चुम्बन प्रकरणपछि विवादमा स्पेनी फुटबल महासंघ, खेलाडी आन्दोलित

REUTERS

काठमाडौं । स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबिआलेसलाई विश्वको सर्वोच्च निकाय फिफाले अस्थायी रूपमा निलम्बन गरेको छ। उनलाई तत्कालका लागि ९० दिने निलम्बन गरिएको हो। स्पेनको अग्रपङ्क्तिकी खेलाडी जेनीफेर एर्मेसोले अध्यक्ष रुबिआलेसले उनको अनुमतिबिनै चुम्बन गरेको बताएकी थिइन्। महिला खेलाडीलाई चुम्बन गरेको प्रकरणपछि स्पेनका ८१ जना महिला खेलाडीले रुबिआलेसलाई पदबाट नहटाएसम्म स्पेनको महिला टोलीबाट नखेल्ने… Continue reading चुम्बन प्रकरणपछि विवादमा स्पेनी फुटबल महासंघ, खेलाडी आन्दोलित

फ्रान्समा गर्मीले जनजीवन प्रभावित

agency

काठमाडौं । फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो । गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भूभागमा यतिबेलाको तापक्रम ४० डिग्रि सेल्सियससम्म पुगेको छ । गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरु रेड अलर्टमा… Continue reading फ्रान्समा गर्मीले जनजीवन प्रभावित

सी जिन्पिङ र मोदी सीमामा तनाव हटाउन सहमत

GETTY IMAGES

काठमाडौं । भारत र चीनका नेताहरू दुई देशबीचको विवादास्पद सीमामा विद्यमान तनाव घटाउन सहमत भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन्पिङ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका छन्। उनीहरूले बुधवार एक्लाएक्लै भेटवार्ता गरेका थिए । बेइजिङका अनुसार भारतीय प्रधानमन्त्रीको अनुरोधमा सीले उनलाई भेटेका हुन्। सीमामा उत्पन्न तनावका कारण… Continue reading सी जिन्पिङ र मोदी सीमामा तनाव हटाउन सहमत

साउदी सीमारक्षकले आप्रवासीहरुको व्यापक नरसंहार गरिरहेको खुलासा

काठमाडौं । मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्यूमन राइट्स वाचको नयाँ प्रतिवेदनमा साउदी सीमारक्षकहरूले यमनसँग सीमा जोडिएको क्षेत्रमा कैयौँ आप्रवासीहरूको सामूहिक हत्या गरेको आरोप लगाइएको छ। बीबीसीका अनुसार प्रतिवेदनमा युद्धग्रस्त यमन हुँदै साउदी अरब जान खोज्ने सयौँ मानिसलाई गोली हानेर हत्या गरिएको उल्लेख छ। साउदी सीमारक्षकहरूद्वारा मारिएका भनिएका आप्रवासीमध्ये अधिकांश इथियोपियाली नागरिक हुन् । आप्रवासीहरूले गोली… Continue reading साउदी सीमारक्षकले आप्रवासीहरुको व्यापक नरसंहार गरिरहेको खुलासा

रुसको निजी सैन्य समूहका प्रमुख विमान दुर्घटनामा मारिए, षडयन्त्र की भवितब्य ?

काठमाडौं । रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ । दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले बताएका छन् । रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ । प्रिगोजिनको विमान… Continue reading रुसको निजी सैन्य समूहका प्रमुख विमान दुर्घटनामा मारिए, षडयन्त्र की भवितब्य ?

