Category: विश्व

  • अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस र ट्रम्प लड्ने करीव निश्चित

    अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस र ट्रम्प लड्ने करीव निश्चित

    काठमाडौं । जो बाइडनले आफू अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेको २४ घण्टा नपुग्दै डेमोक्र्याटिक पार्टीको टिकट उपराष्ट्रपति कमला ह्यारिसले पाउने सङ्केत देखिएको छ ।

    आफ्नो पार्टीबाट उम्मेदवार हुन उनलाई सहज होला। तर नोभेम्बरमा हुने निर्वाचनमा डोनल्ड ट्रम्पलाई हराउन भने उनले धेरै चुनौती खेप्नुपर्ने आंकलन छ । उनको मनोनयन डेमोक्र्याटहरूका लागि बलियो पक्ष भए पनि बाइडन उम्मेदवार बन्न लाग्दा प्रकट नभएका केही चिन्ता कमला ह्यारिस उम्मेदवार हुँदा व्यक्त भएका छन्।

    ताजा सर्वेक्षणहरूमा कमला ह्यारिस ट्रम्पभन्दा अलिकति पछाडि देखिएकी छन्। तर त्यो सर्वेक्षणको सङ्ख्या तलमाथि भने हुन सक्छ। उम्मेदवारी परित्याग गरेको घोषणा गर्नुअघि बाइडन पनि लगभग उस्तै अवस्थामा थिए। राष्ट्रपति बाइडनको तन्दुरुस्ती र उनको प्रचार अभियानको विषयलाई लिएर विगत तीन सातादेखि चिन्तित डेमोक्र्याटहरूमा अहिलेका लागि एउटा ऊर्जा प्राप्त भएको छ।

    पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका सबै आकाङ्क्षीहरूले ह्यारिसलाई अनुमोदन गरेका छन्। डेमोक्र्याटिक पार्टीको राजनीतिमा निकै प्रभावशाली मानिने पूर्वसभामुख न्यान्सी पलोसीले पनि उनलाई उम्मेदवार स्वीकार गरिसकेकी छन्। त्यसैले नोभेम्बरको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने ठानिएको छ। प्रमुख दुई पार्टीका समर्थकहरूबीच विभाजन रहेको अमेरिकी राजनीतिमा ट्रम्पको उम्मेदवारी नै मन नपराउने मानिसहरू पनि छन्।

    उपराष्ट्रपति ह्यारिसको सबैभन्दा ठूलो चुनौती र अवसर ट्रम्पप्रतिको विकर्षणबाट लाभ लिनु र मध्यमार्गी मतदातालाई आकर्षित गरी स्विङ स्टेट भनिने कुनै पार्टीको स्पष्ट वर्चस्व नभएका राज्यका मतदातालाई पुनर्जागृत गर्नु हो। त्यस्ता मतदाताहरू विगत केही सातामा विचलित हुन थालेको देखिन्थ्यो। डेमोक्र्याटिक पार्टीको राष्ट्रपतीय निर्वाचन अभियानमा आएको नयाँ उत्साहमा डलरको प्रसङ्ग पनि सँगै आउँछ।

    ह्यारिसको प्रचार अभियानका अनुसार बाइडनको घोषणाको २४ घण्टाभित्र उपराष्ट्रपतिले आठ करोड अमेरिकी डलर चन्दा पाएकी छन्। यो अमेरिकाका कुनै उम्मेदवारले यस पटकको निर्वाचनमा एकैदिन पाएको सर्वाधिक चन्दा हो। उनीसँग यसअघि नै बाइडन(ह्यारिस प्रचार अभियानको कोषमा रहेको १० करोड अमेरिकी डलर छ। ह्यारिसको प्रचारका लागि यथेष्ट खर्च जुट्ने निश्चित भएको छ।

    पार्टीबाट ह्यारिसको उम्मेदवारी सुनिश्चित भएको अवस्थामा विपक्षी रिपब्लिकन पार्टीले डेमोक्र्याट उम्मेदवारमाथि ृबाइडनकोे उमेरलाई लिएर गरिरहेको टिप्पणी पनि स्वतः निस्तेज भएर जान्छ। ट्रम्पको चुनावी प्रचार अभियानले यसअघि डेमोक्र्याट उम्मेदवार रहेका बाइडनमाथि महिनौँदेखि उनको शारीरिक दुर्बलता र अलमलमा पर्ने बानीप्रति कटाक्ष गर्दै आएको थियो। चार साताअघि भएको चुनावी बहसमा राष्ट्रपतिको फितलो प्रस्तुतिप्रति कैयौँ अमेरिकी नागरिकले पनि टिप्पणी गरेका थिए।
    ह्यारिस अहिले ५९ वर्षकी भइन्। उनी थप ऊर्जासहित निर्वाचन अभियानमा लाग्ने छिन् र पार्टीका लागि आफू उपयुक्त उम्मेदवार भएको प्रमाणित गर्ने छिन्। उनले ७८ वर्षीय ट्रम्पको उमेरलाई पनि अब चुनावी मुद्दा बनाउन सक्छिन्।

    ट्रम्प राष्ट्रपतिमा बने भए उनी अहिलेसम्मकै सबैभन्दा वृद्ध राष्ट्रपति हुने छन्।
    ह्यारिसको अर्को बलियो पक्ष चाहिँ उनले अश्वेत जातिको भोट आकर्षित गर्न सक्ने सम्भावना हो। विगतका महिना भएका मतसर्वेक्षणहरूमा ती मतदाताहरूमा बाइडनप्रतिको आकर्षण घट्दो क्रममा रहेको देखिएको थियो।

    यदि उनले अन्य अल्पसङ्ख्यक र युवा मतदाताहरूको मत यसअघि सन् २००८ र २०१२ मा बराक ओबामाले जसरी नै बटुल्न सकिन् भने त्यसले निर्णायक मानिएका स्विङ स्टेटहरूमा उनी ट्रम्पविरुद्ध बलियो अवस्थामा हुने छिन्। अमेरिकाको यो पटकको निर्वाचनमा ‘स्विङ स्टेट’ ले नै परिणाम छिनोफानो गर्ने ठानिएको छ।

    बीबीसीको सहयोगमा

  • क्रोएसियामा नर्सिङ होममा गोली चल्यो, कम्तिमा ६ जना मारिए

    क्रोएसियामा नर्सिङ होममा गोली चल्यो, कम्तिमा ६ जना मारिए

    काठमाडौं । क्रोएसियाको एक स्याहार केन्द्रमा गोली चलेको छ , घटनामा ६ जना मारिएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए । यो घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा केही घाइते भएका छन् । चार जना घाइतेहरुको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ ।

