काठमाडौं । इजरायली आक्रमणमा लेबनानस्थित हिज्बुल्लाह समूहका एक वरिष्ठ कमान्डर मारिएका छन् । ड्रोन हमलामा हिज्बुल्लाह समूहका एक वरिष्ठ कमान्डर मारिएको विवरण सार्वजनिक भएको बीबीसीले लेखेको छ । हिज्बुल्लाह कमान्डर विसाम तावीलको दक्षिणी लेबननमा निधन भएको बताइएको छ। लेबनानका सरकारी सञ्चारमाध्यमले बिन्त जबेल जिल्लामा एउटा कारलाई निशाना बनाइएको र उक्त कार सडकबाट हटेको अनि त्यसपछि… Continue reading लेवनानमा इजरायलको आक्रमणबाट हिज्बुल्लाहका नेता मारिए
Category: विश्व
बंगलादेशमा सत्तारुढ दललाई बहुमत
काठमाडौं । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् । ३०० सिटका लागि भएको आम निर्वाचनमा बंगलादेश अवामी लिगले करिब २००… Continue reading बंगलादेशमा सत्तारुढ दललाई बहुमत
अमेरिकामा उडिरहेका बेला जहाजको एक हिस्सा खसेपछि ७३७ म्याक्स जहाज ग्राउण्डेड
काठमाडौं । उडान गरिरहेको समयमा अलास्का एअरलाइन्सको एउटा हिस्सा खसेपछि संयुक्त राज्य अमेरिकाको वायु सेवा नियामक निकायले केही बोइङ ७३७ म्याक्स ९ जेट विमानहरूको उडान तत्कालका लागि रोक्न आदेश दिएका छन्। सङ्घीय उड्डयन निकाय एफएएले पछिल्लो सुपरिवेक्षणले उक्त मोडेलका १७१ वटा विमानहरूलाई असर पर्ने बताएको छ। शुक्रवार ओरेगन राज्यबाट उडेको अलास्का एअरलाइन्सको विमानलाई आपत्कालीन अवतरण… Continue reading अमेरिकामा उडिरहेका बेला जहाजको एक हिस्सा खसेपछि ७३७ म्याक्स जहाज ग्राउण्डेड
नेपालबाट बंगलादेश विजुली निर्यात गर्न त्रिपक्षीय सम्झौता हुने
काठमाडौं । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ । भारतीय विदेशमन्त्री डा. एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्त्वपूर्ण सहमति भएका हुन् । विदेशमन्त्रीको भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । आगामी १० वर्षमा १० हजार… Continue reading नेपालबाट बंगलादेश विजुली निर्यात गर्न त्रिपक्षीय सम्झौता हुने
बंगलादेश निर्वाचन : भोट नहाल्दै सत्तारुढ दलको जित पक्का
काठमाडौं । बङ्लादेशमा भोट नहाल्दै संत्तारुढ दलको जित पक्का भएको छ । त्यहाँ आज आज निर्वाचन हुँदैछ । बिहान ८ बजेदेखि शुरु हुने मतदान दिउँसो ४ बजेसम्म चल्नेछ । आमचुनावमा २७ पार्टी र ४ सय ३६ स्वतन्त्र गरी एक हजार ५ सयभन्दा धेरै उम्मेदवार तीन सय संसदीय सिटका लागि प्रतिस्पर्धा भइरहेको छ । ४२ हजारभन्दा… Continue reading बंगलादेश निर्वाचन : भोट नहाल्दै सत्तारुढ दलको जित पक्का
भारतले पठाएको सूर्ययान गन्तब्यमा पुग्यो
काठमाडौं । भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुगेको छ । भारतले ५ अगष्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सातापछि भारतले सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सूर्यको अध्ययन गर्नका लागि भारतको पहिलो आदित्य–एल १… Continue reading भारतले पठाएको सूर्ययान गन्तब्यमा पुग्यो
उत्तर कोरियाली नेता किमको संभावित उत्तराधिकारी ‘छोरी’
