काठमाडौं । पेनाल्टी शूट आउटमा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल पुगेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४–२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो । क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टी… Continue reading ब्राजिल क्वाटरफाइनलमा पराजित, क्रोयसियाले पेनाल्टीमा हरायो
Category: विश्व
आजबाट विश्वकपमा क्वाटरफाइनल भिडन्त, दुबै दक्षिण अमेरिकी महाराथीको यात्रा तय हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आजबाट क्वाटरफाइनलका खेल हुँदैछन् । शुक्रबार पहिलो र शनिबार बिहान दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना भिड्नेछन् । यी दुबै… Continue reading आजबाट विश्वकपमा क्वाटरफाइनल भिडन्त, दुबै दक्षिण अमेरिकी महाराथीको यात्रा तय हुँदै
जर्मनीमा ‘कु’को प्रयास, देशभर हाइ अलर्ट
काठमाडौं । जर्मनीमा ‘कु’को प्रयास भएको छ । सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा जर्मन प्रहरीले देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जर्मन अधिकारीहरूले सरकारविरुद्धको ‘कु’ को प्रयासमा उग्रदक्षिणपन्थी तथा पूर्व सैन्य अधिकारीहरू समूह सक्रिय रहेको उल्लेख गरेका छन् । उक्त समूहले संसद् भवन राइक्सटागमा घुस्ने र शक्ति हत्याउने… Continue reading जर्मनीमा ‘कु’को प्रयास, देशभर हाइ अलर्ट
ट्रम्प अर्गनाइजेसन कर छलिमा दोषी ठहरिँदा ट्रम्पलाई राष्ट्रपति उम्मेदवारको होडमा के असर पर्छ ?
काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पारिवारिक घरजग्गा कम्पनी करछली र अन्य आर्थिक अपराधमा दोषी ठहरिएको छ। मङ्गलवार न्यूयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनलाई सबै अभियोगमा दोषी पाएका हुन्। उक्त कम्पनीमाथि १७ अभियोग लगाइएका थिए जसमा षड्यन्त्र, झुटा प्रतिवेदन र वर्षौँदेखि आफ्ना कार्यकारीका लागि करछलीका प्रकरण चलाएको कुरा समावेश रहेको बीबीसीले लेखेको छ ।… Continue reading ट्रम्प अर्गनाइजेसन कर छलिमा दोषी ठहरिँदा ट्रम्पलाई राष्ट्रपति उम्मेदवारको होडमा के असर पर्छ ?
कच्चा तेलको भाउ ११ महिना यताकै सस्तो
काठमाडौं । पछिल्लो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । एक महिनाकै अवधिमा विश्व बजारमा कच्चा तेलको भाउ करिब १९ प्रतिशतले घटेको हो । विश्वभर देखिएको आर्थिक मन्दी र यरोपियन युनियनले रुसी तेलमा लगाएको ‘क्याप’का कारण अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको भाउमा भारी गिरावट आएको हो । एक महिनामै कच्चा तेलको भाउ… Continue reading कच्चा तेलको भाउ ११ महिना यताकै सस्तो
रोनाल्डोबीनै पोर्चुगलको सनसनीपूर्ण जित, स्वीट्जरल्याण्डलाई ६ गोल
काठमाडौं । भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबीनै मैदान उत्रिएको पोर्चुगलले विश्वकप फुटबलमा सनसनीपूर्ण जित निकालेको छ । युवा फरवार्ड गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेलेका थिए । उनले ह्याट्रिक गरेपछि स्वीट्जरल्याण्डलाई ६–१ को फराकिलो गोलअन्तरले हराएको हो । यससँगै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ । २१ वर्षीय युवा फरवार्ड रामोस… Continue reading रोनाल्डोबीनै पोर्चुगलको सनसनीपूर्ण जित, स्वीट्जरल्याण्डलाई ६ गोल
स्पेन पेनाल्टी शुटआउटमा स्तब्ध, मोरक्को पहिलो पटक क्वाटरफाइनलमा