    गोली चलाउने व्यक्ति त्यहाँबाट फरार भएर एक क्याफेमा लुक्न गएका थिए । उनलाई प्रहरीले त्यहीँबाट पक्राउ गरेको छ । उनको साथबाट अवैधानिक बन्दुक बरामद भएको क्रोएसियाका मिडियाहरुले उल्लेख गरेका छन् । उनी सेवानिवृत्त सैन्यकर्मी भएको खुलेको छ । तर उनले गोली चलाउनुको कारण भने खुलेको छैन । स्थानीय मिडियाहरुका अनुसार उनले गोली चलाएर हत्या गरेका व्यक्तिहरुमध्ये एक जना उनको नातेदार पनि हुन् ।

    क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिक र प्रधानमन्त्री आन्द्रेज प्लेनकोभिकले घटनाबाट स्तब्ध भएको भन्दै दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्ने बताएका छन् । राष्ट्रपति मिलानोभिकले बन्दुक राख्न पाउने नियमलाई अझै कठोर बनाउन आह्वान पनि गरेका छन् ।

  • बंगलादेशमा ४८ घण्टाका लागि रोकियो विद्यार्थीको आन्दोलन

    बंगलादेशमा ४८ घण्टाका लागि रोकियो विद्यार्थीको आन्दोलन

    काठमाडौं । सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा रहेको बङ्गलादेशी विद्यार्थी सङ्गठनले ४८ घण्टाका लागि आन्दोलन स्थगित गरेको छ । सर्वोच्च अदालतले जागिरका धेरैजसो कोटा हटाएर ९३ प्रतिशत कोटामा आममानिस प्रतिस्पर्धा गर्न पाउने फैसला गरेसँगै आन्दोलन मथ्थर भएको हो । तर पक्राउ परेका विद्यार्थीको रिहाइ, कर्फ्यु फिर्ता, आन्दोलनमा दमन गर्ने सरकारी र प्रहरी अधिकारीको बर्खास्त र मृतकलाई क्षतिपूर्तिको माग गर्दै विद्यार्थी सङ्गगठनले आन्दोलन जारी राखेका थिए ।

    आज भने सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिँदै आन्दोलन रोकिएको बङ्गलादेशी विद्यार्थी सङ्गठनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । कोटा प्रणालीको विरोधमा भएको आन्दोलनमा एक हप्ताकै बीचमा एक सय ६३ जनाको ज्यान गएको बङ्गलादेश प्रहरीले जनाएको छ ।

    एक हजार जना घाइते भएका छन् । यो घटनालाई धेरैले बङ्गलादेश स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो दमन र नरसंहार भनेका छन् । आन्दोलनका क्रममा प्रहरीको दमन र सत्तारूढ दलका कार्यकर्ताको आक्रमणमा प्रदर्शनकारीको ज्यान गएको हो । प्रहरीले पाँच सय ४० जनालाई पक्राउ गरिएको जनाएको छ ।

    सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताका लागि भएको युद्धका दिग्गजका आफन्तका लागि सरकारी जागिरमा एक तिहाइ कोटा छुट्याइएको विरोधमा आन्दोलन शुरु भएको हो ।

  • बंगलादेशमा आरक्षण सम्बन्धी व्यवस्था गैरकानूनी ठहर, रोकिएला आन्दोलन ?

    बंगलादेशमा आरक्षण सम्बन्धी व्यवस्था गैरकानूनी ठहर, रोकिएला आन्दोलन ?

    काठमाडौं । बङ्गलादेशको सर्वोच्च अदालतले यस वर्षको जून ५ मा गरिएको आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ । एक महिना पहिले तल्लो अदालतले सन् २०१८ मा सरकारी नोकरीमा आरक्षण नदिने गरी गरिएको सरकारको अधिसूचनालाई उल्टाउँदै आरक्षणको पक्षमा फैसला दिएको थियो । विवादास्पद निजामती सेवा भर्ती नियमहरू पूर्णरूपमा खारेज गर्न गरिएको सार्वजनिक मागलाई बेवास्ता गरेको विपक्षीहरूको आरोप छ ।

    आरक्षण दिने निर्णयले देशव्यापी रूपमा प्रहरी र विश्वविद्यालयका विद्यार्थीहरूबिच झडप निम्त्याएको थियो । आन्दोलनका क्रममा १५१ जनाको मृत्यु भएको छ । सरकारी जागिरका लागि राजनीतिकरण गरिएको भर्ना कोटाको विरोधमा सुरु भएको विरोधमा यसै साता सुरु भएको प्रदर्शन प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिमा परिणत भएको छ ।

    दङ्गा प्रहरीले सुव्यवस्था कायम गर्न नसकेपछि बङ्गलादेशका विभिन्न सहरमा सैनिकले गस्ती गरिरहेका छन् भने बिहीबारदेखि देशव्यापी इन्टरनेट अवरोध भएको र यसका कारण बाहिरी विश्वमा सूचना प्रवाहमा समस्या भएको छ । सर्वोच्च अदालतले हालै पुनः सुरु गरिएको सरकारी जागिरका आवेदकहरूको चयन लागि आरक्षित योजनाको वैधताको बारेमा अर्को महिना निर्णय गर्ने तालिका रहेको थियो, तर देशव्यापी सङ्घर्ष तीव्र भएपछि आफ्नो निर्णयलाई एक महिना पहिले सुनाएको छ ।

    बङ्गलादेशका महान्यायाधिवक्ता एएम अमिन उद्दीनले एएफपीसँग भनेका छन्, “गत महिना तल्लो बेन्चले यो योजना पुनः लागू गर्न दिएको आदेश ‘गैरकानुनी’ थियो र सर्वोच्च अदालतबाट यही फैसला भएको छ ।’’ यस मुद्दामा संलग्न वकिल शाह मोन्जुरुल हकले एएफपीलाई बताए अनुसार अदालतले आफ्नो फैसला सुनाएपछि प्रदर्शनकारी विद्यार्थीहरूलाई ‘कक्षामा फर्कन’ पनि भनेको छ ।

    यो फैसलाले आरक्षित रोजगारीको सङ्ख्यालाई सबै पदहरूको ५६ प्रतिशतबाट घटाएर सात प्रतिशतमा झारेको छ, तर प्रदर्शनकारीहरूको माग पूरा गर्न असफल भएको छ । सन् १९७१ मा बङ्गलादेशले पाकिस्तानविरुद्ध गरेको स्वतन्त्रता सङ्ग्राममा ‘स्वतन्त्रता सेनानीहरू’ का छोराछोरीका लागि सबै सरकारी जागिरको पाँच प्रतिशत आरक्षण गरिएको थियो ।