चन्द्रमामा यान उतार्दै भारतले बनायो कीर्तिमान

ISRO\BBC

काठमाडौं । भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो। नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ। इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो। जुलाई १४ मा चन्द्रयान-३… Continue reading चन्द्रमामा यान उतार्दै भारतले बनायो कीर्तिमान

भारतीय चन्द्रयान आज चन्द्र सतहमा अवतरण गर्दै, बन्ने छ इतिहास

ISRO\BBC

काठमाडौं । रूसको चन्द्रमा यात्रा विफल भएपछि विश्वभरिको ध्यान भारतको चन्द्रमा यात्रामा टिकेको छ । भारतको चन्द्रयान–३ बुधबार साँझ (अगस्ट २३) ६ बजेर ४ मिनेटमा चन्द्रमाको सतहमा टेक्ने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ । इसरोले चन्द्रयान अवतरणको अन्तिम तयारीमा रहेको मंगलबार जनाएको हो । सबै सिस्टमलाई समय समयमा जाँच गरिएको र सबै सही ढंगले काम… Continue reading भारतीय चन्द्रयान आज चन्द्र सतहमा अवतरण गर्दै, बन्ने छ इतिहास

रुसको राजधानी मस्कको एक भवनमा कसले गर्यो ड्रोन आक्रमण ?

File

काठमाडौं । रुसको राजधानी मस्कोको मध्य भागस्थित एक निर्माणाधीन भवनमा ड्रोनबाट आक्रमण भएको छ । त्यस शहरका मेयर सेर्गेइ सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राम मार्फत दिएको जानकारी अनुसार हवाई प्रतिरक्षा प्रणालीले अर्को ड्रोन मस्कोको मोजाइस्क इलाकामा खसालिदिएको थियो। कुनै हताहत भएको खबर भने आएको छैन। रिया समाचार एजेन्सीका अनुसार खिम्की र मितिनो इलाकामा पनि विस्फोटनहरू भएका… Continue reading रुसको राजधानी मस्कको एक भवनमा कसले गर्यो ड्रोन आक्रमण ?

पाकिस्तानमा १५ घण्टासम्म नदीमाथि केवलकारमा फसेका ८ जनाको उद्दार

GETTY IMAGES\BBC

इश्लामावाद । पश्चिम पाकिस्तानमा केबलकार अड्किएपछि एउटा नदीमाथि आकाशमा फसेका आठै जनाको उद्धार भएको छ । पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले मङ्गलवार राती अन्तिम तीन जनाको उद्धार गरिएसँगै उद्धार कार्य पुरा भएको जनाएको छ। केबलकारसँगै अड्किएका केही बालकहरूलाई रात पर्नुअघि नै हेलिकप्टरबाट उद्धार गरिएको थियो। बाँकीलाई जिप लाइनबाट मध्यरातसम्म उद्धार गरिएको छ । पाकिस्तानको सेनाले जिप… Continue reading पाकिस्तानमा १५ घण्टासम्म नदीमाथि केवलकारमा फसेका ८ जनाको उद्दार

पाकिस्तानमा यात्रु बसमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु

पञ्जाव । पाकिस्तानको पन्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबसमा आगो सल्केको थियो । फैसलावाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको… Continue reading पाकिस्तानमा यात्रु बसमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु

भारतलाई उछिन्न रुसले पठाएको अन्तरिक्षयान दुर्घटनाग्रस्त

REUTERS\BBC

काठमाडौं । रुसले चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य मस्कोले राखेको थियो। लूना–२५ अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको पहिलो चन्द्र अभियान थियो। यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो। मानवरहित उक्त यान चन्द्रमाको दक्षिणी ध्रुवमा नियन्त्रित… Continue reading भारतलाई उछिन्न रुसले पठाएको अन्तरिक्षयान दुर्घटनाग्रस्त

रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तिमा ७ मारिए

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोका शीर्ष सैन्य कमाण्डरसँग भेटेको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी सहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् । कीएभबाट करिब १५० किलोमिटर उत्तरमा बेलारुसतर्फ रहेको चेर्निहिभ रूसको आक्रमणको पहिलो महिनादेखि नै ठूला आक्रमणबाट धेरै हदसम्म जोगिएको… Continue reading रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तिमा ७ मारिए

