गाजामा इजरेलको आक्रमण तीव्र, रफाह खाली गर्न आदेश

EPA

काठमाडौं । इजरेलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई अझ सघन बनाएको छ । उसले हजारौँ प्यालेस्टिनीलाई रफाह छोड्न आदेश दिएको छ। हवाईजहाजबाट पर्चा छर्दै तथा सामाजिक सञ्जालमार्फत् इजरेलले रफाहको पूर्वी भागमा बसेका मानिसहरूलाई अल–मवासीतिर जान भनेको हो । अल–मवासी एउटा साँघुरो क्षेत्र हो। इजरेलले उक्त स्थानलाई विस्तृत मानवीय क्षेत्र भनेको छ । रफाहमा केही दिनअघिसम्म स्थानीय… Continue reading गाजामा इजरेलको आक्रमण तीव्र, रफाह खाली गर्न आदेश

कुवेती राजाले गरे संविधान निलम्बन, संसद भंग

photo : Bloomberg

काठमाडौं । कुवेतका अमिर शेख मिशल अल-अहमद अल-सबाहले संविधान र संसद दुबै भंग भएको घोषणा गरेका छन् । शुक्रबार टेलिभिजन मार्फत भाषण गर्दै संसद् भंग र संविधान निलम्बनको घोषणा भएको हो । अमिरले लोकतान्त्रिक प्रक्रियाका सबै पक्षहरूको अध्ययन गरी चार वर्षभन्दा बढी अवधिका लागि संविधानका केही धारा निलम्बन गरिएको जनाएका हुन् । अब राष्ट्रिय सभाको… Continue reading कुवेती राजाले गरे संविधान निलम्बन, संसद भंग

थाइल्याण्डमा अधिक गर्मीले कम्तिमा ६१ जनाको मृत्यु

photo : The Nation

काठमाडौं । थाइल्यान्डमा यस वर्षको अहिलेसम्म अत्यधिक गर्मीले ६१ जनाको ज्यान लिएको छ । यो २०२३ को तुलनामा धेरै तातो भएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले सम्पूर्ण क्षेत्रमा यो सातासम्म अत्यधिक गर्मी भएको बताएको छ । हालैका साताहरूमा थाइल्यान्डमा असाधारण तातो मौसमको लहरले अधिकारीहरूले लगभग दैनिक आधारमा यसबारेमा चेतावनी जारी गर्नुपर्‍यो । स्वास्थ्य मन्त्रालयले शुक्रबार सन्… Continue reading थाइल्याण्डमा अधिक गर्मीले कम्तिमा ६१ जनाको मृत्यु

चेन्नईविरुद्ध गुजरातको सानदार प्रदर्शन

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्सले चेन्नेइ सुपर किंग्सविरुद्ध सानदार प्रदर्शन गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा ओपनरद्वय कप्तान शुभमन गिल र साई सुदर्शनले शतक प्रहार गरे । गुजरातले चेन्नेईलाई ३५ रनले हरायो । २३२ रनको लक्ष्य पछ्याएको चेन्नेइले ८ विकेटको क्षतिमा १९६ रन मात्रै बनायो । चेन्नेइका ड्यारील मिचेलले सर्वाधिक ६३… Continue reading चेन्नईविरुद्ध गुजरातको सानदार प्रदर्शन

केजरीवाल जमानतमा रिहा

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ। उक्त अदालतका दुई जना न्यायाधीशहरू सम्मिलित एक इजलासले उनलाई अन्तरिम जमानत दिने निर्णय गरेको हो। आगामी जुन २ तारिखसम्मका लागि केजरीवालले जमानत पाएका छन्। त्यस दिन उनले पुनः उपस्थित हुनुपर्ने छ। केजरीवाललाई गत मार्च २१ तारिखदेखि हिरासतमा राखिएको छ। अदालतको निर्णय… Continue reading केजरीवाल जमानतमा रिहा

माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता

काठमाडौं । भारत सरकारले मालदिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएपछि उनले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिएका थिए । भारतीय सैनिकलाई स्वदेश फिर्ता हुन दिइएको अन्तिम समयसीमा सकिनुभन्दा एक दिन अगाडि मालदिभ्सका विदेशमन्त्री मुसा जमिर विहीबार भारत भ्रमणमा आएका छन् । यसै सन्दर्भमा भारतीय विदेश मन्त्रालयले विहीबार पत्रकार… Continue reading माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता

अमेरिकाले इजरायल पठाउन लागेको बमको ढुवानी रोक्यो

EPA-EFE/REX/SHUTTERSTOCK\BBC

काठमाडौं । दक्षिणी गाजाको रफाह क्षेत्रमा इजरायलले ठूलो सैन्य कारबाही गर्न लागेको आशङ्कामा अमेरिकाले सो मुलुकलाई उपलब्ध गराउन लागेको विस्फोटक पदार्थ गत साता रोकिदिएको खुलासा भएको छ । बीबीसीका अनुसार अमेरिकी साझेदार सीबीएसलाई अमेरिकी अधिकारीले यसको खुलासा गरेका छन् । त्यो खेपमा १,८०० वटा ९०७ केजीका बम र १,७०० वटा २२६.८ केजीका बम थिए। रफाह… Continue reading अमेरिकाले इजरायल पठाउन लागेको बमको ढुवानी रोक्यो

धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इण्डियाका ८० भन्दा बढी उडान रद्द

काठमाडौं । एकैपटक ३०० बढी चालक दलका सहस्यहरूले बिरामी बिदा लिएपछि एयर इण्डिया र एयर इण्डिया एक्सप्रेस एयरलाइन्सका ८० भन्दा बढी उडान रद्द भएका छन् । मंगलबार रातिदेखि बुधबार बिहानसम्म ८० भन्दा बढी उडान रद्द भएका हुन् । बुधबार दिउँसोको लागि तय भएका थप उडानहरू पनि रद्द हुन सक्ने अनुमान गरिएकाे छ । दुवै एयरलाइन्सले… Continue reading धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इण्डियाका ८० भन्दा बढी उडान रद्द

युक्रेनका राष्ट्रपतिको हत्या प्रयास विफल पारेको दावि

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको हत्या गर्ने षडयन्त्रलाई विफल पारेको युक्रेनी अधिकारीहरुले दावि गरेका छन् । जेलेन्सीको हत्या षडयन्त्रमा संलग्न भएको आरोपमा युक्रेनी सेनाका दुई जना कर्णेललाई पक्राउ गरिएको छ । उनीहरुमाथि राज्यद्रोह आतंकवादसम्बन्धी अभियोग लगाइएको छ । युक्रेनको सेक्युरिटी सर्भिस (एसबीयु)का अनुसार जेलेन्स्कीको हत्या गर्ने उद्देश्यले उनका अङ्गरक्षकहरुसम्म पुग्ने र प्रभावमा पार्ने कोसिसमा… Continue reading युक्रेनका राष्ट्रपतिको हत्या प्रयास विफल पारेको दावि

गाजा क्षेत्रमा इजरायलमा थाल्यो पुनः आक्रमण

REUTERS

काठमाडौं । हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ । रफाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको पनि देखिन्छ । सोमबार आक्रमण सुरु गर्नुअघि इजरायली सेनाले प्यालेस्टिनीहरुलाई रफा छाड्न भनेको थियो । त्यसपछि ठूलो संख्यामा प्यालेस्टिनीहरु र घरबार छाडेर हिँडेको देखिएको छ । उनीहरु… Continue reading गाजा क्षेत्रमा इजरायलमा थाल्यो पुनः आक्रमण

ब्राजिलमा बाढीको वितण्डा, व्यापक क्षति

काठमाडौं । ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने ८८ हजार जना भन्दा बढी घरबारविहीन हुन पुगेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका… Continue reading ब्राजिलमा बाढीको वितण्डा, व्यापक क्षति

अलजजिरालाई इजरायलमा किन लगाइयो प्रतिवन्ध ?

काठमाडौं । इजरायलको सरकारले समाचार संस्था अलजजिरालाई प्रतिबन्ध लगाएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार कतारद्वारा सञ्चालित अलजजिरालाई बन्द गर्ने निर्णय गरेको बताएका हुन् । ‘इजरायलमा अलजजिरालाई बन्द गरिने सर्वसम्मतिले निर्णय गरिएको छ,’ उनले सामाजिक एक्समा उल्लेख गरेका छन् । इजरायलका सञ्चारमन्त्री स्लोमो कारहीले विज्ञप्तिमा इजरायलमा हमास पक्षधरहरूलाई वाक् स्वतन्त्रता नहुने बताए । ‘अलजजिरालाई तुरुन्त बन्द गरिनेछ… Continue reading अलजजिरालाई इजरायलमा किन लगाइयो प्रतिवन्ध ?