    बङ्गलादेशको कानुनअनुसार एक प्रतिशत आदिवासी समुदायका लागि र अर्को एक प्रतिशत अपाङ्गता भएका वा तेस्रो लिङ्गिका लागि छुट्याइएको थियो भने बाँकी ९३ प्रतिशत पदको निर्णय योग्यताका आधारमा गरिने अदालतले जनाएको छ ।

    आलोचकहरू भन्छन्, “‘स्वतन्त्रता सेनानी’ श्रेणी युवा स्नातकहरूका लागि छुट्टाइएको आरक्षण व्यवस्था प्रधानमन्त्री हसिनाको सत्तारूढ अवामी लीगका वफादारहरूलाई भर्ना गर्न प्रयोग हुन थालेपछि आन्दोलन उर्लेको हो ।” विद्यार्थीहरूले महिला र देशका विशिष्ट जिल्लाहरूका लागि अन्य कोटासहित उक्त श्रेणीको पूर्ण उन्मूलनको माग गरेका थिए । रासस\एएफपी

  • बंगलादेशको आन्दोलनमा कम्तिमा ३५ जनाको मृत्यु

    बंगलादेशको आन्दोलनमा कम्तिमा ३५ जनाको मृत्यु

    काठमाडौं । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोध गरेका छन् ।

    आन्दोलनलाई थप हिंसात्मक हुन नदिने सरकारले ठूलोमात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । तर, कर्फ्यकाबीच पनि ठाउँठाउँमा सुरक्षाकर्मीसँगै झडप भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आन्दोलन नियन्त्रण गरी शान्ति सुुव्यवस्था कायम गर्न सरकारले सेना खटाउने तयारी गरेको छ ।

    बंगलादेशमा नेपाली विद्यार्थी पनि रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै विद्यार्थी सुरक्षित छन् । थप सहयोग आवश्यक भए दूतावासमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।

  • माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभर सेवा प्रभावित

    माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभर सेवा प्रभावित

    काठमाडौं । माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा शुक्रबार विश्वभरिका वायुसेवा कम्पनी, मिडियासहितको सेवा प्रभावित भयो । तर, यसले नेपालमा भने कुनै असर नपारेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये टर्किस एयरलाइन्सले यो सफ्टवेयर प्रयोग गरिरहेको छ ।

    तर, उसको आज र भोलि काठमाडौं उडान छैन । अन्य वायुसेवा कम्पनीमा भने माइक्रोसफ्टको सफ्टवेयर प्रयोग नभएका कारण काठमाडौं उडानमा कुनै प्रभाव नपरेको निरौलाले जानकारी दिए । नेपालको छिमेकी भारतमा भने धेरै उडान आज रद्ध भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार हैदरावाद विमानस्थलमा मात्र ३० उडान रद्ध भएका छन् । जसमा स्पाइस जेट र आकाशा एयरसहितका कम्पनीका उडान छन् ।


    भारतमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत प्रभावित बनेका छन् । सर्भर डाउन हुँदा सबैभन्दा धेरै असर अमेरिका, अस्ट्रेलिया सहितका देशमा परेको समाचारमा उल्लेख छ ।

  • झरनामा रिल बनाउँदा एक युवतीको गयो ज्यान

    झरनामा रिल बनाउँदा एक युवतीको गयो ज्यान

    काठमाडौं । इन्टाग्राम रिल्समा राख्ने भिडियो बनाउने क्रममा भारतको महाराष्ट्रस्थित एक झरनामा युवतिको ज्यान गएको छ । महाराष्ट्रको रायगढ जिल्लास्थित कुम्भे झरनामा आफ्ना साथिहरुसँग घुम्न गएकी युवति अन्वी कामदारको चिप्लिएर ज्यान गएको हो । उनी मुम्बईकी बासिन्दा रहेको बताइएको छ । उनी ३ सय फिट गहिरो खोँचमा झरेकी थिइन् । उनी सोसल इन्फ्यूएन्सर समेत हुन् । इन्टामा उनको लाखौं फलोअर्स छन् ।

  • भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, क्षतिको विवरण आउँदै

    भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, क्षतिको विवरण आउँदै

    काठमाडौं । भारतको उत्तर प्रदेशमा रेल दुर्घटनामा परेको छ । उत्तर प्रदेशको गोंडा जिल्लामा रेलका केही डिब्बा पटरीबाट उछिट्टिएको समाचारमा जनाइएको छ । घटनामा कसम्तमा दुई जनाको ज्यान गएको र २६ जना घाइते भएको विवरण आएको छ । चन्डीगढ डिबुगढ एक्सप्रेसको रेल दुर्घटनामा परेको हो । दुर्घटनापछि यस रुटको सबै रेल सेवा बन्द गरिएको छ ।

  • बंगलादेशमा हिंसा जारी, टेलिभिजनमा लगाइयो आगो

    बंगलादेशमा हिंसा जारी, टेलिभिजनमा लगाइयो आगो

    काठमाडौं । प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ । स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारी साधन र एउटा कार्यालय भवनमा आगो लगाएको बताए ।

    “प्रदर्शनकारीहरूले सबैभन्दा पहिला रामपुरामा एक प्रहरी चौकीमा आगो लगाएपछि प्रहरीले उनीहरूमाथि गोली चलायो”, राजधानी ढाकाको छिमेकलाई उद्धृत गर्दै ती अधिकारीले भने, “बिटिभी कार्यालयमा शरण लिएका प्रहरी अधिकारीहरू उनीहरूले पछ्याउँदै आए, त्यसपछि आक्रोशित प्रदर्शनकारीहरूले यहाँ उत्पात गरे ।”

    बिटिभीको प्रमाणित फेसबुक पेजमा आगो ‘विनाशकारी’ र ‘तीव्ररूपमा फैलिरहेको’ उल्लेख छ । प्रसारकले भनेको छ, “हामीले अग्निशमन सेवाबाट सहयोग खोजेका छौँ, धेरै मानिस भित्र फसेका छन् ।”

    बङ्गलादेशको प्रहरी बलले यो साता निजामती सेवा भर्ती नियममा सुधारको मागसहित जारी विद्यार्थीहरूको विरोध प्रदर्शनमा हिंसात्मक कारवाहीलाई तीव्र बनाएको छ । यो साता अहिलेसम्म भएका झडपहरूमा कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ । रासस, एएफपी

