काठमाडौं । नोभेम्बर २० बाट कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्राजिल सर्वाधिक पाँच पटकको विश्व च्याम्पियन हो । ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ । पछिल्लो पटक २००२ मा एसियामै… Continue reading विश्वकपका लागि ब्राजिलको टीम घोषणा
Category: विश्व
किएभका मेयरको चूनौति : विद्युत र खानोपनी आपूर्ति नभए शहरबासी भाग्नुपर्छ
काठमाडौं \एजेन्सी । युक्रेनको राजधानी शहर किएभका मेयरले पूर्ण रूपमा विद्युत् आपूर्ति ठप्प भएको खण्डमा त्यहाँका बासिन्दा सहर छोड्न तयार रहनु पर्ने बताएका छन्। महत्त्वपूर्ण पूर्वाधारहरू लक्षित रुसी हवाई आक्रमणहरूका कारण हालैका साताहरूमा लाखौँ युक्रेनीहरू बेलाबेलामा विद्युत् र पानीबाट वञ्चित हुने गरेका छन्। विद्युत्मा अधिक भारको अवस्था निम्तन नदिन र मर्मत कार्य गर्नका लागि पालैपालो… Continue reading किएभका मेयरको चूनौति : विद्युत र खानोपनी आपूर्ति नभए शहरबासी भाग्नुपर्छ
भिक्टोरिया तालमा खसेको जहाजमा मृत्यु हुनेको संख्या १९ पुग्यो
काठमाडौं । तान्जानियाको भिक्टोरिया तालमा खसेको यात्रु बाहक जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए । स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए ।… Continue reading भिक्टोरिया तालमा खसेको जहाजमा मृत्यु हुनेको संख्या १९ पुग्यो
भिक्टोरिया तालमा जब जहाज दुर्घटनामा पर्यो..
काठमाडौं । तान्जानियाको प्रिसिजन एअरको एउटा विमान आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ।उक्त दुर्घटनामा कम्तीमा तीनजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। दुईजना पाइलटहरू जीवितै रहेको भएपनि उनीहरू ककपिटमा फसिरहेको र तीनले स्थानीय अधिकारीहरूसँग कुरा गरिरहेको बीबीसीले लेखेको छ । उद्धारकर्ता र माझीहरूले विमानभित्र फसिरहेकाहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्। स्थानीय… Continue reading भिक्टोरिया तालमा जब जहाज दुर्घटनामा पर्यो..
सोमालियामा आत्मघाती विष्फोट, कम्तिमा १५ जनाको मृत्यु
काठमाडौं\एजेन्सी । सोमालियाको राजधानी मोगादिशु शहरको दक्षिणी हिस्सास्थित एक सैन्य अड्डामा आत्मघाती बम विष्फोट भएको छ । विष्फोटबाट कम्तिमा १५ जनाको मृत्यु भएको र डेढ सय भन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आत्मघाती बमबारी कसेल गराएको भन्ने स्पष्ट नभएको समेत समाचारमा उल्लेख छ । राज्य संचालित सोमाली नेशनल न्यूज एजेन्सीले भने हमलामा… Continue reading सोमालियामा आत्मघाती विष्फोट, कम्तिमा १५ जनाको मृत्यु
कोप-२७ आजबाट इजिप्टमा सुरु हुँदै, नेपालको मुद्दा के छ ?
काठमाडौं । जलवायुसम्बन्धी सम्मेलनको २७औँ संस्करण आजबाट इजिप्टमा सुरु हुने भएको छ । कोप–२७ सम्मेलन इजिप्टको सार्म एल–शेख सहरमा हुँदैछ । सम्मेलनमा पक्ष राष्ट्रहरूले जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले उल्लेख गरेको छ । नोभेम्बर १८ अर्थात् २ मङ्सिरसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी… Continue reading कोप-२७ आजबाट इजिप्टमा सुरु हुँदै, नेपालको मुद्दा के छ ?
