Category: विश्व

  • ट्रम्प–जेलेन्स्की नोकझोकका बाबजुत अर्को साता पुनः वार्ता हुँदै

    ट्रम्प–जेलेन्स्की नोकझोकका बाबजुत अर्को साता पुनः वार्ता हुँदै

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की बीच नोकझोकका बाबजुत आगामी साता दुई मुलुकबीच वार्ता हुने भएको छ । जेलेन्स्कीले आगामी साता साउदीमा यस्तो वार्ता हुने जानकारी गराएका हुन् । उनले यो बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको समेत बताएका छन् । अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्य गर्दै शान्ती स्थापनाका लागि यस्तो वार्ता गर्न लागिएको जनाएको छ ।

    अघिल्लो शुक्रबार ह्वाइट हाउसमा दुई राष्ट्रपतिबीच भएको वार्तामा माहोल तात्तिएको थियो । यस दौरान ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नरहेको बताएका थिए । त्यसलगत्तै अमेरिकाले युक्रेनमा युद्ध सहायता रोक्ने घोषणा गरेको थियो । उता युक्रेन भने आफ्नो सबैभन्दा ठूलो सहयोगी अमेरिकासँग सम्बन्ध बिगार्ने पक्षमा छैन । रुसले युक्रेनमा फेब्रुअरी २०२२ मा पहिलो आक्रमण गरेको थियो । त्यसयता युद्ध जारी छ । युक्रेनको २० प्रतिशत भूभाग रुसले कब्जा गरिसकेको छ ।

  • सिरियामा भीषण लडाईं, दर्जनौं हताहत

    सिरियामा भीषण लडाईं, दर्जनौं हताहत

    काठमाडौं । सिरियामा भीषण लडाईं जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाको राजधानी दमस्कमा नयाँ सरकारप्रति वफादार सिरियाली सेना र पूर्व शासक बशर अल असद समर्थकबीच भीषण लडाईं जारी रहेको समाचारमा उल्लेख छ । देशको उत्तर–पश्चिम तटीय क्षेत्रमा रुसी नियन्त्रित एयरवेश नजिक लताकिया प्रान्तमा भएको झडपमा दर्जनौं मानिस मारिएको खबर आएको छ । असदको शासन डिसेम्बरमा पतन भएको थियो ।

  • चीनको संकेत : अमेरिकासँग जुनसुकै युद्धका लागि तयार

    चीनको संकेत : अमेरिकासँग जुनसुकै युद्धका लागि तयार

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क ट्यारिफको बदला लिएसँगै बेइजिङ आफू अमेरिकासँग ुजस्तोसुकै युद्धुका निम्ति तयार रहेको बताएको छ। ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप शुल्क लगाएपछि विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्र व्यापार युद्धको सँघारमा पुगेका छन्।

    ट्रम्पको कदमको बदलामा चीनले तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १०.१५ प्रतिशत आयातशुल्क लगाएको छ । ‘यदि अमेरिकाले युद्ध नै चाहेको हो भने, चाहे त्यो ट्यारिफ युद्ध होस्, वा व्यापार युद्ध वा जस्तोसुकै प्रकारको अन्य युद्ध, हामी अन्त्यसम्म लड्न तयार छौँ, मङ्गलवार चिनियाँ सरकारले गरेको टिप्पणीलाई वाशिङ्टनस्थित चिनियाँ दूतावासले एक्समा रिपोस्ट गरेको छ।

    ट्रम्पले कार्यभार सम्हाले यताको यो सबभन्दा तीखो चिनियाँ प्रतिक्रिया हो। राष्ट्रिय जनकङ्ग्रेसको वार्षिक सम्मेलनका निम्ति चिनियाँ नेताहरू बेइजिङमा भेला हुँदै गर्दा यो टिप्पणी गरिएको छ। बुधवार चिनियाँ प्रधानमन्त्री लि चियाङले यो वर्ष फेरि उसको चीनको रक्षा खर्च ७.२ प्रतिशतले बढाइने घोषणा गरे। उनले विश्वभरि एक शताब्दीयता नदेखिएका परिवर्तनहरू द्रुत गतिमा भइरहेको चेतावनी पनि दिए। यो वृद्धि गत वर्ष नै घोषणा गरिएको थियो र अपेक्षाकृत नै छ।

    अमेरिकाको तुलनामा आफ्नो देश एक स्थिर र शान्त मुलुक भएको छवि प्रस्तुत गर्न चीन लालायित रहँदै आएको छ। अमेरिका मध्यपूर्व र युक्रेनमा फसेको उसले बताउने गर्छ। क्यानडा र मेक्सिकोजस्ता साझेदार मुलुकविरुद्ध समेत आयातशुल्क थोपर्ने ट्रम्पको कदमबाट बेइजिङ फाइदा लिन चाहन्छ र धेरै चर्का कुरा गरेर सम्भावित नयाँ विश्वव्यापी साझेदारहरूलाई तर्साउन चाहँदैन। बीबीसी

  • निजी-अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

    निजी-अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

    काठमाडौं । अन्तरिक्षमा लामो यात्रापछि एक अमेरिकी कम्पनी साहसी चन्द्रमामा अवतरण गरेको छ । यसको अन्तरिक्ष यान सफल भएपछि यो उपलब्धि हासिल गर्ने दोस्रो निजी अवतरणकर्ता बनेको छ । फायरफ्लाई एरोस्पेसको ब्लु घोस्ट मिशन १ ले आइतबार बिहान ३ः३४ बजे अमेरिकी पूर्वी समय ९ः८३४ जिएमटीभन्दा अघि अवतरण गर्ने लक्ष्य राखेको छ । यसले मोन्स ल्याट्रेल नजिकको स्थान, चन्द्रमाको उत्तरपूर्वी नजिकको भागमा मारे क्रिसियममा रहेको एक ज्वालामुखी विशेषतालाई लक्ष्य गरेको छ ।

    “ल्यान्डरले वास्तवमै राम्रोसँग व्यवहार गरेको छ”, ब्लु घोस्टका कार्यक्रम प्रबन्धक रे एलेन्सवर्थले अस्टिन, टेक्सासमा मिसन कन्ट्रोलबाट प्रत्यक्ष वेबकास्टमा भने, “हामीसँग कुनै ठूला विसङ्गतिहरू छैनन्, जुन अद्भुत छ ।”“हामी अमेरिकालाई पहिलो स्थानमा राख्दैछौँ, हामी अमेरिकालाई गर्वित तुल्याउँदैछौँ, हामी यो अमेरिकी नागरिकहरूका लागि गर्दैछौँ”, नासाकी कार्यवाहक निर्देशक जानेट पेट्रोले भने ।

    ‘घोस्ट राइडर्स इन द स्काई’ को उपनाम दिइएको यो मिशन पहिलो निजी चन्द्र अवतरणको एक वर्षभन्दा अलि बढी समयपछि आएको छ र यो आर्टेमिस कार्यक्रमलाई समर्थन गर्न र खर्च कम गर्न उद्योगसँगको नासा साझेदारीको हिस्सा हो । यो कार्यक्रमले अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा फिर्ता गर्ने लक्ष्य राखेको छ ।

    हिप्पोपोटामसको आकारको सुनौलो ल्यान्डर जनवरी १५ मा स्पेसएक्स फाल्कन ९ रकेटमा प्रक्षेपण गरिएको थियो र यसले बाटोमा पृथ्वी र चन्द्रमाको आश्चर्यजनक फुटेज खिचेको थियो । यसले मे महिनामा अवतरण प्रयास गर्ने जापानी कम्पनीको अवतरणकर्तासँग यात्रा साझा गरेको थियो । ब्लु घोस्टले १० वटा उपकरणहरू बोकेको छ । यसमा चन्द्र माटो विश्लेषक, विकिरण–सहिष्णु कम्प्युटर र चन्द्रमामा नेभिगेट गर्न विद्यमान ग्लोबल स्याटेलाइट नेभिगेसन प्रणाली प्रयोग गर्ने सम्भाव्यता परीक्षण गर्ने प्रयोग समावेश छ ।

    पूर्ण चन्द्र दिन ९१४ पृथ्वी दिन० का लागि सञ्चालन गर्न डिजाइन गरिएको ब्लु घोस्टले मार्च १४ मा पृथ्वीले चन्द्रमाको क्षितिजबाट सूर्यलाई रोकेको बेला पूर्ण ग्रहणको उच्च परिभाषा इमेजरी खिच्ने अपेक्षा गरिएको छ । मार्च १६ मा यसले चन्द्र सूर्यास्त रेकर्ड गर्नेछ । अपोलो अन्तरिक्ष यात्री युजिन सर्नानले पहिलो पटक दस्तावेज गरेको रहस्यमय चन्द्र क्षितिज चमक सिर्जना गर्दै यसले सौर्य प्रभावमा धुलो सतहभन्दा माथि कसरी उठ्छ भन्ने विषयमा अन्तर्दृष्टि प्रदान गर्नेछ । रासस, एएफपी

  • अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका ८ नेपालीलाई काठमाडौं फिर्ता ल्याइयो

    अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका ८ नेपालीलाई काठमाडौं फिर्ता ल्याइयो

    काठमाडौं । आधिकारिक कागजात बिना नै अमेरिकामा रहेका ८ नेपाली निष्कासनमा परेका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उतारिएको छ । सात पुरुष र एक महिला बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

    चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हो । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै नेपाल आएको हो । उनीहरुलाई अल्बानियासम्म हत्कडी लगाइएको थियो । ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।

  • युक्रेनका रास्ट्रपति बेलायत पुगे, सैन्य सहायतामा सम्झौता

    युक्रेनका रास्ट्रपति बेलायत पुगे, सैन्य सहायतामा सम्झौता

    काठमाडौं । अमेरिकाका राष्ट्रपति ट्रम्पसँग बाझाबाझ भएपछि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की बेलायत गएका छन् । बेलायतका प्रधानमन्त्री कियर स्टार्मर र जेलेन्स्कीबीच भएको भेटवार्तापछि युक्रेनलाई २.२६ अर्ब पाउण्डको सैन्य सहायता गराउने सम्झौता समेत भएको छ ।

    ह्वाइटहाउसबाट अपमानित महसुस गरी बाहिरिएका जेलेन्स्कीलाई बेलायतका बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले न्यानो स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    डाउनिङ स्ट्रिटमा भएको भेटवार्ताका क्रममा स्टार्मरले युक्रेनलाई युनाइटेड किङ्गडमभरिबाट पूर्ण समर्थन रहेको बताएका थिए । अनि जेलेन्स्कीले युक्रेनका यस्ता असल साथीहरु पनि रहेको भन्दै आफूहरु निकै खुसी भएको बताएका थिए ।

    बीबीसीका अनुसार भेटवार्तापछि सैन्य सहायता सम्बन्धी सम्झौता भएको थियो । बेलायतले युक्रेनलाई २.२६ अर्ब पाउण्ड बराबरको सैन्य सहायता उपलब्ध गराउने र यो रकम बेलायतले रोक्का गरेको रुसी सम्पत्तिबाट भुक्तानी हुने बीबीसीले जनाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले रुसी सम्पत्तिमा रोक्का गरेको थियो ।

    जेलेन्स्की शनिबार अमेरिका गएका थिए । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको छलफल तनावपूर्ण बनेको थियो । उनीहरुबीच बाझाबाझ भएपछि अमेरिका र युक्रेनबीच हुने भनिएको खनिज सम्झौता रद्द भयो । यो घटनाले युक्रेन-अमेरिका सम्बन्धलाई संकटमा पुर्‍याएको विश्लेषकहरुले बताएका छन् ।

  • ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको वार्ता विवादित, ह्वाइट हाउसमा अपमानित भए जेलेन्स्की

    ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको वार्ता विवादित, ह्वाइट हाउसमा अपमानित भए जेलेन्स्की


    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको वार्ता विवादित बनेको छ । साथै जेलेन्स्कीले अपमानित हुनु परेको छ ।

    बैठक छोडेर हिंडेका जेलेन्स्कीले ट्रम्पसँग जे भयो त्यो ठीक नभएको प्रतिक्रिया दिंदै सम्बन्धलाई भने बचाइराख्न सकिने बताएका छन् ।

    यो वार्ताको मुख्य उद्देश्य अमेरिकीसँग खनिज सम्झौतामा हस्ताक्षर गर्नु थियो । तर, वार्ता एकाएक असामान्य र तनावपूर्ण बन्यो ।

    ट्रम्पले चर्को आलोचना गरेर पेलेपछि जेलेन्स्की पनि प्रतिवादमा उत्रिएका थिए । वार्तामा कुनै खनिज सम्झौतामा हस्ताक्षर पनि भएन । जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्नसमेत भनियो र उनी निस्किए ।

    ट्रम्पले वार्ताडोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको वार्ता छ ।

  • थाइल्याण्डमा बस दुर्घटना, कम्तिमा १८ जनाको मृत्यु

    थाइल्याण्डमा बस दुर्घटना, कम्तिमा १८ जनाको मृत्यु

    काठमाडौं । थाइल्याण्डको बैंककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी बैंककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये दुर्घटना भएको बस एउटा थियो ।

    दुर्घटनामा १७ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो, प्रहरी लेफ्टिनेन्ट कर्णेल सिवापास फुरीप्चाइबुन्चुले बताए । उनले भने, ‘हामीले चालकलाई सोधपुछ गर्दा बसको ‘ब्रेक फेल’ भएका कारण सडकबाट भीर हुँदै निकै तल खसेको उनले बताएका छन्। थप अनुसन्धान भइरहेको छ ।’ बस दुर्घटना हुँदा बसमा ४९ जना सवार रहेको र घाइतेहरुलाई उपचारका लागि दुई वटा अस्पतालमा लगिएको छ ।


    विश्व स्वास्थ्य संगठनका अनुसार थाइल्याण्डमा सडक सुरक्षाको सबैभन्दा खराब रेकर्ड छ । यहाँ हरेक वर्ष लगभग २० हजार व्यक्तिको सडक दुर्घटनाका कारण मृत्यु हुन्छ। पुरानो र असुरक्षित सवारी साधन र चालकको लापर्बाही सडक दुर्घटनाको प्रमुख कारक मानिन्छ । गत अक्टोबरमा बैंकको उपनगरमा एउटा विद्यालयका विद्यार्थी बोकेको बसमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको थियो ।

  • रुस र अमेरिकी कुटनीतिज्ञ इस्तानबुलमा भेट्दै

    रुस र अमेरिकी कुटनीतिज्ञ इस्तानबुलमा भेट्दै

    काठमाडौं । दुई मुलुकबिचको सम्बन्धमा सुधार भइरहेको सम्बन्धमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले रुसी र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार सम्हालेपछि अमेरिकी विदेश नीतिलाई पूर्णतः परिवर्तन गरेका छन् ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गर्दै तीन वर्षभन्दा बढी समयमा पहिलो पटक मस्कोसँग उच्चस्तरीय वार्ता सुरु गरेका छन् । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनमा दुवै देशले एक अर्काबाट दूतावासका कर्मचारीहरूलाई निष्कासन गरेपछि पछिल्लो बैठक कूटनीतिक मुद्दाहरूको समाधानमा केन्द्रित हुनेछ । “त्यस्तो बैठक भोलि इस्तानबुलमा हुनेछ । मलाई लाग्छ कि यसको परिणामले हामी कति छिटो र प्रभावकारी रूपमा अगाडि बढ्न सक्छौँ भनेर देखाउनेछ”, विदेशमन्त्री लाभरोभले कतारको भ्रमणमा बुधबार भने ।

    लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबिच फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेट भएको थियो । त्यहाँ उनीहरू युक्रेनबिना नै युक्रेन युद्धबारे वार्ता सुरु गर्न सहमत भएका थिए । त्यसयता दुवै पक्ष युक्रेनलाई एक किनारमा राखेर नजिक आएका छन् । गत बुधबार ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई ‘तानाशाह’ भनेर युद्ध अन्त्य गर्न ‘छिटो अघि बढ्न’ आह्वान गरेका थिए ।
    तीन वर्षअघि मस्कोले आफ्नो छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्नबाट बच्न संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घमा सोमबार दुई पटक रुसको पक्षमा मतदान गरेको थियो । रासस–एएफपी

  • अमेरिका–युक्रेनबीच खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति

    अमेरिका–युक्रेनबीच खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति

    काठमाडौं । अमेरिका र युक्रेनबीचको खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति भएको छ । दुई देशबीच सहमति भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की सहमतिमा हस्ताक्षर गर्न तयार रहेको बताएका छन् । त्यसका लागि जेलेन्स्की यसै साता ह्वाइट हाउस आइपुग्ने ट्रम्पको भनाइ छ । ‘युक्रेनी राष्ट्रपति शुक्रबार आउने भन्ने सुनेको छु, ट्रम्पले ओभल अफिसमा पत्रकारसँग भने, ‘पक्कै पनि यो मेरो साथ ठीक छ यदि उसले चाहन्छ भने । म बुझ्छु, यो ठूलो कुरा हो, धेरै ठूलो कुरा ।’

    केहि दिनयता युक्रेनी खनिजको स्वामित्वका विषयमा दुई देशबीच कुराकानी भइरहेको थियो । ‘हामीले वास्तवमै केही राम्रा परिमार्जनसहित त्यसमा सहमति जनाएका छौं । यसलाई सकारात्मक परिणामको रूपमा हेरेका छौँ, एक वरिष्ठ युक्रेनी अधिकारीले बीबीसीसँग भनेका छन् । अमेरिकाले यसअघि ५ खर्ब अमेरिकी डलर बराबरको युक्रेनी रेयर अर्थ मेटलका साथै तेल तथा ग्यासलगायत प्राकृतिक स्रोतसाधनमा अधिकार दाबी गरेको थियो । तर अमेरिका त्यसमा भने केही पछि हटेको फाइनान्सियल टाइम्सले जनाएको छ । तर सहमतिमा यसअघि जेलेन्स्कीले राखेको युक्रेनको सुरक्षाबारे भने सहमतिले कुनै ग्यारेन्टी सुनिश्चितता नगरेको बीबीसीले जनाएको छ ।

  • अफगानिस्तानमा असिना र वर्षा, कम्तिमा २९ जनाको मृत्यु

    अफगानिस्तानमा असिना र वर्षा, कम्तिमा २९ जनाको मृत्यु

    काठमाडौं । अफगानिस्तानका दुई प्रान्तमा असिना र भारी वर्षाका कारण २९ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । “पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाको मृत्यु भयो र अन्य छ जना घाइते भए”, प्रान्तको विपद् व्यवस्थापन विभागका प्रमुख मोहम्मद इजरायल सायरले भने, पीडित पिकनिकमा गएका दुई परिवारका सदस्यहरू रहेको उनले बताए । दक्षिणी कान्दाहारमा स्थानीय विपद् व्यवस्थापन विभागले एक विज्ञप्तिमा भारी वर्षाका कारण विभिन्न स्थानमा महिला र बालबालिका सहित आठ जनाको मृत्यु भएको बताएको छ ।

    “आज कपडा धुने काममा व्यस्त चार महिलालाई बाढीको पानीले बगाएर लगेको थियो, एक महिला मात्र बाँच्न सफल भइन्”, वक्तव्यमा भनिएको छ ।
    कान्दाहारमा एक परिवारको छत खस्दा एक बच्चा डुबेको र एक महिला र तीन बालबालिकाको मृत्यु भएको बताइएको छ । दशकौँसम्मको युद्धपछि विश्वका सबैभन्दा गरिब देशमध्ये अफगानिस्तान विशेष रूपमा जलवायु परिवर्तनको प्रभावमा परेको छ । वैज्ञानिकहरूका अनुसार यस मुलुकमा चरम मौसमी घटनाहरू बढिरहेका छन् ।

    यो जलवायु परिवर्तनप्रति सबैभन्दा बढी संवेदनशील देशहरूको सूचीमा छैटौँ स्थानमा रहेको छ । संयुक्त राष्ट्र विकास एजेन्सीका अफगानिस्तानस्थित प्रतिनिधि स्टिफेन रोड्रिक्सले सन् २०२३ मा खडेरी, बाढी, भूमि क्षरण र कृषि उत्पादकतामा गिरावट प्रमुख खतराहरू रहेको बताए । गत वर्ष मे महिनामा आएको आकस्मिक बाढीले अफगानिस्तानमा सयौँ मानिसको ज्यान लिएको थियो र कृषि भूमिको ठूलो भाग डुबानमा परेको थियो । त्यहाँ ८० प्रतिशत मानिस बाँच्नका लागि खेतीमा निर्भर छन् । राससएएफपी

  • नेपालमा ओभर-स्टे गरेका ७ बंगलादेशी नागरिक पक्राउ

    नेपालमा ओभर-स्टे गरेका ७ बंगलादेशी नागरिक पक्राउ

    काठमाडौं । गैरकानुनी रुपमा नेपाल बस्दै आएका सात बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओभर स्टेको रुपमा बस्दै आएका उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा २६ वर्षीय एमडी एटिकुल इस्लाम, ४० वर्षीय एमडी आलम मोल्ला, ३७ वर्षीय एमडी जहन्जिर आलम, ३६ वर्षीय एमडी अमिनुल होकु, ३९ वर्षीय एमडी अमदुल अहांक, २८ वर्षीय एमडी नसिर उद्धिन र ४६ वर्षीय एमडी मोसारी हुसेन होलादर छन् । उनीहरूलाई ठमेल र गौशालाबाट पक्राउ गरेर अध्यागमन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

  • इसाई धर्म गुरु पोप फ्रान्सिसको स्वास्थ्य अवस्था गम्भीर

    इसाई धर्म गुरु पोप फ्रान्सिसको स्वास्थ्य अवस्था गम्भीर

    काठमाडौं । इसाई धर्म गुरु पोप फ्रान्सिसको स्वास्थ्य अवस्था गम्भीर रहेको खबर सार्वजनिक भएको छ । भ्याटिकन सिटीले एक बयान जारी गरि यसबारे जानकारी गराएको हो । पोप लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका छन् ।

    भूतपूर्व पोप बेनेडिक्टको निधन

    भ्याटिकन सिटीबाट जारी गरेको बयानमा उनको अवस्था गम्भीर बन्दै गएको उल्लेख छ । ८८ वर्षिय पोपलाई सास लिन समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई अतिरिक्त रगत समेत चढाइएको थियो । उनको रोममा उपचार जारी छ ।

  • इजरायलले सम्झौता विपरित ६ सय प्यालेष्टाइन कैदी छाड्न ढिलाई, बढ्दो चिन्ता

    इजरायलले सम्झौता विपरित ६ सय प्यालेष्टाइन कैदी छाड्न ढिलाई, बढ्दो चिन्ता

    काठमाडौं । इजरायलले युद्धबिराम सम्झौता विपरित ६ सय प्यालेष्टाइन कैदीको रिहाईमा ढिला गरेको छ । यसले अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा चिन्ता बढेको छ । इजरायलले यी कैदीको रिहाई ढिला हुने घोषणा नै गरेको छ । यसलाई युद्धबिराम प्रक्रियाको एक ठूलो झड्का मानिएको छ ।

    आज पनि इजरायल र हमासबीच कैदी -बन्दी आदानप्रदान हुँदै

    हमासले शनिबार ६ बन्दी छाडेको थियो । सम्झौता अनुसार सोही दिन ६ सय कैदीलाई इजरायलले मुक्त गर्नुपर्ने थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले थप बन्दी छाड्ने ग्यारेन्टी प्यालेष्टाइनले नगरेसम्म कैदीहरु नछाड्ने नयाँ अडान लिएका छन् । युद्धबिरामको पहिलो चरण समाप्त हुने क्रममा छ ।

  • आज पनि इजरायल र हमासबीच कैदी -बन्दी आदानप्रदान हुँदै

    आज पनि इजरायल र हमासबीच कैदी -बन्दी आदानप्रदान हुँदै

    काठमाडौं । इजरायलले आज ६०२ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने भएको समाचार छ । जसमा आजीवन कारावासको सजाय पाएका ५० जना र लामो जेल सजाय भोगिरहेका अन्य ६० जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । रिहा हुनेमा २०११ को सम्झौअन्तर्गत रिहा भएर पुनः पक्राउ परेका ४७ जना प्यालेस्टिनी र अक्टोबर ७, २०२३ पछि गाजाबाट पक्राउ गरिएका ४४५ जना प्यालेस्टिनी छन् ।

    हमासद्धारा चार इजरायली बन्धकको शव हस्तान्तरण

    ६०३ प्यालेस्टिन रिहाको बदलामा हमासले ६ जना इजरायली बन्दी मुक्त गर्नेछ । मुक्त गरिन लागेकाहरूमा एलियाह माइमोन, यित्झाक कोहेन, उमर शेम टोव, ओमेर फिन्कर्ट, तल शोहम, एभेरा मेंगिस्तु र हिशाम अल-सैयद रहेका छन् । हालसम्म इजरायलले १९ जना बन्धकहरूलाई फिर्ता पाइसकेको छ भने चार जनाको शव प्राप्त गरेको छ ।

    आगामी हप्तामा थप चार शव फिर्ता गर्ने हमासको तयारी छ । यससँग सम्झौताको पहिलो चरण सम्पन्न हुनेछ । यस सम्झौताअन्तर्गत इजरायलले अहिलेसम्म एक हजार १३५ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिसकेको छ, जसमा आजीवन कारावास भोगिरहेका थुप्रै कैदीहरू समावेश छन् ।

  • इजरायलमा बसमा विष्फोटको खबर, क्षतिको विवरण आउँदै

    इजरायलमा बसमा विष्फोटको खबर, क्षतिको विवरण आउँदै

    काठमाडौं । इजरायलको प्रमुख शहरमध्येएक तेल अविवमा बसमा विष्फोटको समाचार आएको छ । बीबीसीका अनुसार यस घटनामा हताहतीको विवरण भने आएको छैन । इजरायली पुलिसले सम्भावित आतंकवादी हमला भनेको छ ।

    गाजामा इजरायलको आक्रमण, कम्तिमा दुई जनाको ज्यान गयो

    प्रहरीका अनुसार बसमा विष्फोट गराउने उद्देश्यले जडित डिभाइसहरु निष्कृय पारिएको छ । इजरायलले सबै बस र ट्रेनको यात्रा रद्द गरी सर्च अभियान चलाएको समेत बताएको छ । यसले थप क्षति हुनबाट जोगाएको समेत समाचारमा उल्लेख छ ।

  • दिल्लीको मूख्यमन्त्रीका रुपमा भाजपा नेतृ रेखा गुप्ताले लिइन् सपथ

    दिल्लीको मूख्यमन्त्रीका रुपमा भाजपा नेतृ रेखा गुप्ताले लिइन् सपथ

    काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विधायक रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीका अलावा भाजपाका अन्य नेताहरू पनि उपस्थित थिए । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, सङ्घीय गृहमन्त्री अमित शाह, युनियन मन्त्री जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंहलगायत भारतीय जनता पार्टीका शीर्ष नेता, अन्य राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू उपस्थित थिए ।

    दिल्लीको रामलीला मैदानमा आयोजित एक समारोहमा दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।
    समारोहमा मुख्यमन्त्री गुप्ताले शपथ ग्रहण गरेसँगै उहाँको मन्त्रीमण्डलमा भाजपाका प्रवेश वर्मा, मनजिन्दर सिंह सिरसा, रविन्द्र इन्द्रराज सिंह, आशिष सूद, कपिल मिश्रा र पंकज कुमार सिंहले मन्त्रीपदको शपथ लिएका छन् ।

    दिल्लीमा २७ वर्षपछि भाजपाको सरकार बन्ने निश्चित


    राष्ट्रपति द्रोपदी मुर्मूले गुप्तालाई मुख्यमन्त्रीको रूपमा औपचारिक जानकारी गराउँदै गृह मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा भनिएको छ, “गुप्तालाई सङ्घीय राजधानी क्षेत्र दिल्लीको मुख्यमन्त्रीको रूपमा नियुक्त हुनुभएको छ । मैले उहाँलाई दिल्लीको जिम्मेवारी सुम्पिन पाउँदा निकै खुसी लागेको छ । नियुक्ति शपथ लिएको मितिदेखि लागु हुनेछ ।” ७० सदस्यीय दिल्ली विधानसभामा भाजपाले ४८ सिट जितेको छ ।

    सांसद रेखा गुप्ताले यो ‘चमत्कार’ र ‘नयाँ अध्याय’ भएको र यसले राजनीतिमा महिलाका लागि परिवर्तनकारी अध्यायको सुरुवात गरेको बताइन् । पत्रकारसँग कुरा गर्दै गुप्ताले भ्रष्टाचारीलाई जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्दै हरेक रुपियाँको दुरुपयोगको जवाफ उनीहरूले दिनुपर्ने बताइन् ।
    “यो एक चमत्कार हो, यो एक नयाँ प्रेरणा र नयाँ अध्याय हो। यदि म मुख्यमन्त्री बन्न सक्छु भने यसको अर्थ सबै महिलाका लागि बाटो खुला छ ।”

    उनले आफ्नो नेतृत्वमा रहने सरकारले जो कोही भ्रष्टाचारी भए पनि एक–एक रुपियाँको हिसाब किताब माग्ने बताइन् । उनले भारतीय जनता पार्टीको उच्च नेतृत्तप्रति कृतज्ञता व्यक्त गर्दै राष्ट्रिय राजधानीमा शासन गर्न आफूमाथि विश्वास गरेकोमा आभार व्यक्त गरिन् ।

    यसअघि, भारतीय जनता पार्टी (भाजपा) का नवनिर्वाचित विधायकहरूको बैठकले रेखा गुप्तालाई विधायक दलको नेतामा चयन गरेको थियो । यसैबिच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुप्ताको तल्लो तहको देखि महत्त्वपूर्ण राजनीतिदेखि मुख्यमन्त्री पदसम्मको यात्राबारे प्रकाश पार्दै उनको नेतृत्वमाथि विश्वास व्यक्त गरेका थिए ।

  • हमासद्धारा चार इजरायली बन्धकको शव हस्तान्तरण

    हमासद्धारा चार इजरायली बन्धकको शव हस्तान्तरण

    काठमाडौं । हमासले गजामा मृत्यु भएका चार जना इसराइली बन्धकको शव हस्तान्तरण गरेको छ। बिहीबार दिउँसो रेड क्रसमार्फत ती शवहरू हमासले इसराइललाई हस्तान्तरण गरेको हो। टाइम्स अफ इसराइलका अनुसार सन् २०२३ को अक्टोबर ७ मा इसराइलबाट बन्धक बनाएर हमासले गाजा पुर्‍याएका ३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल र झन्डै २ वर्षका छोरा केफिर सहित ८४ वर्षका ओडेड लिफसिथको मृत्यु भएको थियो।

    हमासले बन्धक बनाएका युवतीलाई खाना पकाउने र भाडा धुने काममा लगाइयो, सूर्यको मुख देख्न दिइएन

    केफिर हमासले बन्धक बनाएर गजा पुर्‍याउँदा ९ महिनाका मात्रै थिए। उनीहरू सबैभन्दा कम उमेरका बन्धक भएकाले केफिर र एरियल इसराइलभरि परिचित छन् । उनीहरूको मृत्यु भएको र शव हस्तान्तरण गर्न लागिएको भन्ने खबरले पूरै इसराइल स्तब्ध भएको टाइम्स अफ इसराइको समाचारमा उल्लेख छ। केफिरको शव हमासले बन्धकमुक्त गर्ने भनेपछि गुलाबी रङको खेलौना हात्ती समातेर दाँत नभएको मुस्कानका साथ सिधै क्यामेरामा हेरिरहेको उनको तस्बिर विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ।

    प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले इसराइलका लागि आज सबैभन्दा दु:खद दिन रहेको बताएका छन्। यस कठिन समयमा हाम्रो हृदय शोकमा परेका परिवारहरूसँगै छौं, नेतन्याहूले भनेका छन्। हमासले पहिलो पटक बन्धकको शव छाडेको हो। यसअघि गत शनिबारसम्म हमासले २४ जना बन्धक जिवित छाडेको थियो। आगामी शनिबार हमासले ६ जना जिवित बन्धक छाड्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

  • पाकिस्तानी सेनाको कारवाहीमा ३० आतंककारी मारिएको दावि

    पाकिस्तानी सेनाको कारवाहीमा ३० आतंककारी मारिएको दावि

    काठमाडौं । पाकिस्तानी सुरक्षा बलले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा गुप्तचरमा आधारित अपरेशनको क्रममा ३० आतङ्ककारीलाई मारेको दावि गरेको छ । इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले बुधबार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानी सेनाले सररोघा क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिको बारेमा विश्वसनीय गुप्तचर रिपोर्टहरू पछि मङ्गलबार राती अपरेशन सुरु गरिएको थियो । आईएसपीआरले यस क्षेत्रमा फेला परेका अन्य आतङ्ककारीहरूलाई हटाउन क्लिनअप अपरेसन गरिएको बताएको छ ।

    पाकिस्तानी सेनाको आक्रमणबाट अफगानिस्तानमा कम्तिमा ४६ जनाको मृत्यु

    “पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध छन् । हाम्रा सुरक्षा बलहरूको बलिदानले हाम्रो सङ्कल्पलाई अझ बलियो बनाउँछ,” आईएसपीआरको विज्ञप्तिमा भनिएको छ । पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री मोहम्मद शहबाज सरिफले यस कारबाहीका लागि सुरक्षा बलको प्रशंसा गरे । पाकिस्तानका राष्ट्रपतिले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान समूह (टीटीपी) लाई पूर्ण रूपमा उन्मूलन गर्ने आफ्नो सङ्कल्पलाई पुनः पुष्टि गरेको बताए ।

  • महाकूम्भमा भाग लिन जाँदै कांग्रेस सभापति देउवा

    महाकूम्भमा भाग लिन जाँदै कांग्रेस सभापति देउवा

    काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भमा नेपाली कांग्रेसका नेताहरु जाने र फर्केने क्रम जारी छ । कांग्रेस महामन्त्री गगन थापा महाकुम्भ मेलामा सहभागी भएर फर्किएका छन् भने सभापति शेरबहादुर देउवा जाने तयारीमा छन् । देउवा महाकुम्भ मेलामा सहभागी हुनुका साथै इन्डिया फाउन्डेसनले आयोजना गर्ने दुई दिने समिटमा समेत भाग लिनेछन् ।

    उनले आगामी शुक्रबार र शनिबार ‘कुम्भ ग्लोबल समिट अन डेभलप्मेन्ट एन्ड सस्टेइनबेलिटी’ विषयमा बोल्नेछन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने समिटमा अन्य देशका वक्ताहरु समेत छन् । देउवापक्षीय एक नेताका अनुसार भारत भ्रमणका क्रममा देउवाको दलका नेताहरुसँग संवाद हुने कार्यक्रम तय भएको छैन ।

    कुम्भ मेलामा भएको भागदौड घटनााबारे के भन्छन् मूख्यमन्त्री आदित्यनाथ ?

    यसअघि कांग्रेस महामन्त्री थापा साथै प्रवक्ता डा. प्रकाशशरण महत, नेता अर्जुनरसिंह केसी, केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी लगायतका नेताहरु महाकुम्भमा पुगेर फर्केका छन् । महामन्त्री थापा मंगलबार राति भैरहवा आइपुगेर बुधबार पाल्पाको पार्टी कार्यक्रममा सहभागी हुन पुगेका छन् । थापा, महत र केसी परिवारका अन्य सदस्यहरु सहित प्रयागराज पुगेका थिए ।

    पुस २९ मा औपचारिक रूपमा सुरु भएको महाकुम्भ ४५ दिनपछि आगामी बुधबार सकिँदैछ । कुम्भमेला हरेक १२ वर्षमा हुन्छ भने महाकुम्भ १४४ वर्षमा एक पटक आउँछ । कुम्भमेला प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा हुन्छ भने महाकुम्भ प्रयागराजमा हुने गर्छ । त्रिवेणी संगममा स्नान गर्दा आत्मिक शुद्धता हुने धार्मिक मान्यताले दशनार्थीहरु प्रयागराज पुग्ने गरेका छन् । प्रयागराज पुग्ने नेपालका नेताहरुले पनि महाकुम्भको अवसरमा गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्तिको अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।

  • गाजामा इजरायलको आक्रमण, कम्तिमा दुई जनाको ज्यान गयो

    गाजामा इजरायलको आक्रमण, कम्तिमा दुई जनाको ज्यान गयो

    काठमाडौं । इजरायलले गाजा क्षेत्रमा आक्रमण गरेको खबर आएको छ । रफाह क्षेत्रमा भएको आक्रमणमा दुई प्यालेस्टिनीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । संयुक्त राष्ट्र संघद्वारा सञ्चालित तीन विद्यालय र एक व्यवसायिक तालिम केन्द्रमा आक्रमण भएको छ । युद्धविरामको दोस्रो वार्ताको तयारी भए पनि इजरायलले आक्रमण जारी राखेको समाचारमा उल्लेख छ ।

    इजरायली प्रधानमन्त्रीले दिए गाजामा पुनः आक्रमणको धम्की

    इजरायलका विदेशमन्त्री गिदोन सारले गाजा युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता यसै साता हुने बताएका बेला आक्रमण भएको हो । हमास बिहीबार चार बन्धकको शव र शनिबार थप ६ जना जीवित बन्धक रिहा गर्न सहमत भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म गाजामा इजरायली आक्रमणमा परेर ४८ हजार २९१ प्यालेस्टिनीको मृत्यु भइसकेको छ । एक लाख ११ हजार ७२२ जना घाइते छन् ।

  • केआईआईटी कलेज काण्ड : ओडिसा सरकारले बनायो उच्चस्तरीय छानविन समिति

    केआईआईटी कलेज काण्ड : ओडिसा सरकारले बनायो उच्चस्तरीय छानविन समिति

    काठमाडौं । कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । ओडिसा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समिति गठन गरिएको उल्लेख गरेको छ ।

    समितिमा गृह विभागबाट अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहने भनिएको छ । ‘कलेजमा प्रदर्शन गरिएका विद्यार्थीमाथि बल प्रयोग र दुर्व्यवहारका घटनाहरु बाहिर आएका छन्, त्यसमाथि अनुसन्धान भइरहेको छ र कानुन अनुसार कारबाही पनि हुनेछ’ विभागका निर्देशकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबारे कलेजलाई पनि जानकारी गराइएको छ र उच्च स्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानूनी र प्रशासनिक कारबाही गरिनेछ ।’

    ट्रम्पलाई भेट्न अमेरिका पुगे नरेन्द्र मोदी

    विज्ञप्तिमा प्रदेश सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याणका लागि सुनिश्चित गर्नका लागि प्रतिबद्ध छ । ‘ओडिसा सरकारले सबैलाई न्यायका लागि आवश्यक कदमहरु चाल्नेछ’, विज्ञप्तिमा भनिएको छ । आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

    उनले आफूमाथि सोही कलेजमा अध्ययनरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता देखाएको थिएन । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए ।

    तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो । कलेजका सुरक्षा गार्ड र बाउन्सरहरूले विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । उक्त विषयमा मंगलबार दिउँसो ओडिसाको विधानसभामा पनि कुरा उठेको थियो ।

  • कतारका राजा भारतमा, प्रोटोकल तोडेर प्रधानमन्त्री मोदी स्वागतमा विमानस्थल पुगेपछि…

    कतारका राजा भारतमा, प्रोटोकल तोडेर प्रधानमन्त्री मोदी स्वागतमा विमानस्थल पुगेपछि…

    नयाँ दिल्ली । कतारका राज शेख तमीम बिन हमाद अल थानी भारत भ्रमणमा आएका छन् । दुई दिने भ्रमणमा नेपाल आएका उनको स्वागतमा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयमः विमानस्थल पुगेका थिए । सामान्यतया भारतमा सरकार प्रमुख आफै स्वागतमा जाने प्रचलन छैन । दुई नेताबीच मंगलबार औपचारिक वार्ता हुने भएको छ । सोमबार भारत आएका कतारी राजा मंगलबार नै स्वदेश फर्कने कार्यक्रम छ ।

    कतारका अमिर थानी काठमाडौंमा

    दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको छ । कतारमा अहिले रहेका कुल मानिससँगे २७ प्रतिशत भारतीय छन् । कतारमा १५ हजार भन्दा बढी भारतीय कम्पनी रहेका छन् । भारतले कतारबाट सबैभन्दा ठूलो मात्रामा पेट्रोलियम पदार्थ आयात गर्छ । कारोबारका हिसावले चीन र जापानपछि भारतको हिस्सा कतारसँग रहेको छ ।

  • रुस-युक्रेन युद्ध अन्त्य गर्न साउदीमा वार्ता हुने, तर युक्रेनलाई छैन निम्ता

    रुस-युक्रेन युद्ध अन्त्य गर्न साउदीमा वार्ता हुने, तर युक्रेनलाई छैन निम्ता

    काठमाडौं\एजेन्सी । रुस र युक्रेनबीच लामो समयदेखिको युद्ध अन्त्य गर्न साउदी अरेबियामा वार्ता हुँदैछ । तर, यो वार्तामा युक्रेनलाई निम्ता नदिइएको युक्रेनियन सरकारका एक मन्त्रीले बताएका छन् । बीबीसीका अनुसार यसअघि युक्रेनस्थित अमेरिकी विशेष राजदूत केथ कलाङ्गले यस वार्तामा युक्रेन समेत सहभागी हुने बताएका थिए ।

    अमेरिकी राष्ट्रपति र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता, के भयो कुराकानी ?

    तर, वार्तामा कुनै पनि प्रतिनिधिमण्डल युक्रेनको तर्फबाट सहभागी नहुने समाचारमा उल्लेख छ । ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्वीव विटकम्फ भने आइतबार साउदी यात्रामा लागेको समाचारमा लेखिएको छ । अमेरिका र रुसबीच यस्तो भेट पहिलो पटक हुन लागेको हो, जसको उद्देश्य युक्रेन र रुसबीचको युद्ध रोक्नु रहेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्तामा युद्ध अन्त्यका विषयमा कुराकानी भइसकेको छ ।

  • दिल्लीमा भूकम्पको ठूलो धक्का

    दिल्लीमा भूकम्पको ठूलो धक्का

    काठमाडौं । भारतको नयाँदिल्लीमा भूकम्प आएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा थियो । भूकम्पले दिल्ली हल्लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई सुरक्षा सावधानी अपनाउन अपिल गरेका छन् । साथै सुरक्षा अधिकारीहरुलाई निगरानी बढाउन पनि उनले निर्देशन दिएका छन् ।

    नयाँ दिल्लीमा रेल्वे स्टेशनमा भाग दौड, कम्तिमा १८ जनाको मृत्यु

    दिल्ली प्रहरीले भूकम्पबाट सबै सुरक्षित रहेको विश्वास व्यक्त गर्दै आपत्कालीन सहायता चाहिएमा ११२ नम्बरमा डायल गर्न भनेको छ । दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशी सिंहले दिल्लीमा ठूलो धक्का महसुस भएको भन्दै सबै सुरक्षित होउन् भनेर भगवानसँग प्रार्थना गरेको एक्समा लेखेकी छन् ।

  • नयाँ दिल्लीमा रेल्वे स्टेशनमा भाग दौड, कम्तिमा १८ जनाको मृत्यु

    नयाँ दिल्लीमा रेल्वे स्टेशनमा भाग दौड, कम्तिमा १८ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा रेल्वे स्टेशनमा भएको भागदौडमा परी कम्तिमा १८ जनाको ज्यान गएको छ । नयाँ दिल्ली रेल्वे स्टेशनमा यस्तो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । रक्षामन्त्री राजनाथ सिंहले समेत घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    दिल्लीमा २७ वर्षपछि भाजपाको सरकार बन्ने निश्चित

    घटना रातको समयमा भएको त्यसमध्ये स्टेशनमा निकै भिड देखिएको समेत बताइएको छ । रेल मन्त्रालयका प्रवक्ता दिलिप कुमारका अनुसार प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेसका लागि यात्रुको अधिक भिड थियो । सबै यात्रुले त्यहाँ रहेको रेल नै अन्तिम मानेर भागदौड मच्याउँदा घटना भएको उनले बताएका छन् ।

  • हमासले बन्धक बनाएका युवतीलाई खाना पकाउने र भाडा धुने काममा लगाइयो, सूर्यको मुख देख्न दिइएन

    हमासले बन्धक बनाएका युवतीलाई खाना पकाउने र भाडा धुने काममा लगाइयो, सूर्यको मुख देख्न दिइएन

    काठमाडौं । हमासले अहिले निश्चित संख्यामा बन्दीहरु छाड्दै गएको छ । सो क्रममा छुटेका युवती बन्दीहरुले आफुसँग हमासले गरेको व्यवहार आफ्ना अविभावकसँग बताएका छन् । हमासले अघिल्लो साता चार इजरायली युवतीहरुलाई छाडेको थियो । उनीहरु इजरायली सेनामा आवद्ध थिए । बीबीसीका अनुसार युवतीहरुले आफुहरुलाई जबर्जस्ती खाना बनाउन लगाइएको र भाडा धुने काममा लगाएको बताएका छन् ।

    हमासले उनीहरुलाई भूमिगत सुरुङ र भवनमा राखिएको थियो । उनीहरुलाई कुटपिट समेत भएको र पोर्पोगाण्डा भिडियोमा समेत काम लगाइएको युवतीहरुले बयानमा भनेका छन् । रिहा भएसँगै उनीहरु कुनै पनि मिडियामा आएका छैनन् । कतिपय कुरा उनीहरुले अझै पनि अविभावकसँग भन्न डराइरहेको समेत उनीहरुले बताएका छन् ।

    https://vishwanews.com/post/66506

    साथै उनीहरुले यो मान्छन् की यदि त्यहाँ हुने सबै व्यवहार सार्वजनिक गर्यो भने गाजामा रहेका थप बन्दीलाई जोखिम पनि हुन्छ । हमासले यी युवतीहरुलाई ७ अक्टोवर २०२३ मा कब्जामा लिएका थिए । उनीहरुलाई आर्मी बेसबाटै हमासले नियन्त्रणमा लिएको थियो ।

    सोही दिन हमासले इजरायलमा इतिहासकै घातक आक्रमण गरेको थियो । उनीहरुलाई १५ महिना बन्धक बनाइयो । हमासले बन्दीहरुलाई एक स्थानबाट अर्को स्थानमा हिडाइरहने गरेको समेत बताइएको छ । त्यस दौरान सूर्यको किरण देख्न नपाएको समेत उनीहरुले बताएका छन् ।

  • हमासले शनिबार तीन बन्दी छाड्दै

    हमासले शनिबार तीन बन्दी छाड्दै

    काठमाडौं । इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीनजना बन्धकको नाम सार्वजनिक गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शनिबार रिहा हुने बन्धकहरूमा इजरायली–रूसी साशा ट्रुपानोभ, इजरायली–अमेरिकी सागुई डेकेल–चेन र इजरायली–अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ ।

    प्यालेस्टिनी लडाकू समूह हमासले यस हप्ताको अन्त्यमा तीन जीवित बन्धकहरूलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध सुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायली चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो । यसअघि, हमासले युद्धविरामको स्पष्ट उल्लङ्घन भएको भन्दै रिहाई रोक्ने बताएको थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र अमेरिकाले कब्जा गर्ने प्रस्ताव गरेपछि गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्यका लागि जनवरी १९ मा भएको युद्धविराम सम्झौता पालनाका लागि प्यालेस्टिनी समूहलाई चर्को दबाब परेको छ । इजरायली सञ्चारमाध्यमका अनुसार युद्धविराम र ‘निर्धारित समयतालिकाअनुसार’ अर्को आदानप्रदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै शनिबार रिहा हुने तीन बन्धकको नाम सार्वजनिक गर्ने तयारी हमासले गरेको हो ।

    हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौले भने, “हामी यसलाई (युद्धविराम) कार्यान्वयन गर्न इच्छुक छौँ र यसलाई पूर्णरूपमा पालना गर्न कब्जामा रहेका बन्धकको सहारा लिन बाध्य छौँ ।” हमासले शनिबार ‘तीन जना जीवित बन्धक’ लाई रिहा गर्न इजरायलले दवाब दिएको हो ।

    सरकारका प्रवक्ता डेभिड मेन्सरले भने, “यदि हमासले हाम्रा कम्तीमा तीन बन्धकहरूलाई शनिबारअघि फिर्ता गर्ने प्रक्रिया अघि बढाएन भने शनिबार मध्याह्नसम्म युद्धविराम अन्त्य हुनेछ।” हमासले यसअघि इजरायलले युद्धको भग्नावशेष हटाउन आवश्यक पर्ने भारी मेशिनरीको आपूर्ति रोकेको आरोप लगाएको थियो भने गाजासँग जोडिएको इजिप्टको राफा सीमा क्षेत्रमा ‘बुलडोजर’को लाइन लागेको थियो । रासस, एएफपी

  • भारतीय प्रधानमन्त्रीसँग ट्रम्पले भने : बंगलादेशको सत्ता परिवर्तनमा हाम्रो हात छैन

    भारतीय प्रधानमन्त्रीसँग ट्रम्पले भने : बंगलादेशको सत्ता परिवर्तनमा हाम्रो हात छैन

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बंगलादेशमा भएको सत्ता परिवर्तनमा अमेरिकाको हात नरहेको दावि गरेका छन् । उनले मोदीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनका दौरान यस्तो बताएका हुन् ।

    बंगलादेशमा शेख हसिनाको सत्ता उल्टाउने गरी ठूलो हिंसात्मक आन्दोलन भएको थियो । हसिनालाई अहिले भारतले शरण दिइरहेको छ । बंगलादेशमा अहिले मोहम्मद यूनुसको सरकार छ । यस सरकारका तर्फबाट हसिनालाई बंगलादेशमा हस्तान्तरणको माग भइरहेको छ ।

  • म्यानमारमा किन फसिरहेका छन् नेपाली ?

    म्यानमारमा किन फसिरहेका छन् नेपाली ?

    काठमाडौं । दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न म्यान्मारको करेन प्रान्तमा सञ्चालित विभिन्न स्क्याम सेन्टरमा कार्यरत २० देशका २५० जनाभन्दा बढी कामदार मुक्त भएका छन्। म्यान्मारको स्थानीय सशस्त्र समूहले उनीहरूलाई मुक्त गर्दै थाई सेनाको जिम्मा लगाएको हो। उनीहरू सबै जनालाई थाईल्यान्ड ल्याइएको छ।
    मुक्त हुनेहरू अफ्रिका र नेपालसहित विभिन्न एशियाली देशका नागरिक हुन्। तीमध्ये २२१ पुरुष र ३९ महिला छन्। उनीहरू मानव तस्करीमा परेका हुन् कि भनेर पत्ता लगाउने प्रयत्न भइरहेको बताइएको छ।

    अहिले थाईल्यान्ड पुग्नेमा इथियोपिया, केन्या, बुरुन्डी, नाइजिरिया, तान्जानिया, घाना, क्याम्बोडिया, फिलिपिन्स, मलेशिया, नेपाल, भारत, पाकिस्तान, बाङ्ग्लादेश, श्रीलङ्का, चीन, इन्डोनेशिया, ताइवान, यूगान्डा, लाओस, र ब्राजिलका नागरिक छन्। गत साता चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट हुँदा थाई प्रधानमन्त्री पेतोङ्ताङ चिनवातले म्यान्मारसँगको सीमामा सञ्चालित ठगी केन्द्रहरू बन्द गर्न प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

    ‘थाई सरकारले थाई भूमिबाट हुने बिजुली र ऊर्जा आपूर्ति रोकिदिएको थियो। थाईल्यान्डलाई कामदार र पैसा ओसार्ने क्रममा ट्रान्सिटका रूपमा प्रयोग गर्न नदिन ब्याङ्किङ र भिसासम्बन्धी नियममा कडाइ गरेको थियो। केही विपक्षी सांसदहरूले विगत दुई वर्षदेखि नै यस्तो कडाइ गर्न माग गर्दै आएका थिए।

    स्क्याम सेन्टरहरूले विदेशी कामदारहरूलाई राम्रो तलबको लोभ देखाएर तथा म्यान्मारमा नभई थाईल्यान्डमा र स्क्याम सेन्टरमा नभई अन्यत्र काम गर्ने भनेर पनि ल्याएका हुन्छन्। त्यस्ता केन्द्रहरू सञ्चालन गर्ने स्क्यामरहरूले अङ्ग्रेजी र चिनियाँ भाषा जान्ने मानिसलाई साइबर ठगीका लागि उपयोग गर्ने उद्देश्यले भर्ना गर्छन्।

    उनीहरूले अन्लाइनमा पिग बुचरिङ भनिने प्रेम ठगी, क्रिप्टो ठगी, गैर कानुनी जुवा र कालो धनसम्बन्धी काम गर्न बाध्य पार्छन्। केही विदेशहरू त्यस्तो काम गर्न तयार हुन्छन्। तर कैयौँलाई त्यहाँ बस्न बाध्य पारिन्छ र परिवारबाट ठूलो मात्रामा फिरौती ल्याए मात्र छोड्ने भनिन्छ। कुनै हिसाबले छोडेर भागेकाहरूलाई यातना दिइएको बताइन्छ।

    यसरी उद्धार गरिएका विदेशी कामदारहरू डेमोक्र्याटिक करेन बेनभोलन्ट आर्मी (डीकेबीए)ले थाई सेनालाई हस्तान्तरण गरेको हो। डीकेबीए उक्त राज्यमा सक्रिय सशस्त्र समूहमध्ये एउटा हो। सशस्त्र समूहहरूले स्क्याम व्यवसायीहरूलाई ठाउँ उपलब्ध गराएको र संरक्षण प्रदान गरेको अनि त्यहाँ काम गर्न बाध्य पारिएका र मानव तस्करीमा परेका मानिसहरूले भोग्नुपरेको यातनालाई बेवास्ता गरेको आरोप खेप्नुपरेको छ।

    म्यान्मार सन् १९४८ मा स्वतन्त्र भएदेखि नै त्यहाँको सरकारले करेन राज्यमा आफ्नो नियन्त्रण कायम राख्न सकेको छैन। थाईल्यान्डको विशेष अनुसन्धान विभागले करेन न्याश्नल आर्मी नामक एउटा सशस्त्र समूहका तीन कमान्डरहरूविरुद्ध मङ्गलवार पक्राउपुर्जी जारी गरेको थियो। तीमध्ये एक सअ चित थू हुन् जसले चिनियाँ कम्पनीसँग सन् २०१७ मा श्वे कोक्को भन्ने सहर स्थापना गर्न एउटा सहमति गरेका थिए। यो नयाँ सहरमा विशेष गरी ठगी धन्दाबाट आर्जित पैसा लगानी भएको ठानिन्छ।
    बीबीसी नेपाली सेवाबाट