  • क्रिप्टो व्यवसायले मुलुकको विद्युत आपूर्ति समाप्त पार्ने रुसी राष्ट्रपतिको चेतावनी

    क्रिप्टो व्यवसायले मुलुकको विद्युत आपूर्ति समाप्त पार्ने रुसी राष्ट्रपतिको चेतावनी

    काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रुसमा क्रिप्टोकरेन्सी व्यवसायका बारेमा चेतावनी दिएका छन् । उनले यसले मुलुकको धेरै विद्युत् आपूर्ति समाप्त गरेको र क्षेत्रीय ऊर्जा अभाव निम्त्याउने जोखिममा पारेको बताए । रुस विश्वको क्रिप्टोकरेन्सी व्यवसायको शीर्ष स्थानमध्येको एक हो । यसमा ह्याङ्गर वा गोदामहरूमा राखिएका हजारौँ कम्प्युटरका अपरेटरहरूले नयाँ क्रिप्टोकरेन्सीको बदलामा लेनदेन मान्य गर्छन् ।

    यद्यपि क्रेमलिनलाई यो अनियमित उद्योगलाई लिएर आशङ्का छ र नियन्त्रणलाई कडा बनाउन कानूनले संसद्मार्फत काम गरिरहेको छ । “मुलुकमा कूल विद्युत् खपतको करिब एक दशमलव पाँच प्रतिशत क्रिप्टोकरेन्सी व्यवसायद्वारा प्रयोग भइरहेको छ”, सरकारी अधिकारीहरूसँग टेलिभिजनमा भएको बैठकमा पुटिनले बुधबार भने, “र यो आँकडा लगातार बढिरहेको छ ।”

    उनले क्रिप्टोकरेन्सी व्यवसायका लागि विद्युत् खपतमा अनियन्त्रित वृद्धिबाट केही क्षेत्रमा ऊर्जा घाटा निम्त्याउन सक्ने चेतावनी दिए । तीव्र क्रिप्टोकरेन्सी व्यवसायका कारण तीन साइबेरियाली क्षेत्रमा यसअघि नै विद्युत् अभाव भइसकेको उनले बताए ।
    रासस

  • फ्रान्समा एक पानी जहाजबाट हराए ४४ कन्टेनर, खोजी सुरु

    फ्रान्समा एक पानी जहाजबाट हराए ४४ कन्टेनर, खोजी सुरु

    काठमाडौं । फ्रान्सको एक पानीजहाजबाट ४४ वटा कन्टेनर दक्षिण अफ्रिका नजिकै समुद्रमा हराएका छन् । कन्टेनरको खोजी भइरहेको बताइएको छ । दक्षिण अफ्रिकाको पूर्वी तटमा खोजी भइरहेको छ । दक्षिण अफ्रिकी सामुद्रिक सुरक्षा प्राधिकरणले एशियाबाट फ्रान्सको उत्तरी क्षेत्र हाभ्रेतर्फ गइरहेको जहाजले जुलाई ९ मा दक्षिण अफ्रिकी डरबन नजिकै हिन्द महासागरमा खराब मौसमको सामना गर्नुपरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

    प्राधिकरणका प्रवक्ता तेबोगे रामातजीले कन्टेनरहरू पत्ता लगाउन यो क्षेत्रको हवाई सर्वेक्षण भइरहेको र अन्य जहाजहरूलाई खोजी गर्न भनिएको बताए । गत हप्ता दक्षिण अफ्रिकाको समुद्री तट केप अफ गुड होपमा ठुलो आँधीले ढुवानीलाई अवरोध गरेको थियो । यमनको हुथी विद्रोहीहरूको खतराका कारण जहाजहरू लाल सागरको मार्गबाट बच्न खोज्दा समुद्री तटबाट ढुवानीको सङ्ख्या बढ्न थालेको छ ।

  • थाइल्याण्डको एक होटेलमा ६ पर्यटक मृत फेला, कारण के हो ?

    थाइल्याण्डको एक होटेलमा ६ पर्यटक मृत फेला, कारण के हो ?

    काठमाडौं । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक होटलमा छ विदेशी नागरिक मृत फेला परेका छन् । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ । प्रधानमन्त्री श्रेथा थाभिसिनले पत्रकार सम्मेलन गरेर यो घटना चोरीसँग सम्बन्धित र गोलाबारी हुँदा भएको भन्ने हल्ला निराधार रहेको बताएका छन् । उनले शव परिक्षण गरेर मात्र घटनाबारे थप जानकारी हुने भन्दै प्रहरीलाई शव परीक्षण गर्न निर्देशन दिएका छन् ।


    प्रधानमन्त्री थाभिसिनकाअनुसार मृतक छ जना भियतनामी नागरिक रहेकामा उनीहरुको हत्यामा अर्का एकजना भियतनामी नागरिक नै संलग्न रहेको हुनसक्ने अनुमान छ । बैङ्ककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङले प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै सङ्केत नपाइएकोले सबैले विषाक्त पदार्थ खाएको हुनसक्ने अनुमान रहेको बताए ।

  • बंगलादेशमा हिंस्रक प्रदर्शन, ६ जनाको मृत्यु

    बंगलादेशमा हिंस्रक प्रदर्शन, ६ जनाको मृत्यु

    काठमाडौं । बंगलादेशमा हिंस्रक प्रदर्शन हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । नोकरीमा आरक्षण माग गर्दै बंगलादेशमा आन्दोलन भएको हो । हिस्रक घटनापछि देशभर स्कुल तथा विश्वविद्यालय बन्द गरिएको छ । शिक्षण संस्थाहरु अनिश्चितकालका लागि बन्द भएका हुन् । बंगलादेशमा सरकारी नोकरीमा स्वतन्त्रता सेनानीका बालबच्चालाई आरक्षण दिइएको छ ।

    बंगलादेश १९७१ मा पाकिस्तानबाट छुट्टिएको हो । आलोचकहरुले यो आरक्षणबाट प्रधानमन्त्री शेख हसिनाका समर्थकले मात्र लाभ उठाइरहेको आरोप लगाएका छन् । उनले गत जनवरीमा चौथो पटक लगातार चुनाव जित्दै सत्तामा छिन् ।

  • ट्रम्प र म एक अर्काका विरोधी होइनौं : बाइडेन

    ट्रम्प र म एक अर्काका विरोधी होइनौं : बाइडेन

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्प र आफु एक अर्काका विरोधी नभएको बताएका छन् । गोली काण्डपछि देशका नाममा सम्बोधन गर्दै उनले अमेरिकाले यसअघि धेरै हिंसा भोगिसकेको भन्दै अब सह्य नहुने बताए । उनले यसअघि संसदमा भएको आक्रमणको समेत स्मरण गरे । उनले भने, अमेरिकामा यस प्रकारका हिंसालाई कुनै स्थान छैन ।


