युक्रेनमा संकटकाल घोषणा

काठमाडौं । रुसी सेनाले हमलाको निर्देशन प्राप्त गरेसँगै युक्रेनमा संकटकाल घोषणा गरिएको छ । संयुक्त राष्ट्रसंघले यहाँ रुसी आक्रमण भएमा कम्तिमा ५० हजार मानिस मारिने चेतावनी यसअघि नै दिइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा “सैन्य कारबाही”को घोषणा गरेसँगै यहाँ संकटकाल घोषणा गरिएको हो । पुटिनले पूर्वी युक्रेनस्थित युद्ध क्षेत्रबाट आफ्ना हतियारहरू… Continue reading युक्रेनमा संकटकाल घोषणा

रुसले आफ्नो सीमा क्षेत्रका युक्रेनी विमानस्थल बन्द गरायो

काठमाडौं । रूस–यूक्रेन तनावका बीच रूसले एक सिभिल एभिएशन नोटिस जारी गरेको छ । जसमा रुसले आफ्नो सीमा क्षेत्र नजिकै रहेका युक्रेनी विमानस्थल बन्द गर्न भनिएको छ । युद्धग्रस्त क्षेत्रबाट जहाज उडेमा त्यसलाई रुसी सेनाले खसाल्ने चेतावनी समेत दिइएको छ । यसले सीमा क्षेत्रमा रहेका पूर्वी यूक्रेनका सबै विमानस्थल बन्द गराउनु पर्ने भएको छ ।… Continue reading रुसले आफ्नो सीमा क्षेत्रका युक्रेनी विमानस्थल बन्द गरायो

रुसी राष्ट्रपतिले दिए युक्रेनमा सैन्य आक्रमणको निर्देशन

File Photo : AFP\TET

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन्। बीबीसीले ब्रेकिङ समाचार भर्खरै प्रकाशित गरेको छ । जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपतकालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ पछिल्लो घोषणा गरेका हुन्। यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी… Continue reading रुसी राष्ट्रपतिले दिए युक्रेनमा सैन्य आक्रमणको निर्देशन

रुससँग लड्न अमेरिकाबाट थप हतियार आउने युक्रेनको आशा

Photo : ABC NEWS

काठमाडौं । युक्रेनले रुससँगको मुकाविलाका लागि अमेरिकाबाट थप हातहतियार आपने अपेक्षा गरेको छ । बीबीसीका अनुसार त्यहाँका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको बताउँदै यस्तो भनेका हुन् । मङ्गलवार अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेट गरेका उनले अमेरिकी अधिकारीहरूले आफूहरूलाई थप हतियार उपलब्ध गराउने वाचा गरेको फक्स न्यूजसँग बताएका छन् । रुसको… Continue reading रुससँग लड्न अमेरिकाबाट थप हतियार आउने युक्रेनको आशा

युक्रेनका दुई क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता

Pic : Radio free europe

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका छन् ।स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुहान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्। बीबीसीका अनुसार रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको… Continue reading युक्रेनका दुई क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता

२ वर्षपछि विदेशीका लागि अस्ट्रेलिया खुला, एकैदिन ५० बढी विमान अवतरण हुने

काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई दुई वर्षपश्चात् अस्ट्रेलियाले प्रवेश दिने भएको छ। एउटा सरकारी विज्ञप्तिमा भनिएको छः परिवर्तनहरूले अस्ट्रेलियालीहरूको स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्नेछ। सोमबार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ।पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी वैध… Continue reading २ वर्षपछि विदेशीका लागि अस्ट्रेलिया खुला, एकैदिन ५० बढी विमान अवतरण हुने

खोपको मात्रा पुरा गरेका यात्रुलाई अस्ट्रेलिया खुला

मेलवर्न । कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई दुई वर्षपछि अस्ट्रेलियाले प्रवेश अनुमति खुला गरेको छ । बीबीसीका अनुसार सोमवार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ। पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी वैध छुटको आवश्यकता पर्नेछ। कोरोनाभाइरस महामारीका कारण सन् २०२० को… Continue reading खोपको मात्रा पुरा गरेका यात्रुलाई अस्ट्रेलिया खुला

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी

लण्डन । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी भएको छ । बकिङघम राजदरवारले यस्तो जानकारी गराएको छ । दरवारले महारानीलाई ूसामान्य चिसो लागेजस्तो लक्षण देखिएको जनाएको छ। तर उनले धेरै परिश्रम नपर्ने जिम्मेवारीहरू पालना गर्न आगामी साता पनि जारी राख्ने जनाइएको छ। बीबीसीका अनुसार उनी निरन्तर स्वास्थ्य निगरानीमा रहनेछिन् र आवश्यक स्वास्थ्य मापदण्डको पालना… Continue reading ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी

नेपालमा ६० प्रतिशत जनसंख्यालाई पूर्ण खोप पुग्यो

काठमाडौं । नेपालमा कुल जनसंख्याको ६० प्रतिशत भन्दा धेरैले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १ करोड ७६ लाख चार हजार पाँच सय २९ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यो कुल जनसंख्याको ६० प्रतिशत भन्दा माथि हो । कुल जनसंख्याको ७३ दशमलव… Continue reading नेपालमा ६० प्रतिशत जनसंख्यालाई पूर्ण खोप पुग्यो

ब्राजिलमा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १३० पुग्यो

file

काठमाडौं । ब्राजिलको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर भएर दुई सयभन्दा बढी पुगेको बताएको छ । मंगलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त भएका थिए… Continue reading ब्राजिलमा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १३० पुग्यो

भारतको कुशीनगरमा कुवामा झरे महिला र बच्चा, कम्तिमा १३ को मृत्यु

उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको कुशीनगरमा कुवामा झरेर महिला तथा बालबालिकाको दर्दनाक निधन भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार कुशीनगरको नौरगिया गाउँमा एक पुरानो कुवाको माथि बसेका महिला तथा बालबालिका कुवामा झरेका हुन् । गाउँमा एक पूजा कार्यक्रमको आयोजना भएको थियो । कुवालाई ढकनीले ढाढिएको थियो । यस क्रममा ढकनीसँगै उनीसमेत कुवामा गिर्दा दर्दनाक… Continue reading भारतको कुशीनगरमा कुवामा झरे महिला र बच्चा, कम्तिमा १३ को मृत्यु

ब्राजिलमा भिषण वर्षा, छिनभरमा करीव १ सय मानिसको मृत्यु

file

रियो दि जिनेरो । ब्राजिलमा अचानक आएको भिषण वर्षा र बाढीका कारण करीव १ सय मानिसको ज्यान गएको छ । बीबीसीका अनुसार ब्राजिलको पेत्रोपुलिसमा अचानक आएको बाढीपहिरोका कारण कम्तीमा ९४ जना मानिसको ज्यान गएको पुष्टी भइसकेको छ । रियो दि जिनेरोबाट उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछि मुसलधारे वर्षा भएको थियो। सडकमा पानीको भेल पस्दा… Continue reading ब्राजिलमा भिषण वर्षा, छिनभरमा करीव १ सय मानिसको मृत्यु

पीएसजीले रियललाई हरायो, मेसीको पेनाल्टी रोकियो

काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युइएफए च्याम्पियन्स लिग अन्तर्गगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको छ। केलियन एम्बाप्पेको एक मात्र गोल निर्णायक गोल गरे । पिएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १–० ले हराउँदै अग्रता लिएको छ । पार्क डेस प्रिन्सेस मैदानमा पाहुना टोलीलाई दबाबमा राखे पनि गोलका लागि अन्तिमसम्म… Continue reading पीएसजीले रियललाई हरायो, मेसीको पेनाल्टी रोकियो

युक्रेनले तनावबारे छलफल गर्न रुससँग गर्यो बैठकको प्रस्ताव

Photo : REUTERS/Mohamad Torokman

काठमाडौं । युक्रेनले रुस र एउटा मुख्य युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरूसँग ४८ घण्टाभित्र बैठक गर्न आह्वान गरेको छ। युक्रेनी विदेशमन्त्रीले आफ्नो देशसँगको सीमामा उच्च मात्रामा सैनिकहरू तैनाथ गर्नुको कारण बताउन गरिएका औपचारिक आग्रहलाई यसअघि मस्कोले अस्वीकार गरेको बताएका छन्। बीबीसीका अनुसार विदेशमन्त्री दिमेत्रो कुलेबाले बैठक आह्वान गर्ने कामलाई अर्को कदम बताउँदै त्यसमा रुसी योजनाको… Continue reading युक्रेनले तनावबारे छलफल गर्न रुससँग गर्यो बैठकको प्रस्ताव

आज आइपीएल अक्सन, सन्दीप छानिएलान ?

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)को अक्सन आज हुँदैछ । विश्वभरबाट चर्चित खेलाडी लिएर संचालन हुने यो प्रतियोगितामा नेपालबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने मात्र प्रतिस्पर्धामा छन् । भारतको बेंगलुरुमा आईपीएलको नयाँ सिजनको लागि हुने मेगा अक्सन हुन लागेको हो । नेपालबाट सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरेका थिए ।… Continue reading आज आइपीएल अक्सन, सन्दीप छानिएलान ?

अमेरिकाद्धारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न उर्दी

REUTERS/Gleb Garanich

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न भनेका छन् । बीबीसीका अनुसार उनले युक्रेनतर्फका सीमामा बढेको रुसी सैन्य उपस्थितिप्रति चिन्ता दर्शाउँदै त्यसो भनिएको उल्लेख गरेका छन् । बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन्। उनले अवस्था छिट्टै भयानक हुनसक्ने… Continue reading अमेरिकाद्धारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न उर्दी

बेलायतमा आइसोलेसन बस्नुपर्ने नियम हट्ने

काठमाडौं । बेलायतमा कोरोनाबाट बच्न लागु गरिएको आइसोलेसनका नियमहरु हट्ने भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले सङ्क्रमित घरमै एकान्तमा बस्नु पर्ने नियम लगायत महामारी नियन्त्रणका लागि इङ्ल्याण्डमा बाँकी रहेका सबै प्रतिबन्ध यसै महिनाको अन्त्यसम्ममा हटाइने बताएका हुन् । बीबीसीका अनुसार इङ्ल्याण्डमा अहिले कोभिड सङ्क्रमण पुष्टि भएका व्यक्तिहरू पाँच दिनसम्म घरमा एकान्तबास, आइसोलेशनमा बस्नुपर्छ । यस्ता… Continue reading बेलायतमा आइसोलेसन बस्नुपर्ने नियम हट्ने

क्यानडामा जारी ट्रक चालकको प्रदर्शन अस्वीकार्य : प्रधानमन्त्री टूडो

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन टूडोले देशभरट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । यो कदम अस्वीकार्य रहेको उनको प्रतिक्रिया छ । बीबीसीका अनुसार त्यहाँको प्रहरीले समेत दुई सातादेखि राजधानी सहर ठप्प पारेका लरी चालकहरूलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी दिएको छ। ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो… Continue reading क्यानडामा जारी ट्रक चालकको प्रदर्शन अस्वीकार्य : प्रधानमन्त्री टूडो

युद्धको त्रासका बीच बेलायतले युक्रेनमा पठायो स्पेसल फोर्स

REUTERS\BBC

लण्डन । युक्रेनमा रुसले आक्रमण गर्न सक्ने त्रासका बीच बेलायतले आफ्नो विशेष फौजका केही सदस्यलाई युक्रेन पठाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बेलायती विशेष फौजका एक सय भन्दा धेरै सदस्य युक्रेन पुगेका छन् । उनीहरु युक्रेन र रुसको सीमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको बेलायती अधिकारीले पुष्टी गरेका छन् । रुसले युक्रेनको सीमा क्षेत्रमा ठूलो संख्यामा… Continue reading युद्धको त्रासका बीच बेलायतले युक्रेनमा पठायो स्पेसल फोर्स

ट्रक चालकको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा आपतकाल घोषणा

ओटावा। क्यानडाको राजधानी सहरमा आपतकाल घोषणा भएको छ । ओटावाका मेयरले कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकले गरेको प्रदर्शन जारी रहेसँगै आपतकाल घोषणा गरेका हुन् । मेयर जीम वाट्सनले सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको बताएको बीबीसीले लेखेको छ । फ्रिडम कन्भोई भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको हो । क्यानडाको रेडिओ सीएफआएसँग… Continue reading ट्रक चालकको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा आपतकाल घोषणा

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष नाघ्यो

Britain's Queen Elizabeth II cuts a cake to celebrate the start of the Platinum Jubilee during a reception in the Ballroom of Sandringham House, which is the Queen's Norfolk residence, in Sandringham, Britain February 5, 2022. Joe Giddens/Pool via REUTERS

लण्डन । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष पुरा भएको छ । यस उपलक्ष्यमा महारानीले केक काटेकी छिन् । आफ्नो जीवनको पहिलो दशक शाही भाग्यको झीनो अपेक्षामा हुर्केकी ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको बाल्यकाल घोडा र कुकुरहरूसँग खेलेर बितेको बीबीसीले लेखेको छ । उनी महारानी भएको आइतवार ७० वर्ष पुरा भएको हो । उनी २५… Continue reading ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष नाघ्यो

यू-१९ विश्वकपको उपाधी भारतले जित्यो

काठमाडौं । अण्डर-१९ विश्वकपको उपाधी भारतले उचालेको छ । भारतले इङ्गल्याण्डमाथि ४ विकेटको जित निकाल्दै पाँचौ पटक विश्व च्याम्पियन बनेको हो । इंग्ल्याण्डले दिएको १८९ रनको मध्यम योगफल भारतले १४ बल बाँकी हुँदै ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर फेला पार्यो । भारतका लागि शेख रसिद र निशान्त सिन्धुले ५० रनको अर्धशतकीय इनिङ खेले… Continue reading यू-१९ विश्वकपको उपाधी भारतले जित्यो

पेरुमा पर्यटक चढेको जहाज दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । पेरुमा पर्यटक चढेको जहाज दुर्घटनामा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ । परुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पर्यटकहरूलाई नाज्का लाइन देखाउन यो जहाज उडेको थियो । नाज्का विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । नाज्का क्षेत्र जहाजबाट देखाउने गरिन्छ । सोअीकारण पर्यटकहरु यहाँ… Continue reading पेरुमा पर्यटक चढेको जहाज दुर्घटना, ७ जनाको मृत्यु

फिलिपिन्सस्थित रुसी दूतावासमा आगलागी, हताहतीको खबर छैन

GMA news

मनिला । फिलिपिन्सस्थित रुसी दूतावासको एक भवनमा आगलागी भएको छ । रूसी विदेश मन्त्रालयले यसबारे पुष्टी गरेको हो । रूसी दूतावासको भवनमा लागेको आगोले मानवयि क्षति भने नगरेको मन्त्रालयले जनाएको छ । दूतावासका सबै कर्मचारीलाई तत्काल सुरक्षित रुपमा बाहिर निकालिएका कारण क्षति हुन नपाएको हो । रूसको समाचार एजेन्सी ताशले जनाए अनुसार दुर्घटनामा मानवीय क्षति… Continue reading फिलिपिन्सस्थित रुसी दूतावासमा आगलागी, हताहतीको खबर छैन

आइएसका नेता कुरिशीले आफैलाई बमले उडाएको खुलासा

काठमाडौं । इस्लामिक स्टेट (आइएस)का नेता अबु इब्राहिम अल हाशिमी अल कुरेशीले आफुले आफैलाई बमले उडाएको पाइएको छ । उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको अमेरिकी अधिकारीहरूले पुष्टी गरेका छन् । बीबीसीका अनुसार अमेरिकी कारबाहीमा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल-हाशिमी अल-कुरेशीले… Continue reading आइएसका नेता कुरिशीले आफैलाई बमले उडाएको खुलासा

अमेरिकाले भन्यो : आइएसका नेता कुरेशी मारिए

वासिङ्टन डिसि | अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) का नेता अबु इब्राहिम अल-हाशिमी अल कुरेशी मारिएको दाबी गरेको छ । यो खबरलाइ अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आईएसका नेता कुरेशी मारिएको पुष्टि गरेका हुन् ।  सिरियाको उत्तर पश्चिमी क्षेत्रमा अमेरिकी सेनाले गरेको आक्रमणमा कुरेशी मारिएको दाबी गरिएको… Continue reading अमेरिकाले भन्यो : आइएसका नेता कुरेशी मारिए

अमेरिकाले रुसलाई युद्धमा धकेलिरहेको छ : पुटिन

Pic : Radio free europe

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेनमा युद्धमा धकेलिरहेको बताएका छन् । बीबीसीका अनुसार युक्रेन सङ्कट बढिरहेका बेला कैयौँ साताहरूपछि सार्वजनिक रूपमा धारणा राख्दै पुटिनले अमेरिकी लक्ष्य रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा उक्त टकराबलाई प्रयोग गर्नु भएको बताए। यद्यपि उनले वार्ताको सम्भावनालाई नकारेका छैनन्। पुटिनले अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारेको रुसी चिन्तालाई… Continue reading अमेरिकाले रुसलाई युद्धमा धकेलिरहेको छ : पुटिन

बेलायती प्रदानमन्त्री जोन्सनले जनतासँग किन मागे माफी ?

लण्डन । प्रधानमन्त्री बोरिस जोन्सनले जनतासँग माफी मागेका छन् । बेलायती संचारमाध्यमहरुका अनुसार कोरोना महामारीका बेला मुलुकमा प्रोटोकल लागु थियो । त्यही अवस्थामा भोजमा सहभागी भएका उनको आलोचना भएको थियो । त्यसपछि उनले जनतासँग माफि मागेका छन् । सरकारी आवास १० डाउनिङ स्ट्रिटमा आयोजित एक भोजमा सहभागी भएपछि उनको आलोचना भएको हो । आलोचनापछि उनले… Continue reading बेलायती प्रदानमन्त्री जोन्सनले जनतासँग किन मागे माफी ?

सुरक्षा परिषदमा रुस र अमेरिकाबीच चर्काचर्की

Photo : ABC NEWS

काठमाडौं । युक्रेनसँगको विवादलाई लिएर संयुक्त राष्ट्र सघं सुरक्षा परिषद्मा रुस र अमेरिकाबीच चर्काचर्की भएको छ । बीबीसीका अनुसार आफ्नो सिमानामा मस्कोले सेना परिचालन गरेपछि त्यसबारे छलफल गर्न अमेरिकाले बैठक बोलाएपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोपप्रत्यारोप भएको हो । राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई… Continue reading सुरक्षा परिषदमा रुस र अमेरिकाबीच चर्काचर्की

खोप कार्ड गरिवार्य गरेको विरोधमा क्यानडामा प्रदर्शन, राजधानी ठप्प

काठमाडौं । सरकारले अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकका लागि कोभिडविरुद्ध खोप अनिवार्य गरेसँगै भएको विरोध प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ। बीबीसीका अनुसार राजधानी ओटावामा फ्रिडम कन्भोई भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी छन्। उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको… Continue reading खोप कार्ड गरिवार्य गरेको विरोधमा क्यानडामा प्रदर्शन, राजधानी ठप्प