काठमाडौं । उत्तर कोरियाका नेता किम जङ-अनकी छोरी उनकी सम्भावित उत्तराधिकारी भएको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ। उत्तर कोरियामा क्षेप्यास्त्र परीक्षण र सैन्य परेड हुँदा किम जू-ए आफ्ना पितासँगै उपस्थित हुने गरेकी छन्। दक्षिण कोरियाको गुप्तचर निकाय न्याश्ननल इन्टेलिजन्स सर्भिसले किम जू-ए उत्तर कोरियाली नेता किमकी उत्तराधिकारी हुने कुरा पहिलो पटक भनेको हो। यद्यपि… Continue reading उत्तर कोरियाली नेता किमको संभावित उत्तराधिकारी ‘छोरी’
इजरायली हमलामा अहिलेसम्म साढे २२ हजारको मृत्यु
काठमाडौं । इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन्। गत अक्टोबर ७… Continue reading इजरायली हमलामा अहिलेसम्म साढे २२ हजारको मृत्यु
पाकिस्तानले गर्यो नयाँ शक्तिशाली रकेट परीक्षण, भारत चिन्तित
काठमाडौं । पाकिस्तानले केही दिनअघि एकैपटक धेरैवटा क्षेप्यास्त्र प्रक्षेपण गर्ने क्षमता भएको फतह–२ रकेट सफलतापूर्वक परीक्षण गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार यो रकेट ४०० किलोमिटरको दूरीसम्म प्रहार गर्न सकिन्छ र यसमा लक्ष्यभेदन गर्न सक्ने क्षमता छ। यसअघि पाकिस्तानले सन् २०२१ को अगस्ट २४ मा परीक्षण गरेको थियो। आईएसपीआरका अनुसार ‘फतह-२’ क्षेप्यास्त्र प्रणालीमा… Continue reading पाकिस्तानले गर्यो नयाँ शक्तिशाली रकेट परीक्षण, भारत चिन्तित
अमेरिकाको डल्लासमा स्कुलमा गोली चल्यो, एक जनाको मृत्यु
काठमाडौं । अमेरिकाको डल्लासस्थित आयोवामा रहेको एक स्कुलमा गोली चलेको छ । जसमा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । आयोवाको पेरी हाई स्कुलका १७ वर्षीय एक विद्यार्थीले ६ कक्षाका विद्यार्थीहरुमा गोली चलाएका थिए । उनले चलाएको गोली ५ जना विद्यार्थी र एक शिक्षकलाई लागेको छ । उनीहरुमध्ये एक जनाको… Continue reading अमेरिकाको डल्लासमा स्कुलमा गोली चल्यो, एक जनाको मृत्यु
इरानमा शक्तिशाली विष्फोट, झण्डै एक सय मारिए
काठमाडौं । इरानको रिभोलुशनरी गार्डस्का जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उनको चिहान नजिकै भएका दुईवटा विस्फोटनमा १०० जना भन्दा बढी मारिएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानको राष्ट्रिय प्रसारकले अन्य कैयौँ घाइते भएको जनाएको छ। सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल(जमान मस्जिद नजिकै कार्यक्रम भइरहेको थियो। केरमन प्रान्तको आकस्मिक सेवाका प्रमुखले ती… Continue reading इरानमा शक्तिशाली विष्फोट, झण्डै एक सय मारिए
यूरोपेली मुलुकमा माइनस ४० डिग्रीसम्म झर्यो तापक्रम
काठमाडौं । फिनल्यान्ड र स्विडेनमा यस वर्ष जाडो शुरु भएपछि अहिलेसम्मकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । त्यहाँको न्यूनतम तापक्रम हिजो शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेको स्विडेनको मौसम तथा जलविज्ञान संस्थानले जनाएको छ । न्यूनतम तापक्रम कम भएपछि नर्डिक क्षेत्रमा चिसो बढेको छ । चिसो र हिउँले सबै क्षेत्रमा यातायात अवरुद्ध भएको छ… Continue reading यूरोपेली मुलुकमा माइनस ४० डिग्रीसम्म झर्यो तापक्रम