    अमेरिकाको पेन्सिलभेनियामा पूर्वराष्ट्रपति ट्रम्प माथि चुनावी र्यालीका दौरान गोली हानिएको हो । तर, उनको कानमा छोएर गोली गएपछि उनी ठूलो आक्रमणबाट बच्न सफल भएका छन् । यस घटनामा एक जनालाई प्रहरीले मारेको छ ।

  • गाजामा इजरायली सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा ९० जना मारिए

    गाजामा इजरायली सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा ९० जना मारिए

    काठमाडौं । इजरायली सेनाले गाजाको एक मानवीय क्षेत्रमा अन्धाधुन्ध हवाई आक्रमण गरेको छ । घटनामा कम्तीमा ९० जना मारिएको खबर छ । तीन सय जनाभन्दा धेरै घाइते भएका प्यालेष्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    हमासका अनुसार इजरायली सेनाले युद्धक्षेत्रबाट विस्थापित भई बसेका मानिसको बसोबास रहेको क्षेत्रमा आक्रमण गरेको हो । त्यस क्षेत्रलाई यसअघि इजरायली सेनाले नै सुरक्षित क्षेत्र तोकेर प्यालेस्ष्टिनीलाई शरण लिन आग्रह गरेको थियो ।

    इजरायली सञ्चारमाध्ययमले सेनाले हमासका वरिष्ठ नेता मोहम्मद डेफलाई लक्षित गरी आक्रमण गरेको दावि गरेका छन् । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

    गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । गाजामा अहिलेसम्म ३८ हजार चार सय ४३ जनाको ज्यान गएको र ८८ हजार चार सय ८१ जना घाइते भएका हमासले जनाएको छ ।

  • अफगानिस्तानमा भयाभह बन्दै दादूरा, कम्तिमा १६० को मृत्यु

    अफगानिस्तानमा भयाभह बन्दै दादूरा, कम्तिमा १६० को मृत्यु

    काठमाडौं । अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो रोग लागेको छ भने १६० जनाको मृत्यु भएको छ । यसमध्ये ८१.१ प्रतिशत दादुराको शङ्कास्पद घटनामा पाँच वर्ष मुनिका बालबालिका र ४५ प्रतिशत महिला रहेका छन् ।

    अधिकांश घटनाहरू पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा रेकर्ड गरिएका रिपोर्टमा उल्लेख गरिएको छ । दादुराबारे चेतनाको अभाव, स्वास्थ्य सुविधामा पहुँचको अभाव, बालबालिकालाई खोप नदिने र अफगानिस्तानका केही दुर्गम क्षेत्रहरूमा अफगानीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्नेजस्ता बिषय रोग र मृत्युको कारक हुन् । रासससिन्ह्वा

  • कसले चलायो ट्रम्पमाथि गोली ?

    कसले चलायो ट्रम्पमाथि गोली ?

    काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कानबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका छन् । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो ।

    प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो ।
    बीबीसीका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन् । सो घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ ।

    अमेरिकीको सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लेल्मीले घटनाबारे जानकारी दिँदै ट्रम्प पूर्णरुपमा सुरक्षित रहेको र उनीमाथि आक्रमण गर्ने संदिग्ध बन्दुकधारी सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । अमेरिकी अधिकारीहरुले यो आक्रमणको अनुसन्धान गरिरहेको जनाएका छन् ।

    चुनावी र्‍यालीमा ट्रम्पले करिब पाँच मिनेट बोलेपछि केही पड्किएको जस्तो आवाज सुनिएको थियो । जब गोली चल्न थाल्यो, भिडमा कोलाहल मच्चियो । ट्रम्पलाई केही सेकेण्डसम्म सुरक्षा दस्ताले घेरेर राखे । अनि स्टेजबाट ओराले । स्टेजबाट ओर्लिंदै गर्दा ट्रम्पले हावामा मुठ्ठी उचालेका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले ट्रम्पलाई गाडीमा हालेर लगेका थिए ।

  • अमेरिकामा ट्रम्पमाथि गोली प्रहार

    अमेरिकामा ट्रम्पमाथि गोली प्रहार

    काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

    घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कानबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका छन् । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो ।

    प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो ।

  • अल्जेरियाको मरुभूमिा १४ आप्रवासीको शव फेला, कहाँका नागरिक थिए ?

    अल्जेरियाको मरुभूमिा १४ आप्रवासीको शव फेला, कहाँका नागरिक थिए ?

    काठमाडौं । अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला परेको छ । बेपत्ता भएका अरु पाँच जनाको खोजी भइरहेको अल्जेरियामा रहेको सिरियाली दूतावासले जनाएको छ । लिबियाबाट अल्जेरिया पुगेका उनीहरु मरुभूमिमा हराएपछि खोजी भएको थियो । दूतावासका बसेम फारुखले लिबियाका अधिकारीहरूले आप्रवासीलाई भाग्न सघाई अल्जेरिया पुर्‍याइएको आरोप लगाउनु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

    लिबियाका अधिकारीका गैरजिम्मेवारीपनले अझै धेरै सिरियालीहरू लिबिया छोडेर अल्जेरियातर्फ जाने र थप घटना हुने भन्दै फारुखले लिबियाकालाई सचेत हुन आग्रह गर्नुभएको छ । यसअघि सन् २०१६ मा पनि २२ जना सिरियाली नाइजरबाट प्रवेश गरेर अल्जेरियाको मरुभूमिमा हराएका थिए । पछि उनीहरुलाई सेनाले उद्धार गरेको थियो । सन् २०११ देखि सिरिया युद्धले ग्रस्त हुँदा अहिलेसम्म पाँच लाखभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । यो बीचमा लाखौँ नागरिक विस्थापित भएका छन् । अर्थतन्त्र र पूर्वाधारमा पनि गम्भीर क्षति पुगेको छ ।

  • युक्रेनमा रुसको अर्को ठूलो आक्रमण, कम्तिमा ४१ को मृत्यु

    युक्रेनमा रुसको अर्को ठूलो आक्रमण, कम्तिमा ४१ को मृत्यु

    काठमाडौं । युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो राजधानी किभमा रूसी मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

    जसमध्ये २७ जनाको मृत्यु राजधानीमा भएको हो। मिसाइलले किभको बाल अस्पतालमा समेत क्षति पुर्‍याएको समाचारमा उल्लेख छ। उक्त आक्रमणपछि अभिभावकहरू आफ्ना बालबच्चा बोकेर अस्पतालबाट निस्किन बाध्य भएका छन्। यो मिसाइल आक्रमणले सात वटा जिल्लामा क्षति पुर्‍याएको छ।

