ सम्मेलन इजिप्टको सार्म एल–शेख सहरमा हुँदैछ । सम्मेलनमा पक्ष राष्ट्रहरूले जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले उल्लेख गरेको छ । नोभेम्बर १८ अर्थात् २ मङ्सिरसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी… Continue reading कोप-२७ आजबाट इजिप्टमा सुरु हुँदै, नेपालको मुद्दा के छ ?

स्टार फुटबलर पिकेले लिए सन्यास, अन्तिम खेलमा जित उपहार

काठमाडौं । स्पेनिस स्टार डिफेन्डर जेरार्ड पिकेले व्यवसायिक फुटबलबाट सन्यास लिएका छन् । उनको अन्तिम खेलमा बार्सिलोनाले स्पेनिस ला लिगामा जित उपहार दिएको छ । बार्सिलोनाले घरेलु मैदानमा अल्मेरियालाई २–० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लियो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र फ्रान्की डि जोङले गोल गरे। यहीँ खेलबाट डिफेन्डर पिकेले व्यवसायिक खेल करियर यही… Continue reading स्टार फुटबलर पिकेले लिए सन्यास, अन्तिम खेलमा जित उपहार

रुसको बारमा आगलागी, कम्तिमा १३ जना मारिए

मस्को । रुसको कोस्ट्रोमा सहरको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार क्लबमा कति जना उपस्थित थिए भन्ने आधिकारिक जानकारी आउन सकेको छैन तर अहिलेसम्म २५० जनालाई सकुशल बाहिर निकालिएको छ । रुसी सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै एक जना रक्सीले मातिएका ग्राहकले डान्स फ्लोरमा फ्लेयर गन चलाउँदा आगो सुरु… Continue reading रुसको बारमा आगलागी, कम्तिमा १३ जना मारिए

भारतका कट्टर हिन्दु धर्मगुरु सुरीको गोली हानी हत्या

अमृतसर । भारतको उत्तरपश्चिम क्षेत्रमा कट्टरपन्थी हिन्दू धर्मगुरु सुधीर सुरीको गोली हानी हत्या गरिएको छ। सिख धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र मानिने स्थलहरू मध्ये एक विश्व प्रसिद्ध गोल्डन टेम्पलमा अवस्थित अमृतसरमा शुक्रवार विरोध प्रदर्शन गर्ने क्रममा ५८ वर्षीय सुरीको हत्या भएको हो। उनी कट्टरपन्थी धार्मिक समूह हिन्दू शिवसेनाका स्वघोषित नेता थिए। उनको हत्यासँग सम्बन्धित रहेको आशङ्कामा… Continue reading भारतका कट्टर हिन्दु धर्मगुरु सुरीको गोली हानी हत्या

डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्ने तयारीमा

काठमाडौं । डोनल्ड ट्रम्पले उनी फेरि ह्वाइट हाउसमा फर्कन चाहेको हालसम्मकै सबभन्दा प्रस्टमध्येको एक सङ्केत दिएका छन्। आयोवा राज्यको सु सहरमा आयोजित र्‍याली सम्बोधन गर्दै उनले सन् २०२४ मा आफू ‘फेरि लड्ने एकदमै, एकदमै, एकदमै सम्भावना’ भएको बताएको बीबीसीले लेखेको छ । अमेरिकी संसद सदस्य तथा कैयन् सिनेट सदस्यहरू चुनिने आगामी साताको निर्वाचनका निम्ति तय… Continue reading डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्ने तयारीमा

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली हानियो

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एउटा विरोध जुलुसका क्रममा गोली प्रहार भएको छ । उनी घाइते भएको र अस्पतालमा भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उनको दल पीटीआईका सदस्यहरूले थप चारजना घाइते भएको बताएका छन्। उक्त घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ। खानको गोडाको कुन भागमा गोली लागेको भन्ने… Continue reading पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली हानियो

दक्षिण कोरियामा एकैदिन ४६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित

काठमाडौं । दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि… Continue reading दक्षिण कोरियामा एकैदिन ४६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित

उत्तर र दक्षिण कोरियाले एक-अर्का देशमा प्रहार गरे क्षेप्यास्त्र, तनाव बढ्ने संकेत

File| EPA\BBC

काठमाडौं । उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ क्षेप्यास्त्र प्रहार गरेका छन्। ती क्षेप्यास्त्रहरू दुवै देशका तटस्थित पानीमा खसेका छन्। कोरिया विभाजन भएयता पहिलोपटक ती दुई देशले समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार गरेका हुन्। त्यसले उक्त क्षेत्रमा तनाव निकै बढेको सङ्केत गर्ने बीबीसीले लेखेको छ । प्योङयाङले बुधवार छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार… Continue reading उत्तर र दक्षिण कोरियाले एक-अर्का देशमा प्रहार गरे क्षेप्यास्त्र, तनाव बढ्ने संकेत

दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास थालेपछि भड्कियो उत्तर कोरिया