स्टार फुटबलर पिकेले लिए सन्यास, अन्तिम खेलमा जित उपहार
काठमाडौं । स्पेनिस स्टार डिफेन्डर जेरार्ड पिकेले व्यवसायिक फुटबलबाट सन्यास लिएका छन् । उनको अन्तिम खेलमा बार्सिलोनाले स्पेनिस ला लिगामा जित उपहार दिएको छ । बार्सिलोनाले घरेलु मैदानमा अल्मेरियालाई २–० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लियो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र फ्रान्की डि जोङले गोल गरे। यहीँ खेलबाट डिफेन्डर पिकेले व्यवसायिक खेल करियर यही… Continue reading स्टार फुटबलर पिकेले लिए सन्यास, अन्तिम खेलमा जित उपहार
रुसको बारमा आगलागी, कम्तिमा १३ जना मारिए
मस्को । रुसको कोस्ट्रोमा सहरको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार क्लबमा कति जना उपस्थित थिए भन्ने आधिकारिक जानकारी आउन सकेको छैन तर अहिलेसम्म २५० जनालाई सकुशल बाहिर निकालिएको छ । रुसी सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै एक जना रक्सीले मातिएका ग्राहकले डान्स फ्लोरमा फ्लेयर गन चलाउँदा आगो सुरु… Continue reading रुसको बारमा आगलागी, कम्तिमा १३ जना मारिए
भारतका कट्टर हिन्दु धर्मगुरु सुरीको गोली हानी हत्या
अमृतसर । भारतको उत्तरपश्चिम क्षेत्रमा कट्टरपन्थी हिन्दू धर्मगुरु सुधीर सुरीको गोली हानी हत्या गरिएको छ। सिख धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र मानिने स्थलहरू मध्ये एक विश्व प्रसिद्ध गोल्डन टेम्पलमा अवस्थित अमृतसरमा शुक्रवार विरोध प्रदर्शन गर्ने क्रममा ५८ वर्षीय सुरीको हत्या भएको हो। उनी कट्टरपन्थी धार्मिक समूह हिन्दू शिवसेनाका स्वघोषित नेता थिए। उनको हत्यासँग सम्बन्धित रहेको आशङ्कामा… Continue reading भारतका कट्टर हिन्दु धर्मगुरु सुरीको गोली हानी हत्या
डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्ने तयारीमा
काठमाडौं । डोनल्ड ट्रम्पले उनी फेरि ह्वाइट हाउसमा फर्कन चाहेको हालसम्मकै सबभन्दा प्रस्टमध्येको एक सङ्केत दिएका छन्। आयोवा राज्यको सु सहरमा आयोजित र्याली सम्बोधन गर्दै उनले सन् २०२४ मा आफू ‘फेरि लड्ने एकदमै, एकदमै, एकदमै सम्भावना’ भएको बताएको बीबीसीले लेखेको छ । अमेरिकी संसद सदस्य तथा कैयन् सिनेट सदस्यहरू चुनिने आगामी साताको निर्वाचनका निम्ति तय… Continue reading डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्ने तयारीमा
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली हानियो
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एउटा विरोध जुलुसका क्रममा गोली प्रहार भएको छ । उनी घाइते भएको र अस्पतालमा भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उनको दल पीटीआईका सदस्यहरूले थप चारजना घाइते भएको बताएका छन्। उक्त घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ। खानको गोडाको कुन भागमा गोली लागेको भन्ने… Continue reading पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली हानियो
दक्षिण कोरियामा एकैदिन ४६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित
काठमाडौं । दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि… Continue reading दक्षिण कोरियामा एकैदिन ४६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित
उत्तर र दक्षिण कोरियाले एक-अर्का देशमा प्रहार गरे क्षेप्यास्त्र, तनाव बढ्ने संकेत
काठमाडौं । उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ क्षेप्यास्त्र प्रहार गरेका छन्। ती क्षेप्यास्त्रहरू दुवै देशका तटस्थित पानीमा खसेका छन्। कोरिया विभाजन भएयता पहिलोपटक ती दुई देशले समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार गरेका हुन्। त्यसले उक्त क्षेत्रमा तनाव निकै बढेको सङ्केत गर्ने बीबीसीले लेखेको छ । प्योङयाङले बुधवार छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार… Continue reading उत्तर र दक्षिण कोरियाले एक-अर्का देशमा प्रहार गरे क्षेप्यास्त्र, तनाव बढ्ने संकेत
दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास थालेपछि भड्कियो उत्तर कोरिया
काठमाडौं । दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास नरोकेमा संयुक्त राज्य अमेरिकाविरुद्ध शक्तिशाली जबाफी कदम चालिने भन्दै उत्तर कोरियाले धम्की दिएको छ। वाशिङ्गटन र सउलले सोमवारदेखि तिनीहरूको सबैभन्दा ठूलो मध्येको संयुक्त हवाई सैन्य ड्रिल अभ्यास आरम्भ गरेका छन् जुन शुक्रवार समाप्त हुने बताइएको छ। उत्तर कोरियाले पनि त्यस्ता कतिपय ड्रिलहरूको जबाफमा भन्दै हालैका हप्ताहरूमा शृङ्खलाबद्ध रूपमा… Continue reading दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास थालेपछि भड्कियो उत्तर कोरिया
विश्वका २५ धनीको सूची सार्वजनिक, अम्बानी परिवार छैठौं स्थानमा
वासिङटन डिसी । ब्लूमबर्गले विश्वका २५ धनी व्यवसायिक घरानाको सूची सार्वजनिक गरेको छ। तीमध्ये प्रमुख ५ जनाको सूची यसप्रकार रहेको छ: २२४ अरब डलरको मालिक बालमार्ट चलाउने वाल्टन परिवार पहिलो नम्बरमा परेको छ। आम्दानी यति धेरै भएर पनि यो परिवार अमेरिकाको नर्थवेस्ट अर्कान्सास सहरमा बस्छ। अमेरिकाकै मार्स परिवार दोस्रो नम्बरमा छ। यस परिवारको कुल सम्पत्ति… Continue reading विश्वका २५ धनीको सूची सार्वजनिक, अम्बानी परिवार छैठौं स्थानमा
युक्रेनमा पानी र बिजुली आपूर्ति प्रभावित, देशभर हाहाकार
काठमाडौं । संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै रुसले ५० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गर्दा देशभरि बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। राजधानी किएभका ८० प्रतिशत बासिन्दा खानेपानीको पहुँचबाट अलग भएको र ३,५०,००० अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताएका छन्। बीबीसीका अनुसार उत्तर पूर्वी सहर खार्किभमा पनि विद्युत् प्रणालीमा… Continue reading युक्रेनमा पानी र बिजुली आपूर्ति प्रभावित, देशभर हाहाकार
भारतमा डेढ शताब्दी पुरानो पुल भाचिदा कम्तीमा १४१ मारिए
काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा एउटा झोलुङ्गे पुल खस्दा कम्तीमा १४१ जना मानिसहरूको मृत्यु भएको छ। मोरबी सहरमा भएको उक्त घटनामा सयौँ मानिसहरू मच्छू नदीमा खसेका थिए। भिडिओ फुटेजहरूमा बच्न सफल भएकाहरू आंशिक रूपमा डुबेको पुलमा झुन्डिएका देखिन्थे। विवरणहरूका अनुसार घटना हुँदा लगभग ४०० मानिसहरू उक्त पुलमा थिए। बीबीसीका अनुसार अहिलेसम्म १७७ जनाभन्दा धेरै… Continue reading भारतमा डेढ शताब्दी पुरानो पुल भाचिदा कम्तीमा १४१ मारिए
दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा कम्तीमा १५१ जनाको मृत्यु भएको छ। गएराति एक कार्यक्रममा भएको घटनामा १५० जनाभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। भागदौडका क्रममा ५० जनालाई हृदयाघात भएको अनुमान गरिएको छ। घाइतेको उद्धारका लागि १४० भन्दा बढी प्राथमिक उपचारका गाडी घटनास्थलमा पठाइएको थियो। भागदौड भएको केही समयपछि दक्षिण… Continue reading दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु
महाकाली पारी भारतले सडक खन्दा गराएको विस्फोटको ढुङ्गाले लागेर दार्चुलामा बालकको ज्यान गयो
दार्चुला । महाकाली नदीपारि भारतले सडक चौडा पार्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गएको छ । अर्की बालिका घाइते भएकी छिन् । हिजो भएको घटनामा व्यास गाउँपालिका-२ दुम्लिङका हिक्मत महराका छोरा ९ वर्षीय पवनको ज्यान गएको हो । हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी छिन् । उनकाे खुट्टामा चोट… Continue reading महाकाली पारी भारतले सडक खन्दा गराएको विस्फोटको ढुङ्गाले लागेर दार्चुलामा बालकको ज्यान गयो