काठमाडौं । २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा स्तब्ध बनेको छ । उसलाई मोरककोले पेनाल्टीमा ३–० ले हरायो । अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो । मोरक्कोका गोलकिपर यासिन बोनो नायक बने । उनले दुई पेनाल्टी बचाए । मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुगेको हो । विश्वकप इतिहासमा… Continue reading स्पेन पेनाल्टी शुटआउटमा स्तब्ध, मोरक्को पहिलो पटक क्वाटरफाइनलमा
सानदार प्रदर्शन गरेको ब्राजिल क्वाटरफाइनलमा
काठमाडौं । दक्षिण कोरियालाई सानदार गोल अन्तरमा हराएको ब्राजिल फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उसले गत राती कोरियालाई ४–१ गोलअन्तरले हरायो पहिलो हाफमा नै ४ गोलको अग्रता बनाएको ब्राजिलले त्यसपछि भने गोल थप्न सकेन । खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाए , त्यसको केही समयपछि नेइमारले पेनाल्टीमा गोल गरी… Continue reading सानदार प्रदर्शन गरेको ब्राजिल क्वाटरफाइनलमा
एमबाप्पे चम्किएपछि फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
काठमाडौं । ओलिभर जिरुड र केलिएन एमबाप्पेले उत्कष्ट प्रदर्शन गरेको खेलमा फ्रान्सले पोल्याण्डलाई हराउँदै क्वाटरफाइनल पुगेको छ । फ्रान्सले पोल्याण्डलाई ३–१ गोलअन्तरमा हरायो । फ्रान्स साविक विजेता समेत हो । अल थुमाना रंगशालामा भएको खेलमा फ्रान्सका लागि एमबाप्पेले दुई तथा जिरुडले एक गोल गरे । जिरुडले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाए । एमबाप्पेले दोस्रो… Continue reading एमबाप्पे चम्किएपछि फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
महान फुटबलर पेलेको स्वास्थ्य अवस्था के छ ?
काठमाडौं । महान फुटबलर पेलेको स्वास्थ्य अवस्थालाई लिएर संसारभर चासो व्यक्त भइरहेको छ । उनी स्वयमले जारी गरेको एक स्टेटमेन्टमा भने आफू ठूलो आशासहित बलियो रहेको बताएका छन् । उनी साओ पाओलोको अस्पतालमा उपचारार्थ छन् । उनले विश्वकप २०२२ मा ब्राजिलको खेल हेरिरहेको र यसले उनलाई थप शक्ति दिएको उल्लेख गरेका छन् । अस्पतालले पेलेको… Continue reading महान फुटबलर पेलेको स्वास्थ्य अवस्था के छ ?
१ हजारौं खेलमा चम्किए मेसि, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश
काठमाडौं । कप्तान लियोनल मेसिको कीर्तिमानि खेल र उत्कृष्ट प्रदर्शनबाट प्रेरित अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । करिअरको १ हजारौं गोलमा मेस्सीले जादुयी प्रदर्शन गरे । ३५ वर्षीय मेस्सी करिअरको १६९ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । यससङ्गै अर्जेन्टिनाले शुक्रबार नेदरल्याण्ड्ससँगको क्वाटरफाइनल भेट पक्का गरेको छ । रक्षात्मक रणनीतिले अर्जेन्टिनालाई पहिलो हाफमै समस्यामा पारेको… Continue reading १ हजारौं खेलमा चम्किए मेसि, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश
उत्तर कोरियाली शासक किमकी छोरी एक सातामा दोस्रो पटक सार्वजनिक कार्यक्रममा देखिइन्
काठमाडौं । उत्तर कोरियाली नेता किम जङ अनकी छोरी एक साताभित्र दोस्रो पटक सार्वजनिक रुपमा देखा परेकी छन्। त्यसले कतै उनी उत्तराधिकारी त हुने हैनन् भनेर अनुमानहरू बढाएको बीबीसीले लेखेको छ । तर देशको सरकारी सञ्चारमाध्यमले किमकी छोरीको नाम र उमेर खुलाएको छैन। उनी किमकी सबैभन्दा प्यारी र अनमोल सन्तान भनि व्याख्या गरिएको समेत समाचारमा… Continue reading उत्तर कोरियाली शासक किमकी छोरी एक सातामा दोस्रो पटक सार्वजनिक कार्यक्रममा देखिइन्