जापानको हानेदा विमानस्थल बन्द
काठमाडौं । जापानको हानेदा विमानस्थलमा भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु रद्द भएका छन् । उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ । मंगलबार हानेदा एयरपोर्टमा जापान एयरलाइन्सको एक विमान अवतरण गर्ने क्रममा अर्को एक तटरक्षक विमान (कोस्ट गार्ड)सँग ठोक्किएर आगलागी भएको थियो । सो घटनामा पाँच जनाको… Continue reading जापानको हानेदा विमानस्थल बन्द
जापान विमान आगलागी : कम्तिमा ५ जनाको मृत्यु
काठमाडौं । जापानका यातायातमन्त्रीले मङ्गलबार टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँचजनाको मृत्यु भएको जानकारी दिएका छन् । “तट रक्षकको विमानका बारेमा कप्तान भागेको र पाँचजनाको मृत्यु भएको पुष्टि भएको हामीलाई जानकारी गराइएको छ”, मन्त्री तेत्सुओ साइतोले पत्रकारहरूसँग भने । जापान एयरलाइन्सको विमान धावनमार्गमा तट रक्षकको विमानसँग ठोक्किएपछि आगलागी… Continue reading जापान विमान आगलागी : कम्तिमा ५ जनाको मृत्यु
उड्न लागेको विमानसँग ठोक्किँदा जापान एअरलाइन्समा आगलागी
काठमाडौं । जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो । हानेदा विमानस्थलबाट उडान भर्न लागेको जापान कोस्ट गार्डको विमानसँग ल्याण्ड गर्नेक्रममा रहेको उक्त विमान ठोक्किएको थियो । विमानमा सवार ४०० भन्दा बढी यात्रु सुरक्षित रहेको समाचारमा उल्लेख गरिएको छ । जापान कोस्ट गार्डको बिमानमा चालक… Continue reading उड्न लागेको विमानसँग ठोक्किँदा जापान एअरलाइन्समा आगलागी
डेनमार्ककी महारानीले त्यागिन राजगद्दी, उत्तराधिकारी को ?
काठमाडौं । डेनमार्ककी महारानी मार्ग्रेटा द्वितीयाले अप्रत्याशित रूपमा राजगद्दी परित्याग गरेकी छिन् । नयाँ वर्षको शुभकामना सन्देश दिन टेलिभिजनमार्फत् सम्बोधन गर्ने क्रममा उनले आफू देशको शासनबाट हट्ने बताएकी हुन्। उनी जनवरी १४ मा राजगद्दीबाट हट्ने छिन्। त्यो दिन उनले राज्यारोहण गरेको ५२औँ वर्ष पुग्छ। “म राजगद्दी मेरा छोरा राजकुमार फ्रेडरिकलाई सुम्पिँदै छु,” उनले आफ्नो घोषणामा… Continue reading डेनमार्ककी महारानीले त्यागिन राजगद्दी, उत्तराधिकारी को ?
बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई किन सुनाइयो जेल सजाय ?
काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसलाई जेल सजाय सुनाइएको छ । देशको श्रम कानुन उल्लंघन गरेको आरोप उनीमाथि लागेको छ । उनलाई ६ महिनाको जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ८३ वर्षिय युनुस प्रधानमन्त्री शेख हसिनाका प्रखर आलोचक हुन् । उनका समर्थकहरुले यो मुद्दामा भएको फैसला राजनीतिक रुपमा प्रेरित भएको… Continue reading बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई किन सुनाइयो जेल सजाय ?