५० वर्षसम्म ननुहाएका हाजीको नुहाएपछि निधन
काठमाडौं /बिबिसी । विश्वकै फोहोरी उपमा पाएका इरानी नागरिक आमु हाजीको निधन भएको छ । उनले ५० वर्षसम्म नुहाएका थिएनन । उनको ९४ वर्षको उमेरमा निधन भएको हो । आफूलाई बिरामी बनाउने भयले आमु हाजीले आधा शताब्दीभन्दा बढी समयसम्म साबुन र पानीको प्रयोग गर्न अस्वीकार गरेका थिए। दशकौँपछि पहिलो पटक नुहाएको केही महिनापछि उनको निधन… Continue reading ५० वर्षसम्म ननुहाएका हाजीको नुहाएपछि निधन
इटालीको मिलानमा सुपरमार्केटमा चक्कु प्रहार, क्यासियरको मृत्यु-आर्सनलका खेलाडी घाइते
मिलान । इटालीको मिलान शहर नजिक एक सुपरमार्केटमा अन्धाधुन्द छुरा प्रहार भएको छ । सो क्रममा एक जनाको मृत्यु भएको छ । आर्सनलका डिफेन्डर पाब्लो मारी घाइते भएका छन् । सुपर मार्केकटमा छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको अन्य पाँच जना घाइते भएको पुलिसले जनाएको बीबीसीले उल्लेख गरेको छ । घाइते हुनेमध्ये आर्सनलबाट लोनमा… Continue reading इटालीको मिलानमा सुपरमार्केटमा चक्कु प्रहार, क्यासियरको मृत्यु-आर्सनलका खेलाडी घाइते
बेलायती प्रधानमन्त्री सुनकलाइ विश्व नेताहरुको बधाई सन्देश, कसले के भने?
काठमाडौं । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकलाई विश्वभरबाट बधाई सन्देश आइरहेका छन् । विश्वका शीर्ष नेताले देशको पछिल्लो अस्तव्यस्त अवस्थाबाट स्थिरताको आशा व्यक्त गरेका छन् । बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित उनीहरुले बेलायतको राजनीतिक अवस्थाले समग्र विश्वलाई प्रभाव पार्ने उल्लेख गरेका छन् । सुनक हिजो औपचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानमन्त्री सुनकलाई… Continue reading बेलायती प्रधानमन्त्री सुनकलाइ विश्व नेताहरुको बधाई सन्देश, कसले के भने?
चिनियाँ कम्युनिस्ट पार्टीको कङ्ग्रेसबाट पूर्वराष्ट्रपति हु जिन्ताओलाई निकालेको दृष्य सार्वजनिक
काठमाडौं । चीनका भूतपूर्व राष्ट्रपति हु जिन्ताओलाई बेइजिङमा जारी चिनियाँ कम्युनिस्ट पार्टीको कङ्ग्रेसबाट बाहिर निकालिएको दृष्य सार्वजनिक भएको छ ।राष्ट्रपति सी जिन्पिङसँगै बसिरहेका ७९ वर्षीय नेता निकै कमजोर देखिएका थिए। अधिकारीहरूले उनी बसेको ठाउँमा पुगेर हुलाई बाहिर निकालेको भए पनि त्यसको कारणबारे खुलाइएको छैन। प्रत्येक पाँच वर्षमा राजधानी बेइजिङमा हुने अधिवेशनले सीलाई माओ त्सेतुङपछिका सबैभन्दा… Continue reading चिनियाँ कम्युनिस्ट पार्टीको कङ्ग्रेसबाट पूर्वराष्ट्रपति हु जिन्ताओलाई निकालेको दृष्य सार्वजनिक
विश्वकप क्रिकेटमा आज हेभिवेट प्रतिस्पर्धा, भारत र पाकिस्तान भिड्दै
काठमाडौं । अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी–२० विश्वकप क्रिकेटमा आज चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दैछन् । क्रिकेटमा यी दुई बीचको खेल केवल खेलका रुपमा मात्र रहँदैन, यसले विश्वभर दुई खेमा सिर्जना गर्छ । मेलबर्नमा हुने खेललाई मौसमले प्रभाव पार्नसक्ने अनुमानका बीच दुई टीम पहिलो खेल आफ्नो पक्षमा पार्ने तयारीमा छन् । भारत र पाकिस्तानबीचको… Continue reading विश्वकप क्रिकेटमा आज हेभिवेट प्रतिस्पर्धा, भारत र पाकिस्तान भिड्दै
चीनमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि छनोट भएका छन् । बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले सी लाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । महाधिवेशनले ११ जना महिलासहित २ सय ५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । केन्द्रीय कमिटीले पोलिटब्युरो र स्थायी… Continue reading चीनमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन
भारतीय कम्पनी सेरमले किन नष्ट गर्यो १० करोड डोज कोरोना खोप ?