विश्वकप इतिहासमा पहिलो पटक तीन एसियाली मुलुक नकआउट चरणमा
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा एसियाले नयाँ कीर्तिमान बनाएको छ । जसमा तीन राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् । यो पहिलो पटक सम्भव भएको हो । एसिया आयोजक भएको समयमा एसियाली टीमहरुको प्रदर्शन समेत उच्च कोटीको रहेको छ । पहिलो पटक कतारमा आयोजना भएको विश्वकपमा यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले… Continue reading विश्वकप इतिहासमा पहिलो पटक तीन एसियाली मुलुक नकआउट चरणमा
विश्वकप : जितका बावजुत समूह चरणबाटै घर फर्कियो जर्मनी
काठमाडौं । आफ्नो अन्तिम खेलमा जितका बावजुत चारपल्टको च्याम्पियन जर्मनी फिफा विश्वकपबाट बाहिरिएको छ । लगातार दोस्रो संस्करणमा जर्मनी समूह चरणबाटै बाहिरिएको हो । दोहाको अल बायेट रंगशालामा कोष्टारिकामाथि ४–२ गोलअन्तरको शानदार जित निकालेको थियो । तर, समूहकै अर्को खेलमा जापानले स्पेनलाईे हराएपछि जर्मनीको बाटो बन्द भएो हो । विश्वकपको ग्रुप अफ डेथ मानिएको समूह… Continue reading विश्वकप : जितका बावजुत समूह चरणबाटै घर फर्कियो जर्मनी
विश्वकप : दुई विश्व विजेतालाई हराउँदै एसियाली टीम जापान अन्तिम १६ मा
दुई विश्व विजेता टाीले स्पेन र जर्मनीलाई समूह चरणमा हराएको जापान अन्तिम १६ मा पुगेको छ । सनसनीपूर्ण खेलमा स्पेनमाथि २–१ गोलअन्तरको जित निकाल्दै एसियाली महारथी जापान समूह विजेता समेत बन्यो । स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जापान समूह ई को विजेतासमेत बन्यो । समूहमा पूर्व विश्व च्याम्पियनहरु स्पेन र जर्मनी दुवैलाई हराएको… Continue reading विश्वकप : दुई विश्व विजेतालाई हराउँदै एसियाली टीम जापान अन्तिम १६ मा
विश्वकप : उच्च दवावका बीच अर्जेण्टिनाको सानदार जित, बन्यो समूह विजेता
काठमाडौं । समूहको अन्तिम खेलमा जित्नै पर्ने उच्च दवावका बीच मैदान उत्रिएको अर्जेण्टिनाले पोल्याण्डमाथि प्रभावशाली जित निकालेको छ । अर्जेन्टिना फिफा विश्वकपमा आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश समेत गरेको छ । साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । हारे पनि पोल्याण्ड… Continue reading विश्वकप : उच्च दवावका बीच अर्जेण्टिनाको सानदार जित, बन्यो समूह विजेता
जर्मनी र कोष्टारिकाको खेलबाट महिला रेफ्रीले बनाउँदैछन् इतिहास
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ बाट महिलाका नाममा नयाँ इतिहास बन्दैछ । विश्वकप इतिहासमा पहिलो पटक महिला रेफ्रीले पुरै खेल खेलाउँदैछन् । विश्वकपअन्तर्गत बिहीबार राति समूह ‘ई’ का कोस्टारिका र जर्मनीबीचको खेलमा तीन जना रेफ्री नै महिला रहनेछन् । फिफा विश्वकपको पुरुषको स्पर्धा खेलाउने उनीहरु पहिलो महिला रेफ्री बन्ने कीर्तिमान बन्दैछ । ३८… Continue reading जर्मनी र कोष्टारिकाको खेलबाट महिला रेफ्रीले बनाउँदैछन् इतिहास
नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने
काठमाडौं । उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण क्षतिग्रस्त महत्त्वपूर्ण ऊर्जासम्बन्धी पूर्वाधार मर्मत गर्न सहयोग पुर्याउने भएको छ । बुकरेस्टमा भएको एक सम्मेलनमा उक्त सैन्य सङ्गठनका प्रमुख यान्स स्टोलटेनबेर्गले मस्कोले “जाडोयामलाई युक्रेन युद्धको हतियारको रूपमा प्रयोग गर्न खोजेको” आरोप लगाएको बीबीसीले लेखेको छ ।… Continue reading नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने
स्वीट्जरल्याण्डविरुद्ध कठिन जित निकालेको ब्राजिल अन्तिम १६ मा
काठमाडौं । सबैभन्दा धेरै विश्वकप उचाल्ने टीम ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको छ । स्वीट्जरल्याण्डविरुद्ध कठिन जित निकाल्दै ब्राजिलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । कासेमिरोको निर्णायक गोल मद्दतमा स्वीट्जरल्याण्डलाई ब्राजिलले १–० गोलले हरायो । पहिलो खेलमा सर्वियालाई २–० ले पराजित गरेको ब्राजिल लगातार दुई जितपछि समूह जी बाट नकआउट चरणमा प्रवेश… Continue reading स्वीट्जरल्याण्डविरुद्ध कठिन जित निकालेको ब्राजिल अन्तिम १६ मा
विश्वकप : पोर्चुगल अन्तिम १६ मा पुग्दा उरुग्वे दवावमा
काठमाडौं । पोर्चुगल विश्वकप फुटबलको प्रिक्वाटरफाइनल प्रवेश गरेको छ । बुर्नो फर्नान्डेजको दुई गोल सहयोगमा पूर्व च्याम्पियन उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । सोमबार राती सम्पन्न खेलमा दुवै टिमले उत्कृष्ट फुटबल खेले पनि नतिजा पोर्चुगलको पक्षमा आएको हो । ५४औं मिनेटमा बुर्नो फर्नान्डेजले गरेको क्रस उरुग्वेका गोलरक्षक सर्जियो… Continue reading विश्वकप : पोर्चुगल अन्तिम १६ मा पुग्दा उरुग्वे दवावमा
चीनमा लकडाउन विरुद्ध देशैभर चर्कियो प्रदर्शन
काठमाडौं । चीनमा कोभिड नियन्त्रणका लागि जारी कडा प्रतिबन्धविरुद्ध सुरु भएको विरोध प्रदर्शन दोस्रो रातमै ठूला सहरहरूमा समेत फैलिएर व्यापक बनेको छ। राजधानी बेइजिङ र वित्तीय केन्द्र साङ्घाई सहरमा सयौँ प्रदर्शनकारीहरू जम्मा भएका छन् र उनीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेको बीबीसीले लेखेको छ । प्रदर्शनकारीहरूले सीको शून्य(कोभिड नीतिमाथि प्रश्न गरिरहेका छन् जसमा सामूहिक… Continue reading चीनमा लकडाउन विरुद्ध देशैभर चर्कियो प्रदर्शन
विश्वकप : स्पेनसँग बराबरी खेल्दा जर्मनीलाई अगाडी बढ्न कठिन
काठमाडौं । फिफा विश्वकप २०२२ मा पूर्व विजेताद्वयको भिडन्तमा जर्मनी र स्पेनले एक एक गोलको बराबरी खेलेका छन् । बराबरीसँगै जर्मनीको अन्तिम १६ को आशा जीवित बने पनि कठिन भएको छ । स्पेन भने सहज अवस्थामा छ। समूह ‘ई’ को यो खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६२ मिनेटमा स्पेनले मोराटाको गोलबाट अग्रता… Continue reading विश्वकप : स्पेनसँग बराबरी खेल्दा जर्मनीलाई अगाडी बढ्न कठिन
विश्वकप : बेल्जियम र क्यानडा हारे
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा बेल्जियम र क्यानडाले हार बेहोरेका छन् । यससँगै क्यानडा समूह चरणबाटै बाहिरिने दोस्रो टिम बनेको छ । आइतबार खालिफा अन्तर्राष्ट्रिय रंगशालमा विश्वकपको डेब्यू गोल गर्दै क्रोएसियाविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा क्यानडा ४–१ ले पराजित भयो ।पहिलो खेलमा बेल्जियमसँग पराजित भएको क्यानडा लगातार दोस्रो हारपछि अंकविहीन छ… Continue reading विश्वकप : बेल्जियम र क्यानडा हारे
विश्वकप : दोस्रो खेलमा अर्जेण्टिनाले पस्कियो उत्कृष्ट खेल
काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिनाले पहिलो जित निकालेको छ । पहिलो खेलमा साउदी अरेवियासँग अप्रत्यासित हार बेहोरेको अर्जेण्टिनालाई यो खेल जित्नै पर्ने दवाव थियो । समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हरायो । अर्जेन्टिनाका लागि मेसी र फर्नान्डेजले एक एक गोल गरे। मेसीले डि मारियाको पासमा खेलको ६४ मिनेटमा पहिलो गोल… Continue reading विश्वकप : दोस्रो खेलमा अर्जेण्टिनाले पस्कियो उत्कृष्ट खेल
विश्वकप : फ्रान्स अन्तिम १६ मा-चम्किए एमबाप्पे
काठमाडौं । साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको हो । लगातार दोस्रो जित निकाल्ने क्रममा फ्रान्सले २–१ गोलको जित निकाल्यो। दुवै गोल केलियन एमबाप्पेले गरे। उनले पहिले गोल ६१ मिनेटमा गरेका थिए। तर… Continue reading विश्वकप : फ्रान्स अन्तिम १६ मा-चम्किए एमबाप्पे
विश्वकप : साउदीलाई हराउँदै पोल्याण्डले जोड्यो तीन अंक
काठमाडौं । फिफा विश्वकप २०२२ मा पोल्यान्डले पहिलो जित हात पारेको छ। पोल्यान्डले शनिबार भएको खेलमा साउदी अरेबियालाई २–० गोलले पराजित गर्यो। पोल्यान्डले पहिलो हाफ सकिन ६ मिनेट बाँकी छदा अग्रता लिएको थियो। ३९ मिनेटमा पिटर जेलेस्कीले गोल गर्दै पोल्यान्डलाई १–० गोलले अघि बढाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा साउदी अरेबियाले पेनाल्टी पाएको थियो। बराबरी… Continue reading विश्वकप : साउदीलाई हराउँदै पोल्याण्डले जोड्यो तीन अंक
विश्वकप अगाडीको मैत्रिपूर्ण फूटबलमा अर्जेण्टिनाको सानदार जित, ३६ औं खेलसम्म अपराजित
दोहा । कतार विश्वकपको मुखमै अर्जेन्टिनाले मैत्रिपूर्ण फूटबलमा सानदार जित निकालेको छ । बुधबार राती सम्पन्न खेलमा अर्जेण्टिनाले यूएईलाई ५–० गोलले हरायो । यससँगै अर्जेण्टिनाले आफ्नो बलियो दावेदारी समेत प्रस्तुत गर्न सफल भयो । अबुधाबीमा भएको खेलमा सहज जितसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई ३६ खेलसम्म पुर्याउन समेत सफल भयो । अब लगातार ३७ खेलसम्म… Continue reading विश्वकप अगाडीको मैत्रिपूर्ण फूटबलमा अर्जेण्टिनाको सानदार जित, ३६ औं खेलसम्म अपराजित
विश्वकप उचाल्न ८३१ फूटबलर कतारमा
काठमाडौं । कतारमा मंसिर ४ बाट सुरु हुने विश्वकप फुटबलमा कूल ८३१ खेलाडी सहभागिता हुने निश्चित भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले विश्वकपमा सहभागी देशले मंगलबारसम्म अन्तिम खेलाडीको नाम दर्ता गराईसक्नु पर्ने प्रावधान राखेको थियो । जसअनुसार मंगलबारसम्म विश्वकपका लागि सहभागी ३२ देशले कूल ८३१ खेलाडी दर्ता गराएका हुन् । मंगलबारसम्म सहभागी सबै… Continue reading विश्वकप उचाल्न ८३१ फूटबलर कतारमा
मेसीको प्रक्षेपण : ब्राजिल, फ्रान्स र इंल्याण्ड विश्वकपका मूख्य दावेदार
काठमाडौं । अर्जेन्टिनाइन कप्तान लिओनल मेसीले ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड विश्वकप २०२२ का मुख्य दाबेदार रहेको बताएका छन् । अन्य देशले भने अर्जेण्टिनालाई दोदार मानिरहेका छन् । पेरिस सेन्ट जर्मेनबाट खेल्ने ३५ वर्षीय फरवार्ड कतारमा विश्वकप जित्दै खेल करिअरलाई सुखद बनाउन र अर्जेन्टिनालाई १९८६ पछि पहिलो ट्रफी जिताउन लयमा छन् । ‘जब हामी दाबेदारबारे कुरा… Continue reading मेसीको प्रक्षेपण : ब्राजिल, फ्रान्स र इंल्याण्ड विश्वकपका मूख्य दावेदार
अमेरिकामा तीन फुटबल खेलाडीको गोली हानी हत्या
काठमाडौं\एजेन्सी । अमेरिकामा तीन जना फुटबल खेलाडीको गोली हानी हत्या भएको छ । बीबीसीका अनुसार युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको छ । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको हो । ज्यान गुमाउनेमा विद्यार्थी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन् । घटनामा अरु दुई… Continue reading अमेरिकामा तीन फुटबल खेलाडीको गोली हानी हत्या