नयाँ वर्षको पहिलो दिनमै जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै
काठमाडौं । नयाँ वर्षको पहिलो दिनमै मध्यजापानमा एउटा शक्तिशाली भूकम्प गएको छ। जापानको तटीय नोतो क्षेत्रमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको हो। स्थानीय समयानुसार दिउँसो ४ः०६ पहिलो पटक ५.७ म्याग्निट्यूडको भूकम्प मापन गरिएपछि त्यहाँ थप भूकम्पहरू आएको जापानको मौसम निकायले जनाएको छ। पहिलो भूकम्प गएपछि एक घण्टाको अवधिमा ७.६ म्याग्निट्यूडको सहित कम्तीमा पाँचवटा भूकम्प मापन गरिएको… Continue reading नयाँ वर्षको पहिलो दिनमै जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै
गाजामा फैलन थाल्यो संक्रामक रोग
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले गाजामा सङ्क्रामक रोग फैलिन थालेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसीएचए) ले गाजामा सङ्क्रामक रोग तथा महामारी तीव्र रुपमा फैलिन थालेको जानकारी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हो । राष्ट्रसङ्घका अनुसार विशेषत दक्षिणी गाजामा यसको समस्या विकराल बन्दै गएको छ । तर, गाजापट्टीका धेरै अस्पतालहरू सेवा दिन नसक्ने अवस्थामा… Continue reading गाजामा फैलन थाल्यो संक्रामक रोग
इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा दक्षिण अफ्रिकाले गर्यो मुद्दा दायर
काठमाडौं । दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा इसराइलविरूद्ध मुद्दा दायर गरेको छ। इसराइलले अक्टोबर ७ यता गाजामा गरिरहेको आक्रमण र त्यसबाट हजारौं प्यालेस्टिनियन नागरिकहरू मारिएको विषयमा दक्षिण अफ्रिकाले ऊविरूद्ध अन्तर्राष्ट्रिय अदालतमा नरसंहार मुद्दा दायर गरेको हो। सिएनएनका अनुसार दक्षिण अफ्रिकाले इसराइलमाथि मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धीहरूको उल्लंघन गर्दै गजामा नरसंहार गरेको आरोप लगाएको छ। ‘इसराइलले गजामा गरेका सबै… Continue reading इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा दक्षिण अफ्रिकाले गर्यो मुद्दा दायर
रुसमा युक्रेनी हमला, कम्तिमा २० जना मारिए
काठमाडौं । रुसमा हवाई हमला भएको छ । घटनामा कम्तिमा २० जना मारिएको र १०० जना घाइते भएको समाचार एजेन्सीहरुले बताएका छन्. । यो आक्रमण युक्रेनले गरेको आरोप रुसको छ । रुसको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला भएको थियो । आक्रमणबाट तीन बालबालिकासहित २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।… Continue reading रुसमा युक्रेनी हमला, कम्तिमा २० जना मारिए
रुसले युक्रेनमा एकसाथ धेरै तिरबाट थाल्यो आक्रमण, हताहती बढ्दै
काठमाडौं । युद्ध सुरु भएयता रुसले युक्रेनमा हालसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ । शुक्रबारदेखि सुरु गरेको आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणबाट किभ, ओडेसा, निप्रोपेत्रोभ्स्क, खार्किभ र ल्भिभमा १६० भन्दा धेरै घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसयो यो आक्रमणमा सबै… Continue reading रुसले युक्रेनमा एकसाथ धेरै तिरबाट थाल्यो आक्रमण, हताहती बढ्दै
सन् २०२४ को निर्वाचन लड्न ट्रम्पलाई रोक लगाउने प्रयास असफल
काठमाडौं । सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयासलाई असफल भएको छ । सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दङ्गाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने कि नबनाउने भन्ने निर्णय गर्न न्यायाधीशहरूले… Continue reading सन् २०२४ को निर्वाचन लड्न ट्रम्पलाई रोक लगाउने प्रयास असफल
रुसको सामुन्द्रिक युद्धपोत युक्रेनले बनायो ध्वस्त