क्यानडामा सिख नेताको हत्या प्रकरण, तीन भारतीय पक्राउ

काठमाडौं । क्यानडामा सिख नेताको हत्यामा संलग्न रहेको आरोपमा तीन भारतीय पक्राउ परेका छन् । ४५ वर्षिय हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा २२ वर्षीय करण ब्रार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह पक्राउ परेका हुन् । उनीहरु तीनदेखि पाँच वर्ष क्यानडामा रहेको प्रहरीले जनाएको छ । सिख पृथकतावादी… Continue reading क्यानडामा सिख नेताको हत्या प्रकरण, तीन भारतीय पक्राउ

यूएईमा पुनः भारी वर्षा, उडानहरु रद्द

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले रिपोर्ट गरेको छ । संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार सुन्तला… Continue reading यूएईमा पुनः भारी वर्षा, उडानहरु रद्द

ट्याटु बनाउँदा ४० जनालाई सर्‍यो एचआइभी

एजेन्सी । भारतको पूर्वाञ्चलका ४० जनामा ट्याटु बनाउँदै एचआइएभी सरेको पाइएको छ। त्यसरी एचआइभी पोजेटिभ हुनेमा बाणारसीका २६, आजमगढका १२, सोनभद्र र मऊका एक-एक जना रहेको अमरउजालालले उल्लेख गरेको छ। चिकित्सकहरुले एउटै सुई धेरै व्यक्तिमा प्रयोग गरेर ट्याटु बनाउँदा एचआइभी सरेको हुनसक्ने बताएका छन्। एउटा सुईकै १२ सय भारतीय रुपैयाँ पर्ने भएपनि चौक-चौराहमा जम्मा २००… Continue reading ट्याटु बनाउँदा ४० जनालाई सर्‍यो एचआइभी

सलमानको घर बाहिर गोली हान्ने आरोपीले हिरासतमा गरे आत्महत्या !

काठमाडौं । बलिउड अभिनेता सलमान खानको मुम्बई स्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक अभियुक्तले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको अस्पतालमा भर्ना गरेको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरेका छन् । प्रहरीले सलमान खानको घरबाहिर गोली हान्ने चार… Continue reading सलमानको घर बाहिर गोली हान्ने आरोपीले हिरासतमा गरे आत्महत्या !

उत्तराखण्ड सरकारद्धारा पतन्जलीका १४ उत्पादनको लाइसेन्स रद्द

Photo : the hindu

काठमाडौं । उत्तराखण्ड सरकारले पतन्जलीका १४ उत्पादनको लाइसेन्स रद्द गरेको छ । सरकारले भारतीय सर्वोच्च अदालतमा यसबारे जानकारी गराएको हो । उत्तराखण्ड सरकारका अनुसार १५ अप्रिलबाट पतन्जलीका उत्पादनमा रोक लगाइएको हो । ड्रग्स एण्ड रेमेडीज एक्ट उल्लंघन गरेको पाइएपछि बाबा रामदेव र आचार्य बालकृष्णको पचन्जलीका विरुद्ध थुप्रै उजुरी परेका थिए । यसरी लाइलेन्स रद्द गरिएका… Continue reading उत्तराखण्ड सरकारद्धारा पतन्जलीका १४ उत्पादनको लाइसेन्स रद्द

भारत भ्रमण रद्द गरी चीन लागे एलन मस्क

The aircraft which flew Tech billionaire and Tesla CEO Elon Musk to Beijing is seen at Beijing airport on April 29, 2024. Musk -- one of the world's richest people -- arrived in China on April 28 on his second trip in less than a year to the world's biggest market for electric vehicles. (Photo by GREG BAKER / AFP)

काठमाडौं । आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवम् टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गर्न एक विमानमा सवार भएका छन् । एक वर्षभन्दा पनि कम समयमा आफ्नो दोस्रो चीन भ्रमणका क्रममा आइतबार मस्क बेइजिङ पुगेका हुन् । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजार चीनमा आफ्नो कम्पनीको… Continue reading भारत भ्रमण रद्द गरी चीन लागे एलन मस्क