    आक्रमणबाट १७० जना भन्दा बढी घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा लेख्दै मिसाइल आक्रमणबाट एक सय भन्दा बढी घरहरू भत्किएको बताएका छन्। ‘रूसी आतंकवादीले यसबारे जवाफ दिनुपर्छ। चिन्ताले आतंक रोकिँदैन। समवेदना हतियार होइनन्,’ उनले लेखेका छन्।

    यो आक्रमणसँगै युक्रेनले आफ्नो एयर डिफेन्समा सुधार ल्याउनुपर्ने जनाएको छ। युक्रेनको एयर डिफेन्सले ३८ मध्ये ३० वटा मिसाइल खसाएको एयर फोर्सले बताएको छ।

  • फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन जित उन्मुख

    फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन जित उन्मुख

    काठमाडौं । फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धनले जित हात पार्ने देखिएको छ । फ्रान्समा निर्वाचनको प्रारम्भिक रुझान आउँदै गर्दा पेरिसका केही स्थानमा हिंसाका घटना समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार दोस्रो तथा अन्तिम चरणको निर्वाचन सकिएको छ ।

    जसमा वामपन्थी गठबन्धन अगाडी देखिएको छ । रुझान आएसँगै हजारौं मासिन पेरिसको सडकमा भेला भएका हुन् । प्रारम्भिक रुझानमा वामपन्थी उम्मेदार १८२ सिटसहित अग्रस्थानमा छन् । राष्ट्रपति एमैनुएल म्याक्रोको पार्टी एनसेम्बल अलायन्स १६८ सिटमा मात्र अग्रस्थानमा छद्ध । नेशनल र्याली तथा उसको सहयोगी गठबन्धन १४३ सिटमा मात्र अगाडी छ ।

  • इजरायल आक्रमणको ९ महिना पुरा, कम्तिमा ४० हजार मानिस मारिए

    इजरायल आक्रमणको ९ महिना पुरा, कम्तिमा ४० हजार मानिस मारिए

    काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गएको वर्षको अक्टोबर ८ तारिखमा गरेको आक्रमणको ९ महिना पूरा भएको छ । युद्धमा प्यालेस्टिनी भूमि गाजामा ३८ हजार १ सय जनाभन्दा धेरैको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् ।

    हमासले अक्टोबर ८ मा गरेको आक्रमणमा इजरायलमा १ हजार २ सय जनाको ज्यान गएको थियो भने लडाकु समूहले २ सय ५० जनालाई बन्धक बनाएको थियो । युद्धविराम र कैदी आदानप्रदान सम्झौतापछि हमासले १ सय जनाभन्दा बढी व्यक्तिलाई रिहा गरेको थियो । त्यसको तेब्बर सङ्ख्यामा प्यालेस्टिनी बन्दी रिहा भएका थिए ।

    युद्ध रोक्नका लागि कुटनीतिक प्रयासहरू भइ रहे पनि नतिजा निस्कन सकेको छैन । यसैबीच इजरायलले कतारको दोहामा भर्खरै शुरु भएको युद्धविराम वार्तालाई निरन्तरता दिन आउँदा दिनमा एक प्रतिनिधिमण्डल पठाउने बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता कसरी गर्ने भन्ने विषयमा हमाससँग ‘भिन्नता’ कायमै रहेको बताएका खबरमा उल्लेख छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले गएको मे महिनामा युद्धविराम सम्झौताको मार्गप्रशस्त गर्ने घोषणा गरेका छन् ।

  • बेलायतमा १४ वर्षपछि लेवर पार्टीको पुनरागमन

    बेलायतमा १४ वर्षपछि लेवर पार्टीको पुनरागमन

    काठमाडौं । लेबर पार्टीका नेता सर कियर स्टार्मर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्री बनेका छन् । बेलायतका राजा चाल्र्स तृतीयले उनलाई शुक्रवार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाएका थिए । बेलायतमा बिहीबार सम्पन्न आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जिते पारेको छ ।

    लेबरको जित अघिल्लो आम निर्वाचनको तुलनामा २११ सिट बढी हो । ६५० सदस्य रहेको बेलायती संसद् हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ । लेबरले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा ४१९ सिट ल्याइपछिको यो दोस्रो ठुलो सफलता हो ।

    प्रधानमन्त्रीमा नियुक्त भएसँगै टेन डाउनिग स्ट्रीटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्टयामरले देशलाई एकताबद्ध गरी अघि बढ्ने बताए । विगत १४ वर्ष दुई महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार भएको छ । सो पार्टीले १२१ सिट जित्दा २५० सिट गुमाएको छ । यसका प्रभावशाली मन्त्री तथा पार्टी नेताहरू पराजित भएका छन् । पूर्व रक्षामन्त्री ग्रान्ट स्याप्स, हाउस अफ कमन्सकी लिडर पेन्नी मोर्डन्ट, पूर्व प्रधानमन्त्री लिज ट्रसलगायतले पराजय बेहोरेका छन् ।


    कन्जभेटिभका १२ जना बहालवाला क्याबिनेट मन्त्री निर्वाचनमा पराजित भएका छन् । वेल्स राज्यमा कन्जरभेटिभ शून्यमा सीमित भएको छ । सन् २०२२ अक्टोबरदेखि प्रधानमन्त्री रहनु भएका सुनक भने रिचमन्ड र नर्थालर्टन सिटबाट विजयी भएका छन् । उनले आफूले हारको जिम्मा लिँदै मतदाता र सहयोगीसमक्ष क्षमा मागेका छन् ।

    उनले स्टयामरलाई बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना दिए । निर्वाचनमा तेस्रो ठुलो दलको रूपमा उदाएको लिबरल डेमोक्याट्रिक पार्टीले सन् १९२३ पछि पहिलो पटक ऐतिहासिक सफलता हात पार्दै ७१ सिटमा विजयी भएको छ ।

    दक्षिणपन्थी दल रिफर्म पार्टीले पनि संसदमा केही सिट जितेको छ । यसका नेता नाइजर फराज पहिलो पटक निर्वाचित भएका छन् । स्कटल्याण्डको प्रभावशाली पार्टी स्कटिश नेसनलिष्ट पार्टीले अत्यधिक सिट गुमाएको छ । कन्जरभेटिभप्रति मतदाताको विश्वास घटेकाले लेबरले उल्लेखनीय जित पारेको बुझाइ विश्लेषकहरूको छ ।