नयाँ दिल्ली । कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग आउन छाडेसँगै कम्पनीहरुले उत्पादन गरेको खोप नास हुन थालेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा १० करोड डोज खोप नष्ट गरिएको छ। संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले बजारमा माग नभएपछि आफ्नो कम्पनीले उत्पादन गरेको झन्डै १० करोड डोज खोप नष्ट गरिएको जानकारी गराएको… Continue reading भारतीय कम्पनी सेरमले किन नष्ट गर्यो १० करोड डोज कोरोना खोप ?
बेलायतमा ४५ दिनमै ढल्यो नयाँ सरकार
लण्डन । बेलायतमा नयाँ सरकार ४५ दिनमै ढलेको छ । प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएसँगै सरकार ढलेको हो । बिहीबार साँझ उनले राजीनामा दिएको बीबीसीले जनाएको छ । उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण सरकारको तीव्र आलोचना भएसँगै उनले पदत्याग गरेकी हुन् । आलोचना मत्थर गर्न केही दिनअघि उनले आफ्ना अर्थमन्त्रीलाई… Continue reading बेलायतमा ४५ दिनमै ढल्यो नयाँ सरकार
६२ वर्षपछि श्रीलंकामा विदेशी कम्पनीलाई तेल बेच्न खुला
कोलोम्बो । श्रीलंकाको संसद्ले स्थानीय इन्धन बजारमा विदेशी प्रतिस्पर्धालाई अनुमति दिने कानून पारित गरेको छ । यो कदमले सन् १९६० को दशकको सुरुमा तेल कम्पनीहरूको राष्ट्रियकरणपछि पहिलो पटक अन्तर्राष्ट्रिय तेल कम्पनीहरूलाई श्रीलंकामा पुनः प्रवेश गर्न मंगलबारको निर्णयले मार्ग प्रशस्त गरेको छ । यद्यपि भारतीय आयल कर्पोरेसनले सन् २००३ देखि नै त्यहाँ इन्धन आपूर्तिका लागि अनुमति… Continue reading ६२ वर्षपछि श्रीलंकामा विदेशी कम्पनीलाई तेल बेच्न खुला
भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवार बाहिर, ८० वर्षका खड्गे नयाँ अध्यक्ष
एजेन्सी । भारतमा भारतीय राष्ट्रिय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ । बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणाम अध्यक्षमा ८० वर्षीय मल्लिकार्जुन खड्गे निर्वाचित भएसँगै नेतृत्व गान्धी परिवार बाहिर गएको हो । मतपरिणाम अनुसार खड्गे ७८९७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी ६६ शशि थरूरले १०७२ मत मत ल्याएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। ४१६… Continue reading भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवार बाहिर, ८० वर्षका खड्गे नयाँ अध्यक्ष
युक्रेनमा पानी र विद्युतको आपूर्ति नराम्रोसँग प्रभावित
काठमाडौं । रुसी सेनाले युक्रेनको उर्जा सेवालाई फेरि निसानामा पार्दा राजधानी किएभका केही क्षेत्रसहित अन्य सहरमा बिजुली र पानी आपूर्ति बन्द भएको छ। बीबीसीका अनुसार राजधानीमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ । डिनिप्रो नदी नजिकैको ऊर्जा केन्द्र वरपरबाट धुवाँको मुस्लो निस्किएको देखिएको छ। किएभको पश्चिममा रहेको जितोमीरमा बिजुली र पानीको आपूर्ति काटिएको छ… Continue reading युक्रेनमा पानी र विद्युतको आपूर्ति नराम्रोसँग प्रभावित