राजस्थानको विजयी यात्रा कायमै

काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै प्लेअफमा स्थान करीव पका गरेको छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ शीर्ष स्थानमा छ । १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । कप्तान सञ्जु सामसन ३३ बलमा ७ चौका र… Continue reading राजस्थानको विजयी यात्रा कायमै

भारतको लोकसभामा आज दोस्रो चरणको मतदान

file

काठमाडौं । भारतको लोकसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान सुरू भएको छ। विभिन्न १३ राज्यका ८८ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दोस्रो चरणमा एक लाख ६७ हजार मतदान केन्द्रमा १५ करोड ८८ लाख मतदाताले मतदान गर्नेछन्। मतदान बेलुका ६ बजेसम्म सञ्चालन हुने बताइएको छ। असमका ५, बिहारमा… Continue reading भारतको लोकसभामा आज दोस्रो चरणको मतदान

फिलिपिन्समा चरम गर्मी, कम्तीमा ६ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्म गर्मी बढ्दा ६ जनाको मृत्यु भएको जानकारी गराएको छ । मृत्युको कारण भने स्पष्टरूपमा अझै पुष्टि हुन बाँकी रहेको डिओएचका सहायक सचिव अल्बर्ट डोमिङ्गोले बताए । गर्मीसम्बन्धी ३४ वटा घटनामध्ये फिलिपिन्सको केन्द्रीय भिसायास क्षेत्र, उत्तरी फिलिपिन्सको इलोकोस क्षेत्र र… Continue reading फिलिपिन्समा चरम गर्मी, कम्तीमा ६ जनाको मृत्यु

अमेरिकी संसदबाट टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित

बीबीसी । संयुक्त राज्य अमेरिकाको सिनेटले एउटा विवादास्पद विधेयक अनुमोदन गरेको छ जसले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्छ। यो विधेयकले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटड्यान्सलाई नौ महिनाभित्र आफ्नो स्वामित्व बिक्री गर्ने वा अमेरिकामा प्रतिबन्ध खेप्ने विकल्प दिएको छ। यो विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडनसमक्ष पठाइने छ। बाइडनले उक्त विधयेक आफूकहाँ आएपछि अविलम्ब… Continue reading अमेरिकी संसदबाट टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित

इजरेलका गुप्तचर प्रमुखले दिए राजिनामा, के हो कारण ?

IDF\BBC

काठमाडौं । इजरेलको सैन्य गुप्तचर निर्देशनालयका प्रमुखले गत अक्टोबर ७ मा हमासले भीषण आक्रमण गर्नुअघि त्रुटिहरू भएको स्वीकार गर्दै राजीनामा दिएका छन्। इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार उनको उत्तराधिकारीको नाम टुङ्गो लागेपछि मेजर जेनरल आरोन हालिभा पदबाट हट्ने छन्। एउटा पत्रमा हालिभाले आफ्नो नेतृत्वमा रहेको निर्देशनालयले दिइएको जिम्मेवारी यथोचित वहन गर्न नसकेको स्वीकार गरेका… Continue reading इजरेलका गुप्तचर प्रमुखले दिए राजिनामा, के हो कारण ?

चीनमा भिषण आँधी : ११ जना बेपत्ता

file Photo source : AP Photo/Erik De Castro

दक्षिणी चीनमा आँधीबेहरीका कारणले एघार जना बेपत्ता भएका छन् । दशौँ हजारलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको चिनियाँ मिडियाले जनाएको छ । पछिल्लो समय गुआङ्गडोङको दक्षिणी प्रान्तमा भारी वर्षा भएकाले नदीहरूको सतह बढ्दा गम्भीर बाढीको डर बढेको बताइएको छ । यस्तो भिषण आँधी ‘शताब्दीमा एक पटक’ हुने चिनियाँ मिडियाले जनाएका छन् । गुआङ्गडोङका धेरै भागमा… Continue reading चीनमा भिषण आँधी : ११ जना बेपत्ता

श्रीलंकामा भिडमा गुड्यो कार, कम्तिमा ७ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा खेल प्रतियोगिताको क्रममा एउटा कार मानिसहरुको भिडमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । टाइम म्यागेजिनको अनलाइन संस्करणका अनुसार यो दुर्घटना राजधानी कोलम्बोबाट करिब १८० किलोमिटर पूर्वमा पर्ने दियातालावा भन्ने शहरमा आइतबार भएको हो । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन । श्रीलंकाको सैनिक एकेडेमीमा… Continue reading श्रीलंकामा भिडमा गुड्यो कार, कम्तिमा ७ जनाको मृत्यु

थाई र म्यानमार सीमामा किन भइरहेको छ झडप ?

काठमाडौं । एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबिच थाइल्यान्डको सीमा नजिकैको एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्र नजिकै पुनः झडपहरू सुरु भएको एक सशस्त्र समूहका प्रवक्ता र थाई सेनाले शनिबार बताएका छन् । सन् २०२१ मा सेनाले लोकतान्त्रिकरूपमा निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यान्मा द्वन्द्वको चपेटामा परेको छ । यसै महिनाको प्रारम्भमा म्यान्माको व्यापारिक केन्द्र… Continue reading थाई र म्यानमार सीमामा किन भइरहेको छ झडप ?

भारतमा पहिलो चरणको निर्वाचन सम्पन्न

file

काठमाडौं । भारतमा सात चरणमा हुने आमचुनावको पहिलो चरण सम्पन्न भएको छ। छ सातासम्म चल्ने यो चुनावमा पहिलो दिन मत खसाल्न लाखौँ मानिस पुगेका थिए भने प्रारम्भिक विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको छ। हिंसाका छिटपुट घटनाबाहेक समग्रमा देशैभरि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको अधिकारीहरूले बताएका छन्। दिल्लीमा रहेकी बीबीसीकी समिरा हुसैनले चुनाव बृहत्… Continue reading भारतमा पहिलो चरणको निर्वाचन सम्पन्न

इजरायलबाट इरानमा मिसाइल हानियो

काठमाडौं । अमेरिकाका अधिकारीहरुले इसराइलबाट ईरानमा मिसाइल प्रहार भएको जानकारी गराएका छन् । यसको पुष्टी ईरानका सरकारी सञ्चारमाध्यमले समेत गराएका छन् । उनीहरुका अनुसार इरानको एयर डिफेंस सिस्टमलाई विभिन्न प्रान्तमा सक्रिय बनाइएको छ । ईरानको एक समाचार एजेंसीलाई उदृत गर्दै बीबीसीले लेखे अनुसार ईरानको उत्तर–पश्चिमी शहर इस्फ़हानमा शुक्रवार बिहान ठूलो विष्फोटको आवाज आएको थियो ।… Continue reading इजरायलबाट इरानमा मिसाइल हानियो

भारतमा आजबाट लोकसभा निर्वाचन, मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा

Photo : The Indian Express

काठमाडौं । भारतमा लोकसभा चुनाव आजबाट सुरु हुँदैछ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदानको कार्यक्रम राखिएको छ । पहिलो चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात सदस्य र तीन पूर्व मुख्यमन्त्री तथा एक पूर्व राज्यपाल चुनावी भिडन्तमा उत्रिएका छन् ।पहिलो चरणमा अरुणाञ्चल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र,… Continue reading भारतमा आजबाट लोकसभा निर्वाचन, मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा

खाडी मुलुकमा भिषण वर्षा र बाढी, व्यापक क्षति

REUTERS\BBC

काठमाडौं । खाडी देशहरूमा परेको भारी वर्षाको मारले घातक आकस्मिक बाढी आउनुका साथै विश्वको दोस्रो व्यस्त विमानस्थलमा उडानहरूमा असर पारेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलले आफूले निकै चुनौतिपूर्ण अवस्था सामना गरिरहेको जनाएको छ। विमानस्थल क्षेत्रमा पानीको भेल पसेकाले विमानस्थलले केही यात्रुहरूलाई त्यहाँ आइनहाल्न भनेको छ। त्यहाँ अचानक आएको बाढीमा आफ्नो कार परेपछि एकजनाले ज्यान गुमाएका छन्।… Continue reading खाडी मुलुकमा भिषण वर्षा र बाढी, व्यापक क्षति