  • गाजामा स्कुलमा इजरायलको आक्रमण, कम्तिमा १६ जना मारिए

    गाजामा स्कुलमा इजरायलको आक्रमण, कम्तिमा १६ जना मारिए

    काठमाडौं । गाजा पट्टीको एक विद्यालयमा इजरायली हवाई हमलामा परी कम्तीमा १६ जनाको मृतयु भएको छ । कैयौं घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हजारौं विस्थापितलाई आश्रय दिइएको भवनमा गाजाको मध्य भागमा रहेका भवनमा इजरायलले हवाई हमला गरेको हो ।

    इजरायली रक्षा बलले भने यो भवनमा आतंकवादी रहेको भनेको छ । शिविरको एउटै घरमा १० जनाको र बाँकी छ जनाको अर्को भवनमा ज्यान गएको थियो । नुसेराट विद्यालयमा भएको एउटा आक्रमणको एउटा भिडियोमा वयस्क र बालबालिका धुलो र भग्नावशेषबाट उडेको धुवाँले भरिएको सडकमा चिच्याइरहेका थिए ।

    बीबीसीका अनुसार भवनमा सात हजार जनाले शरण लिइरहेका थिए । एक जना महिलाले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार भवनमा आक्रमण हुँदा कुरान पढ्दै गरेका केही बालबालिकाको ज्यान गएको थियो । इजरायलले कुनै पनि चेतावनीबिना विद्यालय भवनमा आक्रमण गरेको यो चौथो पटक हो । हिजो मात्रै भएको एउटा अर्को आक्रमणमा पाँच जना स्थानीय पत्रकारको ज्यान गएको थियो ।

  • जापानमा जबरजस्ती बन्ध्याकरण गराइएका १६ हजार जनाले क्षतिपूर्ति पाउने

    जापानमा जबरजस्ती बन्ध्याकरण गराइएका १६ हजार जनाले क्षतिपूर्ति पाउने

    काठमाडौं । जापानमा जबरजस्ती बन्ध्याकरण गरिएका १६ हजार जनाले क्षतिपूर्ति पाउने भएका छन् । सहमतिविना नै बन्ध्याकरण गरिएका उनीहरूलाई सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै क्षतिपूर्तिको बाटो खुलेको हो । अदालतले अहिले जीवित रहेका पीडितलाई क्षतिपूर्ति दिन भनेको छ । क्षतिपूर्तिको फैसलासँगै पीडितले दशकौँ लामो समयदेखि लड्दै आएको कानुनी लडाइँ पनि निष्कर्षमा पुगेको बीबीसीले जनाएको छ । पीडितले सरकारले क्षतिपूर्ति दिनुपर्ने र माफी माग्नुपर्ने माग गर्दै आएका थिए ।

    द्वितीय विश्वयुद्धपछि सन् १९४८ मा लागू गरिएको कानुनअन्तर्गत जन्मजात अशक्तता भएका व्यक्तिसहित झन्डै २५ हजार जनाको जबरजस्ती बन्ध्याकरण गरिएको थियो । यसको मुख्य उद्देश्य भविष्यमा अशक्त बच्चा नजन्मिउन भन्ने रहेको थियो । सन् १९५० को दशकदेखि सन् १९९० को दशकको बीचमा ती मानिसको बन्ध्याकरण गरिएको थियो ।

    शारीरिक तथा बौद्धिक अशक्तता भएका र दीर्घरोग भएका मानिसको हकमा बन्ध्याकरण गर्ने गरिन्थ्यो । जापान सरकारले पनि सहमतिविना १६ हजार ५ सय जनाको बन्ध्याकरण गरिएको स्वीकारेको थियो । अरू बाँकी नागरिकको हकमा सहमति लिएको अधिकारीहरूको दाबी थियो ।

    तत्कालीन अवस्थामा बन्ध्याकरणका लागि प्रयोग गरिएको कानुन सन् १९९६ मा खारेज भएको थियो भने सन् २०१९ मा पारित एउटा कानुनअनुसार हरेक जीवित पीडितले क्षतिपूर्ति स्वरूप ३२ लाख जापानी येन पाउनेछन् ।

  • अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक

    अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक

    काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा ठुलो व्यापारिक समूहले विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्‍याउने चेतावनी दिएको छ । अस्ट्रेलियाका एक सयभन्दा बढी ठुला निगमका प्रमुख कार्यकारी समावेश बिजनेस काउन्सिल अफ अस्ट्रेलिया ९बिसिए० ले बुधबार अीट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेश कटौतीले देशको आवास आपूर्तिको अभाव समाधान नगरी अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने जनाएको छ ।

    सत्तारुढ लेबर पार्टीले मे महिनामा अस्ट्रेलियाको उच्च आप्रवासीहरूको प्रवेश कटौती गर्ने व्यापक रणनीतिको एक हिस्साको रूपमा विश्वविद्यालयहरूमा भर्ना गर्न अनुमति दिइएको नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सीमित गर्ने योजना प्रकट गरेको थियो । सरकारलाई प्रस्ताव पेस गर्दै बिसीएले अन्तर्राष्ट्रिय शिक्षा प्रदायकको रूपमा अस्ट्रेलियाको प्रतिष्ठा र उच्च शिक्षा क्षेत्रको समग्र गुणस्तरलाई क्षति पुर्‍याउन सक्ने जनाएको छ ।

    अर्थतन्त्र ठप्प हुँदै गइरहेको उल्लेख गर्दै सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेर गलत छोटो अवधिको निर्णय लिन लागेकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् । यसले अर्थव्यवस्थामा दीर्घकालीन नकारात्मक असर पारी सबै अस्ट्रेलियालीहरू प्रवावित हुने बिसिएका प्रमुख कार्यकारी ब्रान ब्ल्याकले बुधबार विज्ञप्तिमा उल्लेख गरेका छन् ।
    सरकारी तथ्याङ्क अनुसार सन् २०२३ मा अस्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको मूल्य ४७.८ अर्ब अस्ट्रेलियाली डलर थियो । यसले अस्ट्रेलियाको फलाम, कोइला र प्राकृतिक ग्यास पछिको चौथो ठुलो हिस्सा धानेको छ । सरकारले सोमबारको घोषणामा अष्ट्रेलियामा अध्ययन गर्न आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि भिसा आवेदन शुल्क ७१० अस्ट्रेलियाली डलरबाट एक हजार ६०० अस्ट्रेलियाली डलर वा दोब्बरभन्दा बढी बनाएको छ । रासससिन्ह्वा