Photo: AFP/EAST NEWS

काठमाडौं । दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास नरोकेमा संयुक्त राज्य अमेरिकाविरुद्ध शक्तिशाली जबाफी कदम चालिने भन्दै उत्तर कोरियाले धम्की दिएको छ। वाशिङ्गटन र सउलले सोमवारदेखि तिनीहरूको सबैभन्दा ठूलो मध्येको संयुक्त हवाई सैन्य ड्रिल अभ्यास आरम्भ गरेका छन् जुन शुक्रवार समाप्त हुने बताइएको छ। उत्तर कोरियाले पनि त्यस्ता कतिपय ड्रिलहरूको जबाफमा भन्दै हालैका हप्ताहरूमा शृङ्खलाबद्ध रूपमा… Continue reading दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास थालेपछि भड्कियो उत्तर कोरिया

विश्वका २५ धनीको सूची सार्वजनिक, अम्बानी परिवार छैठौं स्थानमा

वासिङटन डिसी । ब्लूमबर्गले विश्वका २५ धनी व्यवसायिक घरानाको सूची सार्वजनिक गरेको छ। तीमध्ये प्रमुख ५ जनाको सूची यसप्रकार रहेको छ: २२४ अरब डलरको मालिक बालमार्ट चलाउने वाल्टन परिवार पहिलो नम्बरमा परेको छ। आम्दानी यति धेरै भएर पनि यो परिवार अमेरिकाको नर्थवेस्ट अर्कान्सास सहरमा बस्छ। अमेरिकाकै मार्स परिवार दोस्रो नम्बरमा छ। यस परिवारको कुल सम्पत्ति… Continue reading विश्वका २५ धनीको सूची सार्वजनिक, अम्बानी परिवार छैठौं स्थानमा

युक्रेनमा पानी र बिजुली आपूर्ति प्रभावित, देशभर हाहाकार

File : Emilio Morenatti / AP / TASS

काठमाडौं । संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै रुसले ५० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गर्दा देशभरि बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। राजधानी किएभका ८० प्रतिशत बासिन्दा खानेपानीको पहुँचबाट अलग भएको र ३,५०,००० अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताएका छन्। बीबीसीका अनुसार उत्तर पूर्वी सहर खार्किभमा पनि विद्युत्‌ प्रणालीमा… Continue reading युक्रेनमा पानी र बिजुली आपूर्ति प्रभावित, देशभर हाहाकार

भारतमा डेढ शताब्दी पुरानो पुल भाचिदा कम्तीमा १४१ मारिए

Credit: Rajesh Ambaliya/Associated Press

काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा एउटा झोलुङ्गे पुल खस्दा कम्तीमा १४१ जना मानिसहरूको मृत्यु भएको छ। मोरबी सहरमा भएको उक्त घटनामा सयौँ मानिसहरू मच्छू नदीमा खसेका थिए। भिडिओ फुटेजहरूमा बच्न सफल भएकाहरू आंशिक रूपमा डुबेको पुलमा झुन्डिएका देखिन्थे। विवरणहरूका अनुसार घटना हुँदा लगभग ४०० मानिसहरू उक्त पुलमा थिए। बीबीसीका अनुसार अहिलेसम्म १७७ जनाभन्दा धेरै… Continue reading भारतमा डेढ शताब्दी पुरानो पुल भाचिदा कम्तीमा १४१ मारिए

दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा कम्तीमा १५१ जनाको मृत्यु भएको छ। गएराति एक कार्यक्रममा भएको घटनामा १५० जनाभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। भागदौडका क्रममा ५० जनालाई हृदयाघात भएको अनुमान गरिएको छ। घाइतेको उद्धारका लागि १४० भन्दा बढी प्राथमिक उपचारका गाडी घटनास्थलमा पठाइएको थियो। भागदौड भएको केही समयपछि दक्षिण… Continue reading दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु

महाकाली पारी भारतले सडक खन्दा गराएको विस्फोटको ढुङ्गाले लागेर दार्चुलामा बालकको ज्यान गयो

दार्चुला । महाकाली नदीपारि भारतले सडक चौडा पार्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गएको छ । अर्की बालिका घाइते भएकी छिन् । हिजो भएको घटनामा व्यास गाउँपालिका-२ दुम्लिङका हिक्मत महराका छोरा ९ वर्षीय पवनको ज्यान गएको हो । हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी छिन् । उनकाे खुट्टामा चोट… Continue reading महाकाली पारी भारतले सडक खन्दा गराएको विस्फोटको ढुङ्गाले लागेर दार्चुलामा बालकको ज्यान गयो

५० वर्षसम्म ननुहाएका हाजीको नुहाएपछि निधन

काठमाडौं /बिबिसी । विश्वकै फोहोरी उपमा पाएका इरानी नागरिक आमु हाजीको निधन भएको छ । उनले ५० वर्षसम्म नुहाएका थिएनन । उनको ९४ वर्षको उमेरमा निधन भएको हो । आफूलाई बिरामी बनाउने भयले आमु हाजीले आधा शताब्दीभन्दा बढी समयसम्म साबुन र पानीको प्रयोग गर्न अस्वीकार गरेका थिए। दशकौँपछि पहिलो पटक नुहाएको केही महिनापछि उनको निधन… Continue reading ५० वर्षसम्म ननुहाएका हाजीको नुहाएपछि निधन