भारतको चन्द्र अभियानले पठाएको पहिलो तस्वीर सार्वजनिक

ISRO\BBC

काठमाडौं । भारतको तेस्रो चन्द्र अभियान अहिलेसम्म सबैभन्दा कम खोजी भएको चन्द्रमाको दक्षिणी ध्रुवतर्फ नजिकिँदै गर्दा भारतको अन्तरिक्ष निकायले चन्द्रमाको पछिल्लो तस्बिर सार्वजनिक गरेको छ। उक्त तस्बिर चन्द्रयान–३ सँगै पठाइएको विक्रम नाम दिइएको ल्यान्डरले खिचेको हो। विक्रमले चन्द्रमामा अवतरणका लागि आफ्नो अन्तिम चरणको अभियान बिहीवारबाट सुरू गरेको छ। २३ अगस्टमा रोभर लिएर गएको विक्रम चन्द्रमाको… Continue reading भारतको चन्द्र अभियानले पठाएको पहिलो तस्वीर सार्वजनिक

ट्रम्पलाई चिठीमा विष पठाउने महिलालाई २२ वर्ष जेल

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् जैविक हतियार (विष) पठाएको आरोपमा क्यानडाकी एक महिलालाई अदालतले झण्डै २२ वर्षको जेल सजायँ सुनाएको छ । ५६ वर्षीया पास्कल फेरियरलाई अदालतले २६२ महिना (झण्डै २२ वर्ष) जेल सजायँ सुनाएको हो । सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरिएको एक घातक चिठी ह्वाइट हाउस पुग्नुभन्दा अगाडि… Continue reading ट्रम्पलाई चिठीमा विष पठाउने महिलालाई २२ वर्ष जेल

मलेसियामा सडकमै भयो विमान दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

काठमाडौं । मलेसियाको मध्य सेलान्गोर राज्यमा आज बिहीवार एक सानो निजी विमान सडकमा ठोकिँदा १० जनाको ज्यान गएको छ । विमान दुर्घटना हुँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको ज्यान गएको स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले बताए । मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति निकालेर विमानमा छ जना… Continue reading मलेसियामा सडकमै भयो विमान दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

कोलम्बियामा बढ्यो नरसंहारका घटना, राष्ट्रसंघ चिन्तित

काठमाडौंं । संयुक्त राष्ट्रसङ्घले कोलम्बियामा नाटकीय ढङ्गले हिंसात्मक घटना बढेकामा त्यसको निन्दा गरेको छ । कोलम्बियामा यो वर्षको पहिलो छ महिनामा ५० भन्दा बढी नरसंहारका घटना भएका छन् । सरकार र सशस्त्र समूहबीचको युद्धविरामका बाबजुद ११ प्रतिशतले हिंसा बढेको राष्ट्र सङ्घले जनाएको छ । मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका प्रतिनिधि जुलिएट डे रिवेरोले बढ्दो हिंसाप्रति… Continue reading कोलम्बियामा बढ्यो नरसंहारका घटना, राष्ट्रसंघ चिन्तित

भारतको हिमाचलमा बाढी, कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं । भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ । राज्यका विभिन्न भागमा अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका कारण राज्य सरकारले सबै विद्यालय, कलेज र… Continue reading भारतको हिमाचलमा बाढी, कम्तिमा ५० जनाको मृत्यु

रुसमा पेट्रोल पम्पमा विष्फोट, कम्तिमा एक दर्जन मारिए

REUTERS

काठमाडौं । रुसको दक्षिणी क्षेत्र डागेस्तानको एक पेट्रोल पम्पमा विस्फोटपछि भएको आगलागीमा परी कम्तीमा १२ जना मानिसको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यद्यपि मृतकको सङ्ख्याबारे स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । चिकित्सकलाई उद्धृत गरिएको एक अपुष्ट रुसी विवरणका अनुसार मृत्यु हुनेको सङ्ख्या करिब २५ पुगेको छ र ६० जनाभन्दा… Continue reading रुसमा पेट्रोल पम्पमा विष्फोट, कम्तिमा एक दर्जन मारिए

पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री बने काकर

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले शनिबार सांसद अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति अल्वीले पाकिस्तानको संविधानको धारा २२४ (१–ए) अनुसार स्वीकृति दिएका हुन् । यसअघि पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले विपक्षी दलका नेता राजा रियाजसँग विस्तृत परामर्श गरेपछि उनको नाम राष्ट्रपतिसमक्ष पठाएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काकर सन्… Continue reading पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री बने काकर

एक वर्षमा अमेरिकामा झण्डै ५० हजार मानिसले गरे आत्महत्या

business-standard

काठमाडौं । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले अन्य कुनै पनि वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ । सन् २०२२ मा ४९ हजार ४४९ जनाको ज्यान गुमाएका छन् । प्रत्येक एक लाख मानिसमा लगभग १५ जनाको मृत्यु आत्महत्याबाट हुने गरेको सीएनएनले बिहीबार डाटालाई उद्धृत गर्दै उल्लेख गरेको… Continue reading एक वर्षमा अमेरिकामा झण्डै ५० हजार मानिसले गरे आत्महत्या

फ्रान्सको आइफिल टावरमा कसले दियो बम पड्काउने चेतावनी ?

Photo source : Reuters

काठमाडौं । फ्रान्सको चर्चित आइफिल टावरमा विस्फोटक पदार्थ राखेको चेतावनीपछि खाली गर्नुपरेको छ । चेतावनीपछि आइफिल टावरमा दुई घण्टा सेवा बन्द भएको हो । टावरको सबै क्षेत्रमा परीक्षण गरेपछि आवागमन खोलिएको थियो । सेवा खोले पनि त्यहाँ प्रहरी बललाई तैनाथ गरी अवलोकन गर्ने वातावरण बनाइएको छ । चेतावनी दिने समूहबारे थप अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले… Continue reading फ्रान्सको आइफिल टावरमा कसले दियो बम पड्काउने चेतावनी ?

अमेरिकाको हवाईमा डडेलोमा परी कम्तिमा ८० जनाको मृत्यु

file

काठमाडौं । अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ८० पुगिसकेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार माउई टापुको पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोमा ठूलो मात्रामा मानवीय र भौतिक संरचनाहरूको क्षति भएको छ । डढेलोमा थुप्रै घाइते भएका छन् भने हजारौं परिवार विस्थापित भएका छन् । घटनापछि हवाई राज्यमा आपत्काल घोषणा गरिएको… Continue reading अमेरिकाको हवाईमा डडेलोमा परी कम्तिमा ८० जनाको मृत्यु

सिरियामा लडाकुको एम्बुसमा परी २० सुरक्षाकर्मी मारिए

काठमाडौं । सिरियामा हतियारधारी समूहको एम्बुसमा परी २० जना सुरक्षाकर्मी मारिएका छन् । साथै केही घाइते छन् । मानवअधिकार सम्बन्धी कतिपय संस्थाले भने मृत्यु हुनेको संख्या २३ रहेको र १० जना घाइते भएको जनाएका छन् । शुक्रबार दिर अज जोर प्रान्तको पूर्वी सहर मायादीनमा सुरक्षाकर्मी चढेको बस एम्बुसमा पारिएको थियो । सरकारले भने आईएसआईएलमाथि आक्रमणको… Continue reading सिरियामा लडाकुको एम्बुसमा परी २० सुरक्षाकर्मी मारिए

आप्रवासीका कारण स्पेनमा अहिलेसम्मकै उच्च जनसंख्या

File Photo

काठमाडौं । स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । उच्चस्तरमा जनसङ्ख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मङ्गलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो । त्रैमासिक निरन्तर जनसङ्ख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा ४ करोड ८३ लाख ४५ हजार २२३ जना मानिस बसोबास गरिरहेको देखाएको छ । जुन अहिलेसम्म रेकर्ड गरिएकोमध्ये सबैभन्दा धेरै… Continue reading आप्रवासीका कारण स्पेनमा अहिलेसम्मकै उच्च जनसंख्या

पाकिस्तानमा संसद भंग, नयाँ निर्वाचन कहिले ?