  • कोकिनसहित दुई तान्जानियाका नागरिक ठमेलबाट पक्राउ

    कोकिनसहित दुई तान्जानियाका नागरिक ठमेलबाट पक्राउ

    काठमाडौं । एक किलो दुई सय ४७ ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

    तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ पक्राउ परेका छन् । उनीहरुलाई कोकिनका ७२ क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्लास्टिक कोटेड कोकिनका क्याप्सुल उनीहरुले इथियोपियामा पुगी निलेर काठमाडौं आएको अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ । बरामद लागूऔषधको अन्दाजी बजार मूल्य ४ करोड ३७ लाख बराबर रहेको प्रहरीको भनाइ छ ।

  • अमेरिकाले युक्रेनलाई २.३ अर्ब डलर सैन्य सहयोग गर्ने

    अमेरिकाले युक्रेनलाई २.३ अर्ब डलर सैन्य सहयोग गर्ने

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई २.३ अर्ब डलरभन्दा बढी सैन्य सहयोग थर्ने भएको छ । यसको औपचारिक घोषणा छिट्टै हुने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले बताएका छन् । ‘राष्ट्रपति ड्रडाउन प्राधिकरणअन्तर्गतको यो प्याकेजले नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्याङ्क हतियार र अमेरिकी इन्भेन्टरीबाट अन्य महत्वपूर्ण हतियारहरू प्रदान गर्नेछ,’ अस्टिनले युक्रेनी रक्षामन्त्री रूस्टेम उमेरोभसँगको बैठकमा बताएका हुन् ।

    यस वर्षको सुरुमा युक्रेनमा लगभग ६१ अर्ब अमेरिकी डलर सहयोग स्वीकृत गर्ने कानुन काङ्ग्रेसले पारित गरेदेखि अमेरिकाले युक्रेनका लागि नियमित प्याकेजहरू घोषणा गर्दै आएको एपीले जनाएको छ । अमेरिकाले हालै युक्रेनलाई हवाई रक्षा क्षमता प्राप्त गर्ने सूचीमा अन्य देशभन्दा शीर्ष स्थानमा राखेको छ । ‘यदि हाम्रा कुनै पनि साझेदार युक्रेनको अहिले जस्तो अवस्थामा थिए भने हामी उनीहरूलाई मद्दत गर्न हरसम्भव प्रयास गर्ने थियौ । अहिले युक्रेनलाई मद्दतको खाँचो छ,’ ह्वाइट हाउसका एक अधिकारीले सिएनएनसँग भने ।

    यो घोषणा अमेरिका र युक्रेनले दीर्घकालीन द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको केही हप्तापछि आएको हो जसमा अमेरिकाले युक्रेनको सशस्त्र सेनालाई १० वर्षको प्रशिक्षण दिने, सैन्य सहयोग प्रदान गर्ने र गुप्तचर साझेदारी बढाउने प्रतिबद्धता जनाएको छ । अस्टिनले अमेरिकाले ‘युक्रेनका लागि नेटो सदस्यता प्राप्तिका लागि पुल निर्माण गर्न सहयोग गर्ने’ पनि बताए ।

    घोषणापछि उमेरोभले अस्टिनलाई उनको समर्थनका लागि धन्यवाद दिए । साथै युक्रेन भविष्यको नेटो सदस्य बन्ने सम्भावनाबारे छलफल गर्न इच्छुक रहेको बताए । ‘आशा छ, युक्रेनले चाँडै नै यसको निमन्त्रण प्राप्त गर्नेछ,’ नेटोबारे रक्षामन्त्री उमेरोभले भने ।

  • उत्तर प्रदेशमा  भागदौडमा ज्यान गुमाउनेको संख्या ११६ माथि

    उत्तर प्रदेशमा भागदौडमा ज्यान गुमाउनेको संख्या ११६ माथि

    काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा ज्यान गुमाउनेका संख्या १ सय १६ जना पुगेको छ । जसमा अधिकांश महिला र बालबालिका छन् । हाथरस जिल्लाको रतिभानपुर गाउँमा धार्मिक कार्यक्रम समाप्त भएर बाहिरिने क्रममा मंगलबार भागदौड मच्चिएको स्थानीय प्रहरी अधिकृतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भागदौडमा परेर १ सय ५० भन्दा बढी घाइते भएका छन् । हाथरस, बहादुर नगरी गाउँका भोले बाबाको धार्मिक सत्संग सुन्न ठूलो संख्यामा मानिसको उपस्थिति थियो । स्थानीय प्रहरीका अनुसार उनको वास्तविक नाम नारायण साकार हरि हो र उनले करिब २७ वर्षअघि सरकारी जागिर छाडेर धार्मिक प्रचार सुरु गरेका थिए । उनले साकार विश्व हरि भोले बाबाको ब्यानरमा सत्संग कार्यक्रम गर्दै आएका छन् ।

    कार्यक्रममा कम्तीमा १५ हजार जनाको उपस्थिति रहेको बताइएको छ । बाबा र उनकी श्रीमतीले सम्बोधन गरेर कार्यक्रमस्थलबाट बाहिरिँदा भागदौड मच्चिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, कम्तिमा १ सय मारिए

    उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, कम्तिमा १ सय मारिए

    काठमाडौं । नेपालको सीमावर्ती भारतीय राज्यमा एक धार्मिक भेलामा भागदौड हुँदा कम्तिमा १ सय मानिस मारिएका छन् । मारिनेमा अधिकांश महिला र बालबालिका छन् । उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको एक सत्सङ्ग कार्यक्रममा यो घटना भएको बीबीसीले लेखेको छ ।

    कैयौँ मानिसहरूको अस्पतालमा उपचार भइरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने आकलन गरिएको छ । उत्तर प्रदेशका अधिकारीहरूका अनुसार एकजना कथावाचकको प्रवचन सुन्न हजारौँजना भेला भएको ठाउँमा भागदौड भएको थियो।

    भागदौडको कारण स्पष्ट भइसकेको छैन। तर सत्सङ्गका लागि तयार गरिएको पालभित्र अत्यन्तै गर्मी भएका कारण घटना भएको हुनसक्ने विवरण सार्वजनिक भएका छन्। मुगलगढी गाउँमा आयोजना गरिएको हिन्दू देवता शिवको पूजामा त्यसरी मानिसहरू भेला भएका थिए।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिन गर्न आदेश दिएका छन्। पीटीआई समाचारसंस्थाले सार्वजनिक गरेको एउटा भिडिओमा घाइतेहरूलाई अस्पताल लैजाँदै गरेको देखिन्छ।