काठमाडौं । रुसले आफ्नो एउटा युद्धपोत युक्रेनी आक्रमणमा परेर ब्ल्याक सीस्थित एउटा बन्दरगाहमा क्षतिग्रस्त भएको पुष्टि गरेको छ। युक्रेनले मङ्गलवार बिहानीपख रुसको अधीनमा रहेको क्राइमियाको फिओदोसियामा हवाई आक्रमण गरेको थियो। क्राइमिया अन्तर्राष्ट्रिय रूपमा युक्रेनी भूभागको मान्यता पाएको क्षेत्र हो। तर सन् २०१४ मा रुसले कब्जा गरेयता त्यो मस्कोको नियन्त्रणमा छ। रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनी… Continue reading रुसको सामुन्द्रिक युद्धपोत युक्रेनले बनायो ध्वस्त
आगामी दिनमा अझ ठूला स्वास्थ्य महामारी आउन सक्ने डब्लूएचओको चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भविष्यमा आइपर्न सक्ने कोरोनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने जनाएको छ । डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएको सङ्कट, पीडा र नोक्सानी भोगेको जनाउँदै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न तयारी गर्नुपर्ने जनाएको हो । डब्ल्यूएचओले सन् २०२३ मा प्रमुख स्वास्थ्य चुनौतीहरू निम्तिएका जनाएको छ ।… Continue reading आगामी दिनमा अझ ठूला स्वास्थ्य महामारी आउन सक्ने डब्लूएचओको चेतावनी
‘ब्ल्याक सी’ मा युक्रेनी आक्रमण, रसियन युद्धपोत ध्वस्त
एजेन्सी । युक्रेनले गरेको आक्रमणमा आफ्नो एउटा युद्धपोत ‘ब्ल्याक सी’मा क्षतिग्रस्त भएको रुसले पुष्टि गरेको छ । रुसको कब्जामा रहेको क्रिमियाको फिओडोसिया बन्दरगाहमा सोमबार राति हमला भएको थियो । रुसी रक्षा मन्त्रालयले ठूलो अवतरण जहाज नोभोचेरकास्कलाई निर्देशित मिसाइल बोकेको युक्रेनी विमानले प्रहार गरेको जनाएको छ । यसअघि युक्रेनी वायुसेनाका प्रमुखले आफ्ना लडाकु विमानले जहाजलाई ध्वस्त… Continue reading ‘ब्ल्याक सी’ मा युक्रेनी आक्रमण, रसियन युद्धपोत ध्वस्त
शरणार्थी शिविरमा इजरायलको आक्रमण, कम्तिमा ७० जनाको मृत्यु
काठमाडौं । गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले एक विज्ञप्तिमार्फत भिडभाड भएको आवासीय क्षेत्रमा हवाई आक्रमणले आक्रमण भएकोले ७० जनाको मृत्यु भएको र यो सङ्ख्या थप बढ्न सक्ने बताउनुभएको छ । उहाँका अनुसार इजरायली… Continue reading शरणार्थी शिविरमा इजरायलको आक्रमण, कम्तिमा ७० जनाको मृत्यु
इजरायलको आक्रमणयता गाजामा १३६ जना संयुक्त राष्ट्रसंघका कर्मचारी मारिए
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबिच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसङ्घका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घरछोड्न बाध्य पारिएको बताएका छन् । राष्ट्र सङ्घको इतिहासमा यति धेरै सङ्ख्यामा आफ्ना कर्मचारीको हताहत भएको अहिलेसम्मको दुर्लभ घटना हो । “गाजामा हाम्रा १३६ सहकर्मी ७५ दिनमा मारिएका छन्, जुन… Continue reading इजरायलको आक्रमणयता गाजामा १३६ जना संयुक्त राष्ट्रसंघका कर्मचारी मारिए
इजरायलले हमास र जिहादका २ सय सदस्य पक्राउ गरेको दावि
काठमाडौं । इजरायलले हमास र इस्लामिक जिहाद सङ्गठनका २ सय सदस्यलाई पक्राउ गरी सोधपुछका लागि इजरायल ल्याएको दाबी गरेको छ । इजरायलका अनुसार उनीहरुले केही समय नागरिकमाझ लुकेर बसेका भए पनि अहिले स्वेच्छाले आत्मसमर्पण गरेका हुन् । इजरायलले एक विज्ञप्ति जारी गर्दै हमासलाई हटाउने उद्देश्यले गाजामा हमला गरेदेखि अहिलेसम्म सात सय प्यालेस्टिनी अतिवादीलाई पक्राउ गरिसकेको… Continue reading इजरायलले हमास र जिहादका २ सय सदस्य पक्राउ गरेको दावि
मानव तस्करीको आरोपमा ३ सय यात्रु बोकेको भारतीय विमानलाई जब फ्रान्समा आकस्मिक अवतरण गराइयो…
काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई)बाट ३०३ जना भारतीय यात्रुहरूलाई लिएर उडेको एउटा विमानलाई शुक्रवार फ्रान्समा अवतरण गराइएको छ। सो विमान निकारागुआतर्फ गइरहेको थियो। फ्रान्सका सञ्चारमाध्यमहरूले उक्त विमानको प्रयोग मानव तस्करीका लागि भएको हुनसक्ने भन्दै त्यही कारणले त्यसलाई रोकिएको जनाएका छन्। फ्रान्समा एक जना वकिलले उक्त एअरबस ए३४० दुबईबाट निकारागुआको राजधानी मानागुआगा गइरहेको थियो। तर… Continue reading मानव तस्करीको आरोपमा ३ सय यात्रु बोकेको भारतीय विमानलाई जब फ्रान्समा आकस्मिक अवतरण गराइयो…