GETTY IMAGES

काठमाडौं । पाकिस्तानको संसद् औपचारिक रूपमा विघटन भएको छ। अब ९० दिनभित्र गर्नुपर्ने निर्वाचन गरिसक्नु पर्छ । निर्वाचन आयोगले जनगणनाको ताजा तथ्याङ्क प्रतिविम्बित हुनेगरी निर्वाचन क्षेत्रहरू पुनः निर्धारण गरिनुपर्ने बताएको छ। निर्वाचन क्षेत्र परिवर्तन गर्ने प्रक्रियाका लागि महिनौँ लाग्न सक्छ। गत साता पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेर जेल चलान गरिएको थियो। उनलाई पाँच वर्ष… Continue reading पाकिस्तानमा संसद भंग, नयाँ निर्वाचन कहिले ?

मोदी विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । लोकसभाका अध्यक्ष ओम बिरलाले आज बिहीवार सदनको कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्ताव अस्वीकृत भएको घोषणा गरेको बीबीसीले जनाएको छ । यसअघि अविश्वास प्रस्तावलाई लिएर लोकसभामा तीन दिनसम्म सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो… Continue reading मोदी विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानेर हत्या

Reuters

काठमाडौं । इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानेर हत्या गरिएको छ । सो देशका उनी सांसद समेत थिए । उनको नाम फर्नान्डो विलाविसेंशियो हो । उनीमाथि बुधवार एक चुनावी अभियानमा सहभागी हुने क्रममा गोली हानिएको हो । घटना उत्तरी शहर क्विटोमा भएको हो । उनी कारमा सवार भएका बेला गोली हानिएको थियो । उनको शिरमा… Continue reading इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानेर हत्या

इरानमा सामुहिक बलात्कारको अभियोगमा ५ जनालाई मृत्युदण्ड

काठमाडौं । इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ । “मे २०२२ मा मारान्ड सहरमा एक महिलालाई अपहरण गरी बलात्कार गर्ने पाँच जनालाई मृत्युदण्ड दिइएको छ,” न्यायपालिकाको मिजान अनलाइनले घोषणा गरेको छ । पूर्वी अजरबैजान प्रान्तमा भएको सामूहिक बलात्कारको चार दिनपछि पक्राउ… Continue reading इरानमा सामुहिक बलात्कारको अभियोगमा ५ जनालाई मृत्युदण्ड

अमेरिकी राष्ट्रपतिलाई फेसबुकमार्फत धम्क्याउने व्यक्तिलाई गुप्तचरले मार्यो

प्रतिकात्मक तस्वीर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनलाई फेसबुकमार्फत् धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारेको छ । बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नामका व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो । एफबीआईका अनुसार साल्ट लेक सिटीको दक्षिणमा पर्ने प्रोवो भन्ने स्थानमा रोबर्टसनकै… Continue reading अमेरिकी राष्ट्रपतिलाई फेसबुकमार्फत धम्क्याउने व्यक्तिलाई गुप्तचरले मार्यो

इटालीमा डुंगा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

file

काठमाडौं । इटालीको लाम्पेडुसा टापुनजिकै समुद्रमा आप्रवासीहरू बोकेको डुङ्गा दुर्घटनामा पर्दा ४१ जनाको मृत्यु भएको जीवित व्यक्तिहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। उक्त दुर्घटनामा परेर बाँच्न सफल चार जनाले उद्धारकर्ताहरूलाई आफूहरू ट्यूनिशियाबाट इटलीतिर जान डुङ्गामा चढेको बताएका छन्। ती चार जना आइभरी कोस्ट र गिनीका नागरिक हुन्। उनीहरू बुधवार लाम्पेडुसा पुगेका थिए। बाँच्न सफलमध्ये तीन पुरुष… Continue reading इटालीमा डुंगा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो